Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पशुपतिनाथको दृश्य खिच्ने ४ कोरियाली थुनामा

Posted on March 22, 2014March 22, 2014 by Salokya

helicam1 पशुपतिनाथ मन्दिरमा फोटो खिच्न निषेध छ। अहिले त्यहाँ क्यालकुलेटर जस्ता विद्युतीय उपकरण पनि लान मनाही गरिएको छ। गैर हिन्दुलाई पनि त्यहाँ प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।

तर ४ जना दक्षिण कोरियालीको के ‘मिसन’ थियो कुन्नि, मन्दिरको दृश्य खिचिदिएछन्।

त्यसैगरी उनीहरुले नजिकैको सैनिक स्थलको पनि अनुमति बिना दृश्य खिचेको आरोप छ। काठमाडौँ प्रहरी प्रमुख रमेश खरेलका अनुसार उनीहरुले भिडियो खिच्न हेलिक्याम प्रयोग गरेका थिए। हेलिक्याम भनेको रिमोट कन्ट्रोलबाट उडाउन मिल्ने सानो खालको हेलिकप्टर हो, जसमा क्यामेरा जडान गरिएको हुन्छ।

हेलिक्यामको नमूना
हेलिक्यामको नमूना
यो क्यामेराले एरियल अर्थात् आकाशबाट तल हेर्दा देखिने फोटो/भिडियो खिच्ने गर्छ।

उनीहरु हेलिक्यामसहित पक्राउ परेका थिए। यसका लागि उनीहरुले अनुमति भने लिएका थिएनन्। पोखरा र वीरगञ्जमा पनि उनीहरुले हेलिक्यामबाट दृश्य खिचेको आरोप छ।

दक्षिण कोरिया समाचार एजेन्सी योन्हापले जनाए अनुसार पक्राउ पर्ने सउल टेलिभिजन नेटवर्कका तीन जना कर्मचारी हुन्। त्यसमा किम नामका एक प्रोड्युसर पनि छन्। अर्का एक जना भने टुर गाइड हुन्।

ती चार जनालाई प्रहरीले मंगलबार पक्रेको रहेछ। प्रहरीसितको बयानमा उनीहरुले रिमोट कन्ट्रोलबाट चल्ने हेलिक्याम चलाएर सैनिक क्षेत्रको फोटो/भिडियो खिच्ने योजना नरहेको बताएका थिए।

बयान पछि उनीहरुलाई अस्थायी रुपमा छाडिए पनि पछि प्रहरीले बोलाएर सोधपूछका लागि थुनामा राखेको थियो।

योन्हापका अनुसार दक्षिण कोरियाको विदेश मन्त्रालयको ध्यान यसमा आकर्षित भइसकेको छ। मन्त्रालयका प्रवक्ताले यो केस छिटोभन्दा छिटो टुङ्ग्याउन हरसंभव प्रयास गरिने बताए।

उनीहरुले किन मन्दिर र सैनिक क्षेत्रका दृश्य खिच्न खोजे, त्यो भने अनुसन्धानको क्रममा छ।

38 thoughts on “पशुपतिनाथको दृश्य खिच्ने ४ कोरियाली थुनामा”

  1. Pushpendra says:
    March 23, 2014 at 12:34 pm

    नेपालमा जसले जे गरे पनि हुन्छ ,

    Reply
  2. Bhim says:
    March 23, 2014 at 5:47 am

    हिन्दु र अहिन्दुको प्रमाण के आज भोलि त गोरा हरु पनि हिन्दु भएका छन् हिन्दु गोरा पशुपतिमा म हिन्दु हु भनेर प्रवेश पाउछ ?

    Reply
    1. shailen says:
      March 23, 2014 at 1:32 pm

      जात रंगले धर्मी अधर्मी छुट्टिन्छ भन्ने कुरो शिवजीको निवासस्थानमा त छ भने अरु ठाउँको के कुरा गर्ने?

      Reply
  3. Deepak Aryan says:
    March 23, 2014 at 4:11 am

    This is one of the reasons I am an atheist. गैर हिन्दु लाइ पस्न मनाइ छ रे !

    Reply
  4. शशङ् लामा, न्युयोर्क says:
    March 22, 2014 at 8:16 pm

    पशुपतिको मन्दिरमा हिन्दु/ अहिन्दु छिरिरहेका हुन्छन भने “गैर हिन्दुलाई प्रवेश निषेध” नियम हास्यास्पद भएन र ? कि त गोरालाई निषेध भनेर तोकिनु पर्यो | यो मैले खिसी गरेको नभई, समयसंग नमिल्दा परिपाटीलाई परिमार्जन गरिनुपर्छ भनि सचेत गराएको हुँ | के गोरा के काला, इश्वरीय थलोमा तिनलाई प्रवेश निषेध गर्नु धर्मको नाममा अधर्म भएन र ? यसमा कुनै तर्कले पनि justification दिन सक्दैन !!!

    Reply
  5. abhinav says:
    March 22, 2014 at 6:38 pm

    शशांक जी तपाइँ वास्तव मै धार्मिक हो भने
    इमान्दार भएर खोज्नुस अनि बल्ल था हुन्छ धर्मके हो
    तपाइँ लाइ धर्मको प्यास भन्दा पनि गुटको प्यास बढी छ जस्तो लाग्छ

    Reply
  6. प्रेम पुन मगर says:
    March 22, 2014 at 6:33 pm

    धर्म बारे प्रसंग चल्यो’कि आफ्नो असली अनुहार छर्लङ्ग देखाई हाल्छन यी हल्लाखोर अतिबादीहरु।आखिर त्यो पशुपतिनाथमा के छ त्यस्तो?किन फोटो,भिडियो खिच्न दिईन्न?किन गैर हिन्दुहरुलाई पस्न मनाही गरिन्छ?यो कस्तो खालको धर्म हो?

    संस्कार आफ्नो हुन्छ तर धर्म सबैको हुन्छ भन्ने कुरो बुझ्नु पर्यो।लुम्बिनी जस्तै पशुपतिनाथ पनि सबै मानवकोलागि खुल्ला हुनु पर्छ।मेरो मात्रै धर्म भन्ने सोचले बिखंण्डन ल्याउछ।द्धन्द निम्त्याउ छ।सबै धर्मका केही गुण र केही अवगुण हुन्छन।गुणलाई निरन्तरता दिने र अवगुणलाई मेटाउदै या परिमार्जन गर्दै लैजानु आजको आवश्यकता हो।सति जाने प्रथा रोके जस्तै धर्म भित्रका खराब कुराहरुलाई रोक्दा धर्म बिलाएर या मरेर जाँदैन।बरु सबैले राम्रो दृष्टीकोणले हेर्छन।राम्रो सिद्धान्त हुने धर्मलाई सबैले पच्छ्याउ छन।

    अब कुरा रह्यो कोरियनहरुलाई कुन कुरामा सँजाय दिने।यी कोरियनहरुको गल्ति भनेको कुनै अनुमति नलिई हेलिक्याम प्रयोग गर्नु हो।अनुमति नलिई हलिक्याम प्रयोग गर्नु भनेको जाशुसी गर्नु सरह हो।चाहे त्यो पशुपतिनाथमा होस या जुनसुकै ठाँउ या भूभागमा होस यदि सरकारबाट अनुमति नलिई यस्तो काम गरिन्छ भने तिनीहरुलाई कानुनमा लेखिएको सँजाय दिईनु पर्छ।

    Reply
  7. sunan says:
    March 22, 2014 at 6:14 pm

    satellite can take pictures of every stones of Pashupati. any.country millitary can collect those pictures in seconds. will वे अर्रेस्ट थेम?ARRESTING TOURISTS DONT MAKE ANY.SENSE!

    Reply
  8. Hari says:
    March 22, 2014 at 2:19 pm

    अ जा सु = अति जान्ने सुन्ने KOREAN

    Reply
  9. Rajesh says:
    March 22, 2014 at 1:56 pm

    यो christianity फैलाउन korean ले गरेको घोर द्रिस्थाता हो | korean हरु नेपालमा धेरै christianity फैलाउन खोज्दैचन |
    धर्म भनेको त धारण गर्नु हो, जसलाई जस्तो मन बाट सहज लाग्छ त्यो धारण गर्ने | यो खाना जस्तै हो, कसैलाई पिज्जा, कसैलाई बुरगेर, कसैलाई डोषा, कसैलाई मोमो, आदि आदि | कसैलाई मोमो खादै छ, तेस्लाई जबर्जस्ति पिज्जा खोउवनु खोज्नु त मुर्खताको नमुना हो |
    यो कुरा इसाई र इस्लामीहरुले कैले बुज्ने होला खोइ ?

    Reply
  10. youbaraj says:
    March 22, 2014 at 1:11 pm

    कुरा पशुपतिनाथ को फोटो खिच्यो होइन , कुरा हो बिदेशीले नेपाली लाई हेपेको हो ,
    जाउ ता नेपाली कोरियामा यती गरेर देखाऊ त

    Reply
  11. डिल्ली says:
    March 22, 2014 at 1:03 pm

    * नियमको ठाडो उल्लङ्घन भएको छ यसमा विमति हुने कुरै भएन । त्यसरी विना स्वीकृति संवेदनशील स्थानहरू कसैको धार्मीक आस्थामा पुग्ने चोटप्रतिको सम्मान गर्न सबैले सक्नु पर्छ । प्रविधि र आर्थिक सम्पन्नता हुँदैमा हाम्रो गरिविको फाइदा उठाएर हेप्ने काम भएको हो । शक्तिशाली देशको दादागिरी हो । यसमा कडा भन्दा कडा कार्यवाही होस् ।
    * तर दृश्य खिच्न प्रतिवन्ध किन छ यो मैले बुझ्न सकेको छैन । मन्दिरको महत्वपूर्ण मूर्ति जसलाई देवताकोरुप मानिन्छ खिचेर प्रचार प्रसार गर्दा के बेफाइदा हुन्छ जान्न सकिएन । लुकाएर राख्नु भन्दा सबै धर्म मान्नेलाई हेर्न छुट दिँदा हिन्दू धर्मको उचाई घट्दैन भन्ने मेरो नीजि बिचार हो । कसैले घृणा गर्दैमा कुनै पनि धर्मको उचाई घट्दैन अझ बढ्छ । हरेक कोणबाट हरेक तौर तरिकाबाट र उपलब्ध सबै प्रविधिबाट यसलाई खिच्न, सक्कली निर्धारण गर्न हाम्रै देशको धरोहर सिद्ध गर्न अहिलेको चुनौति हो । अहिलेको भौतिक मूल्य खोज्ने संसारमा म नै सक्कली म हुँ भन्न पनि कानुनी लडाइ लड्नु परिरहेको अवस्था छ । ब्रिटिसहरूको हातमा एक प्रति नक्शा भइदिएकोले सुगौली सन्धिकालीन नक्शा भनेर पटक पटक शक्तिशाली छिमेकीले तेर्स्याइरहेको काल्पनिक नक्शा नक्कली मान्न सहज बनिरहेको छ । प्रमाण कम्जोर राखिराख्ने हो भने मूर्ति दाबी गर्न छिमेकी भाले आँगनमा नाच्न के बेर ? पशुपतिनाथको सुरक्षाको सबै उपाय अवलम्बन गर्न पनि सत्यता बारे सबैले जान्नु आवश्यक हैन र ? यसरी गुपचुप पारेर गुमनाम राखिने देवताको मूर्ति सक्कली वा नक्कली कुन चाहीँ छ त ? सक्कली विदेश सयर गर्ने र नक्कलीमात्र मन्दिरमा राख्ने नियोजित तरिका त हैन ?

    * काम, क्रोध, लोभ, घृणा, माया र मोहबाट मुक्त रहनु भनेको के हो त ? अरु धर्मवालम्बीले हिन्दू मन्दिर छिर्न, पूजा गर्न र हिन्दू दर्शन पढ्न चाहेमा किन रोक्ने ? हिन्दू दर्शनले मानेको के हो भने जन्मदै कसैको जात हुँदैन यो कालन्तरमा कर्मले दिने हो । नीच कर्म गर्ने नै नीच जातको बन्ने हो । तर उल्टो मान्छेलाई नजन्मदै नीच जातको देखाइन्छ, पानी काढिन्छ र निषेध गरिन्छ जुन हिन्दूत्व भित्र पर्दैन ।

    Reply
  12. basanta malla says:
    March 22, 2014 at 11:26 am

    हामी कोरियामा बसेर कोरियाको कानुन मानेका छौ भने कोरियन ले पनि हाम्रो देसमा हाम्रो कानुन मान्नु पर्छ .

    Reply
  13. Suman Bjra. says:
    March 22, 2014 at 10:52 am

    यो कानुन् को उल्घंन गरेने सिकाउने नेपालको travel agnecy हात छ / त्यो व्यक्तिको
    नाममा राखेको Travel Agency को प्रमाण पत्र रद्द गरि बभिस्यमपनि तेस्तो उधोग दर्त गर्न त्यो व्यक्ति लाइ बन्चित गराउन पर्छ/

    Reply
  14. [email protected] says:
    March 22, 2014 at 9:58 am

    शिव कानुन दफा ३३४ क आनुसार यिहरुलाई मृतु दण्ड दिनु पर्छ…सम्पूर्ण सनातन धर्मकै अनादर गरेका यिनीहरु साधारण व्यक्ति पनि होइन यिनीहरु पत्रकार हुन् ..भित्र गइ द्रिस्य खिच्न नहुने भयेछी त्यो झ्यालिंचा उडान येन्त्र लागे द्रिस्य खिच्ने योजना बध्द दुस्साहस गरेका हुन् . महादेव पर्बतिको निजि आवास मा के हेर्ने प्रयास गरेका हुन् कुन्नि…???

    Reply
    1. sanjay says:
      March 22, 2014 at 2:54 pm

      नेपालमा त मृत्युदण्ड दिन मिल्दैन, यिनीहरुलाइ कहाँ लगेर त्यो सजाए दिने होला durbasa जी ?

      Reply
  15. shailen says:
    March 22, 2014 at 6:54 am

    पशुपतिनाथलाई पनि कोरियामा बैदेशिक रोजगारीको अवसर प्रदान गर्न बिदेशी सहयोग गरिएको जस्तो छ। गैर-हिन्दूलाई मुख नदेखाउन लक्ष्मण रेखा कोरिएकोले देशैको गैर-हिन्दू मात्र के बिदेशी समेत उहाँको प्रेम-मोहले खिचिएको छ।

    Reply
    1. rosi says:
      March 22, 2014 at 9:58 am

      जे पायो ठी न बोल्नु होला , तपाई लै आस्था छैन भन्दै मा हाम्रो भगवान लै जे पाए तेही न भन्नु होला मित्र

      Reply
  16. eklavya says:
    March 22, 2014 at 5:41 am

    यस्मा कुनै सन्देह छैन तिनीहरु बिना कुनै जरिवाना बिना कुनै रोकटोक बाहिर निस्कनेछ बस एक कल कोरियाबाट मात्र जरुरि छ नेपालको प्रहरी बिभागले केहि खुट्टी लाउन सक्दैन तर यहि कम कुनै नेपालीले कोरियामा गरेमा उसको सर्वस्व जान्छ ….र उ फेरी कोरिया सपनामा मात्र हो जाने के गर्ने देश शासन नै खराब भएपछी जे मा पनि निहुरिनुपर्छ …तिनलाई के थाहा पशुपतिनाथ हामी नेपालीहरुको लागि कति गौरभ्मय र कति अस्थामय स्थल हो भनेर ….

    Reply
  17. शशङ् लामा, न्युयोर्क says:
    March 22, 2014 at 4:14 am

    हिन्दु धर्म सहिष्सुनु छ भनेर बाराम्बार सुन्नमा आइन्छ| तर गैर हिन्दुलाई मन्दिरभित्र प्रवेश निषेध, मन्दीर भित्र विधुतीय यन्त्रहरु लान नपाउने, फोटा खिच्न नपाउने, छालाजन्य सामानहरु बाहिरै फुकालेर राख्नुपर्ने आदि बन्देजहरु असहिश्सुनुस्ताको परिचायक होइन र ? हिन्दु धार्मीक संस्कारहरुमा परिमार्जन हुनु अत्यावश्यक भैसकेको छ| हिन्दु संस्कृतिमा भएका विसंगतिले अन्य गैर हिन्दुहरुलाई पनि प्रत्यक्ष्य र अप्रत्यक्ष्य असर गर्छ| कारण नेपालमा हिन्दुहरुको बाहुल्य छ| That is not our problem भनेर बस्ने बेला छैन| उदण्ड धर्मान्ध र धर्मभीरु नभई ठण्डा दिमागले यस समस्याको समाधान सबैले खोज्नुपर्छ !

    Reply
    1. Raj says:
      March 22, 2014 at 9:58 am

      Do you have any problem with that, regarding you are a person that boasts about how good is ox/cow tail soup is??

      Reply
      1. abhinav says:
        March 22, 2014 at 6:29 pm

        शशांक जी
        तपाइँ ले शायद हिन्दु धर्म भन्दा नै गलत बुझ्नु भएको रहेछ भन्ने प्रष्ठ हुन्छ
        गाउ घरे कुरा लाइ धर्म संग जोड्नु हुन्छ सधै
        तपाइँ ले जे धारण गर्नु हुन्छ त्यो तपाइँको धर्म हो येस मानेमा प्रतेक मान्छेको धर्म फरक छ
        गीताको राम्रो भाष्य किनेर पढ्नुस अनि तपाइलाइ बल्ल धर्म के हो भन्ने था हुन्छ

        Reply
    2. Bindu says:
      March 22, 2014 at 10:02 am

      शसांक जी
      तपाईले भन्नु भएको कुरा सही हो .
      हेर्नुस त ! तपाईले लेख्नु भएको सही कुरामा कति छिट्टै रातो टिक लगाईएको ?!
      यो किन था छ शसांक जी ? पहिलो कुरा त तपाईको लामा थर ( हिजो आज जात – धर्मको
      भूत चढ़या छ नि मान्छेहरुलाई ) अनि अर्को कुरा सही सत्य कुरा पचाउन गाह्रो हुन्छ —

      खासमा भन्ने हो भने सत्य कुरा त हिन्दु धर्म बास्तवमै उदार छ तर यी स- साना
      झिना मसिना कुराहरुले ( जस्तो कि गैर हिन्दुलाई पशुपतिनाथ प्रवेश गर्न नदिने
      आदि बाठा मान्छेहरुले बनाएको नियमका कारण ) हिन्दु धर्मलाई बदनाम गर्न मसला
      पुगेको छ ——
      शसांकजीका सुझाब सही छन् , सबैले पढून् , मनन् गरुन् .

      Reply
      1. Bindu says:
        March 22, 2014 at 10:09 am

        उबेला को कुरा बेग्लै थियो , परिस्थिति त्यस्तै थियो , पशुपतिनाथको मन्दिर बचाउन
        सायद त्यस्तो नियम बन्यो —
        अब ऐले परिस्थिति फरक छ .
        भगवानको नजरमा सबै बराबर हो भने गैर हिन्दु पनि त हाम्रो पशुपतिनाथको आँखा
        उत्तिकै बराबर होईन र ?!

        Reply
      2. Shankar says:
        March 22, 2014 at 12:12 pm

        सबै धर्म ले आफुलाई सहिस्नु , राम्रो त्यो मात्र स्वर्ग जाने बाटो भन्छ , इस्लाम रिलिजन अफ पिस रे , जिजस त् ब्रिफ केस बोकेरै गरिब को घर घर मा आउनु हुन्छ रे , बुद्द ले मन शान्त पार्नु हुन्छ रे , बिबाद त्यो कुरा को हैन , बिबाद अरुको क्षेत्र मा, प्रपर्टी मा अतिक्रमण किन भयो भन्ने बिसय मा हो |
        तेसो त् सिब पार्वती एकान्त मा बस्नु भएको बेला गएको भए स्वस्थानी अनुसार ति कोरियेंन ले पनि अग्नि ले जस्तै पा पा खान पाउथे कि ? भन्न सकिन्न |
        आफ्नो छोरीलाई घाम को मुख न देखाउने अरुको छोरीलाई तिमि राम्री ,स्मार्ट भनेकी हैन , बेस्से बन न भने जस्तो सल्लाह दिन भएँन |

        Reply
    3. Madan Mani says:
      March 22, 2014 at 10:08 am

      यसरी नै फोटो खिचिएका र विदेशीले घुमे हेरेका धेरै मन्दिरका पुरातात्विक मूर्ति र कलाहरू चोरी भएर विदेश पुगिसके। तत्काल यस्तो चोरी रोक्न सक्ने सरकारी संयन्त्र नभएकाले यस्ता मन्दिर प्रवेशमा कडाइ गर्नु सहि नै हो।

      Reply
    4. Kale says:
      March 22, 2014 at 10:14 am

      केही कुरा सहि भएपनि केही गलत छ तपाईँको ।
      अरु धर्म मान्नेलाई छिर्न नदिनु गलत भएपनि अन्य बिबिध कुरा सहि छन। एउटा आस्था को कुरा पनि हुन्छ। मुख्य कुरा हामी के गर्छौँ भन्ने नै हो।अरु भन्दा फरक सोच्दैमा असहिष्णु भईन्छ र?

      Reply
    5. ishan says:
      March 22, 2014 at 10:14 am

      विसंगतिको बिरोध गर्नु एउटा कुरा, धर्मकै बिरोध गर्नु राम्रो हुदैन! आफुले कुनै धर्म माने पनि नमाने पनि अरुले मान्ने धर्मप्रति हेय-धारणा प्रकट किन गर्ने?
      सहिस्नुताको कुरा गर्दा, देखाउने नाममा अरुलाई आफ्नो आन्द्रा-भुडी नै पस्किनु पर्छ भन्ने जरुरि छैन! अनुमति लिएर पशुपति दर्शन गर्न दिएकै छ, अनुमति नलिईकन पुरै आन्द्रा-भुडी खोतल्न चाहनेलाई त्यसो नगर भन्नु विसंगति हो भनि त्यहि सहि!
      फेरी, विधर्मीलाइ हिन्दुकै मन्दिरमा हिन्दु मान्यता बिपरित ब्यबहार गर्न छुट चाहियो भन्ने चाहि कहाको धार्मिक स्वतन्त्रता हो? संग्लो पानीलाई धमिलो नबनाई चित्तै नबुझ्ने?

      Reply
    6. Jay says:
      March 22, 2014 at 11:06 am

      हिन्दु मन्दिर मा गैर हिन्दु लाई प्रबेस निषेध एकदमै राम्रो कुरा हो यसमा अचम्म मान्नु पर्ने कुरा केहि छैन !! यो परिबर्तन गर्न पनि जरुरि छैन !! एकदमै साधारण कुरा क्रिस्चियन हरु हिन्दु भगवान लाई सैतान भन्छन अनि फेरी किन त्यहाँ जानु पर्यो त ??

      अर्को कुरा exam hall मा बिद्यार्थी बाहेक अरु जानु मा कुनै तुक नभए जस्तै हिन्दु मन्दिर मा हिन्दु जान्छन !!! जुन सुकै धर्म माने पनि नेपाली लाई यहाँ प्रवेश निषेध गरियको छैन, यहि हो धार्मिक सहिस्नुता भनेको !!! बिन्दु जी को कुरामा कुनै तुक देख्दिन म किनकि लामा जातिलाई कुनै मन्दिर मा प्रवेश निषेध गरियको छैन !!!

      कुनै पनि चिज को आफ्नै मूल्य मान्यता हुन्छन, आफ्नै नियम/ अनुसासन हुन्छन, तर तपाई जस्तो भौतिकता बादी हरुलाई के थाहा, तपाई ले त्यो मुर्तिलाई ढुंगा देख्दा म भगवान देख्छु, सिर निहुरिएर आउछ !!!!

      Reply
      1. shailen says:
        March 23, 2014 at 1:41 pm

        मित्र, हिन्दूहरु नेपालीमात्र हैन अम्रिकन पनि हुन सक्छन्। तर उसको पासपोर्टमा धर्म हिन्दू भनेर लेखेको हुँदैन। अब उ के उसको आस्थादेवको स्थानमा प्रवेश पाउने कि नपाउने?

        Reply
    7. Paru says:
      March 22, 2014 at 12:29 pm

      सशांक जी , बिन्दु जी , तपाई हरु को कुरा मलाई चाही ठीक लाग्या छ है. भगवान को नज़र मा सबै बराबर हुन्छन. christian buddisht muslim सबै धर्म मा सबै लाई मन्दिर मस्जिद चर्च जाने छुट छ हाम्रा हिन्दु देवता को घर मा चाही गैर-हिन्दु मात्र नभई so called दलित हिन्दु लाई नि प्रवेश छैन. अनि हामि चाही सहिस्नुता को बारे मा खोक्दै हिड्छौ!

      तर येसो भन्दै मा बिना अनुमति सैनिक परिसर भित्र helicam ले फोटो खिचेको मा प्रहरी ले अनुसन्धान गरेर आफ्नो duty चाही निभाएको नियम संगत नै लाग्या छ मलाई.

      Reply
    8. binay says:
      March 22, 2014 at 1:52 pm

      लामा जि हरेक धर्मको आफ्नो मुल्य र मन्यता हुन्छ । हिन्दू धर्म यस्तो धर्म हो जुन धर्मले आफ्नो पर्चार गर्न हरेक मान्छे को ढोका ढक्ढकाउदैन । म जर्मनी आएको बर्ष देखी हरेक दिन उनीहरुको घन्टीमा ढोका खोल्नु परेको छ । हामी कसैलाई Influence गरेर आफ्नो धर्ममा ल्याउदिनौ तेसैले न त कसैको ढोका ढक्ढकाउछौ न त मन्दिरमा पस्न दिन्छौ । तपाईंको अमेरिकामा अनुमती बिना कोही मान्छे तपाईंको घरमा छिर्न नपाए जस्तै हो । अनी समुन्द्री तटमा नुहाइरएकी तपाईंको श्रीमतीको फोटो कुनै खैरेले खिच्यो भने के त्यो कुरा तपाईंलाई पाच्य हुन्छ र ? शायद हुदैन होला-तेस्तै हो हामीलाई नि हाम्रो आस्थाको फोटो खिच्यो भने पाच्य हुदैन । चेतना भया ।

      Reply
    9. Rajesh says:
      March 22, 2014 at 2:16 pm

      सुन्न होइन देख्न पनि पायको छ नि होइन र ससांक,
      नेपाल एक मात्र हिन्दु राष्ट्र हुदा पनि, जामे मस्जिद हाम्रो राजधानीको मुटुमा बन्न हामीले देयाकै हो, च्रिस्तियन missionary ले दसकौ देखि नेपालमा धर्म प्रचार गरकै हो र तिबेतियनहरु आफ्नो धर्मको खुला पालना गरेर बसेकै छन्, कसैले रोक-तोक गरेको छ ??
      हो येइ हो धार्मिक र सामाजिक सहिस्नुता भनेको |
      तर तपाइको तर्क चै नकारात्मक हो, आफ्नो घरमा सबैले आफ्नो नियम राखेको हुन्छ र तेस्लाई पालना गर्नु अरुको सहिस्नुता हो |
      तपाइको विचार चै अर्काको घरमा गएर, हग्न पाउनु पर्ने, जहाँ गाईलाइ पुजा गरिन्छ, तय गएर गाईको मासु खानु पर्ने ?? यो कस्तो सहिस्नुता हो, भनिदिनुसना हो ससंका जी |
      तपाइको सोच गलत भयो एस्लाई बदल्नुस | तपाईलाइ जनजाती, सोसित दलित भनेर तपाइको brainwash भएको छ, सोवाभिक हो तपैले हिन्दु धर्म र बाहुनले सबै बिगेरको भन्ने सोच्नु हुन्छ र एस्तो negative कमेन्टहरु दिनु हुन्छ |

      Reply
    10. निराकार सत्य says:
      March 22, 2014 at 6:05 pm

      संसारका कतिपय यस्तै महत्वपूर्ण स्थानहरूमा क्यामेरा, मोवाइल लान प्रतिबन्ध छ। त्यो अमेरिकीहरूको मनोरञ्जन गर्ने फोहरा दरबार अगाडीको कान्तिपथमा उभिएर त फोटो खिच्न मनाहि छ। अनि पशुपति मन्दिर भित्री परिसरको तस्वीर खिच्न चाहिं हुन्छ त? हो, गैर हिन्दुलाइ प्रवेश निषेध गर्नु ठिक हो कि होइन भन्ने कुरा चाहिं वहसमा ल्याउन सकिन्छ।

      Reply
    11. रैथाने says:
      March 22, 2014 at 7:33 pm

      न्युओर्के मित्र,
      तपाइको कुरालाई मैले एउटा हरियो ठिङ्गा दियको छु है!
      तर पनि केहि भन्दैछु खिलाफमा होइन कि यत्तिकै,
      तपाइले जे जे कुरा भट्याउदै हिन्दु धर्म अशहिक्ष्णु भयो भन्ने जुहारी चाल्नु भायो नि जस्तो कि, अन्य धर्मका अनुयायी वा धर्मान्धाता लाइ प्रवेश निषेध, छालाको जुत्ता पेटी निषेध, मन्दिर भित्र बिध्धुतिया सामान लान नपाइने, फोटो खिच्न नपाइने आदि कुरा हरु छ नि साथि,
      त्यो धार्मिक कुरा होइन? त्यो त सामाजिक वा ब्याबस्थापकिया पक्षका कुरा हुन्!
      सुरक्षाको लागि वा अन्य कुनै कारण जस्तोकि समानता, स्वोस्थ (हाइजिन भनौ अंग्रेजी शब्द) स्वोच्छता आदि कुराहरुको लागि अपनाई प्रयोग गरिएको ब्याबस्थापकिया पक्षका कुरा हुन्! यो धर्मले निर्देशित गरेको कुरा होइन र धार्मिक लेप लगाउनु अबुझापना हो!
      तर पनि मा भन्छु हाम्रो धर्ममा अलिक परिमार्जन र सुधार आबस्यक छ! धर्ममा भन्दा समाजमा थुप्रै परिमार्जन र सुधार आबस्यक छ! समाजमा भन्दापनि ब्याबस्थापनामा अति सुधार आबस्यक छ!
      ब्याबस्थापनामा भन्दापनि हाम्रो मानाशिकता र चेतनामा जर्रो सुधार को आबस्यकता छ!
      यी सबै भन्दा हाम्रो धर्म,समाज,सस्कृति, ब्याबसाय, प्रशाशन,ब्याबस्थापन, आदिको नेत्रित्वो कर्ताको दिमाग बिचार चिन्तन र चेतना मा सुधार र परिमार्जन आबस्यक छ!
      कुनै पनि धर्मले यसै गर र यसरि नै यस्तै गर्नुपर्छ भन्दैन त्यो आबस्यकता को शिद्दानता अनुशार निर्देशित हुन्छ!
      तर हामीकहाको विद्वान र दिग्गज लाइ डोकोले बिरालो धुनेर मात्र श्राद्द गर्ने मानाशिकता जो गाँजेको छ,
      हामीकहा धर्मले शिक्षा र चेतना फैलाउनु भन्दापनि त्राशदि फ़ैलाउछ! किनकि मान्छेलाई नियन्त्रण गर्ने सबैभन्दा ठुलो शक्ति त्राश हो!
      र यो काम ब्याबस्थापक र धर्मभिरु जसले धर्मबाट प्रत्यक्ष परोक्ष अपार फाइदा लुटि रहेको छ तिनीहरुले गर्छ!
      तेसैले यसो भयको हो!

      Reply
    12. योगी says:
      March 24, 2014 at 10:47 am

      के गर्ने त पशुपति मा छिर्न नदिदा त पशुपति वर पर सबै क्रस को जंगल बनाइ सक्यो अनि देश नै दुबैसक्यो…पशुपति मा मात्र होइन यिनीहरुलाई कहिँ पनि मन्दिर अनि गुम्बा मा जानु दिनु हुदैन….

      Reply
  18. kedar says:
    March 22, 2014 at 3:43 am

    यो देशमा जिउँदो पुलिस अफिसर मात्रै खट्केको रहेछ, खरेल जस्तै सबै पुलिश भए कानुन बनाउने संसद पनी नचाहिने रहेछ, कागजको ठेलीमा सुतेका कानुनले आफैं गर्ने त केहि होइनन

    Reply
  19. Shankar says:
    March 22, 2014 at 2:29 am

    अरुको गोप्य कुरा भनि सकेपछि जे भए पनि किन खोतल्नु पर्ने नि यी कोरियनलाई ?
    रेप काण्ड जस्तै हो यो , मिल्ने भए रेप काण्ड कै मुद्दा लगाएर जेल मा कोचेर एक छाक चाउ चाउ खान दिएर राख्नु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme