Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेडिकल काउन्सिल जवाफ देऊ !

Posted on April 2, 2014April 2, 2014 by mysansar

-चीनमा अध्ययनरत विद्यार्थी-

म र मेरा केही साथीहरु सेप्टेम्बर २००९ मा चीनमा चिनियाँ भाषामा एमबिबिएस अध्ययन गर्न आएका हौँ। जहाँ पढ्यो त्यहीँ इन्टर्नसिप गर्नुपर्ने नियम लागू भएको हुँदा,चीनमा चिनिया भाषा मै पढी internship गर्दा भाषा जरुरी हुने हुँदा, सिक्न पनि धेरै सजिलो हुने हुँदा तथा NMC recognized University पनि भएको कारणले हामी University scholarship मा चीनमै चिनिया भाषामा MBBS गर्ने निधो गरेर चीन आयौँ। नेपाल सरकार शिक्षा मन्त्रालयले पनि वर्षेनी केही विद्यार्थीलाई चिनियाँ भाषा मै एमबिबिएस पढ्न पठाउने हुँदा हामी अझै निश्चिन्त भयौँ।

हामी यहाँ आएपछि र केही समयअघि पुनः प्रकाशित Nepal Medical Council(NMC) ले सूचना प्रकाशित गर्‍यो। सूचना अनुसार विदेशमा अध्ययनरत विद्यार्थीले ३ महिनाभित्र eligibility certificate लिनुपर्नेछ। नलिए NMC को licensing exam मा सहभागी हुुन पाइन्न। यसले हामी अन्यौलमा परेका छौँ।

किनभने यो सूचना हामी जस्ता चिनियाँ भाषामा अध्ययनरत विद्यार्थीलाई मध्यनजर नगरी प्रकाशित गरिएको पाइएको छ।

चीनमा चिनिया भाषामै एमबिबिएस गर्दा चिनिया विद्यार्थीले जे गर्छन त्यही अनुरुप गर्ने हुँदा हाम्रो पनि course duration ५ वर्षको (internship सहित) हुन आउँछ। तर eligibility certificate को फारममा जहाँ पढ्यो त्यही ५ .५ वर्ष (including internship)गरेर आउँछु भनी दस्तखत गर्नु पर्छ।

• अहिले दस्तखत नगरे पछि licensing exam दिन नपाउने
• अहिले दस्तखत गरे हामीले ५ .५ वर्ष चीनमै पूरा गर्न नसक्ने (किनभने चीनमा चिनिया भाषामा एमबिबिएस ५ वर्षको मात्र हुन्छ)
notice
यसो हुँदा हामी अन्यौलमा परेका हौँ। हामी चीनमा भएको अवस्थामा हाम्रा अभिभावक NMC मा बुझ्न जाँदा उपयुक्त परमर्श दिनुको सट्टा अरु कुनै विकल्प नभएको जानकारी मात्र गराउँछन्।

यस अवस्थामा हाम्रो प्रश्न NMC लाई :
• अब हामीले के गर्ने?

आफ्नो defense मा
• क.सर्बप्रथम हामी चीन आउँदा त्यस्तो कुनै सूचना जारी भएको जानकारी हामीलाई छैन। र कुनै पनि सूचना सर्वप्रथम निकल्दा आगामी दिनमा भन्ने चलन छ। यसरी पढ्न जानुअघि लिनु पर्ने eligibility certificate त सूचना प्रकाशित भएपछिको लागि हुनु पर्ने हैन र ?

ख.हामी आउँदा NMC registered University भएको हुँदापछि गएर केहि समस्या नपर्नु पर्ने देखेर आयौँ। यदि NMC लाई चीन को चिनिया भाषामा पढाइने course प्रति बिश्वास थिएन अथवा हामी पढ्न अएका युनिभर्सिटीमा बिश्वास थिएन भने NMC registration रद्द हुनु पर्ने र यस्तो अवस्थामा रद्द हुनु अघि पढ्न गएकालाई मान्यता दिनु पर्ने तथा रद्द भएपछि जानेलाई NMC ले उचित उपाय निकाल्नु जरूरी देखिन्छ ।

• यसरी NMC पदाधिकारीहरुले घण्टौँ बैठक बसेर निकालेको सूचनामा proper research नगरेको र ramifications नै नबुझी सुचना प्रकाशित गरेको देखियो । किन भने NMC लाई रम्ररी थाहा छ चीनमा चिनिया र अङ्रेजी गरी दुई भाषामा एमबिबिएस अध्यापन गराइन्छ। र यो सूचना निकल्दा चीनमा चिनिया भाषामा अध्ययनरत नेपाली विद्यार्थीलाई ध्यानै नदिई प्रकाशित गरेको देखियो ।

30 thoughts on “मेडिकल काउन्सिल जवाफ देऊ !”

  1. M Raj Pandey (Nepal) says:
    April 8, 2014 at 2:32 am

    लेख ठिकै लाग्यो !!!
    अर्को एउटा जान्नैपर्ने कुरो, जुन प्रति कतिपय साथीहरु अझैं पनि अनविज्ञ छन् !
    नेपाल मेडिकल काउन्सिल का अनुसार चीन होस् या अन्य कुनै दोस्रो मुलुकको मेडिकल युनिभर्सिटी होस् , सन् २०१० यता NMC को Undergraduate Eligibility Form मा विदेश अध्ययन गर्न जाने MBBS का विद्यार्थीले कम्तिमा पनि (४.५ + १ Year Internship) = ५.५ वर्ष को सम्पूर्ण कोर्ष सम्बन्धित देशमै सकाएर आउनुपर्ने छ भन्ने उल्लेख गरिएको छ तर विदेश जाने विद्यार्थीलाई NMC ले फेरि ६ वर्षे MBBS कोर्ष पढ्न लगाउँछ, किन ? जबकि त्यो eligibilty form मा ६ वर्षे कोर्ष सम्बन्धि कुनै औपचारिक कुरा उल्लेख गरिएको भेटिदैन |

    Reply
  2. Kale says:
    April 4, 2014 at 10:12 am

    एउटा कुरा मैले देखेको,जब नेपालमा मेडिकल पढ्न नाम निक्लँदैन तब विद्यार्थी चिन जाने चलन छ। तब गुणस्तर को कुरा पनि आउँछ । हुन त सबैमा लागू नहोला तर वास्तविकता के भने नेपालमा नसकेर चिन गएका धेरै उदाहरण छन अनि ,,NMC ,,को परीक्षा मा बढि फेल तिनै हुन्छन् । यो मान्यता भत्काउनु पर्यो चिन जानेले। खासाको डाक्टर भन्ने मान्यता भत्काउनु आवश्यक छ। हामीले उपचार गर्न जाँदा यो डाक्टरले मार्छ या बचाउँछ भनेर सोच्ने दिन नआवस।

    Reply
    1. बासु राई says:
      June 16, 2022 at 10:33 am

      चिन लगायत दोस्रो मुलुक बाट डाक्टर भएर आउनेले कि नेपाल मै डाक्टर पढ्नेले बिरामीको को केशमा दुर्घट्ना भएको छ ? त्यता पनि मुल्यांकन भैदिए हुने थियो। भलै कसै कतैबाट पनि यस्तो नहोस । नेपालमा डाक्टर भएर मानबीय सेवा गर्ने सपनाहरु महंगी र कोटा कमिले अधुरै रहने अबस्था छ ।

      Reply
  3. Suraj Shrestha says:
    April 3, 2014 at 7:51 pm

    १) मेरो बिचारमा नेपालमा चिकित्सकहरु कर न तिर्नेहरुमा उग्र पंतिका पेशेवार हुन्

    २) ९०% भन्दा बढी चिकित्सक काठमाडौँ उपत्यका, आसपासका शहर, बिराटनगर, धरान, जनकपुर, बिरगंज, नारायणघाट, पोखरा, भैरहवा र नेपालगंज ठाउँमा छन् ! अन्य जिल्लामा चिकित्सकहरु भेटे भने सदरमुकाममा मात्र हो

    ३) हाल काठमाडौँ उपत्यकामा ७ मुख्य सरकारी अस्पतालहरु छन तर निजि ७० (सत्तरी) अस्पतालहरु

    ४) निजि अस्पताल सरकारी भन्दा दसगुना महगो

    ५) सरकारी अस्पतालका चिकित्सकहरु धेरै जसो निजि चिकित्सकको काम गर्ने

    ६) निजि अस्पतालमा रोगिहरुको उपचार गर्न न सकेपछि अन्तिम बेलामा रोगीहरुलाई सरकार अस्तपतालमा धपाउने कुरा

    येस्ता कति बिकृति छन् कति

    डा. सुरज

    Reply
  4. Lohani Indra says:
    April 3, 2014 at 7:09 pm

    बिहारी प्रमाण पत्र धारी डाक्टर हरुलाई कुनै रोकतोक छैन ! भाषा पढेर कोर्स पुरा गरेकाहरुलाइ चाहिं दुनिया झन्झट भिराउनु पर्ने ???

    Reply
  5. Sushma(China) says:
    April 3, 2014 at 6:06 pm

    the time we came to china for MBBS in chinese language,there were no rules as we are not allowed to do 1year internship in Nepal and we should complete our course in 5.5 years in China.So NMC cant enforce this new change for those who came to China before the rule declared,we have rights to do 1yr internship in Nepal and also to take 5yr course as complete course.

    Reply
  6. Ram Sharma says:
    April 3, 2014 at 6:01 pm

    हुन् त ५ बर्ष पढोस या ५ १/२ पढोस तेती फरक पर्ला जस्तो लाग्दैन … अंग्रेजी मा पदोस कि चिनिया मा तेती फरक पर्दैन …. फरक कस्तो विथार्थी र कस्तो उनिवेर्सिटी तेस्ले फरक पर्छ …. तेसैले entrance मा बुध्ही राम्रो competition नगरी पैसा को तागत मा भर्ना लिने बेपारी university लै मन्येता दिन छोड्नु पर्छ …. मन्येता नै दिने हो भने फेरि कडा जाच र skill टेस्ट वा तालिम हुनु पर्छ ….

    Reply
  7. डिल्ली says:
    April 3, 2014 at 3:49 pm

    मेडिकल माफियाबाट परिचालित घटना हो भन्नेमा द्विविधा छैन । कुनै पनि कानुनले पुरानो नियम कानुन अनुसार शिक्षा हासिल गरिसकेका वा गर्दै गरेकालाई बन्देज लगाउन सक्तैन । बन्देज गर्ने भए नयाँ परिमार्जित कानुन लागू भए पछि उच्च शिक्षा हासिल गर्न जानेलाईमात्र बन्देज लगाउन सक्छ । तर यस घटनामा पुरानालाई तर्साउन, नेपालमा बग्रेल्ति खोलिएका मेडिकल कलेज नामधारी मानव बधशालालाई मान्यता दिन र विदेशमा स्तरीय पढ्न अङ्कुस लगाउन गरिएको हो (तर चीनबाट गर्नेको हकमा सबै मेडिकल कलेज स्तरीय छ भन्न सकिन्न कि!) । त्यसैले तपाईँहरूले कानुनी लडाईँ लड्नै पर्ने अवस्था आए जस्तो लाग्छ । नेपालमा मेडिकल शिक्षा लिन भन्दा धेरै विदेशी मुलुकमा सस्तो र स्तरीय छ । तर पार्टीका झोलेहरू र माफियाले थोरै लगानीमा खोलेका मानव बधशालामा नै पढ्न बाध्यकारी नियम लागू गरिरहेका छन् ।

    Reply
  8. binaya says:
    April 3, 2014 at 10:49 am

    यसो हेर्दा यो सब मेडिकल माफिया को छल खेल जस्तो देखिन्छ . विभिन्न अबरोध खडा गरेर विदेश मा मेडिकल पढ्न हतोत्शाहीत गर्ने अनि आधारभूत infrastructure पनि नभएको तर घुस ख्वाएर स्वीकृति लिएको नेपाली institute मा बिद्यार्थी भर्ना गरि अकूत सम्पति कमाउने नाटक मात्र हो यो .
    Dr Govinda KC ले तेतिकै त अनसन बसेन होलान, उनि जस्ता ब्येक्तिको खाँचो छ यो देशमा

    Reply
  9. ashish,china says:
    April 3, 2014 at 9:53 am

    this is nt only problem of 3 4 students ..about 50 plus student are here wid same problem including cadidates from moe ,nepal.. goveernment and all related bodies should take some actions solving it,, and thanks to author of this article for raising this issue.. u can contact me my wechat – 18745454024

    Reply
  10. रमण says:
    April 3, 2014 at 9:36 am

    मेरो समर्थन र सहानुभूति छ|
    मेडिकल काउन्सिललाई पहिले निवेदन गरेर ताकिता गर्दा पनि जवाफ नआए वा न्यायोचित सोचेका जवाफ नआए मेडियाको माध्यम बाट सो खुलाएर लेखेको भए राम्रो हुने थियो|
    पुर्ब सोभियत संघ र रसिया र युक्रेनमा मेडिकल पढेकाहरुले एकताका स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पताल चलाएका थिए| अहिले आएर चिनिया भाषाका ज्ञाताहरु डाक्टर हुने भए|
    जब सम्म कुनै सोर्स फोर्स वालाका छोरा छोरी हरु पर्दैनन् तब सम्म यो इस्यु लाई सहानुभूति पुर्बक हेरिदैन|

    Reply
  11. लौटन अवधि says:
    April 3, 2014 at 8:28 am

    आफु डाक्टर परियेन – डाक्टरी भाषा बुझिएन – आफु कमर्सियल भासा मात्रै बुझिन्छ ! जति जे भने पनि जे गरे पनि के पी वली हरु लाइ विदेश नै जानु परिराको छ ! हामि अरु जान्दैनोउ फाइनल प्रोडक्ट गुणस्तरीय र सस्तो होस् ! रोगि निर्यात लाइ प्रतिस्थापन गरोस र अन्य देश का रोगि लाइ पनि यहि उपचार गर्न आयात गरोस ! अस्तु :

    नेपाली सिक्ष्यालय हरु त सबै खेलाची जस्ता लाग्छन !!

    Reply
  12. sanu says:
    April 3, 2014 at 7:17 am

    मेडिकल काउन्सिलले तुरुन्त समाधान गर्न सक्नु पर्ने समस्या हो यो ..NMC मान्यता प्राप्त स्कुल बाट पढेका स्वत: एग्जाम दिन पाउनु पर्ने हो |

    Reply
  13. Ishwor says:
    April 3, 2014 at 6:10 am

    Do u guys think Chinese language is easier than English so u r doing in Chinese language ? Or u guys r nor eligible to study in English in china ? Wha happens “if ” u get job luckily in Nepal and write prescription in Chinese?

    Reply
    1. सञ्जय says:
      April 3, 2014 at 8:20 am

      इश्वर जी जस्तो अँग्रेजीको प्रकाण्ड विद्वान परेनन् होला नि त। फेरि अर्को कुरा चीन-कोरिया-जापान जस्ता देशमा उनीहरूकै भाषामा हुने पढाइ अँग्रेजीमा हुने भन्दा धेरै राम्रो हुन्छ। अँग्रेजीको पाठ्यसामाग्री सुलभ नहुने कुरा फेरि छँदैछ।

      Reply
    2. shailen says:
      April 3, 2014 at 3:16 pm

      हुन त हामी नेपालीहरु काम गर्दैगर्दैनन तर बोल्न कहीं बाकि राख्दैनौ . its our tradition that slavery of english language is enrolling us. but i have saying that people learn medical science technology in Nepal. Language is only the medium. i have a feeling that one day we will forget nepali is our language. i am feeling as I am typing this comment.

      Reply
  14. ramzi says:
    April 3, 2014 at 5:18 am

    Every one is selfish, no-one care about othes. Now the Nmc board is dominated by the doctor graduate from china and Russia who once vandalized NMc office for the same issues. Same on you grow up and try to think beyond the money money.

    Reply
  15. SR Bista says:
    April 3, 2014 at 4:30 am

    मेरो विचार मा सर्वप्रथम जो सुकै ले नि छात्रवृति होस् या आफ्नै लगानी मा हॊस..विदेश जाने मनस्थिति बनाए पछि…सम्बन्धित ठाउँ मा गएर सबै कुरा बुझ्नु पर्छ…consultancy अथवा दलाल को मात्र भर परेर हुदैन…यो कुरा धेरै वर्ष आगाडी बाट सुनिदै गरे को समस्या हो. जस्तै विदेश आध्यन गर्न जादा सिछ्या मन्त्रालय बाट no objection letter र dollar चाहिए राष्ट्रिय बैंक बाट स्वीकृति लिनु पर्छ…तेसै गरि आफ्नो सम्बधित ठाउँ बाट नि बुझ्नु पर्छ…मैले हावा को ताल मा bidesh जाने हरु धेरै भेटे छु…पैला आफ्नो देश को requirement पुरा गरौ ..अनि विदेश को पनि सबै requirement पुरा गरौ…त्यो भए सी अफ्ठ्यारो नपर्ला…अब ढिलाई भए नि मेडिकल काउन्सिल मा गएर पुन निबेदन को के व्यवस्था छ बुझ्ने अनि बिलम्ब सुक्ल तिरेर अथवा कस्तो नियम छ तेई अनुसार सक्दो छिटो कागज पत्र निकाल्ने…system लाई मात्र गाली गर्नु वा निहू खोज्नु भन्दा सिस्टम लाई legally मानेर जादा राम्रो होला..!!!

    Reply
    1. neeraj says:
      April 3, 2014 at 8:27 am

      हरे लौ बर्बाद माथि को कुरा नै नपढी कमेन्ट हान्ने ………….

      Reply
  16. shankar says:
    April 3, 2014 at 4:11 am

    थुक्क, एउटा document मा व्याकरण त मिलाएर लेख्न नसक्ने तिमीहरु NMC का दलालले के licencing exam ठिक तरिकाले लिन्थ्यौ ?

    I …. , resident of ……, am हुनुपर्ने होइन ?

    Reply
    1. ashish,china says:
      April 3, 2014 at 9:47 am

      sorry not everybody has/have (whichever gramaticaly correct) phd in english like you do sir..n plus that phd has no value if u dn knw how to give respect to people,,wat is that thukka ?

      Reply
      1. Hari Krishna Wagle says:
        April 3, 2014 at 6:54 pm

        गाली मेडिकल काउन्सिल लाइ रहेछ आशिस जी. Bond मा अंग्रेजी नमिलेको भएर. मूल लेखमा पनि गल्ति छन्, तर आसय बुझिएपछी त्यो ठुलो कुरो रहेन. मेडिकल काउन्सिल जस्तो जिम्मेवार सरकारी निकायले यो बन्डमा अंग्रेजी बिगारेको छ भने जाचका प्रश्नहरू सही नै होलान भन्न सकिएला र ?

        Reply
    2. anuj says:
      April 3, 2014 at 10:48 am

      हो, I …. , resident of ……, am हुनुपर्ने हो
      mistake त भएकै हो
      तर यो जिरा जस्तो गल्तिलाइ licencing exam संग जोड्नु चाही उपयुक्त होइन
      तर पनि गल्ति देखाई दिएको मा धन्याबाद
      पुनश्च : म NMC को दलाल होइन, NMC न मेरो बाउ पट्टि को हो न आमा पट्टि को

      Reply
  17. Dr.Sita Lamichane says:
    April 3, 2014 at 3:17 am

    That decision is done after your enrollment, therefore it cannot be applied for your case because retrospective law can not be used for the previous action. If they try,, you can challenge it in the supreme court to quash it. Alternatively, you can challenge it under the human rights convention.particularly Civil and Political Convention 1966 in which Nepal is a party. It can be filed as a writ.in the Supreme Court. Therefore, please do not worry but please complete your studies with distinction.We need young bright people like you for our bright future.

    Reply
  18. Dor Prasad says:
    April 3, 2014 at 2:04 am

    यो नितान्तन प्राबिधिक कुरो भएको ले धेरै तर्क न गरौँ . मेरो सोझो मन ले के भन्छ भने जुनसुकै विदेश मा पढने डाक्टर हरुले नेपाल मा १ बर्ष तालिम लिनु पर्ने बनाउनु पर्ने हो ! जस्तो अमेरिका मा पढ्ने डाक्टर लै मोटपा, सुगर को राम्रो ज्ञान भएपनि झाडा पखाला, हैजा, जुका र मलेरिया को राम्रो जानकारी न हुन् सक्छ …

    NMC ले बेभारिकता हेर्नु पर्ने हुन्छ साथै स्वास्थे सेबा जस्तो छेत्र मा गुन्स्थर कयेम गर्नु NMC को अधिकार र कर्ताब्बे हो … तर दुखको कुरो नेपाल मा स्वास्थे जस्तो क्षेत्र मा सेबा भन्दा बेपार बढेको छ … नत्र किन आमरण अनसन को कुरा सधै आउथ्यो ….

    Reply
  19. Mahesh says:
    April 2, 2014 at 11:18 pm

    यो सुचना खास गरेर चीनबाट MBBS पढेर आउने डाक्टरहरुको समय र पैसा बचाउने मनसायले गरेको देखिन्छ किन भने त्यहाँ बाट पढेर आएका बिद्यार्थीहरु नेपालको NMC को परिक्षामा ७५% बिद्यार्थी अनुर्तिर्ण हुने गरेको बिगतको परीक्षाले देखाउंछ

    Reply
    1. chinese says:
      April 3, 2014 at 9:39 am

      हो है । नेपाल म पढ्यो भने चाही खुब पैसा र समय बच्छ । । एमबिबिएस गर्न पचास लाख ( ५० lakhs only/- ) पाइहल्छ । । PG गर्न पनि जम्मा 1 crore त हो । अलि पहिले नै आँखा खोलिदिनु भएको भए नेपालमै पढ्नु हुन्थ्यो..

      Reply
      1. Mahesh says:
        April 4, 2014 at 6:35 am

        महाशय Chinese
        पैसाको बचत किन हुन्दैन जब पढेको बिषयमा अनुर्तिर्ण हुन्छ भने त्यो बिषयमा खर्च गरेर पढ्नु बेकार होइन र समयको खेर होइन ? होइन भने NMC को परिक्षामा किन र कसरि ७५% बिद्यार्थी अनुर्तिर्ण हुन्छन? यसको जवाफ त तपाइले लेख्नु नै भएन त
        तपाइले पढ्न सक्नु हुन्छ अथवा तपाई राम्रो बिद्यार्थी हुनुहुन्छ भने त TU छात्रब्रितिमा नै तपाइलाई पढाउन तयार छ होइन तपाई पढ्न सक्नु हुन्न तपाई संग पैसा छ अनि Dr Chinese लेख्न चाहनुहुन्छ भने त्यो त चीनमा नै बेश होला अग्रिम शुभकामना
        स्मरण रहोस मेडिकल बिषय महँगो नै छ

        Reply
        1. chinese says:
          April 4, 2014 at 10:38 am

          महेशजी
          सायद राम्ररी पढ्नु भएन जस्तो छ माथि को लेख. हामी चीन मा पैसा तिरेर हैन निसुल्क मा पढ्दै छौ. IOM -TU को मा जम्मा जम्मी चालिस seat हुन्छ ,के नेपाल मा त्यति मात्र MBBS पढ्न लायक छन् त? हामी चिनिया भासामा MBBS गरिरकोछौ र चिनिया भाषा मै MBBS गरेको NMC मा pass percent नेपालमा पढ्ने कै हाराहारी मा छ. NMC ले किन english मा पढेका र चिनिया भाषा मा पढेका को result छुट्याएर प्रकाशित गर्दैन त्यो चाही NMC लाई नै सोध्नुस.

          Reply
    2. ashish,china says:
      April 3, 2014 at 9:50 am

      but my opinion is notice is nt by nmc but by medical mafias.. who dn want students go abroad and guaduate .. they want handsome amount of money as donation from student to study in their medical college in nepal !!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme