विज्ञानका कुराहरु माइसंसारमा हुन थालेपछि मैले करिब २० वर्ष भन्दा पहिलेको कुरा सम्झें। गाउँमा बिजुली ल्याउने चर्चा चलेको थियो। मान्छेहरुमा कौतुहलता थियो, यो के हो, कसो हो, करेन्ट लागेर मान्छे मर्छन अरे, पानीलाई अग्लो डांडाबाट खसाल्नु पर्ने आदि आदि। एक पटक यस्तै कुरा हुँदा कसैले सोध्यो – यो पानीलाई किन होला धेरै माथिबाट खसाल्नु पर्ने ?
निकै राम्रो जिज्ञासु प्रश्न। एक जना दाजु थिए- क्याम्पस पढेर आएका। सबैले उनको मुख तिर हेरे। अलि अक्मकाउँदै उनले विज्ञान अर्थ्याए- पानी भनेको हाइड्रोजन र अक्सिजन भन्ने अणुहरुले बनेको हुन्छ। अणु बनेको इलेक्ट्रोन, प्रोटोन र निउट्रोनले। इलेक्ट्रोनको प्रवाह तारमा भए पछि करेन्ट या बिजुली हुन्छ।
अब जति माथिबाट पानीलाई खसालेर पछार्न सक्यो, पानीका इलेक्ट्रोन त्यति नै छरिएर निस्कन्छन्, त्यसैलाई तारमा बगाएपछि जलविद्युत निस्कन्छ। अलि अलि अणु र इलेक्ट्रोनको कुरा पढेको उ बेलामा- कुरो ठिकै लाग्यो।
गाउँले परिवेशमा हुर्केको हुँदा स्कुलमा अलि अलि किताबी ज्ञान बाहेक क्याम्पस नजाँदा सम्म त्यति राम्रो संग (त्यो लेभलको) विज्ञान पढ्न या सिक्न पाइएन। आइ. एस्सी. (अहिलेको ११, १२) पढ्दा पो राम्रोसँग बुझियो Faraday र Lenz को सिद्धान्त। सजिलो अर्थमा – तार बेरेको क्वाइललाई चुम्बक (या चुम्बकलाइ क्वाइलको) वर-पर चलाउँदा निस्कने रहेछ भोल्टेज। त्यो क्वाइल चाहे पानी घट्टले, चाहे साइकलका पांग्राले, या हावाले, चुमाओस कुरा एउटै रहेछ। यी बुझिसकेपछि गाउँका ती दाजुले अर्थ्याएको विज्ञान सम्झेर यति हाँसिएन र मरीमरी। तर पनि उ बेलामा ती दाजुले अर्ध-ज्ञान भएको विज्ञान पेश गरेको पनि ठिकै गरेछन् भन्ने मान्छु।
सामान्य भन्दा सामान्य विज्ञानको चेतनाको बिषयमा पनि भन्नु पर्दा हाम्रो क्षेत्रको गाउँ समाज त्यतिबेला दुइ डुङ्गामा खुट्टा हालेको अवस्था थियो। अहिले कति गाउँ त्यहि अवस्थाबाट गुज्रिदै होलान। त्यो के भने — अलिकति चेतनाको विस्तार र विज्ञान-प्रबिधिको स्वाद समाजले बिस्तारै पाउदै त थियो तर कोहि अलि बढी नै परिवर्तनकारी हुन खोज्दै थिए भने कोहि अलि अपच हुने खालका पुराना मान्यताहरु पनि छोड्न सक्ने अवस्थामा थिएनन्।
हरेक समाजमा जब नयाँ विचारको प्रवेश हुन्छ, त्यहाँ अलिकति ठास-ठुस पर्न सक्ने सम्भावना अवश्य रहन्छ। बिहान-बेलुका पुजा-पाठ गर्ने हजुरबाहरुलाई मान्छे चन्द्रमामा पुगे भन्दा पत्याउन सजिलो थिएन। मैले नै जान्ने हुँदा सम्म पखाला लागेको मान्छेलाइ पानी खुवाए झन् पखाला लाग्ला भनेर पानी खान दिन्थेनन। समाजमा बिस्तारै चेतना आउदै त थियो, तर प्रतिरोध पनि उत्तिकै आउथ्यो। पानी खुवाउनु पर्छ भन्ने कुरा सम्झाउन पनि गार्हो अवस्था थियो।
यस्तै अज्ञानताले गर्दा अनगिन्ति बच्चाहरु अकालमा मरे, पखालाले या इन्फेक्सनले नभई डिहाइड्रेसनले। बिरामी भए पछि धेरै जसो को प्राथमिक उपचार हुन्थ्यो झार-फुक र धामी झाँक्री। ३-४ दिन यस्तै उपचारको पछि लागेर मर्थे कति। उ बेलामा एपेण्डीसाइटिसले कोहि मर्थेन, पेट दुख्ने बिमारले मर्थ्यो। अहिलेको जस्तो सर्जरीको सट्टा बोकामा या बनदेबीको पुजामा खर्च हुन्थ्यो। मान्छे हार्ट-एट्याक भएर मर्थेन, शिकारी को बाटोमा परेर बाण लागेर मरेको भन्थे। क्यान्सर जस्तो अहिले पनि चुनौतीका बिमारको त कुरै नगरौं।
आइ. एस्सी. गरेर गइसके पछि पनि निकै मान्छेहरु संग बहस गर्नु पर्थ्यो। बोक्सी हुदैनन् भनेको सुनेर एकजना झार-फुक गर्ने मान्छे कम्ति रिसाएनन एक पटक। उनले दाबि गरे — राम्रो संग बिधि मिलाएर बोक्सी लागेको उपचार गर्ने क्रममा अन्त कतै टाढा भएकी बोक्सीको कपाल खुइल्याउन सक्छन उनले — त्यो पनि आफ्नै खुट्टाको रौँ ब्लेडले खुर्केर। म त खुब हाँसे तर उनि सिरियस नै देखिए। अन्तमा केहि नलागी मैले उनलाई भने — मेरो एकजना बिदेशी संग चिन-जान छ, उनीहरुलाई टाढा-टाढा सूचना संचार गर्न नयाँ बिधि चाहिएको रहेछ। उसले यस्तै चमत्कारी काम गर्न सक्नेलाइ लाखौ लाख दिने भनेका छन् — यो काम देखाउनु भयो भने पुरस्कार मात्र नभई सरकारले पनि सम्मान गर्ने रहेछ। तर ठगि गर्नको लागि त्यस्तो गरेको भए चाही जेल जानु पर्ने रहेछ। त्यसो भनेको अलि अलि पत्याएछन, बूढा हच्किहाले। अलि साख जोगाउन उनले ङ्गिच्च हासेर भने — हैन यो अलि गोप्य ज्ञान हो, यो थाह दिनु हुन्न, बरु पछि सोचौला।
यस्ता उदाहरणहरु तपाइहरु मध्ये केहिले पनि निकै भोग्नु भएकै होला। अहिले स्वाभाविक रुपले समाज धेरै नै उदार र चेतनशिल पनि भैसक्यो। उ बेलाको नयाँ पुस्ता अहिले पुरानो पुस्ता भैसक्यो। तर पनि विज्ञानले हर बखत यस्ता प्रतिरोधको सामना गर्न परिरहेको हुन्छ, कुनै ठुला स्तरमा त कुनै साना। अचम्म पर्नु होला हाम्रोमा भन्दा यस्तो प्रतिरोध अमेरिकामै बढी आउछ जहाँ विज्ञान प्रसस्त फस्टाएको छ। त्यहाँ गार्हो कुरा त के छ भने हाम्रोमा जस्तो रुढीबादी चलनले नभई धेरै जसो धार्मिक कारणले हुन्छ। तर त्यो बेला ति दाजुले जल-बिद्युतको बैज्ञानिक ब्याख्या जस्तो किसिमले गरेको भए पनि उनि विज्ञानमा बिश्वास गर्ने र पुराना अपाच्य कुरीतिहरुको सामना गर्नेहरुका लागि राम्रो सपोर्ट थिए भन्ने लाग्छ। बैज्ञानिकहरुले त सबै कुरा जानेर सक्दैनन् भने उनी त विज्ञान पढेकै मान्छे थिएनन।
अझ अहिले त विज्ञानको हरेक हाँगा यति बिकसित भैसकेको छ कि एउटा बिषयको बिशेषज्ञलाइ एकदमै नजिकको मिल्ने बिषयको पनि पुरै दखल नहुन सक्छ। त्यहि भएर विज्ञानका सबै कुरा कसैले बुझ्न सक्दैनन — चाहे ति बैज्ञानिक हुन् या विद्वान हुन् या सर्वसाधारण हुन्। त्यो परिस्थितिमा समाजको हितको लागि ति दाजुले उतिनै गरे जति त्यो बुझेको मान्छेले गर्न सक्थ्यो। तपाइँ हामि सबै कुरा नबुझे पनि हामीले जति गर्न सक्छौ गरिरहेकै हुन्छौ।
तर एउटा कुरा के ख्याल राख्नु पर्छ भने हामिलाइ त्यति थाह नभएको बिषयमा विज्ञानको बहस भयो भने जहिले पनि त्यहि बिषयका बिशेषज्ञहरुको कुरा मानियो भने सत्यताको नजिक भइन्छ। विज्ञान यस्तो अचम्मको बिषय हो जसमा नयाँ विचारहरुको लागि ढोका सधै खुल्ला हुन्छ। तपाइँ अनुसन्धान गर्दै जानु भयो, नयाँ सिद्धान्त निकाल्नु भयो र अहिले विद्यमान बैज्ञानिक सिद्धान्तहरुले व्याख्या गर्न नसकेका कुरा हरु पनि व्याख्या गर्न सक्नुभयो भने अवश्य पनि तपाइको सिद्धान्त सर्बोपरि हुन्छ। कसैले आइन्स्टाइन र न्युटन या डार्विन लाइ राम्रो देखेर या माया गरेर या टिठ लागेर ठुला बैज्ञानिक बनाएका हैनन्। भोलि कसैले आएर आइन्स्टाइनको सिद्धान्त यो यो कुरामा गलत छ र यसरि परिवर्तन गर्नु पर्छ भनेर प्रमाणित गरेर देखाउछ भने उसैको सिद्धान्त लागु हुन सक्छ।
अहिले मैले प्रसङ्ग जोड्न खोजेको के हो भने — हामीहरु अलि विज्ञानमा पछि परेकोमा निराश छौ र आशा गर्छौं कि कहिँ न कहिँ कसैले न कसैले छक्का मारीदेओस, पारस खड्काले जस्तै। विज्ञानमा प्रगति गर्न समाजको सपोर्ट चाहिन्छ, नयाँ सोचहरुलाई र कलिला दिमागहरुलाई उत्साहित पार्नु पर्छ। नेपालमा यदा-कदा विज्ञानका समाचारलाइ ठुलै प्राथमिकता दिइन्छ, जुन अत्यन्त राम्रो हो। साथसाथै हामीले के पनि सिक्नु पर्यो भने हामि कुनै नयाँ सिद्धान्त निकाल्यौं भने त्यो समाचार कुनै पत्रिकाको मुख-पृष्ठमा आउन भन्दा पहिला बैज्ञानिक जगतबाट प्रमाणित भएर आउनु पर्यो। यसको लागि कुनै पैसा खर्च गर्नु पर्दैन। मात्र आफ्नो सोध बैज्ञानिक जगतमा पेश गरेर खुलासा गर्नु पर्दछ। केहि वर्ष पहिले यस्तै एक सिद्धान्त एउटा समाचारपत्रको पहिलो पेजमा आयो जसले २२०० वर्ष भन्दा पनि पुरानो आर्किमिडिजको सिद्धान्तलाइ चुनौती दिएको भनिएको थियो। एउटा रमाइलो एक्सपेरिमेन्टलाइ लिइ केहि लजिक त पेश गरिएको थियो तर त्यसमा कुनै दम थिएन। त्यस्ता उदाहरण अरु पनि छन्। तर रुचि भएमा त्यो कस्तो एक्सपेरिमेन्ट थियो र कहाँ नेर त्यसको व्याख्या फेल खान्छ भन्ने वर्णन गरौंला।
[गौतमजीले डिएनएकै बारेमा लेखिरहेको अवस्थामा अहिलेलाई त्यही कुरामा घुम्न भन्दा अलि फरक बिषयमा चर्चा गर्ने विचार गरें। मेरो पहिलो ब्लगको कमेन्टमा केहीको गणित प्रतिको रुचि देखेर खुशी लाग्यो। लेखकको परिचयको बारेमा केही साथीहरुले गरेको कमेन्ट देखेर पनि खुशी लाग्यो। किनकि विज्ञानको आर्टिकलमा सत्यता छ कि छैन भनेर बिश्वास गर्न कसले, कति खोज गरेर या बुझेर लेखेको हो त्यसमा भर पर्छ। यो म बिल्कुल मान्दछु। त्यसो भए नाम राख्न के आपत्ति? खास के भने विज्ञानमा काम गरेकाहरुको कसी भनेको आफ्नो खोज जर्नलमा छाप्नु हुन्छ। पत्र-पत्रिका र ब्लग हरुमा सबैले बुझ्ने भाषामा मिलाएर लेख्न सक्ने बानी पनि हुन्न, समय प्रसस्त लाग्छ, र त्यहाँ छापेर नाम कमाएर आफ्नो प्रोफेसनल रुपमा कुनै फाइदा पनि हुँदैन। यही कारणले पनि अनुसन्धानमा लागेका नेपालि बैज्ञानिकहरुबाट सर्वसाधारणलाई लक्षित गरी लेख नलेखिएको हुन सक्छ। तर केहि भए पनि आफ्नो अनुभव अनुसार जानकारी शेयर गर्न शायद विज्ञानमा काम गरेकाहरुको कर्तब्य हो भनेर नै लेख्न खोजेको हो। विज्ञानमा चासो राख्ने पाठक सामु विज्ञानको वर्णन सहि किसिमले होस् भन्ने सोचेर पनि अलि दखल भएका कुराहरुमा नै कहिं बाट सिधै उल्था गरेर नभई मौलिक किसिमले लेख्ने प्रयास गरेको हुँ। पाठकहरुमा रुचि रहँदै गयो र समय दिन सकेर निरन्तरता पनि दिन सकिएछ भने अवश्य अरु जानकारी हुने नै छ]
There are still people who think moon landing is hoax! Unbelievable! You have access to internet, please people use it for something good. Jeez! And stop making fool of yourself.
“अब जति माथिबाट पानीलाई खसालेर पछार्न सक्यो, पानीका इलेक्ट्रोन त्यति नै छरिएर निस्कन्छन्, त्यसैलाई तारमा बगाएपछि जलविद्युत निस्कन्छ। अलि अलि अणु र इलेक्ट्रोनको कुरा पढेको उ बेलामा- कुरो ठिकै लाग्यो। ”
लेखक को माथिको कुरा पढेर मलाइ पनि मेरो बचपन को एउटा रोचक कुरा याद आयो!
उसबेला मेरो बुझाई “बिजुली भनेको बिजुली को बल्ब” भन्ने थियो, अनि म दङ्ग परेर उत्सुक मुद्रा मा आफैलाइ मनमनै सोध्थिये – “होइन यो इनार को पानि खनेर यो बुलुप (म बल्ब लाइ बुलुप भंथिये उसबेला) कसरि बनाउछन होला हौ!!!”
It is good to see discussion about the importance of science in your blog. Science education was neglected in Nepal for so long and it is time that we make no such mistakes. The economic prosperity of any country in the 21st centaury is driven by science innovation and there is greater emphasis on investing in science education and research globally. NRNA has also taken some initiatives such as Open University and Nepali Science Foundation under its Skill Knowledge and Innovation forum to unite and utilize the Diaspora’s knowledge, skill, experience and expertise in the overall development of the country. NRNA is working closely with the GoN to achieve its objectives.
विज्ञान बा हजुरको प्रयास सार्हैनै सराहनीय छ – लेख्दै जानुस l
क्याम्पस पढेर आउने दाईको प्रसङ्ग पढ्दा आँफु सानो छंदा रेडियोको ब्याट्रीको छलफल सम्झना आयो l एकदिन दिउसो चौतारीमा बसेर सबैले रेडियो नाटक सुन्दै थियौं, शनिबार हुनपर्छ रेडियोनेपाल बाट प्रसारण हुने को नाटक हुनुपर्छ, सुन्दासुन्दै आवाज सानो हुँदै गयो अनि एकजनाले भन्नु भो – यो बेटरी कसरि सिद्धिन्छ, हेर्दा त जस्ताको तेस्तै छ? त्यहाँ क्याम्पस पढ़ेर आउनुभाको दाई पनि हुनुहुन्थ्यो र वहाँलाई नै सोधे I बिचरा दाईलाई पनि थाहा रहेनछ, कनिकुथी गरेर त्यहाँ बाट फुत्किहाले I घमासान छलफल भो, त्यहाँ पुरानो ब्याट्री खोजेर ल्याएर फोरियो – कालो माटो निस्क्यो अनि एक जना जान्ने ले बोल्यो एस्तो माटो कालिमाटी भन्ने ठाउँमा मात्र पाईंछ, अर्को ले भन्यो माटो भयो भने आरनमा लगेर उसले एस्तो ब्याट्री सजिलै बनाईदिन्छ I यो सुनेर माईलाबा जसको रेडियो थियो उठ्नुभो र ब्याट्रीको कालोधुलो त्यो ब्याट्री बनाउँछु भन्ने लाई धसदिनुभो – ई बनाइस भन्दै ! सबै हाँस्दै घरतिर लाग्यौं ! क्याम्पस पढ्ने दाई ले भन्थे, झन्डै फुत्केछु त्यहाँबाट नत्र बुढाले मलाई पनि धस्थे !
विज्ञान बा, तपाईको यो लेख अति पठनीय छ , अहिलेसम्म मलाई पनि बिजुली उत्पादनको लागि बिकल्पमा पानी मात्र सोच्दथ्ये कति संकुचन रहेछु म | अनि हाम्रो समाजमा रही आएको आन्धविस्वासले हामीलाई यति गिजोलेको छ, बरु मर्न तयार हुन्छन सत्य के हो बुझ्ने कोशिस सम्म गर्दैनन् |
म बिज्ञान मा राम्रै दक्खल राख्ने मान्छे भन्ने सोचेको आफुलाई, झट्ट पानि बाट बिजुली कसरि बन्छ भनेर सोचेको दिमाग मै आएन, सम्झाइदिनु भएको मा धन्यबाद.
बिज्ञानको बारेमा यो लेख रोचक लाग्यो तर एउटा कुरामा भने म समर्थन गर्छु तपाइको हजुरबुबा संग …१९७० को बेलामा जतिखेर कम्प्युटर सिस्टमको सुरुवात थियो र अहिलेको जमाना जुन सिस्टमको उच्चत्तम बिन्दुमा पुग्ने तरखरमा छ तेतिखेर मान्छेलाई चन्द्रमामा उतार्न सक्ने अमेरिकाले एउटा यान्त्रिक रोबोट धरी खसाल्न नसक्नुको कारण के हो ?? बल्ल केहि महिना अघि चीनले एउटा रोबोट खसाले त्यो पनि अहिले समस्यामा छ अर्थात् राम्रो चलिरहेको छैन भनेपछि मान्छे चन्द्रमामा पुगेभन्दा अहिले हाँसोलाग्दो कुरा भएको छ नपत्याए youtube म़ा fake of apollo mission भनेर हेर्न सक्नु हुन्छ जुन हेरेपछि सायद धेरै यस्ता रहसयका कुरा छन् जुन नासा र अमेरिकाको देखावटी आडम्बरपनको नमुना बनेको छ …बाँकी बिज्ञाननै अहिले मानवीय सभ्यताको पर्याय बनेको छ बिना बिज्ञानको मान्छेले केहि गर्न सक्ने अवस्था छैन र सकिदैन पनि …
त्यतिबेला रोबोट बनाउन श्रोत र साधन नभएकै कारण ठुलो जोखिम मोलेर मान्छे उतारिएको थियो | रोबोट बनौन तपैले सोचेजस्तो सजिलो छैन | स्म्रितिरहोस, सोभियत युनियनले नि रोबोटको ठाउँ मा जनावर हरु space मा पठाएर trial गरेका थिए, त्यसपछि सिधै रोबोट नभएर मान्छे नै पठाएका थिए | तेती बेलाको mission हरु चालक मा निर्भर थियो, किनकि automatic यन्त्र हरु थोरै थिए | चन्द्रमा मा मान्छे ले पाइला त टेके, armstrong को crew land गर्न खोज्दा गलत ठाउँ मा अवतरण हुन लाग्दा झन्डै crash पनि हुन लागेको थियो | त्यो त देशको इज्जत को सवाल थियो, उनले तेत्रो जोखिम पूर्ण mission सफल गर्न आफ्नो जीवन दाउमा लगाएर land गर्न तम्सिए र भाग्यबस सफल पनि भए |
अर्को प्रश्न उनीहरुले चन्द्रमामा पैला टेके कि टेकेनन? उनीहरुले टेकेको पाइलाको डाम ऐले सम्म नि telescope को माध्यमले चन्द्रमामा देख्न सकिन्छ | चन्द्रमा मा हावा नभएको कारणले ति पाइला का डामहरु त्यहाँ कुनै ठुलो प्रलय नभएसम्म मेटीनेवाला पनि छैन |
यो conspiracy theory हजारौ पटक debunk गरियको छ| कतै कसैले नया कुरा निकाल्यो भने बिरोध गरि हाल्नु पर्दैन मित्र| ल मानौ पहिलो एपोलो मिसन फेक हो भने फेरि फेरि गरिएको मिसन पनि फेक हो? अनि चन्द्रमा को सतहमा यहि पृथ्वीबाट गरिने टेस्ट मा र उता बाट ल्याको ढुंगामा गरिने टेस्टमा किन एउटै रिजल्ट आउछ त?
के तपाई लाई लग्छ मानिस चन्द्रमामा पुगे? के तपाई लाई थाहा छ किन कुनै मिसन यन नै खत्तम हुन्छ ? किन भने तिनी हरु बाट बस्ता बिकट बाहिर आउने खतरा भए पछि सबै खत्त परि दिन्छन | प्रिथिबी मा हरेको एउटा एरोपलेन सम्म पत्ता लगाउने सनाकने ले चन्द्रमामा पुगे भनेर कसरि पत्याउने | तपैला लग्च्छा होला म प्रबिधि को बिरोधि हो , तर मेरो रोजी रोटि नै प्रबिधि हो त्यसैले त म भन्न सक्छु चन्द्रमामा मानिस पुगेको सबै हौवा हो |
मान्छे पक्कै पनि चन्द्रमा पुगेको हो| यो रिजनेबल डाउट भन्दा माथिको कुरो हो|
पृथ्वी कति ठूलो छ अनि याँहा कति विकट ठाउं छन् भन्ने कुरा तपैन्लाई के थाहा? नेपालका ४००० ग बि स र ५८ नगरपालिका पुगेर हेर्नुस – नेपाल नै कति विकट र ठूलो छ भन्ने कुरा थाहा पाउनु हुन्छ | अनि तेस पछि यो कुरा को याद गर्नुस – नेपाल ले जम्मा १०००० मा एक भाग ओगत्छ पृथ्वी को|
तपैन्को रोजी रोटि प्रबिधि होला| म धेरै इन्गीनीरहरूलाई काम गरौन्छु – ती सबै प्रबिधिनै चलौन्छां जिन्दगि गुजार्न तर आधाजसो उही अन्धविश्वाशी हुन्छन| तपाईं पनि त्यस्तै पर्नु भयो जस्तो छ|
रोबोट प्रविधि Advanced Computer programs मा आधारित हुन्छ जुन ६० र ७० को दशकमा सारै प्रारम्भिक चरणमा थियो त्यसैले मान्छेनै पठाउनु परेको , रोबोट जति सुकै विकशित भएपनि मनिश जस्तो बुद्धिमान र धेरै कुरा गर्न सक्ने हुदैन | अमेरिकाले त्यति अघिनै चन्द्रमा मा मान्छे पठाउनु निश्चयनै आश्चर्यको विषय हो किनभने त्यस बेलाको प्रविधिको भरमा moon landing गर्नु धेरै जोखिम पूर्ण काम हो तर यसमा राष्ट्रपति केनेडी , अमेरिकी राष्ट्रबाद र शीतयुद्धको पनि योगदान छ |
मान्छे मंगल मा जानेकुरा हुदैछ , चन्द्रमाको को कुरा गर्नुहुन्छ ?
चन्द्रमा त् सचा प्रेमीहरुले आफ्नो प्रेमिका लाइ अग्लो गर को छत मा चढेर टपक्क टिपेर लाइदिञ्छन |