Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेतालाई गाली गर्ने मुखले आफैलाई गाली ठोक्दा..

Posted on April 6, 2014 by mysansar

-साक्षात सुशील-

केही समय अघिको कुरा हो डा बाबुराम भट्टराईले प्रधानमन्त्री बने लगतै नेपाल मै जोडजाड गरिएको मुस्ताङ चढेपछी अब नेपालमा बिकासको बाढी आउने सम्भावना सहितका फेसबुके स्ट्याटस लटरम्मै थिए । केही दिनपछी ओइलाएर झरे । अब फेरि प्रधानमन्त्री सुशिल कोइरालाको सम्पत्तिको नाममा जम्मा तीनवटा मोबाइल भएको हुँदा देशमा फेरि एकपटक बिकासको बाढी आउने आंकलन सहितका चिया गफ टुसाउन थालेका छन् । बिभिन्नता सहितको नेपाली जनताको एक मात्र समानता राजनितिक नेताप्रतीको साझा द्रिष्टकोण हो । हरेक निर्वाचित प्रधानमन्त्री र मन्त्रीप्रती भगवान बिष्णुसँग गरिने अपेक्षा गरिन्छ अर्थात उनको कार्यकाल भित्र एक हातले तथास्तु भनेर सबै बिकट ठाउँमा कालोपत्रे सडक पुगोस । अर्को हातले तथास्तु भनेर काठमाडौंमा धरर पानी आवोस, सबैले रोजगारी पाउन, साक्षरता शतप्रतिशत होस, महङी तत्काल नियन्त्रण होस, पेट्रोलको भाउसके सम्म घटोस नत्र स्थिर रहोस् । यदि यी अपेक्षा पूरा हुन सकेँ भने नेतालाई एउटै बिल्ला भिराइन्छ ” जुन जोगी आए पनि कान चिरेका ।”

भर्खरै कान्तिपुरमा समाचार आएको थियो । पढाईको निम्ति बेलायत पुगेकाहरू त्यहाँको स्थायी बसोबास अनुमति हात पार्न श्रीमान श्रीमती छुट्टिएर, नैतिकता र अग्नि देवताको सात फेरामा पानी घोप्ट्याएर त्यहिको पासपोर्ट वालासँग बिहे गर्न समेत पछि परेनन । नैतिकताको त मतलबै भएन ३५ लाख रुपैया बुझाउन तयार हुँदा रहेछन । यहि समाचार पढ्दै गर्दा एक मित्रले बेलायतमा लुक्दै बसेकी एक युवतीको कुरा सुनायो । ती युवतीको आमाको निधन भएको रहेछ् तर कागज बनिनसकेको र नेपाल फर्केपछी फेरि बेलायत आउन नसकिने भएकोले आमाको मृत्‍युको शोक अनलाइन मनाइछिन । यो टेम्प्रोअरी जिन्दगीमा पर्मानेन्ट रेसिडेन्सीको नीम्ति शाम दाम दण्ड भेद लगाउन पछि नपर्नुले उनीहरूको मानसिकता – ” थुपार । सक्दो सम्पत्ति थुपार । जे गरे पनि हुन्छ तर सम्पत्ति चै थुपार्नै पर्छ; भन्ने देखाउछ । यस्तो कुरा उनीहरू नेताबाट सिकेको की उनीहरूबाट नेताले सिकेको ?”

प्लस टु सकिनासाथ एउटा अती मिल्ने साथीको अमेरिका पढ्न जान भिसा लाग्यो । कोर्सको नाम – केमिकल ईन्जिनियरिङ, ठुलै युनिभर्सिटीमा । यो सुन्नासाथ मैले भारतिय कल्पना चवलालाई सम्झिए जो नासाबाट अन्तरिक्षमा गएकी थिईन । नाम सुन्दै जागिर पाईन्छ जस्तो बिषय पढेपछी उसले पनि अमेरिका कै नासा सासामा जागिर पाउला भनेर इर्ष्या पनि लाग्यो । आफ्नो समाजशास्त्र लिएर पढेको प्लस टु सकेको थिएन । अमेरिका छिरेको एक बर्षपछि उसले लिएको बिषय त अमेरिकाको भिसा लगाउन मात्र लिएको स्पष्टीकरण दिदै यो सेमिस्टर देखि कम्युनिटी कलेज (सस्तो कलेज)मा सोसियोलोजी (अङ्रेजी भाषामा मेरै बिषय) लिएर पढ्दै गरेको कुरा सुनायो । त्यसको केही समयपछी सोसियोलोजीलाई पनि लात हान्दै नेपालमा आफ्नो ज्यानलाई खतरा भएको भन्दै शरणार्थी आवेदन दिएर लम्पसार पर्‍यो । अहिले एउटा पेट्रोल पम्पमा पेट्रोल भर्दै आफ्नो अदालतको मिती कुर्दै छ रे । तर कमाउन चै कमायो छोरोले । बानेश्वरमा चार तल्ल घर त पहिलै थियो । अब अर्को धरहरा बनाउने सोच होला । तर उसको ज्यानलाई खतरा चै पक्कै भएको थियो । लोड्सेडिङको अन्धकारमा चिप्लिएर भिमसेन गोलाको खोलामा खस्ने सम्भावना थियो ।

उनी त एक प्रतिनिधि मात्र हुन । कोहि अध्ययनको क्रममा अमेरिका त कोहि गैर कानुनी रुपमा छिरेर शरणार्थी बनेका कैयौ छन् । कुनै लेखा जोखा छैन ।

एक सम्पन्न सरकारी कर्मचारीले अमेरिका छिर्न र उतै बस्न देशलाई कसरी डसेको रहेछन भनेर भर्खरै पूर्व अर्थ सचिव रामेश्वर खनालले लेखेकै छन् । त्यसरी देशलाई डसेर युरोप र अमेरिकाको पेट्रोल पम्प र भारतियको डिपार्ट्मेन्टमा काम गर्दै रमाउने कर्मचारीको संख्या ११ सय रहेछ, सामान्य प्रशासन मन्त्रीले खुलासा गरेका छन । लेखाजोखा बल्ल सुरु हुँदै रहेछ । हाम्रो समाजमा सफलताको मापदण्ड बनेको छ युरोप र अमेरिका प्रबेश । गैरकानुनी रुपमा अमेरिका छिर्न एक हातमा मृत्‍युको सम्भावना र अर्को हातमा २५ लाखको बिटो लिएर दलालको शरणमा जाने स्वघोषित गरीबहरू कति होलान् कति । तर जे होस – ५ बर्षमा त २५ लाख ऋण तिरिसकिन्छ । त्यसपछी त डलर पनि छापिने भो । शरणार्थी लम्पसार अभियान पनि जारी हुने भो । शाम दाम दण्ड भेद । जसरी पनि कमाउ । अमेरिकाको शरणार्थी बनेपछी उसको परिवारको शान सौकत अर्कै । समाजले हेर्ने द्रिष्टोकोण अर्कै । त्यस्तै परे छिमेकी कुरा गर्न आइपुग्छन – लौन हाम्रो छोरोलाई पनि त्यतै लानु पर्‍यो भन्दै । देशको अस्मिता बेच्नेसँग आफ्नी छोरी बिहे गराउदा सर्बोच्च गर्व गर्ने आमा बाबा कैयौ छन् ।

अष्ट्रेलियाले दुई हजार नेपाली बिद्यार्थीको भिसा रोकिदिएको छ । उनीहरूको आवेदन शुल्क पच हुने स्थिति देखेर दु:ख लाग्यो तर अष्ट्रेलियाली इमिग्रेसनको ढिलै भए पनि बुद्धी पलाएछ । बेलायतमा उच्च शिक्षा अध्ययन गर्न अती महँगो पर्ने भएकोले अध्ययनको नीम्ति पैसा जोगाउन बेलायती युवतीहरू देहब्यापार गरिरहेका छन् भन्ने अध्ययन भईरहदा एचएसबीसीको अनुसार बिद्यार्थीको नीम्ति संसारको सबभन्दा महँगो देश अष्ट्रेलियामा अती गरीब राष्ट्र मध्येको एक नेपालका कति बिद्यार्थीले पढ्ने हैसियत राख्छन ? यो कुरो पहिल्यै किन खोजी गरेर कडाई नगरेको ? किन नेपाली बिद्यार्थीलाई भाडा तिर्न नसकेर सार्वजनिक पार्कमा सुत्न वाध्य पारिएको ? किन एउटै अपर्ट्मेन्टमा २० – २५ बस्न र दिसा गर्न सार्वजनिक टोइलेटमा लाइन लाग्न वाध्य पारिएको ? यो त अष्ट्रेलियाको गल्ति हो । हामी त नेपाली हौ – १ लाख तिरेर ५० लाखको ब्यांक ब्यालेन्स देखाउन सक्छौ । काठमाडौंमा डेरामा बसिरहेको घरलाई आफ्नै नाममा भएको कागज तु निकालिदिन्छौ । जिन्दगीभर कर कार्यालय नदेखे पनि लाखौं कर तिरेको भुक्तानी बिल निकालिदिन सक्छौ । किनभने हाम्रो बैंक, अड्डा अदालतमा नेपाली नागरिक नै काम गर्छन । उनीहरूलाई गोजिमा अलिकति हालिदिएपछी जे जस्तो कागज पनि निस्किन्छ । र हामीलाई जसरी पनि अष्ट्रलिया छिर्नु छ । किनभने हाम्रो समाजमा एउटै मुलमन्त्र स्थापित छ – जसरी हुन्छ, कमाउ ।

दुई दशक अगाडी सम्म नेपाली नागरिकलाई जर्मनी जस्तो देश जान अग्रिम भिसा लिनुपर्दैन थियो । अन अराइभल भिसा हुन्थ्यो । अहिले संसारको सातौ खत्तम पासपोर्ट नेपाली पासपोर्ट बनेको छ, जसलाई हेरेर आफ्नो देश छिर्न दिने की नदिने निर्णय गरिन्छ । यो दोष कसको ? तिनै नेपाली नागरिक जसले खेलाडी, कलाकार, राजनितिक कार्यकर्ता र बिद्यार्थीको भेषमा जर्मनी छिरे लगतै शरणार्थी आवेदन दिए । आज तिनै ब्यक्ति नेताले देश बिगारेको भनेर सत्तो सराप गरिरहेका छन् ।

पेट्रोलियम पदार्थको मुल्य बढ्दा भएको आन्दोलन र उपत्यका बन्द तातै छ । आन्दोलनमा होमिएका सबै बिद्यार्थीलाई थाहा छ पेट्रोलियम पदार्थमा नेपाल परनिर्भर छ । शिक्षित बिद्यार्थी भएको हैसियतले मुल्य ब्रिद्धी बिरुद्ध नेपाल आयल निगमको बोनसतन्त्रको भण्डाफोर गर्न सकेनन । सिधै अर्थमन्त्री र प्रधानमन्त्रीलाई लक्षित गरेर रचनात्मक बिरोध गर्न सकेनन । जलबिधुत उत्पादनलाई बढावा दिन अथवा बिजुली चुहावट रोक्न अग्रसर हुने जस्ता दिर्घकालिन उपाय तर्फ नलागी उपत्यका बन्द गरेर आफूले पाएको शिक्षाको धज्जि उडाए । एकदिन नेपाल बन्द गर्दा दुई अर्बको नोक्सान हुने भएकोले डिस्काउन्ट स्वरुप उपत्यका मात्र बन्द गरेका हुन ? नेपालको ब्यापार घाटा काहाली लाग्दो छ भन्ने थाहा हुँदा हुँदै गाडी जलाउने र तोड्फोड गर्ने किन गरेको ? जलेको गाडीको ठाउँमा अर्को गाडी ल्याउदा नेपालको पैसा बिदेश जान्छ भन्ने सोच्न नसक्नेहरू आज राजनितीमा लागेका छन भने भोलि ती पदमा पुगे के गर्लान ? गाडी एक मिनेट ढिला हुँदा आफ्नो दिनचर्या बिग्रिन सक्ने देशबाट नेपाल घुम्न आएका पर्यटकलाई उपत्यका बन्द गरेर स्वागत गर्दा नेपालको बारेमा कस्तो सन्देश जाला ? सोचेका छन् यिनले ? बिद्यार्थी परिचयपत्र देखाउदा तीन रुपैया डिस्काउण्ट नपाउदा त्रिचन्द्र कलेज अगाडी २२ – २५ लाख पर्ने माइक्रो जलाएको स्वयमले देखेको छू । यो अलिक मानिविय सभ्यता बिरुद्ध भएन र ? कलम बोक्ने हातले गैरकानुनी बन्दुक बोकी शिकार खेल्ने क्रममा पक्राउ पर्दा शंकरदेव अगाडीको सडक रातै हुनेगरी ढुङामुढा गर्नु बिबेकसङत थियो ?

हाम्रै चिकित्सक हुन आफ्नो माग पूरा गराउन अस्पताल ठप्प पार्ने । हाम्रै शिक्षक हुन आफू सरकारी स्कुलमा पढाउने आफ्ना सन्तानलाई गुणस्तरिय शिक्षाको नाममा बोर्डिङ स्कुलमा पढाउने । हाम्रै ड्राइभर हुन ट्राफिकले जबरजस्ती लाइसेन्स र मिटर जाँचेको बिरोधमा सडकमा ट्याक्सी तेर्स्याएर काठमाडौं अस्तब्यस्त पार्ने । हाम्रै ब्यापारी हुन नक्कली बिल बनाएर कर छलेर आफू मोटाउने – राज्य डुबाउने । खोज्दै जाँदा हाम्रो समाजको हरेक तह र तप्कामा खराबी छ भने यस्तो समस्याग्रस्त समाजमा जन्मेका, हुर्केका, बढेका, पढेका र यहि समाजले छानेका नेताहरू मात्र कसरी चोखो रहन सक्छन् ? हाम्रो नेताहरूमा देखिएको खराबी हाम्रै समाजको परावर्तन मात्र हो ।

तर हामी सकारात्मक हुन सिक्नुपर्छ । हाम्रो समाजको हरेक अङ्गमा समस्या भए पनि उत्तिनै असल पेशाकर्मी, कलाकार, खेलाडी, कर्मचारी र नेता पनि छन् । क्रिकेटलाई बिक्रितीको संज्ञा दिने नेता पनि यहि छन् । क्रिकेट मैदान मै पुगेर खेलाडी हौसला बढाउने पनि यहि छन् । भ्रष्टाचार गरेर अकुत कमाउने नेता पनि यहि छन्, जीवन भरको राजनितीमा सम्पत्तिको नाममा तीन वटा मोबाइल जोड्ने पनि यहि छन् । त्यसकारण त हाम्रो देश असफल राष्ट्र बनिसकेको छैन । गरिबी निवारण, बाल मृत्‍युदर, महिला सशक्तिकरण, संचार र साक्षरतामा बिस्तारै राम्रो सुधार हुँदैछ । हाम्रो देशको नेतालाई सम्पन्न देशको नेतासँग तुलना गर्न हामी पनि सम्पन्न देशको जनतामा जस्तै सभ्यता, कानुनको पालना र राष्ट्रियताको भावना जगाउनु आवश्यक छ । त्यसको नीम्ति धेरै टाढा जानु पर्दैन । डा योगी बिकासानन्दको आधा शब्द सापट लिएर भन्दा ” हाम्रो समाजलाई बदल्नु छ, सुरु आफूबाट गर्नु छ । ”

27 thoughts on “नेतालाई गाली गर्ने मुखले आफैलाई गाली ठोक्दा..”

  1. sushil says:
    April 9, 2014 at 8:11 am

    सबैले आफ्नो आफ्नो कुरा टिपेर कमेन्ट गर्नुभएको रैछ, सुशीलजीको लेख सफल भयो जस्तो लाग्यो…..

    Reply
  2. Suraj Shrestha says:
    April 8, 2014 at 4:43 am

    लेख लेख्न र छलफल मात्र गर्नु भन्दा सुधारका उपायहरु लागु गर्दा नेपाललाई फायदा हुन्छ

    मेरो बिचारमा कुनै नेपालीले विदेशको स्थायी बसोबास (ग्रीन कार्ड) लिएमा नेपालको सार्वजनिक पदकोलागी अयोग्य हुने कुरा नेपालको लोकतान्त्रिक संविधानमा किटान गर्नु पर्दछ
    किनभने हालको अन्तरिम संविधानमा रास्ट्रपति, उप-रास्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधिश, सभामुख, मन्त्रिहरु, सम्वेधानिक अंगका पधिकारी, सांसद र अन्य पदकालागि नेपालको नागरिक भन्ने प्रावधान छ
    निजामती येनमा मात्र संसोधन गरेमा सरकारी कर्मचारी बाहेक अरुलाई कानुनी रुपले ग्रीन कार्ड राख्न र लिन छुट नै हुने छ
    मन्त्रि पडितलाई अझ राम्ररी सुझ बुझका साथ कारवाही गर्न सल्लाह छ

    सुरज

    Reply
  3. Mandar says:
    April 7, 2014 at 5:24 pm

    सुशील साक्षात जी लाइ बिदेशमा कुल्ली काम गर्नेहरु देखि साह्रै रिस उठेको रहेछ |
    यसै कुरालाई यसरि पोजिटिव लिए हुन्न र हजुर :
    यिनै कुल्लिका सन्तानहरु बिदेशी बिद्यालय र विश्वबिध्यालयहरुमा अध्यन गर्न जादा नेपालको झण्डा फहरिन्छ | अझ यिनै कुल्लिका सन्तानहरु मेघावी निस्के त नेपालकै इज्जत बढ्ने हैन र हजुर ? तपाइका मित्रलाई कुल्ली काम गर्ने र कम्युनिटि कलेज पढ्ने बाध्यता भए पनि धन्दा न मान्नुस तपाइका मित्रका सन्तानहरु मध्ये अधिकांशले न त कम्युनिटि कलेज पढ्नेछ न त कुल्ली काम नै गर्ने छन् | सम्भब त केहि समय पछि तिनै कुल्लीहरू मध्ये कतिका सन्तानहरुलाई दुनियाले संसारकै बिकशित देशका प्रतिष्ठित र उच्च ओहदामा पनि देख्न पाउने छन् | त्यतिखेर बल्ल तपाई जस्ताको घैटोमा घाम लाग्ने छ कि कुल्लीहरुले के चमत्कार गरेछन भनेर |

    Reply
  4. लौटन अवधि says:
    April 7, 2014 at 9:42 am

    साक्षात जी,
    म मुस्तांग कम्पनि को प्रबक्ता या त्यो उधोग मा काम गर्ने या त्यो उधोग संग सम्बन्ध भएको व्यक्ति होइन ! तपाई को – एउटा स्थापना नै नभैसकेको र हुन खोजिरहेको उधोग लाइ जसरि गिराएर बोल्ने मनसाय व्यक्त भयो त्येस प्रति नेपाली हुनु को नाता ले घोर असहमति व्यक्त गर्दछु !

    भारत मै पनि टाटा इन्डिका, मारुती सुजुकी जस्ता नाम चलेका र ब्रान्डेड गाडी हरु का सबै पार्टपुर्जा हरु त्येही बन्दैनन् ! विदेश बाटै मगाएर जोडजाम गरि फाइनल प्रोडक्ट बेच्ने हुन् ! यहा हाम्रो मा भर्खर भर्खर रुप रेखा तयार हुन लागेको मुस्ताङ्ग को यसरि हुर्मत लियिरहनु जरुरि छैन ! बाबुराम ले जे गरे पनि मुस्तांग ले एउटा सस्तो बिकल्प दिएको छ – जसमा चढेर नेपाली हरु पहाड का कुना कन्दरा हरु मा जान पाएका छन् ! गाउ का उत्पाद हरु मुस्तांग मा हालेर सहर मा ल्याएर बिक्रि गर्न पाएका छन् ! बिस्तारै माग बढ्यो भने – अन्य पार्टपुर्जा हरु पनि येतै उत्पादन गर्ला – केहि नेपाली ले रोजगारी पाउलान – सरकार ले थोरै नै सहि राजस्व प्राप्त गर्ला ! यसरि देश मा उत्पादन गर्न खोज्ने र उधोग स्थापना गर्न खोज्ने लाइ “जोडजाम” गरेको भनेर हतोत्साही बनाउनु मानसिक दिवालिया पन हो जस्तो लाग्छ !

    Reply
    1. suzee says:
      April 7, 2014 at 2:46 pm

      लौतन जी लै समर्थन गर्दछु !!!!
      युरोप मा बन्ने नाम चलेका गाडीहरु को पार्टपुर्जा हरु पनि बिस्व को विभिन्न कुना- काप्चा बाट आयात हुन्छ , E .U . को नियम अनुसार , जुन देश मा production le final रुप लिन्छ , तेही देश को नाम दिइन्छ !चाहे त्यो अति नै सानो काम गरेर मात्रै किन production final गरेको होस् !

      Reply
    2. HARI PRASAD LAMICHHANE-SAUDI says:
      April 8, 2014 at 3:52 pm

      लौटन जी तपाइको कुरा सहि हो र साथ साथै कुरा के भनी यो लेख को थोरै भाग मात्र मुस्तांग गाडीमा छ , तपाइको कमेन्ट त पुरै लेख नै मुस्तांग गाडीमा भएको जस्तो लाग्यो मलाई, लेखको अरु भाग र त्यसको मर्म चाही राम्रै छ |

      Reply
  5. sikshya says:
    April 7, 2014 at 6:42 am

    Thank you for this article. Probably the most truthful one I’ve read in a long time. All of us should understand this and improve our actions and sense of responsibility.

    Reply
  6. Satya says:
    April 6, 2014 at 9:58 pm

    हाम्रो जस्तो देश नेपाल र गरिब राष्ट्रहरुका जनताले यति विचार गर्नु कि देशमा राजनीति स्थिर होला र बिकासका योजनाहरु आउला भनेर सपनामा पनि नसोचे हुन्छ / किनभने, युरोप, अमेरिका, जापान, कोरिया, अरब जस्ता धनाड्य देशहरुलाई गरिब राष्ट्रका अवसर खोजि रहने मानिसहरु नभए उनीहरुको उद्द्योग, व्यापार, तल्लो स्तरको गाह्रो साह्रो काम, कलकारखाना चलाउन मान्छे कहांबाट ल्याओस / त्यसकारण यी देशका माफिया, उद्द्योगपति, ठुला ब्यापारीहरुले हाम्रो जस्तो गरिब देशहरुका नेताहरुलाई खल्तीमा राखेर use गरि राजनीति स्थिरता ल्याउन दिंदैन / मुस्तांग गाडी चढ्नेको चाला देखियो अब तिन वटा मोबाइल वालाले केहि लछार पटार लाग्ने छैन / यी सबै बिदेशी दुतावासका कर्मचारी मात्र हुन् /

    Reply
  7. amrit subedi doha says:
    April 6, 2014 at 7:42 pm

    म पनि अस्ट्रेलिया पिडित संघको केन्द्रिय सदस्य हु, सत प्रतिसत ओरिजिनल हुदाहुदै फेक म्यारिज भनेर मेरो निबेदन सुल्क, डकुमेन्ट बनाउदाको सुल्क ल्वप्पै खाइदियो ! जसको फलस्वोरुप आज कतारमा छु ! तर मलाई अहिले एक प्रतिशत पनि अपशोच छैन ! अस्ट्रेलियाले कहिलै दिन नसक्ने मलाई कतारले देको छ , कतारको एउटा राम्रो सरकारी कम्पनी मा काम गर्दै छु, अस्ट्रेलियाले डुप्लिकेट श्रीमती भनेपनि , कतारले ओरिजनलनै भनेर फेमिली भिसा दिएको छ, मैले यहाँ आउँन लागेको खर्छ भनेको , मेरो श्रम स्वीकृत गर्न दिएको घुस , मेरो मेडिकल खर्च र मेरो श्रीमतीको प्लेन टिकेट !!! टोटल नेपाली पचास हजार ! प्रतेक बर्सदिन मा two way ticket sahit paid लिभ दिन्छ एक महिनाको लागि ! ऑस्ट्रेलिया मा भाको भए बुडाबुडिले गोलभेडा टिप्दै , कलेज जादै , महिनाको तीनलाख कमाउने थिए होला तर यहाँ आठ घण्टा काम गरेर , हप्तामा दुइ दिन बिदा मनाउदै महिनाको डेड लाख जोगौछु ! साथी हरु गल्फ भनेर हेला हैन उपभोग गरौ ! अंग्रेजी , कम्पुटर , पर्सनालिटी भए मात्र पनि पुग्छ किनकि यी तिन चिज नै नभएकाहरुको को बहुमत छ यहाँ ( माफ गरनुहोला तितो बास्तबिकता ) ! नत्र यदी बिषयगत ग्यान हो भने त् बाजा बजाउन सकिन्छ यहाँ ! जस्तै केमिकल इन्जिनियर, अडिटर, डक्टर , नर्स, कम्पुटर स्पेसलिस्ट !!! कतारमा हाइलि पेइंग कम्पनी भनेको , fuel and gas related compaly ( Oxidental petrolium , maresk oil , ras gas, qatar petrolium …) , नत्र फाइभ सेवेंन स्टार होटल , एअरवेज एभिएसन र कुनै पनि सरकारी कम्पनी !!

    Reply
  8. kedar says:
    April 6, 2014 at 6:49 pm

    बिदेशमा गएर दुख गरेर पैसा कमाउनेहरुको कुरा अर्कै हो, तर देशको पैसा तलब र भत्ताको रुपमा हसुरेर विदेशको स्थायी बासिन्दा बन्दै रमाउने घातिहरुलाई भने गोर्खे लौरी लगाउनै पर्छ-यीनिहरु साँच्चीकै देशघाती हुन!!!

    Reply
  9. neerose says:
    April 6, 2014 at 5:10 pm

    साथीको पनि गफै त होलानी?
    लेख्न र कुरा गर्न को लागि त के भो र, अर्तिद्या जस्तै त होनी!
    नराम्रो अर्ति र नराम्रो गफ त कसले दिन्छ र गाठे!
    अर्ति र बुद्दिका कसको कुरालाई नराम्रो भनिएको छ र तपाइको लाइ भन्नु हो!
    तर पनि केहि कुरा भन्न मन लाग्यो!
    नेता र जनता को खराब भन्नु पर्दा कुरा तेही घुम्दछ ‘कुखुरा पहिलो कि फुल’ भन्नेमा!
    हुन त एउटा पहिलो होनि!
    बास्तबमा देश बिग्रेको हामीकहा आदर्शवान अनि देश र जनताको लागि पुर्ण समर्पित दुरदर्शी विद्वान नेताको अभाब नै हो! यस्तो बेक्तिको नेत्रित्वो जनता बिग्रनु अगाबै हामीले पायको भय देश सजिलै बन्थ्योहोला र जर्मनी के सायद कुनैपनि रास्ट्र जानलाई यराइभल भिषा मिल्थ्यो होला तर जनता बिग्रिसकेपछी अब तेता नेता हामीकहा भयपनी त्यो नेताले मौकै पाउदैन एक्लो बृहस्पति झुठो बन्न पुग्छ(थाहा भयोहोला मेरो इन्किती कतातिर छ भनेर)
    जनता त जनता भैहाल्यो राम्रा नराम्रा अनेकन हुन्छन चाहना समस्या रुचि बाध्यता विभिन्न र अथाहा हुन्छन तेसैले जनतालाई नराम्रो भनिहाल्न नमिल्ला तर नेता नराम्रो हुदानै हामीले दुख पायका हौ भनेर ठोकेर भन्छु म!
    ३६ र अठचालिस साल पछि हामीले हाम्रो समाज र सरकार अनि देशको नेत्रित्वो दिएको एउटा मात्र गत्तिलो नेता पाइदेको भय कुरा अर्कै हुन्थ्यो होला!
    मान्छे बिदेशिनु, जसरि पनि अर्को सम्पन्न देशमा जान खोज्नु भनेको देशको कमजोरी हो, देशको कमजोरी भनेको सरकारको कम्जोरी हो सरकारको कमजोरी भनेको गलत राजनीति हो र गलत राजनीति भनेको गलत नेता र नेत्रित्वो हो! अदुरदर्शी, स्वार्थि, बिचार बिहिन चेतना हिन देश र समाजको लागि सोचाइ र चिन्तन नै नभयको व्यक्तिहरुको झुण्ड र तेस्को नेत्रित्वो गर्ने नालायक चेतनाहिन नेतानै हो!
    जनता आफ्नो सुरक्षा चाहन्छन, आफ्नो परिवार र आफ्नो बालबच्चा को भबिष्य को सुरक्षा चाहन्छन, आर्थिक र सामाजिक सुरक्षा चाहन्छन पहिले अनि शुख आनन्द मोज मजा!तेसैले मान्छेहरु त्यो देशतिर आकर्षित भै जान मरिहत्य गर्दछन जहा सामाजिक सुरक्षा को प्रत्याभूति गरेका छन्!
    २५ लाख खर्च गरेर नेपालमा उद्योग ब्याबसाय गर्ने र २०/२५ जनालाई रोजगारी दिने ल!
    तर तेस्को सुरक्षा, याबसायिक सुरक्षा आर्थिक सुरक्षा रोजगारी को सुरक्षा आदिको ग्यारेन्टी छ? भोलि त्यो ब्याबसाय असफल भयो भने के? (त्यो उद्योग ब्याबसाय असफल हुनुमा आन्तरिक भन्दा बाह्य कारण बढी छ) ल आफ्नै कारण ले असफल भयो भने त पुर्पुरो मा हात राखौला तर देशको राजनीति सरकारको गलत नीति नेताहरुको स्वार्थिपुर्ण द्रिस्ट्रिको नीति, भबितब्य, उचित बजार ब्यबस्थापनको अभाब आदिको कारण ब्याबसाय डुब्यो भने कसले सुरक्षा दिने?
    कुरा तपाइको ब्लगकोलेख भन्दा निकै लामो प्रतिबाद गरि लेख्न र भन्न सकिन्छ!
    खाडि मुलुक र मलेसिया आदि ठाउतिर जानु रोजगारीको बाध्यता हो अलिकति पैसो कमायार परिवारको आर्थिक र सामाजिक सुरक्षण गरौला भनेर हो!
    तर युरोप अमेरिका जस्ता देशमा जानु अधिकांस मान्छे पैसा कमाउन भन्दा आफ्नो र आफ्नो सन्तातिको भबिस्य सुरक्षित गर्न हो २/४ प्रतिशत होला जो पैसो कमाउन को लागि भनेर जाने तर अत्याधिक को प्रयाश पैसो कमाउने भन्दा migration for better life नै हो!
    हो देश बनाउन पाय त राम्रो हुन्थ्यो तर के गर्ने आफुले मात्र बनाउन नसक्ने बनाउन कस्सिएको आफ्नो सबै कुरा र अवसर त्यागेर लगनशील र तल्लिन भयर लागिपरेको हरुको त हालात एक्लो बृहस्पति बनेको छ!
    ‘गुं र फोहोर सफा गरि बस्नु पर्छ तर त्यो सफा गर्न भन्दा फोहोर गर्नेहरु बढी छ भने सफागर्नातिर नलागी सफा ठाउमा गयर बस्नु नै उचित हुन्छ’
    तेसैले देश बनाउन पहिले उचित नेत्रित्वो छानु तेस्को लागि उचित नेता रोजौ!
    कि कसो”!

    Reply
  10. dilliram says:
    April 6, 2014 at 1:32 pm

    Why does Sushil koirala keep 3 mobiles? Only dodgy person keeps 3 mobiles . When they have to hide numbers from different persons, cheating and are always double dealing.

    Reply
  11. achut says:
    April 6, 2014 at 11:54 am

    ‘बिरोध’ फगत ‘बिरोध’ कै लागि मात्र हो भने त्यो ‘कुत्ता’ पन हो चोर आए नि भुक्ने पाहुना आए नि भुक्ने …/तर प्रजातन्त्र मा जे नि गर्न छुट हुन्छ भन्ने नि काइते कुरा हुन् तर ‘समाधान को उपाय सहित को बिरोध’ चै सम्माननीय हुन्छ ‘विकल्प सहित को बिरोध’ ले समाधान को बाटो कोर्ने जमर्को गर्छ तेसैले नेता को ‘टट्टू’ हुनु भन्दा स्वबिबेक को ‘दास’ हुनु हितकर हुन्छ २५ लाखे कार्ड भन्दा २० हजारे ब्यबसाय ले देको ‘भात’ मिठो हुन्छ……

    Reply
  12. zon shrestha says:
    April 6, 2014 at 11:17 am

    पढेर आनन्द लग्यो!दाई लाई धेरै धेरै धन्यबात,मलाई पनि कुनै बेला ऑस्ट्रेलिया को भुत सवार थियो तर आज सबै छोडी आफ्नै व्यापार मा छु,मा सगै २,४ जना लाई पनि रोजगारी दिएको छु!

    Reply
  13. Shankar says:
    April 6, 2014 at 10:53 am

    एउटा आतंक बादी अस्पताल छिरेर अन्धाधुन्द गोलि चलाए जस्तो लेख्नु भो |गोलि पनि हानेको हो ,लागेको पनि छ तर कोइ मरेन बा घाइते भएँन भने जस्तो |
    नेपालि जा पाएपनि जान तयार हुने परिस्थिति कहा बाट आयो ? ल खान नपाउने अरब को ४५ डिग्री सेल्सियस मा जान तयार भो होला , २ छाक खान पुग्ने , सरकारी सेवामा भएका हरु विदेशको अड जब मा जान के ले आकर्सित गर्यो ? के यो नैतिकताको खडेरी मात्र हो ?
    येस्मा दुइमत छैन कि पदीय दायित्त्व बोकेकाहरु जानु सुहाउने कुरा हैन | समस्या छ |
    जड के हो ?
    देश मा अब कुनै पार्टी को पिछ लग्गु न भए अथवा भनाइ उनी ओली , कांग्रेस , माउबादी , राप्रपा को न भए न जागिर खान पाउने , न प्रोमोसन हुने ,आदि आदि |
    राम्रो ठाउमा मा जागिर खादा पार्टीलाई लेबी बुझाउनु पर्ने , ब्यापर गर्दा आफ्नो सुरक्ष्याको लागि गुण्डा लाइ हप्ता दिनु पर्ने |
    देश मा लोकतन्त्र आएको येत्रो भैसक्यो पाखे नेताहरु मा सधै भाग बन्डाको झगडा ,
    देश उनीहरु काट्टो भएपछी बन्न न सकेको जंगबहादुर , सेक्सियर , आइस्ताइन हरु देश बाहिर नबसेर काहा जान्छ त् ?
    फेरी देश बाहिर जानु जातै फाल्नु हो भन्ने कोइ कोइ नेपालीको गिदीमा कहाबाट पस्यो ?
    यो बेमौसमको को रास्त्रबादी खोकी लाइ के भन्ने ?
    आज इन्डियन येन आर येन हरु अमेरिका , युरोप मा ठुलो बिजनेस गरेर , राजनीति गरेर भारत कै सिर उचालेको छ तेस्तै नेपालि पनि क्रमस अगि बढ्दो छ तेसै आत्तेर धुरी बाट हाम्फाल्न खोज्नु को राज के हो ?
    सुन्निनु मोटाउनु हैन , हात पाखुरा दरो हुनु , खुट्टा दरो हुनु सबै अंग को सन्तुलित बिकास नै साचो मानेमा बिकाश हो |
    यो बिसय्लाई येसरी बिस्लेसन गरौ न |
    नेपाल ले बैदेसिक छेत्र बाट राम्रो हिसाब ले बैदेसिक मुद्रा भित्राएको छ अब देश ले यसलाई कसरी आन्तरिक प्रबर्दन मा लगाउने हो ?
    बा अब कसरि छिटो भन्दा छिटो देस ले संबिधान बनाएर देस विधिको सासन बाट चल्ने हो ?
    त्यो चै महत्त्वको बिसय हो |

    Reply
  14. Kishor says:
    April 6, 2014 at 10:43 am

    Very nice read. We have a beggar culture deeply rooted in us. If begging and looting make a society prosper, Somalia would be the richest country in the world. It is the hard work that engines a society to prosper. As long as we get benefits from corruption, we are okay with it. If we do not get the benefit, we talk in a philosophical term as if we are perfect and we look for imperfections in someone we do not like, however trivial and fabricated it may be. The day I change myself, my society would start changing. Remember a society is a lot of “I”s.

    Reply
  15. MANU CHHETRI says:
    April 6, 2014 at 10:28 am

    हामि मा अहिले सम्म आउन नसकेको कुरा हो सकरात्मक सोच, चाहे कसैले राम्रो काम नै गरे पनि तेस्को बिरोध गर्नु अरुको लागि रोस र गालि गर्नु अनि आफुले बस्ताबमा केहि नाबुजी किन संसार बजेको गफ दिनु यो सायद धेरै मान्छे को रगत भएर नसा नसा मा पुगेको छ जसले आफुले केहि गर्दैन अनि अरुले केहि गरे पनि मात्री बिरोध को लागि बिरोध त्यो पनि बिना तर्क संगत कुरा गरेर सायद पूर्ण प्रजातन्त्र र स्वोतान्त्रता भएको फाइदा यहि होला,, मान्छेको सोचले धेरै परिबर्तन लाउने सक्दछ तेसैले सकरात्मक हुन सिकौ सकरात्मक सोचो विकास गरौ र सकरात्मक परिबर्तन को सम्बाहक बनौ तेसो गरे कसो होला ??/

    Reply
  16. Bindu says:
    April 6, 2014 at 9:53 am

    ऐले समाचारहरुमा पढ्न पाईन्छ काठमान्डूमा मात्रै बार्षिक करोडौ – करोडको तरकारी
    आयात हुँदो रैछ भारतबाट . यस्तै हालत छ नेपालका अन्य शहरी छेत्रको पनि .
    जग्गा हुनेले आफ्नै जग्गामा , नहुनेले भाडामा भाडामा जग्गा लिएर तरकारी खेति – कुखुरा – खसी बाख्रा पालन गर्न सके नेपालमै बार्षिक लाखौको आम्दानि गर्न सकिन्छ आफ्नै घर परिबारको मायामा बसेर .
    यसो भए परिबार बिग्रन भत्किन पाउदैन . समाज अस्तव्यस्त हुदैन —
    शुशिलजी का लेख समय सान्दर्भिक छन् .

    तिमि बिदेशीन्छौ
    झिलिमिली ल्याउने सपना बोकेर
    परिबार सुनौलो बनाउने सपना बोकेर
    तिम्रो अनुपस्थितिमा
    पित्तलमा परिणत परिबार
    ढिलो भईसके पछी पछुताएर के गर्नु !

    मेरो त यस्तो हुदैन नभन
    यस्तो भयो भने के गर्ने ?
    यस्तो नभा’को हो र ?
    पछुताएर रोएका आँखाहरुमा हेर !
    आँशुका नदि कति बगे होलान् ?
    तिनका मुटु छामेर हेर
    बेदनाले ति कति दुखेका होलान् ?

    बेलैमा बुद्दि पुर्याउ
    विदेश नजाउ
    आफ्नै देशको माटो खन- खोस्र
    सुन यहि फल्छ .

    Reply
  17. Deependra says:
    April 6, 2014 at 9:34 am

    सन्दर्भ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित को पि आर तथा डिभी बिरुद्दको अभियानको हो।बिगत केहि दिनदेखी चर्चाको केन्द्रमा रहेको यस बिषयमा आम मानिसका आ अफ्नै धारणा तथा भनाई हरु छन्। केइ कर्मचारीहरु जो आफुलाई अरुभन्दा बरिष्ट देख्नेहरु जो आफ्नो जिम्मेवारी पुरा गर्नु भन्दा समानन्तर रुपमा बिदेसि अबसरको खोजि गरिरहेका हुन्छन् जस्को निन्द्रा पण्डित ले लुटेका छन्। एउटा सामान्य नेपाली युवाको रुपमा मजस्ता धेरै जना पण्डितको काममा उत्साहित हुनुपर्छ जस्तो लाग्छ। किनभने राष्टसेवकले सप्पैभन्दा पहिले आफ्नो काम र कर्तब्य हेर्ने हो, दिमागमा बिदेसी सपना पालेर बस्ने कर्मचारीले न देश सेवा गर्न सक्छन न राष्ट्रप्रति न्याय। तेस्ता कर्मचारीलाई मन्त्री पण्डितले भनेजस्तै नारायणी मा बगाउन त पर्दैन तर उनिहरुमाथि नेपाल सरकार हदै सम्म कडा भएर प्रस्तुत हुनु पर्दछ।

    Reply
  18. eklavya says:
    April 6, 2014 at 9:18 am

    लेख जतासुकै मोडिए नि भन्न खोजिएको र भन्नुपर्ने कुराहरु धेरै देखिए तर कुरो एउतै छ आजको नया नेपालका नेपालीहरु …जसरि नि कमाउ देश नबनेनि आफैले आफुलाई बनाउ तेस्कोलागी विदेश हान्नुपर्यो कि चाहे देशमै बसेर अनेक तर्किब लगाएर छल्ने कि …यसबाट एउटा कुरा प्रष्ट छ जो अलि ताथा बाठा र लिंक पुगेका हुन्छन ति नेपालमा मोज गर्छन जसको ति कुराहरुको पहुच हुदैन विदेश जान्छन अनि तेही लम्पछार पर्छन ..यो आजको ऐना हो नेपाली भएर जन्मे पछि देशमा होस् या बिदेशमा लिङ्क हुनुपर्यो नभए तेही हो गल्लीमा तास खेल्ने …

    Reply
  19. bekhalal nepal says:
    April 6, 2014 at 7:49 am

    लेख एकदम घत लाग्दो छ! अमेरिकाको भिषाको लागि करोडौ खर्च गर्नेहरु छन् यहि नेपालमा| त्यहि करोडले सानो उद्योग धन्दा गरे आफ्नो त भलो हुन्छ है २०-२२ जना नेपाली रोजगार हुन्छ! तर किन मन गर्दैनन् उद्योग गर्न उहाहरु! हामी नेताहरुलाई गाली गर्दै गर्दा हामी नेपाली जनता पनि झुर छौ भन्ने बुझ्न कति समय लिने हो थाहा छैन!
    अमेरिकामा बस्ने नेपाली मध्ये धेरै जना संग गाडी र अपार्टमेन्ट त हुन्छ तर सुकुम्वासीको जिन्दगी गुजारा गर्दछन! श्रीमान दिउसो ३ बजे देखि राति १२ बजे सम्म काम गर्छन श्रीमती बिहान ३ बजे देखि दिउसो १२ बजे सम्म! यसरि लोग्ने स्वास्नी बीच छानिने quality time कहिले त? यसरि त लोग्ने स्वास्नी दुवै अर्कै संग लहसिने भै हाल्यो! कस्तो झुर लाइफ बिताई राखेको?

    यो भन्दा पनि झुर लाइफ त यो हो – हामी मध्ये जाबो भिषाको लागि आफ्नो श्रीमती अर्को संग बिहे गरि दिने अनि आफु पनि अर्काको स्वास्नीसंग बिहे गर्ने|

    हामी नेपालीहरुलाई quality life के हो केहि अत्तोपत्तो छैन! जे पायो तै गर्ने?

    Reply
  20. Tanka Basel says:
    April 6, 2014 at 6:55 am

    सके राम्रो काम गरौं नसके नभत्काउ वा राम्रो काम गर्नेलाई नछेकौं। असल नियतले गरेको काममा जनता सरकार कर्मचारी वा कानून बाधा नवनोस; समृद्धिको बाटोमा उक्लन धेरै बेर लाग्दैन! देशलाई समृद्धिको बाटोमालग्ने काम सबै नेपालीको हो। एकजनाले मात्रै देश बनाउने होईन। तर महत्वपूर्ण भूमिका नेतृत्वको र मेडियाको हुन्छ भन्न पाप नलाग्ला। नेतृत्व र मेडियामा सके विद्वान रहुन नभए विवेकशील रहुन देश छिट्टै उभो लाग्छ। यिनको सकरात्मक सोच भए हामी सबैको घैटामा घाम लाग्छ ।

    Reply
  21. Raju Adhikari says:
    April 6, 2014 at 5:58 am

    निक्कै कुरा मा लेखक संग सहमत छु तर सुशीलजी को ३ ओटा mobile छ र उनि राम्रा छन् भनेर तारिफ गर्नु नै एक प्रकार को नाटक हो!
    सुशील जी ( PM हुनु भन्दा आगाडी )
    – महाराजगंज को महल मा बस्नु हुन्थियो- तेस्को भाडा पक्कै पनि १ लाख भन्दा बडी होला (काँग्रेस पार्टीले यो पैसा तिरेको कत्तै सुनेको/पढेको छैन)
    – कसैले गाडी दिएको छ र पेट्रोल पनि – तेस्को खर्च पक्कै पनि २०~३० हजार भन्दा बडी होला
    – कसैले ३ mobile मा महिने पिच्छे पैसा हाली दिन्छ – तेस्को खर्च पक्कै पनि ३~४ हजार होला
    – उहा को ३ छाक खाना, अरु खर्च – काठमाडौँ को महंगी मा २०~३० हजार पक्कै होला
    उहाको security को लागि १० ~१२ police हुन्छन – तिनको खाना पिन को खर्च पक्कै पनि महिना को ३०~४० हजार होला|

    सुशीलजी को आम्दानी छैन भन्ने सुनेको छु तर माथि लेखे को खर्च को bill त पक्कै पनि तिरेको होला| सुशीलजी लाई महिने पिच्छे डेड २ लाख खर्च गर्ने वेक्ती को को हुनु हुन्छ? ति वेक्ती हरु ले किन र के को फाइदा लाई येत्रो खर्च गर्दै छन्? के सुशील जी ले येसरी आरु संग पैसा लिएर आफ्नो जीविका चलाउनु घुस हैन? येदि यो घुस हैन भने के हो घुस भनेको?

    नेता गरिब हुँदै मा राम्रो हुन्छ भन्ने हैन| उसको धन कहाँ बाट आयो, श्रोत के हो खुलौन सक्छ सक्दैन भन्ने हो| मलाई सुशील जी को नियेत मा कुन्नी संका छैन र उहाले देश लाई हानी हुने काम गर्नु हुन्छ भन्ने पनि लाग्दैन तर हामी जनता र media ले ३ टा mobile लाई ठुलो issue बनाएको चै आलिक पचेन|

    (लेखक को मूल लेख भन्दा बाहिर को comment भयो, माफ पाउ)

    Reply
  22. निश्चल says:
    April 6, 2014 at 4:48 am

    नेता समाजका ऐना हुन्| समाजको चरित्र भनेको नै नेताको चरित्र हो| हाम्रा नेता को चाला देख्दा हाम्रो समाज कति पतित रैछ भन्ने प्रष्ट हुन्छ| साधु साक्षात सुशील!

    Reply
  23. samrat~ says:
    April 6, 2014 at 4:34 am

    सुशील जी , वाह ! आज धेरै घत लाग्दो लेख पढ्न पाइयो धेरै पछि माइ संसार मा. तपाइँ को कुरा सात प्रतिसत !! एउटा कुरा छुटाउनु भएछ. हुन् त हाम्रा ति सृस्ये कहलाउदो नेता हरु ति भेदु बिद्यार्थी हरु भन्दा धेरै गुणा देश द्रोही छन् जसलाई कुर्सि को बढी माया छ देश को भन्दा जसले भारत को गुलामी गरेर रास्ट्र घाती काम गर्न न हिच किचाउने. जस्तो टनक पुर् काण्ड , कोशी काण्ड , मधेश लाइ टुक्र्याएर रिफर्यान्दम भोटिंग गराउन खोज्ने, रास्ट्र को एक मात्र बिमान स्थल भारत को मातहत मा सुम्पिन खोज्ने आदि आदि, तर फेरी हामि आखिर मा आएर तिनी हरु लाइ नै गालि गलौच गर्चोउ , किन ? तिनी हरु लाइ पटक पटक कुर्सि मा पुर्याउने नेपालि जनता नै त हो नि. गालि गर्नु छ भने ति जिल्ला को भेडु जनता लाइ नै गालि गरम. हो तपाइँ ले भनेको जस्तै ति पढे लेखेको बिद्यार्थी हरु लाइ गालि गरम जो येस्ता कुलंगार नेता हरु को आदेश मा तोड फोड उत्स्रिङ्खल मचौछ. चोर लाइ सजाए दिनु को साट्टो उम्किन चान्स पटक पटक दीञ्छ भने उनीहरु को मनोबल अझै बढ्नेछ अनि चोरी गर्ने काम त जारि भै हाल्छ नि. मलाइ लाग्छ येस्ता उत्स्रिखल मचाउने बिद्यार्थी हरु कि त हाम्रो देश को उच्च सिक्छ्या सिकाउने campus कलेज को मापदण्ड न पुगे को हुनु पर्छ कि न त येस्ता बिद्यार्थी हरु सिक्च्या हासिल गर्ने उध्येस्ये भन्दा dirty पोलिटिक्स मा जग बसालेर भबिस्य मा कालो धन्दा गरेर धन कमाउने नियेत भएको हरु हुनु पर्छ .

    Reply
  24. Bishwas says:
    April 6, 2014 at 1:58 am

    तपाइको लेख पढ्दा त सबै समस्याको जड त तपाइलाइ पो थाहा रैछ जस्तो लाग्यो | प्रधान मन्त्रि सुशील कोइराला नभएर साक्षात सुशील पो हुनु पर्ने रैछ , देश त निमेष भरमा बिकाश हुन्थ्यो | तर साक्षात् ज्यु, नराम्रो नमान्नु होला , नेपालका तपाइँ जस्तै सबै कुरा जान्ने बुझ्ने तर एउटा माखो पनि नमारेर बस्नेले गर्दा देश बिग्रेको कुरा अब सबैले बुझ्न थालेको छ | लेखको अन्तमा पोजिटिव हुन् संदेश दिने तपाइको लेखमा अधिकांश कुरा निगेटिव नै छ | मेडियाबाजी गर्दैमा देश बन्दैन , कुनै ठोस काम गर्नुस , जसले देश बिकासमा प्रत्यक्ष प्रभाव पारोस |

    Reply
  25. sanu says:
    April 6, 2014 at 1:46 am

    हामी बिरोध गर्छौ | प्रजातन्त्रले दिएको अधिकार हो | तर नेपाल बन्द गर्नु गैर कानुनी हो | आफ्नो काम वा पसल बन्द गर्नु अधिकार हो तर अर्कालाइ बन्द गर्न बाध्य बनाउनु अपराध हो | हेर्नुस न , यी काममा सबभन्दा अगाडी बिधार्थी नै हुन्छन ..शिक्षित बिधार्थी | ब्याचुलर मास्टर पढी रहेका बिधार्थी |
    उच्चतह मा पढीरहेका बिधार्थीले सरकारी गाडी जलाउछन, सरकारी सम्पति तोडफोड गर्छन | सरकारले नया गाडी किन्छ, तोडफोड ठिक पार्छ | सरकारले तिर्ने पैसा तपाई-हाम्रो कर बाट | अनि हामी बिरोध गर्दा आफ्नै पैसा जलाएर हिड्या जस्तो भएन र ??
    तपाईले तिरेको कर र राजस्वको पैसा तपाईले जलाएको गाडी, तपाईले तोडेको सम्पतिमा गयो भने तपाई-हाम्रो गाउमा बाटो बनाउने पैसा बाटै जाने हो , अस्पताल खोल्ने पैसा बाटै जाने हो |
    अन्तमा नेपालमा बिधार्थी राजनीतिले बिधार्थी हक-हित भन्दा आफ्नो राजनीतिक दुनो सोझ्याउने काम मात्रै गर्छ | १२ वर्ष अघि बिधार्थी राजनीतिको यो रुप आफैले देखेको-भोगेको हु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme