-राजेन्द्र ज्ञवाली-
जुन देशमा क्रिकेटको भौतिक पूर्वाधारको निर्माण भइ सकेको छैन, जुन देशमा खेलेकै भरमा खेलाडीको भविश्य सुनिश्चित हुने स्थिति आइसकेको छैन, जुन देशमा क्रिकेटको आन्तरिक स्वरुपको निर्माण समेत भइसकेको छैन – त्यस देशका युवाहरू खेलमा लाग्नु नै आफैमा अनौठो कुरा हो।
त्यसमाथि विश्वकपसम्म पुगेर विजयी सुरुवात गर्नु कम्ति आश्चर्यको कुरा होइन। विश्वकपमा सहभागी सबै टिमहरूको आर्थिक स्थिति, उनीहरूको भौतिक पूर्वाधार, साधन श्रोत, खेलाडीहरूले पाउने सुविधा कुनैमा पनि हामी नजिकसम्म पुग्न सक्दैनौं। यस्तो विषम स्थितिमा रहेका खेलाडीहरूले आज विदेशी भूमिमा चन्द्र सूर्य अंकित झण्डा फहराएका छन्। विश्व मानचित्रमा नेपाललाई एउटा बलियो क्रिकेट राष्ट्रका रुपमा स्थापित गराएका छन्। हो, नेपालले विश्वकप उपाधि जितेको होइन। एउटा म्याच जितेको हो। तर यस जितका अनेक महत्व छन्।
नेपालले जित्दा खुसीका आँसु झरे
-राजेन्द्र ज्ञवाली-
मेरा दुवै आँखा आँसुले भरिएका थिए। अन्तिम विकेट कसरी ढल्यो हेर्न पाइनँ। तर नेपाली टोलीले इतिहास रचेको थाहा पाइसकेको थिएँ। आँसु पुछेर हेरेँ।
फेसबुकमा दुई वटा म्यासेज आएको थियो। मित्र सत्याल र भतिज प्रत्युस नेपालले नेपालले जितेको सन्देश पठाएका थिए। दुबैलाई बधाई सन्देश दिन किबोर्डमा चलाउन लागेका औँलाहरूमा निकै कम्पन भएको थियो।
बंगलादेशमा जारी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङमाथि जित हासिल गरेर इतिहास बनाएको थियो। त्यो रोमाञ्चमा चुर्लुम्म डुबेको म बडो मुश्किलले आफूलाई नियन्त्रण गर्ने प्रयासमा थिएँ।
नेपालको जित त ११ एवं १२ ओँ ओभरसम्म बसन्त रेग्मी र शक्ति गौचनले चार जना हङकङका ब्याट्सम्यानलाई पेवेलियन तर्फ फर्काएर निश्चितप्राय गरिसकेका थिए। खेलको औपचारिकता मात्र बाँकी थियो। त्यो औपचारिकतालाई जितेन्द्रले पूरा गरेका थिए।
राति अबेर सुतेको कारण बिहान अलि ढिलो उठेको थिएँ। त्यही पनि ल्यापटपमा बंगलादेशमा जारी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको नेपालको पहिलो खेल प्रत्यक्ष प्रसारण हेर्दै थिएँ। नेपाल जितसँग नजिकिदै जाँदा जितको सम्भावनासँगै भावनामा म पनि बग्दै थिएँ।
विश्वकपसम्मको नेपालको यात्रामा संघर्षका असंख्य आरोह अवरोह थिए। जुन देशमा क्रिकेटको भौतिक पूर्वाधारको निर्माण भइसकेको छैन, जुन देशमा खेलेकै भरमा खेलाडीको भविश्य सुनिश्चित हुने स्थिति आइसकेको छैन, जुन देशमा क्रिकेटको आन्तरिक स्वरुपको निर्माण समेत भइसकेको छैन- त्यस देशका युवाहरू खेलमा लाग्नु नै आफैमा अनौठो कुरा हो। त्यसमाथि विश्वकपसम्म पुगेर विजयी सुरुवात गर्नु कम्ति आश्चर्यको कुरा होइन।
विश्वकपमा सहभागी सबै टिमहरूको आर्थिक स्थिति, उनीहरूको भौतिक पूर्वाधार, साधन श्रोत, खेलाडीहरूले पाउने सुविधा कुनैमा पनि हामी नजिकसम्म पुग्न सक्दैनौं। यस्तो विषम स्थितिमा रहेका खेलाडीहरूले आज विदेशी भूमिमा चन्द्र सूर्य अंकित झण्डा फहराएका छन्। विश्व मानचित्रमा नेपाललाई एउटा बलियो क्रिकेट राष्ट्रका रुपमा स्थापित गराएका छन्।
हो, नेपालले विश्वकप उपाधि जितेको होइन। एउटा म्याच जितेको हो। तर यस जितका अनेक महत्व छन्। पहिलो कुरा यो नेपालले कुनै अर्को टोलीमाथि हात पारेको जित मात्र होइन। यो विश्वकप प्रतियोगिता हो र त्यस अन्तर्गतका खेलहरूमा सहभागिता जनाउदा प्रतिस्पर्धा गर्दा वेग्लै मनोबलको आवश्यकता पर्छ। पहिलो पटक विश्वकप खेली रहेको टोलीका लागि यस किसिमका प्रतियोगितामा चाहिने ‘म्याच टेम्परामेन्ट’का लागि नेपाल पक्कै पनि अभ्यस्त भइसकेको छैन। त्यस वाहेक माथि भने जस्तै भौतिक पूर्वाधार होस् अथवा साधन श्रोत वा खेलाडीहरूले पाउने आधुनिक प्रविधियुक्त प्रशिक्षण एवं सुविधा कही पनि त नेपालले हङकङको बराबरी गर्न सक्दैन।
अर्को महत्वपूर्ण कुरा दुबै टिमबीचको फरक हो। क्रिकेट विकासका नाममा जहाँ हङकङ लगायत थुप्रै नयाँ मुलुकले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) तथा एसियाली क्रिकेट काउन्सिल (एसिसि)ले टिममा केही विदेशी खेलाडी राख्ने सुविधाको उपयोग गर्दै आएका छन्, तर नेपाली टोली यस मामिलामा विशुद्ध छ। यही कारण हो दशक अगाडि एक जना पूर्व अष्ट्रेलियाली खेलाडीले नेपालको यो प्रतिबद्धताको प्रशंसा गर्दै सलाम ठोकेका थिए।
अहिले पनि नेपालको सम्पूर्ण खेलको स्थिति दयनीय अवस्थामा छ भने यसको आधार कस्तो थियो होला? विश्वकपसम्मको यात्रा पूरा गरेको नेपाली क्रिकेटको पहिलो पाइला कस्तो परिस्थितिमा अथवा कस्तो वातावरणमा उठेको थियो? नेपाली क्रिकेटको जगमा पहिलो खेपका ईटाहरू त निकै पहिले राखिएका हुन्। नेपाली क्रिकेटका लागि विश्वकप त के अन्तर्राष्ट्रिय स्तरको कुनै खेल पनि सपना सरह भएको परिस्थितिलाई म आफैले देखेको छु।
तराईका स्कुलका मैदान अथवा रंगशालामा स्थानीय युवाहरूले आपसमा पैसा मिलाएर किनेको क्रिकेटका सामान अनि आफूहरू मिलेर बनाएको पिचमा कुनै प्रशिक्षक बिना (स्मरण रहोस् त्यतिबेला टेलिभिजन थिएन, इन्टरनेटको सुविधा थिएन) आफ्नै शैलीमा अगाडि बढाएको क्रिकेट हो यो। क्रिकेट विकासमा आफ्नो पसिना चुहाएका ती सबै सपुतसँगै वर्तमान नेपाली टोली प्रति मुलुक नतमस्तक भएको छ।
नेपाली क्रिकेटका ती स्पन्दनहरूलाई अझ पनि काठमाडौंको टुँडिखेल लगायत तराईका स्कुल कलेज तथा रंगशालाहरूका मैदानले महसुस गरेकै हुनु पर्छ।
आइतबार नेपाली क्रिकेटले कोरेको इतिहासलाई ती मैदानहरूले पनि अनुभव गरेको हुनु पर्छ। ती मैदानहरू पनि नेपाली क्रिकेट टोलीले प्राप्त गरेको यो उपलब्धिमा खुसीको आँसु चुहाउँदै रमाइरहेका हुनु पर्छ।
नेपाली क्रिकेटका लागि हङकङ विरुद्धको जित नै अन्तिम गन्तव्य होइन। नेपाली क्रिकेटलाई अझ अगाडि बढ्न छ। त्यसका लागि खेलाडी मात्र नभई नेपाली समाज नै अब तयार हुने बेला आएको छ। खेलाडीले त आफ्नो तर्फबाट गरिनै रहेका छन्। उनीहरूलाई परिस्कृत गर्ने र त्यस अनुसारको वातावरण निर्माण गर्ने जिम्मेवारी सरकार, नेपाल क्रिकेट संघ, निजी क्षेत्र तथा दर्शक एवं प्रशंसक सबैको हो। ब्याटिङ र बलिङबाट मात्र क्रिकेटको विकास सम्भव छैन।
अन्त्यमा केटाकेटीमा भारतीय पत्रिकामा पढेको कुराको सम्झना अहिले आएको छ। त्यहाँ क्रिकेट सम्बन्धि पाठकको जिज्ञासा सम्बन्धि स्तम्भमा एक जना भारतीय पाठकले सोधेका थिए–भारत र नेपालबीचको पहिलो क्रिकेट म्याच कहिले र कहाँ भएको थियो? जवाफमा लेखिएको थियो–नेपाल क्रिकेट नै खेल्दैन।
आज गर्वसाथ भन्न मन लागेको छ– नेपाल पनि क्रिकेट खेल्छ र निकै राम्रो खेल्छ।
Salute to all the heroes who are making country proud. I just hope a day will come where a good player playing this beautiful game does not need to rely on another job to feed his family. Million dollars salary may still be far away but a player playing for his country should have all the means to Quality Life. If any other professional (doctor, engineer, management etc) can live a descent life doing their job, our cricket player should not be deprived of this luxury. That day is not far.
जसको राम्रो मैदान छैन
उसलाई केहि प्रोत्साहन छैन
मेरा राष्ट्र प्रेमी खेलाडी
तिम्रो प्रसंशाको सब्द छैन
धन्यवाद सबै तिम्लाई
राष्ट्र जोगाउने साधुवाद तिम्लाई
I was also very happy to watch Nepali team’s victory. But common, we played Hong Kong, and we knew before hand that sometimes we win, sometimes we loose with Hong Kong. We already defeated South Africa, Pakistan in U19, but we did not make much progress from that. Instead, Afghanistan had incredible success in both football and cricket in South Asia. We need to analyze where it went wrong. We have heard about corruption in Cricket so many times. Remember 83 lakhs penalty that Nepali Cricket had to pay to ICC. Often times, it helps to be self critical to progress. Yes, I am a proud Nepali with the win, but would I be less proud had my team lost yesterday? No. It is just a game and win and lose is okay although win gives us more of a joy. I am sure we are going to be thrashed today from Bangladesh, but I will still be cheering my team and team’s loss would not make me lesser proud. Perhaps, spending money by going to watch local cricket teams/football teams at a personal level will help to promote Nepali sports. Just saying……..
ब्राजिलको फूटबल र नेपालको क्रिकेट हाम्रो सान!
जसरि सीमित सुबिधा/श्रोत (अन्य देशका तुलनामा)का बाबजुद पनि हाम्रा क्रिकेट खेलाडीहरुले पहरा माथिको पिपलले जस्तै जरा गाडी विश्वमन्चमा राम्रो खेल प्रदर्शन गर्दै हामी सबैलाई उल्लास र रास्ट्रिय एकताको वातावरणमा बाध्न आफ्नो कित्ता बाट लागि परेका छन् त्यस्तै सिङ्गै रास्ट्रको भविष्यको रेखा कोर्न भनेर कलम र डाडु पनियो हातमा लिएर बसेका सबै राजनैतिक व्यक्तिहरुको मन मस्तिस्कमा पनि रास्ट्रको स्वार्थ सर्बोपरि हो भन्ने भावनाको बिकाश होस्!
कुर्सिको लागि: आफ्नै साथीलाई भीरबाट घुचेट्ने, आफ्नै छिमेकीको गला रेट्ने, दुइ भाइको बिचको रोटिको टुक्राको झगडा मिलाउन स्याललाइ बोलाउने, एक बर्ष कुर्चीमा बस्न पाए सात पुस्तालाई पुग्ने गरेर कुम्ल्याउनु खोज्ने, …. जस्ता कुकृत्य र मानसिकतामा सुधार होस्!
Let this (rare) feeling of joy and patriotism traspire into our corrupt political system as well!
..transpire
यौटा सजग हुनु पर्ने कुरा के छ भने, यो बिस्व कपमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई बिस्वका कुनै पनि देशले आफ्नो टिमबाट खेल्न निमन्त्रण गर्न सक्छ, र अहिले नै नेपालले केहि नगर्ने हो भने शायद आफ्नो खेलाडी गुमाउनु बाहेक अरु केहि हुने छैन नेपालको लागि/
History says that Tenzing Norgay took Indian Citizenship. He is still revered in India and even has a mountaineering institue in Darjeeling comemorating his legacy, while in Nepal all we do is, never get tired of harping his name as National hero.
Nepal should wake up and do something to reward the cricket heros before it’s too late. I am sure they do not want anything like Sachin Tendulkar, but I am sure they deserve something way more than dumb officials of Nepal Khelkud Parsad.
आज बिहानै म डिउटीमा जान गाडीलाई कुरेर बसेको थिए मेरो एकजना इंगलैंड को साथी पिट्स ले हात लाई माथि उठाउदै भन्यो बधाई छ तिमीलाई हिजो हंकंग लाई नेपाल ले निकै सानदार संग जितेकोमा. मलाई थाहा थिएन राम नेपाल ले पनि यति राम्रो खेल्छ भन्ने कुरा, उ हाम्रा सबै नेपाली खेलाडी हरुको तारिफ गरिरहेको थियो म आफुलाई निकै भाग्यशाली सम्झी रहेको थिए नेपाली भएको म़ा. आज गर्वसाथ भन्न मन लागेको छ– नेपाल पनि क्रिकेट खेल्छ र निकै राम्रो खेल्छ। अब अझै राम्रो खेल्दै जानेछ .
लौन हो राजेन्द्र जी तपाईले त मलाई पनि रुवाउनु भयो ……………….आफु पनि रुनु भएछ
कुरा ठिकै हो नेपालीले क्रिकेटमा राम्रो गर्न सक्छ/ हेर्ने नै हो भने नेपालीले कुनै पनि क्षेत्रमा कुनै पनि अरु देशको मान्छे भन्दा राम्रो गर्न सक्छ, र गरेको पनि छ/ अमेरिकाको प्रशस्त बिस्वबिध्यलायामा नेपालका कुन काप्चाबाट गएका नामुद प्राध्यापकहरु छन्, नेपाली designer ले design गरेको पोशाक अमेरिकी राष्ट्र पत्नीले सभा समारोहमा पहिरेकी छिन्, र अमेरिका तथा युरोपका प्रख्यात research institutes मा नेपालका गाउँ गाउँबाट पुगेका डाक्टर, इंजिनीर र बैज्ञानिक छन्/ तर प्राय सबैको सफलता बिदेशियपछी मात्र हात लागेको छ/
नेपालमा आफ्नो शिप र ज्ञानको कदर गरिदिएको भए र आफ्नो शिप प्रयोग गर्दै माथि उक्लिने र बाची खान पुग्ने स्थिति सिर्जना गरिदिएको भए सायद ति सबै व्यक्ति अहिले नेपालमै हुने थिए होलान/
खेलकुदमा लागेर जीवन यापन गर्ने कुरा अहिले सम्म नेपालमा असोचनिय छ (खेलकुद परिसद र खेलकुद मन्त्रालयका कर्मचारी बाहेकलाइ) / कुनै समयमा नेपालमा फुटबल धेरै राम्रो थियो तर ति खेलाडीहरु (गणेश थापा बाहेक) अरुको के हबिगत भयो अहिले केहि थाहा छैन/
राष्ट्रिय खेलाडीलाई खेलमा लागेर जीवन यापन गर्न सकिने बतार्बरण बनाइदिनु पर्छ, अनि प्रतिभा भएका खेलाडी त्यसै देखा पर्छन/ राष्ट्रिय खेलाडीको तलब पुलिस वा सेनाको तल्लो तहको कर्मचारी सरह हुने अवस्थाबाट मुक्ति दिनु पर्छ/
अहिले आएर खेलकुद मन्त्रिले क्रिकेटको विकास गर्छु भनेका छन्, के यो कुरा गर्न एस्तो दिन नै कुर्नु पर्थ्यो र ? यदि पारस खड्काले मलाई खानलाइ पैसा पुगेन भनेर क्रिकेट छोडिदिएको भए सायद नेपाल यो स्थितिमा आज पुग्ने थिएन होला र भोलि खेलेर जीवन यापन गर्न गारो भयो भने खेल छोडेर अन्यत्र नलाग्ला (बिदेशियेला) भन्न सकिन्न /
Anyways यो तलको article पनि पढ्ने हो कि ? यो चाही भारतको येस्तै स्थितिको चित्रण हो:
http://www.firstpost.com/india/nadella-as-microsoft-ceo-a-slap-in-the-face-for-indian-system-1374951.html
“यदि पारस खड्काले मलाई खानलाइ पैसा पुगेन भनेर क्रिकेट छोडिदिएको भए सायद नेपाल यो स्थितिमा आज पुग्ने थिएन होला र भोलि खेलेर जीवन यापन गर्न गारो भयो भने खेल छोडेर अन्यत्र नलाग्ला (बिदेशियेला) भन्न सकिन्न” पढेपछि केहि लेख्न मन लाग्यो.
म खेलाडी हैन, तैपनि पढाईका लागि बिदेशिनु अघि २००५मा एउटा institute मा TOEFL पढाउदा अहिलेको टीम संगै खेलेका/नाम चम्केका एउटा राम्रा क्रिकेटर भाइ पनि पढ्न आएका थिए. पहिले त अचम्म पनि लाग्यो तैपनि त्यो बेला केहि सोधिराख्नु जरूरी लागेन. पक्कै ती अमेरिकामा केहि राम्रै गर्दै होलान.
Victory is not the important thing. The most important thing is the participation. यो एउटा रुसी कहावत हो| कुनैपनि खेललाई यस्तो स्पिरिट लिएर खेलिनु पर्छ भन्ने यस भनाइको आशय हो| भोली बंगलादेशसंग पराजय भोग्नु पर्ला वा जीतै पनि हुनसक्छ| तर खुशीको कुरो, हामी अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धामा प्रवेस गरिसक्यौ ! महिनावारी $ १०० तलब खाने नेपाली खेलाडीले देखाएको करामतलाइ जश दिन जान्नुपर्छ!
Victory is not important thing. The most important thing is the participation. त्यसैले होला नेपालले olympic मा दुइ जना खेलाडी को साथ १२ जना official participate गर्न पठाउने/ Or is it just russian देखाउने दाँत? किनभने russia ले participate गर्ने खेलमा नजित्ने सारै कमै मात्र हुन्छ /
Spirit of sportsmanship is important and it comes only if the players can truly focus on playing and not be left to worry about other things which can plague their life, like having to make earning for living.
नेपाल र भारत अब छिट्टै नै cricket match खेल्ने छ र भारतीय मीडिया भन्ने छ कि नेपाल द्वारा भारत पराजित
It is really like a ray of light seen from the other side of a dark tunnel. Politics has almost torn our country apart, almost everything of our society in the name of caste, in the name of creed, in the name of religion, and in the name of political ideology. But I still strongly feel that there is at least one strong element alive which brings us all together irrespective of our caste, creed, beliefs, religion, and ideology – and that is sports. The Nepalese cricket team has one more time proved that our players are inferiors to none. They are capable of doing much more better than what they have done so far provided that they be given enough support and facilities on the par of the the players of other countries if not more. Players I salute you all for your hard work and chivalry! Keep it up and make us all more proud in the days ahead.
लेखक महोदय,
अहिले आँशु जोगाएर राख्नुस, पछि विश्व कप जितेको दिन सब झार्नु पर्छ 😀 😀
लायक युवाहरु आफ्नो पशिना बगाएर, दिलो ज्यान लाएर खेलेर देशको नाम राखि सारा नेपालीलाई गौरवान्वित बनाइरहेका छन्!
भने नालायक अल्छी ( अ)विद्यार्थी युवाहरु कमिसनको लोभमा बन्द र हड्ताल गरेर देश छोडेर जनै पर्ने वातावरण बनाइरहेका छन् !!
युवा थरि थरीका …………..
नेपाली खेलाडी र जनताले नेपालको भबिस्य उज्ज्वोल छ भन्दै बिश्वो सामु चिनाउनि प्रयास गरिरहेको छ तर राजनीति गर्नी नेताहरु चाही त्येही कुर्चीको छिनाझम्टी मै लागेर देश दुबाईरहेको छ,,,नेताहरुले नेपालीको शिर झुकाए पनि खेलाडीहरुले चाही ठाडो पारेको छ धन्य छ नेपाली टिम god bless u
मलाई क्रिकेट मनै पर्दैन ! यो खेल सम्बंदी मलाई बाल मतलब पनि छैन तर पनि नेपालले खेलेको live update चाही हेर्न नपाए पनि पढी रहे आफ्नो ले जित्दा भने अति गर्व लाग्दो रैछ ! शुभ कामना नेपाली टोलीलाई !
भर्खरै जन्मेको क्रिकेटले येति धेरै प्रगति गर्न सक्दो रैछ भने आधा सताब्दी भन्दा पुरानो फुटबल को हालत किन बिजोग ? गणेस थापा?
खुसीको आसु मेरो आखाबाट पनि छछल्किए… धेरै पच्छी !!! बदाई र सफलताको कामना नेपाली क्रिकेट टोलीलाई !!!
लौन हौ, हामी नेपालीहरुको कति चाडो अंशु झरेको हो, गाँठे ! हाहाहा.. पोहोरको साल नेपाल र बंगलादेश बिचको साक फूटबल ग्याममा पनि अनिल गुरुङले पनि यसै भनेका थिए- गोल गरेपछि मेरो अंशु झर्यो !
नेपाल हामी एक छौ.
म त्यो दिनको सपना देख्न थालेको छु जुन दिन नेपालले भारतलाई क्रिकेटमा हराउनेछ र धोतीको राम धुलाई गर्नेछ ….
भारत लै मात्र किन सबै लै जित्नु पर्छ :/ खेलाडी ले ब्येक्तिगत भावना भन्दा खेलको भावना बुझ्न जरुरि हुन्छ !
कुरो एगदम सही हो । हामी नेपाली सबैलाई बधाई ।
धन्यबाद राजेन्द्र ज्ञवाली- ज्यु लाई
अन्त्यमा केटाकेटीमा भारतीय पत्रिकामा पढेको कुराको सम्झना अहिले आएको छ। त्यहाँ क्रिकेट सम्बन्धि पाठकको जिज्ञासा सम्बन्धि स्तम्भमा एक जना भारतीय पाठकले सोधेका थिए–भारत र नेपालबीचको पहिलो क्रिकेट म्याच कहिले र कहाँ भएको थियो? जवाफमा लेखिएको थियो–नेपाल क्रिकेट नै खेल्दैन।
आज गर्वसाथ भन्न मन लागेको छ– नेपाल पनि क्रिकेट खेल्छ र निकै राम्रो खेल्छ।
Well said. This is the feeling of all Nepalese around the world. We are proud of it. Keep it up Nepalese Team.
किन किन सधै नराम्रो खबर सुन्दा सुन्दा, राम्रो खबर सुन्न पाउदा खुसि ले आसु त आइहाल्छ.नि. आखिर हामी सबै देशको प्रगतिको खबर सुन्न आतुर छौ.
आइतबार नेपाली क्रिकेटले कोरेको इतिहासलाई ती मैदानहरूले पनि अनुभव गरेको हुनु पर्छ। ती मैदानहरू पनि नेपाली क्रिकेट टोलीले प्राप्त गरेको यो उपलब्धिमा खुसीको आँसु चुहाउँदै रमाइरहेका हुनु पर्छ।
सम्भवत नेपाली खेलाडीहरुले पाउने कुल खर्च बराबर बिदेशी एक खेलाडीको ( एक महिनाको तलब भत्ता र उसले पाउने सुबिधा हुन्छ । नेपाली क्रिकेटरहरु त्यस्तो खेलाडीहरु सँग प्रतिस्पर्धामा उत्रिरहेको छ जस्ले संसारकै उच्चतम प्रविधि प्रयोग गरेर आफ्नो प्रतिस्पर्धीको सबल पक्ष र दुर्बल पक्ष को विश्लेषण गर्ने गर्दछन् । क्रिकेट खेल आफैमा एउटा महंगो र महत्वकांक्षी खेल हो । यो अवस्थामा नेपालले विश्वकप जित्ने आश गर्नु भनेको चन्द्रमा छुन खोज्नु जस्तै हो जुन असम्भव पनि होईन ।