Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचार गलत कि बोलेकै गलत ?

Posted on March 24, 2014March 24, 2014 by Salokya

cp1
ड्यास माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एक वक्तव्य निकाल्दै नेपाली क्रिकेट टिमबारे गलत प्रचार गरिएकोमा दुःख मनाउ गरेका छन्।

उनले विकृति शब्द राजनीतिक क्षेत्रका लागि प्रयोग गरिएको र त्यसको गलत अर्थ लगाइएको दावी गरेका छन्।

खासमा के रहेछ त ? उनले के बोलेका थिए, जस्ताको तस्तै अडियो र भिडियो सुन्नुस्, आफै पत्ता लगाउनुस्।

उनको वक्तव्य

हिजो मैले एउटा कार्यक्रममा क्रिकेट खेल र नेपाली क्रिकेट टीमबारे गरेको टिप्पणी भनेर केही ब्लग र अनलाइनहरुले गरेको गलत प्रचारबारे हाम्रो ध्यानाकर्षण भएको छ।

सर्वप्रथम, मैले बोल्दा बाङ्ग्लादेशमा चलिरहेको क्रिकेट खेलको टी ट्वेन्टी वल्र्ड कपमा राम्रो प्रदर्शन गरेको नेपाली टीमलाई बधाई दिएको छु। उहाँहरुको अपमान हुने कुनै कुरा बोलेको छैन।

दोस्रो कुरा, मैले उक्त कार्यक्रममा राजनीतिक क्षेत्रमा भएको विकृतिको जुन चर्चा गरेको थिएँ, त्यो ‘विकृति’ भन्ने शब्दलाई वल्र्ड कपमा नेपालको गौरव कायम गरी फर्केको नेपाली टीमलाई सम्मान गर्नु विकृति हो भन्ने अर्थ लगाई मैले बोलेको भनेर कुप्रचार गर्ने जुन प्रयास भएको छ, त्यो एकदम गलत छ। यसप्रति म खेद व्यक्त गर्दछु।

यो गलत प्रचारबाट हाम्रा नेपाली क्रिकेट खेलाडीहरु र क्रिकेटप्रेमी नेपाली युवाहरुलाई जुन चोट पुगेको छ, त्यसको निम्ति म अत्यन्त दुःखी छु।

मितिः २०७०/१२/९
सी.पी. गजुरेल ‘गौरव’

खासमा उनले के बोलेका थिए ? उनको बोलीले के संकेत गर्थ्यो ? हेर्नुस् भिडियोमा (उनको बोली ४३ सेकेन्डबाट आउँछ)

राजनीतिमा नलाग भनेको हो त ?

अडियो सुन्नुस्-

उनले स्पष्ट शब्दमा भनेका छन्-

‘यो विकृति हो, विकृतितिर उद्दत छ। त्यसैले अब यही रहेछ क्यारे भनेर सबै यसैको पछाडि लाग्न हुँदैन’

वक्तव्यमा उनले राजनीतिलाई विकृति भनेको भनेका छन्। यदि त्यसो हो भने उनले भनेको ‘अब यही रहेछ क्यारे भनेर सबै यसैको पछाडि लाग्नु हुँदैन’ भनेको चाहिँ राजनीतिमा लाग्नु हुँदैन भनेका हुन् त ? ल नेताले नै राजनीतिमा नलाग भनेर भनेको भए सम्मान गर्नुपर्ला त्यसो भए।

अनि उनले भनेका छन्, ‘नेताहरु हो क्रिकेटरहरुबाट सिक भनिएको छ। अब के हामीहरु सबै उनीहरुको पछाडि लागेर हिँड्ने ?’

यो चाहिँ उनले असन्तुष्टि जनाएको हो कि हैन ?

एयरपोर्टमा क्रिकेटरहरुलाई स्वागत गर्न उर्लेको भिडप्रति असन्तुष्टि जनाएको हो कि हैन ?

क्रिकेटरहरु नायक भएकोमा रिस गरेको हो कि हैन ? छुट्याउने जिम्मा तपाईँकै।

70 thoughts on “प्रचार गलत कि बोलेकै गलत ?”

  1. kumar gotame says:
    March 26, 2014 at 11:38 am

    Let’s consider Mr. C.P Gajurel is right in his place, and only concept that brings changes in the society is by politic, and by political parties. Why Mr. Gajurel is comparing this with Cricket. This is a separate platform to show the world that we are too capable of playing any games that is widely played in the world. If Nepali cricket fans gathered to congratulate the national team, why he linked the cricket team with politics, they played for the country to let know the world that we are here and they achieved that. But you political leader are playing the dirty game for the last 5 year in the name of constitution. what the HELL you achieved so far. May be you all wants to kill again 18000 innocent Nepali people to full fill your wants / dreams. BE CAREFUL, Nepali people are awaken now, they will not dance for the tune ur drum is playing.

    Reply
  2. Iku says:
    March 25, 2014 at 3:52 pm

    खेलाडी देशका सम्पति हुन् , नेता सम्पति हसुर्ने चोर हुन् ! खबरदार ज्यानमारा गजुरेल !

    Reply
  3. ganesh dhungana says:
    March 25, 2014 at 3:48 pm

    बुडेश्काल लागे संग-संगै केश त फुल्यो नै, दृस्टी र चेतना पनि धमिलो भयेछ इ हावादारी बुडाको… येही सिलसिला कायम भइराख्यो भने बुडालाइ रिपोर्टस क्लब होइन राची चै पुर्याउनु पर्छ

    Reply
  4. amrit subedi doha says:
    March 25, 2014 at 3:37 pm

    यो सम्योग मिल्यो भने पाकिस्तानमा सिरलंका का खेलाडी माथि भाको आक्रमण को दोस्रो रुप नेपाल मा हुन सक्छ !! कदमकदापी नेपाली क्रिकेटले यसरी नै पर्गती हुदै जानु, टेस्ट मान्यता पाउनु, नेपाल मा अन्तरास्ट्रिय स्टेडियम बन्नु , बिदेशी टिम नेपाल मा खेल्न आउदा सिपि गजुरेलको पार्टीले यसरीनै फ्लप हुदै जानु ! रामराम यी माओबादी ले बम हान्छन बिदेशी खेलाडीमाथी !!

    Reply
  5. Aayush says:
    March 25, 2014 at 2:28 pm

    बाउ बाजे हलो जोत्दा जोत्दै बिति हाले यो अलि अलि पढेलेखेको थियो बेलै मा जंगल पसी हाल्यो …………….कसरि जानोस खेल कुटनीति मान्छे मारेर आएको भए स्याबास दिने थियो

    Reply
  6. bikram timsina says:
    March 25, 2014 at 1:06 pm

    बिकृति वनेको राजनीतिलाई हो वनेर दुनियालाई आँफु जस्तै बेबकुफ सोंचेउ ????????/
    तर तिमि जस्ता गरिब जनता को पसिना को kaamai लै चांदा वन्दै कन्चेत मा बन्दुक राखेर लुटेरा खान पल्केका नेताले केहि संस्था ले खेलाडी लै प्रोत्साहन स्वोरुप दिएको नगद रकम लै कालो धन वनेर वन्नु कति सम्म जायज हुन्छ ? तेसो वाए तिम्ले अहिले सम्म उठाएका लिएका छन्द चाहिं कस्तो ध्हन हो त? कि तिमि र तिम्रो पार्टीलाई पैसा दिनेजतिका सम्पति चाहिं सेतो धन अरुका चाहिं कालो वन्न खोजेका हौ?
    येसो सोंच्दाअचेल तिम्लाई कसैले छिन्न वा कुरा गर्न पनि छोडे केरे तेही वयेरा मा पनि जिउन्दै छु है वन्न लै केहि उत्पत्यांग बोलेरमिडिया मा आफ्नो प्रचार गर्न लागेका हौ ?

    Reply
  7. Jillabasi baburam says:
    March 25, 2014 at 12:35 pm

    प्रचण्ड असिना प्रसाद र उसको छोरो डिएसपीको कपडा चोरेर लाउने मुन्द्रे ले त खुब घिउ र महको ठेकीमा कुइना दुबाउदै हसुरे, चिल्गाड़ी मा पनि सयर गरे तर यो सेतै फुलेको भोके
    खजुरेललाइ त कसैले पनि सुन्न छाडे! देशमा सत्र हजार मान्छे ढाल्नेको कसैले कुरो सुन्दैन! एउटा किलो ढाल्ने, यौटा गोलो ठोक्नेको यत्रो स्वागत! पीर नपरोस पनि कसरी, भोको पेटाँ!

    Reply
  8. SARJAN says:
    March 25, 2014 at 12:27 pm

    जुन कामको लागि बोलाएको हो त्यो नगरी किन जे पायो त्यहि बोल्दै हिद्छ यो नेता ? देश राजनेताले बनाउछ तिमिहरु जस्तो पाखण्डी नेताले होइन । देश र जनता को शिर संसारमा उच्च पार्न तिमीहरुले के के गर्योउ भनेर सबैलाई राम्ररी थाहा छ । जनता जति सुकै धनि भए पनि देश धनि र समृद्ध छैन भने संसारले सम्मान गर्दैन /जस्तो नेपालको हरियो पासपोर्ट लिएर विकसीत देश जनालाई भिसाको टेन्सन एकदम हुन्छ चाहे त्यो खर्बपति बिनोद चौदरीनै किन नहोस । यो सबै देश गरिब भएर हो अनि देशलाई गरिब यहि पाखण्डी नेताहरुको सिस्टमले गर्दा हो । खेलकुद यस्तो एउटा माद्यम हो जुनमा राम्रो खेल खेलेमा बिदेशीको भूमिममा गरिबै भए पनि देश को झन्डा सानले फहराउन सकिन्छ, शिर गौरबले उच्च गर्न सकिन्छ । तर यस्ता कुराले जनताको रगत चुस्न पल्केको शिपी जस्तो पाखण्डी नेतालाई केहि फरक पर्दैन । त्यसैले मुख छ र बोल्ने ठाउँ पायो भन्दैमा जे पायो त्यो नबोलेको राम्रो । कि आफु गर्नु कि अर्कोले गरेकोमा साथ दिनु ।

    Reply
  9. xenium says:
    March 25, 2014 at 10:07 am

    सायद उनले राजनति नै बिकृति तिर भन्न खोजेको होला तर बोल्दा राजनीति वन्ने सब्द मनमनै भने तर वोथबाट फुट्न नसकेको होला तेसैले यी नेता ले सहि नै सोचेका होलान ,
    ति सुन्ने सबै पत्रकार बन्धु तथा श्रोताको नै गल्ति वयेचा येत्रो द्याश माओबादी को नेता ले बोलेको मिलाएर सुन्नु पर्ने नि अझ सबसे ठुलो दोष त त्यो स्पिकर र मैकको हो नेता ले जे बोलेनी मिलाएर सबैले सुनाउनु पर्ने हो नि हा हा हा हा कस्ता कस्ता नेता ले जन्म लिए यो देशमा भनौ कि कस्ता कस्ता मान्छेलै नेता बनाए यी जनता ले .
    वैह्यत नेता !!!!

    Reply
  10. Dr. Lila Raj Dahal, Letang, Morang (now USA) says:
    March 25, 2014 at 8:53 am

    बोल्ने बेलामा फ्याट्ट बोल्दिहाले, जब तताततैबाट बिरोध हुन थाल्यो अनि बल्ल निद्राबाट ब्युँझेजसरि कुरो मिलाउन खोजे, तर “ढाँटेको कुरो, काट्टे मिल्दैन” भन्ने प्रचलित नेपाली उखान चाहिं चटक्कै भुले, हामरेड गजुरेलले। नेपाली राजनेताको हतारमा बोल्ने र फुर्सदमा पछुताउने अथवा हैन भन्ने यहि बिशिस्ट गुणले त नेपालको राजनीति सधैं कहिले समाधान नहुने दिशातिर उद्धत भैरहेको जस्तो देखिन्छ त ।

    Reply
  11. योगेश आदी says:
    March 25, 2014 at 8:05 am

    चुनाव पछि माओबादीहरु आफुले के के बर्बराउदै छु भन्ने हेक्का पनि नहुने अवस्थामा पुगेको अर्को एउटा उदाहरण…

    Reply
  12. Bishnu Adhikari says:
    March 25, 2014 at 7:59 am

    “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भनेको येही हो” / बिचार गजुरेललाई के महत्व श्रीखण्ड को /

    Reply
  13. Sabin says:
    March 25, 2014 at 7:22 am

    तेरा बाजे! नेपालको उन्नति राजनीतिले नै गर्छ?? के खुत्याइस कपाल फुलुन्जेल राजनीति गरेर?

    Reply
  14. Upaman says:
    March 25, 2014 at 6:10 am

    म सामान्यतया माओबादी भन्दा कन्सिरीका रौ तात्ने मान्छे, फेरि अर्कोतिर क्रिकेटको फ्यान अनि अलि अलि राजनीतिमा पनि चाख राख्ने मान्छे, तर यहानेर मलाई त्यो सिपि बुडाले भनेको कुरा पुरै १००% नै गलत हो जस्तो चाही लाग्दैन है ।

    हामी नेपालीको यौटा समस्या के छ भने हामी चाहिने भन्दा अलि बडी नै इमोसनल छौ । अहिले नेपालले हाम्रा सिमित साधन र श्रोतको बाबजुद त्यति राम्रो खेल पर्दसन गर्यो, एकदमै खुशी र गर्वको कुरा हो । हाम्रा खेलाडीहरुको पोटेन्सियल हेर्दा लाग्छ , यदि अलिकति लगानी पनि गर्ने हो भने, नेपालले क्रिकेटमा धमाका गर्छ । यसले एकातिर नेपालको नाम बिस्व जगतमा चिनाउन मदत गर्छ भने, अर्को तिर एकता र रास्त्रियाताको भावनालाइ पनि मजबुत बनाउछ जुन कुरा राजनीतिसंग पनि जोडिएको छ र हाम्रा नेताहरु यसबारे कुरा गरेर कहिल्येइ थक्दैनन पनि । तर यिनीहरुले रास्त्रियता र एकता मजबुत पर्ने होइन, धरासायी पर्ने काम मात्र गर्दै आएका छन् ।

    अब आयो देश विकास अनि निर्माणको कुरा जुन देशको स्थिर राजनीतिक व्यवस्था, त्यहि अनुसार नीति र कार्यक्रम र त्यस्ता नीति र कार्यक्रमलाइ लागु गर्ने प्रतिबद्दता मा भर पर्ने कुरा हो । तेसकारण देश विकास, निर्माण गर्ने मुख्यतया राजनीतिले नै हो । अझ भन्ने हो भने त क्रिकेटलाई राम्रो संग सस्थागत गर्न पनि राजनीति नै राम्रो हुनु पर्छ ।
    खेलको महत्व आफ्नो ठाउँ मा छ अनि राजनीतिको महत्व आफ्नो ठाउमा छ । दुबैलाई मिसाएर खिचडी बनाउनु दुर्भाग्य हो । हाम्रा देशका नेताहरु राम्रा भएनन् भन्दै मा राजनीतिले गर्ने काम क्रिकेटले गर्छ बन्ने ठान्नु चाई अहिले नेपालले क्रिकेटमा राम्रो गरेको खुशीको उन्मादमा अलिकति मात्तिने काम मात्र हो जुन हामी नेपाली को आदत नै भै सक्यो । दुखमा आत्तिने खुसीमा मात्तिने ।
    तर सी पी बुडाको त्यो ‘बिकृति’ भन्ने शब्द सुन्दा त मलाई पनि मुखमा हानु जस्तो भाथ्यो, के गर्ने ।

    Reply
  15. limbuwan limbu says:
    March 25, 2014 at 5:49 am

    yes our national cricket team has played very well But it’s does not mean that they won the world cup.
    Im agree with CPG some sort of angel.
    Too much publicity, too many drama on Nepali cricket business.
    This drama makes me flash back to 1994~95 when i used sing on the stage and whatever or however the song was, my friend used to give me some money as a fake reward.
    Finally i wanna say that yes they deserve some degree of honor. But not like ppl doing now a day…

    Reply
    1. Sisir says:
      March 25, 2014 at 11:21 am

      लिम्बु जी, सायद तपैले बिर्सनु भो होला, यो प्रदर्शन नेपाली खेलकुद इतिहास कै सबै भन्दा उच्चतम प्रदर्शन हो भनेर , तेसैले उनीहरु एसका हकदार छन् र यो कुनै ड्रमा पनि होइन , तर जसलाई राजिनिती बाहेक क्रिकेट वा खेलकुद संग तेती सरोकार छैन तिनीहरुको लागि यो उपलब्धिको महत्व थाहा नहुन पनि सक्छ .. चारै तिर निरासा मात्र अनुभब गरि रहेका सारा नेपालीमा खुसि हुने एउटा मौका सिर्जना गरिदिएका छन् .. यो ठुलै कुरा हो ..
      रहयो गजुरेल बाजे को कुरा, कहिँ कतै केहि उपलब्धि नमिलेको उनको राजनीतिमा यो केवल उनको frustration बोलि रहेछ र उनले इस्पस्त संग क्रिकेटको उपलब्धि संग जोडेर “बिकृति ” भनेका छन् ..
      यो देशको राजनीतिले हामी नेपाली अघाइ सक्यौं .

      Reply
    2. Alex says:
      March 25, 2014 at 3:10 pm

      We are living in 21st century and not in 18th century where you divide the country by mere caste . First try and be a proud Nepali . ( That’s for your nick Name )

      Now coming back to this so called leader’s speech.

      Nobody gives the shit about any leader who are good for nothing.
      They are like flop actors . There are prostitutes in the market who are better dignified than these leaders.
      No leaders ever made Nepalese people proud ! Lets face it .

      When cricket got us that pride while the world was watching its obvious for all Nepalese to feel proud. I believe you are not Nepali . You are just “LIMBU”

      And yes we din’t win the world cup but hey its a start and we failed by competing at the highest level . We didn’t fail by criticizing others unlike our dear leaders. If you are jealous of these players try and at least be “SOMETHING” for the nation .

      Reply
    3. Madan says:
      March 26, 2014 at 8:56 am

      your friend was supporting you, even though you were not a good singer. But how do you know if a leader is GOOD or BAD when you cannot KNOW how good YOUR FRIENDS were to you??

      Reply
      1. hari says:
        March 26, 2014 at 7:21 pm

        जाबो तित्वेन्टी को ३ वटा म्याच खेल्दैमा स्पेनले फुटबलमा वोल्ड कुप् जितेको भन्दा डरलाग्दो सम्मान छ…..झन् नेपाली टिम च्याम्पियन नै भयो भनेत तपैहरु जस्तो मान्छे त सिधै आत्मा हत्या नै गर्नु हुन्छ होला भनेर मलाई त डर पो लग्यो है गथे!….

        Reply
  16. HP says:
    March 25, 2014 at 5:21 am

    हामी नेपाली भेंडाहरु कहिले सुध्रिने हो,एस्तो पाराले?? “२-४ बर्षा पछी श्रीमान घर फर्किदा खुशी र लाजले धोती ले मुख छोप्दा नम्गिएको पत्तै पौदिनन रे श्रीमती ले” क्रीकेट मा एत्तिको प्रगती हुँदा एती धेरै नाङिने गरी खुशी हुनुको बेअर्थ होला, यो प्रगती अहिले हैन १० औ बर्ष अगाडि हुनुपर्ने हो तर नेपालको राजनैतीक अन्योल र नेताको बैमानी र धोन्का को कारण ले हुन सकेन र अझ पनि हामीले नेता सुधारन नलागेर क्रीकेट को सानो प्रगतिनै सबै उपलब्दी हो भन्न तिर लगेउ भने भबिश्या म हात्ती आयो हात्ती आयो फुस्स अबश्य होला।। गजुरेल को निजी बिचारमा पुत्ला जलौने जस्तो निच र निक्रिस्त व्यबहार सफलता को पारीपुरक हुनै सक्दैनन,,, चेतना भया।

    Reply
  17. j parajuli says:
    March 25, 2014 at 4:16 am

    क्रिकेटर बाट सिक्नु भनेको नेपाल र नेपाली लाई फुटाउने हैन जुटाउने अभियान मा लाग्नुस् भन्या क्या. मति भ्रष्ट भएर बिस्तारबादीको agenda कार्यान्वयन मा लाग्नु भाको
    २० वर्ष हुन लाग्यो. जाति र भूगोल का नाममा जनता लडाएर र देश टुक्र्याएर आज सम्म संसारमा कुनै पनि राष्ट्रको उन्नति भएको, राष्ट्रियता बलियो भएको यौटा मात्र उदाहरण नेपाली जनता लाई देखाउन सक्नु हुन्छ?

    Reply
  18. mani says:
    March 25, 2014 at 12:27 am

    गजुरेल बा लाई आफु ले येत्रा कुक्रित्र गर्दा गर्दै मेडिया मा स्थान पाउन हम्मे हम्मे परि रा को बेला मा नेपाल को खेलाडीहरु ले देश को नाम उचा राखेर बझा गाजा सहित को सम्मान पाएको र पुरै राष्ट्रिय अन्तरास्ट्रिय मेडिया मा छाएको कुरा अलि पचेन जस्तो लग्यो |
    जिब्रो न भा को हाड ए रातै हाड न भाको जिब्रो चिप्ली हाल्यो अनि आइले पुत्ला जल्न थाल्यो भनेर थोरै सचायुना लगेचन बुडा |
    Any Publicity is good Publicity भनेर लागेका छन् – ड्यास बा
    दोस्रो बिस्व युध्य ताका एउटा नेता ले भनेका थिए रे यो क्री के ट खेल्ने भन्धा हेर्ने झन् मुर्ख. … तिन को त सखाप नै भयो अब गजुरेल बा पनि तेस्तै कुरा गर्न थालेचन.
    होयेना यी सब्बै नेता को तस्बिर बनाएर पचली घाट मा लगेर ताष्णु पर्यो अनि त सधै जनता ले देख्ने भए अनि पूजा गर्ने ले पूजा , थुक्ने ले थुक्ने … अनि त उनि सधै मेडिया मा छाई हाल्चन|

    Reply
  19. Naresh says:
    March 24, 2014 at 11:31 pm

    यि गजुरेलका बाउले यिनलाई जन्म दिएर देशमा ठुलो विकृति फैलाएको छ भन्ने हाम्रो ठहर छ ।

    Reply
  20. raj says:
    March 24, 2014 at 11:17 pm

    बोली फय्रुवाहरु को कुरो यस्तै हुन्छ हो , के गरने होईन र … मुर्ख नेता हो …

    Reply
  21. उज्ज्वल पौडेल, भरतपुर १०- चितवन, नहर पारीको तेस्रो घर says:
    March 24, 2014 at 11:11 pm

    भनेको कुरालाई हो मैले भनेको भन्नु पर्छ नि | हुन त हो नि, हामीले जति सुकै उफ्रिएर कराएर , राम्रो खेलेर जे गरे पनि , देशको मुहार खेलकुद ले फेर्न सक्दैन | देशको मुहार फेर्न राजनीती नै चाहिन्छ | (भलै उनको जस्तो राजनीतिले गर्दैन, अहिलेको राजनीतिले गर्दैन ) |
    अन्यथा नलिनु, म पनि क्रिकेटको ठुलो फ्यान हो | सन् २००३ को वोर्ल्ड कप मा पाकिस्तान बाट खेल्ने खेलाडीहरु अझै पनि क्रमैसंग भन्न सक्छु | तर खेलकुद ले नै बिकाश गर्ने भए पाकिस्तानले त झन् वोर्ल्ड कप नै जितेको छ, ५० ओवर format मा पनि , २० over formatमा पनि , खै त ??
    गजुरेलले भन्या कुरा त ठिकै हो, तर मिलाएर भन्न जानेनन्, जनता भड़क्याउने काम मात्र गरे |

    Reply
    1. Vijay says:
      March 25, 2014 at 2:25 pm

      क्रिकेटले देशको विकाश गर्ला नगर्ला आफ्नो ठाउँमा छ….तर सारा नेपाल र विश्व भरका नेपालीमा जुन एकता देखियो त्यतिबेला, न कुनै जात, न धर्म, जसरि हुर्रे र बधाई को स्वरमा स्वर मिलाउन एकत्र भए…त्यो पल र त्यो भावनामा ठेस पुग्ने गरि जाबो एउटा नेतोले प्याच्च भन्दा जनता लाइ रिस उठ्नु त स्वाभाविक नै हो नि !!

      Reply
  22. सुइरे says:
    March 24, 2014 at 11:00 pm

    ए गजुरेल अङ्कल,
    यो क्रिकेट स्रिकेट ले देश बन्ने बनाउने होइन तर देश त तिमेरुले बनाइ हाल्छौ नि!
    कस्तो बुद्दि हो तिम्रो,
    यी आजका केटाहरुलाई यहि क्रिकेट फुटबल आदि तिर भुलाइदियो भने तिम्मेरुले आनन्दसँग देश कोपरेर लुट्न पाउछौ क्या!
    यी केटा केटि हरुलाई लभर्स प्वोइण्ट बनाइदिने, क्रिकेट खेल्ने चौर बनाइदिने ब्याट र बल दिने भकुण्डो खेल्ने चौर बनाइदिने र भकुण्डो दिएर खेल भन्दियो भने उनीहरु तेही एउटा क्रिकेट बलामा बिस तिस जना झुम्मिएर दगुरा दगुर गर्छन त्यो हेर्ने सय पचास जना वोरिपारी बसी हेरी हाइ सन्चो गर्छन उता भकुण्डो खेल्ने चौर बनाइदियर एसो भकुण्डो बाडिदिय एउटा भकुण्डो दिए तिस सालिस केटा तेसैमा भुल्छन तेसैमा रुङ्गिञ्छन अनि त्यो हेर्ने दश बिस दर्जन मान्छे पनि तेती भुल्छन तिमीहरुलाई आनन्दी हुन्छ!
    केटाकेटी हरुले पनि वा हाम्लाई खेल्ने ठाउ बनाइदियो भकुण्डो दियो भनेर रमाउछन तिमेरुको जयजय गर्छन तिमेरुको बाटोमा अल्झो बन्दैनन्!
    अनि तिमेरु देश बनाउन लागो त!
    त्यो पो तरिका त्!
    यत्ति बुद्दिपानी नभाको ले के राजनीति गर्छु!
    ब्रिटिश एम्पायर ले इण्डियन र उनीहरुले राज गरेको देशको मान्छेलाई क्रिकेट सिकाएकै उनीहरुलाई घाममा टट्टायर पसिनापसिना गर्दै एउटा बलको पछाडि तितर बितर गरि दौडायो आफु सितालामा बसेर तिनीहरु दौडेको मजालियो वा वा भनेर तालि पड्कायो अनि आफ्नो राजकाज पनि टिकिरहने मजा पनि आइ रहने!
    हो त्यो पो राजनीति त तेस्तोपो पोलिटिक्स त!
    तिमिहरुचाही दुइ चार हजार मान्छे क्रिकेट खेल्ने को पछि दौडियो भनेर , ‘ओहो यिनीहरुको पछि हाम्रो भन्दा धेरै मान्छेलाग्यो कतै चुनाबमा उठेर हाम्लाई फ्याकिदिने त होइन भन्ने चिन्ताले सतायो!’
    थुक्क बुद्दि!
    यस्ताले के बनाउछ र देश, कमसेकम यी क्रिकेटर वालाले त एक छिन लाइ भनेपनि मजा दिएको छ, कुरा गर्ने बातामारने मौका दिएको छ! केहि समयलाई भनेपनि देशलाई रौनक त दियको छ!
    तिमेरु त थुक्क,
    सिको, सिक्नु पर्यो यी क्रिकेटर बाट, मैदानमा विपक्षीलाई कसरि माथ दिने भनेर!
    देश त तिमरुले बनायौ र यिनीहरुले बनाउछन भनेर आशा गर्ने, त्यो त हामीले सोचेकै छैनौ चिन्ता नगरे हुन्छ,
    जवसम्म तिमेरु रहन्छौ राजनीति र देशमा तबसम्म योदेश कुनै गोले हरुले पनि बनाउन सक्दैन, इन्द्र्या बाउ चन्द्रे आयनी सक्दैन!
    बेकारमा क्रिकेट ले केहि रौनक दिराकोबेला खल्बलाइदियर!
    थुक्क

    Reply
  23. sbh says:
    March 24, 2014 at 11:00 pm

    He is a liar. He was caught in India, trying to go England on a fake travel documents and was jailed. His daughter lied on her Asylum case in France and arrested too. Laaj nabhyee pachi….tukkha…

    Reply
  24. Navin says:
    March 24, 2014 at 10:07 pm

    क्रिकेट को बल र ब्याट होइन बन्दुक र बम उठाउनु पर्छ… अन्तरास्ट्रिय मैदान मा बिपछी खेलाडी लाई बोल्ड र क्याच आउट होइन …आफनै देस मा आफ्नै दाजु भाई लाई गोलि ले उडाउनु पर्छ र टाउको छिनौनु पर्छ …अनि मात्र देस को विकास हुन्छ …त्यसैले दाजु भाई क्रिकेट होइन ..हतियार उठाउ…बन्दुक उठाउ …नभए हसिया उठाउ….र हाम्रो महान विचारधारा बाट ओतप्रोत राजनीति द्वारा देस को विकास गरौँ…र म जस्ता विद्वान पाखण्डी लाई देस को नेता बनाउ…
    सबैलाई चेतना भया..!!!

    Reply
  25. tulsi paudel says:
    March 24, 2014 at 10:00 pm

    गजुरेल बा को बुद्दि त किराले खाई सके जस्तो छ / विडियो मा त प्रस्ट संग यो बिकिर्ती हो भनेर भनेको सुनिन्छ त /

    Reply
    1. prabhat says:
      March 25, 2014 at 4:19 am

      मनोज गजुरेल जी, होसियार है, सुरुको समाचार को हेदिंग हेर्दा त, लखत्तम मेरो मनपर्ने ब्येक्तितो मनोज गजुरेल ले के बोले छ त भनि हेर्दा त, गनाउने राजनीति गरि जेपायो त्येही बोल्ने ” चरी प्रसाद गजुरेल’ पो रहेछ, बल्ल ढुक्क भयो – नेता पो रहेछ ( नेपाल मा नेता भन्ने सब्द कति तल्लोस्तरको भैसकेछ)

      Reply
  26. शशङ लामा says:
    March 24, 2014 at 9:50 pm

    शुरुमा गजुरेलजीले सुर मिलाएका थिए, तर बिट मार्ने बेला उनी बेसुर भए !!!

    Reply
  27. शिब बेल्बासे says:
    March 24, 2014 at 9:35 pm

    नेपाल को राजनीति बिकृती तिर उद्दत छ भनेका छन।
    क्रीकेट बिकृती तिर उद्दत छ भनेको हैन,
    अब अर्थ लाइ अनर्थ लगाउने लाइ के गर्न सकिन्छ र?

    Reply
    1. योगेश आदी says:
      March 25, 2014 at 8:03 am

      शिवजी, एकपटक पुन: भिडियो रिकर्ड सुन्ने कि ?! मैले त ३ पटक सुनें, तिनै पटक क्रिकेटको समर्थनमा उर्लिएको जनमतलाइ बिकृति भन्ने आसयको अभिव्यक्ति सुनें /

      Reply
  28. amar says:
    March 24, 2014 at 9:11 pm

    यो आतंकारीलाई के थाह छ र, खेलकुदले कसरी देशलाई unite गर्छ भनेर? महामानब नेलसन मण्डेलाले आफु राष्ट्रपति भएपछि कसरी गोरा र कालालाई Rugby को माध्यमबाट unite गरेका थिए! निर्दोष जनतालाई bomb हान्ने, जिउदै बालकलाई जलाउने काममात्र त गर्छन यो नेपालको अभिसापहरु! थुक्क!!

    Reply
  29. Aryab Man Singh Basnyat says:
    March 24, 2014 at 9:04 pm

    क्रिकेटमा नेपालले गरेको उपलब्धिमा खुसि हुन पनि नपाउनु …. हामी एकजुट भएमा हाम्रो एकता भएमा हामी सबै सिंगो नेपाली भएर काम गरेमा असम्भब के नै छ र .. तेती संदेश त हाम्रो क्रिकेट खेलाडीबाट त सिक्नै पर्छ यो नेता भनौदाहरुले. देश बिगार्ने बेलामा चै एक जुट हुन सक्ने अनि बनाउने बेलामा चै के को नाटक !!! भुक्ने कुकुर ले टोक्दैन…
    रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो …..

    Reply
  30. moti lal says:
    March 24, 2014 at 7:40 pm

    जनताले नेता हरुलाई अब क्रिकेट खेलाडी बाट खेल होइन team work सिक्न भनेका हुन् क्रिकेट सिक्न होइन होला कस्तो अर्ध चेतना भयका मान्छे हुन् | अर्को कुरा सी पी कमरेड ले बिना खेलकुदको कस्तो देशको कल्पना गरेका छन कुन्नि खेलकुदले बिकृति भित्र्याउने देखेका हुन्|

    Reply
  31. रैथाने says:
    March 24, 2014 at 7:10 pm

    खै मैले त तेस्तो उफ्रीपाफ्री गरेर पुतली जलाउनुपर्ने उछित्तो काटेर बेस्सरी गालिगारी खोइरो खन्न पर्ने केहि देखिन त्!
    कुरो अलिकति चाहि टुइस्ट भयकै होकी त्यो बिकृति भनेको ठाउनेर, तरपनि उनले भनेको कुरा तेस्तो नकारात्मक र अश्वोभाबिक चाहि छैन है!
    कुरो चाहि के भने,
    यी गजुरेल बुढो ले फलाम तात्या बेला समात्नु हुदैन भन्नेकुरा बुझ्नुपर्ने थियो तर यिनले फलाम चानचुने तातोमा होइन कि राग्गिएर रातो भै आगो भयको बेलामा फ्यात्त समाते!
    अब फलाम तातेर रंकिदा समात्न हुदैन भन्ने नजान्ने मान्छेले राजनीति गरेर देशलाई कहा पुर्याउला त गाठे!

    Reply
  32. ashok says:
    March 24, 2014 at 7:09 pm

    बिरोध गर्नेहरुलाई एउटा प्रश्न: त्यसो भए अब क्रिकेट खेल्ने हरुलाई देश बनाओ भन्नु पर्ने हो त? गजुरेल भनेको कुरा ठिकै त हो नि?

    Reply
  33. Rajesh rai says:
    March 24, 2014 at 6:42 pm

    नाटके काका फेरी अर्को टिप्पणी गर्ने हो कि/

    Reply
  34. roshan says:
    March 24, 2014 at 6:36 pm

    जंगली 😀 यस्ता जंगली मान्छेहरु देश का नेता भएसी देशको के उभो लाग्थियो र !

    Reply
  35. Kishore Kumar says:
    March 24, 2014 at 6:19 pm

    क्रिकेटबाट सिक भनेको कुरो नबुझ्ने नेता रैछ l म बुझाइदिन्छु – एकजुट होउ,मेहेनत गर,देशको नाम उच्च राख भनेको हो ए मुर्ख नेता l कस्तो मन्द बुद्धि पो रैछ l

    Reply
  36. िदवा says:
    March 24, 2014 at 6:08 pm

    बिगत लामो समय देखी देशमा राम्रा र गर्ब गर्न लाएक का समाचार बिरलै सुनिएको अनुभुती सारा नेपालीमा छ । यस बिचमा नेपाली क्रिकेट खेलाडीहरुको कारण नेपाल संसार भरी छाइरहेको समाचार आउदा कुन नेपालीलाइ खुशी नलाग्ला ? तर यो अबस्थामा पनी कोही यस्ता नेपाली रहेछन जसलाइ यो खुशी बिक्रीती लागेछ । सिद्दान्त विहिन, पद र क्यास को कुरा नमिल्दा पार्टी नै फोडेर अलग गुट निर्माण गरी देशलाइ अझ जरजर बनाउने तथा हत्या र हिंसाको माहिर अनी मजदुरको नारा बोकेको नौटंकी गर्दै मजदुरहरुलाइ उनीहरुकै गाडीमा ज्युदै जलाएर मार्ने कुकर्म गर्ने “नेपाली तालीवानी” को उपमा पाएको समुहको उप-नाइकेले नेपाललाइ संसार सामु चिनाउन सफल क्रिकेट खेलाडीको कारण देशमा विक्रिती फैलियको बताउदा सबैको नेपालीको एकतामा आँच पुगेको छ । यीनलाइ जती सुकै अपशब्द प्रयोग गरेर गाली गरे पनी कम हुन्छ । यी कथित उप-नाइके तिनै हुन जो मजदुर र महिलाको हक र हितको बारेमा बोल्दै हिड्छन र आफ्नो बुहारीले कम दाइजो ल्यायो भनेर उनलाइ अनेकौ टर्चर दिलाएको खबर मेडिया मै सुनिएको थियो । अझ पनी यीनका पछि पछि दगुर्ने हरु त मेरो नजरमा गु का किरै हुन् ल जा ।

    Reply
  37. बिक्रम नेपालीस्ट says:
    March 24, 2014 at 5:08 pm

    कुरो र कुलोलाई जता मोडे पनि हुने रहेछ । सिपि गजुरेलको पक्ष लिएको होइन तर उनले बोलेको संधर्वलाई जोडेर उनको भनाईको अभिप्राय बुज्ने हो भने – “नेताहरु क्रिकेटरबाट सिक” भन्ने भनाईलाई लक्षित गर्दै राजनीति र खेलकुदलाई एकै ठाउमा जोडेर नेता वा राजनीतिसंग तुलना गरेको देख्दा खेलकुदले नाम त राख्ला, खेलाडीले पैसो पनि कमाउलान तर त्यसरी मात्रै विकाश हुने होइन बरु राजनीति नै सबै परिवर्तनको संवाहक हो भन्ने अभिप्राय स्पष्ट छ । क्रिकेटको सफलतालाई अपमानित गर्ने उनको आशय होला त भनी पत्याउनेहरुले सेतै फुलेका बुढाको विश्लेषण त्यस्तै हो त भनि कसरी पत्याउलान !

    Reply
    1. Sisir says:
      March 25, 2014 at 4:22 pm

      एः उसो हो भने गजुरेल बाजेले राजनीति चाही बिकृति हो भनेका होलान होइन ? होइन भने यो “बिकृति” हो भनेर उनले के लाई भन्न खोजेका हुन् ?
      We do not required all these expired medicine for our country to prosperous.

      Reply
  38. Manoj says:
    March 24, 2014 at 5:02 pm

    भिडियोमा उनले बोल्न थालेपछि कुनै पनि इफेक्ट वा कट गरिएको छैन । सिधै सिंगल फ्रेम सिंगल सट हो । उनी लगतार बोल्छन् र बोलिरहन्छन् ।

    Reply
  39. Samjhana says:
    March 24, 2014 at 4:51 pm

    बाँदरले न आफ्नो घर बनाउछ न अरुलाई बनाउन दिन्छ | रह्यो क्रिकेटको कुरा, बन्दर क्या जाने अद्रक का स्वाद |

    Reply
  40. Mani says:
    March 24, 2014 at 4:51 pm

    कुरा त प्रस्ट छ गजुरेल को विडियो ले न गरि सक्यो. अझै कति लाज पचाएर जनतालाई बेकुफ बनाउन सकेको होला. अलिकता पनि लाज मान्ने भएको भए माफी माग्नु पर्ने हो तर ठग र तनाशाई शैली मा अरुलाई दोष लगाउने यी दुस्ट नेताहरुले यो देशको यस्तो गति पारे.

    Reply
  41. ramzi says:
    March 24, 2014 at 4:46 pm

    अब के नेपाल बन्द गरे र डुंगा हानेर , तिमिहरुले जस्तो बस भित्र बसेको मान्छे लै आगो लगायर देश को मुहार फेरिन्छ त.
    देश को मुहार फेरिन त तिमीहरु जस्तो लाए ” हेग” मा उभौनु पर्छ.

    Reply
  42. Krishna says:
    March 24, 2014 at 4:41 pm

    स्वयं म्याच हार्ने टीम अफगानिस्तान ले सम्म जीत का पछाडी नेपाली क्रिकेटरहरुको हौसला, अनुशासन तथा टीम वर्क को सराहना गरि रहेको अवस्था मा आफ्नो जीत लाइ सम्मान गर्न यी चुनाब हरुवा ले कहाँ सक्छन र ?

    Reply
  43. Nabin Adhikari says:
    March 24, 2014 at 4:31 pm

    गजुरेल बा पनि बोली फेर्न त प्रचन्ड जत्तीकै खप्पिस रहेछन बाइ !!

    Reply
  44. Kishan says:
    March 24, 2014 at 4:28 pm

    मलाई लाग्न थालो गजुरेल नै एउटा बिकृति हो यो देश को लागि.

    Reply
  45. bakullo says:
    March 24, 2014 at 4:06 pm

    बल्ल पायौ एउटा कुरा एकजुट हुन भनि
    तेही पनि खोस्ने कोशिस नगर अनि
    खेली सकिस धेरै पसिना र रगत को होलि
    तँ जस्ता नेता नसुध्रे जनताले घेरा हाल्छन भोलि

    नेता भएर नेत्रित्व देखाऊन सिक
    पारस खड्काबाट लिडर्शिप र टिम्वर्क सिक
    एकता के हो नेपाली क्रिकेटबाट सिक
    हैन भने कुलेलम ठोक्नालाई तम्लाकुम्ला झिक

    तलाई पचेन नेपाली जनताको खुसि
    देख्न सकिनस जनतामा पलाएको एकताको बिज
    रोदन र चित्कार मा जनतालाई देख्ने तेरो बानि
    जनताको एकता जलन भो , थुक्क ए अज्ञानी?

    युद्द गरिस , राजनीति गरिस
    ढुकुटी रित्तयिस , जनता रुवैस
    जनताले अलि खुसि हुन खोज्दै थिए
    तेस्मा पनि तैंले तेरो गिद्दे आँखा लगाइस?

    अब त जस्ताका दिन गए बाबु
    तेरो कुरामा भुल्ने कोही छैन
    बार बार मुर्ख हुने जनता हामी हैन
    सके जती गर , या कतै गएर मर
    जनतालाई छैन त जस्ताको डर

    एक हुन्छ देश अब क्रीकेटको सुत्रमा
    पृथ्वी नारायण शाहले सुरु गरेको काम
    पुरा हुन्छ क्रीकेटको आडमा
    क्रीकेट अब अघी बढ्छ,नेपाली जनताको साथमा

    जय नेपाल

    Reply
  46. KEDAR says:
    March 24, 2014 at 4:00 pm

    जनताले बुझ्नु पर्ने, सुन्नु पर्ने र हिंड्नु पर्ने नेता र राजनीतीबाट मात्रै ?
    मलाइ त गजुरेलले मुख फोरेर ठिकै गरे जस्तो लागेको छ, कमसेकम नेता भित्र लुकेको तुष कस्तो हुँदो रहेछ देख्न त पाइयो | अरु नेता भनाउँदाले लाज गाल ले मात्र भन्न नसकेका होलान | झन् प्रचन्डलाई त कस्तो हुंडलेर आको होला भित्रै बाट |

    Reply
  47. भगवान ओखलढुंगे says:
    March 24, 2014 at 4:00 pm

    नेपाली टिमले गरेको एतिहासिक सफलता सी पी गजुरेलका लागि बिकृति भयो भने मवाबदिले गरको ज्याजति,निर्दोष ब्यक्ति सुराकीको भरमा सत्य तथ्य नाभुजिनै भाटे कारबाही देखि हत्या सम्म, लुटपाट, जबर्जस्ति चन्दा बटुल्ने, द्वान्दकल्का धनसंपति र जग्गा जमिन जफत अहिले सम्म फिर्ता नगर्नु यो चाही एतिहासिक सफलता भन्लान जस्तो छ गजुरेल जीले

    अब उनले गलत बक्तब्य दिएकोमा सार्बजनिक रुपमा माफी माग्नु सबै भन्दा बुद्धिमानी हुनेछ साथै भबिस्यमा यस्ता गलत कार्य नगर्ने प्रतिबद्धता पनि सार्बजनिक रुपमा दिनु पर्छ !

    Reply
  48. dhakri mailo says:
    March 24, 2014 at 3:37 pm

    कि बोलेकै गलत I जुन किसिम ले गजुरेल ले क्रिकेट, भलिबल, फुटबल ले नेपाल को अनुहार फ़ेरिदैन भनेको छ नि अनि देश को अनुहार राजनीति ले मात्र फेरिन्छ भनेर भनेको छ तर २० वर्ष भन्दा लामो समय भो प्रजातन्त्र आको किन नेपाल जहिले नि पछि को पछि? येही गजुरेल जस्ता स्वाठ नेता को कारण ले हो भन्ने हाम्लाई लाइराछ.

    Reply
  49. Kris says:
    March 24, 2014 at 3:34 pm

    आफु पनि नगर्ने ,गरेको र गर्न खोज्नेलाई नि गर्न नदिने नेपालको राजनीतिज्ञ हरुको सारै नराम्रो परिपाटी को जलन्त उदारणहो यो.

    Reply
  50. Sanjaya says:
    March 24, 2014 at 3:14 pm

    यो गजुरेलको पतनोन्मुख भविष्य, पराजय, कुण्ठा र निरासाको बहुलठ्ठीपूर्ण बर्बराहट हो ।

    Reply
  51. भोला कोइराला says:
    March 24, 2014 at 3:12 pm

    तालिवानको नेपाली संस्करण……तालिवानीले पनि रंगशालामा खेलाडी तथा आम नागरिकको कत्लेआम गर्दथे……यिनले प्रष्ट रुपमै भनेका हुन कि यदि हाम्रो शासन आयो भने यस्तो क्रिकेटको पछि लाग्नेहरुलाई रंगशालामा लगेर बलिङ र ब्याटिङ गरिनेछ भनेर….

    Reply
  52. S.Bajracharya says:
    March 24, 2014 at 2:52 pm

    गलत प्रचार नै हो यो!देस कुसल नीति ले नै बनेय हो खेल ले होइन.खेल खेल मै सिमित हुन्छ

    Reply
  53. Sharan Shrestha says:
    March 24, 2014 at 2:49 pm

    हुँदा हुँदा यो भाते नेताले, के अब नेपाली जनताले नेपालीमा यसले गरेको भाषण पनि बुझ्दैन भन्ठाने छ कि के हो ? पहिले तीन माना खाएर आएर भाषण गर्ने अनि मैले यो भन्या नै होइन ..गलत अर्थ लगाईयो भनेर भन्ने…फेरी आफ्नो title चाहिं “गौरव” रे…यसले अहिले सम्म गौरव गर्न लायक काम के चाहिं गरया रहेछ खॆ????

    Reply
  54. sagar says:
    March 24, 2014 at 2:18 pm

    सर्प मुके हुन दुई जिब्रे लाई के भन्ने जे भने पनि कम हुन्छबोल्दा बोली सही हुनु पर्यो नि बोली नै असबय भएपछि बोली नै गल्ती हो

    Reply
  55. surya lama says:
    March 24, 2014 at 2:15 pm

    सीपी गजुरेलको भनाइ सही हो। खेलकुद्ले देश चिनाउने हो, बनाउने होइन। देश बनाउने त आखिरमा राजनीतिले नै हो।

    Reply
    1. Sansmee says:
      March 28, 2014 at 7:35 am

      नेपालको सन्दर्भमा राजनीतिले देश बनाउने होइन देशलाई खोक्रो पर्ने हो .

      Reply
  56. Mithu Wosti says:
    March 24, 2014 at 2:08 pm

    सिपी गजुरेलहरुको फोहोरी र विकृत राजनीतिक खेलले भन्दा त बरु क्रिकेटले नै नेपालको अनुहार फेर्छ ।

    Reply
  57. achut says:
    March 24, 2014 at 2:01 pm

    बिचरा बाजे !! को ‘बिकृति तिर उद्दत’ मगज को ‘बिकृति तिर उद्दत’ विचार…मान्छे मारेको समाचार मा आफ्नो नाम मुछिदा आनन्दित हुने मा’हान क्रान्तिकारी बुढो जल्लाद लाई बिस्व सामु गौरब साथ नेपाली झन्डा फहराएर आएका योद्धा हरु लाई देश ले गरेको, मिडिया ले गरेको सम्मान किन पच्थ्यो र….चुनाब त आवस न ‘छक्का’ कसरि हान्छन दुनिया ले/

    Reply
  58. Binay says:
    March 24, 2014 at 1:58 pm

    नेपालका लाज पचेका नेता, जे बोले पनि हुन्छ भन थान्चन अनि कसैले तेस्को बिरोध गर्यो भने मैले बोलेकै होइन भंचन.

    Reply
  59. BPN says:
    March 24, 2014 at 1:57 pm

    जस्ले देश समाज र राष्ट्रको लागि केहि गरेको छैन उसैको उपनाम “गौरव ” रे …..जस्ले देशको नाम बिस्वमा परिचित गरायो त्यो चाही बिकृति रे …गजब रहेछ सि. पी. गजुरेलजी को धारणा …नेपाली जनतालाई कति मुर्ख बनाउन खोज्नु हुन्छ “बिकृतिजी” ये गल्ति पो भएछ सि पी गजुरेल “गौरब जी….

    Reply
  60. मनु क्षेत्री स्याङ्जाली says:
    March 24, 2014 at 1:43 pm

    होईना यो कस्तो सस्कारको बिकास गर्दै छन यी दुइपैसे कु-नेताले जस्ले पनि बोल्ने बेलामा केहि हेक्का नराखी बोल्ने अनि बिरोध र आलोचना खेप्न नसकने भएसि भोली पल्ट एक टुक्रा कागजमा दुइ अक्क्षेर कोरेर आफैले बोलेको आफ्नै दोष मिडियालाइ थोपरेर देखा देख झूट बोल्ने होइन यी नेताले जनतालाई मान्छे थाँदैनन् कि के हो जानी जानी हाम्रा आँखा-मुख कान सबै तीर सुसु गर्दीने के बोलेको भन्ने त सबैले देखे सुने त,, यस्ताको पनि सहयोग र समर्थनमा देखिने अरु केहि मान्छे झन कस्ता होलान… बरु गल्ति स्वीकार गरी माफ़ी मागेको भए सबैको नजरमा गिरने थिएनौ गजुरेल बुड़ा…. छिटै सदबुद्धि आवोस…

    Reply
  61. RKC says:
    March 24, 2014 at 1:31 pm

    ती खेलाडी भनेका देशका लागि लड्ने सिपाही जस्तै हुन, तिनका उपलब्धी लाई लल्कार्ने लाई धिक्कार छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme