Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गाडीले हानेर मान्छे मर्दा दुई हजार जरिवाना

Posted on March 30, 2014March 30, 2014 by Salokya

mahat लोक दोहोरी गायिका मञ्जु महतको शनिबार निधन भयो। बिहीबार स्कूटी चढिरहेकी उनलाई दुई वटा माइक्रोले च्यापेर घाइते बनाएको थियो। सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएकी मञ्जु मृत्युसँग संघर्ष गर्दै थिइन्। तर कालले जित्यो। परिवारले शव बुझ्न अस्वीकार गरे। कलाकारहरुले गोँगबु चोकमा धर्ना दिए। उनीहरु पक्राउ परे। पछि यातायात व्यवसायीसँग सहमति भयो। अस्पतालमा लागेको खर्च र १० लाख दिने भए। अन्त्येष्टि सोमबार हुँदैछ।

तपाईँले अरु ठाउँमा पनि दुर्घटना भएर मान्छे मरेपछि बाटो जाम गरेको देख्नुभएको होला। आखिर किन हुन्छ त त्यस्तो ? कानुनी प्रक्रियामा गए हुन्न र भन्ने तपाईँलाई लाग्छ होला। आज तपाईँको यो जिज्ञासाको समाधान हुनेछ। अदालतले सवारी दुर्घटनाको एउटा मुद्दामा गरेको एउटा फैसला पढ्नुस्।

mudda1

mudda2

mudda3

mudda4

mudda5

जाँदाजाँदै यो पनि हेर्नुस्-

सामाजिक पक्षबाट हेर्दा पनि दुर्घटनाबाट मर्नेहरुको संख्या सवारी साधनको संख्याको अनुपातमा हेर्ने हो भने अत्याधिक नै छ अरु देशको तुलनामा। दुर्घटनामा परेर ज्यान गुमाउनेहरु प्राय: युवा नै हुने हुँदा उनीहरुमा निर्भर र आशा गर्नेहरुको बिचल्ली हुने देखिन्छ। कमाएर ल्याउने मान्छे दुर्घटनामा मृत्‍यु हुँदा बाँच्नेहरुले कस्टप्रद दिन बिताउनु पर्ने हुन्छ। घाइतेहरुले जिन्दगीभर अपाङ्ग र असहाय भएर बाँच्नु पर्दाको पीडा जसले भोगेको छ उसैलाई मात्र थाहा होला। सामाजिक अर्को पाटोलाई हेर्ने हो भने देशले युवा जनशक्ति गुमाइरहेको हुन्छ। यस्तो गम्भिर बिषय जस्लाई सबै भन्दा बढी चासोको रुपमा र तत्काल न्युनिकरणको लागी नागरिकको स्तरबाट पहल र अधिकार प्राप्त सम्बन्धित निकायलाई दवाब दिनु पर्ने थियो जुन हुन सकेको छैन। बालकृष्ण अधिकारीले तीन वर्षअघि लेखेको ब्लग दिनदिनै मान्छे मर्ने यो युद्ध

32 thoughts on “गाडीले हानेर मान्छे मर्दा दुई हजार जरिवाना”

  1. gopal says:
    April 3, 2014 at 8:44 pm

    के बोल्नु र खै ड्राइभर लाइ दल चाहिने दल लाई भोटर अनि हरेक चालक का पछाडी संगठन संगठन का अगाडी सरकार लाचार बस बल र दल हुने ले जे गरे पनि भो

    Reply
  2. Mom Yujalee says:
    April 2, 2014 at 8:37 am

    मोर्ने मान्छेको गल्ति कहिल्यै हुदैन स्यनु गाडीको, जहिले तहिले ठुलो गाडीको गल्ति हुन्छा ? नेताको र ठुलो मान्छेको गल्ति निकलौना, स्याबास नत्रारा रु २००० पनि देरै भयो रु २/- जरिमाना दिएपुग्यो |

    Reply
    1. नेपाल बहादुर शिंह says:
      April 3, 2014 at 1:55 am

      अहिले सुन्दै छु.बस चालक संगठनको दवाबमा मुद्दा फिर्ता लिंदैछा भन्ने,माइक्रो बस सवारी चालकहरुको लापरबाहीले गर्दा धेरैको ज्यान जोखिममा छ!बिशेष गरि पैदाल यात्री,र मोटर साइकल,र साइकल,चालकहरु,घटनाको प्रकृति हेरेर कानुनी कारबाही हुनु पर्छ!यदि कारबाही नगरी यसरि नै छाडिने हो भने,मुलुकमा अर्को द्वंध निम्त्याउने छ !यदि यहि घटना ति बस चालकको श्रीमती अथवा दिदि बहिनि आमा माथि भएको भए के गर्थ्यो !कतै निजि सवारी साधनले तिनीहरुको श्रीमतीलाई पनि यसरि नै ठक्कर दिएर मारिएमा ति माइक्रो बस संगठनका सदस्यहरु संग यसको के जवाफ छ !

      Reply
  3. Prem Tamang says:
    April 1, 2014 at 4:54 pm

    यो नेपाल को कानुन हो कि जनता मारा नेपाल सरकार को हो?दुइ हजार रुपिया जरिवाना र ६ महिना जेल?बेइमानी कानुन भएन र यो?

    Reply
  4. panta says:
    April 1, 2014 at 5:07 am

    हैन हरेक किसिमको गाडी चलाउनलाइ फरक किसिमको अनिबार्य बिमा गर्नु पर्ने कानून बनाउनु पर्यो / के कस्तो दुर्घटना मा बेक्तिलाई कस्तो बेबस्थाको हर्जाना तिर्न र निधन भएमा बिमा पोलिसी अनुसार कसरि तिर्ने भन्ने बेबस्था बिमा कम्पनीबको पोलिसीले स्वत निर्धारण आफै गर्ने हुनाले यो समस्या को समाधान गर्ने तरिका जुलुस र नाराबाजी भन्दा राम्रो हुदैन त ?

    Reply
    1. लौटन अवधि says:
      April 1, 2014 at 12:24 pm

      अदालती फैसला गलत होइन – यहा कमि बिमा को भयो !

      Reply
  5. Hari says:
    April 1, 2014 at 3:55 am

    In our country, Judicial workers have made law a joke and कमाई खाने भाँडो |
    I won’t go into details of my experience as I know that there are 10,000,000 cases similar to mine.

    So why isn’t action taken to remedy this situation. It is because of the mentality of nepali janata similar to sheep that as long as I am not in harms way I won’t do any action and the predator mentality of the so-called leaders to prey on nepali janata.

    Reply
  6. suman P says:
    March 31, 2014 at 11:37 pm

    चाहे गाडीले होश या कुनै तरिकाले मान्छे मार्ने लाई ज्यानमारा सरह सजाय नगरुन्जेल यो समस्या कुनै हालतमा हाल हुने छैन. तेस्को लागो ज्यानमा सरह सजाय हुने पर्छ.

    Reply
  7. Dr.Sita Lamichane says:
    March 31, 2014 at 11:33 pm

    In this case, both criminal and civil actions should be started. If that incident due to the gross negligence of the driver, it should be manslaughter and if it is deliberate to kill or to cause her hurt seriously, he should be charged with murder.In both the situations, the police should arrest the accused and start the investigation. In both the situations, the sentence is very long.This is the job of the police. If the death was caused due to the fault of the victim herself, accused should be free, This area of law is criminal law. it is the duty of the police to find out the truth. There can be civil action, if the incident is purely incident, the victim and her family should get the compensation which is decided on the basis whether the victim had contributed some thing in the cause of incident. If not full, if yes reducing that amount of her fault. Here,the action should be started from the side of the victim.This is the area of law of negligence under tort. Sometimes both civil and criminal action can be started depending on the situation.

    Reply
  8. Priti Rana says:
    March 31, 2014 at 8:42 pm

    लापरबाही गाडी चलाउनेलाइ ध्वस्त पार्ने कानून चाहियो | मान्छे किचे पछि चक्का जाम त अस्थाई उपाय हो, अबको चक्का जाम कानून फेर्न लाइ…

    Reply
  9. G P Khatiwada says:
    March 31, 2014 at 4:31 pm

    कलाकार देशका गहना हुन्…..उनीहरु गुम्नुभनेको रास्ट्रको सुन्दरता गुम्नु हो……हरेक व्यक्तिले जन्मेपछि पाउने समानअवस्था वा प्राप्ति भनेको नै मृत्यु हो अरु सबै अवस्था कुनै न कुनै रुपमा फरक छ…… उमेर बृद्ध भैसकेपछि को मृत्युलाई स्वाभाविक मानिदोरहेछ..तर त्यो अनिश्चित समय कहिले र कसरि आउछ के थाहा……मन्जु महत को मृत्यु पक्कै स्वाभाविक हैन….उनि कसैको लापरबाहीको सिकार हुन पुगिन……क्षतिपूर्ति को के कुरा गर्ने र….के नै हुन सक्छ र…..तैपनि सहमति भो रे…….ति दोषीहरु लाइ कडा कारबाही होस्..अरु कसैले त्यसरी अकालमा मृत्युबरण गर्न नपरोस .. राज्य नागरिक प्रति जिम्मेवार बनोस…त्यै उनको परिबारका लागि आफ्नो सदस्यको असामयिक रुपमा गुमेको जिबनको क्षतिपूर्ति हुनेछ…..मन्जुको आत्माले सान्ति पाओस…….परिबार लाइ धैर्य धारण गर्ने शक्ति मिलोस ………

    Reply
  10. डिल्ली says:
    March 31, 2014 at 2:32 pm

    गाडीले मान्छे मार्ने र त्यसबापत क्षतिपूर्ति दाबीमा जोड दिने कुसंस्कार नै बस्न थालेको छ हाम्रो । दुर्घटना हो वा बद्नियतपूर्ण तवरबाट गरिएको हत्या त्यता कसैको ध्यान गएको देखिदैन । माइक्रोबस, ट्याक्सी र ठिटा ठिटीहरूले हाँकेका बाइक र स्कुटर नै बढी दुर्घटनाका कारक देखिएका छन् । माइक्रोबसहरू बाटोमा पात हल्लियो भने पनि हात हल्लिएको जस्तो सम्झन्छन् । अनियन्त्रित तिब्र गतिमा यात्रु चढाउन प्रतिस्पर्धा गर्छन् । दुइपाङ्ग्रे सबारीलाई तिब्रगतिमा उछिन्छन् र अगाडी पुग्ने बित्तिकै घ्याच्च ब्रेक लगाएर रोक्छन् फलस्वरु पछाडीपरेको दुई पाङ्ग्रे सवारी दुर्घटनामा पर्छ । सडकमा लड्न पुग्यो भने पछाडीबाट आउने अर्कोले किच्न पुग्छ र इहलिला समाप्त पारिदिन्छ । ज्यानमारालाई कार्यवाही गर्दा हुने यातायात व्यवसायीहरूको बन्द हड्तालले मारिनेको परिवारलाई थप पिडा दिइरहेको छ । आफैँले बोकेको यात्रु ओर्लिदा लडे व्याक गरेर किचेर मार्ने परम्परा समेत बसेकोछ नेपालमा त्यसैले दुर्घटनाको कारण हेरेर ज्यानमुद्धासम्मको कार्यवाही नगरी समाधान हुने देखिदैन । जानीजानी ज्यान मारेको अवस्थामा अपराधी जोगाउन हड्तालमा उत्रिने व्यवसायीलाई पनि ज्यान मुद्धामै कार्यवाही चलाउन सक्नु पर्छ र आजिवन कारावास ठोक्नु पर्छ । स्कुटरमा सवार महिलालाई हेपेर किचौँला झैँ गरी हाँक्ने जिस्क्याउने ड्राइभर खलासी प्रसस्त भेटिन्छन् जस्ले गर्दा पनि दुर्घटना बढी भै रहेकोछ ।

    घाइतेको स्वास्थ्य उपचार र मृतकको परिवारलाई दिइने क्षतिपूर्ति वीमा रकमबाट सहज उपलव्ध गराउने व्यवस्था कडाइकासाथ लागू गर्नु जरुरी छ । घटना घटाउने सवारी चालक र मालिकलाई तिराउने कार्यले गर्दा घाइतेहरू ब्याक गरेर मार्ने प्रवृत्ति बढेको जस्तो लाग्छ । अनिवार्य वीमा गरे जोखिम घटाउन सहयोग पुग्छ जस्तो लाग्छ । घाइतेलाई ५ लाख भनेर तोक्नु भन्दा आवस्यकता अनुसारको रकम वीमा मार्फत उपलब्ध गराए गाडी मालिक, चालक र पिडित सवैलाई सहज हुन्छ जस्तो लाग्छ ।

    मसिना भर्खर हिड्न थालेका बालबच्चा लापरवाह गरी अभिभावकले सडकमा छोडिदिँदा समेत दुर्घटना हुन पुगेको छ । कतिपय अवस्थामा बाबु-आमा निरिह बालबालिकाको पसल थापेर पो बसेका छन् कि भन्न मनलाग्ने घट्ना पनि देखिन्छन् ।

    जेब्रा क्रसिङमा मारिने पैदल यात्री र ओभरहेड व्रिजको मुनी किचिने पैदल यात्रीमा फरक छुट्याउने कानुन हुनु आवस्यक छ । बाल-बालिका र बृद्ध-बृद्धाहरू दुर्घटना गरि किचेर मारिए चालकलाई अनिवार्य ज्यान मुद्धामै कार्यवाही चलाउनु उपयुक्त हुन्छ । स्कुले बच्चाहरू र असक्त वृद्ध बृद्धाहरू सडक पार गर्ने क्रममा बढी मारिएकाछन् ।

    दुर्घटनामा दोष कस्को भन्ने पनि हाम्रो समाजमा नकारात्मक विभेद देखिन्छ । पैदल यात्री ठोक्किन आएको हो कि सबारी साधनले ठोक्काएको हो बिचारै नगरी सवारी साधनलाईमात्र दोष थोपर्ने चलन पनि छ । पैदल यात्री, साइकल, मोटर साइकल, ट्याक्सी, माइक्रो, मिनि, बस, ट्रक आदिमा साना सवारीको वा पैदल यात्रीको गल्तिले दुर्घटना भएको भए पनि ठूला सवारीलाई दोष दिइन्छ र ठूला साधनलाई आक्रमण गर्ने विभेदकारी चलन पनि मौलाउँदोरुपमा देखिन्छ । त्यसैले दुर्घटना, नियोजित वा लापरवाही के हो सोही बमोजिमको कार्यवाही नभए मर्ने र मार्ने सृङ्खला घट्ने देखिदैन ।

    Reply
  11. Ram Sharma says:
    March 31, 2014 at 2:25 pm

    सडक दुर्घटना भबितबे, जानाजान वा लापरबाही का कारण ले हुन्छन … जुनसुकै अवस्था वा परिणाम दुखद हुन्छ … कानुन निकाएले ले सहि ढंग ले कारण न छुताउन्ने … घाईते बनाएर छोड्नु भन्दा मार्न्दा कम सजाए हुँने … सडक प्रदर्सन नगरुन जेल सजाए न हुने … कानुनी प्रक्रिया मा जादा उचित सजाए न हुने … भबितबे वा यात्रु वा सडक मा हिंड्ने बटुवा को गल्ति वा लापरबाही ले हुने दुर्घटना मा पनि चालक दोषी हुने जस्ता अनेकौं तत्थे हेर्दा नेपाल को सडक सान्त, सुन्दर हुन्नु पर्ने मा कोलाहल र अनाये पूर्ण भएको छ .. पशुपति नाथ ले बचाएको वा चलाएको देश !!

    Reply
  12. G P Khatiwada says:
    March 31, 2014 at 1:50 pm

    कानुन कडा हुने र पालना हुने हो भने त ड्राइभर र खलाँसीले भोलिदेखि चक्काजाम गर्छन….अनि कुनै पार्टीका नेताले ऐक्यबद्दता जनाउछन…….अर्कोदिन बार्ता……बिनासर्त ड्राइभरको रिहाई…….मर्ने मरिगो……आन्दोलन गर्न सकोभने लगभग क्रिया खर्च बरबको क्षतिपूर्ति…नत्र किरा मरेजस्तै……..ड्राइभर/खलाँसी र गाडी मालिक को भोज….प्रसाशन र नेता मुख्य पाहुना…….

    Reply
  13. Dev Gurung says:
    March 31, 2014 at 1:44 pm

    दोषी ड्राइबर हरुलाई ज्यान मारा मुद्दामा आजिबन काराबासको सजाय दिनु पर्छ अनि त्यो न्यायाधिश भन्ने ले मान्छे मार्ने मुद्दामा दुइ हजार को जरिवाना तोकेर न्यायको नाममा कलंक लगाएको रहेछ ! एस्तो को छोरा छोरी लाइ सवारी साधनले नमारे सम्म अरुको पिडा बुज्दैन !

    Reply
  14. punya hawaii says:
    March 31, 2014 at 12:28 pm

    गाडी कन्ट्रोल नगरि जथाभाबि हाक्नेलाई क्षति पूर्ति सहित ज्यान मुद्दा नै लाउनु पर्छ ता कि अरु चलकलाई शिक्षा मिलोस।

    Reply
  15. alok says:
    March 31, 2014 at 9:41 am

    नेपालमा भुस्याहा कुकुर को भन्दा पनि सस्तो भयो मान्छेको ज्यान, यो लापरवाहि नेपाल वाहेक अरू विश्वको कुन कुनामा होला ? यतिका मान्छेको ज्यान गैसक्दा पनि किन कडा कानुन नवनेको होला ? सायद ठुल्ठुला नेता वा तिनका परिवार यो समस्यामा नपरेर होला ।

    Reply
  16. eklavya says:
    March 31, 2014 at 9:03 am

    मानिस सवारी साधनको प्रयोग आफ्नो सहजता र समयको सदुपयोगको लागि प्रयोग गर्छन आज देशमा माइक्रो र टेम्पो बढी हुनुको कारण पनि तेही हो किनभने तिनका संख्या रुट र समय मान्छेलाइ पाइक पर्छ तर बसपार्क बाट चल्ने ठुला गाडीहरुमा यी कुराहरु मेल खादैन जसलेगर्दा माइक्रो टेम्पोतिर बढी चद्छन यदि ति ठुला गाडीहरुको रुट र समय संख्या मिलाउने हो भने एउटा गाडी बराबर दस्वोता माइक्रो र दसवटा टेम्पो हट्छ तर यो सरकारले जानेर पनि गर्दैन किनकि यो माइक्रो ल्याउने र बेच्नेमा ठुलो कमिशनको चलखेल हुने गर्छ ..४० km /h पनि नगुड्ने बाटोमा मान्छे मारिनु कुनै घटना नभएर सोझै हत्या हो छिटो भन्दा छिटो गन्तव्यमा पुग्नु मान्छे बढी कोच्नु एक अर्कासंग प्रतिस्पर्ध गर्नु यिनको दिनचर्या हो र यहि नै मूल कारण हो मंजुको हत्याको आज माइक्रो सहजता नभएर विकृतिमा परिणत भएको छ भर्खरका अल्लारे ठिटाहरु चालक हुन्छन जसरि भए नि छिटो हुइकाउछन तिनलाई थाहा छ घाइतेलाई उपचार गराउदा भन्दा मर्यो भने दुइ चार पैसा अनि केहि समयको जेलमा नै उनीहरु मुक्त हुन्छन भनेर ..जबसम्म जरैदेखि माइक्रोटेम्पोको उन्मुलन हुदैन मान्छे तिनका पछि लागिरहनेछ येस्ता घटना (हत्या) भईनैरहनेछ …

    Reply
  17. narayan sydney says:
    March 31, 2014 at 2:51 am

    नेपाल मा सवारी सम्बंदी कानुन जब सम्म कडा हुदैन, तब सम्म येस्तै भै रहनछ |

    Reply
    1. bijay says:
      March 31, 2014 at 8:15 am

      यो कमेन्ट मन नपराउने मान्छे को होला जान्न पाए हुन्थ्यो/ पक्कै कुनै माइक्रो चालक हुनुपर्छ/ कडा कानुन बन्यो भने मान्छे मारेर सजिलै उम्कन पाउन्दैन भनेर unlike गरेको होला

      Reply
  18. शिब बेल्बासे says:
    March 31, 2014 at 12:06 am

    ड्राइभरले जानीजानी मान्छे मार्दैन,
    अर्को कुरा गाडी चलाउनु उसको बाध्यता हो ,रहर होईन ।
    ड्राइभर लाई दोष लगाएर समस्या समाधान हुने होइन,
    बरु समस्या के हो त्येता ध्यान दिये राम्रो हुन्थ्यो,
    समस्या के हो सबैलाई थाहा भयेकै कुरा हो,,

    Reply
    1. Vijay says:
      March 31, 2014 at 10:38 am

      साँगुरो बाटो मा आँखै नहेरी उछिनाउछिन गरेर गाडी चलाउनु चाही सहि हो? त्यसरी चलाउदा कसैलाई लाग्छ भन्ने थाहा हुँदा हुँदै पनि त्यसो गर्न छोडदैनन् भने त्यो नियतवश: नै मारेको हो !

      Reply
    2. bijay says:
      March 31, 2014 at 11:08 am

      ड्राइभरको काम गाडी चलाउने हो र गाडीमा अगाडी पछाडी हेर्ने ऐना हुन्छ, साइड लगाउँदा बाल्ने बत्ति हुन्छ र ब्रेक पनि हुन्छ / तर जब ड्राइभरले यो सबै चिज बिर्सेर बढी यात्रु टिप्ने हतारमा वा अरु कुनै कारणले गाडीको accelerator थिच्न र दया बया वास्ता नै नगरिकन , मरे अरु मर्छ, आफु मर्ने हैन क्यारे भन्ने हिसाबले गाडी कुदाउन्छ , अनि एसको दोष कसलाई दिने ? यो बाहेक अरु त केहि छ जस्तो लाग्दैन/

      शिव जी यो बाहेक अरु केहि छ भने समस्या के हो तपाइले नै भन्नु पर्यो, मलाई त थाहा भएन /

      Reply
    3. madan bajracharya says:
      April 2, 2014 at 6:31 pm

      लापरवाही तरिकाले गाडी चलायको कारण दुर्घटना भयर कोहि अपाङ्ग बने बा मरेमा आर्थिक दण्ड बाहेक नियोजित तरिकाले अर्को हत्या गर्ने ज्यानमारालाई दिने सजाय दिने बा “कमसेकम १० बर्ष जेल” बस्नै पर्ने कानुन बने मात्रै नेपालमा दुर्घटना कम हुन्छ/

      Reply
  19. कुसुम ज्ञवाली says:
    March 30, 2014 at 11:37 pm

    विकसित मुलुकमा पनि यस्ता दूर्घटना हुँदा मृतकले पाउन पर्ने क्षतिपूर्ति विमा कम्पनीले ब्यहोर्छ, कुनै दवाव वा अान्दोलन विना । क्यानडामा यसरीनै दूर्घटना भयो भने २० लाख डलर सम्म क्षतिपूर्ति पाउने ब्यबस्था रहेकोछ । अर्थात, १८ करोड नेपाली रूपैया । जीवन त अमुल्य नै हो तर पनि हाम्रो देशमा पनि विमाको समुचित ब्यबस्था गर्नपाए अलि राम्रो क्षतिपूर्ति पाउन सम्भव हुन्थ्यो पिडितका परिवारले । यातायात ब्यावसायीसंग संघर्षको सट्टा विमा बापत सबै मृतकका अाफन्तले नियमानुसारको रकम पाउने भन्ने कानुनी ब्यबस्था कहिले हुने होला हाम्रो देशमा ?

    Reply
    1. suman says:
      March 31, 2014 at 6:37 am

      सब जना छ्यतिपुर्तीको पछाडी कमेन्ट गर्दै हुनुहुन्छ जथाभावी गाडी चलाएर ज्यान गए त जेल सजाय हुनु पर्ने होइन
      यस्तै मनस्थिति भएर बिग्रेको हो हाम्रो सिस्टम दश लाख मा सम्झौता भयो सक्कियो..
      चालक लाई कारबाही होस् भनेर पो अन्दोलान गर्नु पर्छ

      Reply
    2. bijay says:
      March 31, 2014 at 7:39 am

      बिकसित मुलुकको कुरा नै गर्ने हो भने लापरवाही पुर्बक सबारी साधन चलाएर कसैको ज्यान गएको ठहरिएमा त्यसलाई “ज्यान मारेको मुद्दा” चलायिन्छा/ लापरवाही पुर्बक भन्नाले सडकको नियम मिचेर, निर्धारित गति भन्दा छिटो चलाएर, अरुलाई खतरा हुने किसिमले सबारी चलाएर, मापसे गरेर आदि इत्यादी परिस्थितिमा सबारी दुर्घटनामा, कुनै साधारण दुर्घटना नमानेर ज्यान मुद्दा चलाइञ्छ/ सबारी चालकले नियतबस त्यस्तो गरेको ठहरिएमा बिमा कम्पनिले केहि पनि दिदैन, सबै जिम्मेवारी दुर्घटना गराउने चालकको हुन्छ/

      कसैलाई सबारी दुर्घटनामा परेर मर्यो भने दुइ हजार तिरेर र उन्नाइस दिन जेल बसेर उम्किन दिने कानुन भनेको – कसैलाई गाडीले छोयो भने किचेर मार्न नबिर्सिनु भनेको जस्तै हो, किन भने बचाएर अस्पताल पुरयाउदा दुइ लाखले पनि केहि हुन्न/

      काठमादौमा माइक्रो र साहुको ट्याक्सी चलाउने ड्राइभरहरु कत्तिको जिम्मेवारी पुर्बक गाडी चलाउछन सबैलाई थाहै भएको कुरा हो/ जब सम्म यो नियम परिबर्तन हुन्दैन र दुइ हजारको ठाउँमा लाखौ जरिवाना र ज्यान मुद्दा चल्न सक्ने कानुन हुन्दैन, एस्तो घटना घटी नै रहनेछ /

      Reply
      1. Dor Prasad says:
        March 31, 2014 at 11:30 pm

        जब सम्म सडक बेबस्थित हुँदैन कानुन पालना गर्न गारो हुन्छ … सवारी र यात्री ट्राफिक नियेमामा हिंड्नु पर्छ .. अनि कानुन पनि कडा हुनु पर्छ – नियेत बस मर्ने लै जन्म कैद, लापरबाही ले मर्ने लै कम्तिमा ६ बर्ष र दुर्घटना बस मरेको (जस्तो ब्रेक फेल ) लै चाही मिनाहा हुनु पर्छ … जुनसुकै केस मा पनि बिमा बाट छेतीपूर्ति हुनु पर्छ …

        Reply
    3. bijay says:
      March 31, 2014 at 8:11 am

      र जहाँसम्म यो केशमा दुइ वोटा माइक्रो बीच यात्रु टिप्ने प्रतिस्पर्धामा बिचमा स्कुटरलाइ वास्तै नगरी गाडी चलाएको कुरा छ, त्यो सरासर माइक्रो चालकको लापरवाही र सडकमा यात्रा गर्ने अरु मान्छेको ज्यानको पर्वाह नगरेको कुरा प्रष्ट हुन्छ/ यो केश स्वत “ज्यान मुद्दा”को लागि अगाडी जानु पर्छ /

      Reply
    4. prakash_Edm says:
      April 2, 2014 at 2:18 am

      Canada and USA मा दुइ वटा गाडी को बीच मा motor cycle चलाए र accident भयो भने चाही insurance ले एक डलर पनि तिर्दैन है | किन भेने यो illegal हो र motor cycle चालक को गल्ति हो | Canada and USA मा Comprehensive Insurance भए मात्रै आफ्नो गल्ति भेये पनि insurance ले दुवै पछ्या लाइ तिर्छ | Comprehensive Insurance अनिबार्य होइन | Liability insurance मात्र दुवै देश मा अनिबार्य हो | Liability insurance आफ्नो गल्ति मा एक पैसा पनि तिर्दैन | दुइ वटा गाडी को बीच मा motor cycle चलाए Canada and USA मा बचे मा चाही fine गर्छ मरे भने उसको insurance ले दुइ वटा गाडी लै उल्टो तिर्छ आनी case close हुन्छ | सबै भन्दा ठुलो कसको गल्ति हो पता लगाउनु हो | सधै टेम्पो वाला कै गल्ति हुन्छ, ठुला बडा को गल्ती हुदैन भन्नु वा सधै ठुला बडा को गल्ति हुन्छ टेम्पो वाला को गल्ति हुदैन भन्नु दुवै नराम्रो हो | नेपाल मा दुइ वटा गाडी को बीच मा motorbike चलाउनु कानुनी होला तर Canada and USA मा चाही होइन है |

      Reply
    5. Bayan says:
      April 2, 2014 at 7:13 am

      क्यानडाको कुन प्रान्त हो? सबै प्रान्तमा एकै नियम चैं छैन है/
      Excerpt: Your insurer will defend you in case of a civil law suit and will make any payment required by law on your behalf, up to the amount specified in your policy. Minimum coverage for Third-Party Liability is $200,000, but most drivers choose $1 million.
      Details को लागि तल click गरौँ: http://www.melochemonnex.com/en/car-insurance/ontario/mandatory-coverage

      Reply
  20. Dhital says:
    March 30, 2014 at 11:10 pm

    एस्तो कानुन भएपछी अनि क गर्नु, कमसेकम गल्ति अनुसारको कारवाही त हुनु पर्ने नि, कस्तो अचम्म. गल्ति अनुसारको कारवाही होस् भन्ने कामना गर्नु बाहेक अरु क नै गर्न सकिन्छ र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme