Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले देखाइदियो शक्ति

Posted on March 17, 2014March 17, 2014 by Salokya

nepaltop ‘हामी केवल सहभागिताका लागि मात्र नभई नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउन यहाँ आएका हौं। यो हाम्रा लागि ठूलो अवसर हो र यसका लागि हामीले विगत १२ वर्षदेखि निरन्तर मिहिनेत गरिरहेका छौं,’ नेपाली क्याप्टेन पारस खड्काले टि ट्वान्टी विश्वकप खेल्न बंगलादेश पुगेपछि विदेशी सञ्चारकर्मीहरुलाई भनेका थिए।

बंगलादेशमा खेलेका दुवै अभ्यास खेल हारेपछि पहिलो पटक विश्वकप खेल्दै गरेको नेपालले के साँच्चै विश्वलाई आफ्नो शक्ति देखाउन सक्ला र भन्ने शंका पनि उब्जिएको थियो। तर स्पिनरको जादू चलेपछि आइतबार राति चीरपरिचित प्रतिद्वन्द्वी हङकङलाई ८० रनको विशाल अन्तरले पराजित गरेर नेपाली टोलीले सारा समर्थकलाई होलीको उपहार दियो। समूह चरणको पहिलो खेलपछि नेपाल अहिले रनरेटको आधारमा अङ्कतालिकामा सबैभन्दा माथि रहनसमेत सफल छ।
Shakti
टस जितेर ब्याटिङका लागि आमन्त्रण गरेको थियो हङकङले। अभ्यास खेलमा ब्याटिङ नजमिरहेको अवस्थामा नेपालको सुरुवात कस्तो होला भन्ने खुल्दुली सबैमा थियो।

त्यसो त हङकङलाई हराएर नै नेपालले टि ट्वान्टी विश्वकपमा सहभागी हुने अवसर पाएको थियो। तर अभ्यास खेलहरुमा हङकङको प्रदर्शन नेपालको भन्दा राम्रो थियो।

नेपालका सुरुवाती ब्याट्सम्यान सागर पुन र सुवास खकुरेलले राम्रो सुरुवात गरे। स्कोरबोर्डमा ३६ रन रहँदा उनीहरु दुवै आउट भएपछि कप्तान पारस खड‌का र ज्ञानेन्द्र मल्ले तेस्रो विकेटका लागि ४७ बलमा ५० रनको महत्त्वपूर्ण साझेदारी गरे।

तीन पटक जीवनदान पाएका पारसले ३७ बलमा ४१ रन बनाए। ज्ञानेन्द्र भने अर्ध शतक बनाउनबाट दुई रनले मात्र चुके। ४१ बलमा उनले खेलको एक मात्र छक्का र चार वटा चौका हाने। शरद् भेसावकर १४ मा रन आउट नभएको र अन्तिम ओभरमा चार विकेट नझरेको भए नेपालले अझै केही रन जोड्थ्यो। तर नेपाललाई हङकङले २० ओभरमा १४९ रनभन्दा बढी बनाउन दिएन। यो चुनौतिपूर्ण स्कोर थियो नेपालको। हङकङले राम्रै टक्कर दिन सक्ने देखिन्थ्यो उसको अभ्यास खेलको नतिजा हेर्दा।

तर पारस खड्काले खेलको पहिलो बलमै महत्त्वपूर्ण खेलाडी इरफान अहमदको विकेट ढालेपछि दबाबमा परेको हङकङ सोमपाल कामीले क्याप्टेन अटकिन्सनलाई बोल्ड गरेपछि संकटमा पर्‍यो। दुई महत्त्वपूर्ण विकेट गुमाउँदा हङकङको स्कोर थियो २ विकेटको क्षतिमा जम्मा ९ रन। हङकङले कूल ३७ रन जोड्दा बर्कतलाई पनि शक्तिले जितेन्द्र मुखियाबाट क्याच गराएपछि खेल एकपक्षीय रुपमा नेपालको पक्षमा ढल्कने संकेत देखिन लाग्यो।

झन् ११ ‌औँ ओभरका तेस्रो र चौथो बलमा मार्क च्यापम्यान र निजाकत खानलाई बोल्ड गरी बसन्त रेग्मी ह्याट्रिक नजिक पुगे। रेग्मीले ह्याट्रिक त गरेनन् तर त्यसपछिको तेस्रो बलमा बाबर हयातलाई शक्तिले बोल्ड गरिदिए। दुई बल डट फ्याँकेपछि शक्तिले फेरि निजाकत खानको विकेट पनि स्टम्प उखेलिने गरी बल हाने।

१०.३ ओभरमा हङकङ ५८/४ थियो। ११.४ ओभरमा आइपुग्दा पनि स्कोर ५८ तर विकेट ७ झरिसकेको थियो। नेपालको विजयमा अब औपचारिकतामात्र बाँकी थियो। अब हङकङका खेलाडी जित्न भन्दा पनि क्रिजमा टिक्नतिर लागे।

बसन्त रेग्मीले आठौँ विकेट लिए। यो विश्वकपकै कान्छा खेलाडी सोमपाल कामीले नवौँ विकेट लिए। जितेन्द्र मुखियाले अन्तिम विकेटमा स्टम्प ढालेपछि हङकङ १७ ओभरमा ६९ रनमा समेटियो। छ वटा बोल्ड आउट गरेर नेपालले आफ्नो बलिङ शक्ति देखायो। चार ओभरमा ३ विकेट लिएर ९ रनमात्र खर्चेर शक्ति गौचनले पनि आफ्नो शक्ति देखाए र म्यान अफ दि म्याच भए।

पहिलो पटक विश्वकप खेलेको नेपालले पहिलो खेल यसरी ८० रनको अन्तरले शानदार ढङ्गले जित्यो। सारा नेपाली खुसी भए।

भिडियोहरु हेर्नुस्

बसन्त रेग्मीको बलिङ प्याकेज

खेलका टप ५ क्षण

म्यान अफ दि म्याच शक्ति गौचनको खेल

शक्ति गौचनको बलिङ प्याकेज

म्याच हिरो पारस खड्का

पूरै खेलको हाइलाइट

अगाडि कठिन यात्रा
पहिलो खेलमा शानदार जित हासिल गरे पनि नेपालको विश्वकपमा आगामी यात्रा सजिलो छैन। विश्वकप भने पनि नेपालले भारत, पाकिस्तान, श्रीलंका, इङल्यान्ड जस्ता शक्ति राष्ट्रसँग अहिल्यै खेल्न पाउँदैन। नेपाल अहिले क्वालिफायर्स राउन्डको खेल खेल्दैछ जसमा नेपालसँगै रहेका अरु दुई राष्ट्र आयोजक राष्ट्र बंगलादेश र अफगानिस्तानसँग खेल्न बाँकी छ।

बंगलादेश टेस्ट खेल्ने मान्यता पाएको आयोजक राष्ट्र हो जसले अफगानिस्तानलाई आजैको खेलमा ७२ रनमा समेटेर नौ विकेटको पराजय चखाएको छ।

अफगानिस्तानसँग पनि नेपाल पछिल्ला धेरै म्याचमा हार सहनु परेको छ।

र, आयोजक राष्ट्र बंगलादेश, अफगानिस्तान, नेपाल र हङकङमध्ये एउटा टिममात्रै अर्को चरणमा टेस्टका शक्तिशाली राष्ट्रसँग खेल्ने राउन्डमा पुग्नेछ।

तर ट्वान्टी २० खेल हो के भन्न सकिन्छ र। विश्व स्तरको क्रिकेट प्रतियोगितामा विदेशी टिम र खेलाडीको अनुहार टेलिभिजनमा लाइभ हेरिरहेका हामीहरुले हाम्रै देशका खेलाडीहरु र हाम्रै चन्द्रसूर्य बोकेका दर्शकहरु हेर्न पाइरहेका छौँ। अब यो ऐतिहासिक सफलता पाइसकेपछि नेपाललाई गुमाउनु केही छैन। अब पाउनु मात्र छ।

तर पनि केही गरी आगामी दिनमा सोचे जस्तो नतिजा नपाएमा ध्यान दिनुहोला कि समर्थकहरुको अपार समर्थन, पारस खड्का जस्ता क्याप्टेन, दासानायके जस्ता कोच, मरिमेटी खेल्ने खेलाडीहरुको टिमबाहेक अरु देशको तुलनामा नेपालमा केही पनि छैन। न एउटा गतिलो क्रिकेट स्टेडियम छ। न अरु देशका खेलाडीको दाँजोमा सुविधा।

खेल पत्रकार विनोद पान्डेले केहीअघि आफ्नो ब्लगमा खेलाडीहरुको मार्मिक कथा लेखेका थिए-

ज्ञानेन्द्र मल्ल मात्र होइन, राष्ट्रिय टोलीका ८ खेलाडी दुई वर्षदेखि सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबमा अनुबन्धित छन्। उनीहरूले पाउने तलब मासिक १० हजार रुपैयाँ मात्र हो। यति पाउन थालेको पनि ६ महिना मात्र भयो। क्रिकेट खेलाडी आबद्ध गर्ने पहिलो विभागीय टोली एपिएफले ६ महिनाअघि डिभिजन ३ जितेपछि आफ्ना खेलाडीको पारिश्रमिक ८ हजारबाट बढाएर १० हजार पुर्‍याएको थियो।

अनुबन्धित खेलाडीका रूपमा एपिएफमा आबद्ध हुँदाहुँदै ज्ञानेन्द्रसहित नेपाली टोलीका अमृत भट्टराई र वसन्त रेग्मीले सशस्त्रकै परिचर पदमा जागिरका लागि निवेदन दिए। परिचरको तलब पनि १० हजार हाराहारी नै हुन्छ। स्थायी जागिर भएकाले रासनसहित अन्य सुविधा पाइन्छ। त्यही भएर अनुबन्धित खेलाडीको भन्दा परिचरको तलब झन्डै ५ हजार बढी हुन्छ। परिचर सशस्त्रकै सबभन्दा तल्लो पद हो। भाँडा माझ्ने, भुइँ पुछ्नेजस्ता काम परिचरले गर्नुपर्छ। तर, क्रिकेट मैदानमा बसुञ्जेल उनीहरूले यी काम गर्नुपर्दैन। खेले पुग्छ।

परिचर निम्ति आवदेन दिएका तीनै खेलाडीले फिटनेस टेस्ट (शारीरिक परीक्षण) पास गर्नुपर्ने थियो। प्रतियोगितामै एकोहोरिएका उनीहरूले फिटनेस टेस्ट निम्ति समय पाएनन्। यही कारण परिचरमा भर्ना हुने उनीहरूको लक्ष्य पूरा हुन सकेन।

क्रिकेट खेलाडीले राष्ट्रका लागि खेल्दा पाउने पारिश्रमिक अझ परिचरको भन्दा कम हुन्छ। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीहरूलाई मासिक ५ हजार रुपैयाँ पारिश्रमिक दिँदै आएको छ। विश्वकप प्रवेश गरेसँगै क्यानले बिहीबार यो रकम बढाएर १० हजार रुपैयाँ पुर्‍याएको छ। यो रकम राष्ट्रिय प्रतियोगिता खेल्न आउने जिल्लाका खेलाडीहरूलाई एउटा पूर्ण ‘किट’ किन्नधरी पुग्दैन। नेपाली टोलीका खेलाडीले प्रयोग गर्ने एउटै ब्याटको २० हजार रुपैयाँसम्म पर्छ। नेपालबाट खेल्दा खेलाडीले दैनिक २५ डलरसम्म भत्ता पाउँछन्।

पूरा पढ्न क्लिक गर्नुस्

धन्न हामी त्यही खेलाडीहरुले विश्वकप खेलिरहेको हेरिरहेका छौँ। नेपालको अर्को लोकप्रिय खेल फुटबलको दाँजोमा क्रिकेटले छोटै समयमा विश्वस्तरको प्रतियोगितामा सम्मानजनक उपस्थिति देखाइसकेको छ। तर प्रश्न हो, कहिलेसम्म ?

अहिलेलाई ताली बजाइदेऊ यी नेपाली खेलाडीका लागि

आगामी खेल

Bangladesh VS Nepal

Match 6, Zahur Ahmed Chowdhury Stadium, Chittagong.
March 18th 2014 (चैत ४ गते)
1:30pm GMT (नेपाली समय साँझ ७:१५ बजे)
अरु देशमा कति बजे थाहा पाउन यहाँ क्लिक गरी हेर्नुस्।

Afghanistan VS Nepal

Match 9, Zahur Ahmed Chowdhury Stadium, Chittagong.
March 20th 2014 (चैत ६ गते)
9:30am GMT (नेपाली समय अपराह्न ३:१५)
अरु देशमा कति बजे थाहा पाउन यहाँ क्लिक गरी हेर्नुस्।

28 thoughts on “अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले देखाइदियो शक्ति”

  1. बेखालाल नेपाल says:
    March 18, 2014 at 6:34 am

    यो जित साबित गरेको छ कि नेपाल पनि यो विश्वको उदयमान शक्ति हो

    जय नेपाल

    Reply
  2. Dambar says:
    March 18, 2014 at 3:32 am

    यो माथिको भिडियो जति हेरे पनि नअघाउने रैछ … अब सुत्नु पर्यो…

    Reply
  3. Jeevan Thapa says:
    March 17, 2014 at 7:56 pm

    बधाई छ हाम्रो टिमलाई…

    Reply
  4. Basant says:
    March 17, 2014 at 4:01 pm

    धनाड्यको सुचिमा नाम लेखाउन सक्छम ब्यापारीहरुले रास्ट्रको लागि खेल्ने यी खेलाडीहरुलाई एउटा सम्मानजनक रोजगार दिएर गर्ब गर्नु पो महानता हो कि? नत्र सम्पति थुपारेर संसार कै गरिब रास्ट्रका धनाड्य हुनुको के अर्थ अनि एस्त सपुतहरु लाइ बाचेर खेल्ने वातावारण बनाउनु पर्छ जस्तो लाग्छ..संविधानको स पनि नलेख्ने नालायाक् सभासद पाल्न सक्ने देश,रास्ट्रको ढुकुटी रित्तो पर्न सक्ने कर्मचारी तन्त्रले, पत्रपत्रिकामा मासिक डेढ लाख खर्च गर्न सक्ने रास्ट्रले एउटा खेलाडी पाल्न नुनतम तलब सुबिधा दिनु एउटा लज्जास्पद र लाजमर्दो यतार्थ हो

    Reply
  5. बिष्णु says:
    March 17, 2014 at 11:55 am

    मुरि मुरि धन्यवाद साथै भोली बाङ्लादेश सगको खेल मा पनि हामी नेपाली को जित होस भनी मनकामना माता सग प्रथाना गरौ ।

    Reply
  6. Aakar bhushan nepali says:
    March 17, 2014 at 11:19 am

    क्या स्वादसंग टाउको ठाडो पारेर हिडियो आज सडकाँ l बधाई सम्पूर्ण खेलाडी भाईहरुलाई देशको नाम विश्वमा चम्काएकोमा , विश्वलाई चिनाएकोमा l

    Reply
  7. indra pd thapa says:
    March 17, 2014 at 8:41 am

    congratulation ! nepalese players for the victory.best of luck for the next match.

    Reply
  8. suman says:
    March 17, 2014 at 6:40 am

    Look at the situation in our country..
    Expenses for Newspaper in PM office: 164000/month
    Salary of a Player in National Team:10000/month

    Reply
    1. Suman Bjra. says:
      March 19, 2014 at 8:48 am

      ल्याप्चे छापको सरादार हरु ले देश हाँक्यो भने देशको गति येस्तै हुन्छ / जसले जिबन भरि झुटो बोलेर जनतालाई धांक छ देखाउन छउही हिरो , एक्काइस सताब्दी बिना पानी बिजुली सास फ़ेर्रेर गरिब देशको जनता भएर बाचुनु नै नेपाली जनताको कला हो /

      Reply
  9. rahul says:
    March 17, 2014 at 6:36 am

    I cant believe some nelalese disliking comments on this article as well what a shame on you

    Reply
  10. Bishal shrestha pandit says:
    March 17, 2014 at 6:12 am

    Waiyaat

    Reply
    1. eklavya says:
      March 17, 2014 at 3:23 pm

      पण्डित????बिहेको बेलामा क्रियाको मन्त्र जप्ने पण्डित जस्तो लाग्यो ….जनै ला भा पो थाहा हुन्थ्यो…

      Reply
    2. Maheswor says:
      March 18, 2014 at 4:58 am

      यो संसारमा श्रेष्ठ पण्डित कहिले भएको छैन कुन देशको हो ठेकाना पनि एक चोटी लेखि दिने हो कि ?

      Reply
  11. Dr. Lila Raj Dahal, Letang, Morang (now Toledo, Ohio, USA) says:
    March 17, 2014 at 5:01 am

    अघिल्लो चरणमा जानको लागि सबभन्दा महत्वपूर्ण अबको बंगलादेश बिरुद्धको खेल हो । समुहको सबभन्दा दह्रो र आफ्नै घरमा खेलिरहेको टीम बंगलादेशलाई हराउन सके त अफगानिस्तानलाइ तर्साएरै हराउन सकिन्थ्यो र नेपाल अघिल्लो चरणमा सजिलै पुग्थ्यो । बंगलादेशलाई पो कुन सुत्र लगाएर हराउने हो ? केहि राम्रा टिप्सहरु हाम्रा खेलाडी र कोचलाई दिन पाए हुन्थ्यो । हुनत बंगलादेशीहरु जित्नैपर्ने दवाबमा हुनेछन भने हाम्रा खेलाडीहरुमा त्यस्तो दवाब हुने छैन, जसले गर्दा नेपालको पक्षमा पल्ला भारी हुन बेर लाग्दैन । आशा गरौँ, त्यस्तै हुनेछ ।

    Reply
  12. Madhu says:
    March 17, 2014 at 4:43 am

    धेरै धेरै बधाई छ नेपाली टिमलाइ यो सानदार जितको लागि….अनि शुभकामना…अबका पाइलाहरुको लागि….हामि अरु भन्दा कम छैनौ…भनेर देखौन को लागि!!

    Reply
  13. rajkc says:
    March 17, 2014 at 4:40 am

    इन्टरनेट बाट लाईभ हेर्ने सकिने कुनै उपाए भए जनकारी दिनु होला

    Reply
  14. भगवान ओखलढुंगे says:
    March 17, 2014 at 4:29 am

    शहन्दार प्रदर्शन थियो आज सबै काम हपियों खेल हेर्नकै लागि शक्ति गौचनले धेरै राम्रो बलिङ्ग गरे श्याबस भाईहरु लाई , आशा छ अर्को खेलमा पनि हाम्रा भाइहरुले यस्तै खेल दोहोर्याउने छन्

    Reply
  15. naran says:
    March 17, 2014 at 4:09 am

    ट्वेन्टी २० को उपाधि जित्न नसके पनि भारतलाइ नेपाल ले हराएको देख्न पाइयोस ! यो भन्दा खुशी को खबर हामी नेपाली को लागि अरु हुनेछैन!

    Reply
  16. गगने says:
    March 17, 2014 at 3:35 am

    बधाई र धन्यबाद छ नेपालि क्रिकेट टिम लाइ!
    बिजय यात्रा अझै जारि रहोस!
    वोर्ल्ड कप नजिते पनि इन्डियालाई मात्र हराय देखि मनमा बर्षौ देखिको तुष र रोष जानेथियो!
    इन्डियालाई यो पाला नसके पनि बंगलादेशलाई चाहि जसरिपनि हराओस भन्ने कामना छ!

    Reply
  17. vinay jha says:
    March 17, 2014 at 3:26 am

    हामी सम्पूर्ण नेपाली यो एतिहसोक जोत को लागि गर्व महसुस गर्दछौ र हाम्रा खेलादिजरु आगामी खेल पाएँ यहि जोस र जागर का साथ खेल्ने छन् भने आसा गर्दछाओ होलि को सुभकामना यो जित का साथ

    Reply
  18. eklavya says:
    March 17, 2014 at 3:22 am

    म के भनु र खै …तारा नझरी बिहानी आउदैन रे बिर सपुत नमरी देश बन्दैन रे …सगरमाथा र बुद्धको नामले पनि विश्व सामु चिनाउन कम परिरहेको बेलामा सुनमा सुगन्ध भै आयो यी देशका महानतम खेलाडीहरु …ब्राजिलको बारेमा त्यहाको प्राकृतिक र इतिहासिक प्रिष्ठभुमिको बारेमा कमैलाई ज्ञान होला तर फुटबलका खेलाडीले चिनिन्छ त्यो देश …के थाहा भोलि हाम्रा खेलाडीले चिनिन थाल्छ कि हाम्रो देश …ति सपुतहरुले बनाएको यो देशले अर्को पाटोमा अर्को थरिको सपुतहरु पाएको छ सलाम छ यी बिर सपुत हरुलाई…जय नेपाल

    Reply
  19. Shyam says:
    March 17, 2014 at 2:48 am

    Salute &Congratulations all of you,
    Best of luck for the rest of games.
    It is such a great moment for all of us.
    Shyam Giri
    USA

    Reply
  20. Nischal says:
    March 17, 2014 at 1:41 am

    It was nice to see positive start from Nepalese players. But there is still long way to go. The rest two teams in the group have some quality bowling. During qualifiers we saw Nepalese batsman struggling with pace of Afgani bowlers. Hopefully they learned from that game and we will see more positive game for days to come.
    But for now lets enjoy the first win in debut in world cup cricket. Best of luck for rest of the games!!! #TeamNepal #ProudOfYou

    Reply
  21. अज्ञात श्रेष्ठ says:
    March 17, 2014 at 1:05 am

    खेलाडीहरुले राष्ट्रिय स्वार्थकोलागि खेल्दा आज देशले जित्यो
    नेताहरुले दलीय स्वार्थकोलागि खेल्दा सधैं जनताले हारयो

    कुनैदिन यहि मुखले नारा लाथ्यो ज्ञाने/पारस चोर देश छोड भनेर..
    आज मन चिच्याउदै छ ज्ञानेन्द्र/पारस जिन्दाबाद भन्दै

    संसार हेर्दैछ नेपाली क्रिकेटलाई…एउटा स्वर्णिम टिमको सु-आगमन विश्व क्रिकेट मैदानमा..आयो गोर्खाली..

    तिमीले मलाई यत्ति खुशी दियौ कि म तिम्रो जितमा संगै रमाउनेछु अनि तिम्रो हारमा संगै रुनेछु.तिमि संगको सबै नियति मलाई स्वीकार छ..नेपाली टोली.:)

    हामी विकेट झारी छाड्छौं
    चौका-छक्का ठोकी छाड्छौं
    देशमा खुशी फर्काइ छाड्छौं

    Reply
  22. Dhital says:
    March 17, 2014 at 12:51 am

    अब बंगलादेशलाइ हराएको हेर्न पाऊ, जय होस सबै खेलाडी अनि सबैको जसले नेपाल लाइ जिताउन हौसला प्रदान गरे. सधै कति नराम्रो खबर सुन्नु आफ्नो मातृभूमिको अब २ ४ दिन राम्रो खबर सुन्न पाउ.

    Reply
    1. bibek dhakal says:
      March 17, 2014 at 9:22 am

      बंगलादेशी ले नि माइसंसार पढ्दा रहेछन जस्तो छ : D … नत्र किन डिस्लैक हो?

      Reply
      1. Dhital says:
        March 17, 2014 at 12:51 pm

        सबैलाई देश र राम्रो कामको प्रसंसा गरेको मन पर्दैन नि त. नत्र त माथि अज्ञात जी ले भनेको जस्तै देशको स्वार्थमा खेल्दा नेपालीले जित्यो, दलीय स्वार्थमा खेल्दा हामी हारेउ.
        हामी अरुलाई दोषी देखछौ, आफु दोषी भएको देख्दैनौ. धन्यवाद बिबेक जी

        Reply
      2. Paul says:
        March 17, 2014 at 1:47 pm

        HongKong तिर को ले होला dislike गर्ने !!

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme