-राजेन्द्र ज्ञवाली-
२०५५ सालमा खेल पत्रकारका रुपमा काठमाडौंमा आएर काम सुरु गर्दा दिनहुँजसो लेखिने र देखिने नामहरू अहिले अखबारका पानाबाट बिलाइसकेका छन्। ती खेलाडीका स्थानमा नयाँ खेलाडीहरू स्थापित भइसकेका छन्। अहिलेका खेलाडीहरू पनि अझ नयाँ प्रतिभाबाट विस्थापित हुनेछन् र सबैभन्दा महत्वपूर्ण कुरा यस तथ्यलाई सबै खेलाडीहरूले आत्मसात् गरेका छन्। खेल क्षेत्रमा हुने यो स्वाभाविक प्रकृयालाई उनीहरूले स्वीकार गरेका छन्। तर ५५ सालतिर हामीसँगै राजनीतिक समाचार लेख्ने पत्रकारहरूको कलमले आजका दिनमा पनि तिनै राजनीतिकर्मीहरूको नाम रटिरहेको छ। खेल र राजनीतिमा निहित पहिलो साश्वत भिन्नता यही हो।
केही वर्ष अघि रिपोर्टर्स क्लबमा भएको एउटा कार्यक्रममा नेपाली क्रिकेट टोलीका तत्कालीन कप्तान विनोद दासले नेपालको राष्ट्रिय टोली उमेर समूह जस्तै बलियो नहुनुको कारण बारे भन्दै थिए–लगभग १९ वर्षसम्मका युवालाई आफ्नो भविश्य बारे चिन्ता गर्नु पर्ने स्थिति हुँदैन। उनीहरू खेलमा मात्र रमाउन सक्छन्। तर उमेर बढ्दै गएपछि भविश्य सुनिश्चित गर्ने चिन्ताले स्वाभाविक रुपमा सताउन थाल्छ। आफ्नो भविश्यको चिन्ताले गर्दा त्यो उमेरपछि नेपाली युवाहरू चाहँदाचाहँदै पनि खेलकुदलाई मात्र पहिलो रोजाइका रुपमा राख्न सक्दैनन्। किनभने नेपालमा खेलेकै भरमा आफू र परिवार पाल्न सक्ने स्थिति आइसकेको छैन।
यो सबै थाहा हुँदाहुँदै पनि नेपाली युवा खेल क्षेत्रमा लागि नै रहेका छन्। अनि राष्ट्रिय खेलमा दुई, चार र दश वर्ष बिताएका ती खेलाडीहरूलाई एक दिन सन्यास लिनै पर्ने हुन्छ। किनभने हरेक खेल नियमअनुसार समयभित्र खेलिन्छ भने खेलाडी पाको उमेर हुँदै गएपछि खेलाडीले सन्यास लिनु आवश्यक हुन्छ।
जब त्यस्ता खेलाडी खेल क्षेत्रबाट फर्कन्छन्, अनि जीवन यापनको समस्याले सताउन थाल्वछ। के राजनीतिमा लाग्नेहरूको स्थिति पनि यस्तै छ?
प्रसङ्ग हालै बंगलादेशमा विश्वकप अन्तर्गत प्रारम्भिक चरणका प्रतियोगिता खेलेर फर्केको नेपाली क्रिकेट टोलीको भव्य स्वागत र ड्यास माओवादी नेता सिपी गजुरेलको भनाई हो।
नेपाली टोलीको प्रदर्शनबाट उत्साहित भएका क्रिकेट प्रशंसकहरूले नेपालका नेताहरूले क्रिकेट खेलाडीबाट सिक्नु पर्ने कुरा बताएकोमा उहाँको चित्त दुखेको रहेछ। तर त्यसो किन भनियो भन्ने कुरा त्यसपछिका घट्नाक्रमले झनै स्पष्ट पारेको छ।
तपाइँले क्रिकेट खेलाडीको जितलाई क्रिकेटमा नेपालले गरेको प्रगतिलाई अनि खेल विकासलाई विकृति भन्नु भयो। तर नेपाली क्रिकेट टिमको जितमा नेपाली फुटबलका कप्तान सागर थापाले प्रेरणा भेटाउन भ्याए। उनले क्रिकेट टिमलाई बधाई दिए। तपाइँ राजनीतिज्ञहरूले एक अर्काको उपलब्धिलाई कसरी लिनु हुन्छ यो भन्नु नपर्ला।
तपाइँले क्रिकेट, फुटबल र भलिबलले नेपालको मुहार फेर्न नसक्ने बताउँदै नेपालको मुहार राजनीतिले मात्र फेर्न सक्ने बताउनुभएको थियो। यो सत्य हो। त्यसैले नै राजनीतिज्ञहरूलाई खेलाडीबाट सिक भनिएको हो। देशको मुहार फेर्ने जिम्मेवारी तपाइँ राजनीतिज्ञहरूकै हो र तपाइँहरू सफल हुनु भयो भने नेपालको खेल जगत पनि विषम परिस्थितिबाट उँभो लाग्थ्यो कि भन्ने भावना हो हामी खेल प्रेमीहरूको।
तपाइँलाई नेपाली खेलाडीले पाएको नगद पुरस्कार बारे पनि गुनासो रहेछ। भन्दाभन्दै तपाइँले देशमा काला धन धेरै भएको निजी क्षेत्रबाट खेलाडीले पाउने पुरस्कारमा त्यही धन हुन सक्ने आशय पनि प्रकट गर्नुभएको छ। यदि त्यसो हो भने पनि यसमा कसको के दोष? तपाइँले थालेको दश वर्षे विद्रोहका क्रममा जनकारबाहीको नाममा मासिक केही हजार रुपियाँ तलब खाने शिक्षकहरूलाई ‘सफाया’ गर्दा देशमा काला बजारी गर्नेहरू किन र कसरी जोगिए यसको जवाफ त गजुरेलज्यू तपाइँ र तपाइँको पार्टीले नै दिनु पर्छ।
कि त ती शिक्षक र पत्रकार अनि सर्वसाधारण गाउँलेहरू काला बजारियाको तुलनामा देशका लागि बढी खतरनाक भएकोले उनीहरूको सफाया गरिएको हो भन्नुपर्यो।
अन्त्यमा तपाइँले खेलकुदलाई विकृतिसम्म भन्न भ्याउनु भएछ। सम्भवतः देशको मुहार फेर्ने काम र जिम्मेवारी (?) राजनीतिज्ञहरूको भएकोले सर्वसाधारण जनताहरूले उनीहरूलाई छाडेर खेलाडीको सम्मान गरेको देख्दा तपाइँको चित्त दुखेको हुनसक्छ। तर यही त तपाइँको राजनीति र खेल जगतबीच फरक हो।
के गर्नु, हामी खेलप्रेमीहरू केही ‘क्रान्तिकारी’ राजनीतिकर्मीहरू जस्तै अर्को मुलुकमा भएको क्रान्तिको खुसियाली मनाउन सक्दैनौँ। हामीलाई खुसी हुन आफ्नै टिमको राम्रो प्रदर्शन चाहिन्छ। जस्तो भए पनि धेरै सुधारिएको प्रदर्शन नेपाली क्रिकेट टिमले गरेको हो त्यसैले उनीहरूको प्रशंसामा देश डुबेको छ।
तैपनि तपाइँले यसलाई विकृति भन्नु भएछ। यदि खेलकुदको विकास विकृति हो भने गजुरेलज्यू अहिले हाम्रो देशलाई त्यही विकृति चाहिएको छ। यही विकृति हो जसका कारण बुद्ध आफ्नो भूमिमा जन्मेको र सगरमाथा आफ्नो देशमा पर्छ भन्दै आएको भारतको एक राष्ट्रिय समाचारपत्रले नेपाली क्रिकेटको उपलब्धिका बारेमा सम्पादकीय मात्र लेखेन यसको सुरुवात नै सगरमाथाको देश र भगवान बुद्धको जन्मथलो भनेर नेपाललाई चिनाएको छ।
विगत केही समयदेखि आफ्नो नाम नै बिर्से सरह भएको मुलुकभित्र र बाहिरबाट ‘नेपाल’ ‘नेपाल’को नारा अहिले बंगलादेशमा भइरहेको ट्वान्टी–२० विश्वकपका क्रममा घन्किएको थियो, त्यसैले त्यो विकृति नेपालमा चाहिएको छ।
यही विकृति हो जसका कारण विभिन्न जातजातिहरूले एकै पटक एउटै कारणमा खुसियाली मनाउन पाए, विजयोत्सव मनाउन पाए त्यसैले यो विकृति नेपाललाई चाहिएको छ। यही विकृति हो जसका कारण मेचीदेखि महाकाली र हिमालदेखि तराइसम्मको भूभाग रमाउन पायो, त्यसैले यो विकृति देशलाई चाहिएको छ। अनि गजुरेलज्यू यही विकृतिका कारण देशभर पहिलो पटक पार्टीहरूको तुलनामा राष्ट्रिय झण्डा सडकमा देखिएको थियो त्यसैले पनि यो विकृतिको आवश्यकता मुलुकलाई छ।
गीत, संगीत, खेलकुद, साहित्य, राम्रो आकर्षक पहिरन, शरीरको सरसफाई, cooking कला, आदि बिकृति नै हो तिम्रा दर्शनमा बैध्द्य बुढा| अझ तिम्रै खाँटी भाषामा “पुंजिबादी बिकृति” | तिम्रा दर्शनले मोत्सेतुंग कै पालादेखि जबर्जस्ति हिंसात्मक शैलीमा अरुमाथि थोपर्न खोजेको लंगडो चलन नै त हो अस्तिको तिम्रो “कुई कुई” | तिम्रा शरीरमा झुन्डाईएको पहिरन कुन “क्रान्तिकारी मुलुक” बाट आएको हो ? ति त बिकृति हुन्, “पुंजिबादी मुलुक” हरु बाट आएको, “पुंजिबादी बिकृति” | खोल बुढा ति बिकृतिहरुलाई अनि निस्क सडकमा “बिक्रितिबिहीन” भएर | आफ्नो भन्ने त “दश बर्ष” मा ध्वस्त बनाई हालेउ “क्रान्ति” गरेर | बाँकी रहेको तिम्रा लागि “बिकृति” भई गयो| निस्क अब सडकमा नाङ्गै भएर |
यो लेख गजुरेलबाले पढे कि पढेनन् थाहा भएन। सायद नपढेको हुन सक्छ तर उसले पढ्नै पर्ने खालको छ। लौन कसरि हो उसको इमेलमा पठाएर हुन्छ कि वा एसएमएस गरेर हुन्छ, पठाई दिनु पर्यो। पाठकहरु संग उसको इमेल आइडी नहुन सक्छ, त्यसैले माइसंसारले पठाई दिए पनि हुन्छ । नेता भनाउंदा कपुतहरु।
गजुरेलले यसको अर्थ बुझे त रामाराम मरिजाउ !
“यही विकृति हो जसका कारण बुद्ध आफ्नो भूमिमा जन्मेको र सगरमाथा आफ्नो देशमा पर्छ भन्दै आएको भारतको एक राष्ट्रिय समाचारपत्रले नेपाली क्रिकेटको उपलब्धिका बारेमा सम्पादकीय मात्र लेखेन यसको सुरुवात नै सगरमाथाको देश र भगवान बुद्धको जन्मथलो भनेर नेपाललाई चिनाएको छ।”
अहा!! कान को लोती सम्म रातो हुनेगरी झापड दिनु’भो ‘आरिसे’ बुढा लाई/अब फेरी कहाँ कुइ कुइ गर्ने हो कुन्नि…”हो देश लाई तेही बिकृति चाहिएको छ”
कि त ती शिक्षक र पत्रकार अनि सर्वसाधारण गाउँलेहरू काला बजारियाको तुलनामा देशका लागि बढी खतरनाक भएकोले उनीहरूको सफाया गरिएको हो भन्नुपर्यो।
यी प्रश्न हरुको जवाफ खोज्ने पर्छ !
बैध्येखाना का बैध्य बा र ड्यास माओबादी का बैध्य बा मा के फरक छ भने, बैध्येखाना का बैध्य बा ले बिरामी को रोग निको पर्छन तर ड्यास माओबादी का बैध्य बा ले निरोगी लाई रोगि बनौछन ! त्यो पनि मानसिक रोगि! यो ड्यास माओबादी का बैध्य बा कुन जडिबुटी को रस आफ्ना नेता हरु लाई ख्वौछन हो उनका नेता हरु सबै सधै जे पायो तेही बर्बरौछन!
वाह लेखकज्यु
सारै राम्रो लेख्नु भो| राम्रो शैली, प्रस्तुति र बिषय बस्तु |
स्याबास!
सबै कुरा बुझेर पनि अबुझ बनेको देख्दा यो नेताहरुको बिरुद्धमा क्रान्ति गर्न मन लागिराछ. सुरु चाही यो गजुरेल लै भाटे कारबाही बाट गर्न पाए हुन्थ्यो. देशको विकासको लागि एक मिनेट खर्च गरेका छैनन् खाली लेनिन, माओ को किताब पडयो अनि जनताको आखामा छारो हान्न भटभटायो….. सितैमा सरकार ले पालिराछ के भो र …
देश बनाउने भनेको चौतारामा बसेर बाघचाल खेलेको जस्तो हो र ?
यस्तो ‘विकृति’ राजनीतिमा भएको भए देशको मुहार नै फेरिन्थ्यो । तर गजुरेल!! तिमीबाट यस्तो कुराको आस गर्नु नै बेकार छ । तिमी एस्तो कुरा अलि बुज्दो रहेनछौ । यो धर्ती को बोझ बनेर किन बसिरहन्छौ ?
एनिहरुको कुरा नगर्नु नै राम्रो हुन्छ .
राष्ट्रिय पोसाक हटाउने , राष्ट्रिय झन्डा परिबर्तन गर्ने, देशलाइ जातजातिमा बिवाजन गर्ने , विकास नगर्ने अनि भएको विकास भत्काउने , घु गन्द कहिँ भयो कि देश बन्द गर्ने . आदि मुख्य विशेषता बोकेको पार्टीको धुर्लब जन्तुमा पर्नु हुन्छ ..
तेही भएर इनिहरुको पता साव गर्नु पर्छ अब हामी जनताले …… जय नेपाल !!!
धन्यबाद राजेन्द्र ज्ञवाली जी लाई,
राम्रै झापड दिनु भो, धेरै दिन पछि तपाइको राम्रो article पदन पायियो .. पत्रिका तिर तपाइको झारा टार्ने खालको लेखमा चाही अलि मिहिनेत गर्नु पर्यो .. ज्ञवालीको लगानी भाको पत्रिका (पहिले कान्तिपुर, हाल नागरिक) मा मात्र तपैले काम पाउनु हुन्छ भन्ने धेरैको बुझाई छ, तर तपैको लेखन क्षमता यो article मा छचल्किएको छ ..
धन्यबाद “येस्तै बिकृति हामीलाई खाचो छ “.
यो राजनीति मा कहिले हो सन्यास लिने प्रवृति आउने??
* यही विकृति हो जसका कारण विभिन्न जातजातिहरूले एकै पटक एउटै कारणमा खुसियाली मनाउन पाए, विजयोत्सव मनाउन पाए त्यसैले यो विकृति नेपाललाई चाहिएको छ। यही विकृति हो जसका कारण मेचीदेखि महाकाली र हिमालदेखि तराइसम्मको भूभाग रमाउन पायो, त्यसैले यो विकृति देशलाई चाहिएको छ। अनि गजुरेलज्यू यही विकृतिका कारण देशभर पहिलो पटक पार्टीहरूको तुलनामा राष्ट्रिय झण्डा सडकमा देखिएको थियो त्यसैले पनि यो विकृतिको आवश्यकता मुलुकलाई छ।*
सार्है मन पर्यो यी हरफहरु .
हाम्रा नेताहरु खास गरि कम्युनिस्ट भनाउँदा नेताहरुले चै पढ्नै पर्ने लेख रैछ यो त !
यहि गजुरेलहरु नै होइनन र एकताका देशकै झन्डा फेर्नुपर्छ भन्नेहरु? यस्ता मुर्खहरुको पछाडी लाग्ने भेडाहरु देख्दा आश्चर्य लाग्छ.
Excellent! Retirement should be mandatory in all area including the political parties after a specific age.
कामरेडहरूलाई देशको प्रगति पच्ने भए बन्दै गरेका संरचना भत्काउने थिएनन् । विदेशी प्रगतिको महिमा कामरेडहरूको मुख र ओठमा टाँसिएको छ । त्यसैले माओ, माक्स लेनिन, स्टालिन के के हो बाद कण्ठस्त छ वहाँलाई तर देशबाद मात्र त नभएको हो । भारतमा बसेर “महान क्रान्ति” गरि नेपाली काट्न भ्याउनु हुने कामरेडले नेपालले गरेको क्रिकेट प्रगति खप्न सक्ने कुरै भएन । भ्रष्टाचारको नाम जरै देखि मेटाउन चाहनु हुन्छ वहाँहरू । त्यसैले भ्रष्टाचार नामको कुख्यात शब्दलाई वहाँ शिष्टाचारमा मिलाउन चाहनु हुन्छ । १०० को हैसियत हुने गरिव किसानलाई १,००,००० मा चन्दा ठोक्ने तकदीरदारी वहाँको “महान सर्वहाराक्रान्ति”मा पाठोको घिच्रो छिनाले जस्तो छिनालेर “पूरा” गर्नु भा’छ । विकास बनाएर हैन भत्काएर हुन्छ भन्नेमा विश्वास गर्नुहुने कामरेडले जितेर हैन हारेर, उचो शीरले हैन घनुष्टङ्कार गरेर महान राष्ट्रवाद हासिल गर्नु भा’छ । संविधान सभा चुनाव ताका गुडिरहेको गाडिमा बम हानेर “महान क्रान्ति” गर्नुहुने क्रान्तिकारी सम्मानमा कामरेडलाई ५० किलोको फूल-मालाको हार पहिरिन मनछ क्यारे । यी “निकम्मा” क्रिकेट खेलाडीलाई किन दिने उक्त माला कि कसो कामरेड ? देशको “नाम” त तपाईहरूले राखिदिनु भएकै छ नि युवाहरूलाई मरुभूमिमा गधा जोत्ने अवसर प्रदान गरेर ।
मलाई साह्रै मन पर्यो देश येही माओबादीको कारणले एस्तो भयो एस्तो हुदैछ आब हामी क्रिकेटमा जस्तै एक भएर नेपालको मुहार फेर्न यी नेताको पछि लग्नु हुदैन देश बनाउने नेताले होइन जनताले हो
जुन दिन हामिले यो विकृतिलाई अझै धेरै ठुलो बनाएर देश भित्र भित्र्यौछौ, अनि तपाईहरु जस्ता कुकृति हरु लाई बढारेर देश बाहिर हुत्त्यौछौ त्यो दिन बिदेसीको सामु गर्भले हामी करौछौ, हेर हामी कहाँ थिऔ आज कहाँ पुगौ
सहि विचार ho तर पनि यिनीहरु को दिमाग मा यो कुरा घुसे पो !
यो एउटा शसक्त जवाफ चोर, फटाहा नेताहरुलाई .
तेसो त गजुरेल बुढो धन्यवादको पात्र बनेका छन् तिनले गर्दा ब्लग र पत्रिकाहरुमा खेलप्रेमीहरुको कलम चल्न भ्याए तर भनिछ नि हात्ती लम्कन्दै गर्छ कुक्कुर भुक्दै गर्छ …यी भ्रष्ट नेताहरु नेपालको प्रत्यक प्रगतिमा भुक्ने कराउने रुने अनि आफ्नो पुछार अठ्यौने काममा माहिर नै छन् यिनीहरु भुक्दैमा हाम्रो खेलप्रतिको मोहमा कुनै कमि आउनेछैन बरु अझ बढ्दै छ …यस्ता बुढाहरुका हड्डी नभा जिब्राले कहिले के बोल्छन तिनलाई नै थाहा हुदैन र हामी तिनका भाषणमा विश्लेषण गर्दै छौ किन गर्ने …..हामीलाई ति खेलाडीहरुको बारेमा जान्नु छ बुझ्नु छ बरु तिनीहरुको बारेमा लेख्नुस …कप्तान पारसले के भने त्यो बारेमा लेख्नुस यी मरंच्यासे सुइखुत्ते नेताहरुको लेखेर किन समय फाल्दै हुनुहुन्छ पढ्दाको सास्ती….
अल्ली कम भएनर गजुरेल लाई जति भनेपनी मेरो बिचार मा कम नै लाग्छः
अब के गर्ने त न हामीले मान्छे मार्न जानियो ,न कसैको लुटेर खान जानियो , न कुनै मरेको बाद को पछिपछि झन्डा बोकेर उफ्रदै हिड्न जानियो …………….
अब खेलको माध्यम बाट बिदेशी भूमिमा आफ्नै नेपालीले नेपालको झन्डा फ़हराउदा ,नेपाल को नाम बिदेशी लाइ चिनाउदा हामी पनि उनीहरु संगै खुशी भैयो त के नै बिगीरियो ……..
अब यो नै बिकृति हो भने म त चाहान्छु एस्तो बिकृति सधै आइरहोस ,अजै दिनदिनै आइ रहोस …………