-लक्ष्मी ज्ञवाली-
“एक्सकियुज मी सर” मेरो केही सोधाइ थियो उनीसँग । पुलुक्क मेरो अनुहारतिर हेर्दै “डन्ट टेल मी सर माइ नेम इज मेइर्” उनले भने ।
सर भनेको पटक्कै मन परेनछ क्यारे उनलाई त्यसैले यसरी जवाफ फर्काएको हुनुपर्छ ।
म त सामान्य काम गर्ने सहयोगीको रुपमा त्यहाँ पुगेकी थिएँ । उनी त्यो सहरको मेयर हुन् भन्ने पनि मलाई भिसा आएपछि नेपालमै थाहा भएको थियो ।
ठानेँ एकातिर त्यो समाजको प्रतिष्ठित व्यक्ति अर्कोतिर मेरो आफ्नै इम्पोलयर, सर भनेर सम्बोधन गर्नु त मेरो लागी नेपाली संस्कार नै थियो ।
हामी बीच कुरा हुँदै थियो त्यही समयमा “मेइर तिम्रो गाडी देउ न” उनकी श्रीमतीले भनिन् । रोजगारदाता ( हाकिम ) लाई नामले बोलाउनु, श्रीमतिले श्रीमानलाई पनि नामले बोलाउनु यी दुवै कुरा मेरो लागि सहज भएन ।
मनमा कति संस्कार नभएको समाज रहेछ भन्ने लाग्यो । चुप लाग्दै आफ्नै दैनिकीतिर मोडिएँ । मेरा लागि असजिलो वातावरण सृजना भयो । सर नभन्नु भनेका छन्, नाम बोलाउनै सक्दिनँ ।
करिब ४ महिना जति काम गर्दा बिनासम्बोधन नै मिलाई मिलाई कुरा गरेर नै त्यहाँबाट बिदा भएँ । विदेश बसाइ सकिएको थिएन । फेरि नयाँ जागिर सुरु भयो । नयाँ ठाउमा सबैलाई नामले नै बोलाउने मनमनै अठोट गरेँ । बिस्तारै बानी पर्दै गयो । सायद नामले बोलाउने संस्कार भएर होला कहिल्यै सानो काम गरेजस्तो महसुस भएन । बरु संस्कार सरल र सहज लाग्यो । कामको आधारमा ठुलो र सानो भन्ने आभास नै भएन ।मनोबल सधैँ उच्च रहिरह्यो !
फर्किएर हाम्रो समाजको संस्कार हेर्ने हो भने ठिक विपरीत छ । हाम्रो नेपाली भाषामा मिठासपूर्ण सम्बोधनहरु धेरै छन् तर व्यावहारिक रुपमा तिक्तता पनि त्यतिकै छ ।
नेपाली भाषामा सम्बोधनको रुपमा प्रयोग गरिने प्रचलित सर्वनाम ( तँ, तिमी, तपाईं, हजुर ) कतै चाहिनेभन्दा बढी सम्मान प्रकट गरी प्रयोग गरिन्छ भने कतै मर्यादाको सीमा नै नाघेर होच्याएर पनि प्रयोग गरिन्छ ।
एकातिर आफुभन्दा ठुलालाई मानसम्मान र सानालाई मायाममता गर्नुपर्छ भनी सिकाउन पछि नपर्ने हामी र हाम्रो संस्कार छ भने अर्कोतिर पद र धनलाईलाई सर्वेसर्वा ठानी सम्बोधनकै वर्गीकरण गरी व्यवहारमा लागु भएको तितो यथार्थ पनि कायम छ ।
५० वर्षीय पियनले ३० वर्षीय हाकिमलाई देख्दा होस् वा भेट गर्दा होस् २, ३ सय मिटर टाढाबाटै नमस्कार गरी आफूलाई सानो भनी प्रमाणित गरेको र हाकिमले पनि आफ्नो बुवासरहको पियनबाट आफूले सम्मान पाउनु आफ्नो अधिकार नै भएको गलत भ्रम कायम छ । त्यो हामी दैनिक व्यवहारमा पाइरहेका छौँ ।
अर्कोतिर श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् भन्दै फलाके पनि श्रीमान र श्रीमती बीचमा हुने सम्बोधनमा जीवनसाथी भन्ने आभास नै पाउन सकिँदैन । विवाह एक समझदारीको सम्बन्ध हो । त्यसैले श्रीमान श्रीमती एकअर्काका परिपूरक हुन् । दुवैको जीवन निर्वाहमा बराबर स्थान र मह्त्व छ । तर हामी यो सत्यलाई स्वीकार गर्न अहिलेसम्म खासै उदार बनिसकेका छैनौँ । त्यसैले त श्रीमानको लागि तपाईँ, हजुरदेखि लिएर राजकीय भाषाको सम्बोधन गर्छौ भने श्रीमतीलाई मुस्किलले “तिमी” उच्चारण हुन्छ नभए “तँ” नै अत्यधिक प्रचलित सम्बोधन हो ।
चाहे धनी होस् वा गरिब, हाकिम होस् वा पियन, श्रीमान होस् वा श्रीमती हामी सबै आफ्नो आफ्नो क्षेत्रमा आफ्नो आफ्नो योग्यता र क्षमताअनुसार उभिएका छौँ ।
चाहे घरभित्र होस् वा घरबाहिर नै किन नहोस् सबैले आफ्नो स्थानमा रहेर कर्म गरिरहेका छौँ । कसैलाई अनावश्यक सम्मानित शब्दको पगरी त कसैलाई आत्मालोचना हुने ( तल्लो स्तरको ) सम्बोधनलाई निरन्तरता दिनु भन्दा सबैले सबैलाई (आमाबुबाबाहेक) नामकै सम्बोधन गर्दा सहज वातावरण बन्न गई सबैप्रति बराबर हेराइ र समानताको भावना विकसित हुन्छ भने मनोबल पनि उच्च रहिरह्न्छ ।
पदको र धनको आधारमा सम्बोधनलाई वर्गीकरण गर्ने हाम्रो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ, हामी सबै बराबर हौँ, ठुलो पदमा बस्नेको कामको दायरा अलिक फराकिलो होला भने सानो पदमा बस्नेको अलिक सीमित होला । आखिर सबैले गर्ने काम हो, जुन कुरा जीवनसँग अभिन्न रुपमा जोडिएको हुन्छ ।
कुरो ठिक हो ! हिन्दु परम्परा मा देखाउने दाँत एउटा र चपाउने दांत अर्को हुन्छ ! काली, लक्ष्मी, सरस्वति को उपासना गरेर नथाक्ने टुप्पिवाल (मै पनि), भित्र भने आफ्नो श्रीमती ले जागिर खाएको, बजार गएको, कसै संग बोलेको मन्पराउदैनन ! अझ तराइ मा त घुम्टो र चार दिवारी भित्रै बस्नु पर्ने नियम छ ! ठुला व्यक्ति लाइ जी हजुरी गर्ने र साना भनिएका को हुर्मत लिने सर्बत्र ब्याप्त छ ! यो कुसस्कार को श्रोत नै हिन्दु धर्म को मूल भावना लाइ बिगारिएको र सामन्ती लाइ अनुकुल बनाइएको हिन्दु धर्म हो ! हिन्दु धर्म लाइ परिमार्जन गर्नु जरुरि भैसक्यो !
खै आफ्नो त बुदी संग नि तिमी हुन्छ अनि उसले नि तिमी नै भन्छ
“बुदी संग नि तिमी हुन्छ अनि उसले नि तिमी नै भन्छ” उसले नि तिमी नै भन्छ भन्दा केटि लाई तिमि भनेको भएन महासय केटा लाई तँ भनेको जस्तो भयो/
लक्ष्मी जी सर्बप्रथम त तपाइले आफ्नै घरबाट राम्रोकाम को शुभारम्भ गर्ने हो कि ? आफ्नो श्रीमानलाइ ज्यु तपाई भनेर तपाइलाई सम्भोधन गर्ने बनाउनु भयो भने अनि समाजका अरु पुरुषलाइ पनि भन्न मिल्छ कि ?
मुख्य कुरा भाषा फरक हुनुले पनि समान शब्द प्रयोग गर्न सम्भब छैन। जस्तैै- अंग्रेजीमा when did you come (papa mum sister brother)?सबैलाई एउटै शब्द लाग्छ । तर नेपालीमा बाबु आमालाई दाइ दिदीलाई भए “कहिले आउनुभयो,भाइ बैनी भए कहिले आयौ वा आइस्, या त झनै तलकोलाई सम्बोधन गर्न त तँ कै शब्द प्रयोग गरिन्छ । अब भन्नुस् समान् शब्द प्रयोग गर्न बच्चा या सानोलाई तपाईं बाहेक अरु भन्नु भएन कि त ठूलोलाई पनि तिमी या तँ लो सम्बोधन गर्नु पर्यो । हामीकहाँ यो ब्यबहारिक छैन । त्यसैले यी सारा बादबिबाद गर्नु बेकार छ, भाषिक कठिनाइ नबुझी उताको संस्कार राम्रो भन्नु बकम्फुसे कुरा हुन् । अंग्रेजीको came लाई मान अनुसार एउटै शब्द नेपालीमा बताउनुस् त। अनि बाँकि शब्द डस्ट बिनमा हाल्ने हिम्मत गर्नुस् त अनि मानौला । नत्र लंगडोको देशमा गए खुट्टा खुम्च्याउनुस् र कानोको देशमा गए आँखा चिम्लनुस् मित्र ।
पुर्बेली सभ्यता र पश्चिमी सभ्यता सदियौदेखि पुर्बाग्रह रहेको पाइन्छ धेरै कुराहरुमा त ठिक बिपरित नै छ .पश्चिमको हेरी पुर्बलाई र पूर्वको हेरी पश्चिमलाई नराम्रो देखिने धेरै छन् तर यो ठाउँ अनुसार आ आफ्नो सभ्यतालाई लिएर अघि बढिरहेको छ र यो सम्बोधन गर्ने तरिका केवल नेपालमा मात्र नभई जापान कोरियाजस्ता देशहरुको पनि सभ्यता हो अझ भन्ने हो भने हामी भन्दा तेता बढी आदरभाव ब्यक्त हुनेगर्दछ .यहि आदरभावले गर्दा त्यहाँ एक अर्काप्रति सम्मान प्रकट गर्ने गर्दछ तर नेपालमा भने आदरभाव केवल स्वार्थ निहित हुनपुगेकोले बितृष्णा जागेको हो यसलाई सहि तरिकाले उमेर अनुसार र अनुभवको आधारले प्रयोग गर्ने हो भने जसरि जापानी र कोरियनहरु एक अर्कालाई सम्मान र प्रेमको दृष्टिले हेर्दछ त्यहि नेपालमा पनि पाइन्छ होला जस्तो लाग्छ ….
मलाई पनि नामले बोलाउन एकदम सहज लाग्छ| हाम्रो समाजमा हरेक कुरामा ठुलो सानो देखाउने देखिने चलन छ त्यो ठिक हैन| मन्त्रीहरुको नाम कुन अर्डरमा लेख्ने भन्नेमा विवाद हुन्छ| हामी हरेक कुरामा यो म भन्दा ठुलो हो कि सानो हो छुट्टयाएर मात्र बोल्न चाहन्छौ| समानताको कुरा गर्ने हो भने यस्तो बिसयमा पनि छलफल हुनु जरुरि छ|
पसलमा ग्राहक लाई यता तिर सर भनेर सम्बोधन गर्छन , जुन सामान्य हो ! माथि भनेझै यहाको महारानी बाट सर को पदवी पाउनु चाही निकै ठुलो कुरा हो , त्यो सम्मान निकै कम मान्छेले मात्र पाउछन् ! मलाई पनि आफु भन्दा ठुलो मानिस लाई नाम काटेर बोलाउन अप्ठ्यारो लाग्थ्यो (नेपाली संस्कार ले गर्दा) तर अब त बानी पर्यो, यहाँ नाम लिएर बोलाउनु लाई सम्मान गर्नु ठानिदो रहेछ , कसैलाई नाम भनेर बोलाउदा ओहो तपाइलाई त मेरो नाम याद रहेछ भनेर खुशी ब्यक्त गर्छन ! तर कुरो के हो भने सबै ठाउको अलग संस्कार हुन्छ , अब नेपालमा हामीले ७० बर्षको बुढो लाई नाम मात्र भनेर बोलाउदा कस्तो लाग्ला त ? यता त बुहारीले ससुरालाई जोन भनेर बोलाउछन् 1
राम काका, बिनोद दाई,संगीता दिदि,भरत ठुलोबुवा इत्यादी भन्ने हाम्रो संस्कार छ , एस्लाई एकै पटक परिवर्तन गर्दा नेपाली समाजले एस्लाई पचाउला जस्तो लाग्दैन मलाई ! मुसलमान हरुले एक अर्का लाई बोलाउदा भाई शब्द को प्रयोग गर्छन , जस्तै रहमान भाई, इमरान भाई इत्यादी यो सबै आदरसुचक शब्द हुन् ,दुनिया भरिमा एकै नियम कायम गर्न गाह्रो नै होला कि ? भन्न खोज्या कुरा नेपालीले नाता लगाएर बोल्दा केहि नराम्रो चाही गरेको भन्न नमिल्ला !
केहि कुरा पश्चिमा सस्न्कृति राम्रो छ भने केहि कुरा पुर्बिय संस्कृति
.अहिले को नया पुस्ताले थोरै उमेर बढी नै भए पनि नामको पछाडी जी जोडेर सम्बोधन गर्ने र सबैलाई तपाई भनेर बोलेको राम्रो
कृष्ण भारद्वाज, अस्ट्रेलिया
कुरो राम्रो र नराम्रो भन्दा पनि सस्कृतिको हो, हाम्रो सस्कृति हामीलाई राम्रो लाग्नु पर्छ, तपाइले आफ्नो बुबा आमा लाई नाम काठेर बोलाउन मन छ भने हाम्रो भन्नु केहि छैन, अरु हरुले के के गरे भन्दैमा हाम्रो यति राम्रो सस्क्र्तिलाई बदल्नु पर्छ भन्ने छैन, अब तपाइलाई तपाइको श्रीमान ले तँ भनेर बोलाउदा नराम्रो लाग्छ भने उहालाई भन्नुस “मलाई हजुर भनेर बोलाऊ”. नत्र आफु भन्दा ठुला लाई हजुर,तपाई अनि आफु भन्दा साना लाई तिमि, तँ भन्दा कहाँ नेर होच्येको भो. यो त हाम्रो सस्कृति हो. ८० वर्ष पुगेका हजुरबा लाई ओहो हरि कति बेला आइस भन्दा कति नराम्रो सुनिन्छ ? हाम्रो भाषा नै यति मिठो छ जो संसारका मानिसहरु सिक्न चाहन्छन. हरेक कुरालाई अरुकै सिको गर्नु पर्छ भन्ने कुरामा म सहमत छैन .
अंग्रेजीमा सरको प्रयोग दुइ अबस्थामा गरिन्छ. एउटा अपरिचित व्यक्तिलाई सम्बोधन गर्न उदाहरणको लागि एउटा ग्राहक पसलमा समान किन्न आउछ. पसलेलाइ उसको नाम थाहा हुन्न (अपरिचित) त्यस्तो अबस्थामा सर भनेर सम्बोधन गरिन्छ. अर्को बेलायतमा यहाँ को रानीले देश जनता कला सस्कृति आदि क्षेत्रमा बेशेस योगदान पुर्याएको व्यक्तिहरुलाई एउटा बेशेष सम्मान प्रदान गर्ने चल छ. त्यसलाई अंग्रेजहरु knighthood भन्छ. त्यस्ता व्यक्तिको नाम अगाडी सर जोडेर सम्बोधन गरिन्छ. यसरि सम्बोधन गर्दा उसको बास्तविक पुरा नाम सम्बोधन गर्नु पर्ने हुन्छ. nick name मा सर प्रयोग गर्नु मिल्दैन. जस्तो The Rolling Stones ब्याण्डको गायक Mick Jagger (nickname) लाइ rock music मा पुर्याएको योगदानको लागि knighthood गरियो. उनलाई सर भनि सम्बोधन गर्दा उनको बास्तविक नाम Sir Michael Philip Jagger भनेर सम्बोधन गर्नु पर्ने हुन्छ. अंग्रेजीहरु सस्कृतिमा परिचित व्यक्ति हरु त्यो आफुभन्दा ठुलो या सानो जो भए पनि नामले मात्र सम्बोधन गरिन्छ. बरु आफुभन्दा ठुलो लै नामको अगाडी Mr राख्नु सकिन्छ. अंग्रेजी सस्कृतिमा परिचित व्यक्तिलाई सर भने सम्बोधन गर्नु असोभनिय/लाज मान्दछन.
कुरो त ठिकै हो तर नेपालको सन्दर्भमा नाता साईनो अनि परिवेशलाई बिचार गरेर मात्र नाम काटेर संबोधन गर्नु पर्ला नत्र हामी जस्ता कमजोर मान्छेको ढाडमा लौरो बजारियो भने बरबाद हुन्छ ।
I totally agree with your writing.personally I want freedom which is very impossible in Nepali society.
I feel very sorry for the married female, whom is forced to put her forehead to the husband and his family member and his relatives. I wish all these bad culture will end soon.
यो “sir” भन्ने शब्द नेपाली भाषामा जथाभावी य्रयोग हुदै आएको छ.
झनै भन्नु पर्दा गुरु जस्तो शब्द प्रयोउ गर्न मान्छे ले हिच्किचौञ्छन. संसस्कर भनेको हरेक ठाउँ को मौलिक हुनुपर्छ र त्येश्लाई लै नै सम्मान गरेर चले उचित हुन्छ.
लेखक ले भने अनुसार हामी ले देश अनुसार को भेष गर्नु उचित हुन्छ.
तर म “विदेश अनुसार को स्वदेश भन्दा पनि स्वदेश लाइ विदेश जस्तो” मा चै अलि भिन्नता पाउछु.
अरू को सिखो गरेर आफ्नो मौलिकता बिर्सने हो भने आफ्नो पन रहन्न.
एउटा american ले जापान गएर american culture japanese culture जस्तो हुनु पर्छ भन्न मिल्दैन.
हामीले अरू को देखासिकी गर्नु भन्दा आफ्नो संस्कार को बिकृति लाइ आफ्नै मौलिक पन अनुसार सुधार्न सके बेश हुने हो कि.
समाज र सस्कृतिका प्रकारबारे राम्रो जानकारी छैन जस्तो छ , पश्चिम को सस्कृति र एसिया सस्कृतिमा धेरै फरक छन् , एसिया भित्र पनि चिन, जापान, भारत , अरब आदि केहि प्रमुख फरक हुन्, हेर्दा ऊस्तै लागे पनि नेपाल र भारतकै सस्कृतिमा पनि धेरै फरक छन् , नाम ले सम्बोधन गर्नु नहुने , नाम ले नै सम्भोधन गर्नुपर्ने ……फरक येस्तै हुन् ,…..सस्कृतिहरु को बारेमा यो ठिक त्यो बेठिक भनेर कुरो गर्नु नै सिल्ली कुरो हो…नेपाल, भारत, चिन , जापान , अरब , अमेरिया , यूरोपान, अफ्रिचन , सबै देश को सस्कृति राम्रो छ….तर तुलना गर्ने अनि यो राम्रो त्यो नराम्रो भन्दै बस्ने चै गतिलो काम होइन, सबै सस्कृतिको बिसेसेस्ता हुन
अरुले जे गर्यो हामीले हुबअु त्यस्तै गर्नुपर्छ भन्ने छैन र उचित पनि हुँदैन; तर सिकोचाहिँ िलनुपर्छ । नेपाली भाषामा भएका विविध सम्बोधनको प्रयोग सामान्यरूपमा राम्रै हो । आफूलाई मन नपर्दा जुनसुकै भाषामा पनि होच्याएर वा गाली गरेर बोलिन्छ, मात्र तरीका फरक हो । अर्थात्, सबै भाषामा सम्बोधनमा विविधता पाइन्छ । तर शक्ति (पद, पैसा आदिका) आदिका आधारमा कसैलाई होच्याएर बोल्नु वा सम्बोधन गर्नु बिल्कुलै उचित होइन । खासगरी अौपचारिकरूपमा हामीले उमेरलाई आधार मानेर सम्बोधन गर्नु र नाउँका पछाडि ‘जी’, ‘ज्यू’ वा नातासम्बन्धका शब्द प्रयोग गर्नु उचित हुन्छ । समग्रमा भन्ने हो भने सकेसम्म सबै उमेरकालाई आदरभाव राखेर सम्बोधन गर्नु तर उमेरले आफूभन्दा ठूला जोकसैलाई पनि होच्याएर नबोल्नु राम्रो ।
मैले कुनै बेला सुनेको थिए एक जना नेपाली विद्वानलाइ हाम्रो राजाले भेट्न बोलाएछ अनि त्यो नेपाली विद्वानले राजा संग सिधै अंग्रेजीमा कुराकानी सुरु गरेछ त्यस पछी राजाले सोधेछ तपाईलाई नेपाली बोल्न आउदैन भनेर, विद्वान्ले राजालाई भनेछ मलाई नेपाली राम्रो संग बोल्न आउँछ तर मलाई दरबारिया भाषा बोल्न आउंदैन ( खाइबक्स्योस ,राजहोइबक्स्योस, आइबक्स्योस इत्यादी ) त्यसैले मैले अंग्रेजी बोलेको भन्ने जवाफ दिएछ किन कि अंग्रेजीमा सबै लाई YOU अथवा YOUR भने हुन्छ हामीले जस्तो तँ,तपाई,तिमि,हजुर जस्तो शब्द प्रयोग गर्नु पर्दैन
मलाई त हाम्रै संस्कार मन पर्छ । नामले बोलाएर हामीलाई नफा पनि छैन; घाटा पनि छैन। राम्रो नराम्रो दृष्टिकोणमा भर पर्ने कुरा हो। लेखकले पनि आफ्नो दृष्टिकोण राख्नु भएको हो र मैले पनि आफ्नो दृष्टिकोण राखेको हुँ। अरु देशका मान्छेले पानीलाई वाटर भने पनि म त पानी नै भन्छु।
तपाइले कुरो बुझे जस्तो लागेन मलाइ, कुरो यहाँ भाषिक रुपान्त्रर्ण को होइन, कुरा संस्कार को हो, बिदेशमा चाहे पुलिशको हाकिम होस् वा आर्मीको जनरल होस् डाक्टर होस् वा मन्त्रालयको हाकिम वा साधारण पिएँन , नेपाल मा जस्तो सर का सर लगाउनु पर्दैन भन्ने मात्रै हो, नेपाल मा जस्तो श्रीमतिहरुलाई तँ भनेर बिदेशमा सम्बोधन गरिदैन, अझ नेपाल मा त श्रीमती हरु बच्चा जन्मिनु अगाडी ” फलानोकी दुलै ” का नाम ले परिचित हुन्छन भने बच्चा जन्मेपछि ” कालेकी आमा” का नामले परिचित हुन्छन/
हाम्रो संस्कार जाहाँ एउटी आइमाई जो चुलोचप्लो गर्छे ६ ७ जनाको परिवार लाइ खाना बनाउछे, उ नै सब्बै भन्दा पछि खान पाउने मा पर्छे/ लोग्ने ,ससुरो, छोरा, नाति हरु सब्बै भन्दा अघि भुडी भर्नेमा पर्छन, टन्न खाएर तेही थालमा हात मुख धोएर त्यो भाडा तेही आइमाई लाइ माझ्न लगाउने हाम्रो संस्कार कसरि ठिक लाग्छ तपाइलाई?