Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

युट्युबले जन्माएका नयाँ धमलाहरु

Posted on April 8, 2014April 8, 2014 by mysansar

nakkali_rishi क्रिकेट कप्तान पारस खड्कासितको अन्तर्वार्तापछि ऋषि धमला सोसल मिडियामा खुबै हिट भए। रातारात उनको बारेमा जोक लेख्ने फेसबुक पेजले हजारौँ लाइक कमायो। त्यति मात्र हैन, युट्युबमा उनकै अन्तर्वार्ताको नक्कल गर्दै आफ्ना भिडियोसमेत राख्ने क्रम सुरु भयो। युट्युबमा अहिलेसम्म कम्तिमा तीन वटा नक्कली धमलाका नक्कली पारस खड्कासितको व्यङ्ग्य अन्तर्वार्ताको भिडियो भेटिएको छ। आउनुस् हेरौँ केही भिडियो।

हेर्नुस् सागर पान्डेको भिडियो-

यो अर्को भिडियोमा पनि नक्कली धमला बनेर अन्तर्वार्ता लिँदै गरेको देखिन्छ-

मिलन पाठकको नाममा राखिएको अर्को नक्कली धमलाको अन्तर्वार्ता-

धमलाले ब्याटम्यान भनेकोलाई उडाएर हालिएको भिडियो-

नक्कली त नक्कली भइगए, सक्कलीको जस्तो मजा अरुमा कहाँ! सक्कली ऋषि धमलाको प्रश्न र पारसको छोटो जवाफमात्र समेटिएको सम्पादित भिडियो-

20 thoughts on “युट्युबले जन्माएका नयाँ धमलाहरु”

  1. Shankar says:
    April 11, 2014 at 9:16 pm

    हृसी धमला लाइ एउटा नमुना को रुप मा जगेर्ना गर्नु पर्छ | अरु पढेर पत्रकार भएका छन् , उ न पढी नेता , बिधायक बन्ने देश मा आफै कुनै ठोस डिग्री बिना बरिस्ट पत्रकार बन्नी कोसिस मा छ | सुट ,बुट लाउछ , रिपोर्टर क्लब मा नेताहरुलाई बोलाउछ , सभापतित्त्व को आसन ग्रहण गर्छ , प्रायश टि भी मा देखिन्छ |हामीले देख्दा ये टि भी मा देखिन कत्ति मोरिमेटेको भंछाम , उसले सायद ठिटी पटाउन पो तेसो गरेको छ कि , कोइ कोइ त् प्रभाब मा परेका रहेछन नि त् ?
    भैसी गोठालो , हत्यारा , लुटेरा , चोर ,उचाक्का नेता , बिधायक बन्ने ठाउमा एउटा फटाह पत्रकार लाइ लाइ पनि नमुना सम्झेर स्वीकार गरम |

    Reply
  2. bibek dhakal says:
    April 10, 2014 at 11:11 am

    अब धमला पछि गृहमन्त्री भएर कर्तव्यनिष्ठ र लोकप्रिय प्रहरी अधिकृतको मनोबल गिराउने गरि मनपरी बोल्ने “हाम”देव र उसको हो मा हो मिलाउने पार्टि संरक्षित अनपढ गुण्डा महेश बस्नेतको Troll बनाउने बेला भएन र? ?? खै त?

    Reply
  3. Rajendra Giri says:
    April 9, 2014 at 12:25 pm

    अब नेपाली मा एउटा नया उखान राख्न पाए हुन्थ्यो.. कसै संग रिस उठेको छ भने धमला लाई इन्टरभिउ लिन पठाई दिम भन्न पर्ला….

    Reply
  4. yolmo says:
    April 9, 2014 at 4:24 am

    यस्तो मान्छे अझ रिपोर्टर क्लब को अध्यक्ष होइना? हाम्रै नेपाल मा नै छ ठुला ठुला लुत्रे विद्वान हरु ऋषि धमला जस्ता हरु,जुन कुरा आफु लाइ आउदैन, ज्ञान छैन भने चुप लागेर बसेको बेस ऋषि धमला.. टाई झुन्डाएर कपाल गाइ ले चाटेको जस्तो राख्दै मा पढे लेखेको हुन्न आखिर mosquito never can be butterfly

    Reply
  5. mani says:
    April 9, 2014 at 3:46 am

    यो नेपाली पत्रकारिता को एउटा चित्रण मात्र हो, येस्तै गमला जस्ता पत्रकार कति छन् कति हाम्रो नेपाल मा |
    औला भरि गन्न मिल्ने राम्रा बाहेक अरु येस्तै नै हुन् | सिसि गमला पत्रकार को कमि छैन हो नेपाल मा | यो त बाहिर आको भयो | झोले पत्रकार खोले पत्रकार खै के के पत्रकार..|
    यिन लै अब राजदुत बनाउनु पर्छ येति राम्रो कुरा गर्न जानेका रैचन केर्ये|

    Reply
  6. ashok says:
    April 8, 2014 at 11:45 pm

    शिक्षक : भन त ऋषि ताज महल कसले बनायो ?
    ऋषि धमला : मजदुरले सर
    शिक्षक : मेरो मतलब कसले बनाउन लगायो?
    ऋषि धमला : ठेकेदारले सर .

    Reply
  7. शशङ लामा says:
    April 8, 2014 at 9:20 pm

    हाम्रो उत्पातै बेइज्जत गर्यो भनेर कुनदिन सबै ‘धमला’ थरिहरु मिलेर यी ॠषीलाइ धोबी धुलाई गर्न बेर लाउन्दैन| अनि नेपाले नेताहरु, फाल्टो जोकर बन्न उनको RD SHOW (रड्डीस शो) मा किन अन्मरिन्छन ?

    Reply
  8. Kishor Gurung says:
    April 8, 2014 at 9:00 pm

    नेपालमा दुइजना पत्रकार छन् जो निकै अहम गर्छन आफुमा. उनीहरु को काम पत्रकारिता भन्दा पनि आफ्नो चर्चाकरिता गर्नु हो. निक्कै आशाव्य पारा छ ऋषि धमलामा . तर सभ्य पारा ले आफुलाई चर्चा मा पुरौना खोज्ने र अन्तरबार्ता गर्दा इन्फोर्मेशन लिन र श्र्वोता हरु लै जानकारी दिन होइन अन्तरबार्ताकार को मान मर्दन गरेर आफुलाई महान बनौन खोज्ने अर्का छन् बिबिसी क़ा रबिन्द्र मिश्र. यी दुवै अलग अलग कलर क़ा बढी चर्चाकार र कम पत्रकार हुन् . मसिनो गरि सुन्ने हो भने जुन बिषय मा रबिन्द्र ले अन्तरबार्ता गर्न सुरु गरेका हुन्छन त्यसबाट बहकिएर उनि नेताहरु माथि खनिन थाल्छन र अन्तरबार्ता सकिंदा श्रोवाता हरु ले केहि भेउ पऊँना सक्दैनन् . नेपाली प्रेस र मेडिया हरु ले यी दुइ लै बहिस्कार गर्न थाल्नु पर्छ.

    Reply
  9. Kamal Rijal says:
    April 8, 2014 at 3:42 pm

    मिलन पाठकको राम्रो लाग्यो . धमला जस्तै फटाहा देखियेछ.

    Reply
  10. suzee says:
    April 8, 2014 at 3:09 pm

    बल्ल बल्ल सिसि गमले को विदेओ हेरियो !!!
    अरु केहि हैन यो मान्छे चै केहि न केहि को पाङ्ग तुरे प्रस्न सोध्ने बेहोरा नभाको पाजी रहेछ , सोचे भन्दा झन् तुच्छ रहेछ एसको सोधाईइ को पारा !!!!!मुर्खता को विदेओ नहेरी बसेकै भंये हुने रहेछ ,
    यो धमाले भन्दा त नक्कल गर्ने कलाकार हरु नै perfect रहेछन , सारस पदका रे हे हे हे …………..
    हासेर भुतुक्कै हुन् लागे हो !!!!!!!!!

    Reply
  11. xyz says:
    April 8, 2014 at 2:40 pm

    Among the three interviews, the second one by Sisi Gamala is superb. Nepal ko rajniti “rishi dhamala” marka bhanda aagadi chaina. That must be the reason why so many new coming comedians are doing caricature of the political figures.

    Reply
  12. Deepak Bashyal says:
    April 8, 2014 at 1:52 pm

    Rishi Dhamala s**ks & Paras Khadka rocks.. u r hero paras… go on.. All gorkhali are with u

    Reply
  13. puru says:
    April 8, 2014 at 1:47 pm

    अई… मरे मत.. !!!

    Reply
  14. आशा says:
    April 8, 2014 at 7:23 am

    हाँस्दा हाँस्दा पेट नै दुख्यो…………..

    Reply
  15. Rabin says:
    April 8, 2014 at 6:53 am

    नौटंकी माथि नौटंकी गरया न हो अरु के हो र .

    Reply
  16. bibek dhakal says:
    April 8, 2014 at 6:40 am

    झन्डै ६ बर्ष जति अघि “तितो सत्य” नामक हाँस्य टेलिफिल्मको एक एपिसोडका मुख्य पात्र ऋषि धमला थिए| धमला को भूमिका दिपक राज गिरिले निर्वाह गरेका थिए — शायद अनुहार पनि मिल्दो जुल्दो भएर हुनु पर्छ ! अहिलेसम्म हेरेको तितो सत्यको सबैभन्दा मनपरेको एपिसोड तेही थियो ( आजकल त हेरिसक्नु नि हुन्न!! ), तर क्रमश: भएर टुङ्गेको त्यो स्रिङ्खलाको आर्को हप्ता भने नया कथा आयो| कुरा स्पष्ट थियो: ऋषि धमलाको प्रभाव र पावर — आर्को एपिसोड प्रसारण हुन दिएनन!
    तर Thanks to facebook , माइसंसार र अन्य सोसल मिडिया/ब्लगहरु, अब कट्टु झरेर कुरी कुरी हुने गरि ब्यङ्ग गरेपनि कसैले टिभी, रेडियो र फिल्ममा लाको जस्तो सेन्सर लाउन सक्दैनन्| गाइजात्रको बेला पनि कल्पना गर्न नसकिने ब्यङ्गवाण दिन दिने खानु पर्दा चुपचाप लागेर आफ्नो गल्ति वा कमजोरी स्विकार गर्दै भविस्यमा त्यो दोहोरिन नदिने प्रतिज्ञा गर्नुको विकल्प हुन्न! सायद प्रजातन्त्र/ लोकतन्त्र को अरु बेला वास्ता नगरिएको फाइदा यो पनि हो; त्यसैले जतिसुकै अराजकता. अस्थिरता को जड भएपनि आफ्नो मनमा गुम्सेको कुरा पोख्न पाइने प्रजातन्त्र नै प्यारो लाग्दो रहेछ ( :
    कतिपय साथीहरुले यस्ता ब्यङ्ग हरु अश्लिल, अति र चरित्र हत्या गर्ने खालको भनेर टिप्पणी पनि गरेका छन् तर मलाइ लाग्छ माथिको जस्तो व्यंगमा यस्तालाई फिचर गरिन्छ जसको हरकतले अश्लिलतालाइ पनि माथ गर्छ; जसको चरित्र नभएको बराबर छ ( जस्तै, नेताजी हरु ) |

    Reply
  17. योगेश आदी says:
    April 8, 2014 at 6:35 am

    हामी नेपालीहरूको Sense of Humor लाई चाँही मान्नै पर्छ ! ऋषि धमला भाग्य दह्रो – दिमाग झर्रो – बोलि खर्रो – व्यक्तित्व टर्रो भएको अफ्ठेरोमा फलेको घिरौला हो !!

    Reply
  18. Krishna says:
    April 8, 2014 at 5:21 am

    How funny video it’s really amazing . Lol……still paras khadka is cool n all three sisi gamala acting good job. I think sagar panday should have use almost 1 litter mustard oil for his hair to make more funny. Thanks my sansar. I say again I laugh so much ever in my life.

    Reply
  19. kushal says:
    April 8, 2014 at 5:01 am

    मा ऋषि धमला भएको भए कमसे कम पत्रकारिता चाही छोड्थे,एकजना दुइजनाले खिली उडाए भने दार गरेको भन्न सकिन्छ एत्रो मान्छेले बिरोध गरेपछि आफु असक्षम छु भन्ने बुज्नु पर्छ होला….अज एउटा अंतर्बर्तामा त ऋषिको बुडिले ऋषि प्रधानमन्त्री या राष्ट्रपति हुनुपर्छ रे ..यिनीहरुले हामी नेपाली लाइ के सोचेको छन्???

    Reply
  20. bijay says:
    April 8, 2014 at 5:00 am

    किन हो किन ऋषि धमलाको नाम सुन्यो भने मेरो blood pressure high भए जस्तो लाग्छ / अनि यो blog मा किन copy + paste disabled हो ? नत्र ऋषि धमलाको interview को link paste गर्न मन लागेको थियो / Interview भन्दा पनि कमेन्टहरु चै रोचक छन्, interview हेरेर तातेको दिमाग सित्तल गराउने खालका /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme