Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सबभन्दा बढी तलब खाने मन्त्री को ? कुन मन्त्रीले कति तलब खाँदा रहेछन् ?

Posted on March 28, 2014March 28, 2014 by Salokya

mahat सबभन्दा बढी तलब खाने मन्त्री को भन्ने जिज्ञासा तपाईँलाई लाग्न सक्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरुको फागुन महिनाको तलबको बिल आएको छ। त्यसमा कसले कति तलब खाने रहेछन् प्रष्टै भएको छ।

तपाईँलाई लाग्ला, उपप्रधानमन्त्री र गृहमन्त्रीले बढी तलब खालान् नि, यही गृह मन्त्रालयको लागि कत्रो किचकिच भएको थियो। तर हैन रहेछ। बढी तलब खाने त अर्थमन्त्री डा. रामशरण महत रहेछन्। सार्वजनिक गरिएको सम्पति विवरणमा पनि सबैभन्दा धनी मन्त्री महत नै थिए, तलब बढी खाने पनि उनी नै रहेछन्। वामदेवको तलब र अन्य सुविधाको बिल ५१ हजार ८१० रुपियाँको छ भने अर्थमन्त्री रामशरण महतको ८३ हजार ९८८ रुपियाँ। अर्थात् गृहमन्त्रीभन्दा अर्थमन्त्रीको तलब ३२ हजार रुपियाँभन्दा बढी हुने रहेछ

४७,२४४

अरु मन्त्रीहरुको तलब भने समान् ४७ हजार २४४ देखिएको छ। यति तलबको बिल आउनेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, वन तथा भूसंरक्षण मन्त्री महेश आचार्य, शिक्षा मन्त्री चित्रलेखा यादव, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल छन्।

अरु केही मन्त्रीहरुले भने आफ्नो निजी सचिवालयका कर्मचारीहरुको तलबसमेतको बिल भुक्तानीका लागि पठाएका छन्। सबभन्दा धेरै बिल पठाउनेमध्येका एक सहरी विकास मन्त्री डा. नारायण खड्का हुन्। उनले आफ्नो निजी सचिवालयका पाँच कर्मचारीसहितको १ लाख रुपियाँभन्दा बढीको बिल पठाएका छन्।

त्योभन्दा धेरै एक लाख २० हजारको बिल पठाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्य हुन्। उनको निजी सचिवालयमा ७ जना कर्मचारीहरु भनिएको छ।

एक लाखको बिल पठाउने अर्का हुन् उद्योग मन्त्री कर्णबहादुर थापा। उनको निजी सचिवालयमा ५ जना कर्मचारीहरु छन् भनिएको छ।

अक्सर यस्ता निजी सचिवालयका कर्मचारी भनेर आफ्नै नातागोताका मान्छे राख्ने चलन पहिलेदेखि रहँदै आएको छ।

सल्लाहकारहरुको तलब कति ?

प्रधानमन्त्रीका दुई सल्लाहकारको पनि तलबको बिल आएको छ। बिल अनुसार वैदेशिक सल्लाहकार डा. दिनेश भट्टराईले ३५ हजार ८४१ रुपियाँ तलब पाउने छन्। त्यसैगरी प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरन्जीवी नेपालले पनि यत्ति नै तलब पाउँछन्।

मन्त्रीहरुले यति धेरै तलब पाउँदा तल्ला तहका कर्मचारी हलुका सवारी चालकले चाहिँ कति तलब पाउँछन् त ?

मात्र ९ हजार ५५२ रुपियाँ। त्यो पनि महँगी भत्तासहित !

तलबको अन्तर यस्तो देखिने रहेछ-
talab
झण्डै चार लाखको बिजुली बिल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बिजुलीको बिल पनि भक्कु आउने रहेछ। चैत महिनाको बिल ३ लाख ८२ हजारको आएको छ।

भ्रमण खर्च पनि उत्तिकै
मन्त्रीहरु विभिन्न जिल्लामा भ्रमण गर्न जान्छन्। त्यसको बिल पनि राज्यकोषबाटै तिर्ने हो। भ्रमण खर्च पनि रमाइलो छ। सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालसहित पाँच जना पाँच जिल्ला घुम्दा बिल झण्डै दुई लाखको आएको छ। तर उद्योग मन्त्री कर्णबहादुर थापा चार जनासहित मोरङ एउटा मात्र जिल्ला घुम्दा पनि बिल आएको छ साढे ५८ हजार।

 

नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भुक्तानीका लागि प्राप्त बिलहरुको सार्वजनिकरण प्रयोजनार्थ
सि.नं विवरण ब.उ.शि.नं. खर्च शिर्षक खरिद प्रक्रिया भुक्तानी पाउने व्यक्ति/ संस्था बिल / निवेदन प्राप्त भएको मिति रकम कैफियत अपलोड समय
१ धरानमा लैंगिक हिंसा सम्बन्धी उजुरी व्यवस्थापन र कारवाही सम्बन्धी उजुरीको अनुगमन खर्च ३०१०१३३ कार्यक्रम नियमित शा.अ. सुमना अर्याल २०७०-१२-११ १०,१८५।०० २०७०-१२-१३ १२:५३
२ मा. उपप्रधान एवं गृह मन्त्रीज्यूको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. उपप्रधानमन्त्री बामदेव गौतम २०७०-१२-१३ ५१,८१०।०० २०७०-१२-१३ १२:५६
३ मा. अर्थ मन्त्रीज्यूको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. डा. रामशरण महत २०७०-१२-१३ ८३,९८८।०० २०७०-१२-१३ १३:०१
४ मा. भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. विमलेन्द्र निधि २०७०-१२-१३ ४७,२४४।०० २०७०-१२-१३ १३:०५
५ मा. वन तथा भूसंरक्षण मन्त्रीज्यूको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०१३३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. महेश आचार्य २०७०-१२-१३ ४७,२४४।०० २०७०-१२-१३ १३:०७
६ मा. शिक्षा मन्त्रीज्यूको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०१३३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. चित्रलेखा यादव २०७०-१२-१३ ४७,२४४।०० २०७०-१२-१३ १३:०९
७ मा. सिंचाई मन्त्रीज्यू लगायत निजी सचिवालयका कर्मचारीहरुको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. मन्त्री श्री एन.पी. साउद लगायत निजी सचिवालयमा कार्यरत ४ जना कर्मचारीहरु २०७०-१२-१३ ९२,५४४।०० २०७०-१२-१३ १३:१२
८ मा. सहरी विकास मन्त्रीज्यू लगायत निजी सचिवालयका कर्मचारीहरुको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. मन्त्री डा. नारायण खड्का लगायत निजी सचिवालयमा कार्यरत ५ जना कर्मचारीहरु २०७०-१२-१३ १,०२,८९४।०० २०७०-१२-१३ १३:१४
९ मा. परराष्ट्र मन्त्रीज्यूको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. मन्त्री महेन्द्र बहादुर पाण्डे २०७०-१२-१३ ४७,२४४।०० २०७०-१२-१३ १३:१६
१० मा. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यू लगायत निजी सचिवालयका कर्मचारीहरुको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. मन्त्री भीमप्रसाद आचार्य लगायत निजी सचिवालयमा कार्यरत ७ जना कर्मचारीहरु २०७०-१२-१३ १,२०,०९०।०० २०७०-१२-१३ १३:१७
११ मा. उद्योग मन्त्रीज्यू लगायत निजी सचिवालयका कर्मचारीहरुको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. मन्त्री कर्णबहादुर थापा लगायत निजी सचिवालयमा कार्यरत ५ जना कर्मचारीहरु २०७०-१२-१३ १,००,६६३।०० २०७०-१२-१३ १३:१८
१२ मा. युवा तथा खेलकुद मन्त्रीज्यूको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. मन्त्री पुरुषोत्तम पौडेल २०७०-१२-१३ ४७,२४४।०० २०७०-१२-१३ १३:१९
१३ मा. श्रम तथा रोजगार राज्यमन्त्रीज्यू लगायत निजी सचिवालयका कर्मचारीहरुको ०७० फागुनको तलब तथा अन्य सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार, कार्यालय सामाग्री, इन्धन नियमित मा. राज्यमन्त्री टेकबहादुर गुरुङ लगायत निजी सचिवालयमा कार्यरत १ जना कर्मचारी २०७०-१२-१३ ५८,११०।०० २०७०-१२-१३ १३:२०
१४ प्रधानमन्त्रीज्यूका बैदेशिक सल्लाहकारको फागुनको तलब खर्च ३०१०११३ तलब, महंगी भत्ता नियमित डा. दिनेश भट्टराई २०७०-१२-१३ ३५,८४१।०० २०७०-१२-१३ १३:२१
१५ प्रधानमन्त्रीज्यूका आर्थिक सल्लाहकारको फागुनको तलब खर्च ३०१०११३ तलब, महंगी भत्ता नियमित डा. चिरन्जीवी नेपाल २०७०-१२-१३ ३५,८४१।०० २०७०-१२-१३ १३:२१
१६ फागुनको पारिश्रमिक ३०१०११३ तलब, महंगी भत्ता नियमित क.अ. शोभा नेपाल २०७०-१२-१३ १२,०५९।०० २०७०-१२-१३ १३:२२
१७ फागुनको पारिश्रमिक ३०१०११३ तलब, महंगी भत्ता नियमित ह.स.चा. गणेश बहादुर लामिछाने २०७०-१२-१३ ९,५५२।०० २०७०-१२-१३ १३:२३
१८ फागुनको पारिश्रमिक ३०१०११३ तलब, महंगी भत्ता नियमित ह.स.चा. अर्जुन हुमागाई २०७०-१२-१३ ९,५५२।०० २०७०-१२-१३ १३:२३
१९ चैत्र महिनाको विद्युत महशुल ३०१०१३३ विजुली महशुल नियमित नेपाल विद्युत प्राधिकरण २०७०-१२-१३ ३,८२,२९२।३० २०७०-१२-१३ १३:२४
२० खाजा नास्ताको खर्च ३०१०१३३ विविध नियमित हिरामान श्रेष्ठ २०७०-१२-१३ ५,६४०।०० २०७०-१२-१३ १३:२६
२१ मा. सूचना तथा संचार मन्त्रीज्यू सहितको विभिन्न ५ जिल्लाको भ्रमण खर्च ३०१०११३ अनुगमन मूल्यांकन खर्च नियमित मा. मन्त्री मिनेन्द्र रिजाल सहित ५ जना २०७०-१२-१३ १,९५,६९५।०० २०७०-१२-१३ १३:३९
२२ मा. उद्योग मन्त्री कर्णबहादुर थापाज्यू सहितको मोरङ जिल्ला भ्रमणको खर्च ३०१०११३ अनुगमन मूल्यांकन खर्च नियमित मा. मन्त्रीज्यू सहित ४ जना २०७०-१२-१३ ५८,५००।०० २०७०-१२-१३ १३:५२

18 thoughts on “सबभन्दा बढी तलब खाने मन्त्री को ? कुन मन्त्रीले कति तलब खाँदा रहेछन् ?”

  1. नेपाल बहादुर शिंह says:
    April 1, 2014 at 12:25 am

    जसले जसरि चिच्च्याओस,
    जसले जसरि ओकालोस
    जसले जसरि पर्दाफास गरोस
    जसले जसरि नाङ्गोझार परोस
    तर यी लाज सरम पचेका हरामखोरहरु
    मुर्दाघाटमा तेर्स्याए पनि भ्रष्टचारी आत्मा
    प्रत्येक मन्त्रालयको दराजमा गोत्लिएर हेर्ने गर्छन !
    राम शरण महत उसै त डढेको ठुट्टा जस्तो देखिने
    किन उसले पिएचडी गरे भ्रष्टचार गर्नलाई
    अर्थतन्त्र डामाडोल पारेर नेपाली जनता मार्नलाई !!
    राम शरण जस्ता पिएचडी गर्ने भ्रष्ट नेपालमा कति छन् कति
    देश र नागरिकलाइ मारेर मोजमस्ती गर्नेहरु हुन् यिनै अगति,
    आफै बोक्सी आफै धामी,प्रजातन्त्र र लोकतन्त्रको गर्यो बदनामी
    गुण्डा,डाँका,दलाल परिचालन गरि करोडौं करोड गर्छन आम्दानी !!!

    Reply
  2. Shankar says:
    March 29, 2014 at 12:47 pm

    पद मा भएपछी पैसा त् खान्छन | तर
    गर्छन के ?
    भ्रास्टाचार
    पैसा कहाबाट आउछ ?
    जनताले कर तिरेर र बिदेसी ले गरिब देखेर दिएर बा उ सग गरिबी देखाएर मागेर
    यिनले देश मा लुटेको पैसा के गर्छन ?
    देशै मा राख्छन र सम्पत्ति विवरण देखाउछन भन्ने छैन , यिनका पनि पाप जन्मेका हुन्छन , उनीहरु विदेश मा पठाइएका हुन्छन तिनको खाता मा जान्छ |
    बा बिजनेस किनेका हुन्छन जस्तो कि गोबिन्द जोसीको अमेरिका मा पेट्रोल पम्प को कुरा थ्यो |
    यिनीहरुको अन्त कसरि हुन्छ ?
    हुदैन , बाबु मोरेर जान्छ छोरा झन् खुखार तालिम लिएर आएर देस लुट्छ| रक्त बिज जस्तै हो | पण्डित ले देउता र अर्को जन्म को डर देखाएर लुते जस्तो यिनीहरु
    प्रजातन्त्र ,लोकतन्त्र र समाजबाद ,साम्यवाद , समानता , बर्ग बिहिन समाज भन्दै लुट्छ |

    अथवा हरेक चोटी चुनाब मा गुण्डा लगाएर , धादली गरेर , कालो धन बगाएर फेरी चुनाब जित्छ |

    Reply
  3. jeevan verma says:
    March 29, 2014 at 6:06 am

    ८० हजार वा २/४ लाख नै खाउन, तर लुट नमछाउने भने देश अहिले स्वर्ग भै सक्थ्यो | उदाहरण, महेश आचार्य अर्थ मन्त्रि हुँदा , पचासौ करोड पर्ने हरि सिद्धि कौडी को मोल मा बेछे | तत्कालिन RNAC को हवाई भाडामा लिंदा करोड होइन अरब खाए | आयल निगम, बिधुत प्राधिकरण, दुर संचार संथान, आदि ख्स्रिड प्रक्रिया हेर्ने हो भने त्यहाँ अरबौ हो खेल हुने गर्छ |

    राम शरण महत नेपालका महान भ्रस्ट र अकुत सम्बन्धित आर्जन गर्ने मधेय्का एक हुन् | यी सबै लाई खोर मा जाक्नु पर्ने हो |

    Reply
  4. ekraj says:
    March 29, 2014 at 6:05 am

    यी लुटाहाहरुको पछि लागेर र इनिहरुकै कुरा काटेर धेरै नेपालीहरुको समय बर्बाद भएको छ| त्यो पछिल्लो मा म पनि पर्दछु| यिनीहरुलाई नंग्यायेरा सिस्नो लाउने बेबस्था नभइन्जेल र सक्छ्यम र योग्य मानिशहरु छलकपट रहित को प्रतियोगिता का आधारमा छान्ने, नाताबाद को गन्ध पाउने बित्तिकै कारबाई गर्ने बेबस्था नाभैन्जेल नेपाल म केहि हुनेवाला छैन|
    जब सम्म देशमा लुट्ने मौकाको लागि कसले देश चलाउने भन्ने राजनीतिक लडाई लड्ने र पदमा पुगे पछि ब्रह्मलुट गर्ने लाइसेन्स जनताले दिएका हुन् जति लुटे मलाई कारबाई हुन्न भन्ने ढुक्क हुन्छा, कसरि समाज अगाडी बद्दछ? त्यो बेला सम्म यस्तै ब्येर्थहरुले देश लुट्ने हुन्|

    Reply
  5. raju says:
    March 29, 2014 at 4:15 am

    कति मुर्ख छन् हाम्रा नेपालीहरु, पहिले त भोट दिएर जितौछन अनि भ्र्स्ताचारी जित्यो भनेर करौछन, त्यतिले नपुगेर बिदेसमा खुट्टा राख्न नपाउदै, एरपोर्टमै पुगेर पाईलापाइलामा फुल बिछ्छ्येर स्वागत गर्दै गरेको फोटो facebook मा राखेर गर्ब महसुस गर्छन, जब कि चोर संग ऊभिने चोरै हुन्छ, र डाँका संग ऊभिने डाकै, गएको हफ्ता बेल्जियमको कुरा हो! बाँकि के भनु खै?

    Reply
  6. Krishna says:
    March 28, 2014 at 11:28 pm

    यो त शुद्ध तलबको मात्र कुरा हो . क्वाटर भत्ता, बिजुली भत्ता, मुख्य गरि तेल सम्पूर्ण गरि एकजना मन्त्रीले महिनाको कति खर्च गर्दा रहेछन त्यो पनि जान्न पाए हुन्थ्यो …

    Reply
    1. Bayan says:
      March 30, 2014 at 2:47 am

      अनि श्रीमतीको पेवा र दाइजोको बिसयमा चाँही जान्नु नपर्ने?

      Reply
  7. Surendra says:
    March 28, 2014 at 11:12 pm

    तेती तलब केहि धेरै होइन राम्ररी काम गरेमा मन्त्रि जस्तो पद को लागि….NGO तिर कस्ता कस्ता फुस्टा हरु ले त्यो भन्दा कैयन गुना बढी तलब खान्छन गफै को भर मा…भ्रस्टाचार नगरदे र रोक्दिये तेइ ठुलो हुन्थ्यो तर खासै आस छैन नेपाल का समकालीन नेता हरु बाट …मान्छे मारेर आउने हरु त पैसा को लागि कस्तरी र्याल चुहाएका छन्… यी झन् सदै सुख सुभिदा मा रमेका हरु ..

    Reply
  8. Suman Bjra. says:
    March 28, 2014 at 6:52 pm

    अर्थ मन्त्रि होइन ब्यर्थ को मन्त्रि जति चोटी भए पनि भएको उधोग धन्दा सबै धरासी गरि जनतालाई विदेश पठाउने रेमित्तंस मात्र भित्र्याउने के को अर्थ मंत्री ल्याप्चे ले पनि येति काम गर्न आउँ छ /

    Reply
  9. ekraj says:
    March 28, 2014 at 6:12 pm

    यी हरामीहरुले घुष नखाएर, भ्रस्ट राजनीति नखेलनी हो र देश को लागि केहि गर्ने इछ्या सक्ति देखाएर आफ्नो जिम्मेबारी केहीमात्रामा समाल्ने हो भने यो भन्दा दुइगुना तलब खाएपनि भन्ने ठाउं हुने थिएन| आखिर नीति बनाउने इनिहरुनै हुन्, काम गरे पछि, सबैलाई खान, लाउन, सिक्ष्या र स्वास्थ्य को लागि तलब कमौना पुन पर्ने हो|
    यो नीति अपनौदा, काम गर्न नसक्ने, शिप नभएका, कामै नभएका ठाउमा, नचाहिदो किसिमले सबै भेडा बाख्रा लाई जागिर खुवाउन पनि आवश्यक छैन|

    तेश पछि घुस खाने लाई कारबाई गरे भै हाल्यो|
    यी फटाहा हरुले जानी जानी एस्तो नीति बनाएका हुन्; मन्त्रि भए पछि, विदेश पनि जानई, पर्यो’ , महंग मोटर पनि चद्नै पर्यो, एउटा पार्टी खाँदा; पचासौं हजार पनि खर्च गर्ने पर्यो; महंगा ठाउमा अरबौं को न भए करोरौं को घर पनि बनाउनै पर्यो, सके बिनोद चौदारी को लुटेको पैसाको कर छुट दिएर उ भन्दा धनि पनि हुनै पर्यो?
    यस्तै तर्क गरेर देश लुट्न लाई नेपालमा तलब मा वाचन नसकेर घुस खान जायेज हो भनेर भन्ने गर्छन कर्मचारी जति| यसरी बेबस्था भित्र का सबैलाई चोर बनाए पछि घुष को मामिलामा कसले कसलाई कारबाई गर्ने?

    बर्सौं लुटेर आफुले अकुत कमाएको; लोक मन सिङ्ग ले अनि कसलाई कारबाई गर्ने| गरिहाल्यो भने कतै पावर नभएको, अरुलाई नबाँडी आफु एक्लै ठुलै रकम खाएर इनिहरुलाई भाग पुरायेना भनेमात्र कारबाई हुने हो|
    अनि साचै यो रामसरण को अरुको भन्दा बडी तलब हुन पर्ने कारण चाहिं के रहेछ?

    Reply
  10. Ram Adhikari says:
    March 28, 2014 at 1:16 pm

    तलब त नगन्य नै हो यति तलब ले मात्र त घर कसरि चलाउन सक्छन मन्त्रि हरुले, अरु आउने बाटो निक्कै छन् नि नत्र मन्त्रि हुन् लै किन त्यत्रो हानाहान ? मलाई त लाग्छ यो कम तलब कै कारणले देशमा भ्रस्टाचार मौलाएको हो. अब मन्त्रि ज्यु हरुको तलबले हाई फाई जिबन चलाउन गारो भएपछी भ्रस्टाचार नगरेर के गर्ने त?

    Reply
  11. SAKURA says:
    March 28, 2014 at 12:07 pm

    योग्यता अनुसार काम पनि गरेता लिएको तलब शुविदा पनि पच्थ्यो होला , गफ मात्रै दिने हरुको के कुरा भयो र ?
    अजै एसमा माताहत का NGO / INGO हरु बाट आउने भत्ता(?) पनि जोड्यो भनेता २-४ वोटा जिरो नै थापिनेहोला साएद ,
    महान नेता हरुको महान कार्य ……………….देश जाओस खाल्डो मा …………….

    Reply
  12. मन says:
    March 28, 2014 at 10:28 am

    विगत र वर्तमानका बिभिन्न प्रकरणहरुले के देखाउंछ भने एउटा जरै देखि उखेलेर फाल्नु पर्ने चलन चल्तीको व्यवहार हो मन्त्रि भएपछी वा सरकारी कुनै पनि सरकारी ओहदामा नियुक्ति लिएपछि सरकारी तलब भत्ता दिएर आफ्नो नातालाई सचिव, कम्प्युटर अपरेटर, सल्लाहकार वा नीजी सचिवमा नियुक्ति गर्ने| यस्तो चलन चल्तिले —
    नातावादलाई निरन्तरता र प्रश्रय दिन्छ|
    योग्यतालाई प्राथमिकता दिन बाट बन्चित गराउछ|
    भ्रस्टचार फैलाउनमा उन्मुख गराउँछ|
    अपारदर्शी बनाउँछ|

    नियम कानुन बनाएर आफ्नो प्रत्यक्ष नातालाई यस्ता पदहरुमा नियुक्ति दिन बन्देज गरिनपर्छ| नाताको परिभाषा कानुनले ठहराए बमोजिमको हुनपर्नेछ|
    आजको नेपालमा नातादेखि बाहिर ती पदहाका लागि योग्य व्यक्ति हुँदैनन् भन्ने कुरै आउदैन|
    होला कुनै मा का लाल वा पार्टी यस्तो नियम कानुन प्रस्ताव गरेर पास गर्न सक्षम?

    Reply
  13. Dinesh Baral says:
    March 28, 2014 at 10:07 am

    तलब त नगन्यनै हो भने हुन्छ ! पैसा आउने भनेकै ठेक्का, पट्टा, टेन्डर बाट हो ! तलबले त हाम्रा मन्त्रिहरुको श्रीमती साडी पनि आउदैन !

    Reply
  14. bishan says:
    March 28, 2014 at 7:43 am

    मान्नु पर्छ हाम्रा ठुला ठुला गफ गर्ने आनेक बहानामा देसको ढुकुटी रिताउने नेताहरुलाई …….. तेस्तै हो गरिब देश को धनि सौखिन नेता हरु…….

    Reply
  15. eklavya says:
    March 28, 2014 at 5:52 am

    यसमा लेखकले एउटा जोड्न बिर्सेछ तलब + असिमित घुस अथवा भनौ दाइजोको ओइरो …के गर्ने जनताको खुन पसिना चुसेर मोटाएकाहरु कहिले सम्मन भोट दिन्छ यिनीहरुलाई जनताले ….

    Reply
  16. Yukta says:
    March 28, 2014 at 5:41 am

    भ्रष्टाचारी को भुतै कमारो ! यो भन्दा बढी लेख्दिन ! बुझ्ने ले बुझी हाल्छन !

    Reply
  17. Hari Krishna Wagle says:
    March 28, 2014 at 3:31 am

    बत्ति मात्र बालेर वा आवश्यक उपकरण मात्र चलाएर त्यत्रो बिजुलीको बील आएको होइन. सिंहदरबारमा रातभरी हीटर बालेर छोड्ने कति छन् कति.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme