Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कमेडी नाइट्स विद् ऋषि धमला

Posted on March 30, 2014March 30, 2014 by mysansar

comedy भारतको रङ्गीन (कलर्स) टिभीमा आउने ‘कमेडी नाइट्स विद् कपिल’ नेपालमा पनि निकै लोकप्रिय छ। यो कार्यक्रमसित प्रतिस्पर्धा गर्न सक्ने कुनै कार्यक्रम नेपाली टिभीहरुमा देखेको थिइनँ। ऋषि धमलाले लिएको यो अन्तर्वार्ता भने साँच्चै नै त्यो कार्यक्रमलाई चुनौति दिने खालको छ। यो हेर्दा नहाँस्ने मान्छे कोही हुन्न होला। नेपाली टेलिभिजन अन्तर्वार्ताकै एउटा विशेष खालको, छुटाउनै नहुने यो अन्तर्वार्ता हेर्नुस्। प्रश्नकर्ताको प्रश्न त भयो नै उनको हाउभाउ, प्रश्न सोध्ने शैलिलाई पनि ध्यान दिनुस्। हामी दर्शकलाई यो हेर्दा हाँसो उठे पनि कप्तान पारस खड्का भने ‘मिस्टर कूल’ नै देखिएका छन् सबै प्रश्नमा।

पारस क्रिकेट नबुझ्नेलाई अन्तर्वार्ता दिन मान्दैनन्। उनले विजयकुमारलाई समेत अन्तर्वार्ता दिन मानेका थिएनन्। तर ऋषिले भने उनी बसेको होटलमै गएर 'एम्बुस' मा पारी यो अन्तर्वार्ता लिएका रहेछन्।
पारस क्रिकेट नबुझ्नेलाई अन्तर्वार्ता दिन मान्दैनन्। उनले विजयकुमारलाई समेत अन्तर्वार्ता दिन मानेका थिएनन्। तर ऋषिले भने उनी बसेको होटलमै गएर ‘एम्बुस’ मा पारी यो अन्तर्वार्ता लिएका रहेछन्।

हेर्न नछुटाउनुस्। पहिलो भाग-

हेर्नुस् दोस्रो भाग-

104 thoughts on “कमेडी नाइट्स विद् ऋषि धमला”

  1. ganesh dhungana says:
    April 2, 2014 at 9:08 pm

    ” तपाइलाई आज सम्म कति जाना नेताको फोन आयो?”
    पारसलाई कस्तो दिक्क लाग्या होला यार… प्रिपेड बाट आयो कि postpaid बाट आयो भन्ने सोध्ने डरले फोन नै बिग्रेको छ भन्न बाध्य भए…मुला ले फोकट मा पारसको समय बर्बाद गर्यो…!

    Reply
  2. subash pokharel says:
    April 2, 2014 at 5:59 pm

    रिशी धमलाले आफ्नो स्तर अनुसार एक्दम सुहाउदो प्रश्न गर्नु भको छ,हामी दर्शक हरुले रिशी धमलालाई बिजय पान्डे र भुशन दाहाल सङग तुलना गरि वहा हरुले राखे जस्तै प्रश्न रिशि धमला बाट आशा राख्नु हाम्रो मुर्खता हो।

    Reply
  3. anita says:
    April 2, 2014 at 2:38 pm

    i always wonder why this stupid reporter has to stand right behind each politicians and celebrities, whenever he see the camera rolling we viewers are forced to see his face. disgusting!! Salute to our Captain and kudos to his humbleness…. the more i rewind the interview, more i get irritate and feel very sorry for wife of this so called reporter. Oppsss!! sorry i cannot help it. what a jerk in the name of being Chairman of Reporters Club of Nepal….Shame!!!

    Reply
  4. Bhupal Rana says:
    April 2, 2014 at 1:28 am

    पारस खड्काको घर कहाँ हो ? थाहै नहुने मान्छे ले किन अन्तर्वार्ता लिएको होला नि हे प्रभु, हामीले पनि धेर थोर पत्रकारिता पढेका छौ अनि बुझेका छौ, कुनै पनि व्यक्तिको अन्तर्वार्ता लिनको लागि उसको बायोग्राफी थाहा हुन जरुरी हुन्छ खै त ऋशि धमला जी, यस्तो हचुवाको भरमा अन्तर्वार्ता, अनि राजनीतिक तरिका ले हावा प्रश्न गर्ने ??? एक जना मित्रले भने जस्तै मुर्खले विद्वानलाई प्रश्न गरेको जस्तै भयो हाहाहाहाहाहा!

    Reply
  5. Saroj says:
    April 2, 2014 at 12:24 am

    एउटा राम्रो कमेन्ट छैन, थुक्क शिशि गमला, ……………

    Reply
  6. Mahesh says:
    April 1, 2014 at 9:03 pm

    “राष्ट्रपतिले म राष्ट्रपति हुँ भनेर क्रिकेट हेरी राखेको थिएन नेपालीको नाताले हेरी राखेको थियो” एकदम सटिक जवाफ

    Reply
  7. Mahesh says:
    April 1, 2014 at 8:54 pm

    माथिको अन्तरबार्ता हेर्दा त मुर्खले विद्वानलाई प्रश्न गरेको जस्तो लाग्यो

    Reply
  8. Utsav says:
    April 1, 2014 at 8:06 pm

    एस्तो ज्ञान को खडेरी संग को अन्तर्वार्ता मा पारस ले बेला बेलामा खितिति हासी दिए पनि हुन्छ| पैसा पर्दैन भन्दै मा जे बोले पनि हुन्छ र?

    Reply
  9. Kripa says:
    April 1, 2014 at 6:07 pm

    अन्तर्वार्ताको प्रारम्भ ऋषिले यसरी गर्छन्:

    नमस्कार आदरणीय दर्शकहरू † नेपालले किर्केटमा जुन किसिमको एउटा चमत्कारी गर्‍यो, आज हाम्रो बीचमा नेपालीहरूको नायक, मैले फिलिमको नायकको कुरा गरिरहेको छैन, समग्र नेपालीको नायक, नेपालको नायक र भन्ने हो भने किर्केट खेलका पनि नायक । र, नेपाली टोलीका कप्तान पारस खड्कासित म छु ।

    त्यसपछि उनले पारसलाई सोधेका केही प्रश्नहरू यस्ता थिए :

    तपाईंले जुन किसिमको किर्केट खेल खेल्नुभो, बंगलादेशमा त्यसमा तपाईंको मन एकदम सन्तुष्टि छ कि अथवा बेखुसी के छ ?

    विश्वकपमा तपाईंले खेल्न पाउनु नै उपलब्धि हो र ?

    बंगलादेशमा तपाईंले जसरी किर्केट खेल्नुभो, र हाम्रो नेपाली टिमले जसरी त्यहाँ आफूलाई प्रस्तुत गर्‍यो, त्यसमा तपाईंले छ नि, बंगलादेशलाई हराउन त सक्नुभएन नि, किन ?

    नेपालले विश्वकपमा एसियाबाट जसरी फाइनलमा जान सक्नुपथ्र्यो त्यो त जान सकेन नि ? किन जान सकेन ? यसको कारण, आधार के हो ?

    तपाईंको चाहना छ, ड्रिम छ, सपना छ । विश्वकपमा नेपालले बाजी मार्नुपर्छ भन्ने जुन किसिमको एउटा दृष्टिकोण बाहिर ल्याउनुभएको छ नि, वल्र्डकप मा टफी जित्ने दिन कहिले आउला ?

    नेपाली खेलाडीले वल्र्डकपमा टफी जितेर आउने दिन कहिले हो, कति समय लाग्ला, त्यो अनुमान गर्नुभएको छ तपाईंले ? दश वर्ष २० वर्ष कति लाग्छ ?

    तपाईंले जसरी किर्केटमा खेल सुरु गर्नुभयो तपाईंको चाहना के थियो ? तपाईंको सानैदेखिको सपना ड्रिम नै थियो किर्केट खेल्ने ?

    तपाईंको जुन छ नि, बलिङ र ब्याटिङ छ नि, त्यो त अत्यन्त कुशलतापूर्वक प्रदर्शन गर्नुभा छ ।

    अब नेपाल पनि साँच्चिकै किर्केटमा मान्यता पाउँछ त एसियामा ?

    एक दिवसीय किर्केट नेपालले कहिले गर्न पाउला ?

    नेपालमा ब्याटम्यानको भूमिका राम्रो छ कि बलिङ गर्ने व्यक्तिको भूमिका राम्रो छ ?

    पारसले सबैखाले प्रश्नलाई सहज रूपमा ग्रहण गर्दै शान्त र शालीन रूपमा तर्कपूर्ण जवाफ दिएका छन् । तर, धमलाको प्रस्तुति र प्रश्नहरूलाई लिएर सामाजिक सञ्जालमा तीखो प्रतिक्रिया उत्पन्न भइरहेको छ । क्रिकेट फ्यानहरूले ऋषिप्रति रुखो आलोचना र गालीगलौजसमेत गरेका छन् । फेसबुकमा उनलाई उडाउन ‘ऋषि धमला जोक्स’ नामको पेज नै खोलिएको छ । विभिन्न वेब साइट तथा फेसबुकमा भेटिएका केही प्रतिनिधि प्रतिक्रियाहरू यस्ता छन् :

    एलर्जी नै हुने प्रश्नहरूको डिप्लोम्याटिक जवाफ दिने पारस खड्का भलाद्मी रहेछन् ।

    विज्ञान प्रविधिको चुनौती भनेको ऋषि धमलालाई ब्लक गर्न सक्ने क्यामराको आविष्कार गर्नु हो ।

    हेल्मेट लगाएर क्रिकेट त खेल्नुभयो, बाइक चाहिँ कहाँ पार्क गर्नुभयो नि भन्ने प्रश्न सोध्न छुटाएछन् ।

    प्रश्न सोध्दा किन चिच्याउनुपर्दो हो ? कठै π यो हाउभाउ केका लागि होला ? सामान्य ढंगले सोध्दा पनि भइहाल्छ ।

    धमला सरको हरेक अन्तर्वार्तामा आम जनताको कुरा हुन्छ । हाउभाउ पनि त्यस्तै ठ्याक्कै गाउँमा पानीको कुलोमा झगडा हुँदा पाखुरो खैँचेर बाझेकोजस्तो । के विषयमा अन्तर्वार्ता लिँदै छु भन्ने कुरा धमलाजीलाई पत्तै हुँदैन । ‘आजको दिनमा’ भन्नुस् नभए झापु हान्छु जस्तो हाउभाउ देखाउनुहुन्छ । विषयवस्तुको अध्ययन, अरूको कुरा पूरै सुन्ने धैर्य र सृजनात्मक प्रस्तुति धमलाजीलाई अपरिहार्य छ ।

    क्रिकेट भन्ने खेल नेपाल वल्र्डकप मा पुगेपछि देखेको होला ।

    एक रुपैयाँको ढ्याक भुइँमा खस्दा धेरै आवाज आउँछ, तर १००० को नोट खस्दा थाहा हुँदैन । हो, ऋषि धमला पनि रु. एकको ढ्याक हो ।

    म मनमोहनलाई प्रश्न सोधेको मान्छे

    तपाईंले पारससित लिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा खुबै आलोचित भइरहेको छ नि ?

    हो, मलाई थाहा छ । एउटा कुरा के बुझ्नुस् भने, यो मेरो जीवनको पहिलो अन्तर्वार्ता होइन । मैले राजा ज्ञानेन्द्रलाई पनि दरबार छोड्ने बेलामा प्रश्न सोधेको हुँ । मनमोहन सिंहलाई पनि प्रश्न सोधेको छु । पाएँ भने बाराक ओबामालाई पनि प्रश्न सोध्छु । मैले नेपालले कहिले वल्र्डकप ट्रफी जित्छ भनेर सोध्नु कुनै गल्ती होइन । नेपालले कहिले एसियामा आधिकारिक मान्यता पाउँछ भन्ने प्रश्न के नाजायज हो ?

    तपाईं क्रिकेट नै बुझ्नुहुन्न भन्ने आरोप लगाउनेहरूलाई के भन्नुहुन्छ ?

    म क्रिकेट खेलाडी होइन । यसभन्दा पहिला रुचि राखेर हेरेको पनि थिइनँ । नेपालले खेलेको भनेर विश्वकपको एउटा म्याच टिभीमा हेरेको हुँ । क्रिकेट कसरी खेलिन्छ भन्ने मलाई सबै थाहा छ । ब्याटिङ, बलिङ गरेको राम्ररी बुझ्छु ।

    सधैँ नेताहरूको अन्तर्वार्ता लिइरहेको मान्छे, खेलाडीको अन्तर्वार्ता लिन कत्तिको गाह्रो हुँदो रहेछ ?

    मैले पहिले पनि खेलाडीको अन्तर्वार्ता लिएको छु । गणेश थापादेखि क्रिकेट खेलाडी शक्ति गौचनसँग पनि कुरा गरेको छु । मलाई कसैसित पनि अन्तर्वार्ता लिन अप्ठ्यारो लाग्दैन ।

    पारस खड्काको जवाफ कस्तो लाग्यो त ?

    उनको जवाफ पनि आफ्नो ठाउँमा ठिकै छ । त्यसमा मेरो कुनै कम्प्लेन छैन । सबै प्रश्नको जवाफ सोधिएकै अनुसार दिनुपर्छ भन्ने छैन । जस्तो मैले आज रिपोर्टर्स क्लबको कार्यक्रममा सूर्यबहादुर थापालाई संविधानको विषयमा सोधेको थिएँ । तर, उहाँले रिपोर्टर्स क्लबलाई शुभकामना दिनमात्र आएको हुँ भन्दै बोल्न मान्नुभएन । यो उहाँको अधिकारको कुरा हो ।

    विश्वकप खेलेर आएका क्रिकेट खेलाडीलाई रिपोर्टर्स क्लबमा बोलाउनुहुन्न ?

    बोलाउनुपर्ने त हो, तर मैले भ्याएकै छैन । खालि संविधान संविधान भनेर हिँडेको छु ।

    तपाईंमाथि खनिएका मानिसहरूलाई के जवाफ दिन चाहनुहुन्छ ?

    कसैले मलाई केही भन्दैमा जवाफ दिनैपर्छ भन्ने छैन । मैले बुझेको के हो भने म ‘राइट’ छु । सबैलाई जवाफ दिएर साध्य पनि छैन । त्यो खालि आफू हलुका हुनु हो ।

    तपाईंकी श्रीमतीले फेसबुकमा कानुनी प्रक्रियामा जाने चेतावनी दिइरहनुभएको छ । तपाईंसित सल्लाह गरेरै हो कि ?

    होइन । उनले आफ्नो हिसाबले लेखेकी होलिन्, मैले पढेको छैन । तर, सीमा नाघेर गालीगलौज गर्नेहरूमाथि साइबर क्राइममा जान सक्छु ।

    नयाँ पत्रिकाबाट

    Reply
  10. Yubraj says:
    April 1, 2014 at 5:16 pm

    मलाइ एलर्जी भएर आस्पताल गएको !
    डाक्टरले सोध्यो ” टि. भी. हेर्नु भएको” ?
    जवाफ दिए ”हेर्छु बत्ति भाको बेला” !
    जे हेरे नि समाचार नहेर्नु होला !
    नेपाली बिरामी छन् देखेर ऋषि धमला !!

    Reply
  11. HARI PRASAD LAMICHHANE-SAUDI says:
    April 1, 2014 at 12:30 pm

    पत्रकारिता जगतमा ऋषि धमला र राजनीतिक जगतमा सुजाता कोइराला 🙂

    Reply
  12. dipendra says:
    April 1, 2014 at 11:59 am

    रिपोर्टस क्लब को अध्यक्ष धमला को यत्रो तारिफ देखेर सबै पत्रकार महोदय हरुलाई लाज लाग्यो कि लागेन.

    Reply
  13. Kamal says:
    April 1, 2014 at 7:16 am

    आच धमला!! Expression र हात को हाउ भाउ हेर्दा त अचम्म लाग्छ, पहिलो question को answer Pura Bhako छैन अर्को question !! शेष घले सग को प्रोग्राम अझ comedian छ mood फ्रेश गर्नु होला!!

    Reply
  14. Junge says:
    April 1, 2014 at 5:51 am

    रि सी द मुला. पारस ले डकार्यो. पचाएर द मुला

    Reply
  15. JeevanB says:
    April 1, 2014 at 3:55 am

    ऋषि धमला कसरि बरिष्ठ पत्रकार बन्न पुगे बुझी नसक्नु छ, जस्तो नेता उस्तै चेला | Paras is the right man to be a captain. Wish you & your team all the best.

    Reply
    1. keshab says:
      April 3, 2014 at 3:10 am

      बरिस्ठ ???? तपाइंको लागि होला साथी हाम्रो लागि त चंखे हो चंखे पत्रकार! अरुले तपाईं भनोस नभनोस आफै मपाई ! चंखे कहिंका…….

      Reply
  16. Manalsu says:
    April 1, 2014 at 3:02 am

    My observation re: questions – WTF?
    I admire Paras for giving dignified answers to stupid questions. Always hated the questions that end in “haina ta?”

    Reply
  17. SAAGAR says:
    April 1, 2014 at 2:48 am

    पत्रकार बिषयको गहिरो अध्धयन गरेर मात्र अन्तरबार्ता लिन बस्छ, म यो मिस्टर नटबरलाललाई पत्रकार मान्न नै तयार छैन, उसलाई त क्रिकेटको अत्तो पत्तो थाहा रहेनछ, टि-२० कुन कुन देश खेल्दैछन भन्ने पनि थाहा छैन होला, धन्य पारस ठूलो पाठ सिक्यौ, यसैगरी बिचलित नभई अघि बढ हामी यही आशा गर्छौ तिमीबाट,

    Reply
  18. Abhishek says:
    April 1, 2014 at 2:24 am

    यो game try गर्नु होस् | fun.cafedeweb.co.uk/dhamala/

    Reply
  19. Dr.Sita Lamichane says:
    April 1, 2014 at 2:23 am

    Rishi Dhamala is a self made person. I support his courage but he is over-smart. and over ambitious that is his weakness. All of us know that he does not have any academic degree but our understanding just to have a certificate from any university is not symbol of intelligence and knowledgeable. Otherwise Homer and Darwin could not so great because they did not have degrees. But in the case of Rishi, he has neither degree not skill but only ambition. That is the problem with him.

    Reply
  20. Ramila says:
    April 1, 2014 at 12:47 am

    यो ऋषि धमला माफिया डोन भएर नै होला सबै नेता हरु डराएर रिपोर्टर कल्ब मा जाने / नेपाल को छोटा राजन /

    Reply
  21. Chetan Nepali says:
    April 1, 2014 at 12:18 am

    दोस्रो भागको अन्ततिर अचानक “Thanks so much” भनेर हात लम्काउद धन्न पारसले batting गरिदिएनछन् यो शिशिलाई !

    Reply
  22. कृशु says:
    April 1, 2014 at 12:00 am

    धमलाले लिएको अन्तर्वार्ता हेरे पछि मुर्खताको हद कहा सम्म हुन्छ ? खोज्न मन लग्यो
    १ मुर्ख?
    २. पटमुर्ख ?
    होइन त्यो भन्दा पनि अझै माथि केहि छ भने तेही
    ३. उपर पटमुर्ख

    Reply
  23. ganesh dhungana says:
    March 31, 2014 at 8:01 pm

    एकचोति रुक मान्गत कटुवाल संगको अन्तरबार्ता हेर्नुस , मलाई त डर लाइरको थियो कुन बेला बुडाले थप्पड हान्ने हुन् आर. डी. लाई भनेर .. धन्न रिस कन्ट्रोल गरेछन… यो आफैले आफैलाई आर. डि. भन्न रुचाउने इ पुरुषले मेट्रिक त पास गर्या छन्??

    Reply
  24. Ravi Aryal says:
    March 31, 2014 at 7:36 pm

    खेल भाषामा असुद्दताताहरु बरु सहन सकिन्थ्यो होला ऋषिको,तर त्यहा हेर न बडी ल्याङ्ग्वेज,खेलमा राजनीतिक प्रश्न,जबर्जस्ती राजनीतिकरण,अमर्यादित हाउभाउ,आफुले आफुलाई कति हलुङ्गो बनाएर प्रश्न सोध्या होलान यार,हेर्ने लाज लाउने गरि 😉

    Reply
  25. Dipak says:
    March 31, 2014 at 6:37 pm

    No doubt Paras is a brilliant speaker , the way he tacle dhamalajis question was awesome , Who ever it is dont loose your cool, thats the moral of this story.

    Reply
  26. kushal says:
    March 31, 2014 at 4:11 pm

    ऋषि धमलालाई एकपल्ट समाचारको खडेरी परेछ,के समाचार बनाउ भनिराखेको बेला बाटोमा ठुलो भिड देखेछ,भिडको बिचमा कार रहेछ,करले कसैलाई हानेको जस्तो देखिन्थ्यो ,तर भिड थुओ भएकोले भित्र जना सकेनछ,मा ऋषि धमला समाचार बनाउनु पर्यो भन्दा कसैले बाटो नछोडेपछि तेस्को दिमागमा जुक्ति आयेछ,उसले ठुलो स्वरले रुदै कराउदै यो दुर्घटनामा पर्ने मेरो बा हो भित्र जना दिनु पर्यो भनेछ…सबैले बाटो छाडदिएछन …कारको सामुन्ने त गधा पो लडी राको रहेछ….

    Reply
  27. डिल्ली says:
    March 31, 2014 at 4:07 pm

    धमला जस्ता पत्रुकारहरू “बरिष्ठ” कहलिएपछि लाज पचाउँन हाँसिदिनु पर्ने रहेछ । के जाति गर्नेलाई भन्दा देख्नेलाई लाज भन्या जस्तो । असुली काण्ड मच्चाउने टेलिफोनमा सप्रमाण पक्राउ परेका यिनी “महानायक” गिरजाप्रसाद र “बरिष्ठ नेतृ” सुजाता जोस्टको देनले “बरिष्ठ पत्रकार” बनेर अमेरिका सयर गर्ने सम्मान पाएका, जुनसुकै टिभी च्यानलमा नेताको भाषण चलेको बेला दाँत देखाएर आफ्नो विज्ञापन गर्ने कौशलता प्रदर्शन गर्न सक्षम उनलाई लाज के हो सायद थाहा नहुने व्यक्तित्वका धनी हुन् । के सोध्ने कसरी प्रस्तुति दिने भन्ने नै थाहा नभएका पत्रुकार ऋषि धमलाका क्षमता र महानता सायद सुजातालेमात्रै गर्न सक्लान् वा गिरिजाका अनुयायी कसैले गर्न सक्लान कि !

    Reply
  28. Ro Shan says:
    March 31, 2014 at 3:42 pm

    बोल्ने तरिका नै छैन, के को पत्रकार l कीरकेट, फिलिम, टफी अनि अनेक अरु शब्दावलीहरु को प्रयोग भएको देख्दा, येस्ता मान्छे कसरी नाम चलेको पत्रकार हुन सक्छ ?? अझ नेपालमा Batman (Batsman) को भूमिका राम्रो छ कि Bowling गर्नेको भूमिका राम्रो छ रे ?? प्रश्न सोधेको देख्दा पनि गाला झ्याम्म पार्नु जस्तॊ l National Cricket Team को Captain जस्तो मान्छेको अन्तर्वार्ता लिने मान्छे, जसलाई क्रिकेटको बारेमा केहि पनि थाहा नै छैन ?? जय होस् मेरो देश को !! Never the less a BIG SALUTE to Captain Cool !!

    Reply
  29. xyz says:
    March 31, 2014 at 3:25 pm

    Here is an interesting incident related to Mr. Dhamala. Hope, your readers will enjoy reading.

    A couple of years back, while taking a session with the BBA students of People’s Campus, Paknajol, I happened to meet this guy. In fact, he had visited to the campus expecting to “continue” higher studies. First, I could not understand why he was there. Later, I gathered from the Chief that he had simply visited the Campus to have his certificate for Intermediate in Arts which he had never completed. He had enrolled in the college in 2056 but, now in 2070, he is looking forward to complete his IA degree. This only proves that he does not have an academic qualification of IA. There is rumour that he did not have SLC, he got enrolled in the Campus using certificate probably bought from India! It will be interesting to dig into this man’s past activity.

    Reply
  30. Ashes says:
    March 31, 2014 at 2:56 pm

    पारस खड्का कति सहनासिल ! यस्तो पागल को कुरा हरु ध्यान दिएर एक दम कुटनैतिक जवाफ दिएकोमा धन्यवाद!!!

    Reply
  31. Prakash Sapkota says:
    March 31, 2014 at 2:45 pm

    तपाइंले “चौका” र “छक्का” त पटक-पटक पार्नु भो रे तर “पोट” चाहिं एक चोटी नि पार्नुभएको सुनिएन नि, किन ? … भन्ने प्रश्न त सोध्नै बिर्सेछ भन्दै थ्यो रे बाहिर आएर !

    Reply
  32. aliza gautam says:
    March 31, 2014 at 2:10 pm

    हैन तिमि हरु लिए तेती नि ठ छैन पत्रकार हुन कती पद्नु पर६ भन्ने क तिमि हरु को केहि काम छैन अर्का ले क गर६ भन्ने तिमि हरु जौ न अनी तालक शोव चलाएर देखाऊ त मा नि हेर६उ कसरी चलौदो रहे ६औ घरमा बसेर अर्का को बारेमा नराम्रो लेख्न खुब्ब रमी लो लग६ ही वोव कती रमी लो लागेको हिया अनी पत्रकार बन्न कती पद्नु पर६ भन्ने ठ छैन थुक्क लाज नलाग्ने मन६ए हरु क रिस गर६औ अर्का को प्रगती उन्नति माथी एउटा केटा ले दुख गरेर आएको ६ यहाँ सम्म कती खुट्टा टन्न खोजेको ह बागवान ले तिमि हरु लिए कहिले माअफ़्फ़ गर्दी नन मा नि हेर६उ कती सम्म खेदॊ गर्दा रहे६औ

    Reply
    1. jit says:
      March 31, 2014 at 4:53 pm

      हजुर ले इन्टर्भ्यू हेर्नु भयको छैन जस्तो छ एक चोटि इन्टर्भ्यू हेर्नु अनी थाहा हुन्च… अनी पत्रकार हुन कतिको पढ्नु पर्छ भनेर… एस्तो पनि पत्रकार हुन्छ।। खुट्टा तन्न खोजेको होइन रेअलिती त इन्टर्भ्यू म देखिन्छ

      Reply
    2. कमल नेपाल says:
      March 31, 2014 at 4:56 pm

      जस्तो लोग्ने तेस्तै स्वास्नी…..रिसि घमलालाई बोल्न नआउने, रिसि पत्नीलाई लेख्न नआउने……..कि यो लेख्न पनि कुनै कामदार खोजेको हो । पहिला आफ्नो पति परमेश्वरले अन्तवार्ता लिएको चाला हेर, अनि अरुलाई मुख फर्काउ नानी.। नेपालमा कानुनी शासन लागू हुने भएको भए तिम्रो बिहे रिखि घमलासँग हुनु भन्दा पहिले नै के के भैसक्ने थियो ।

      Reply
      1. suzee says:
        March 31, 2014 at 8:11 pm

        खै यी कमेन्ट लेखन नानी ले चाही हैन , यी लेखन देख्दा रिसी बबुरो ले नै लेखेको जस्तो लग्यो हो !!!!
        सैक्षिक परमानपत्र नै चाहिन्न , परतुकार हुन् , राम्रो बोलि बचन अनि सोध्ने परकिरती अलि सम्मानजनक हुनु पर्यो , अलि इज्ज़त्साथ अनि राम्रो बोलि स्वभाव ले प्रस्न सोध्नु पर्थ्यो नि !!!

        Reply
    3. suzee says:
      April 1, 2014 at 2:51 am

      बुढा बुढी को दुइ हरियो टिक …….

      Reply
    4. Anil Chapagai says:
      April 1, 2014 at 3:55 am

      वास्तबमा Broadsheet पत्रकारिता र Broadcast पत्रकारिताको फरक था नपाउने मान्छे हुन् ऋषि धमला, पत्रकारिताको आफ्नै आचारसंहिता हुन्छ तर त्यो आचारसंहिताको अचार बनाउने मान्छे ऋषि धमला हुन् , क्रिकेट र किर्केट उच्चारण गर्न नजान्ने मानव ऋषि धमला हुन् , क्यामेराको अगाडी आउन सके भित्र नि छिर्न खोज्ने व्यक्ति हुन् ऋषि धमला , २०५० साल तिर का हकर हुन् ऋषि धमला, सस्तो लोकप्रियता कमाउन खोज्ने पत्रकारिता पेशा कै इज्जत उडाउने ब्येक्ति हुन् ऋषि धमला, आफ्नै चरम बेइजत्ति गर्ने इज्जत बिनाका ब्येक्ति हुन् ऋषि धमला ! अब पत्रकारिता को योग्यता कति भन्दा स्वयम् को र जनता को इज्जत राख्ने, समाज राष्ट्र र राष्ट्रियता प्रति सदैब उतर्दायी निस्पक्ष्य, धर्म जात जति भन्दा माथि उठेर मानवता र समबेदना प्रति समर्पित ब्येक्ति पत्रकार कहलिन लायक ठहरिन्छ! चेतना भया!

      Reply
    5. Narayan says:
      April 1, 2014 at 2:22 pm

      हि हि पढेर आएको भए त यत्ति राम्रा राम्रा कमेन्ट नै आउने थिएनन् नि भाउजु 😛 खै त कुरा बुझ्या .

      Reply
      1. suzee says:
        April 1, 2014 at 9:12 pm

        ओह हो !!!भाउजु साइनो लगाइदिया भन्या नारन जी !!!धमला को भई पर्नु भो कि के हो !!!
        हि हि ही

        Reply
    6. Lohani Indra says:
      April 1, 2014 at 10:21 pm

      भाउजुलाइ पनि टीखी गमला दाइको कार्यक्रम प्रतिको दर्शकहरुको प्रतिक्रिया देखेर केहि लेखुं लेखुं लागेर आएछ .

      Reply
  33. G P Khatiwada says:
    March 31, 2014 at 1:34 pm

    एउटा पुलिस अफिसरले अपराधीलाई बयान लिदा जस्तो गरेर रास्ट्रको गहनालाइ चोर औला उठाउने ऋषि धमलाको तरिका पत्रकारिताको आचारसंहिता भित्र पर्छ कि पर्दैन…… प्रेश काउन्सिल, पत्रकार महासंघ, जस्ता संस्था ले हेर्नु पर्दैन???? पत्रकारले कसरि बोल्ने र कस्तो भाषा प्रयोग गर्ने भन्ने कुराको ज्ञान दिन नारायण श्रेष्ठले ऋषि धमला लाइ प्रसिक्षण दिने कि……

    तर पारस गहना हो….उ सधैं चम्किन्छ ऋषि धमला जस्तो मैलो संग हुदा पनि….सलाम पारस लाइ……

    Reply
  34. Sisir says:
    March 31, 2014 at 1:06 pm

    पारसको धैरियताको जबाफ छैन, एस्तो JPT काइते प्रश्नमा पनि कति सहज छन् .. आशा गरौ पारसको धमला संग यो प्रथम र अन्तिम अन्तरबार्ता हुनेछ .
    धमलाको चाही कुरा नगरौ होला
    किर्केट(क्रिकेट ) , टफी (ट्रफी ) , batman (batsman / batsmen ) कस्तो कस्तो सब्द हो यो ?? यो batman चाही बच्चामा कमिक्स र कार्टून तिर हुन्थ्यो l

    Reply
    1. Mahesh says:
      April 1, 2014 at 9:16 pm

      त्यति मात्र कहाँ हो र पारस खड्कालाई राजेश खड्का समेत भने ५:०९- ५:11

      Reply
  35. Pankaj says:
    March 31, 2014 at 12:41 pm

    “न पाउने ले केरा पायो, चिया मा चोपेर खायो ”

    ऋषि धमला र पत्रकारिता भन्नु त्यहि हो !!

    Reply
  36. Krishna says:
    March 31, 2014 at 12:30 pm

    १) पहिले यो धमला सर्पलाई शब्द उच्चारण गर्न तालिम दिनु पर्छ | कृतिलाई किर्ति भन्छ, यो अन्तरबार्तामा करिब ५० पटक शब्दहरु गलत उच्चारण गरेको छ |
    २) यसलाई करिब ५ बर्ष नेपाली पढाउनु पर्छ |
    ३) यसलाई चिडियाखानामा हाली स्यालसंग मीत लगाइदिनु पर्छ |
    ४) यो रिपोटर्स क्लबको चुनाब हुँदैन र ? यो त सधै आइ राख्छ ?
    ५) के के न तुकका प्रश्न सोधें भनेर होला बिचबिचमा बम्किने ?????
    ६) यसको बारेमा हामी कसैले कमेन्ट लेख्नु हुँदैन | कमेन्ट पढेर यसलाई लाज लाग्दैन, यो त ठुलो भएँ भन्ने सोंच्छ | थुइक्क पटमूर्ख !!!!!!!!!!

    Reply
  37. Manyata says:
    March 31, 2014 at 12:25 pm

    पारसलाई
    सलाम
    सिशी धमला लाइ तातो फलाम

    Reply
  38. arun chitrakar says:
    March 31, 2014 at 12:12 pm

    बेकारमा पारसको समय बर्बाद गर्यो

    Reply
  39. kale krishna says:
    March 31, 2014 at 12:05 pm

    कमेन्ट पढ्दा हासो उठ्यो, Interview हेर्दा के हुने होला!

    पहिलेको पारस Interview हेर्दा खेरि पनि भद्र ब्यक्ति, बोलाई सैली पनि धेरै मिठो, सब्दको चयेन गर्न जान्ने, खेलाडीमा हुनुपर्ने सबै गुण भएको व्यक्ति!
    खेलको त के कुरा गराई भो र कप्तानीमा, हुनुपर्ने गुण, टिम लाइ संगै लिएर हिड्ने सक्ने र व्यक्ति गत रुपमा batting , bowling र fielding सबै गर्ने सामर्थ्य भएको!

    Interview लिने ब्यक्तिको त के कुरा गराई भयो र! एति धेरै neg कुरा छ कि हजार जिब्रो भएको शेष नाग ले पनि बर्णन गर्न सक्दैनन म कसरी सकुला!
    तर कमेडी चै छ है!!!!!!!!!!!!

    Reply
  40. Surendra Belbase says:
    March 31, 2014 at 10:35 am

    यो मान्छे ले प्रश्न सोधेको देख्दा तेही क्रिकेट bat ले टाउको मा बजार्न मन लागो

    Reply
  41. Tikaram Malla Thakuri says:
    March 31, 2014 at 8:48 am

    सबैलाई थाहा भए कै कुरा हो ऋषि धमला संग गहकिलो, वजनदार, सटिक प्रश्न गर्ने ल्याकत, अक्कल नै छैन l अवोद बच्चाले आफ्ना अविभावक संग कुरा गरे जस्तो प्रश्न सोध्ने l यस्तै सरल सजिलो वेतुक को प्रश्न सोध्ने, सम्बन्धित विषयमा अनुभव नै न भएको व्यक्तिले सटिक ,अफ्ट्यारो प्रश्न सोध्न न सक्ने र जवाफ दिन पनि सजिलो हुने भएर होला राजनीतिज्ञहरु ऋषि धमला संग अन्तर्वार्ता छ भन्ने बित्तिकै पुगी हाल्छन

    Reply
  42. Keshab, Sydney says:
    March 31, 2014 at 7:49 am

    पारस जी ले अब थाहा पाउनुभयो होला गलत मान्छे संग पालो परयो भनेर !! सायद खेल मा हार-जीत को लेसन भन्दा पनि ठुलो लेसन पाउनु भयो होला !!!

    Reply
  43. Bindu says:
    March 31, 2014 at 7:42 am

    एलर्जी नै हुने प्रश्नहरुको डिप्लोम्याटिक जबाफ दिने पारस खड्का भलादमी रैछन् .

    Reply
  44. Bishnu Nepali says:
    March 31, 2014 at 7:40 am

    यो धमला बोलेको होइन, उ भित्रको अहंकार, घमण्ड जस्ता सारमा राक्षसीपन बोलेको हो ! र अर्को निस्स्वर्थ कर्म र भगवान मा बिश्वास गर्ने पारश खड्का को संबाद रोचक लाग्यो !

    Reply
  45. Nisha says:
    March 31, 2014 at 7:21 am

    ऋषि धमला जी लाइ पत्रकारितामा प्रश्न सोध्ने शैली सिकाउन साझा सवालका प्रस्तोता नारायाण श्रेष्ठको सबै कार्यक्रम कोठा थुनेर हेर्न लगाउनु पर्ला जस्तो छ ! अनि केहि सुधार होला कि !!

    Reply
    1. Tenzing Gaba says:
      March 31, 2014 at 9:37 am

      # गधालाई धोएर पनि गाई बन्छ ?
      # बालुवा पेलेर पनि तेल निस्किन्छ ?
      # सिकाउदा सिक्ने खुबी भएको भए कम्तीमा पनि राम्रो संग बोल्न जान्ने त् हुन्थ्यो होला नि यत्रो २०-२५ बर्षमा
      # कुकुरको पुच्छर १२ बर्ष ढुंग्रोमा राख्यो भने ढुङ्ग्रो नै बांगिन्छ

      Reply
    2. Tenzing Gaba says:
      March 31, 2014 at 9:51 am

      निशा जी को कमेन्ट पढेर एउटा चुटकिला पो याद आयो :
      ————————————————————–
      बिहारको पुर्ब मुख्यमन्त्रि “लालु प्रसाद यादब” लाई अंग्रेजी सिकाउन कसैले पनि सकेनछन् रे त्येसैले “बाराक ओबामा” आफै तातिएछन् अनि गएछन बिहार लालूलाई अंग्रेजी सिकाउन, तरिका पनि यस्तो उस्तो होइन close camp राखेर नै training दिने भएछन /
      # १ वटा कोठा भित्र ६ महिना सम्म २ जना मात्र बस्ने
      # २४ घण्टा नै घोटाको-घोटाकै गर्ने
      ६ महिना पछि “ओबामा” लखतरान भएर बाहिर निस्किए छन्
      पत्रकारहरु : ……….How is the progress Mr. President ?
      ओबामा : ………….अरे बाप रे बाप ! ये बबुवा तो कुच्छो समझता हि नही !!!

      Reply
  46. dilli ram says:
    March 31, 2014 at 6:00 am

    hahaha comments पढेरै हास्न मन लाग्यो । होइन यो मन्छे पत्रकार भयो कसरी ???

    Reply
  47. Govinda Barlanchi says:
    March 31, 2014 at 5:55 am

    हाम्रो देसको स्थितिको ज्वलन्त उदाहरण हुन् यी महासय महान श्री श्री श्री ऋषि धमला. यो देशमा क्ष्यमता भएका र खटेर मेहेनेत गर्ने अब्बल व्यक्तिहरु जहिले पनि पछि पर्छन. उनीहरुको जीवन सधैं कठोर दुखमा बित्छ. उनीहरुलाई कर्पोरेट हाउसहरुले पाल्नु पेल्छन. तर धमलाहरु अघि जान्छन/आरामको जीवन, देश विदेश शयर सरकारी ढुकुटीमा. यो देश भ्रस्ट नेता र धमलाहरुको लागि हो. अशल नागरिक र सज्जन नेताहरुको कदर हुने दिन आउला र ?

    Reply
  48. योगेश आदी says:
    March 31, 2014 at 5:28 am

    शुरुमै “किरकेट” भनेर धमलाको मुखबाट सुन्ने बित्तिकै मलाई त अगाडी सुन्ने आँट नै आएन !!

    Reply
  49. राजु भुसाल, क्यानबेरा says:
    March 31, 2014 at 4:59 am

    “फलेको बृक्ष को हाँगो नझुकेको कहाँ छ र?” हेर्नुस् न यी दुइ मा फरक्! भिंडियों हेर्दा प्रश्न कर्ता (मलाइ न उस्को नाम लिन मन लाग्यो नत उस्लाइ पत्रकार भन्न नै)को प्रश्न को स्तर सुनेर मैले उस्को स्तर निर्धारण गरें। म भए उसैलाइ प्रश्न गर्थें होला ” पत्रकारिता मा जीवन् बित्यो तर् तपाइ को स्तरमा किन सुधार नआको”?”तपाइ को बुद्धि कहिले आउछ? २,५,वा १०! कति बर्ष पछि?” भनेर

    Reply
  50. Hajmadin says:
    March 31, 2014 at 4:02 am

    विज्ञान प्रविधिको चुनौती भनेको ऋषि धमलालाई ब्लक गर्न सक्ने क्यामेराको आविष्कार गर्नु हो.

    Reply
  51. sam sundar says:
    March 31, 2014 at 3:35 am

    ऋषि धमला जस्तो कुहिएको आलू बाट कुनै स्तर को के आशा राख्नु र , बादर ले आफ्नो प्रवृति जसरि नि देखाउछ नै जस्तो कि यस अन्तर्वार्ता मा उनको प्रस्न र भाउ भंगीमा – हेर्ने लै लाज लाग्छ कसरि येस्ता ले पत्रकारिता गरि खाएका छन् ?

    Reply
  52. प्रयाश शर्मा says:
    March 31, 2014 at 3:18 am

    कति हास्ने होला।म त हाँसेरै मर्ने भएँ। लौ न ए पत्रकार समाजका मित्रहरू यो ऋिषी धमलालाई तालिम दिनुहोस्। यो मान्छेले त पत्रकारिता जस्तो जिम्मेवारीपुर्ण कामको धज्जी उडायो। पारष खड्काको सानदार एवम् वजनदार जवाफको लागि सलाम।

    Reply
  53. Pawan Khanal says:
    March 31, 2014 at 3:15 am

    थुइक्क क्रिकेट लाई किर्केट भन्छ हौ कति हास्नु पुरा हेर्न सकिन / चम्ची मा पानि तताको थियिन नत्र ………….. shame रिपोर्टर

    Reply
  54. SKG says:
    March 31, 2014 at 3:08 am

    लौ न ! यो लंठुराम धमला को खोपडी मा पछाडी भा’को गमला ले कसैले बजाउन सकेनछ भन्या?

    Reply
  55. Alina says:
    March 31, 2014 at 3:06 am

    शुरुमा पारसले किन ऋषि धमला लाइ interview दिन मानेको होला भन्ने लागेको थियो. अहिले थाहा भयो धमला ले ambush मा परेका रहेछन. धमला लाइ देख्दा लाग्छ कि उनलाई लाज पचिसक्यो. जति जनाले जिस्काएपनि , गाली गरेपनि, सरापे पनि उनलाई केहि लाग्ने नै छैन. त्यसैले उनलाई ignore गर्नु, उनको कार्यक्रम नहेर्नु, उनि बारे चर्चा नगर्नु नै बेस होला जस्तो लाग्छ. भनिन्छ नि Bad publicity is also a publicity
    उनि चर्चामा रहन रुचाऊञ्छन, र हामीले राम्रो वा नराम्रो जे चर्चा गरेपनि उनलाई फाइदा नै हुन्छ.

    Reply
  56. Madhu says:
    March 31, 2014 at 3:06 am

    ऋषि धमलाको के कुरा गर्ने र खोइ? हजार जिब्रो भएको शेषनाग पनि हार खान्छन…….तर मैले देखेको धेरै इन्टरभिउ मध्ये यो चैं अझै कम कमेडी भए को परेछ…नत्र त नाटकै गर्छ धमलाले ….कहिले कहीं त आमन्त्रित लाइ कुटुम्ला झैं गर्छ ……

    Reply
  57. Sunil says:
    March 31, 2014 at 2:50 am

    पत्रकार महोदयले क्रिकेटलाई,”किर्केट” नभनी क्रिकेटनै भन्न सिक्नु पर्लाकी !!!!

    Reply
  58. Surya says:
    March 31, 2014 at 2:41 am

    Hopeless धमला. के कुरा गर्छ…. अचम्म लाग्छ यो कसरि पत्रकार बन्यो भनेर. अर्को अचम्म लाग्ने कुरा चाही मान्छेहरु किन यसलाई अन्तर्वार्ता दिन चाहन्छन.

    Reply
  59. गगने says:
    March 31, 2014 at 2:40 am

    हाहाहा!
    बहुतै हसायो!
    कस्तो नाटक हो, तर बोलि र अनुहार अनि शरीर साथै हातको तालाशुर कतै नमिल्ने बाफा रे!
    एस एल सी पास त छैन भन्ने पक्का भो तर आठ कक्षा पास भाछ भनेर संका पो भो त मलाइ त गाठे!
    पारस बहुतै संयमशिल मान्छे रहेछ बाफरे कसरि सहेको होला यो मान्छेलाई, मा ट्या भयको भय सायद गालामा एक झापड जमायर हानेर लखेट्दिन्थे होला गाठे!
    त्यो नेपालि प्रचलित टिभि इण्टर्भ्यु को शो हरु छ नि, जस्तो बिजय कुमार को अनि अर्को टफ सो आदि, यसले आफुलाई पनि तेही दर्जामा देखाउन खुब बल लगायर नाटक गर्दैछ!
    कुन टिभीले प्रशारण गर्यो होला यो गाठे,
    ससुराली लगेर साला साली बटुलेर भिडियो देखाई वाहा वाहि बटुल्ने होला अब!
    हेत्तेरी,
    कुनै कुनै कुरा फेरी जत्ति नराम्रो र रिस पनि तेत्ति उठ्छ अनि जत्ति रिस उठ्छ झन् झन् हेर्न मन लाग्छ क्या कत्ति सम्म गिर्दो दुस्साहास गर्दो रैछ यसले भनेर, तेस्तै भो मलाइ तर पनि दोश्रो भाग त यत्रोनि हेरिन ल!

    Reply
  60. श्री says:
    March 31, 2014 at 2:39 am

    “ऋषि” बन्नु पर्ने मान्छे कहाँ बाट पत्रकार बन्न पुगेछ ? हा हा हा हा …………

    Reply
  61. suzee says:
    March 31, 2014 at 2:37 am

    interview हेरेर धमले गमले को स्वर किन सुन्ने अनि दनुवार किन हेर्ने अनि मेरो अमुल्य समय किन बर्बाद पर्ने भनेर , कमेन्ट मात्र हेरियो , मजाले हांसियो!!!!!!

    यो मोरो अहंकारी तुच्छ जीव धमले लै बहिस्कार गर्नु पर्यो सबै मिलेर ,

    सबै कमेन्ट लै हरियो ठोकियो राम्रै संग

    Reply
  62. Kumar says:
    March 31, 2014 at 2:26 am

    नेपाल को पत्रकार रिसी धमला अनि अमेरिकामा पत्रकार राम प्रसाद खनाल उस्तै हुन् हासो लाग्छ यिनी हरुलाई पत्रकार भन्दा

    Reply
  63. अज्ञात श्रेष्ठ says:
    March 31, 2014 at 2:19 am

    देशमा कुनै एउटा दिमाग खुस्केको पत्रकार खोज्नु पर्यो भने दाँया बाँया कतै नहेरी सिधै यो ऋषि धमलालाई समाते हुने भयो, श्री पशुपतिनाथले यिनलाई सद्बुद्दी दिउन, अनि कुनै जान्ने गुरुले बोल्ने तरिका सिकाइदिउन्…

    Reply
  64. Man Shrestha says:
    March 31, 2014 at 2:14 am

    हैन यो कुन tvma आको प्रोग्राम हो?

    Reply
  65. Narayan says:
    March 31, 2014 at 1:52 am

    profession को नाम मा किन यस्ता कुलंगार ले journalism को बेइज्जत गरेको होला यार !!

    Reply
  66. rajkc says:
    March 31, 2014 at 1:52 am

    यस्ता पागलले खेलाडीको मर्म काहँ बुझ्न सक्छ।।।।।।।

    Reply
  67. Basant says:
    March 31, 2014 at 1:48 am

    दोस्रो भागले त कन्परी नै तताईदियो मेरो त् … एउटा बिसुद्ध खेल लाइ जबर्जस्ति राजनीति संग मुछ्न खोज्दा ..प्रधानमन्त्री रास्ट्रपति ले फोन गर्दैमा तेस्तो के नै नौलो कुरो भो र चर्को चर्को आवाज मा सोध्नु पर्ने ..अन्तर्वार्ताको अन्तमा पारस जी लाइ पिट्न पो लाग्यो कि भनि तर्से एक छिन त्

    Reply
  68. Navaraj says:
    March 31, 2014 at 1:33 am

    एक लिटर भटमासको तेल खन्याएर कोरिएको कपाल, हेर्दै झ्याम झ्याम चडकन लगाउन मन लाग्ने थुतुनो, मान्छे त जन्मेकै रैछ नि | कस्सो “साच्ची टोटल कति गोल हान्नु भो रे ” भनेर सोधेनछ गोरु ले |

    Reply
  69. KS says:
    March 31, 2014 at 1:26 am

    यो धमला भने मान्छे को बारेमा ब्यक्त गर्नु पर्ने अर्को सब्द नै छैन. यसको बारेमा कुनै पनि मेडिया ले एक सब्द पनि नलेख्ने, यो जन्तु को कुनै पनि शो हरु नहेर्ने हो भने आफै पत्ता साफ भएर जाछ . यो पत्रकार को नाममा कलंक मात्र हो र देशको लागि बोज हो.

    Reply
  70. Lal shrestha says:
    March 31, 2014 at 1:11 am

    झ्याम ! झ्याम !! झ्याम !!! यो आवाज मैले यो पत्रकार लाई गाला मा चद्काए पछि आएको आवाज हो … झ्याम अर्को एउटा पनि …

    Reply
  71. शिब बेल्बासे says:
    March 31, 2014 at 1:06 am

    यस्तो मान्छे पनि पत्रकार रहेछ नेपाल मा,
    पारस को सहन शक्ति लाइ मान्नुपर्छ ।
    यसको कुरा सुनेर मेरो त पारो तातेर आयो।

    Reply
  72. Amar says:
    March 31, 2014 at 1:03 am

    मेरा एकजना मित्रले धमलाको बारेमा यसरि पोखे |
    “माधव नेपालको निकम्मा प्रधानमन्त्रि कालमा दुई नम्बरे सुजातासंग न्यु योर्कमा धमला सरकारी खर्चमा आएका थिए| त्यो बेला धमलाले बिदेशी कुटनैतिक व्यक्तिहरु संग अंग्रेजी बोलेको देखेर लाजमर्नु भएको थियो| एकातिर आफुलाई खुलेर नेपालको नामुद पत्रकार जनाउने तर बोलेको भाषाको शुद्धा शुद्धिको हिसाबले मात्र होइन उनको बोलीको साबिक सतही हलुङ्गोपन, अस्पष्टता र हावभावले अरुमा कस्तो छाप पर्यो होला सोच्न सक्नुहुन्छ|”
    हाम्रो नेपालमा धमलालाई तह लाउन सक्ने कोही छैनन् कि कसो? बरु सिधै कमेडी शो गरे भैहाल्थ्यो|

    Reply
  73. rewita says:
    March 31, 2014 at 12:24 am

    सस्तो पत्रकारिता,नाटकीय बाजारु भावभंगिमा बडो हास्यास्पद ऋषि धमला स्तरहीन प्रदर्शन

    Reply
  74. Roshan says:
    March 31, 2014 at 12:06 am

    He just want to insert politics into players. Thank God Paras is well literate to oppose it. Bravo Paras… and Booo Dhamala..

    Reply
  75. Vicky Dev says:
    March 30, 2014 at 11:56 pm

    worst (not one of the worst) interviewer and one of the BEST interviewees

    Worst job शिशि धमला & great job पारस खड्का |

    Reply
  76. rabin says:
    March 30, 2014 at 11:50 pm

    अब क्रिकेट लाई कीरकेट भनेर बोल्ने प्रथमलाई पर्थम भन्ने साला धमला नेपाली शब्दहरु सहि उच्चारण गर्न त सक्दैन के को प्रश्न सोध्ने येस्तालाई

    Reply
  77. Prakash says:
    March 30, 2014 at 11:39 pm

    किन बेलाबेलामा चिच्याउनु पर्दोहो ? सामान्य ढंगले प्रश्न सोधेपनि भैहल्चानी. पार्टीको नेतालाई सोधे जसरि किन सोध्नुपर्दोहो? कठै त्योहाउभाउ केको लागिहोला? सायद बिजय पाण्डेको नक्कल गर्न खोज्य होकी ?

    Reply
  78. shyam says:
    March 30, 2014 at 11:33 pm

    प्रश्न सोधेको सुन्दा नै झयाम्म गाला मा चडाकाउ जस्तो लाग्ने !!!!!

    Reply
  79. H Ghimire says:
    March 30, 2014 at 11:16 pm

    न त सोध्ने तौर तरिका न भंगित यो कस्तो नाटककार को जन्म भयेछ! के प्रस्न गर्यो हो ,उ आफैं लै पनि थाहा छैन कस्तो बेबकुफ प्रस्न अब कहिले जितिञ्छ किटेर भन्नु रे ! हरे शिव !!
    बस्ताब मा पढ्नु पर्ने चाई रहेछ है ! एस्तो नत्बर लालले प्रसन् सोध्नु भन्दा त नारायण श्रेष्ठ
    लाई लिएको भए यो प्रोग्राम ले आकाश छुने थियो तै पनि परश खड्का को कारण ले हेर्न खोज्दा धमला जी ले पस्केको प्रहसन बाट comedy nights को स्वाद हामीले लियौं !!

    Reply
  80. Prakash Adhikari says:
    March 30, 2014 at 11:04 pm

    हेलमेट लगाएर ब्याटिङ गर्नुभो बाइक पारकिङ चाहिँ कता गर्नुभो भनेर चाहिँ सोधेनच धन्न !!!

    Reply
  81. sanjay says:
    March 30, 2014 at 11:00 pm

    धमला ले आफ्नो छबि धमिलो बनाउन कहिले छोड्ने भएन . आज भोलि त रातो कपडा देख्दा पनि वाक्क लाग्छ येसैले गर्दा .

    Reply
  82. Manu Chhetri says:
    March 30, 2014 at 10:56 pm

    यसको नाम ऋषि धमला त आफैले राखेको रैछ वास्तविक नाम चै सिशी हमला हो रे यसको घास खाने बुद्दिले क्रिकेट बुजेको भए पो के प्रश्न सोध्ने यसलाई आउथ्यो यो त टिभीमा अनुहार देखाउनाकै लागि नेताहरुको पुच्छर भएर हिड्दा ठिकै छ क्रिकेट भनेको के हो बंगलादेश मा कस्ता कस्ता टोलि थिय के थाहा यसलाई, एशिया बाट नेपाल फाइनलमा जानु पर्ने किन गएन भन्छ थुइक घास खाने तेरो बुद्धि देख्दा दया लागेर आयो ..

    Reply
  83. rabin says:
    March 30, 2014 at 10:48 pm

    रिसी धमला पहिला पैसा दियर अरूका लेख किनेर आफ्नो नाउमा छपायर रायीज भयो पत्रकार बन्यो
    अहिले उसको रिपोटर्स क्लब छ त्यसमा भाषण गर्न बोलायिदियोस भन्ने सबै नेताको चाहना छ त्यसैले प्राय सबै नेताको आशिर्बाद उसलाई छ

    Reply
  84. netra says:
    March 30, 2014 at 10:42 pm

    ” कमेडी डे विथ ऋषि धमला ” यति निहुँ खोज्छ कि यसले, खाली च्याँखे थाप्ने कुरा मात्र गर्छ | सबैले वहिस्कार गर्नु पर्ने हो यो घमण्डी जन्तुलाई |

    Reply
  85. yam thapa says:
    March 30, 2014 at 10:40 pm

    हाहाहा हामरो देश को पत्रकार !पारस लाए कति रिस उठ्यो होला मन मनै .बस्ताब मै कमेडी रैछ यो धमला त ,

    Reply
  86. Jeevan says:
    March 30, 2014 at 10:39 pm

    नेता को पछि लागेर कालो धन्दा लुकाउन जस्तो सजिलो हुदैन धमला क्रिकेट जित्न ………. पर्दा
    पछाडी को त्यो कालो रुप आज फेरी याद आयो …. दलाल ले पत्रकारिता गर्दा को परिणाम ……

    Reply
  87. chatur rai says:
    March 30, 2014 at 10:38 pm

    यो भिडियो हेरेर, मलाई अति दु:ख लाग्यो, अन्तर्वार्ता होईन यहाँ कसैको गोटी भएर आक्रमण गर्न गएको जस्तो देखियो, पत्रकार मित्रहरु यो कुहेको आलुलाई बेलैमा बोराबाट हटाउन सकिएन भने, भोलि सबैलाई अप्ठ्यारो हुनेछ | हिरो आखिर हिरो नै हो, पारसको जवाफ सबैले सुन्नु भयो नि ?

    Reply
  88. amrite says:
    March 30, 2014 at 10:24 pm

    मेरी बास्सै फ्लप हुने भो !!! प्रचण्ड पुत्र प्रकाससगको अन्तरबार्ता पनि राख्नु न सालोक्य ज्यु !

    Reply
  89. Ram Adhikari says:
    March 30, 2014 at 10:15 pm

    यो केहि पनि होइन ऋषि धमलाको घमण्डी पना हो, उसलाई जुन प्रकारको सफलता मिलेको छ यस छेत्रमा त्यसको सिधै दुरुपयोग हो यो, अनि उसको नजरमा पारस खड्का त खेलौना जस्तो पो लागेछ, जनताको नजरमा छाइसकेको मान्छे लाई यसरि यस्तो हाउ भाउमा अन्तरबार्ता गर्नु नै उसको कमजोरी पक्छ्य हो. गाली के गरि हाल्नु आफ्नु हैसियत नै यहि भएको मान्छे लाई ? यो अन्तरबार्ता ले ऋषि धमलालाई धेरै तल पुर्याएको छ.

    Reply
  90. sudeep says:
    March 30, 2014 at 10:08 pm

    हसौछ बेला बेला मा एसले/ आज आइतबार नेपाली कोमेदी सिरिएल नभाको बेलामा एसले मजाले हसायो/

    Reply
  91. avash rimal says:
    March 30, 2014 at 10:07 pm

    म आज सम्म येही सोचिरा छु कि ऋषि धमला कसरी पत्रकार भयो ??? जहिले समाचार हेर्छु कसै न कसै को पछाडी मुर्ति जस्तो भएर उभिएको मात्र देख्छु !!!

    Reply
    1. jeevan verma says:
      March 31, 2014 at 3:55 am

      तपाईलाई कसले भन्यो ऋषि धमला पत्रकार भयो भनेर ? ऋषि धमला त गिरिजा को परम हितैषी, हुक्के, धुपौरे, र सुजा को …………. हो | त्यस्तै यो देश द्रोही हो, गुण्ड हो , चोर हो, फटाहा हो अनि दुइ खुट्टा टेक्ने जनावर हो | प्रकृति मा गद बादी भएर यो दुइ खुट्टे भएर जन्मेको हो |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme