Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिएस निकेतनदेखि जेभिएर, ज्ञानोदय, ग्यालेक्सी जस्ता नाम चलेका कलेजको सम्बन्धन खारेजी खतरामा

Posted on April 7, 2014April 7, 2014 by Salokya

tu भिएस निकेतन, जेभिएर एकेडेमी साइन्स कलेज, ज्ञानोदय कलेज, कन्या क्याम्पस, नर्सिङ क्याम्पस, ग्यालेक्सी एडुकेसन फाउन्डेसन, कान्तिपुर कलेज….

यी केही नाम चलेका कलेज हुन काठमाडौँका। यी लगायत २१ वटा कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी त्रिभुवन विश्वविद्यालयले दिएको छ।

सम्बन्धन खारेज भयो भने त्यहाँ अध्ययनरत विद्यार्थीहरुको पढाइ र उपाधिलाई त्रिभुवन विश्वविद्यालयले मान्यता दिनेछैन। त्रिभुवन विश्वविद्यालयले जारी गरेको एक महिने सूचनालाई ती कलेजहरुले ‘बाल नदिएपछि’ हजारौँ विद्यार्थी प्रत्यक्ष प्रभावित हुनसक्ने स्थिति आएको हो।
tu2

खासमा भएको के रहेछ भने अहिलेसम्म टियुले सम्बन्धनमात्र भटाभट बाँडिरहेको थियो, अनुगमन सनुगमन भन्या केही हुँदैन थियो।

यस पटक चाहिँ स्थलगत अनुगमनमा हिँडेछन् टियुका पदाधिकारी।

त्यसो गर्दा २३ वटा कलेज/क्याम्पस जुन ठाउँमा भनेर अनुमति लिएको हो, त्यो ठाउँमा सञ्चालन भएको पाइएन। कागजमा भएको स्थानमा सञ्चालन भएको नपाएपछि टियु कार्यकारी परिषद्ले तिनीहरुलाई कारबाही गर्ने निर्णय गर्‍यो।

यत्तिकै कारबाही गरेर त भएन। त्यसैले यो-यो नाम गरेका कलेज सञ्चालनमा रहेको भए ३५ दिनभित्र टियुको अनुगमन समितिको कार्यालयमा सम्पर्क गर्न आउनू भनेर फागुन ११ गते माथिको सूचना छापियो।

सूचनामा २३ वटा कलेज थिए। तर ३५ दिने म्यादमा जम्मा दुई वटा कलेज मात्रै सम्पर्कमा आए। बाँकी २१ ले बाल दिएनन्। नाम चलेकै कलेजहरु त्यसमा छन्।

त्यसपछि टियुले गएको शुक्रबार सात दिनभित्र सम्पर्कमा नआए सम्बन्धन खारेज गर्ने अर्को सूचना जारी गरेको हो।

टियुको कार्यकारी परिषद्ले यी कलेजहरुको सम्बन्धन खारेज गर्ने निर्णय गरिसकेको छ। निर्णय नम्बर १५१२ अनुसार ती कलेजले सात दिनभित्र अर्थात् आउँदो बिहीबारसम्म सञ्चालनमा रहेको विवरण पेश नगरे सम्बन्धन खारेज हुनेछ।

हेर्नुस् सूचना-
tu1

पियुका भाइस चान्सलर र रजिस्ट्रार नै निलम्बित !

पियुका भिसी डा. श्रेष्ठ
पियुका भिसी डा. श्रेष्ठ
माथि त भयो टियुका कुरा। अब पियु (पूर्वाञ्चल विश्वविद्यालय)को कुरा गरौँ न।

तपाईँले भर्खरै सकिएको एसएलसी परीक्षामा बोराका बोरा चिट भेटिएको अनि चिट चोर्ने र चोराउने लस्कर लागेको खबर पढ्नुभो होला। त्यत्रो १०-१० वर्षसम्म पनि शिक्षकले चोर्न र चोराउन नहुने एउटा सामान्य कुरा पनि सिकाउन नसकेका रहेछन् भन्ने बुझियो नि।

अनियमितता गरेको भन्दै कति विद्यार्थी र केन्द्राध्यक्ष नै निलम्बनमा परे।

विद्यार्थीको के कुरा गर्नु, यहाँ त युनिभर्सिटीका भाइस चान्सलर र रजिस्ट्रार जस्तो व्यक्ति नै निलम्बनमा परेको समाचार सुन्नमा आयो।

हिजो अख्तियारले पियुका भाइस चान्सलर डा. महेश्वरमान श्रेष्ठ र रजिष्ट्रार डा. निरोज पाण्डेलाई उनीहरु ‘पदमा बहाल रही रहँदा आफ्ना विरुद्धका प्रमाण लोप वा नास गर्न सक्ने प्रचुर सम्भावना रहेको’ भन्दै हिजैका मितिदेखि निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भन्यो।

कारण ? उही भ्रष्टाचार र अनियमितताको छानबिन।

दुई वर्षअघि यही पियुकै प्रवेश परीक्षाको उत्तर पुस्तिका गौशालाको एउटा होटलको कोठामा भेटिएको थियो। त्यतिबेला अख्तियारले डिनलाई समेत समातेको थियो।

अब अहिले भाइस चान्सलर नै निलम्बित हुनुपर्ने अवस्था आएको छ।

अख्तियारको वक्तव्य पढ्नुस्-

मितिः २०७०।१२।२३

प्रेस विज्ञप्ति

पूर्वान्चल विश्वविद्यालयमा विभिन्न भ्रष्टाचार तथा अनियमितता भइरहेको बारे यस आयोगमा पटक पटक उजुरी परिरहेको र आयोगद्वारा सो सन्दर्भमा उक्त विश्वविद्यालयलाई पटक पटक निर्देशन, सुझाव तथा ध्यानाकर्षण गराइएकोमा सो विश्वविद्यालयले आयोगका निर्देशन, सुझाव तथा ध्यानाकर्षणको समेत अवज्ञा गरेको र उक्त सन्दर्भमा सो विश्वविद्यालयद्वारा आन्तरिक रुपमा गठित छानबिन समितिबाट समेत अनियमितता औंल्याएको पृष्ठभूमिमा आज मिति २०७०।१२।२३ गते यस आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको संयोजकत्वमा खटी गएको टोलीले सो विश्वविद्यालयमा छापा मारी सम्बन्धित कागजात जफत गरेको छ ।

साथै उक्त सन्दर्भमा आयोगबाट अनुसन्धान तहकिकात भइरहेको हुँदा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. महेश्वरमान श्रेष्ठ र रजिष्ट्रार डा. निरोज पाण्डेलाई निजहरु पदमा बहाल रही रहँदा आफ्ना विरुद्धका प्रमाण लोप वा नास गर्न सक्ने प्रचुर सम्भावना रहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम निजहरुलाई आजैका मितिबाट निलम्बन गरी सो को जानकारी यस आयोगमा उपलब्ध गराइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाइएको छ साथै निजहरुलाई बयानका लागि यस आयोगमा उपस्थित गराइदिन समेत अनुरोध गरिएको छ ।

त्यसैगरी सोही अभियोगमा संलग्न पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत र लेखा प्रमुख लक्ष्मण गेलालका हकमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम आजकै मितिबाट निलम्बन गरी सो को जानकारी यस आयोगमा उपलब्ध गराइदिन र बयानका निम्ति आयोगमा उपस्थित गराइदिन पूर्वाञ्चल विश्वविद्यालय मोरङलाई लेखी पठाइएको छ ।

11 thoughts on “भिएस निकेतनदेखि जेभिएर, ज्ञानोदय, ग्यालेक्सी जस्ता नाम चलेका कलेजको सम्बन्धन खारेजी खतरामा”

  1. बेखालाल नेपाल says:
    April 8, 2014 at 7:51 am

    नेपाली समाजको अर्को झुर संस्था भनेको शिक्षन संस्था नि हो! केहि इमान्दार स्कुल, कलेज तथा केहि जेहेन्दार शिक्षक शिक्षिकलाई बहुमत बदनाम स्कुल कलेज अनि धुर्त शिक्षकहरुले ओझेल पारिसकेको छ! यसमा बहुमतको झुर बिद्यार्थीको बहुत ठुलो योगदान छन्! यी झुर बिद्यार्थीको पछाडी झुर (अथवा कम्तिमा ignorant ) parent को हात हुनुमा केहि संका छैन अनि झुर सरकारी अनुगमन निकायको पनि ! समाधान – हामी सबै झुर हुन छोड्नु नै हो !

    Reply
  2. Nabin says:
    April 7, 2014 at 10:46 pm

    मा कसम, नेता हरु ले चुनाब मा गरेको खर्च उठाउने राम्रो साईत जुर्यो अब.
    धेरै समय नै लाग्दैन, सरकार लाइ तिर्ने करोडौ राजस्व छलेको थियो होला, अब अलि अलि भए पनि नेता लाइ खुवाउनु पर्ने भयो.

    बामदेव का कान मा पुग्यो होला यो कुरा, अरु नेता को त कुरै छाडौ

    भ्रस्ट

    Reply
  3. sanjay says:
    April 7, 2014 at 6:42 pm

    Like leaders in many other sectors, Nepal’s education sector has equally corrupt leaders.In many of Kathmandu’s higher secondary schools, teachers are exploited, students are ill-bred: the schools are much of the reflection of the ills plaguing the society. I do not know if they can be any better. Baburam Pokharel in particular pays his teachers low wages … And he is a parliamentarian . Tells much of the story which makes Nepal. Perhaps, the cure is worse than the malady.

    Reply
  4. devendra karki says:
    April 7, 2014 at 4:36 pm

    जुन देशमा पैसामा बिक्ने कर्मचारीहरु छन् त्यो देशका ठुला ठालुका कलेजहरुको सम्बन्धन खारेजी ??त्यो हुनै सक्दैन| सुक्रबार सम्ममा ”कुनै पनि कलेजको सम्बन्धन खारेजी नगरिएको” भन्ने बेहोराको अर्को समाचार यसै ब्लग मार्फत पढ्न पाइने भो|

    Reply
  5. Yubraj says:
    April 7, 2014 at 4:19 pm

    जमाना बदलियो पुराना दिन गए !
    चाहाना नौलो जनता सचेत भए !!

    Reply
  6. बशन्त राज says:
    April 7, 2014 at 3:09 pm

    महाभारतमा एकलब्य को हातको औला गुरु द्रोनाचर्य गुरु दछिना भदै काट्न लगायका थिय / किन त भन्दा एकलब्यले धनुरविधा चोरीबाट प्राप्त गरेका थिय तसर्थ विधा चोरी गरेको भयर द्रोनाचार्यले एकलब्यलाई सजाय स्वोरुप हातको बुडी औला काट्न परेको थियो/ त्यो पौराणिक युगको कुरा पर्यो / अब आधुनिक युगमा चोरी गर्नु पनि कला हो भनेर भन्दा रहेछन / जे भयपनी अक्थियर ढिलै भय पनि कारबाही गर्ने जमर्को गर्यो त्यो राम्रो हो /

    Reply
    1. Nischal, Sydney says:
      April 7, 2014 at 5:53 pm

      मैले बुझे अनुसार एकलव्यले धनुर्विद्या चोरेर हैन आफ्नै कडा मेहनतबाट प्राप्त गरेका हुन् . द्रोनाचार्यले त एकलव्यले उनलाई दिएको सम्मानको अनुचित फाइदा उठाउदै आफुभन्दा अरु बढी कुसल हुन हदिने सड्यन्त्र गरेका हुन् . द्रोणाचार्यजस्ता गुरुले समाजको भलो गर्दैनन् . तिनीहरु भनेका आफ्नो विद्याको दुरुपयोग गरेर आफु शक्तिशाली बनिरहनेहरु हुन् .

      Reply
      1. बशन्त राज says:
        April 7, 2014 at 9:52 pm

        चोर्न पनि मेहनेत नै गर्नु पर्छ / एस एल सी को ४०० वटा प्रस्न मध्धे चिट चोर्ने मिल्ने गरि प्रस्न आउनु अनि केन्द्रको प्रमुख देखेर नदेखे जस्तो गर्नु, जाच अनुगमन कर्ता अनुगमन गर्ने भन्दा चोर्न मद्दत गर्नु / तेस्को लागि पनि मेहेनत (रकम खुस खुवाउने ) गर्ने पर्ला / यो त आधुनिक जमानाको आधुनिक नेपाली बिध्यार्थी को कुरा पर्यो /
        अर्काको नाम प्रयोग गरेर विधा आर्जन गर्नु भनेको नाम चलेको बिस्व बिद्थालयको नाम प्रयोग गरेरे स्कुल खोलेर पैसा कमाउनु हो / उदाहरण को लागि अनुराधा कोईरालाको नामको (उनको जानकारी बिना ) प्रयोग गरेर स्कुलमा बिध्यार्थी भर्ना को बिज्ञापन गर्नु जस्तै हो / द्रोणचर्यको नामको प्रयोग एकलव्यले उनको जानकारी बिना प्रयोग गरेकोले त्यो सजाय गुरु दक्छिना भन्दै दीएको हो /

        Reply
    2. Shankar says:
      April 7, 2014 at 11:21 pm

      गुरु बिना ज्ञान अपुरो मानिने भएकोले येक्लाब्यले गुरुको प्रतिमा स्थापना गरेर धनुर्बिद्द्या सिके | यो सुनेर द्रोण पनि गद गद भए | तर उनको साधना अर्जुन को भन्दा पनि ज्यादा देखेर अर्जुन लाइ नम्बर वान बनाउन गुरुदक्षिना को बहाना मा अन्गुठा मागे | तेस्पछि येक्लाब्य अर्जुन जति छिटो धनुर्धर रहन्नन् भन्ने उनको मान्यता थियो |
      मानिस हरुलाई द्रोण को यो छल मन परेन र आ आफ्नो प्रकार ले व्याख्या गरे र उनलाई छली ,कपटी आदि नाउ दिए |
      तर धेरैको बलिदान ले अर्जुन हिरो भएकोले र पाण्डब हरु सत्य ( कृष्ण ) को पक्ष्य भएकोले
      स्वयम् महाभारत द्रोण लाइ सम्मान पुर्बक हेर्छ |

      Reply
  7. Sisir says:
    April 7, 2014 at 1:12 pm

    जो अगुवा उही बाटो —– भने जस्तै भो .. ज्ञान दिने संस्थाको त हालत एस्तो छ .. समस्या हामी नेपालीहरु मै छ ..

    Reply
  8. Shankar says:
    April 7, 2014 at 9:44 am

    नाउ चलेका कलेज को सम्बन्धन खारेज समस्याको समाधान हैन | रुपिया पैसा बोल्ने ठाउमा खारेज हुनेवाला पनि सायद छैन |
    भी यस निकेतन को धुर्त बाबुराम पोखरेल फोरम को सिट किनेर बिधायक भएको आफ्नो कलेज को खारेजी हेर्न हो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme