Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खेल नजिते पनि मन जित्यो नेपालले

Posted on March 18, 2014March 19, 2014 by Salokya

Nepal1
वसन्तपुरको ठूलो पर्दामा खेल हेर्दै सयौँ खेलप्रेमी। केहीले नेपालको झण्डा पनि बोकेका थिए।
पहिलो विश्वकप अनि प्रतिद्वन्द्वी आफूभन्दा निकै बलियो। कहाँ एसोसिएट टिम नेपाल, कहाँ टेस्ट खेल्ने देश बंगलादेश। कहाँ उनीहरुको भौतिक पूर्वाधार, सुविधा, कहाँ त्यसको तुलनै गर्न नसकिने नेपाल। तर पनि नेपालले दह्रो खेल्यो। सकेसम्म प्रयास गर्‍यो। तर त्यो खेल जित्न पर्याप्त भएन। मन भने जित्यो। नेपालीको मात्रै हैन, अरुको पनि। बंगलादेशीको पनि

@icc @cricketnep Nepal played really well. Tough luck this time. Better luck next time. Respect from Bangladesh.

— Ahsanur Rahman Shuvo (@shuvo_24) March 18, 2014

Well played Bangladesh. Do we finish every match with a 6! lol. As a new comer, Nepal did a great job too. @ICC @BCB_Tigers #T20WC2014 #t20

— Siam Zamilur Rahman (@siam8zr) March 18, 2014

Shakib finishing the game off in style. Still impressed with Nepal who put up a decent fight. #BanvNep #wt20

— Sharjil Hannan (@sharjilh) March 18, 2014

@salokya still enough nice performance by your team…

— BAIG Asad Ali LAQANI (@iBaigLaqani) March 18, 2014

don't know why but I was supporting Nepal against Bangladesh today…:) I seriously wished they'd win

— doc_dhruv (@Dhruvjyoti_sen) March 18, 2014

Nepal v Bangladesh will be a great atmosphere. Two of the best groups of fans I have ever met around the world.

— Callum Stewart (@callum_cricinfo) March 18, 2014

काठमाडौँका ठाउँ ठाउँमा ठूला पर्दामा ठूलो भिड जम्मा भएर खेल हेर्नेहरु थिए। अघिपछि पनि ठूला पर्दामा खेल हेर्न पाइन्थ्यो। तर आफ्नै देशको टिमलाई समर्थन गरी खेल हेर्न पाउनु एउटा नयाँ अनुभव थियो।

Fans in Kathmandu watching Nepal cricket team play Bangladesh pic.twitter.com/8ypKa80o7P

— C (@Chandmouliman) March 18, 2014

Fans in Kathmandu watching Nepal cricket team play Bangladesh #epic #cricket #BringsPeopleTogether #WT20 pic.twitter.com/fjRhuTsZWU

— Hashantha (@hashanfox) March 18, 2014

वसन्तपुरको ठूलो पर्दामा मैले पनि नेपालको ब्याटिङ हेरेको थिएँ। मैदानमा जति बंगलादेशीको आवाज ठूलो पर्दाको स्पिकरबाट आउँथ्यो, त्यो भन्दा कम थिएन त्यहाँ भेला भएर खेल हेर्नेहरुको। नेपालको झण्डा बोकेर समेत नेपालको पक्षमा नारा लगाइरहेका थिए। चौका हान्दा माहौल कम्ता मज्जाको हुन्थेन।

खासमा त्यहाँ पछाडि बसेर हेर्दा कसले ब्याटिङ गरिरहेको, कति रन बन्योसमेत थाहा हुने अवस्था थिएन। तर त्यहाँको जोशिलो माहौल गज्जबको थियो। अनुमान गर्न चाहनु हुन्छ? झलक हेर्नुस् यो छोटो भिडियोमा

Nepal

Nepal3

किन जित्यो त नेपालले मन ?
अफगानिस्तानसँगको पहिलो खेलमा पनि आज जस्तै बंगलादेशले टस जिती पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। उसले अफगानिस्तानलाई १७.१ ओभरमा जम्मा ७२ रनमै समेटेको थियो। नेपाललाई उसले त्यसो गर्न सकेन।

नेपालले टेस्ट खेल्ने राष्ट्रको डटेर सामना गर्‍यो। आयोजक राष्ट्र र उनीहरुको अपार समर्थकका बीच २० ओभर टिकेर खेल्नु एउटा उपलब्धि भएको नेपालका कोच पुबुदु दासानायकेले बताए। सुवास खकुरेल र सागर पुनले पहिलो विकेटका लागि १९ रनको साझेदारी गरे। खकुरेल ८ रनमा आउट भएपछि ज्ञानेन्द्र मल्ल आए र सागरसँग मिली दोस्रो विकेटका लागि १९ रनको साझेदारी गरे। सागर १२ मा आउट भए। त्यसपछि ज्ञानेन्द्र र कप्तान पारस खड्काको जोडीले केही गर्न सक्थ्यो हङकङसँगको खेलमा जस्तै। तर उनी अल अमिनी होसेनको एलबिडब्ल्यु धरापमा परे।

चौथो विकेटका लागि पारस र शरद् भेसावकरले ८५ रनको साझेदारी गरे। सम्हालिएर खेल्दा नेपाली इनिङमा १४ चौका भए पनि छक्का एउटै भएन। जबकि बंगलादेशी इनिङमा नौ वटा त छक्कामात्रै थिए।

१९ औँ ओभरको अन्तिम बलमा पारस बोल्ड नभएको भए नेपालले अझै चुनौतिपूर्ण स्कोर बनाउन सक्ने संभावना थियो। अन्तिम ओभरमा २ रनमात्रै बनाउन सकेपछि नेपालले बंगलादेशलाई १२७ रनको लक्ष्य दियो। कोच दासानायकेका अनुसार १४५ रन वरपरको लक्ष्य नेपालले सोचेको थियो तर सकेन।

शितले ओस्सिएको मैदानमा नेपाली स्पिनरको जादू चलेन। किफायती बलिङ गरेर अघिल्लो खेलमा म्यान अफ दि म्याच भएका शक्तिको बलमा एउटै ओभरमा तीन वटा छक्कासम्म चुटे बंगाली खेलाडीले। विनोद भण्डारीले मात्रै एक विकेट लिन सके। अन्ततः २७ बल बाँकी छँदै बंगलादेशले आठ विकेटको जित हात पार्‍यो।

भिडियोहरु हेर्नुस्
नेपालको इनिङका चौकाहरु

शरद भेसावकरको इनिङ

नेपालको इनिङ हाइलाइट्स

खेलको हाइलाइट्स

के भन्छन् नेपालका कोच पुबुदु दासानायके?

अर्को खेल अफगानिस्तानसँग
नेपालले अब अर्को खेल अफगानिस्तानसँग बिहीबार खेल्नेछ। हङकङसित ठूलो अन्तरको शानदार विजय र बंगलादेशसँग अफगानिस्तानको गतिभन्दा राम्रै पराजय भोगेको नेपालले कस्तो खेल्ला ? अफगानिस्तानसँग विगत कयौँ भेटमा नेपालले निराशामात्र बेहोर्नु परेको छ। यस पटक त्यो क्रमभङ्ग गर्ला कि !

अर्को चरणमा प्रवेश गरी भारत, पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिजसँग खेल्ने संभावना भने अब लगभग छैन भन्दा हुन्छ। किनभने क्वालिफाइर्स राउन्डबाट समूह एबाट एउटा टिममात्रै अर्को सुपर १० राउन्डमा जान्छ। अफगानिस्तान र नेपाल दुई टिमलाई जितिसकेको आयोजक बंगलादेशले दुवै खेल हारेको हङकङको मात्र सामना गर्न बाँकी छ। हङकङलाई पनि पराजित गरे ब‍ंगलादेश अर्को चरणमा जानेछ।

तर यदि हङकङले बंगलादेशलाई पराजित गर्‍यो र नेपालले अफगानिस्तानलाई पराजित गर्‍यो भने नेपाल सुपर टेनमा जाने गणितीय संभावना बाँकी रहन्छ।

नतिजा जस्तो आए पनि नेपालले विश्वकपमा सहभागी भएर इतिहास लेखिसकेको छ। हङकङविरुद्धको विश्वकपको त्यो पहिलो म्याच वर्षौँसम्म याद गरिनेछ।

आगामी खेल
Afghanistan VS Nepal
Match 9, Zahur Ahmed Chowdhury Stadium, Chittagong.
March 20th 2014 (चैत ६ गते)
9:30am GMT (नेपाली समय अपराह्न ३:१५)
अरु देशमा कति बजे थाहा पाउन यहाँ क्लिक गरी हेर्नुस्।

खेल हुनुअघिको ब्लग

नेपालको वास्तविक विश्वकप आज

NepVsBan
पहिलो खेलमा आफू जस्तै एसोसिएट टिम हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले आज टेस्ट खेल्ने राष्ट्र बंगलादेशको सामना गर्दैछ।

अन्तर्राष्ट्रिय क्रिकेटमा दुई वटा दर्जा हुन्छ। टेस्ट खेल्ने टिम भनेको हाम्रो समाजका धनीमानी, सामन्ती, बलिया आदि भने जस्तै हुन्। एसोसिएट भनेका चाहिँ गरिब, कमजोर भने जस्तै हो। खेलको स्तरका आधारमा आइसिसीले टिमको दर्जा निर्धारण गर्छ।

सिनियर क्रिकेटमा नेपालले पहिलो पटक आइसिसी स्तरमा टेस्ट खेल्ने टिम बंगलादेशको सामना गर्दैछ। टेस्ट खेल्ने देशसँग हाम्रो जस्तो एसोसिएट टिमले खेल्न पाइरहेकै हुँदैन। त्यसैले विश्वकपमा आज राति ७१५ बजे हुने यो खेल नेपालका लागि ऐतिहासिक खेल हो।

यो किन पनि भने आयोजक बंगलादेश रहेकै समूहमा बंगलादेशलाई पछाडि पारेर समूह विजेता नबनी दोस्रो चरणमा जान पाइँदैन।

दोस्रो चरणमा जान पाइएन भने यही एउटा खेल मात्रै नेपालले टेस्ट खेल्ने टिमसँग खेल्ने हो। अर्को खेल अर्को एसोसिएट टिम अफगानिस्तानसँग बिहीबार हो।

दोस्रो चरणमा जान पाइयो भने त भारत, पाकिस्तान, अस्ट्रेलिया र वेस्ट इन्डिजसँग समेत खेल्न पाइनेछ।

टि ट्वान्टी खेल हो, एउटै ओभरले उलटपुलट ल्याउन सक्छ। त्यसैले नेपालको जितप्रति हामी आशावादी पक्कै बन्न सक्छौँ। हैन, नतिजा हामीले सोचे अनुसार आएन भने पनि खेलाडीलाई गाली गर्नुअघि केही तथ्य पनि विचार गरौँ-

• नेपालले पहिलो पटक विश्वकप खेल्दैछ।

• नेपालले पहिलो पटक टेस्ट खेल्ने राष्ट्रसँग सिनियर स्तरको खेल खेल्दैछ।

• नेपालमा एउटा ढंगको क्रिकेट रङ्गशालासमेत छैन।

• खेलेरै खान पुग्ने स्थिति खेलाडीहरुको छैन। तर पनि देशका लागि उनीहरुले खेलिरहेका छन्।

• विश्वकप प्रवेशसँगै क्रिकेट संघ क्यानले नेपाली खेलाडीलाई मासिक १० हजार तलब दिने गरेको छ। नेपालबाट खेल्दा खेलेको दिन २५ डलर भत्ता आउँछ। जबकि चौथो तहका(सवारी चालक तथा श्रेणी विहीन कर्मचारी) को विदेश जाँदा दैनिक भ्रमण भत्ता नै ९० डलर छ। (थप जानकारी यहाँ)

• ज्ञानेन्द्र मल्लसहित नेपाली टोलीका अमृत भट्टराई र वसन्त रेग्मीले सशस्त्र प्रहरीको परिचर पदमा जागिरका लागि निवेदन दिएका थिए। सशस्त्रको सबभन्दा तल्लो यो पदको तलब १० हजार हुन्छ र भाँडा माझ्ने, भुइँ पुछ्नेजस्ता काम गर्नुपर्छ। त्यही पनि क्रिकेटको प्राक्टिसमा व्यस्त भएर फिटनेस टेस्ट निम्ति समय नपाएर परिचरको जागिर गुमेको थियो।

• विश्वकपमा सहभागी सबै टिमहरूको आर्थिक स्थिति, उनीहरूको भौतिक पूर्वाधार, साधन श्रोत, खेलाडीहरूले पाउने सुविधा कुनैमा पनि हामी नजिकसम्म पुग्न सक्दैनौं।

• क्रिकेट विकासका नाममा हङकङ लगायत थुप्रै नयाँ मुलुकले आफ्नो टिममा केही विदेशी खेलाडी राख्न पाउने छुट उपयोग गरेका छन्। तर नेपालले यस्तो गरेको छैन। यहाँका सबै खेलाडी नेपाली हुन् र अफगानिस्तानका खेलाडी जस्तो देश बाहिर बसेर हैन, नेपालमै बसेर नेपालका लागि खेल्छन्।

• नेपालले पहिलो पटक २० हजार जना अट्ने बंगलादेशी समर्थकहरु भरिभराउ हुने ठूलो स्टेडियममा खेल खेल्दैछ। यसअघि नेपालले विदेशमा खेलेका खेलहरुमा खासै दर्शक हुँदैन थिए। नेपालीहरु भने झण्डा लिएर पुगेका हुन्थे। नेपालमा हुने खेलमा नेपाली दर्शकहरुको ठूलो उपस्थितिबीच खेल्ने बानी मात्रै नेपाली खेलाडीसँग छ। तर कप्तान पारस खड्काले भनेका छन्, हाम्रो कानमा नेपाली दर्शकको आवाज मात्र पुग्नेछ।

खेल कहिले ?
Bangladesh VS Nepal
Match 6, Zahur Ahmed Chowdhury Stadium, Chittagong.
March 18th 2014 (चैत ४ गते)
1:30pm GMT (नेपाली समय साँझ ७:१५ बजे)
अरु देशमा कति बजे थाहा पाउन यहाँ क्लिक गरी हेर्नुस्।

कहाँ हेर्ने ?
यो टिभीमा हेर्न पाइन्छ-
Star Sports (Taiwan)
Star Sports (Singapore)
Star Sports (Hong Kong)
Star Sports (East Asia)
Star Sports ( Asia, India)
Star Cricket (MBC)
ESPN (Korea, India, Hong Kong, Taiwan, China, Philippines, Asia)
Bangladesh – BTV
United Kingdom – Sky Sports
Australia – Fox Sports
South Africa – Super Sport
Carribians – Sport Max
United States – Willow TV
Pakistan – PTV Sports
India – Star Sports
Sri Lanka – SLBC

इन्टरनेटमा कमेन्ट्रीसहितको लाइभ
आइसिसीको आधिकारिक साइट
इएसपिएन क्रिक इन्फो

ट्विटरमा
Tweets about “NepVsBan”

25 thoughts on “खेल नजिते पनि मन जित्यो नेपालले”

  1. kale krishna says:
    March 20, 2014 at 7:55 am

    Commentator रमिज राजाले भनेका थिए कि बंग्लादेशको बलिङ्ग Negative थियो! त्यो भन्नु को मतलब नेपालको अगाडीको खेल देखेर बंगलादेसी खेलाडी हरु डराएको प्रस्ट संग बुझ्न सकिन्छ! खेल हारे पनि नेपाली खेलाडीले मन जितेको नै हो! पारसको batting हेर्दा मलाई बिराट कोहली को याद आयो! दुवै जना consistent performer र batting चै technically correct ….
    you guys did a great job…..

    Reply
  2. achut says:
    March 19, 2014 at 11:00 am

    बिदेशी खेलाडी नराखी, स्वदेस मै ढुंगा माटो मा लड्दै,गुन्द्रुक भात अनि चना-अन्डा को भर मा १० वटा हजार ले मैना धानेर पनि टेस्ट खेल्ने खेलाडी र बिश्व कप आयोजना गर्ने पुर्बाधार भएको देश मा २०औ हजार बिपक्षी समर्थक को अगाडी नेपाली टिम ले देखाएको यो खेल……संकर जी जस्ता लाई के थाहा ??ग्रान्ड स्यालुट टिम नेपाल, मेरो लागि त बिश्व कप नै जिते सरह भो,बिश्व ले हाम्रो मुल्यांकन गरेका छन्……

    Reply
  3. Udeep Piya says:
    March 19, 2014 at 9:28 am

    So proud of my team for playing a great game even though we lost &nd I’m looking forward to the rest of the games..

    Reply
  4. Chandbhai says:
    March 19, 2014 at 8:16 am

    नेपाल ले अन्तिम खेल राम्रो खेलोस ., बेस्ट ओफ लक् ., र नेपाल सरकार ले नेपाली राष्ट्रिय टोलि लै प्रतियोगिता आवादी भरि अरु देश का खेल हरु प्रतक्ष्य बंगलादेश मै हेर्ने गरि बेवस्ता मिलाउनु पर्यो ता कि उनीहरु ले ठुला देश का खेल बाट अजै धेरै सिकुन ., जय नेपाल .

    Reply
  5. डिट्ठे माइला says:
    March 19, 2014 at 7:22 am

    नेपालले धेरै स्तरीय खेल प्रदर्शन गरेको हो । खेलाडीहरुले अवश्यपनि धेरै नै मेहनत गरेका रहेछन् । मेरो द‍‌ृष्टिकोणमा, खेलाडीहरुले प्रयोग गर्ने ब्याट अलि कम गुणस्तरको पो हो कि? हुन त “नाच्न नजान्ने आँगन टेढो” भन्ने कुर पनि आउला, तर, जुन शैलीमा र “टाइमिङ्मा” Shot हानेका छन् तर ब्याटमा लागे पछी त्यसको प्रतिध्वनी एक भद्दा किसिमको आउँछ, जुन अन्य देशका खेलाडीले खेल्दा कमै सुनिन्छ। साथै उनीहरुले जुन शक्तीले बल हानेका हुन्छन, सो अनुसार बल धेरै पर र माथि जानु पर्ने हो जस्तो लाग्छ । Jut my 2 cents.

    Reply
  6. Shakti Raj Pandey says:
    March 19, 2014 at 4:49 am

    No worries Nepal Cricket Team , You have made all Nepalese proud , Our head is held high ,

    Reply
  7. Dhital says:
    March 19, 2014 at 12:54 am

    धेरै राम्रो प्रदर्शन गरेको र सबैको मन जितेकोमा नेपाली Cricket team लाइ धेरै धेरै बधाई, खेलमा हार जीत त हुन्छ, प्रसंसा योग्य प्रदर्शन. सबै खेलाडी अनि समर्थकलाइ मेरो सलाम, हामी अझै हिम्मत नहारी अघि बढ्नेछौ.
    सबैको जय होस्!!!

    Reply
  8. Shankar says:
    March 19, 2014 at 12:25 am

    लगानी छैन ,पूर्वाधार छैन भने न खेलम न |सधै हार्न को लागि खेल्ने , जबर्जस्ति गर्ब गर्ने ,
    झुटा सहानुभूति बटुल्ने कति गर्नु हो ?
    सधै लूचा र भ्रस्ट हरुको सरकार हुने , गास ,बास र कपास को ग्यारेन्टी हुन् न सकेको ठाउमा खेलकुद त् तेस्पाछी को कुरा हैनर ?संबिधान बनाउने भनेर आरबौ खर्च गरिसक्यो , अझै टुंगो छैन | कुन चै छ सन्तोष को छेत्र ?
    पैसा ,लगानी अभ्यास आदि ले खेल जितिने हो नेपालि हुदैमा , बंगाली हुदैमा , इन्डियन हुदैमा जितिने त् पक्का हैन |
    उसै भन्ने हो भने नेपालि ,बंगाली ,भुटानी ,पाकिस्तानी , इन्डियन ,श्रीलंकन आदि
    सबै उस्तै उस्तै नस्लका न हुन् | बन्गालादेसी ले आफुलाई बङ्गाल टाइगर सग तुलना गर्नु , नेपालि ले आफुलाई बिर , बहादुर ठान्नु भन्ने र ठान्ने कुरा न हुन् |
    बिर बहादुर नाउ राख्दैमा बिर भइने , टाइगर को छेउ छौ बस्दै टाइगर जस्तै भै ने त् पक्कै हैन |

    Reply
    1. हरि थापा says:
      March 19, 2014 at 1:22 pm

      र मानिसलाई यस्तो कुरा गरेको मन पर्दैन,राष्ट्रधाती भईन्छ,भुटो नै भए पनि मिठो कुरा सबैलाई मन पर्छ।त्यहि भएर देश बिकास नभएको सायद

      पैसा पाएन भनु भने अस्ती भर्खरै १०-१० लाख पाएका,अन्य एसोसिएट देशका खेलाडी र जिम्बाबे जस्ता देशका खेलाडीले कस्ता सुबिधा पाँउछन।सुबिधै मात्र भएर जित्ने भए त सब युरोपियन देश हुन्थे होला क्रिकेटमा पनि

      ८ बिकेटको १५ ओबरमा नै सुरु देखी नै छक्का नै छक्का खाएर भएको पराजय सम्मान जनक भए लज्जाजनक चै कस्तो हुन्थयो होला।

      नेपालले अनुभबको लागि खेलेको १० बर्ष भो यस पाली पनि खेल राम्रो भन्दा पनि १२ को सट्टा १६ टिम खेलाएकोले नेपाल बिश्बकपमा पुगेको हो।त्यहि भएर अन्य टेस्ट देशहरु warm up match खेल्दै छन हाम्रो लागि बिश्बकप सुरु भई सक्यो

      म पनि नेपाली क्रिकेट प्रेमी नै हो र सुधार होस भन्ने चाहन्छु तर नभएको कुरा राम्रो भयो भन्दिनु अरुलाई सुधार गर्नबाट सचेत नगराउनु पनि हो।यहि टिम हो अस्ती भर्खर one day selection पनि यस्तै गरेर आएको।कति प्रतियोगिता भए कति देशमा सधै अनुभब र राम्रो सँग हार्नलाई मात्र खेलिरहने?

      डिसलाईक हाने पनि हाल्नुस तर साँचो यहि हो। राम्रो सँग हाय्यो भनेर खेल पदाधिकारीहरु फेरी हाम्रो कर को पुरुस्कार लिन वा घोषणा गर्न पछि नपार्लान भन्न सकिदैन

      Reply
      1. sikshya says:
        March 21, 2014 at 4:58 am

        देश बिकास तपाईंहरु जस्तो cynic हरुले गर्दा नभएको हो। अरुलाई खसाल्नु अघी आफुले गरेर देखाउनुहोस्, आफ्नै क्षेत्रमा। सधैं negative attitude राखेर काही देश बन्छ?
        अनी कोइ पनि नहार्ने भये त खेल नै कहाँ हुन्छ र? बाङ्लादेश पनि त हार्यो नि, हङकङसित, जस्लाई नेपालले हरायो। अब को राम्रो को नराम्रो भन्ने? खेल भनेकै यही हो।
        मेरो कर भ्रस्टचारिको पेटमा भन्दा त क्रीकेटको मैदान मै जाओस। विश्वले चिन्दा देशलाई कती फाईदा हुन्छ, पर्यटन लगायत बिभिन्न लगानी भित्रिने कती सम्भावना हुन्छ, त्यो सोच्नुभएको छ?
        And you should research what veterans are saying about our game and players before talking trash.

        Reply
  9. Sam says:
    March 19, 2014 at 12:16 am

    Congratulations Cricket Team Nepal. What a game you have played , All Nepalese and even our Oppenent had saluted your way of Playing and the devoted fight against the stronger team than usWhere are all thosefox netas who commented on victory and now where have they been ? See even you people have given nothing compared to other Nations ,What is the outcome ,Think you all Assholes Netas If you have thought about it Nepal would have overcome the Match and you would have been Commenting on the Victory to have Cheap publicity. Naman to all Nepali Cricket Team .

    Reply
  10. Gagan Sharma says:
    March 19, 2014 at 12:02 am

    Better team own. May be next time….

    Reply
  11. गोपी says:
    March 18, 2014 at 11:43 pm

    सबैभन्दा ठुलो गर्ब भनेकै विश्वकप मा पाइलो टेक्यो… यो भन्दा ठुलो उपलब्धि केहि छैन नेपालीको लागि,,,

    Reply
  12. Prakash Pun says:
    March 18, 2014 at 10:48 pm

    10 बर्ष देखी क्रिकेट मैदान बनाउन लागेको सरकार एक छेउ उखेलेको छैन भने गाई चरानमा खेलेर विश्वकपमा पुगेर खेलेको खेलमा खोत लगाउने कुनै ठाउँ छैन सलाम छ नेपाली क्रिकेटका हिरोहरुलाई

    Reply
    1. rajesh says:
      March 19, 2014 at 1:48 am

      नेपाल खेल हार्नुमा बिद्युत प्राधिकरणको भित्रि आत्मा देखिको नेपालि टिम प्रति हारोस भन्ने प्राथना र ८४ बा प्रधानमन्त्रीले दिएको हिजोको नेपाली टिमलाइ बधाई नै हो l “नेपाल पहिलो चोटी क्रिकेट बिश्वोकाप मा गएको छ कृपया लोध्शेदिंगको तालिकामा अलिकति हेरफेर गरिदिन पर्यो” भन्ने लाखौँ ग्राहकको अनुरोधलाई भ्र्स्ताचारी कर्मचारी पोष्ने प्राधिकरणले त्यो दिन बत्ति त दिएन-दिएन अझ जित्यो भने फेरी बत्ति दिनै पर्ने दवाब आउला अनि अलि अलि लुकाएर खल्ती भर्न परे बत्तिमा पनि लूत्न नपाइएला भनेर नजित्ने कामना गरेका हुन्=भयो पनि तेस्तै l यस्ता देशका एड्सको संक्रमण बाँड्ने नेता जसको बधाइमा पनि बिष भरिएको हुन्छ अनि यस्ता एड्सका भाइरस बोकेर हिंड्ने प्राधिकरण र भाउ बढाएर जनता लूटने आयेल निगमका भ्रस्ट कर्मचारी हरु बाँचे सम्म देशको कहिलेइ हित हुनेवाला छैन l यस्ता भ्रस्ट दलाल हरुलाई तुप्पिमा समातेर इन्कै मातृभूमि(भारत) तिर नखेदे सम्म बेल्चा र सावेल जोतेर खाडीमा मर्ने नेपालीहरुको पसिना हरुमाथि संधै लूटपाट भै रहने छ l

      Reply
      1. eklavya says:
        March 19, 2014 at 5:46 am

        तपाइको रिस जायज छ हाम्रा खेलाडीहरु कुन ठाउंमा पुगेर के गरि राष्ट्रको शान बढाईरहेको छ ति कुमति र भ्रष्ट नेता कर्मचारीलाई के थाहा तिनलाई त खल्ती भर्ना पाएपुग्यो…तेस्ताका घरमा कहिले बत्ति नबलोस ….

        Reply
  13. भूषण says:
    March 18, 2014 at 6:15 pm

    Love your in-depth analysis, always diff. than other nepalese medias. How n where you collect these data? Impressive….

    Reply
  14. gopal kandel says:
    March 18, 2014 at 5:51 pm

    बंगलादेश संग नेपाल ले हार्ने छैन तर बीरगति प्राप्त गर्नेछ .

    Reply
  15. अज्ञात श्रेष्ठ says:
    March 18, 2014 at 5:46 pm

    स्टम्प-बेल उडाईन्छ
    छक्का चौका पड्काईन्छ
    बंगालीलाई थर्काइन्छ
    देशमा खुशी फर्काइन्छ
    ****************
    छातीमा नेपाली मन छ
    मनमा आज उमंग छ
    उमंग संगै उत्सव छ
    उत्सव संगै चाहना छ
    चाहना संगै भावना छ
    भावना संगै जोश छ
    त्यसैले हामी आज फेरि जित्नेछौ
    *************************
    देश प्रेम मेरो छातीमा
    गर्नेछु बलिंग तिब्र गतिमा
    बनाउछु रन ठोक्दै छक्का र चौका
    आउदैछ आमा तिमीले फेरि हाँस्ने मौका

    Reply
    1. अज्ञात श्रेष्ठ says:
      March 18, 2014 at 10:58 pm

      तिमि चाहे जित देउ या हार
      घट्नेछैन तिमि प्रतिको यो प्यार
      नबन उदास हासिदेउ यार
      तिम्रो स्वागतमा हामि छौ तयार

      Reply
  16. रैथाने says:
    March 18, 2014 at 5:38 pm

    तिनीहरू बङालको टाइगर हो तर हामि पनि एकशिंगे गैडा हौ! टाइगरले गैडालाई केही गर्न सक्दैन, छेउबाट भाग्छ मात्र! शिङ दह्रो बनाओ केटाहो यी बङाली खुइते बागको भुँडीमा उदिन्दिनु पर्छ उठ्न नसक्ने गरि पछारी दिनुपर्छ!

    Reply
  17. Shyam says:
    March 18, 2014 at 5:38 pm

    सर्बप्रथम सबै खेलाडीलाई बधाई !
    हामी सबैले एउटा आवाज उठाउन अति आबश्यक
    छ ! नेपाल सरकारले सम्पूर्ण खेलाडीलाई सम्मानयोग्य
    तलब दिनु पर्छ जसले यी खेलाडीहरुलाई अनि नया अरु
    खेलाडीलाई प्रोत्साहित गर्ने छ !

    Reply
  18. shshank says:
    March 18, 2014 at 5:23 pm

    खेलाडीहरुको तथ्य पढदा आँखाबाट आँशु नै आउछ / केहि छैन, अरुको त थाहा छैन, मेरो लागि आज हारे पनि जिते पनि, तिमीहरु यस देशको सपुत हौ, सलाम छ तिमीहरुलाई / (तर हार्यो भने पनि, please, अफगानिस्तान र होंग्कोंग हारे जसरि चाही नहार्दे हुन्थियो/ तर जित्छ )

    Reply
  19. Sanjay says:
    March 18, 2014 at 2:40 pm

    त्यही पनि क्रिकेटको प्राक्टिसमा व्यस्त भएर फिटनेस टेस्ट निम्ति समय नपाएर परिचरको जागिर गुमेको थियो। ………….भन्ने भनाइमा चाहि सत्यता नहोला कि । परिचरमा भर्ना भए पनि खेलाडीहरूले नियमित अभ्यास गर्छन भाँडा माझ्ने भुइ पुछ्ने काम चाहि गर्नु पर्दैन होला ।

    Reply
  20. Bijaya Ghimire says:
    March 18, 2014 at 2:32 pm

    खेल खेलको रुपमा लिने गरौ. हाम्रो देसले भन्दा पनि राम्रो खेल्ने देसको टिम ले जितोस. हामीलाई विश्वास छ , नेपाली खेलाडीको खेल चमत्कारिक छ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme