Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो थियो बाबुरामको KUSOM मा लेक्चर

Posted on March 29, 2014March 29, 2014 by Salokya

BRB पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कलेजहरुमा ‘गेस्ट लेक्चर’ दिन सुरु गरेका छन्। शुक्रबार उनले काठमाडौँ युनिभर्सिटीको स्कुल अफ म्यानेजमेन्ट (KUSOM) मा लेक्चर दिए। धेरैले सोचे जस्तो पढाउने काम सुरु गरेका भने हैनन् है। बरु केही केहीले चाहिँ लेक्चर दिन जाने नै भए अधिकांश जनता पढ्ने त्रिभुवन विश्वविद्यालयबाट सुरुवात नगरी टन्न पैसा तिर्नुपर्ने ठाउँमा गई आफैले बुजुर्वा शिक्षाको प्रचार गरेको भनी आलोचना पनि गरे। तित्राको मुखै वैरी! पूर्व प्रधानमन्त्रीहरुले आफ्नो अनुभव यसरी बाँड्नु राम्रै हो। विदेशतिर पनि यस्तो चलन हुन्छ। हाम्रोमा भने यस्तो कुनै पूर्व प्रधानमन्त्रीहरुले गरेका थिएनन्। खासमा उनले के लेक्चर दिएका थिए त ? माइसंसारले उनको लेक्चरको पावरप्वाइन्ट फाइल पाएको छ। हेरौँ के रहेछ त्यसमा ?
BRB

भिडियोमा हेर्नुस् उनको लेक्चरको पावरप्वाइन्ट प्रिजेन्टेसन

हेर्नुस् प्रिजेन्टेसन

Lecture of Former PM Baburam Bhattarai at KUSOM

More PowerPoint presentations from Umesh Shrestha

26 thoughts on “यस्तो थियो बाबुरामको KUSOM मा लेक्चर”

  1. HARI PRASAD LAMICHHANE-SAUDI says:
    April 1, 2014 at 3:28 pm

    हैन बाबुरामले यो क्लासमा पढाएको चाही बुर्जुवा होला कि क्रान्तिकारी शिक्षा होला ?

    Reply
    1. गगने says:
      April 5, 2014 at 4:36 am

      त्यो पढ़ायको होइन,
      Lecture is not teaching,
      जानकारी गराइयको हो!
      देशको अर्थतन्त्र र तेस्को समस्या साथै समाधानका उपाय जानकारी गराउदै आर्थिक क्रान्तिमा सहभागी हुन आह्वान गरिएकोले यो क्रान्तिकारी शिक्षा भंदानै उपयुक्त होला!
      किनकि तेहा क्रान्तिको आह्वान र आग्रह छ!

      Reply
  2. Mahesh says:
    March 31, 2014 at 12:30 pm

    मलाइ यो लेख पढिरहदा मुक्ति सरको याद आईरहेको छ जसलाई वाबुराम का अनुयायीहरुले कक्षा कोठा वाट घिसार्दै लगेर शिक्षाको लागि चक र डस्टर वोकेको र चन्दा दिन नमानेको भन्दै रुखमा वाधेर टाउकोमा गोलि हानि हत्या गरेका थिए, आज कुन मुखले वुजुर्वा शिक्षा को वकालत गर्न गएको हो पत्ता पाउन सकिन, देश अझै सोमालिया र रुवाण्डा भएकै छैन वाबुराम ज्यु त्यहि भएर शिक्षा हैन शस्त्रको व्यवस्था गर्न जानु हुन अनुरोध छ

    Reply
    1. रैथाने says:
      April 1, 2014 at 12:32 am

      त्यो एउटा उद्घोषित युद्दको समयमा घटेका घटना हरुलाई उजिल्याई रहेर कसको सेवा गर्न खोजेको हो साथीले!
      युद्दको समय थियो तेतिबेला राम्रा त हुन्नानै नै र तेस्ता हज्जारौ दुखद र नराम्रा कुरा भय, त के तेस्लाई कोट्याई कोट्याई देशलाई सधै घाइते र अपाङ्ग अपाङ्ग बनाउने?
      यो बादरे प्रबृत्ति भयन र?
      देशमा अहिले युद्द स्थगित भै शान्ति को अबस्थामा रुपान्तरित हुदैछ! अब को आबस्यकता भनेको देश प्राप्त उपलब्धिलाई सुरक्षित र सस्थागत गरि आर्थिक बिकाश र सम्ब्रिड्डी तिर लम्काउनु हो र बाबुराम त्यो देशामा अथक प्रयाश सहित लगनशील भै जुटेका छन्!
      एक्लो बृहस्पति झुठो भन्ने उखान चरितार्थ गराउन तपाइँ जस्तो मान्छेचाही बादरे प्रबिती उद्ग्रित गर्दै घाउको खाटा उप्काउन तिर उध्धत्ता छन्!
      सक्नुहुन्छ सहयोग गर्नुस साथ् दिनुस, नभय चुपो लागेर हेरी बस्नुस तर खाटा बसेको र निकोहुना आटेको घाउ खुतारेर उजिल्याई मनोरंजन लिने कोशिस बन्द गर्नुस महासय!
      न आफु गर्छ न अरुलाई गर्न दिन्छ!
      न आफु बनाउछ न अरुलाई बनाउन दिन्छ!
      बादर क्या!

      Reply
      1. HARI PRASAD LAMICHHANE-SAUDI says:
        April 2, 2014 at 2:50 pm

        रैथाने जी को तर्क धेरै हद सम्म सहि छ र त्यहि समयमा हामि के पनि बिर्सिनु हुन्न भने , अपराधी लाइ कानुनी कारबाही गर्नु पर्दछ, युध्हको बेला भनेर सबै कुरा भुल्नु पर्ने सबै कुरा माफ गर्नु पर्ने तर्क अल्लि हेग को अदालतको अपमान भएन र भन्या ?

        Reply
        1. रैथाने says:
          April 3, 2014 at 12:04 am

          हरि प्रसाद जी,
          तपाइको आलोचनात्मक समर्थनको लागि धन्यबाद!
          तर म के भन्छु (जुन मलाइ लाग्छ) भने,
          त्यो हेग सग भन्नेकुरालाइ पर राखौ, कुरा हाम्रो देशको छ हामि भित्रको छ!
          हेगमा लगेर उभ्याउने कसलाई?
          जसको बिरोधमा उभिय पनि र जसको पक्षबाट जसलाई उभ्याय पनि हाम्रै मान्छे त हो! यो हाम्रो घर भित्रको झगडा हो यो हाम्रो आफ्नो कुरा हो मर्ने मारिने दुवै हाम्रो आफ्नै नै हुन् र यो यै हाम्रै देशको लागि भयको थियो भन्ने कुरा मनन गरौ पहिले!
          यहा हेगको गफ दिएर आफुलाई ठुलो विद्वान अन्तरास्ट्रिए महा मानब मा दहर्याउन उध्धत्ता हरामखोर जो हाम्रो खोर भाड्न जोरी खोजिरहेको छ!
          देश भित्रको कुरा देश भित्रै सुल्ट्याउने हो!
          यदि त्यो युद्द दुइ भिन्न देशको बिचमा थियो र सो य्द्दमा मानबता बिरोधि क्रुर र आतातायी अपराध भयको थियो भने तेहा हेगको कुरा गर्न ठिक हो भन्ने ठान्छु म!
          या एउटा देश भित्र तानाशाही तबरले निरिह र अमानबिय क्रुर अत्याचार र अपराध गरेको भय तेहा पनि उचित मानौ ल किनकि त्यो एकपक्षी तरिकाले अमानबिय अपराध भयो!
          तर यहा दुवै पक्षको उत्तिकै हाराहारीको कुरा छ!
          देशभित्रको घोषित युद्द थियो त्यो!
          र सबै भन्दा ठुलो कुरा शान्ति शम्झौता सहित शान्तिमा अवतरित भै शान्ति स्थापना र राज्य संयन्त्रको अनि परिवर्तनको संस्थागत रुपान्तरणको क्रमबद्दाताको अबस्थामा छ देश!
          अब यस्तो अबस्थामा समय र अबस्थाको विषम परिस्थितिको अबलोकन गरि संयमता अपनाई देश निर्माण गर्न लागि परेका हरुको लगनशिलता र निष्ठाको आत्मासाथ गरि सहयोग र साथ् दिन लागि पर्नु कताहो कता खाटा बस्दै गयको पुरानो घाउ खोतारने कोट्याउने उजिल्याउने गिजोल्ने गर्नु अरुको लागि मानबियता र बिद्वात्वो भयपनी मा त भन्छु यो नितान्त पधुबुद्दि, अझै बादरे प्रब्रित्तिनै हो!
          अनि हेगको धमास के बाबुराम लाइ मात्र हो?
          हेग बाबुरामलाई लाग्दा अरुलाई चाहि लाग्दैन? हेगमा अरु उभिनु पर्दैन?
          देशको लागि सोच्ने र देशको परिवर्तन संस्थागत भै शान्ति होस् बिकाश होस् सम्ब्रिड्डी होस् भन्ने चाहनेले त तितो र टर्रो बिगत लाइ सुल्झाउन भुल्न मिलोमतो र भित्रै समाधान खोज्दछन रोज्दछन!
          आगे सबैको आफ़ाफ़्नै मर्जी!

          Reply
      2. Dinesh Baral says:
        April 2, 2014 at 2:55 pm

        क्या गज्जब छ बा ! हत्यारा लाई हत्यारा भन्दा पनि अनेक थरिको ‘राजनीतिक शब्द’हरुको बाण खेप्नुपर्ने ! लु जा भन्दे मैले पनि, बाबुराम हत्यारा नै हो ! हिजो बुर्जुवा शिक्षा भन्दै अरुका छोरा छोरीलाई पढ्न नदिने अहिले आफ्नै छोरीलाई चाही बुर्जुवा शिक्षा थमाएर, बिद्यार्थीको नेता बनाउने !
        हाहा आर्थिक सम्रिद्दी र बिकास रे !

        Reply
      3. Mahesh says:
        April 3, 2014 at 10:25 am

        मान्छे मारेर क्रान्ति हुने भए इदी अमिन र पोलपोट सबै भन्दा क्रान्तिकारी मा दरिनु पर्ने होइन र ? संघर्ष राज्य विरुद्ध थियो तर निर्दोष शिक्षक त राज्य थिएनन त !! र यो कुरा त ति आततायी निर्मम हत्याराहरुले संजाय नपाए सम्म यसरि नै उठिरहने छ ! यो आवाज अरुको घाउ मा नुन छर्कन उठाएको होइन हत्याराको मनमा ढ्याङ्ग्रो ठोक्न को लागि हो र यो कुराको उठान गर्दा मनोरंजन लिने त रक्तपिपासु होलान मेरो मन त पिडाले भरिएको छ !

        Reply
        1. रैथाने says:
          April 3, 2014 at 7:08 pm

          भरपुर पिडाले भरिएको मित्रको मन र मित्रलाई मेरो भरपुर शहानुभुति छ!
          हिंशा, लडाइ र युद्दको समाधान हिंशा, लडाइ वा युद्द हुन सक्दैन तर क्षमादान हुनसक्छ र परिस्थितिलाई बुझ्ने र क्षमादान गर्नसक्ने वा आफुलाई पिडा सहन गरेरै पनि अर्कोलाई पिडा दिनेकुरा नसोच्नु महान र महामानव हुन सक्छ!
          खैर तेस्को अपेक्षा र आग्रह गरेको होइन!
          मान्छे मारेर क्रान्ति हुदैन भन्नेकुरा महासयाले पढाउनु पर्दैन, मान्छेमारेर क्रान्ति हुन्थ्यो भने शिंह बाघ वा सर्प हरुले क्रान्तिको ठुलो फट्को मारेर मानब जातिलाई जिती सकेको हुन्थ्यो होला!
          क्रान्ति भनेको आमुल परिवर्तन हो कुनै पनि कुराको निरन्तरता क्रम भंग गरि नितान्त अलग फड्को मार्नु क्रान्ति हो र त्यो क्रान्ति राजनीति र राज्यसत्ता परिवर्तनको कुरामा नेपालमा सम्पन्न भयको छ तर सामाजिक क्रान्ति चाहि क्रमबद्द र निरन्तरतामा पनि हुनसक्छ र देश तेही क्रममा छ! सामाजिक क्रान्ति संग अर्थतन्त्रको गहन सम्बन्ध हुन्छ, आर्थिक क्रान्ति बिना वा आर्थिक सम्ब्रिड्डी बिना सामाजिक क्रान्ति हुन सक्दैन वा भयपनी तेस्ले तेस्तो गहन अर्थ र अस्तित्वो राख्न सक्दैन वा टिकाउ हुन सक्दैन! हो त्यै आर्थिक क्रान्तिको लागि प्रतिबद्द भै प्रबुद्दा र युवा बर्गमा आह्वान अपिल गर्दै छ बाबुराम अनि तेस्को सह्राहना र समर्थन गर्दै छु म! देश आर्थिक क्रान्तिमा अघि बढेपछि सामाजिक क्रान्ति पनि साथसाथै लगाउन सकिन्छ तर पहिले आर्थिक क्रान्ति सुरक्षित हुन पर्यो!
          राजनीतिक र सामाजिक क्रान्तिको क्रममा मान्छे मर्दछ (आफुलाई पर्दा वा आफ्नो मर्दा पिडा अबस्य बढी हुन्छ जसलाई पनि) यो बिश्वोमा राजनैतिक र सामाजिक क्रान्तिको क्रममा कोहि पनि नमरिकन क्रान्ति सम्पन्न भयको तेस्तो कुनै उदाहरण छ भने सुनाउ साथि हामीपनि थाहा पाउ!
          यसको मतलब यो देशमा भयको युद्दको पिडा आहात मलाइ छैन र मलाइ चाहि सो बिगतको युद्दले मजा दियको छ भन्ने होइन र तेस्तो कोहि सोच्दछ भने त्यो मुख भन्नु भन्दा अर्को जवाफ दिन सकिन्न.
          युद्दको क्रमामा केहि गल्ति हरु भयका र हुन सक्ने कुरालाई मनन गर्न सकिन्छ!
          हो यदि कसैले युद्दको समयको दुरू पोयोग गरेका छन् र युद्दकै दुरुपयोग गरि स्वार्थ र आफ्नो दुनो सोझ्यायाका छन् भने त्यो र तेस्ताकुरालाई युद्द भनेर माफी दिन सकिन्न र समर्थन गरिने पनि छैन!
          तपाइँ मान्नुस नमान्नुस तर माओबादिको बिगतको युद्दले एउटा युगको राजनीतिक क्रान्ति सम्पन्न गरि देशलाई राजनीतिक परिवर्तन दिलायको छ भन्नेकुरा मा पुर्ण मान्दछु!
          म यो देशमा अर्को युद्द र झगडा चाहन्न तेसैले युद्द र युद्दको क्रममा भयका धेरै थोरै पिडाहरुलाई भुलायर हामि देशको निर्माण र आर्थिक अनि सामाजिक क्रान्तिमा अग्रसर हौ भन्ने सोच्दछु र आर्थिक क्रान्तिकोलागी कटिबद्द र गहन प्रयाशरत ब्यक्तित्वो लाइ साथ् र सहयोग गरौ भन्ने मेरो कुरा र भावना हो!
          तेसो त, लिंकल्न, महात्मा गान्धी, नेहरु लाइ मार्नुपर्छ भन्ने र मार्ने हरु पनि थिए!
          बाबुरामको के कुरा,
          आफ्नो आफ्नो सोचाई लाइ बृहत बिकाश र परिमार्जित गर्दै जीवन लाइ अघि बढाउने हो!
          आगे आफ्नो आफ्नो मर्जी!

          Reply
  3. Surya says:
    March 30, 2014 at 7:33 pm

    २०५२ साल अगाडिनै एस्तो सोच आएको भए अहिले देश घयेल हेने थिएन र देशका श्रोत साधनहरु लुट्ने अबस्थामा पुग्ने थिएन / सार येही हो तर रुपमा भने जे फलाके पनि हुन्छा /

    Reply
  4. Nigam, NH US, says:
    March 30, 2014 at 4:40 pm

    राम्रो काम गर्दा पनि नराम्रो लाग्ने? हेरौंन त एमाले, कांग्रेसका पुर्व – प्रधानमन्त्रि हरु का हुति कसोरी MBA का बिद्यार्थीहरु को अगाडि लेक्चर दिंदा रहेछन!

    Reply
  5. kumar Gotame says:
    March 30, 2014 at 2:42 pm

    Making lecture is very easy respected Baburam ji, but to make effect of the lecture in practice is very difficult in our country, coz their is no political stability. If one starts something then there will be a sudden nation bandh for a week, can you provide solution for that first. Do you ever realize sir, even a “Farmer” cannot perform his field work due to the unavailability of Raw Materials in time due to this BANDH.

    Reply
  6. Pusp Prasad Luintel says:
    March 30, 2014 at 9:09 am

    एक्टिविजम ( सक्रियत। ) सम।प्त भए पछि अनि एक्टिविस्ट लिंडरको मनम। इलिटिज्म ( ऊत्कृष्टत। )को भ।व आऊँ छ । ड।० ब।बुर।म भट्टर।ई पहिले एक्टिविस्ट थिए , पछि प्रधान मंत्री र इलिटिस्ट भए ।

    Reply
  7. xyz says:
    March 30, 2014 at 7:49 am

    This is nothing more than another cheap shot by BRB. Any way, there is a saying – those who can they do, those who can’t, they teach.

    My honest suggestion to BRB: Your very selection of audience – MBA students from KUSOM – is a bad choice.

    Reply
    1. neerose says:
      March 30, 2014 at 2:48 pm

      ‘One cheap mentality people couldn’t value other’s work’
      बाबुरामको यो देश प्रतिको गहन उत्तरदायित्वोपुर्ण र बौद्दिकतापुर्ण अथक र गहन शंघर्ष का यी कार्यहरुलाई cheap shot भन्ने मान्छेले आफ्नो या आफुले मानेको र ठानेको नेताको expensive कार्य केहि छ भने हामीले हेर्न वा सुन्न पाय हुन्थ्यो!
      नत्र आफ्नो मानाशिकताको बिकाश गरौ है बेलैमा फेरी हामीले अर्को विशेषण दिनुपर्ने होला!

      Reply
  8. Kishor says:
    March 30, 2014 at 2:59 am

    It is a good start and let’s expect Baburam will act honestly to serve the Nation. I still think he is one of the better politician in Nepal although he has shown a lot of duplicity during his political career (strong act and will to expand encroached roads in Nepal – a very good thing) to not being able to punish corrupt and power abusing ministers during his PM-ships, acting like a bully to Adhikari’s parents hunger strike in Adhikari’s murder case). Is it just a coincidence that Whenever he is cornered in his party politics, he try to boast his “bookish” power to empower Prachanda? I looked through his presentation, but it does not have much of a meat in it (may be limited because of his audience). In any case, if he is serious to build a nation, he can contribute unlike others.

    Reply
  9. Bishwas says:
    March 30, 2014 at 1:42 am

    काम राम्रो तर नियत खराब ! पोपुलिस्ट र अवसरबादको अर्को नया शृंखला | हेर्दै जानुस नया नया चटक | भौतिक संरचनाको विध्वंस तथा शिक्षकको हत्या गरेर बिपन्न राष्ट्रलाई बिचल्ली बनाउने उहा महाशयको यस्तो नौटंकीले थोरैलाई मात्र छुन्छ अब त |

    Reply
  10. sbh says:
    March 30, 2014 at 1:02 am

    I couldn’t watch the video due to slow speed so no comments but what I saw from the picture is that , the security guard/ police officer was too damn busy on his cell phone. I may be wrong in this picture but what i see more often in news clip is that most of the VIP guests are too busy on the mobile while someone is talking on the podium. Also, it is common to see people on paid duty are on the phone more often and talking loud, from nurse from ICU to construction workers.Its about time to teach everyone about the mobile etiquette.
    Thanks!

    Reply
  11. Shankar says:
    March 30, 2014 at 12:44 am

    बाबुराम अब लिबरल धार मा आएर बाइसियाल , प्रचण्ड को पछि न लाग्ने , स्वतन्त्र बुद्दिजिबि भएर बसेमा सायद पुरै देश को बिस्वास उनले जित्नेछन|
    के गर्नु गलत कित्ता मा छन् | सुराल मुत्ने देश को पी यम भा छ, घुश्याह हरु मन्त्रि भा छन् |
    आर्को ५ बर्स मा देश कै सत्यानास गर्नेछन , न बन्ने छ देश को संबिधान न फल्ने छ देश को जनतालाई पुग्ने धान |

    Reply
  12. KS says:
    March 29, 2014 at 11:33 pm

    समय र परिस्थिति अनुसार, यस्तो किसिमिको भिजिटिङ्ग कलास हरु दिनु नितान्त राम्रो कुरा हो. किन भने पश्चिमी मुलुकका रास्ट्रपति, तथा प्रधान मन्त्रि हरु (बिल किल्नटन, टोनी ब्यलेर जस्ता बरिस्ट व्यक्ति हरु ले पनि बिस्वका नाम चलेका कलेज तथा युनिभर्सिटि हरु मा
    पढाई रहेको पाइन्छ,

    यस्तो काम बाट राम्रो संग अनुभ आदान प्रदान हुन्छ,

    Reply
  13. Bhakta Gurung Boston USA says:
    March 29, 2014 at 11:11 pm

    “…….कति कठिन छ बुझ्न यी राजनीतिज्ञहरुलाई,जसरि पनि आफैं अगाडी हुनु पर्ने …………..!”

    Reply
  14. Saurav says:
    March 29, 2014 at 9:12 pm

    लेक्चर प्रिजेन्टेसन पुरै अंग्रेजीमा पो छ त। नेपाली भाषाले उपयोगिता गुमाउंदै गएको हो त?

    Reply
  15. Durga Adhikari says:
    March 29, 2014 at 7:19 pm

    धेरै राम्रो कामको सुरुआत हो/ एस भन्दा अगाडिका प्रधान मन्त्रीहरु बाट एस्तो आसा राख्नु त् भयन/ उनीहरु तेती धेरै बिध्वान थियनन/ तरै पनि अनन्य बिध्वान नेताहरुले पनि यो क्रियामा सहभागी भय धेरै राम्रो हुनेथियो/ म नेपालमा पनि नेताहरुलाई सम्मान जनताहरु बाट भयको हेर्न चाहन्छु/

    Reply
  16. nischal sharma says:
    March 29, 2014 at 6:21 pm

    मैले एउटा कुरा कहिले नि बुझ्ने भईन | आजको एक पत्रिकामा पूर्व अर्थ सचिबहरुको विचार आएको छापिएको छ, नेपाल किन विकास भएन भनेर | सबै उच्च पदमा रहेकाहरुलाई समस्याहरुको ज्ञान छ, उनीहरुसंग देशको नीति निर्माणकोलागि अधिकार पनि छ, तर पनि खाली दोष मात्र लगेर किन बस्छन? किन नयाँ तरिका अबलम्बन गर्ने बारेमा सोच्दैनन्? माथिको पावर पोइन्टमा पनि समस्या देखाईएको छ तर समाधानको उपाय कतै छैन| बार्षिक १००० एम.बि.ए उत्पादन हुने देशमा, यी नया उत्पादनलाई मौका नदिएर सरकारले उच्च पदमा स्नातक पढेका मान्छेलाई नै किन राखी रहेको? नयाँ सोच भएका, नया तरिका र पछिल्लो विकास प्रणालीलाई नजिकबाट नियालेका बिद्द्यार्थीलाई उच्च प्रसासनिक कार्यमा किन संलगन नगराएको? अन्तमा यी नेताहरुले जता पनि क्रान्ति भन्ने शब्द चाहिं प्रयोग गर्नै पर्छ हो?

    Reply
    1. गगने says:
      March 30, 2014 at 2:11 am

      साथीले माथिको पावोर पोइण्टमा समस्या मात्र देख्यो?
      समाधान र उपाय देखेन?
      पावोर पोइण्ट हेर्ने आखाको पावोर र पावोर पोइण्ट बुझ्ने दिमागको पावोर अलि बढाउनुपर्ने हो कि जस्तो लाग्यो हो मलाइ त्!
      हाम्ले त समाधानको उपाय र पोइण्ट राम्ररि भेटायौ त!
      बास्तबमा पाओर पोइन्ट को पेज ३ देखि पछि सबै समाधानका उपायहरु सुझाइयको छ!
      तेसो त पावोर पोइण्ट मा पोइण्ट मात्र नोट गरिएको हुन्छ तेसको एक्स्प्लानेसन त प्रिजेण्टेशनमा हुन्छ वा आफैले दिमाग घोटेर खोज्ने हो! होइन र?
      अनि,
      डा भट्टराइ ले नया तरिकानै अपनायाका छन् होइन र?
      ‘दुनिया बदल्न पहिले आफूबाट सुरु गर्न सक्नुपर्छ’ भन्नेकुरालाई गहन आत्मासाथ गरि अघि बढ्नु भयको डा भट्टराइ लाइ हामीले साथ् र सहयोग दिनु पर्ने छ, यदि यो देशको सम्ब्रिद्दि र बिकाश चाहने हो भने!
      राजनैतिक क्रान्ति सम्पन्न भयो, सस्थागत हुन मात्र बाकि छ अब देशको आर्थिक क्रान्ति को मार्गमा पदार्पण गर्ने तयारि जरुरि देख्दै सो आर्थिक क्रान्तिको लागि युवा र शिक्षित अनि बिज्ञा हरुको योगदान र लगन जरुरि देखि राजनीतिबाट अलिक बाहिर निस्केर बिश्वोबिध्यालायामा एम बि ए अध्यायन गरेका युवा बिध्यार्थिमाथि आर्थिक क्रान्तिको लागि तयार हुन् र सहभागी हुन गरिएको यो आह्वान को बास्तबमा यो देश र देशाबाशी हामि सबैले उच्च मुल्यांकन गर्दै डा भट्टराइ लाइ साथ् र सहयोग गर्नु हाम्रो कर्तब्य र देश प्रतिको लगाब योगदान हुने छ!
      यसरि पनि लिन सकिन्छ,
      राजनितिक खिचातानी र राजनीतिमा हाली मुहाली गर्ने नेता र नेत्रित्वो बर्गबाट केहि नहुने देखि उच्च शिक्षा हासिल गरेका स्नाकोत्तर र बिज्ञा युवामाझ देशको लागि योगदान आह्वान गर्दिया छ डा भट्टराइ!
      खासगरी एम बि ए अध्यायन गरेका दक्ष युवाहरु जागिरको खोजीमा होइन जागिर खोज्ने हरुलाई रोजगारी निर्माण गर्ने उध्धममा प्रयत्नशील हुनुपर्छ तर हामीकहा एम बि ए सकेका युवा या त पासपोर्ट र भिषाको लाइनमा उभिन जान्छ या जागिर खोज्न आफूभन्दा असक्षम र अशिक्षित नेताको ढोका कुर्न पुग्दछन!
      यहि कुरालाई क्रमभंग गर्ने उदेश्यले डा भट्टराइले ति तमाम सक्षम शिक्षित र बिज्ञयुवामाझ तेसको बिपरित रोजगारी निर्माण गर्ने ब्याबसायामा योगदान गर्दै देशको आर्थिक क्रान्तिमा सहभागी हुन आह्वान गर्नु भयको छ!
      हृदयदेखि लाखौ सलाम छ डा भट्टराइ!
      देश तेस्ले बदल्न सक्छ जो हृदयदेखि आत्मासाथ गरि परिवर्तनको सुरुवात आफूबाट गर्दछ!
      जो संग देशको बस्तुनिस्ठ अध्यायन र यथार्थताको पुर्ण आभाष र अनुभब छ!
      जोसंग बृहत बिचारपुर्ण दुर द्रिस्ट्रि र स्पस्ट योजना छ!
      तर बिडम्बना यो देश अदुरदर्शी अशिक्षित स्वार्थि र हावा नेताको पछाडी दगुरी रहेको छ र सत्यवादी यथार्थवादी र पुर्णताबादि तल्लिन अनि बेजोड नेतालाई नाटककारको बिल्ला भिडाउने हर्कतमा उध्धत्त छ केहि ख्याक हरु!

      Reply
    2. neerose says:
      March 30, 2014 at 3:57 pm

      हो प्रायस उच्चपदस्थ पुर्ब वा बर्तमान सचिब कर्मचारी आदिसंग समस्याको ज्ञान छ समाधान को उपाय पनि होला गर्न पनि सक्ला तर कुरा अड्किएको छ राजनीतिमा र अस्थिर सरकार र सरकारी पिच्छे परिवर्तन भैरहने कर्मचारी!
      भिजन लेस र क्षमता हिन अशिक्षित र असभ्य नेताहरुको अन्डरमा काम गर्नु पर्दा उनीहरुलाई पनि धत् र धत्तेरिका भंनेलाग्दो होनी अनि सबै कुरा आफुले दियो तर राजनीति उनीहरुको चम्कने तेस्को क्रेडिबिलिटि उनीहरुले लिने र पुन आफूमाथि नै हुकुमी शाशन लाद्ने हुदा यी उच्च पदस्थ हरुलाई पनि वाक्क दिक्क भयको हुदो हो!
      आफ्नो सोच र आफ्नो भनाइ अनुसार केहि हुदैन अर्कोलाई जांच दिन लगायर वा चोरेर एस यल सी पास हरु नेता बनि मन्त्रि बनेर आफुमा हुकुम लाद्छन अनि चुप बसेर जव रिटायर्ड हुन्छ अनि वोकाल्छां सम्भावना र गर्नुपर्ने कुराको नानाभाती!
      – एम बि ए भनेको जागिर खान भन्दा रोजगारी निर्माण गर्ने कुरामा, उध्योग ब्याबसायामा बढी प्रयोग गरिने अध्यायन हो!
      – एमबीए गर्नेहरुलाई पब्लिक सर्भिस एद्मिनिस्ट्रेशनमा भन्दा बिजिनेश एड्मिनिस्ट्रेसनमा प्रयोग गर्नुपर्दछ र डा बाबुरामको प्रयाश पनि तेस्तै छ!
      – दैनिक कार्यसंचालनमा अध्यायन गरिएको शिक्षा भन्दा प्रयोगशिद्दा अनुभब उपयोगी र आबस्यक हुन्छ तेसैले स्नातक गरिएको व्यक्तिलाई एम बि ए गरेको मान्छेले बिस्थापित गर्न मिल्दैन!
      – जहासम्म क्रान्ति को कुरा छ,
      एक त् हाम्रो समाज अनि देश क्रान्तिको कार्य भार र निरन्तरताको चरणमा छ!
      क्रान्ति मानब जीवन र मानब जातिकै अभिन्न मन्त्र र कार्यहो! मानब जाति को पहिचान हो क्रान्ति किनकि अन्य सबै जनावर बात मानब जातिमा बिकाश भै अवतरित हुन मान्छेले ठुलो क्रान्तिको छलाङ्ग मारेको थियो भने हरेक पटक सामाजिक क्रान्तिको माध्यामबाट मानबसमाज आजको सामाजिक अबस्था र स्थितिमा आयको छ भने प्राबिधिक र प्रविधिको क्रान्तिले हामि दुनियाको कहा कहा बसेर यो प्लेटमा एक अर्काको बिचारमा बहश गर्दैछु!
      समस्टिगत भन्नुपर्दा क्रान्ति समाज जीवन र मानबको अभिन्न अंग हो र यो सदा निरन्तर रहन्छ!
      हामि समाजबादी क्रान्तिमा छौ, समाजबादी क्रान्ति राजनैतिक क्रान्तिको द्वारा आर्थिक क्रान्ति को बाटो अघि बढेर पुगिन्छ!
      बाबुराम आफ्नो दृस्टी बिचार र तेस्को निस्कर्षमा द्रिण तल्लिन छन्!
      तेसैले उहा आर्थिक क्रान्तिको देशामा उन्मुख छन् जहा र जतिबेला अरु सबै नेता राजनैतिक कुर्चीको र शक्ति भागबण्डाको खिचातानी मा छन्!
      हामि देश बनेन भनेर चिच्याउन दोष दिन गालि गर्न मात्र जानेका छौ तर देशको निर्माण बिकाश र सम्ब्रिद्दिको लागि अथक र गहन प्रयाशरत ब्यक्तित्वोको उचित मुल्यांकन गरि साथ् र सहायोग दिन चाहि सक्दैनौ!
      अधिकार छ हामीसंग देश बनेन भनेर कोश्ने?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme