Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जब बिबिसी चिप्लियो

Posted on March 28, 2014March 28, 2014 by Salokya

bbcमलेसियाको MH370 विमान समुद्रमा खस्यो भने पनि अहिलेसम्म टुक्राटाक्री केही भेटिएकै छैन। स्याटेलाइटको फोटोमा मात्रै देखियो भनिएको छ। एउटा विमानले यत्रो टाउको दुखाइरा बेला बिहीबार राति अचानक एउटा सनसनीपूर्ण समाचार आयो- स्पेनको केनेरी आइल्यान्डमा एउटा यात्रुवाहक विमान खस्यो। बिबिसीले समेत यो समाचार ब्रेकिङ न्युज भन्दै दियो। विश्वका अरु विभिन्न मिडियाले पनि यो ब्रेकिङ न्युज दिन ढिला गरेनन्। तर हतपतको काम लतपत भो। १० मिनेट पनि नबित्दै त्यो ब्रेकिङ न्युज टुक्राटुक्रा भयो। खासमा विमान खसेकै रहेनछ।
boat
भएछ के भने केनरी आइल्यान्ड इमर्जेन्सी सर्भिसका कर्मचारीले समुद्रमा एउटा जहाज खसेको जस्तो देखेछन्।

समुद्रमा जहाज खसेको समाचार सुनिरहेकोले होला, आत्तिएछन्। पहिला के हो कसो हो नबुझी मिडियालाई जानकारी दिन हतार गरेछन् कि कसो। ब्रेकिङ न्युज भनेर दिनेहरुले कुन विमान, कहाँको विमान लेख्नै भ्याएका थिएनन्।

पछि त्यही इमर्जेन्सी सर्भिसका कर्मचारीहरुले आफूले गल्ती गरेको भनिदिए। खासमा समुद्रमा एउटा ठूलो डुङ्गाले पानी जहाज तान्दै रहेछ। त्यसैलाई टाढाबाट हेर्दा प्लेन जस्तो देखेका रहेछन्।

Plane crashes into the sea off Spain’s Canary Islands, reports say http://t.co/x9eduw8yRF

— BBC Breaking News (@BBCBreaking) March 27, 2014

यस्तो देखिएको रहेछ

Photo shows boat that was mistaken for crashed plane off Canary Islands http://t.co/2ii4Bd2ejg pic.twitter.com/loPKBHeq2K

— BBC Breaking News (@BBCBreaking) March 27, 2014

3 thoughts on “जब बिबिसी चिप्लियो”

  1. Shankar says:
    March 29, 2014 at 12:55 pm

    बि बि सी , सी यन यन ले सहि र सत्य समाचार दिने हैन पश्चिमी रास्ट्र , अमेरिका, क्रिस्तियाँन धर्म र खैरे हरुको हित मा समाचार दिने हो |

    नत्र इराक को बारे झुटो बोलेर ५ लाख्न निर्दोस मारिए त् ??

    Reply
  2. sheela says:
    March 28, 2014 at 11:33 am

    आजको युग विज्ञानको युग हो|सम्पूर्ण मानबिय आब्वाश्यक्ताहरु येसैमा निर्भर छन् | अब हामी बैज्ञानिक उपकरण बिनाको जीवन कल्पना पनि गर्न शक्तैनौ| यस्तो अबस्थामा ल्याएर विज्ञानले मानबिय बिस्वाश्लाई शशंकित बनाएको छ| येति धेरै राष्ट्रहरुको लामो प्रयाशले पनि एउटा हवाईजहाज दुर्घटनाको पत्तो लगाउन सकेको छैन भने हामीले बिज्ञान प्रति कति बिश्वास गर्ने ?

    Reply
  3. डिल्ली says:
    March 28, 2014 at 5:33 am

    धेरै विकास भएको १-२ फुटको आकारमा खसेका उल्का पिण्ड पनि उत्तिनै खेर पत्ता लाग्ने पुरुषार्थी कथा सुन्न पढ्न मिले पनि त्यत्रो बढेमानको हराएको हवाइजहाज पत्ता लगाउन सक्ने सामर्थ्य पुगेको रहेनछ वा कसौडीमा पाक्दै गरेको नयाँ सेप्टेम्बर ११ को पूर्व सन्ध्या थाहा पाउनै मुस्किल भो । २० भन्दा बढी कहलिएका देशले खोज्दा नभेटिने विमान अन्तर्ध्यान कथा कति लामो समयसम्म जागृत रहेर पिडित परिवार तर्साइ राख्ने हो ।

    पत्रकारले ब्रेकिङ न्युज भेटेको बेला समुद्रमा हवाइजहाज जस्तो देखिँदा एविसि विविसि सिविसि आदि इत्यादि सबैले त्यसरी नै लेख्ने रहेछन् । अनि नेपाली समाचारहरूको कुन गतिको समाचार निस्किनु ! बिचराहरू न्युजरुम तिर समाचार दिन जानु कि भेरिफिकेसन गर्न तिर ! साच्चै भए चर्चित बन्ने लोभ एका तिर ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme