Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेताभन्दा क्रिकेटर लोकप्रिय भएपछि गजुरेललाई टेन्सन

Posted on March 22, 2014March 22, 2014 by Salokya

cp विश्वकपमा शानदार प्रदर्शन गरेर विदेशीको समेत वाहवाही पाएर फर्केका क्रिकेट खेलाडीहरु सर्वत्र चर्चाको विषय बनेका छन्। वर्षौँपछि नेपाली अखबारका प्रथम पृष्ठबाट राजनीतिसहित अरु विषय भित्रको पेजमा धकेलिएर क्रिकेट पहिलो पेजको प्रमुख समाचार बनेको छ। जता गए पनि क्रिकेटकै चर्चा। हिजो टोली फर्कँदा विमानस्थलमा क्रिकेटरहरुलाई स्वागत गर्नेको भिड थामिनसक्नु थियो।

यो देखेर नेताहरुलाई टेन्सन भइरहेको होला। अरुले त मुख खोलेनन्। तर ड्यास माओवादीका उपाध्यक्ष सिपी गजुरेलले भने सहनै सकेनछन्। शनिबार आयोजित एक कार्यक्रममा उनले मुखै फोरेर भने, यो विकृति हो। यतातिर सबै लाग्नु हुँदैन।

क्रिकेट खेल्नेहरु नेपालको नायक भएको र एयरपोर्टमा उनीहरुलाई स्वागतका लागि उर्लेको भिडप्रति उनले उनले असन्तुष्टि व्यक्त गरे।

‘नेताहरु हो क्रिकेटरहरुबाट सिक भनिएको छ। अब के हामीहरु सबै उनीहरुको पछाडि लागेर हिँड्ने ?’ उनले सोधे।

जवाफ पनि उनैले दिए, हुँदैन त्यस्तो।

नेपालको अनुहारको पनि निकै चिन्ता रहेछ उनलाई। त्यसैले भने, जति राम्रो क्रिकेट खेले पनि नेपालको अनुहार कहिल्यै फेरिँदैन।

‘यो विकृति हो, विकृतितिर उद्दत छ। त्यसैले अब यही रहेछ क्यारे भनेर सबै यसैको पछाडि लाग्न हुँदैन,’ गजुरेलको महावाणी।

हेर्नुस् उनले के भने, उनकै शब्दमा-

भिडियो सौजन्यः मनोज सत्याल

बिचरा गणेश थापालाई क्या टेन्सन भो होला। यत्रो वर्ष भो फुटबलतिर सबै लाग्लान् भन्ने डर नेताहरुलाई भएन, क्रिकेटका पछाडि सबै लाग्लान् भनेर नेताहरुलाई समेत डर भइसक्यो।

नेताहरुलाई क्रिकेटरहरुबाट सिक भनेकोमा साह्रै रिस उठेको रहेछ। अरु नभए पनि नेताहरुले क्रिकेटरहरुबाट विशेष गरी नेपाली टिमका कप्तान पारस खड्काबाट ‘कसरी बोल्ने’ भन्ने चिज सिक्नु चाहिँ जरुरी छ। हेर्नुस् उनी कसरी बोल्छन् यो भिडियोमा।

126 thoughts on “नेताभन्दा क्रिकेटर लोकप्रिय भएपछि गजुरेललाई टेन्सन”

  1. Raj says:
    March 27, 2014 at 7:25 pm

    नेताजी बोल्दा अलि विचार पुराउनु होला .

    Reply
  2. Raj says:
    March 25, 2014 at 11:43 pm

    गगुरेल जी तपाइको अनुसार ,तेञ्जिङ्ग Sherpa ले सगरमाथा चदनु ब्रिकृति , गौतम बुध्ध्हा Nepal मा जन्मनु ब्रिकृति, नेपाली क्रेकेतर ले नेपालको नाम बिस्वू मा चिनाउनु ब्रिक्रिति. तपाई को आनुसार सिधा साधा जनतालाई बेब्कुप बनाएर आफ्नो स्वार्थ लूटने नेताहरु अनुसासित ?. के तपाईहरुको दिमाग त ठिक छ ? अब पनि हामी मात्र बाठो नेपाली जनता भेदा भन्ने तपाई को विचार हो ? एस पटकको चुनाब को रिजल्ट ले ठपाठ सिक्नु पर्ने हो. तपाई पागल त हुनु भएन जेपयो तेही बोल्दै हिड्नु हुन्छ.तपाई जस्तो नेताले बोल्नु भन्दा पहिले सोच्नुस अनि बोल्नुस.

    Reply
  3. bhim says:
    March 24, 2014 at 1:20 pm

    यो जिउदो लाशसरी नेताहरुलाई धेरै गाली नगरों भो l

    Reply
  4. asees says:
    March 24, 2014 at 11:44 am

    नेताहरु लाइ त क्रिकेटर लाइ सम्मान गर्नु बिकृति हुने भैगो नि, उनीहरु लाइ त चिरन्जीवी वाग्ले जस्तो नेता जेल बाट निस्किदा सिन्दुर जात्रा गर्ने कार्य पो सु-संस्कृति हो त. अब आफै बुझ्नुहोस् नेताहरु ले यो देश र जनता लाइ हेर्ने र सोच्ने तरिका.

    Reply
  5. saroj says:
    March 24, 2014 at 11:32 am

    खेल ले देश लाई कसरि बनौछा एक पटक INVICTUS फिल्म हेर्न जादा बेस होला. यो फुले बुडो लाई के थाहा खेल ले के गर्छ भनेर. बच्चा मा गुच्चा र खोपी खेलेको अनि तन्नेरी मा मान्छे को टाउको काटेर football खेलेको. आइले अरब को अत्तर लगाउदा पनि दुर्गन्ध आउने माओबाद को रटान लाउने . थुइक्क तिम्रो बुद्दि . . २ /४ जना हल्लुड़ो आगि पछि लगाउदै मा नेता भैदैन बाजे नेता हुन सिक मण्डेला जस्तो.

    Reply
  6. kiran dhakal says:
    March 24, 2014 at 10:29 am

    बाँदरले आफ्नो घर पनि बनाउदैन अर्काले बनाएको घर पनि भत्काउछ भनेको यहि हो l
    आफुहरुले राम्रो काम गरेर राष्ट्रको गौरव बढौंउन पनि नसक्ने खेलाडीहरुले सिमित स्रोत साधनका बाबजुद मुलुकको शान बढाएकोमा स्याबासी दिनु त कता कता गाली गर्ने तिमि कपुतहरुलाई जति गालि गरे पनि कमै हुन्छ ल
    बुद्दि मा बिर्को लागे पछि यो भन्दा के आसा गर्नु त गजुरेल बाट? क्रिकेट ले दिएको खुसि नेपाली जनतामा एकता को लहर बनेर आको छ. देस विकास को कुरै गर्ने भने क्रिकेट विकास ले अर्थतन्त्र मा पुग्ने टेवा को हिसाब पनि औदैन, येस्ता बेतुके नेता ले के देश बनाउने फुर्ति गर्ने?
    सिपि गजुरेल लाई नै baundary पारी छक्का हानि दिनु पर्छ ।

    Reply
  7. Deepak says:
    March 24, 2014 at 8:35 am

    सिपि कमरेड जंगलमा जानु भए बेस | हजारौको रगतले लत्पतिएको तिम्रो खुनी नाटक सुन्नु छैन | पाखण्डीको पनि हद हुन्छ

    Reply
  8. Surya says:
    March 24, 2014 at 6:50 am

    होहिन खेल कसरि बिकृति हुन्छ ??? आच्चमको कुरा सुन्न पर्छ बा …..येस्त्ता नेताहरुलै छानी छानी देश निकाला गर्नु पर्छ, ..

    Reply
  9. Narayan says:
    March 24, 2014 at 2:14 am

    मत केहि बोल्दिन यार यस्ता कुरा सुन्दा त पिडा पो हुन्छ …

    Reply
  10. bikash says:
    March 24, 2014 at 1:26 am

    “If sports can unite us, why let politics divide us.”

    Reply
  11. Jeevan says:
    March 23, 2014 at 11:15 pm

    त्यो ड्यास माओवादीका उपाध्यक्ष गजुरेललाइ साँचै नै देशको अनुहार फेर्ने रहर भएको भए यता उता गएर भाषण गर्नुको सत्त्ता राजनीतिकै बारे सोच्दै बसे हुन्थ्यो नि, अनि त्यहा बेप्रसङ्ग क्रिकेटको बारे बोल्नु भनेकै दाह लागेकै होनी, एक शब्द पनि देश को शान उच्च गरि फर्केका खेलाडीहरुलाई बधाई भनिएको सुनिएन उसको भाषणमा, क्या गजबको नेता |

    Reply
  12. Mahendra Chudal says:
    March 23, 2014 at 11:04 pm

    अन्तरास्ट्रिय स्तरमा नेपालको नाम लेखेर आएका नेपालि क्रिकेट टिम र नेपालि कप्तान पारस खड्कालाई धेरै धेरै बधाई छ / देशका नेताहरुले केहि गर्न नसकेको बेलामा कम्तिमा बिना लगानी, आफ्नै परिश्रममा खेलेर देशको नाम राखेर सम्पूर्ण नेपालि खेलप्रेमी जनताको मन जित्न सकेका छन् / यदि राज्यको तर्फबाट आबश्यक पूर्वाधार र लगानी गरेमा क्रिकेटको माध्यमबाट नेपालले अंतर्रास्त्रिया छेत्रमा आफ्नो नाम पक्कै लेख्न सक्ने छ / सामान्य जनताले समेत बुझ्न सक्ने कुरा देशका राजनीति गर्ने नेताहरुले नबुझेजस्तो गरेर वुझ पचायेपछी के गर्ने /

    Reply
  13. Bishwaraj says:
    March 23, 2014 at 10:21 pm

    यी कमरेडले कस्तो कुरो नबुझ्नु भएको होला, यी खेलाडी सबै एक दिन सभासद र मन्त्रि हुने छन् भनेर-

    Reply
  14. bikram timsina says:
    March 23, 2014 at 10:01 pm

    क्रिच्केट ले त देश बदल्न सक्दैन वनेउ गजुरेल के तिम्ले उचालेका बन्दुकले चाहिं देश परिबर्तन गरेत? कि १५- २० हजार मान्छे मार्न को सट्टा अझै धेरै मरेको वाए देश परिबर्तन हुन्थ्यो?
    तेसै दुनियाले थुकेका तिमि जस्ता नेतालाई अब झन् क हालत हुनेहो ? आँफै विचार गर
    कुनै दिन बुद्दि फिरेर राजनीतिको सहि बाटो मा हिंडेउ vane नि तिम्लाई कुनै पनि खेलप्रेमी ले कहिल्यै वोट हाल्ने छैनन्

    Reply
  15. Sailendra Thapa says:
    March 23, 2014 at 7:09 pm

    थाहा नभएको कुरा मा किन जान्ने हुनु? ब्राजिल, अर्जेन्टिना, आदि जस्ता देशहरु को अर्थतन्त्रको ठुलो हिस्सा फूटबल ले थेगेको छ भन्ने कुरा थाहा छैन जस्तो छ . थाइलेडं जस्तो देश को अर्थतन्त्र को महत्वपुर्ण हिस्सा त देहव्यापार ले थेगिरहेको छ भने कुनै पनि देश को मुहार बदल्ने कुरा मा खेल को कुनै हात हुन्न भन्ने जीव देख्दा अचम्मै लाग्यो .

    Reply
  16. Pratik says:
    March 23, 2014 at 5:57 pm

    गजुरेलको कुरालाई अत्तिनै अनाबश्यक ढंगले उचालियो झैँ लग्यो मलाई.
    उनले भनेको कुरा गलत चै होइन… देश राजनीति ले नै परिबर्तन हुन्छ खेल ले होइन…. खेलमा राम्रो गर्दैमा नेपालका गरिबको छाक टर्छ ? खेल को जित ले काठमाडौँ र वरिपरीका मध्यम वर्ग खुसि भए होलान … राम्रो कुरा हो…. तर नेपाल को वास्तविकता अलग छ…. देश क्रिकेटले होइन राजनीति ले नै परिबर्तन गर्छ …..
    खेल राम्रो खेल्नु पर्छ अलग कुरा हो तर खेल खेल मात्र हो …. यो खेल मै सिमित हुन्छ सधै

    Reply
    1. ramesh says:
      March 23, 2014 at 7:10 pm

      सबै क्रिकेट को पछि लागे पछि तोडफोड चक्काजाम,नेपाल बन्द कसले गर्ने? १००% सहि हो गजुरेल को कुरा.

      Reply
    2. राज says:
      March 24, 2014 at 6:41 am

      हामीसंग जताततै निराशा छाईराखेको बेला यो जितले केहि खुसी लिएर आएको छ। यहि खेलले गर्दा लाखौ / करोडौ माझ नेपाल चिनियेको छ। राम्रो गर्दै जान सके भोलि खेलकुद मार्फत पर्यटन बढ्नेछ , धेरैले नेपाल चिन्नेछन्। देशमै वर्ल्डकप खेलाउन सकिएला।

      हो राजनिति यो गर्न पनि चाहिन्छ, तर यस्ता राजनिति गर्नेहरु चाही पट्क्कै चाहिदैन अब नेपाललाई । दया लाग्दो बिचार !

      Reply
  17. krishna says:
    March 23, 2014 at 5:12 pm

    यी नेता कुटो कोदालो संग खेल्ने जमातका हुन् / खानी मुखलाई माड छैन कुन्नि केमा दल्न घिउ भन्या झैँ टाला टुलीको बल खेल्न नपाउने जनताका बारे सोच्ने नेतालाई एक्कासी क्रिकेटको भब्य उमङ्ग ले रिस उठायो ईन्लाइ ! खेल र राजनिती नितान्त फरक कुरा हुन् , राजनीतिले गति लिदै देस जिते अरु खेत स्वोत जितिञ्छ/ बलियो उदाहरण किन वोर्ल्ड कप सधै बिकसित देशले मात्रै जित्छन को हो / देश बिकास भय खेलमा देशले लगानी गर्न सक्छ /र पनि आफु साकाहारी हु भन्दैमा मासु खानेलाई घृणा गर्न चै हुदैन थ्यो ईन्ले! प्याच्च बोल्ने बानीले पहिले पनि भित्र बाहिर असर परेकै हो ईनलाई, किन बोलु पर्या होला यतिबेला ?

    Reply
  18. aryan says:
    March 23, 2014 at 4:20 pm

    ज्ञानेन्द्र, पारस जस्ता ‘प्रतिकृयावादी’, ‘पुरातनवादी’, ‘सामन्तवादी’ अादी के के हो वादी नाम भएकोले त्यसो भनेका हुन सक्छन । जनयुद्धकालकै धङधङी बाकी होला । बडबडाए बुढा ।

    Reply
  19. achut says:
    March 23, 2014 at 4:08 pm

    पछिल्लो समय मा दसौ हजार मान्छे मारिएको देश,बेरोजगारी ले थलिएका युवा लाई बन्दुक बोकाएर आफ्नै भाई बहिनि लाई मार्न उत्प्रेरित गर्ने जल्लाद हरु ले चुनाब जितेको देश भनेर चिनिने नेपाल आज तिनै युवा को मात्र प्रयास ले ‘बल र ब्याट’ को युद्ध कला मा पारंगत क्रिकेटर हरु को देश भनेर चिनिन लाग्यो अनि डाहा हुनु स्वभाबिक नै हो नि/अब को चुनाब मा हेर न तिमि हरु कसरि ‘बिग बाउन्ड्री’ हुन्छौ….

    Reply
  20. roshan shakya says:
    March 23, 2014 at 3:47 pm

    नेताज्यू क्रिकेटरबाट सिक भन्नुको अर्थ कसरि हाम्रो देशलाई विश्व सामु सकारात्मक ढंग बाट चिनाउनु पर्छ भन्न खोजेको हो / थोरै साधन-स्रोत बाट पनि क्रिकेटरले कसरि हाम्रो देशलाई विश्व सामु चिनायो त्यसरी नै नेताहरुले पनि गर्नु पर्छ भनेको हो / अहिले सम्म कुन चाही नेताहरुले देश बनाएको छ र ? तर भएको पनि बिगार्ने बिगारी रहेछ मात्रै /

    Reply
  21. Pradeep RANA says:
    March 23, 2014 at 3:37 pm

    बुद्धिमा बिर्को लागे पछि कसैको केहि लाग्दैन रहेछ, हो कि होइन ?

    Reply
  22. रामचन्द्र says:
    March 23, 2014 at 2:35 pm

    यो त बिक्षिप्त मानशिकता र नालायकीपनको पराकाष्टै हो ।

    Reply
  23. Basant says:
    March 23, 2014 at 2:21 pm

    धन्न आफ्नै आसेपासे चम्चे हरु राखेर पत्रकार सम्मेलन गरेर भुकेछन बुढा र त् जुत्ता खायेनछ…येही कुरा टुडिखेलमा बोल्ने भए बुढाको भुत्ला पनि बाकी राख्थेंन होला तेत्रा बिधि मासले….

    Reply
  24. Eakraj says:
    March 23, 2014 at 12:28 pm

    एउटा राष्ट्रिय पार्टीको विदेश बिभाग प्रमुखको दिमाग यस्तो छ अनि देशको अनुहार त फेरिहाल्छानी …. यी नेपालका धेरै जसो नेता देख्दा एउतै Kura भन्न मन लग्छ – R I P

    Reply
  25. सुदिप गुरुङ says:
    March 23, 2014 at 11:48 am

    सि पि को यो वक्तब्य ले हाम्रा केहि नेता हरु को संकुचित मानसिकता लाइ प्रतिबिम्बित गरेको छ | यस्ता नेता हरु जुन खोक्रो क्रान्ति को नाम पन्द्र हजार नेपाली को रगत बगाए बापत नेपाली संग वहिवाही को अपेछा राख्दछ, अनि जनता को लागि बलिदानी राजनीति गरेको फुई झार्ने नेता हरु लाई जेल मा लगेर सधै को लागि जाक्नु पर्छ |

    Reply
    1. mani says:
      March 23, 2014 at 6:49 pm

      अच्चम लाग्दो बहुलट्ठी कुरा यी माओवादी नेताको. एक नेपाली टिम देस को लागि अन्तरास्ट्रिय खेल खेलेर नेपालको नाम राखेको यी नेता भानाउदालाई मन परेन. यिनीहरुले त गरिब जनताका छोरा छोरी माथि बन्दुक राखेर अर्को नेपाली को छोरा छोरीलाई मार्ने खेल सिकाइ रहेको बेला यिनीहरुलाई अरु खेल किन मन पर्थ्यो. यसरि था हुन्छ कि साच्चै यस्ता नेताले देस को बिकास गर्च्छन? अब हामि नेपाली हरुले सोच्च्नै पर्ने बेला भएको छ.

      Reply
  26. chakra prasad says:
    March 23, 2014 at 11:35 am

    हे नेपाली दाजु भाई तथा दिदि बहिनि हरु अब हाम्रो देश मा एउटा वोर्ल्ड सेरिज को क्रिकेट म्याच गर्नु पर्ला जस्तो छ जसमा यो नेता हरु लै ब्याटिंग गर्न दिने अनि नेपाली ले बल्लिंग गर्ने. र सुरुमा
    batting गर्न को लागि C . P. Gajurel lai rakhnu parla अनि पहिलो विकेट चाँही उसको खस्न नसकेको stump झारेर सुरु गर्नु पर्ला जस्तो छ अनि थाहा hunchha. क्रिकेट बाट सिक्ने कि के बाट सिक्ने. बरु catch out भए पछि ball फिर्ता दिनु हुन्न.… होइन यो गजुरेल ले कति पढेको छ ? एस्तो नेता प्रधान मन्त्रि भयो भने त टिम नेपाल लाइ तँ जितेर आईस नेपाल छिर्न पाउदैन भन्न बेर छैन …बैयाअत गधा नेता

    Reply
  27. Raj says:
    March 23, 2014 at 11:25 am

    तिम्रो राजनीति हामीले हेरी राखेको छौं बुढा/ बरु तिमीहरुले पो हामीलाई चिनेको छैनौ / हामीले तिमि माओबादीलाई देखाई सक्यौं / अब हेर्दै जाउ के के गर्छु / हामीलाई क्रिकेट नि हेर्न नदिने बुढा ?

    Reply
  28. ishor neupane says:
    March 23, 2014 at 11:00 am

    येस्ता त छन् हाम्रो देशका नेताहरु , साला कसले बनाउछ यिनीहरुलाई नेता …..???

    Reply
  29. किशोर अधिकारी says:
    March 23, 2014 at 10:08 am

    कुनै पालग सडक पेटी मा नाङ्गै हिड्यो भन्दैमा त्यसलाइ अचम्म मान्नु पर्ने देख्दिन म चै!

    Reply
  30. Bipana says:
    March 23, 2014 at 9:59 am

    गजुरेलजी तपाइको सोच जंगलमै बस्न योग्य देखिन्छ
    तपाई जस्ता नेता ले खै के नेपालको अनुहार फेरिन्छ
    एत्रो मान्छे को भिडमा,तपाई नाङ्गै देखिनुभो
    बिकिर्ति अर्थ खोज्न, नेपाली सब्दकोसमा जानुभो
    तपाइको भासण सुन्दा दुख्यो म नेपालीलाई
    तपाइलाई के छुन्छर खै जे भएनी खेलाडीलाई
    कति लाख पुरस्कार दिए,समाचारमा सुन्दाखेरी
    बन्दुक चक्कु केके देखाई खबरदार ल्याउलाफेरी !!!!

    Reply
  31. mohan says:
    March 23, 2014 at 9:32 am

    सिपि गजुरेल ले भनेको “बिकृति ” बाहेक सबै ठिक छ , एउटा शब्द बढी बोल्यो माओबादी देशमाराले भन्दैमा यस्तो आक्रोश देखाउन पर्छ जस्तो लाग्दैन ..
    खेलकुदले देशको सान अवस्य नै बढाउछ तर देशको मुहार कहिल्यै फेरीदैन . बंगलादेशलै कीरकेट ले चिनायो तर तिनीहरुको देशको मुहार नेपाल भन्दा नि बिजोग छ ,र रहनेनै छ ..
    कृपया खेल र राजनीति नमिसाउनु , खेलले देश परिवर्तन हुने भए त अहिले जमाना उल्टीसक्थ्यो !
    तर यसलाई बिकृति नै भन्नु अलि मिल्दैन , यसले एकता र सकारात्मक सोच पो ल्याउँछ ! देश एस्तो भाको बेला खेलले रगत तताउनु राम्रै त हो नि !

    Reply
    1. Yubraj says:
      March 23, 2014 at 11:24 am

      बेबकुफले बोल्यो क्रिकेट बिकृति हो !
      येस्ता पनि नेता लाज हामीलाई भो !!

      Reply
    2. राज says:
      March 24, 2014 at 7:08 am

      गजुरेलले भनेको कुनैकुरा पनि ठिक छैन। सबैजना क्रिकेटको पछि नलाग रे, जितेको दिन पनि खुसियाली नमनाए कहिले मनाउनु ? बिक्रिति रे । ५-५ लाख दियो रे, पार्टीको नाममा करोडौ चन्दा उठाउन चै हुने ?

      तिम्रो मानसिकताले तिम्रो पार्टिको समग्र बैचारिक नेत्रित्व गर्दछ । सुझाव मान, अर्को चुनावमा पनि नउठ्नु नत्र नराम्रोसंग हार्नुपर्नेछ !

      Reply
  32. @DhungelNp says:
    March 23, 2014 at 9:18 am

    हल्लै हल्लाको देश भनेको हो नै, राजनीतिमा बिकृती छ देशको मुहार फेर्ने राजनीतिले नै हो जति नै राम्रो क्रिकेट खेले पनि देश विकास गर्ने भनेको राजनीतिले नै हो स्पष्ट रुपमा गजुरेलले भनेका रहेछन् तर आफ्नो साईटमा भिजिटर्स बढाउन क्रिकेटले बिकृती भि¥यायो भन्ने शीर्षकमा समाचार राखिएछ हामी त्यसैको पछी दौडियौँ । शरम लाग्यो ।

    Reply
    1. Keshav Mani Dahal says:
      March 23, 2014 at 9:52 am

      यो वैद्य फ्यान क्लबका अदक्षलाई हेडलाइन भनेको के हो र कहाँ हुन्छ भन्ने समेत थाहा रैनछ । जस्ता नेता उस्तै कार्जेकर्ता

      Reply
  33. prakash thapa says:
    March 23, 2014 at 9:05 am

    नेता को कुशल राजनीति ले मात्रै देश माथि लाग्दैन …यी माओबादी लुटेरा / गुण्डा लै यो कुरा जानकारी भएको जस्तो छैन …. हुन त थाहा पनि कसरि होस् … र जंगली हरु लाई

    देस माथि लाग्न को लागि …खेलकुद को पनि विकास हुनु आवश्यक हुन्छा … येत्ति कुरो था नभा का त नेता छन् .. त्यो पनि मा त भन्छु – लुटेरा नेता माओबादी …

    येस्ता दुवा तिर्की नेता हरु को भनाइ लै हामी माझ पुर्याउने अनि यिनीहरु लाई पोपुलर बनाउने चै पत्रकार … पत्रिका … (प्राचिन युग का नारद हरु )

    आब बुझ्ने हरु ले बुझी सक्नु भो होला … हेहे

    Reply
  34. sanjay says:
    March 23, 2014 at 8:34 am

    तिन ओटा stump मध्ये middle stump मा एस्लाई राखेर bowler लाई batting गर्न दिने हो भने ठिक हुन्थ्यो भन्ने हाम्लाई लाइरा छ . 😀

    Reply
    1. bibek dhakal says:
      March 23, 2014 at 3:10 pm

      मिडल स्टम्पमा इन्लाई राख्नु सट्टा बरु इन्कै मिडल स्टम्प ढल्ने गरि बलिङ्ग गरे कसो होला? : D

      Reply
  35. रबिन्द्र राज गिरी says:
    March 23, 2014 at 8:31 am

    बिनास काले बिपरीत बुद्दि |

    Reply
  36. madan says:
    March 23, 2014 at 8:16 am

    देस परिबर्तन, खेल र संगीत ले धेरै अर्थमा गर्छ . अनेकुण देस बिकाश येस्तई मैत्री पूर्ण खेल अनि संगीत ले भएको छ .राजनीति भनेको business हो भनि सोच्ने नेताहरुलाई येस्ता खेल को र संगीत को अर्थ के थाहा.

    Reply
  37. sajan says:
    March 23, 2014 at 8:00 am

    बोल्न त बोल्यो गजुरेल तर आकास तिर फर्केर थुक्यो तिम्ले. तिमि हेरु कुन इसतर का मानिस रहेछोउ भन्ने सारा नेपाली ले राम्ररि चिने. यो त bachha ले रुंदा अरुको आवाज ले गर्दा अरुले सुनेन भनेर आज बेस्कन रुन लागेको जस्तो लग्यो है मलाइत. तिमि जस्ता लै चार वर्ष अगि जनताले कसरि भोट दिएछन? तिमि हेरुले जनता लाइ तेती खेर जनताको आखा मा छारो हालेकै हो तेतिखेर.

    Reply
  38. Pramod Lamichhane says:
    March 23, 2014 at 7:20 am

    बुद्दि मा बिर्को लागे पछि यो भन्दा के आसा गर्नु त गजुरेल बाट? क्रिकेट ले दिएको खुसि नेपाली जनतामा एकता को लहर बनेर आको छ. देस विकास को कुरै गर्ने भने क्रिकेट विकास ले अर्थतन्त्र मा पुग्ने टेवा को हिसाब पनि औदैन, येस्ता बेतुके नेता ले के देश बनाउने फुर्ति गर्ने?

    Reply
  39. Bibek says:
    March 23, 2014 at 6:00 am

    येस्ता त छन् नेता भनौदाहरु, इनि प्रधानमन्त्री भए भने त नेपालमा रंगशाला बन्ने चाही होइन भएको रंगशालालाइ पनि भत्काएर पार्टी कार्यालय बनाउथे. चोर नेता मुर्दाबाद !!!!!!

    Reply
  40. Dhaula Rai says:
    March 23, 2014 at 6:00 am

    बाँदरले आफ्नो घर पनि बनाउदैन अर्काले बनाएको घर पनि भत्काउछ भनेको यहि हो l
    आफुहरुले राम्रो काम गरेर राष्ट्रको गौरव बढौंउन पनि नसक्ने खेलाडीहरुले सिमित स्रोत साधनका बाबजुद मुलुकको शान बढाएकोमा स्याबासी दिनु त कता कता गाली गर्ने तिमि कपुतहरुलाई जति गालि गरे पनि कमै हुन्छ l

    Reply
  41. Sudha says:
    March 23, 2014 at 5:57 am

    केटा हरु क्रिकेट खेल्न थाले पछि बाटो मा ढुंगा हान्न जाने र नारा लगाउने को कमि हुने भो भनेर जलन भाको जस्तो छ .

    Reply
  42. eklavya says:
    March 23, 2014 at 5:57 am

    कमेन्टहरु पढ्दा आँखा रसाए निकै भावुक भएछु नेपाली एकताको उत्कृष्ट नमुना ….क्रिकेटलाई कोटी प्रणाम छ र बुढा नेताहरुको शीघ्र पतन पनि चाडै होला जस्तो लाग्छ यहि एकता चौतर्फी रहेमा ….जय नेपाल ..

    Reply
  43. Mkrai says:
    March 23, 2014 at 5:55 am

    वर्तमान नेपालको जनतामारा शासन पद्दतिमा क्रिकेट भन्दा जनतन्त्रनिय शासन पद्दतिको पहिलो आवश्यकता भएको कुरा व्यक्त गर्ने नेता गजुरेलको कुरोलाई बंगाएर पुरै क्रिकेट बिरोधि आरोप लगाउनु अल्प बुझाई हुनजान्छकि ? खेलकुदको महत्व पनि कम छैन तथापि वर्तमान अवश्थामा आवश्यकता र महत्व छुट्टाएर समयमै बुझ्न सकेनौभने आम जनताले भोगिरहेको दर्दनाक हालत यथास्थिति मै रहिरहेने पक्काछ ! त्यसैले भन्नखोजेको नबुझि सिधै बिरोध गर्न बान्छनिय नहोला !

    Reply
  44. K.S. says:
    March 23, 2014 at 5:42 am

    बिचार हरु लाइ २०० जना मानिस रत्न पार्क मा जम्म गर्ने साहश छैन अनि किन टेन्सन न होस् त . धन्न हार्ट याट्याक भएन रहेछ

    यस्ता नेता को पछि लाग्ने नेपाली हरु नै धिकार हो. माइ संसार ले यस्ता पत्रु हरुको त नाम निसाना पनि लिनु हुन्न, उल्टो माइ संसार को पनि समय बर्बाद, हार्मो पनि, समय बर्बाद.

    Reply
  45. bishnu chapagain says:
    March 23, 2014 at 5:30 am

    बिरोद जि, तपाइको विचार को मा सम्मान गर्छु , तर सिपी गजुरेल लाइ काँग्रेस एमाले र ए माओबादी संग उठेको रिस राष्ट्रको शिर उच्च बनाएर फर्किएको cricket team संग पोख्नु कत्तिको जाएज छ भन्ने कुरो हो ,नेता हरुलाई देशको बिकाश गरेर रास्ट्रको मुहार फेर्न cricketer हरुले त रोकेका छैनन् नि मित्र ?जे मा पनि बिरोध मात्रै गर्ने बानि छ उहाहरुको ,अनि कसरि हुन्छ ?

    Reply
  46. एन पी says:
    March 23, 2014 at 5:16 am

    बिचरा नेताले देश चर्चित बनाए केही गर्न नसकेर भ्रस्टचारी भएर चर्चित थिए आज खेलाडीले देशलाई बिश्वसामु नेपालले पनि केही गर्छ है भनेर चिनाउन पुगे । नेता भन्दा चर्चित भएपछी खपीनसक्नु भएछ गजुरेल बाजेलाई

    Reply
  47. jajaman says:
    March 23, 2014 at 4:57 am

    होइन सिपी गजुरेल ले नराम्रो केहि भनेको छैन त ! जति क्रिच्केट खेल ले स्थान पाउनु पर्ने तेती नै पाउनु पर्छ / उनको राजनीति संग बिमति राखौ तर जे बोलेका छन् नराम्रो छैन

    Reply
  48. Deepak Bista says:
    March 23, 2014 at 4:21 am

    Congratulation Captain Paras Khadka Ji and your team and you made us very proud of you. Wish you all the very best in coming days as well!

    Reply
  49. Surendra says:
    March 23, 2014 at 4:13 am

    धन्न गजुरेल बाजेले अब क्रिकेट स्टेडियम बनायौ भने हामी बम हानचौउ चाही भनेनछन…

    Reply
  50. प्रदीप says:
    March 23, 2014 at 3:55 am

    राम राम राम हाम्रो नेताको बुझाइ! ए कुवा भित्र अग्रगामी छलांग लगाउने गफ हाँक्ने भ्यागुते नेताहरु, कुवा बाहिर हेर! खेलको धेरै ठुलो महत्व हुन्छ देशलाई नै एकताबद्ध गर्न! तिमीहरुलाई थाहा छ नेल्सन मण्डेलाले गोराको खेल भनेर मानिएको Rugby खेलको दक्षिण अफ्रिकी क्याप्टेनसंग उनीहरुकै जर्सी लगाइ १९९५ विश्व-कपमा हात मिलाउँदा गोरा र काला बीच एकताको कस्तो संदेश प्रबाह भएको थियो? यो T20 विश्व-कपमा नेपालको प्रदर्शनले देखायो कि देखाएन हिमाल, तराई, पहाड, जनजाती, मदेशी, बाहुन, क्षेत्री सप्पै मिले मात्रै विजय सम्भव छ भनेर? बरु सप्पैलाई कसरी एकताबद्ध गर्ने भन्ने कुरो पारस खड्का र उनको टिमसंग सिक तिमीहरुले भन्ने गरेको बिदेशी प्रभुसंग होइन! तिमीहरुको सोच राम्रो भएको भए हामी नेपालीले तिमीहरुलाई पनि क्रिकेटरलाई जस्तै सिन्दुरे जात्रा गरेर नगर परिक्रमा गराउँथ्यौं, पालै-पालो एक-एक गरेर चड्कन हान्थेनौं!

    Reply
  51. Deepen says:
    March 23, 2014 at 3:33 am

    साएद यिनले बन्दुक चलाएको धेरै पछि मात्र केटाहरुले ब्याट चलाउन सुरु गरेका हुन् | आज यिनको बन्दुके राजनीतिले देशमा के भित्रायो र केटाहरुको क्रिकेटले के भित्रायो सबैले सजिलै अनुमान लगाउन सक्छन | बरु त्यो बेला यिनका केटालाई बन्दुकको सट्टा ब्याट बोक्न सिकाएको भए आज हंगकंग र अफगानस्थानलाई मात्र होइन बंगलादेश र भारतलाई पनि जितेर आउथे होला, यिनका ‘अदक्ष्य’ले खुल्लामंच बाट ‘भारत संग युद्द गर्छौ’ भनेर भन्नै पर्दैनथ्यो |
    फेरी आउला समाबेसी को कुरा, यिनका राजनीतिले गर्न नसकेको समाबेसी हाम्रो क्रिकेट टोली मा छ| हाम्रा क्रिकेट टोली मा बाहुन छैनन् कि, क्षेत्री छैनन् कि, दलित छैनन् कि, जनजाती छैनन् कि मधेसी छैनन् कि? के यो यिनका राजनीति ले बनाएको समाबेसी हो? अवसरको खाचो थियो बन्दुको को होइन, र अझ पनि बिन्ति छ तिमी खेल्ने बाताबरण मात्र सृजना गरिदेउ, बाकी हाम्रा खेलाडी साथी ले गर्नेछन | र याद गर कुनै दिन तिम्रो घैटोमा घाम लागेछ भने क्रिकेटले भित्राएको सफलता र एकता देखेर गर्भले तिम्रो छाती फुलेर चौडा हुनेछ अनि तिमि सोच्न बाध्य हुनेछौ ‘बन्दुक बलियो कि ब्याट बलियो ?’

    Reply
  52. Saroj says:
    March 23, 2014 at 3:06 am

    केटाहरुले क्रिकेट को ब्याट समाते भने बन्दुक समात्ने मान्छे नपाउला भन्ने माओबादीको डर !

    Reply
  53. Saugat says:
    March 23, 2014 at 2:58 am

    हिजो देख्नु भो होला एअर पोर्ट मा मान्छे हरुको मारामार , सभ्य भाषा मा भन्नु पर्दा नेता ज्युको दाहा, इर्स्या हो. नेता तिमीहरुले तेत्रो मान्छेको जमात कहिले पाउनु सक्दैनौ , यदि २,४ जना तिम्रो पछि लागे भने पनि गुण्डा र फटाहा बाहेक अरुको समर्थन पाउने chhainau

    Reply
  54. Dipak says:
    March 23, 2014 at 2:42 am

    थुक्क हामी येस्ता नेताका जनता! यो बिकृति हो रे! गजुरेल बा देश लाइ ढुंगे युग मा पुर्याउने तिम्रो जंगली राजनीति चाहिं क हो? फोहोरी जातिवादी र आतिबादी १६ औं सताब्दी को पाखण्डी राजनीति र यी बुढा राक्षश भन्दा हाम्रा देश र जनतालाइ एक सुत्रमा बाध्ने क्रिकेटर हरु लाखौं गुना नायक हुन्!

    Reply
  55. Sudhan Mahat says:
    March 23, 2014 at 1:13 am

    क्रिकेटमा नेपालले उत्साहजनक सफलता हासिल गरेपछि राजनीतिप्रति बैराग्यता उब्जेको जनतामा आशाको संचार हुनु स्वाभाविक हो। र नेताले ति क्रिकेटरहरुबाट समावेशिता र सिमित स्रोतसाधनबाट सफलताको निमित्त कुशल व्यवस्थापनको कला सिकुन् भन्ने मात्रै अपेक्षा हो। अन्यथा: राष्ट्रको समुन्नत विकासको निम्ति राजनीतिनै अन्तिम विकल्प हो भन्नेमा कसैको दुइमत छैन।
    राजनीतिले त खेल मात्रै हैन समाजको विभिन्न आयाम बाट पाठ सिकेर अघि बढ्नु पर्दछ। जनताले केही सिक भन्दै सुझाब दिदैमा त्यसलाई अन्यथा: बुझिनु मानसिक दरिद्रता हो।
    गजुरेलजीले खेल लाई प्रयोग गर्दै पुँजीपतिले आफ्नो कुत्सित उदेश्य पुरा गर्छन् भन्ने विश्लेषण गर्नु भएको भए त्यो सबैले चासो दिने र आगामी दिनमा नियन्त्रण गर्नुपर्ने बिषय हुनसक्थ्यो र बुझाई त्यहि अनुरुप हुने थियो जनतामा, तर यो भिडियोमा गजुरेलजीले आलोचनाको आडमा मनको कुण्ठालाई मात्रै पोख्रेको छन् जुन राजनीति गर्ने व्यक्तिबाट जनताले खुसि सकिन नपाउदै सुन्नु बडो दुखद् कुरा हो।

    Reply
  56. Nirab says:
    March 23, 2014 at 12:57 am

    प्रस्टै भनेको छन् त गजुरेलले उनि पनि क्रिकेटको विकास चाहन्छन. यिनको झटारो बसन्त चौधरी जस्ता उधोगपति तिर होला, जसले खुरापाती गरि गरि, नक्कली भ्याट बिल बनाएर, इन्सुरेन्स असुल्नको लागि आफ्नो उधोगमा आफै बर्सेनि आगो कार्टुन बक्समा आगो लागएर राज्यलाई अरबौ थाग्छां, अनि तपाई हाम्रो प्रिय बन्न एतिबेला सरकारले चाहे मैले एउटा स्टेडियम बनाइदिन्थे भनेर स्वाङ्ग पार्छन.

    Reply
    1. Mithu Wosti says:
      March 23, 2014 at 6:49 am

      नेपाललाई विश्वमा चिनाउने पारस लोकप्रिय नभएर जनतालाई धर्म मान्न हुन्न भनेर मन्दिर भत्काउने तर आफू क्रिश्चियन पास्टर बन्ने, बुहारीलाई दाईजो नल्याएको भनेर घरबाट निकाल्ने, परराष्ट मन्त्री बन्न पाइन भनेर पार्टी फुटाउने राजनीतिका विकृत खेलाडी लोकप्रिय हुन्छौ त ?

      Reply
    2. Kale says:
      March 23, 2014 at 7:49 am

      मित्रलाई कसरी थाहा भो यिनले झटारो हाने भनेर? कि psychology पढ्या हो? गजुरेलको पार्टीले चाहिँ जन्ता ठगेन? आफ्नो अत्याचार देख्या खै?

      Reply
    3. prakash thapa says:
      March 23, 2014 at 9:24 am

      बसन्त चौधरी को … ब्यापारी को नाम किन लिएको बबुरो ज्यु …. यी ब्यापारी हरु त तपाई कै लुटेरा नेता हरु संग मिलेर व्यपार गर्छन … तपाई हामी लै चुसेर ….
      अनि तपाई हामी ले हेर्दा देख्नी चै ….. बेपारी र राजनीतिज्ञ … तर बस्ताब मा दुवै बेपारी .. चुसक ….
      तपाई हरु ले येस्ता कुरा कत्ति बुझ्नु हुन्छा कुन्नी..

      Reply
    4. Ram says:
      March 24, 2014 at 3:38 am

      झटारो हान्न खोज्य हैन, सरकारले दिन लागेको ५ लाखको माया लाग्या बुडोलाई. खेलाडीले ५ लाख पाए, मान सम्मान पाए … मैले आफ्नो घरतिर पैसा हाल्न पाईन भनेर पिर लागेको. बल्ल बल्ल किर्तिपुर मैदानमा के एउटा इनडोर हल बनका थिए, त्यो पनि अहिले crack देखिन्छ. कति पैसा खान्छौ तिमीहरु.. अलि अलि त केहि गर देशको लागि……. चोरहरु रातमा लुटचन तिमीहरु जस्ता नेता दिनमै लुट्चौ… थुक्क … यो देश कहिले सप्रेला येस्ता नेताहरु बिना…

      Reply
  57. deepak says:
    March 23, 2014 at 12:55 am

    गजुरेल बुधा त बहुलायेछ ..तिमि हरु को राजनीति ले चै देश बनेको छ र ..येस्था नेता बाट खै के देश अनि खेलकुद को बिकाश गर्नु ..

    Reply
    1. prakash thapa says:
      March 23, 2014 at 9:55 am

      बहुलायेचा चै होइन मित्र … यी माओबादी हरु कैले चाइ नाबौलायेका थिए र
      माओबादी मात्रै होइन सब नेता हरु …

      तर बास्तबिकता जान्न चाहनुन्छा भने … बौलाएका होइनन …. तपाई / हामी जनता लाई बोउलौने बनौन लागेका … कत्ति बुझ्नु भो कुन्नि तपाई ले कुरो ……………

      Reply
  58. Abhishek says:
    March 23, 2014 at 12:46 am

    खै के लेखू यी बूढा सी पी मैनालीको भाषणको बारेमा ? यस्ताको कुरा सुनेर बिकृति मात्र फैलिन्छ | यो भनेको एक कानले सुनेर अर्को कानले उडाउने हो | आफु त क्रिकेट हेरिन्छ अनि नेपाली टीमलाई support गरिन्छ | यो सब मैनाली बूढाको publicity stunt हो | GOOD TRY C.P. MAINALI…..haha lol

    Reply
    1. Vijay says:
      March 23, 2014 at 2:27 am

      सिपी गजुरेल पो हुन् कि ??

      Reply
      1. Abhishek says:
        March 23, 2014 at 7:49 pm

        हो, मैले लेख्न खोजेको सी पी गजुरेल नै हो | सी पी मैनाली लेख्नु मेरो गल्ती हो | माफ गर्नु होला |

        Reply
    2. xyz says:
      March 23, 2014 at 7:18 am

      Can’t you distinguish between CP Gajurel and CP Mainali?

      Reply
      1. Abhishek says:
        March 23, 2014 at 7:50 pm

        माफ गर्नु होला, मैले लेख्न खोजेको सी पी गजुरेल हो | सी पी मैनाली भूल बस लेखे छु | माफ गर्नु होला |

        Reply
  59. rajat says:
    March 23, 2014 at 12:34 am

    राजनीति ले देश को अनुहार फ़ेर्छ, तर राजनीति लै नै दुसित बनाउने सोच भएको तपाई जस्तो नेता छैन कसले फ़ेर्छ नि ….दहिचिउरे नेता जी

    Reply
  60. Kishan says:
    March 23, 2014 at 12:17 am

    नेता गजुरेल यदि हिम्मत र आट छ भने देश र जनता को लागि राम्रो काम गर्नुस तपाई को पनि वहा वाहि र news paper को फ्रोंट पेज मा समाचार छापिने छ. अन्यथा जेपायो तै बोलेमा तपाई को पनि पत्ता साफ हुने६.

    Reply
  61. nischal sharma says:
    March 23, 2014 at 12:04 am

    हाहाहा, थर्काउने,तर्साउने त्यतिले भएन भने पिट्ने, मार्ने मानसिकता भएका यस्ता नेतालाई के नै भन्न सकिन्छ छ र. हामी क्रिकेट खेलाडीलाई सम्मान गर्छौ स्वागत गर्छौ किन भने उनीहरुले एकता के हो देखेका छन्. तल को भिडियोमा हेर्नुस, पारसले नेपालीहरु खुसी हुनुलाई कतिको महत्व दिएका छन्. नेताहरुले त देशलाई धर्म र जातको नाम मा झन्डै टुक्रा परेका. तेस्ता नेतालाई कसले अनि किन भाउ दिने?

    http://www.espncricinfo.com/ci/content/video_audio/729993.html?genre=9

    Reply
  62. dpack says:
    March 22, 2014 at 11:44 pm

    काका तिमि जस्तो जनतामारा र भ्रस्टहरु ले खै देश को मुहार फेर्न सक्दैनन् जस्तो लाग्छ

    Reply
    1. prabhat says:
      March 23, 2014 at 1:48 am

      इ नेता हरु स्कुल, क्यामपस हरुमा बिद्यार्थी हरुलाई राजनैतिक पार्टी खोल्न लगाउने, तोडफोड गराउने, बिद्यार्थी हरुले बन्दुक बोक्दै हिंडे खुसि हुने तर युवा वर्ग ले खेल मा नाम कमाउने अनि श्रीजन शिल काम गरेमा पिर पर्दो रहेछ. अब बेला भएको छ स्कुल हरुमा अखिल, ने बि संघ लै अबैधानिक घोसना गरेर क्रिकेट संघ, फुटबल संघ, लै प्रोत्साहन गर्नु परछ .

      Reply
  63. kc says:
    March 22, 2014 at 11:42 pm

    He is right,.if everybody run after cricket. Who is left for hooligoonism, vandalism?

    Reply
  64. sagar says:
    March 22, 2014 at 11:40 pm

    हिजो त्ये उधोग बाट धन लुटेर लग्यौ आज तिनि हरु कालो धन जम्मा गर्ने भय हैन तिमि हरु ले देश कंगाल बनायौ आज आएर देश का जनता एक भय अब हाम्रो दिन गयो भनेर डरायर खेल बिकृति भयो हिजो तिम्रो खेल बिकृति थियो आज त देश जोड़ने देखि ईर्या भयो वा गरु जेल “

    Reply
  65. padam rai says:
    March 22, 2014 at 11:05 pm

    सिपि गजुरेल लाई नै baundary पारी छक्का हानि दिनु पर्छ ।

    Reply
  66. jagaraan says:
    March 22, 2014 at 11:03 pm

    भने पछि खेलबाट सारा नेपालीहरुलाई एक जुट गराउनु बिकृति रहेछ. अनि जातियता को नाममा देश टुक्र्याउनु चाहिं रास्त्रीयता रहेछ. मलाई अचम्म लाग्छ तिमि हरुको सोचाई देख्दा त भोग्दा. तिमीहरु एक चोटी राम्रो संग सोच, आजको तिमीहरुको जय जय गर्ने कार्यकर्ताहरु मात्र आज छन्, भोलि इतिहास ले तिमीहरुलाई धिक्कार्ने छन्.

    Reply
  67. kedar says:
    March 22, 2014 at 10:44 pm

    स्थानिय चुनाब त जित्न नसक्ने छाँटले पुछर लुकाएर नानाभांती गठबन्धन गर्नेले क्रिकेटमा अर्को देशलाई नै जितेर आउने भाइ भतिजाको आरिश गर्नु त माओबादिहरुको जात नै हो नि

    Reply
  68. बिनोद तिमिल्सिना says:
    March 22, 2014 at 10:43 pm

    कपाल फुल्दैमा व्यवहारिक हुईदैन,क्रिकेटरहरुबाट के सिक्न सक्छौ र! तिमिहरुको बुद्दिले भ्याउदैन,अनि अंगुर त अमिलो हुने नै भो नि तिमि जस्ता स्यालहरुलाई।

    Reply
  69. Shankar says:
    March 22, 2014 at 10:36 pm

    कुरा” माइसंसार क्रिकेट फ्यान क्लब ”को पनि ठिक हो , कुरा ”गजुरेल एण्ड ठोक् ठाक कम्पनि ”को पनि ठिक हो | भएछ के भन्दा गीत गाउने बेलामा मातम ( सोक पर्दा गाउने ) गएछ , हरेक कुराको समय हुन्छ भने कामरेड ले बिर्सेछन |
    फेरी माइसंसार र एसका चालक महोदय पनि क्रिकेट को ठुलो फ्यान भएजस्तो छ |

    Reply
  70. बद्री पोखरेल says:
    March 22, 2014 at 10:33 pm

    फुलको आँखामा फुलै संसार
    काँडाको आँखामा काँडै संसार…….

    Reply
  71. aryan says:
    March 22, 2014 at 10:22 pm

    तालिवानीको पो झल्को अायो ।

    Reply
    1. Maheswor says:
      March 23, 2014 at 12:46 am

      अफगानस्थानमा क्रिकेट खेल भित्र्याउने नै तालिबानि हुन् यो सत्य हो न पत्याए कुनै पनि अफगानी लाई सोध्नु किन भने मलाई यो कुरा अफगानी ले नै भनेको हो

      Reply
      1. Deepak GC, Baglung says:
        March 23, 2014 at 3:13 am

        त्यसो हो भने तालिवान अफगानिस्तानमा रहदासम्म (सन् २००१/२००२ अगाडी ) त्यहाँ किन क्रिकेट सुन्य अबस्थामा थियो ?

        Reply
      2. Shankar says:
        March 23, 2014 at 7:52 am

        सोध्नै परेन नि , क्रिकेट को फ्यान नै हुन् ति , खालि बल मात्र अलि फरक खाल को हुन्छ उनीहरुको ( ग्रिनेड )|

        Reply
  72. विृरोध says:
    March 22, 2014 at 10:15 pm

    खेलाडीले देशको लागी आर्जन गरेको सफलता अविष्मरणीय छ । त्यस्ता खेलाडीको लागी गर्वले छाती फुलाउनु पर्छ यसमा कुनै सँका छैन तर सी.पी गजुरेलको भनाइको तात्पर्य समाचारमा उल्लेख भएको जस्तो देखीदैन ।

    सी पी गजुरेलको कुरो ठीकै त हो नी, देश बन्ने राजनिती ले नै हो खेलले ब्यवस्था नै त कहाँ चेन्च हुन्छ ? उदाहरण हेरुम् न अफगानीस्थान, पाकीस्तान क्रीकेटमा त्यत्रो अगाडी हुदामा पनि खै देशको द्धव्न्द रोकिएको छ त ? श्रीलँकाको तामील टाइगर समुहको समस्या देशका क्रीकेटको सफलताले समाधान भाको हो र ? खेलको सफलताले देशलाइ विश्वसामु चिनाउन सक्छ तर राजनितीलाई नै ब्यवस्थीत र देशलाई नै मार्ग निर्देश गनै त कहाँ सक्छ ? त्यसको लागी त राजनिती नै ठीक हुनु पर्छ ।

    Reply
    1. kedar says:
      March 22, 2014 at 11:12 pm

      हौ मित्र कसले भनेको छ क्रिकेटर आउ देश बनाऊ, देश बचाउ भनेर ? कसले भनेको छ नेता फालौं क्रिकेटर हालौं ? जनताले नेपाली क्रिकेटर जस्तै दिलो ज्यान दिएर देशको राजनीति सफा गर भन्नु गल्ती हो ? श्रीलंका पाकिस्तानको तेस्तो बिसम परिस्थितीमा पनी क्रिकेटरहरुले आफ्नो खेल प्रदर्सन गरि राखे र खेललाई अझ बुलन्द बनाई राखे भन्न सकिंदैन र ? संधै उल्टै सोच्नु पर्छ र ? तिनै माओबादिहरुले जातै जातमा धुजा धुजा पारेर फटाएको नेपाली समाज जोड्ने अहिलेको एक मात्र चिज भनेको खेलनै हो | के यी क्रिकेटर र क्रिकेटले फेरी नेपाली समाजलाइ भाइचारामा जोडेर हाम्रो फुटाउ र राज गर भन्ने आकांक्षा तुसारापात गरे भन्ने त लागेको होइन तपाइँ र नेताहरुलाई ?

      Reply
    2. prabhat says:
      March 23, 2014 at 2:05 am

      बिरोध जी को खोकी मा फ्लु लाग्ने भाइरस मात्र देखिन्छ, मिडल इस्ट को कुरा छोडौ,(त्यो मुस्लिम धर्म बाट चल्ने देश हो) संसार का सबै देशहरु खेल र राजनीति दुवै मा उतिकै तगडा छ. संसार का प्राय धेरै जसो देशहरुका प्राय नेताहरु मिल्ट्री पुर्बाधार (background) बाट आएका छन्. हाम्रो देश मात्र हो जहाँ बिद्यार्थी पूर्वाधार (ने बि संघ, अखिल) बाट आउछन. समय आयको छ परिवर्तन हुने.

      Reply
  73. Gaju says:
    March 22, 2014 at 10:05 pm

    तेरो सोच विकृत, तेरो अनुहार विकृत, तेरो बोलि विकृत
    तिमीहरु जस्ता अदुर्दर्सी, अविवेकी नेता हरुको कारणले नै देशको यो हाल भएको हो / नेता भय पछि तिमि हरु सर्बगुण सम्पन्न हुन्छौ ? क्रिकेटर बाट तिमीहरु लाई राजनीति सिक भनेको हो? देश को लागि कसरी मरिमेटेर लाग्नु पर्छ भन्ने कुरा सिक भनेको हो /
    चेतना भया

    Reply
  74. D. Bhandari says:
    March 22, 2014 at 9:59 pm

    राजनीति गर्नेले जनलहर बुझ्नु अतिनै आवश्यक छ जुन हाम्रा नेता भनाउदाहरुमा हामी एक रति पनि पाउनसकिराखेका छैनौ/ त्येसैलेत यिनीहरुको राजनीति फोहोरी छ अनि बिडमबना हाम्रो देशको मुहार ( गजुरेलको भाषा मा अनुहार )/ फेरि पनि ” जनता माझ कसरी लोकप्रिय हुने cricketer हरुबाट सिक”/ घैतामा घाम लागेस/

    Reply
  75. Kishan says:
    March 22, 2014 at 9:56 pm

    नेता कुलंगार नेता गजुरेल जो खुशी मा खुशी हुन सकेन नेपाली जनता सग एस्तो लाई वोट -००००.

    Reply
  76. शिब बेल्बासे says:
    March 22, 2014 at 9:46 pm

    तपाईंले बोल्नु खोजेको कुरा अलि मिलाएर भन्नुपर्ने ।
    बोल्नु भन्दा पहिले येसको के अर्थ लाग्छ ,ज्ञान हुनुपर्ने ।
    देशको लागी राजनेताको आफ्नै भुमिका हुन्छ।
    खेलाडी को आफ्नै भुमिका हुन्छ।

    Reply
  77. Manu Syanjgali says:
    March 22, 2014 at 9:44 pm

    यस्ता घास खाने बुध्दिलाई के भन्नु र हे मतिभ्रस्ट कुनेता गजुरेल जी तपाईलाई क्रिकेट खेलना सिक्नु तिनकै पछि भग्नु भनेको होईना मूर्खः र उल्टो बुध्दिका खानी माहन नेता तिम्लाई त केबल सकरात्मक हुन सिक, क्रिकेटर जस्तै देशको लगी यूनाइटेड हुन सिक, देशको खुसीमा आफ्नु खुसी देखन सिक, सबै नेता देशको लागि एकै ठाउमा उभिन सिक, आफु खुसी भएर जनता रुवाउन छोड़ी देऊ तेती गरे तिमि पनि देशको सपूत हुने छौ जस्तो आज क्रिकेटर भएका छन,,,

    Reply
  78. bibek dhakal says:
    March 22, 2014 at 9:21 pm

    धन्दा नामानम नेताज्यू हो, तपाईंहरु जत्तिको खेलाडी त कोइ हुन सक्दैन! हान्ने, पछार्ने, झुक्याउने, लडाउने, झार्ने, उफार्ने खेलमा त तपाईंहरु सधैं अग्रपंक्तिमा आइहाल्नुहुन्छ नि! दर्शक त दुवै खेलमा हामि नेपालि जनताहरु नै हौँ, फरक यत्ति हो — क्रिकेटमा हामि सबै दर्शकहरु नेपालि टिमको समर्थक हुन्छौं ; तपाईंहरुको फोहोरी खेलमा चाही तपाइका भरौटे , अनपढ, गुण्डा र काम नगरी खान पल्केका कार्यकर्ताहरु मात्र समर्थक हुन्छन्|
    ( मेरो माथि को कमेन्टको “नेताज्यू” ले कुनै एक पार्टीको नभई हाम्रो देशको हरेक राजनैतिक दलको नेताको प्रतिनिधित्व गर्छ)

    Reply
  79. avash rimal says:
    March 22, 2014 at 9:06 pm

    गजुरेल बा … कालले बोलाए जस्तो छ तिमीलाई … क्रिकेटबाट पाएको सफलता तिम्रो राजनीति भन्दा धेरै माथि छ … बिकृति त तिमि आफैले निम्त्याएका छौ … !!!

    Reply
  80. Phadin says:
    March 22, 2014 at 9:03 pm

    ए बुद्दि खुस्क्या नेता हरेक क्षेत्रका व्यक्तिले आफ्नो जिम्मेवारी गहन रुपमा बहन गरे सफलता टाढा छैन भनेर बुझ न . क्रिकेट खेल्नेहरु कति जिम्मेवार भए त्यसको मुल्यांकन गर्नु पर्दैन . अरुको खुट्टा तान्ने मात्र हैन आफै गरेर देखाओ .

    Reply
  81. binay says:
    March 22, 2014 at 9:00 pm

    हाहाहा कति हास्नु म त हसरै मर्ने भए

    Reply
  82. मानस says:
    March 22, 2014 at 8:55 pm

    यदि यो विकृति हो भने हामी रमाउछौ यो विक्रितिमा। गजुरेल लगायत सबै नेता हरुलाई एक शव्दमा आलंकृत गर्न पर्यो भने त्यों शव्द हुन्छ “असफल”

    हो हामीलाई यो विकृति स्वीकार्य छ जसमा देशको प्रतिष्ठा अडेको छ । भारत र अमेरिका तथा चीनको पाऊ मोल्ने प्रवृति चाहि विकृति भएन यिनीहरुको भाषामा , अब यी फ़ुस्रा नेताहरूले हामीलाई सिकाउने भए विकृति के हो भनेर। कति हास्नु म त भुडी फुटेर मरने भए

    Reply
  83. Ram Sharma says:
    March 22, 2014 at 8:54 pm

    थुक्क बुद्धि … नेपाल मा अरु कसको पछि लाग्ने, कुन चाही नेता र पार्टी छ त पछि लाग्न योग्य … हत्यारा, गुण्डा भ्रस्ट चारी चोर कालाबजारी, बन्दकारी नेता को …. नेपाली ले सिर माथि उठाउने काम क्रिकेटर ले मात्र गर्दै छन् त … राम्रो काम गर्ने नेता होस् कि जनता नेपाली ले साथ दिएकै छन् ….

    Reply
  84. binay says:
    March 22, 2014 at 8:51 pm

    थुइक्क गोरु-जेल(गजुरेल) त जस्ता नेपालीको टाउको काटेर अगाडी बड्ने पिचासलाई के थाहा -हाम्रो राष्ट्रिय गीत बिस्व सामु गन्किदा हाम्रो मुटु कसरी गर्बले फुलेको थियो भनेर । राजनितीमा अगाडी बड्नेको खुट्टा त तान्थिस तान्थिस गर्दा-गर्दा क्रीकेट बाट अगाडी बड्यो अनी आफु भन्दा पर्चलित भयो भनेर नि खोइरो खन्न थालिस् है । तैले चाँही खुट्टा तान्ने अनी मार्ने बाहेक के गर्न सक्छस हो एक चोटि देखाइदे त । मेरा त कन्चटीका रौ पो ठडिए । तेरै आहोदामा गिर्न मन लागेन नत्र ठेट नेपाली शब्द पर्‍योग गरेर गाली गर्थे ।

    Reply
  85. शशङ् लामा, न्युयोर्क says:
    March 22, 2014 at 8:40 pm

    गजुरेलजीको बिचार त खतम पो रहेछ ! क्रिकेटको विकासले देशको बिकास हुन्छ भनेर कसले पो भनेको छ र ? अत्यन्तै असान्दार्भिक, बेतुक र उरण्ठेउलो भनाइ राख्नुभयो| सारा नेपाली खुशी भएको बेला खुशी हुन नसक्ने कस्तो राजनीतिले गाँजेको हाउ गजुरेललजीलाई ! उता बाराभ, नेपालीको जीतबारे फेसबुकमा अपडेट गरिरहनुहुन्छ ! गजुरेललाई चाहिँ के भाको ? माओवादी टुक्रेको पनि सैद्वान्तिक कुराले भन्दा पनि यस्तै साधारण सोचाइमै भिन्नता भएर हो कि ?

    Reply
  86. Krish says:
    March 22, 2014 at 8:29 pm

    देशमा माओबादीको जगजगी थियो मेरो छिमेकि दाई आएर भन्नु भयो सबै माओबादी भैसके माईला तँ पनि माओबादी बन हो, मैले भने ठुल्दाई यो देश मा सबै नेपाली माओबादी बनिसकेर यो माइलो मात्रै बाँकि रहेछ भने पनि म माओबादी बन्दिन, ठुल्दाईले सोधे किन माईला ?
    माओबादी को सोच कुनै पनि कोंड बाट अहिलेको समय सपेक्छा छैन, यिनीहरु शब्द संग मात्र खेल्ने हुन्. जस्तै राज मार्ग लाइ लोक मार्ग,राजधानी लाइ लोक धानी, हुँदा हुँदै राज बहादुर लाइ लोक बहादुर भन्छन् जन र लोक शब्द भए पुग्यो आदि आदि
    ठुल्दाई ले भने – ठिकै छ माईला मैले त प्रस्ताव मात्रै राखेको बाँकि तेरो विचार !
    आज ७ वर्ष पछि तिनै ठुल्दाई ले फोन गरेर भने – माईला हो तैंले भनेको ठिकै रहेछ,
    किन ठुल्दाई ? सोधे
    ” वर्ल्ड कप मा भाग लिएर र खेल जितेर आएका लाइ बधाई दिनु त कता कता उल्टै बिकृति रे !!!
    कस्तो सोच यिनीहरुको !!
    मान्छे को मन हुन्छ भन्ने कुरा थाहा नभएकाहरु रहेछन यिनी हरु त \
    यिनीहरु लाइ क्रान्ति भन्ने , आन्दोलन भन्ने र हड्ताल भन्ने सब्द बाहेक केहि थाहा रहेनछ आदि आदि ”
    मैले भने जेहोस ठुल्दाई ७ वर्ष पछि भए पनि normal हुनु भएछ , मलाई खुसि लग्यो.
    – नेपालको जय होस्

    Reply
  87. पूर्ण नेपाली says:
    March 22, 2014 at 8:27 pm

    बुढालाई के बोल्दैछु भन्ने बिल्कुलै होस् रहेनछ.. थुक्क अब येस्ता बुढाको पछि लाएर कैले उङ्घो लाउनि.

    Reply
  88. Sabina Khatri says:
    March 22, 2014 at 8:24 pm

    एउटा नेता भएर आफ्नो देशको खेलाडीहरुको बारेमा यस्तो भन्ने , हुन त आश राख्नु पनि बेकार हो तर यत्ति सानो सोच राख्ने व्यक्तिहरुको हातमा देश रहनू ठुलो दुखको कुरो, कैले खेल खेलेको भए पो स्वस्थ प्रतिस्पर्ध भन्ने चीज थाहा हुन्थ्यो, बादरी प्रबृत्ति , आफु पनि नगर्ने , अरुको पनि देखि नसक्ने
    दुख लाग्यो 🙁

    Reply
  89. अज्ञात श्रेष्ठ says:
    March 22, 2014 at 8:22 pm

    यी नेता जति सबै पार्टीका मात्र भए, क्रिकेट खेलाडी सबै नेपाली जनताका भए त्यसैले यी नेता भनाउदा नर पिसाच अनि त्यसमाथि पनि विकृत मानसिकता भएको र नेपाल बन्द गर्न, मान्छे मार्न भन्दा अरु केहि नजानेका गजुरेलले आफ्नो दिमागले जे सोच्यो त्यहि बोल्यो, त्यसको औकात नै तेत्ति हो, त्यसैले उसको कुरामा अचम्म मान्नु जरुरी छैन | यसलाई त मा गजुरेलको अनन्य रोदन भन्न रुचाउछु |

    Reply
  90. Akash says:
    March 22, 2014 at 8:06 pm

    चुनाब को बेला गुडिरहेको सवारी माथि पेट्रोल बम हानेर मानिस हरु लै जिउदै जलाउने एस्ता नर्पिसाचहरुको पछि लगेर कुरा सुन्न जानेहरुको अनुहार देख्दा पो म त हास्दा हास्दा मर्छु कि कियाहो खित खित खित !:D माओबादी आफैमा बिकृति हो भन्ने कुरा बिगत ले साबित गरेको नै त छ नि ! क्रिकेटर हरुको सफलता ले डाहा लागेको बुडा लाई !

    Reply
  91. aashish bista says:
    March 22, 2014 at 7:52 pm

    बुढा भारत मुखी रहेछन, क्रिकेटमा नेपाल को प्रगति मन नपराउने, राजनीति राजनीति भन्ने, तर केहि लछारपाटो नलगाउने …

    Reply
  92. Shankar says:
    March 22, 2014 at 7:52 pm

    इन्डियन ले खेल्न सक्ने एउतै गेम र सधै धाक लाउने एउतै गेम क्रिकेट मा हाल केइ साल अगि बाट सुरु गरेर नेपालि चम्केको देखेर केहि ठाउ बाट प्रतिक्रिया आउनु लाइ अन्यथा न लिम |
    कोलाबेरी डि देखि लिएर क्रिकेट सम्म दक्षिण को हावा नै हो , नत्र केहि साल अगि सम्म नेपालि फुटबल भनेपछि मरिमेट थे र सार्क मा सिर्स पनि रहेकै हो |
    अब इन्डियालाई पनि जित्ने तिर लागम | कुरा को पछि न लागम , भोलि म्याच फिक्सिंग होला र नेपालि हारला , बा अरु सड्यन्त्र हुन् सक्छ सकुनी बाट तेस तर्फ सतर्क हुन् पर्छ खेल जगत र बिसेस माइसंसार को जासुसी आँखा |

    Reply
  93. बलराम says:
    March 22, 2014 at 7:50 pm

    येस्तै नेताहरु ले भाषण गर्दा भन्छन, येस्ता क्रिकेट खेलेर कति गोल हानियो कति, हेर गजुरेल, खड्का र ख्याकुरेल हरु तिमीभन्दा धेरै मेहेनती र क्रान्तिकारी छन्, हाम्रो छाती गर्बले फुलाका छन्, तिमि मुला चुनाब मा उठ, तिम्रो सबै बास्तविकता बाहिर आइ हाल्छ. कठै तिम्रो सोच!

    Reply
  94. Keshab Giri says:
    March 22, 2014 at 7:47 pm

    No wonder! Not surprised at all !! Party that sees its existence on killing, maiming, torturing innocent people, coercing people for donation, torching vehicles, vandalising and looting of public, and pretending to be powerful by pointing gun on head of helpless people. Yeah, off course! Comrade Gajurel would have been more than happy to see our cricket heroes holding barrel and bomb instead of bat and bowl, donning red starred bullet-proof combat dress than pad and helmet, and chanting Chinese imported revolutionary songs with clinched fist elevated into air rather than speaking fluently before media of world catching their attention and admiration.
    May be Nepali cricket team is reactionary force which is challenging the existence of ‘revolutionary force’ that transformed Nepal miraculously in last couple of decades. May be it is propaganda of reactionary conservative force in Nepali Society that such a grand achievement of revolutionary parties are overshadowed by achievements of Nepali cricket team.
    Even Hard-core communist autocratic countries like China nurture and respect sporting heroes, Putin tries to showcase Russian achievement through avenue of sports, even North Korea and Cuba promotes sports and athleticism. I think this is refined revolution suited for the geo-political context of Nepal that comrade talking about.
    No wonder for them, torture is pleasure, killing is sport: a pure joy. Trinity of Marx-Lenin-Mao bless you!

    Reply
  95. Nirab says:
    March 22, 2014 at 7:42 pm

    धेरै जसो कुरा त ठिकै गर्या हुन् यी नेताले, अन्तिमको वाक्यमा चै अलि नमिलाई भनेछन. मैले देख्छु पढेलेखेकै आफुलाई बुद्दिजिबि भन्नेहरुले ‘अनुराधा कोइरालाले CNN हिरो जितिन, नेताले केहि गरेनन’, ‘क्रिकेटर विस्वोकप मा खेले, नेताले केहि गरेनन’, ‘इशानी श्रेष्ठ मिस वोर्ल्डमा टप टेनमा परिन, नेताले केहि गरेनन’, ‘दिल्शोवाले हुम्लाका बच्चालाई सडक बालबालिका भनेर पालिन, नेताले केहि गरेनन’, ‘रबिन्द्र मिश्रले पैसा जम्मा गरेर नेपालमै NGO चलाए, नेताले केहि गरेनन’ ‘अझ ताइन तुइको काम गरेर गिनिज बुकमा फलानोले नाम लेखायो, नेताले केहि गरेनन’….ये बाबा हरेक कुरोमा येहा नेतालाई जोड्न पर्ने कहाँ आवस्यकता छ हो.

    Reply
    1. राज says:
      March 24, 2014 at 7:18 am

      नेताले गरेको भए ‘नेताले गरे’ भनिहालिन्थ्यो नि! नगरेरै त भन्नुपर्यो नि। यो पनि भन्न नपाउनु अब ?

      Reply
  96. SR Bista says:
    March 22, 2014 at 7:42 pm

    जब जब पतन को बेला आउछ तब मगज र बुद्धि दुवै बिग्रन्छ अनि मानिस बिबेकहिन हुन्छ… नेता हरु अब बुद्धि र बिबेक हिन भैसकेका छन् …के बोलिराछु भन्ने समेत हेक्का रहेन..यो पतन को अति उत्क्रिस्त नमुना हो..गजुरेल बा लाई अब बृद्ध आश्रम को बेवस्ता गर्दा फरक नपर्ला…यावत क्रम मा अरु नेता को नि मगज येस्तै रिति ले धरासाही नहोला भन्न सकिन्न !!!

    Reply
  97. Kale says:
    March 22, 2014 at 7:39 pm

    हे गजुरेल बुढा,हिजो १० वर्ष मा १७००० को हत्या भो,हामीले केही भन्यौं ? चुनाव ताका मान्छे मार्यौ केही भन्यौं ? यत्रो अत्याचार गरेर अनि मान्छे मारेर कुनै दिन नेपालीको अनुहारमा हाँसो आउँन दिएनौ। अहिले बल्लबल्ल क्रिकेटले अलिकति हाँस्न दिएको छ,त्यो पनि तिम्लाई पचेन है। थुक्क कहिले आउने हो यी राजनीतिका ठेकेदारको बुद्धि? कि सिमा पारिका समर्थक पर्यौ? मेरा ………….

    Reply
  98. तेजप्रसाद अधिकारी says:
    March 22, 2014 at 7:28 pm

    उसोभए बन्दुक र बमगोला समात्नु, पड्काउनु, लुट्नु र हत्या गर्नु बिकृति होइनन… थुक्क तिमीहरुको दरिद्र सोच… आज एउटा खेलको माध्यम बाटै भए पनि नेपाल लाइ विश्वले चिन्दै छ । यो पनि तिमीहरु लाइ पाच्य भएन…!!! देशका गहना हरुलाई बिकृति भन्ने हरु हो, तिमीहरु राष्ट्रघाती हौ ।

    Reply
  99. RAZ says:
    March 22, 2014 at 7:25 pm

    यस्ता नेताहरु बाट हामी नेपाली जनताले क्रिकेट होस् या देश विकासको के अपेक्षा गर्नु..

    Reply
  100. Paban says:
    March 22, 2014 at 7:20 pm

    यसलाई गाली गर्न त म सँग गाली पनि छैन यार, लाज लाग्दैन भन्या यि चोरहरु लाई, बिहान बिहानै धोकेर बसीराको रैछ क्या हो, राष्ट्र ले जित्दा खुसी हुन नसक्ने कुलङ्गार, यस्तै बाँच्छन कपाल फुलुन्जेल , मर्नु नि, देश लाई हलुङ्गो हुनेथ्यो अलिकति भएपनि।।

    Reply
    1. bijay says:
      March 22, 2014 at 9:04 pm

      अचम्मको कुरा के भने येस्ताले बोलेको तालि बजाउन जाने मान्छे / दर्शक पनि हुँदा रैछन /

      Reply
  101. Sabin says:
    March 22, 2014 at 7:13 pm

    पहिले त कुरा ठिकै गर्या थे, बिट मार्ने बेला सुरै गुमायेछन माउबादी बुढाले

    Reply
  102. Navaraj says:
    March 22, 2014 at 7:00 pm

    हे बरै, के आशा गर्नु यो हावा फुस्केको नेता बाट | जनताको खुसि सम्म देख्न नसक्ने पत्तुर | यस्ता सिनो हरुले नै बनाउला अब देश | थुइक्क हाम्रो नेता को जुनी |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme