Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लघुकथा : देवी

Posted on April 5, 2014April 5, 2014 by mysansar

– ज्योति जैन –

saturday-fiction तीन ‍महिला मरणोपरान्त स्वर्ग पुगे।

त्यसमध्ये एक सम्पन्न परिवारकी समाजसेविका थिइन्। मानिसहरु उनलाई देवीसरह पूजा गर्थे।

एक मध्यमवर्गीय जागिरे महिला थिइन् र एक निम्न वर्गकी महिला थिइन्, जसले जिन्दगीभर रक्सीले मातिएर आउने पतिको हातबाट पिटाइ खाइरहेकी थिइन्।

भगवानले तिनै जनालाई एउटा प्रश्न सोधे, ‘मैले सुनेको, पृथ्वीमा मानिसहरु स्त्रीलाई देवी समान मान्ने गर्छन् र पूजा पनि गर्छन्। के यो साँचो हो ?’

सम्पन्न परिवारकी महिला, जसले आफ्नो जीवन समाजसेवामै बिताएकी थिइन्, ले सुरुमा मुख खोलिन्, ‘हो प्रभु! मलाई त मानिसहरु भन्ने गर्थे, यिनी त देवी हुन्, देवी।’

मध्यमवर्गीय महिलाले भनिन्, ‘मलाई त त्यस्तो केही भन्दैन थिए।’ एक छिनपछि केही सोचेर भनिन्, अंऽऽऽऽ… शायद देवी त मलाई पनि सम्झन्थे क्यार। किनभने जब म अफिसबाट घर आउँथेँ, छिमेकीहरुसँग बसिरहेकी मेरी सासु भन्ने गर्थिन्, ‘जान्छु है, देवीजी आउनु भयो।’

निम्न वर्गकी महिलाले भनिन्, ‘भगवान! मलाई त किताब-अक्षर केही थाहा छैन र यी कुरा बुझ्दिनँ। तर जब मेरो लोग्नेले मलाई हात र लातले दिन्थे तब छिमेकीहरु भन्थे, आज फेरि बिचरीको पूजा भइरहेको छ। अनि एक दिन जब मैले रिसले उसको टाउको फुटाइदिएँ, मान्छेहरु भन्न थाले- आज त यिनी साक्षात चण्डी देवी जस्तै देखिइन्।’ (मूल कथा हिन्दीबाट अनुवाद : रविशरण)

[तपाईँ पनि आफ्नो कथा, लघुकथा, विज्ञान कथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउनुस्।]

10 thoughts on “लघुकथा : देवी”

  1. Prakash says:
    April 6, 2014 at 6:35 am

    आफ्नै घरमा हरेकदिन ताण्डब नृत्य मच्चाउने; बिहानदेखि बेलुकासम्म कामगरी लखतरान भएर श्रीमान घरमा आउदा मेरोत टाउको दुखेको छ आफै पकाएर खायेहुन्छ भन्ने, येक आत्मिय मुस्कानको अपेक्षा गरि घरभित्र पस्ने श्रीमान्लाई तिरिश्को आखा देखाएर तर्षाउने नारि लाइ कुन देबीको नाम दिनुहुन्छ तपाई?

    Reply
  2. बशन्त राज says:
    April 5, 2014 at 11:50 pm

    महाभारतमा केहि महिला पात्र (देवी) को चरित्र उल्ल्लेख गर्न चाहन्छु /
    १ गंगा महाभारतको प्रमुख पात्र भिष्म पितामह (देव ब्रत) कि माता हुन् / ईनले देव ब्रत को जन्म अघि आफ्नो पति राजा सान्तनु लाई बाचा बन्धनमा परेर ७ वोटा बच्चालाई नदीमा दुबाएर हत्या गरेकी थिईन / देवब्रतलाई दुबाउन खोज्दा सान्तनुले रोकेको कारण देवब्रत बाचेका थिय /
    २ पाण्डब कि माता कुन्ती बिबाह अघि बाच्चाकि आमा बनेकी थिईन / त्यो बच्चालाई खोलामा बगायाकी थिईन / त्यो बच्चा पछि गयर कर्ण नामको दानबिर राजा, दुर्योधन को मित्र बने / ५ पाण्डब पनि ५ अलग अलग देवतासँग को सम्बन्धबाट पैदा भयका थिय /
    ३ द्रोउपदी को पाच वोटा श्रीमान थिय /
    यो त पौराणिक कथा भयो /
    नेपाली समाजमा आजकल धेरै कुमारी आमाको समाचार आउने गर्छ /
    थुप्रै कर्ण हरुलाई आजकल खोलामा बगायर हत्या गरिन्छा /
    अनि केहि समय अगाडी यो माईसंसारमै पोखराको द्रौपदीहरु बारे फोटो समाचार आयको थियो /

    Reply
    1. Asma says:
      April 7, 2014 at 10:57 am

      कुनै कुराको अपूर्ण ज्ञान भयको राम्रो होइन, पहिले पूर्ण जानकारी हुनु जरुरि छ

      Reply
      1. बशन्त राज says:
        April 7, 2014 at 6:33 pm

        तपाई संग पूर्ण ज्ञान रहेछ / तपाईको पूर्ण ज्ञान पनि तपाईको प्रतिक्रीयासाथ बाड्नु भाको भय बेश हुने थियो /

        Reply
    2. आशा says:
      April 7, 2014 at 8:14 pm

      अनि कुमारी आमा चैं आफैं आमा बन्छन है ………?

      Reply
      1. बशन्त राज says:
        April 7, 2014 at 9:22 pm

        यो त कुखुरो पैला निस्क्यो कि फुल भन्ने विवाद जस्तो भयो /
        सबै आमाहरु बिबाह (यौन सम्बध) नगरी बच्चाको आमा बन्दैनन् / तर सबै बिबाह गरेपछि मात्र आमा बन्छन भन्ने पनि त छैन / यौन सम्बन्ध राखन बिबाहनै गर्नु पर्छ भन्ने पनि छैन / बिबाह नगरी अनेक बहानामा (प्रेम, डर, लोभ, आदि ) कारणले आमा बन्ने हरु पनि छन् / बिबाह नगरी अनेक कारणले आमा बनेकाहरु नै कुमारी आमा हुन् / येस्ता कुमारी आमाको समाचार बारम्बार आउछ भनेको हो /
        अर्को कुरा महाभारतको कथा अनुसार कर्णका पिता सुर्य देव हुन् / अनि सुर्य देव को आसिर्बाद अनुसार कुन्ती कर्णलाई पैदा गरेपनि कुमरि नै रहनु हुन्छ भनियको छ / अब त्यो कति सत्य हो त्यो पौराणिक काल कै ग्रन्थ जानुन / तर नेपालमा आजकल थुप्रै कुमारी आमाहरुले बिबसता बस सिस्नो को झाडी मा, मन्दिरमा आदिमा बच्चा छाडेका हुन्छन / ति पनि महाभारतका कुन्ती जस्तै देवी हुन् भनेर मैले सम्मान गरेको हो / फरक यति हो उबेला कुन्तीले बच्चा बाकसमा हालेर खोलामा बगाई दिईन / आजकल तेसो गर्दैनन् सके मारीनै दिन्छन / अलिकति माया रछ भने मन्दिर सिस्नो झाडी मा छाडछन् भनेको हो / अर्को कुरा मर्न त उबेला पनि मर्दा रहेछन भन्ने कुरा हाम्रा धर्म ग्रन्थमा पनि छ भन्ने कुरा मात्र हो /
        दोस केटा हो कि केटि हो ?? यो विवाद माथि भने जस्तै कुखुरा पैला निस्क्यो कि फुल भन्ने विवाद जस्तै हो /

        Reply
  3. bekhalal nepal says:
    April 5, 2014 at 9:54 pm

    सन्दर्भ छुटै भए नि प्रसंग वर्ग कै हो!
    तीन जोडी नेपाली डिभी परेर अमेरिका आए धनाढ्य, मध्यम बर्गीय, निम्न बर्गीय

    हुन त नेपालीले नेपालीलाई हेल्प गर्दैन भन्छन! तर एउटा कुरामा चाही गर्छन रे! तपाईको साथमा स्वास्नी छ भने अमेरिकन-नेपाली पुरुष हेल्प गर्न अघि सर्छन रे| उखानै छ नि ……अर्काको स्वास्नी राम्रो!

    धनाड्य जोडीलाई कसैको हेल्प चाहिने कुरै भएन सो उहाहरु देव-देवी सरह बस्ने नै भए|
    मध्यम बर्गीय जोडी संग स्किल हुन्छ तर पैसा हुन्न! यस्ता जोडीलाई सहयोग गर्न नेपाली पुरुष (भारतीय र बंगाली पनि?) हुने नै भए! काम खोजि दिन, आवास मिलाउन आदि सहयोग गर्छ रे ! सहयोग गरे बापत यी वर्गका स्वास्नीसंग फ्लार्ट गर्न, हिमचिम गर्न खोज्छन रे | र सके छक्का मार्न खोज्छन रे नि! यसरि नेपाली पुरुष अर्काको स्वास्नीलाइ आफ्नो देवी बनाउछ रे |
    निम्न बर्गीय जोडी स्किल हुने कुरै भएन साथै पैसा पनि हुने कुरा भएन ! र अमेरिकन-नेपाली पुरुष सोझै हौसिने नै भए छक्का हान्न! र सिधै आफ्नो देवी बनौन खोज्छन रे!

    अब आफ्नै भन्ने अमेरिकन-नेपालीहरु आफ्ना चेलीलाई यसरि नजर लागौछ भने उता बस्ने भारतीय, बंगाली तथा पाकिस्तानी पुरुषले बाकी राख्ला ?

    कुरा बुझे हरियोमा नबुझे रातोमा कलीक गर्नुस है 🙂

    Reply
  4. Shankar says:
    April 5, 2014 at 7:52 pm

    रिसाए पछि महिला – चण्डी , महाकाली
    खुसि हुदा महिला –लक्ष्मी ,सरस्वति
    कामातुर हुदा –रति , वृन्दा
    शान्त हुदा -शान्ता

    Reply
  5. suzee says:
    April 5, 2014 at 2:53 pm

    धेरै राम्रो सारांश , बुझ्ने लाई श्रीखण्ड ..नबुझ्ने लै खुर्पा को बिडं…..

    येस्तै प्रसंग बस विदेश मा आएका नेपाली हरु तिन बर्ग मा राखियो भने ;
    १. ,,कथित धनी ”
    २. मध्यम बर्गीय
    ३. निम्न मध्यम बर्गीय आदि आदि

    एक बिदेशी ले सोधेछ , ………………………(प्रश्न जुन सुकै उदाहरण लिन सकिन्छ )
    तीन बर्गले तीन थरि कै उत्तर दिएछन !!!!!!!!!!!!

    ए !!!!!!!!!!!!!!!!!!!!!!!!!भनेर लेग्रो तान्नु भन्दा बढी ती प्रश्नकर्ता ले केहि बोलेनछन!!!!!!!!!!!

    Reply
  6. Ram Adhikari says:
    April 5, 2014 at 2:01 pm

    जसरि भए पनि महिला हरु देबिकै रुप हुन् भन्ने कुरामा दुइमत छैन .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme