Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाम्रा प्रधानमन्त्रीले कसलाई खुकुरी उपहार दिनुभो?

Posted on April 5, 2014April 5, 2014 by mysansar

Nigeria दायाँ छेउको फोटो ध्यान दिएर हेर्नुस्।

हाम्रा प्रधानमन्त्री सुशील कोइरालालाई त चिनिहाल्नुभो। सँगैको अर्को को ?

नेपाली त हैनन् कि के हो ?

हेर्दा नेपाली जस्ता देखिन्नन्। त्यसो भए को त ? अनि हाम्रा प्रधानमन्त्रीले के दिन लाग्नुभा तिनलाई ?

Nigeria
यी हुन् नाइजेरियाका सैनिक E M Wenebai

हाम्रा प्रधानमन्त्रीले उनलाई तालिममा उत्कृष्ट भए वापत् पुरस्कार स्वरुप खुकुरी दिएका हुन्।

तालिम ? के तालिम, कस्तो तालिम भन्नुभाको ?

नेपाली सैनिक प्रतिष्ठानमा यसपालि पहिलो पटक विदेशी अधिकृत क्याडेटहरु समावेश गरी तालिम चलाइएको थियो। त्यसमा नाइजेरिया, मालदिभ्स र केन्याबाट एक-एक जना अधिकृत क्याडेट तालिममा सहभागी भएका थिए।

पश्चिम अफ्रिकाको सामरिक र आर्थिक शक्ति राष्ट्रको रुपमा रहेको नाइजेरिया, पूर्वी अफ्रिकाको सामरिक र आर्थिक शक्ति राष्ट्रको रुपमा रहेको केन्या र दक्षिण एसियामा अवस्थित मित्रराष्ट्र माल्दिभ्सका सेनाबाट सहभागी अधिकृत क्याडेटमध्ये यिनी उत्कृष्ट अधिकृत क्याडेट हुन सफल भएका थिए।

२४ महिनाको यो तालिममा २० जना महिला, २२० जना अधिकृत क्याडेट, ३३ जना पदिक/हुद्धा अधिकृत क्याडेट तथा ३ जना विदेशी अधिकृत क्याडेट सहित २७६ जना अधिकृत क्याडेेटहरु शुक्रबारदेखि सहायक सेनानीको दर्जामा नियुक्त भए।

नेपाली सेनाका अन्य तालिम शिक्षालयहरु (माउण्टेन वारफेयर, जंगल वारफेयर, प्यारा बेशिक तथा स्टाफ कलेज) बाट हालसम्म करिव ३०० जना भन्दा बढी विदेशी सैनिक अधिकृत, पदिक तथा अन्यदर्जाहरुले तालिम प्राप्त गरिसकेको सेनाले जनाएको छ।
181-04

समारोहमा प्रधानमन्त्रीले अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने अधिकृत क्याडेट दिपेन्द्र विक्रम के.सी., पदिक/हुद्धा अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने पदिक/हुद्धा अधिकृत क्याडेट गणेश कार्की, महिला अधिकृत क्याडेटमा सर्वाेत्कृष्ट हुने अधिकृत क्याडेट रश्मीला अर्याल, स्नातक तहको शैक्षिक अध्ययनतर्फ प्रथम हुने अधिकृत क्याडेट रविन श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभएको थियो। (फोटोः नेपाली सेना)

181

cadet

cadets1

3 thoughts on “हाम्रा प्रधानमन्त्रीले कसलाई खुकुरी उपहार दिनुभो?”

  1. krishna says:
    April 6, 2014 at 12:10 am

    खुकुरी उपाहार, अलि अपाच्य भयो कि ? अब नाइजेरियन bro ले कसलाई छप्काउने भो :=O

    Reply
  2. Shankar says:
    April 5, 2014 at 10:36 pm

    कसो झुक्केर झुकेनछन काल भैरब को अगाडी |

    Reply
  3. Suman Bjra. says:
    April 5, 2014 at 9:22 am

    हो त जंगल मा लडाई खेल मा पहधि पदेरो मा खेल त सिकायो सिक्यो अनि नेपाली सेना ले विदेश मा गएर खोइ त पानी र समुद्रमा युद्द कला कहिले सिक्ने ? २१स्तबदिमा चुपलागेर बसको छ / PM हुनेर मन्त्रि अनि रक्षा सम्बन्धिको ध्यान गएको जस्तो लागदैन / Training भएपनि पठाउने पर्ने होइन र जसरी आज को PM ले दर्जयानी चिन्न दियो पाउने जवान पनि हुनुपर्यो / अनि पानीजहाज चलाउने सैनिक पनि/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme