Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

३ वटा मोबाइललाई सम्पत्ति भन्ने प्रमका मन्त्रीहरु भने कति धनी, सुन र चाँदी नै किलोका किलो

Posted on March 19, 2014March 19, 2014 by Salokya

gold प्रधानमन्त्री सुशील कोइरालाले अहिलेसम्मका प्रधानमन्त्रीहरुले नगरेको काम गर्नुभयो- मोबाइललाई सम्पति भनेर। यसअघिका कुनै पनि मन्त्री, प्रधानमन्त्रीले मोबाइललाई सम्पति लेखेका थिएनन्। सम्पति विवरण भर्दा अहिलेसम्म मोबाइललाई सम्पति नै मानिएको थिएन। धन्न उनले मोबाइल जस्तै जुत्ता र लुगा पनि सम्पति विवरणमा लेखेनन्।

प्रधानमन्त्री गरिब भए पनि उनका मन्त्रीहरु भने साह्रै धनी छन्। उनीहरुको सुन र चाँदी अनि नगद हेर्दाहेर्दै दङ परिन्छ। सबभन्दा धनी अर्थमन्त्री डा. रामशरण महत छन्। सुनमात्रै एक किलो र चाँदी साढे दुई किलो रहेछ। हेरौँ पूरा सम्पति विवरण

ramsharan-1

ramsharan-2

ramsharan-3

डलर र रुपियाँमा थुप्रो रकम खातामा

अर्थमन्त्री महतको दुई वटा नेपाली बैँकमा गरी २५ हजार ८३४ अमेरिकी डलर नगद मौज्दात छ। नेपाली रुपियाँ पनि कम छैन।

उनी र उनको परिवारका नाममा हिमालय ब्याङ्कमा १० लाख ९५ हजार, नेपाल ब्याङ्कमा ८ लाख ८८ हजार, सप्तगण्डकी सहकारीमा ६ लाख ७७ हजार र ७ लाख ९६ हजार, इन्भेस्टमेन्ट ब्याङ्कमा ५ लाख ५७ हजार, एस डेभलपमेन्ट ब्याङ्कमा २१ लाख ६० हजार र नागरिक लगानी कोषमा २ लाख ५५ हजार रुपियाँ छ।

बैँकमा रकम हुँदाहुँदै ऋण नतिर्ने, क्या अचम्म

बैँकमा त्यत्रो पैसा हुँदाहुँदै पनि उनले एक करोड २० लाख ऋण पनि देखाएका छन्। त्यसमध्ये ३० लाख रुपियाँ उनले आफ्नो अनुकूलमा तिर्ने गरी ऋण लिएको भनेका छन्। कोसँग लिएको भन्ने चाहिँ खुलाएका छैनन्। पहिले पनि अर्थमन्त्री भइसकेका र अहिले पनि अर्थमन्त्री भएकाले उनलाई पत्याएर दिएका हुन् कि। त्यस्तै एभरेस्ट बैँकको ८० लाख ऋण रहेछ। यो ८० लाख उनलाई ब्याजै नलिने गरी दिएका रहेछन् कि के हो? नत्र बैँकमा मौज्दात राखेको नगदको ब्याजभन्दा बैँकबाट लिएको ऋणको ब्याज पक्कै बढी हुन्छ। फेरि नगद मौज्दातै ९० लाख रुपियाँ रहेछ बैँकहरुमा। त्यसले ऋण तिर्ने बुदि्ध भने आएनछ कि कसो?

सेयर पनि थुप्रै

पहिले पनि अर्थमन्त्री भइसकेकाले उनको सेयरहरु हेर्न पनि रमाइलै हुन्छ। उनी र उनको परिवारको नाममा हिमालय बैँक र नेपाल इन्भेस्टमेन्ट बैँक दुई बैँकमा र सप्तगण्डकी सहकारी र चन्द्रागिरी वचत गरी दुई सहकारीमा सेयर छ।

हिमालय बैँकमा ५८८ कित्ता सेयर उनको र पत्नीको नाममा छ भने इन्भेस्टमेन्ट बैँकमा आफ्नै नाममा १२१२ कित्ता सेयर छ। इन्भेस्टमेन्ट बैँकमा छोरीको नामबाट घुमाउरो सेयर पनि छ। छोरी आज्ञा महतको छाया इन्भेस्टमेन्टमा ५५८३ कित्ता सेयर छ। बुझ्नु पर्ने कुरा के हो भने छाया इन्भेस्टमेन्ट भनेको इन्भेस्टमेन्ट बैँकमा ८.२० प्रतिशत सेयर भएको कम्पनी हो। जसको एक कित्ता सेयरकै बजार मूल्य अहिले ८५२ रुपियाँ छ।

सबै हिसाबले उनी यो मन्त्रिपरिषद् कै सबैभन्दा धनी मन्त्री हुन्।

गृहमन्त्री गौतम ‘करोडपति’

दुई पटक गृहमन्त्री भइसकेका वामदेव गौतमको अहिले कतै घरै रहेनछ। तर उनी प्रधानमन्त्री जस्ता सर्वहारा भने हैनन्। उनी तथा उनको परिवारको नाममा विभिन्न बैँकमा गरी झण्डै करोड रुपियाँ मौज्दात छ।

भेगास सिटी बालकुमारीको दुई फ्लाट किन्न उनले ५० लाख रुपियाँ पनि तिरिसकेका छन्। त्यो रकम उनले कुमारी बैँकबाट ऋण लिएर लगानी गरेको भने पनि ऋण उल्लेख गर्नुपर्ने ठाउँमा कुमारी बैँकको कुरै छैन। ऋणमा नबिल बैँकबाट १ करोड लिएको र ५० लाख तिर्न बाँकी लेखिएको छ। यहाँ पनि अचम्म, करोड रकम बैँकमा राखेर ५० लाख ऋणको ब्याज पनि बोकिरहने, हैन यी नेताहरुलाई निर्ब्याजी ऋण दिन्छ कि के हो हँ बैँकहरुले ?

सुन चाँदीको मामिलामा ३५ तोला सुन, १०० तोला चाँदी र १ सेट हिरा रहेछ उनको।
bamdev-1

bamdev-2

bamdev-3

अरु मन्त्रीका सुन चाँदी कति ?

सुन र चाँदीको मात्र चासो हुनेहरुका लागि अरु मन्त्रीहरुको सुनचाँदीको विवरण। थप सम्पति विवरण हेर्न मन लागे मन्त्रीको नाममा क्लिक गर्नुहोला।

विमलेन्द्र निधि सुन ६० तोला चाँदी १५० तोला
चित्रलेखा यादव सुन ४० तोला चाँदी १००० तोला
दलबहादुर राना सुन ११ तोला
हरिप्रसाद पराजुली सुन २२ तोला चाँदी ७ तोला
कर्णबहादुर थापा सुन १७ तोला चाँदी २२० तोला
खगराज अधिकारी सुन ३ तोला
लालबाबु पण्डित सुन १० तोला चाँदी १० तोला
महेन्द्रबहादुर पाण्डे सुन १० तोला चाँदी २० तोला
महेश आचार्य सुन ४५ तोला चाँदी ७० ग्राम
मिनेन्द्र रिजाल सुन ४० तोला चाँदी ४०० तोला
नारायण खड्का सुन १८ तोला
नारायणप्रसाद साउद सुन ३२ तोला चाँदी ७० तोला हिरामोती पनि
नरहरि आचार्य सुन ७/८ तोला चाँदी १ किलो (श्रीमती सुन ३५/४० तोला, चाँदी डेढ किलो)
पुरुषोत्तम पौडेल सुन ८ तोला चाँदी १० तोला
राधाकुमारी ज्ञवाली सुन १२ तोला चाँदी २० तोला
टेकबहादुर गुरुङ सुन ४५ तोला चाँदी ३ किलो

कर्मचारीले लुकाए, नेताले देखाए

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदादेखि मन्त्रीहरुको सम्पति सार्वजनिक गर्ने चलन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको कर्मचारी सरकार हुँदा तोडिएको थियो। तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी र उनका मन्त्रीहरुले नेताहरुले जसरी यस्तो सम्पति विवरण सार्वजनिक गर्ने आँट गर्न सकेनन्। देखाउनकै लागि भए पनि सम्पति देखाउन आँट गर्न नसक्ने रेग्मी र रेग्मी नेतृत्वको सरकारका मन्त्रीहरुलाई एक पटक कुरीकुरी। उनकै सरकारको सिको गरी अहिलेका मन्त्रीहरुले पनि सम्पति विवरण बुझाएको भन्ने तर सार्वजनिक नगर्ने डर थियो। किनभने १५ दिनभित्र गर्ने भनिए पनि म्याद नाघ्दासम्म सार्वजनिक भएको थिएन। हिजो बल्ल सार्वजनिक गरियो।

28 thoughts on “३ वटा मोबाइललाई सम्पत्ति भन्ने प्रमका मन्त्रीहरु भने कति धनी, सुन र चाँदी नै किलोका किलो”

  1. Pingback: सबभन्दा बढी तलब खाने मन्त्री को ? कुन मन्त्रीले कति तलब खाँदा रहेछन् ? « Mysansar
  2. [email protected] says:
    March 22, 2014 at 10:11 am

    कोइराला र प्रकाश मन शिम्हा को हक मा त ठिकै छ…..कोराला परे भोला…….शिम्हा परे लिच्छाबी काल देखि को करोडपति ……..अरु त खाते हुन्…चप्पल त काठमाडौँ आइ लगाएको , स्तोव मा पकाएको खान त काठमाडौँ मै खाएको र गोठालो गरि दुख्ख गरि डाक्टरी पढेको दुइ डाक्टर मन्त्रि हरुले बिगत को अन्तरबार्ता मा स्वीकारेकै हुन्…अनि फेरी घास्पात गर्ने डोको डालो गर्ने नारी हरु संग साधारण बिहे गर्ने यी नरहरि र डाक्टर मन्त्रि हरु ले कसरी भन्न सके को कि करादौं को सम्पति स्वास्नी को दाइजो भनेर हो ..गाँठे…………………………………….मात्र माझी दाइलॆ जाल हान्दा खुर्सानी माइल , खुमे र गूप्ता परेको हुन् …यिनीहरु छुटेका हुन्………………..

    Reply
  3. Bayan says:
    March 21, 2014 at 2:46 am

    “जाबो एक दुइ किलो सुन” – त्यो पनि कयौं चोटी मन्त्रि भएकाहरुको/ रिस गर्नुको पनि सिमा हुन्छ नि/

    Reply
    1. Suman Bjra. says:
      March 25, 2014 at 8:37 am

      सुन तस्करी भएको मन्त्रिहरुले गरेर भएको भन्ने कुरा येहीं बाट स्पस्ट हुन्छ/ सबै जनाको भन्सार तिरेको रसिद छ छैन अख्तियारले जचानु आवस्यक छ /
      विवरण जसले पनि दिन सकछ अर्थ मन्त्रि भएर अनुपदक बस्तु लगानी गरे पछि तेस्लाई अर्थ मन्त्रि होइन व्यर्थ को मन्त्रि र देश लैदुर्गति मा लैजाने पत्र मात्र हो / केवल ल्याप्चे र लेखनदास को लागि मात्र डाकतर मन्त्रि हो /

      Reply
  4. Rai Yang pitang chhu Oxford, Belaayat says:
    March 20, 2014 at 9:02 pm

    जति नै देशलाई बलात्कृत गरेर जनतालाई चाही सित्रा झैँ सुकाएर सम्पति कुम्लाए पनि यी नेता भनाउदाहरुको पछि दौडने हनुमानहरुको कमि रहन्न क्यारे |

    Reply
  5. ekraj says:
    March 20, 2014 at 5:13 pm

    यी कानुन का हिमायेती र उपहास गर्ने वर्ग र सबैलाई जानी जानी भ्रम मा पर्ने आर्थिक अपराधी लाई स्प्रठी दिनको लागि कानुनको दायेरमा उभ्याउनु पर्ने होइनर|
    हामीलाई इनिहरुको नाटक संग कुनै सरकार छैन| हामीलाई चाहिएको कानुन को राज्य हो! त्यो दिन सक्ने कुनै माईकेलाल छ| छैन भने यी आर्थिक अपराधी को राज्य संचालन कसलाई चाहिहेको छ|

    Reply
  6. ekraj says:
    March 20, 2014 at 4:01 pm

    यी ब्वाँसा हरुको भित्र न अटाएर बाहिर ओकलेको जति मात्र हो यो देकएको विवरण| यी सबै अनुसन्धान गर्नु पर्ने आर्थिक अपराधीहरु हुन् | यो राम सरन भन्ने त अरुको घर भात पकाउने गरेर पढेको रे भन्ने सुनिन्थो| के यसले मन्त्रि भएपछ मात्र बिहे गरेको हो?
    तो दाइजो दिने ले के गरेर कमाएको रहेछ?
    यो सम्पत्ति विवरण लिने यसको बिस्वसनिया पर्ति अनुसन्धान नहुनेहोभने किन बेकार मा जग हसाउने काम गर्ने| यी लुटेराहरुलाई केहि कारबाही हुने भएपो, यसको केहि अर्थ हुने थियो|
    इनी हरुकै, हात मा डाडु पनियो र राज्य दुकुदी इनि हरुकै हातमा कानुन; इनि हरुकै हात मा राज्य सक्ति, इन्कै गुण्ड, इन्कै पुलिश, इन्कै न्यायेधिश: इनिहरुकै लोकमान सिङ्ग, तेसैले यो सब नाटक के को लागि हो? यी सब बादी चुडी खाने साथीहरु (अपराधी का समूह)

    Reply
  7. samrat~ says:
    March 20, 2014 at 5:25 am

    यो त देखाउने दात मात्र हो चपाउने त अझ कत्रो होला.

    Reply
  8. Bishwas says:
    March 20, 2014 at 2:01 am

    पोपुलिस्ट क्रियाकलापमा त सुशील दा बाबुरामको पनि बाजे निस्के |

    Reply
  9. Yogen says:
    March 20, 2014 at 1:15 am

    साथीहरुले पनि के आँखा लगईरखेको होला ब्यबसाए गरेर कमाएको सम्पत्ति पनि भन्न नपाउने प्रजातन्त्र आएपछि ? सक्नु हुन्छा भने नेता हरु जस्तो ब्यबसाए गर्नुस, अरु ब्यबसाए र उद्योगको बारेमा मा त खास ग्यारेन्टी छैन तर नेतागिरी ब्यबसाएमा त ग्यारेन्टी करोड पति देखि अरब कमाउनु हुनेछ /

    Reply
  10. kajigodar doha says:
    March 19, 2014 at 10:50 pm

    कमाऊ कमाऊ मन्त्रि हरु हो तिमि हरु नही पालो छ ,,,,,,,,,,,,,

    Reply
  11. Babu says:
    March 19, 2014 at 10:28 pm

    यति धेरै आम्दानी हुने स्वरोजगार नेपाल मै रहेछ यत्रा मुर्ख नेपालीहरु मृग ले कस्तुरी चिन्न नसके र विदेश भौतारी रहेका रहेछन / ससुराली त निकै गाथिश रहेछ बिहेमा छोरीलाई २५ तोला सुन दिने / यी नेता अर्काको सम्पति मा आखा गाड्ने भिकारी को सम्पूर्ण सम्पति को छानबिन हुनु पर्छ / कमाएको भएपो यसरि कमाएको भन्नु / यिनी हरु को सम्पति को श्रोत त यी होलान / चरीसग येति लिए , मनागेसग येति लिय, बाहुनसग येति लिए येस्तै येस्तै…………

    Reply
  12. Shankar says:
    March 19, 2014 at 9:57 pm

    यसरि देखाइने धन मा सत्यता कति छ ? के उनीहरु लाइ कानुन को डर छ ? के वाद्य भएर देखाएका हुन् ? के सबै देखाएका छन् ?
    यदि छैन भने येस्ता नाटक झन् घातक हुन् देस को लागि | सुचना आजको युग मा अत्याबस्यक कुरा हो , भ्रम उत्तिकै खतरनाक पनि |
    यदि यो सहि सुचना न भएर सब भ्रम हो भने ? के गर्ने ?
    प्रधान मन्त्रि ले नै मेरो जम्मा ३ मोबाइल मात्र छ भन्दा हात को सुन को औठिले गिज्याएको ले संका गर्ने प्रसस्त ठाउ छ |

    Reply
  13. RAJ says:
    March 19, 2014 at 7:43 pm

    बढे र घास हल्लना पर्ने पो रहेछ ta मुलहरु कति लुटेका रहेछन || फेरि पनि पालो आको छ गर मॊज कमरेड ||

    Reply
  14. AryaN says:
    March 19, 2014 at 7:39 pm

    I am not trying to prove anything, but I think it’s good to appreciate PM Koirala for showing his assets as 3 phones only (May be true or not ) , future will show if he is a good PM or not. If this is true, he is lot better than his cabinet members who made money from dowry or corruption who knows 😉

    Reply
  15. Sudarshan Ghimire says:
    March 19, 2014 at 7:34 pm

    बाफ बाफ रे मन्त्रि हरु त् क्या धनि , ब्यापार पनि गर्नु परेन …!! धेरै पढेर अतिरिक्त कमाई हुने ठाउमा जागिर पनि खानु परेन….!! ठेक्का पट्टा को काम गरेर
    कुल्ली र आयोजना मा पनि झेल झाझाली गर्नु परेन …!! कुनै दलाली काम पनि गर्नु परेन …मन्त्रि भए पछि त् चिट्ठा परेको जस्तै हुदोरहेछ नि क्या हो ….!! ?

    Reply
  16. binay says:
    March 19, 2014 at 6:09 pm

    मन्त्रीका ससुराली भारतका अरबपती अब्बानी वा मित्तल रहेछन कि क्या हो छोरीलाई तेत्रो पेवा दिने रहिछन । अनी अचम्मको कुरा देशको सेवा गर्छु भनेर सधै राजनीति गरेको मान्छे ले कसरी यती धेरै स्वआर्जन गरेछ ? कतै गिठी कुटेर त होइन ! गिठी कुटेर कमाइने भए त म पनि धनी हुनु पर्ने । हे भगवान देउ न हो रामशरण को जस्तो ससुराली वा स्वआर्जन गर्ने बाटो ।

    Reply
  17. SHREE says:
    March 19, 2014 at 5:58 pm

    लौ यसैलाई आधार मानेर कुन दिन अख्तियारले छानबिन शुरु गर्ने होला . अनि थाहा हुन्छ स्वआर्जन, दाईजो पेवा, र घरजग्गा बिक्रि गरेर थुपारेको हो कि अरु नै अन्त सन्त गरेर कमाएको हो. कति बिघ्न सम्पति हो बा बा हाम्रा नेताहरुको ? राजनीतिक डन बनेर कमाको त होइन ? लौ न सम्पति शुद्दिकरंमा उजूरी दिईहालु साथीहरु हो, मलाई त शंका नै लाग्न थाल्यो किनकि हामि नेपालीहरुलाई बाणी नै परि सक्यो कुनै कुरामा शंका गरि हाल्ने. हाम्रा नेताहरु ब्यापारी हुन् कि देश र जनताको सेवा गर्ने “राजनेता”? आफ्नै बलबुताले कमाएको, आफ्नै पैत्रिक सम्पति हो भने अनि साचिकै दाईजो पेवा बाट पाएको मात्र हो भने त कसैले दाहा गर्ने कुरा नै भएन..

    Reply
  18. दीप says:
    March 19, 2014 at 5:53 pm

    दाइजो बाट आएको सम्पति बैध हो र ? अकुत सम्पति दाइजो दिनु बैध , अबैध केहो? कसैलाई दाइजो दिदा tax तिर्नु पर्दैन ? दाइजो आम्दानी भएनर पाउने लाइ तेसैले tax तिर्नु पर्दैन न र ? दाइजो दिने ब्यक्ति ले कसरि कमायो तो पनि खुलाउनु पर्ने होइन ? विद्वानहरु ले नबुझ्या मैले के बुझ्छु र ? के हो के हो ?

    Reply
  19. ashok says:
    March 19, 2014 at 5:29 pm

    ससुरलीहरु खानदान रहेछन: रामशरण महत राजनीतिज्ञ परे, जनताले तिरेको करबाट यत्रो पैसा राख्ने कुरा आएन !

    Reply
  20. sabin says:
    March 19, 2014 at 3:28 pm

    मलाई थाहा भए सम्म नेपालको सर्बोच्च आदलतले दईजोको रुपमा रु. १०,००० भन्दा बढी लिन दिन नपाउने भेनेको छ, साथै यो नियम पहिला देखी नै थियो होला तर पनि हाम्रा नेता हरुले भय भरको गरगहना तथा अन्य चल अचल सम्पति लाई दाइजो भन्न सक्छन भने के हामी यानिहरुलाई अदालत मा घोर्केठयाक लगुना सक्दैनौ ?

    Reply
  21. अनिसे says:
    March 19, 2014 at 3:05 pm

    दाइजो पनि कति धेरै दिदा रहेछन हौ अब म पनि बिहे गर्नु पारो एस्तै दाइजो दिने ससुराली बनाउनु परो के दुख गर्नु , कोइ तेस्तो दाइजो दिन तयार छ भने मलाई सम्पर्क गर्नु है ….

    Reply
  22. Devendra basnet says:
    March 19, 2014 at 1:48 pm

    यो दाइजो भनेको देखाउने दाँत मात्रै हो. सबै भ्रस्टाचार गरेर कमाएको हो.
    अझ यिनीहरुले देखाएको त नेपाल मा भएको सम्पति मात्रै हो. बिदेशी बैंक को त कसले खोजि नीति गरेको छर.

    Reply
  23. Nirab says:
    March 19, 2014 at 1:36 pm

    छोराको बिहेमा तेती सुन, जग्गा दाइजो लिनेले छोरीको बिहेमा पनि त दिएका होलान तेसरी नै. तेस्को पनि खर्च अनि आम्दमिको स्रोत देखाए त हुने हो, बिसेस गरि सर्बहारा बर्गका बामदेव जस्ताले. यो सम्पति को बिबरंले धेरै कुरा बोल्छ. जसले सायद कहिलेइ खेति गरेनन तेसैको धनुषामा ३० बिघा जग्गा (स्वोतान्त्रत्र तराईको माग तेसै उठेको होइन), १०० तोला सुन, १ करोड नगद बैंक बलांस हुदा हुदै अर्को बैंक मा किन फेरी ५० लाख ऋण हो? कि आफुले पाउने ब्याज भन्दा तिर्नु पर्ने कम हुन्छा? खै सरदर नेपालीले त एस्तो गर्छन जस्तो लाग्दैन, यी खुरफातिको कुरो के बुझ्नु

    Reply
  24. डिल्ली says:
    March 19, 2014 at 1:10 pm

    रमाइलो लाग्यो । स्वआर्जन पनि राम्रै रहेछ सायद पहिले मन्त्री हुँदा ताका थुपारेको सम्पत्तीको एक अंश परेछ क्यारे । धेरै सम्पत्ती दाइजो बाटै आएको रहेछ । अरुलाईमात्र दाइजो प्रथा उन्मूलन गर भन्छन् कि क्या हो नेताहरू । श्रीमती भित्र्याउँदाको त के कुरा बुहारी घर भित्र्याउँदा पनि टन्नै भरेछन् त काँग्रेस र काम्रेडहरूले । अनी दाइजो दिनेको स्रोत चाहीँ के होला त ! पाखोबारीको आम्दानी कि नेताज्युहरूले गुपचुपमा ससुरालीको ढुकुटी भरिदिएकै फिर्ता भएको होला कुन्नी ? अनी हाम्रा महेन्द्र काम्रेडको सम्पत्ती अलिक खुलेन त्यो मेडिकल कलेजलाई सम्बन्धन बाड्ने क्रममा आएको सम्पत्ती श्रीमतीको दाइजो बनेर आउन सायद अलिक दिन लाग्छ क्यारे कि फिर्ता गरेछन् कि काम्रेडले उनै माफियोहरूलाई ।

    Reply
  25. nilu says:
    March 19, 2014 at 12:12 pm

    हाम्रा सबै नेताहरु ससुरालीबाट धनि भएका रहेछन. दाइजो आएकै येतिधेरै भनेपछि बिहेमा मागेको कति होला त ? पायेता येनेहरू ससुरालीमै घरजुवाई बस्न बेर छैन.
    दाइजो प्रथा त हाम्रा नेताहरुले कार्यनयन गरिराखेका रहेछन.

    Reply
  26. Padma says:
    March 19, 2014 at 10:52 am

    बिना ब्यबसाय कसरी अरबौं स्वआर्जन हुन्छ नेपालीको ? कहाँ कसरि भयो स्वआर्जन ? यो त सबभन्दा धेरै पटक मन्त्रि भएको मान्छे हो | ल यसको सुरुदेखिको रेकर्ड खोज्नु पर्यो | साला भ्रस्टाचारी ? ब्यबसाय नै भ्रस्टाचार रहेछ | लोकमानजी कता हो तपाईं?

    Reply
  27. SAKURA says:
    March 19, 2014 at 10:37 am

    होइन यो देशमा दाइजो लिनु र दिनु कानुन् बिपरित होइन र ?
    गर्व साथ लेखेका पो छन् त बा !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme