Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक पेज प्रिन्ट गर्न सय रुपियाँ !

Posted on March 18, 2014 by mysansar

-राजन कर्माचार्य-

statement अघिल्लो साता मलाई मेरो ब्याङ्क स्टेटमेन्ट आवश्यक पर्‍यो। त्यसका लागि म नबिल बैंकको कुलेश्वर शाखा पुगेँ।

त्यहाँ बुझ्दा छ महिनासम्मको स्टेटमेन्ट फ्रिमा पाइने रहेछ। त्यो भन्दा बढीको लियो भने शुल्क तिर्नुपर्ने रे। मलाई ११ महिनाको चाहिएको थियो। ११ महिनाको निकाल्दा छ पेज भयो। छ सय रुपियाँ तिर्नुस् रे। प्रति पेज सय रुपियाँ!

मैले सोधेँ किन यस्तो?
statement
शाखा म्यानेजर त ‘पहिला २५० प्रति पेज चार्ज लाग्थ्यो, अहिले झन सस्तो भएको’ पो भन्छ बा!

म त छ्क्कै परेँ।

यो लुट होइन?

अरु प्रत्येक दिनकै ४०-५० पटक कारोबर हुनेहरुको त झन् ११ महिनाको स्टेटमेन्ट लियो भने १०० पेज पनि हुन सक्छ। अनि बैंकले १० हजार चार्ज लिने भयो।

हो, ब्याङ्कले कागज र प्रिन्टरको टोनरको लागत रकम लिँदा हुन्छ। तर एक पेजको १०० रुपियाँ भनेको त अति भएन र ?

अझ एक वर्षभन्दा माथिको निकाल्दा त झन् प्रति पेज १५० रुपियाँ पो लाग्ने रैछ।

यो त संस्थागत लुट नै होइन??? प्लिज यो कुरा जनतामाझ पुर्‍याइदिनुस्।

[यो ब्लग माइसंसारका पाठकले पठाएका हुन्। तपाईँसँग पनि यस्तै गुनासा, भोगाइ, अनुभव छन् भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

70 thoughts on “एक पेज प्रिन्ट गर्न सय रुपियाँ !”

  1. Kiran Prasai says:
    April 4, 2014 at 6:06 pm

    नेपाल इन्वेस्टमेन्ट बैंकले ABBS Charge २५० लिन्छ जुन अरु बैंकमा फ्री छ. सबै लुट्ननै बसेकाहुन.

    Reply
  2. santosh says:
    March 29, 2014 at 9:56 pm

    सानिमा बैङ्कले चाहिँ ५० रुपैँया लिने रहेछ ६ महिना भन्द बढीको स्टेटमेन्ट चाहिए ।
    यहाँ कमेन्ट गर्ने धेरैले अनलाईन बैङ्किङ्ग , i banking, e banking प्रयोग गरे भैगो भन्नुभो तर त्यसको लागि तिर्नुपर्ने बार्षिक शुल्क झन् महङ्गो लिन्छन् । सानिमामा बर्षको २५० रे

    Reply
  3. badri says:
    March 19, 2014 at 10:41 pm

    स्तान्दर्द चतार्ड मा नि रु २५० प्रति पेज को लिन्छ …लूट नै जस्तो हो

    Reply
  4. हरि थापा says:
    March 19, 2014 at 1:04 pm

    सरकारले निर्देशन नदिए सम्म ठग्ने नै हो शायद
    त्यहि भएर अस्ती सम्म धेरै बैकले खाता खोलेको चै फ्रि बन्द गरेको चै भारी मात्रामा शुल्क लिन्थयो
    र शायद धेरै सभासद,मन्त्री वा नातेदारको पानि बैकहरुमा सेयर छ त्यसैले के धेरै आशा गर्नु।आफ्नौ अम्दानी किन घटाउनु

    Reply
  5. हरि थापा says:
    March 19, 2014 at 1:00 pm

    नेपालमा एउटा नडुब्ने ब्यबसाय बैक नै देखिएको छ।जे र जुन सुकै नाममा सिधै भन्दा ठग्न पाईन भएर।त्यहि भएर सेयर किन्न मानिस लाईन बसेका।

    यो भन्दा पनि अझ कुमारी बैकले त कसैको नाममा तपाईले पैसा जम्मा गर्दा आफै बैक भित्र पनि नम्बर अनुसार नाम ठिक छ कि छैन चेक गरेको चार्ज लिने गर्दछ।नभए चेक नै नगरी शायद बेठिक भए पनि कसैको नाममा पैसा हाल्दिन्छ।
    आफै बैकको नाम नम्बर चेक गरेको पनि पैसा।यो भन्दा ठुलो ठगी के होला
    consumers right my foot भन्दा होला ।

    Reply
  6. kshitiz says:
    March 19, 2014 at 2:25 am

    ग्लोबल बैंक मा त फ्री मा हुन्छ.

    Reply
  7. रैथाने says:
    March 18, 2014 at 10:49 pm

    तेही भयर मैले यो बैंक मा खाता नखोलेको!
    अब भोगिहाल्यो खुरुक्क खाता भयको पैसा झिकेर अर्को राम्रो ब्यांकाँ लगेर राख्ने क्या!

    Reply
  8. krishna says:
    March 18, 2014 at 6:51 pm

    त्यसैले मेरो छोरो भने गर्छ – अनैतिक लुट गरेर मिलिनिओर हुन् मन भय नेपाल फर्कनोस युरोपमा त् सहि जिबन केवल बिताउने जिउने हो…

    Reply
  9. Suman Nepal says:
    March 18, 2014 at 3:01 pm

    क्रिच्केट को टी शिर्ट मा पनि त १२०० भन्दै अनिल शाह ले नै स्पोर्ट्स Universe बानेश्वोर मा किन्न जानु भनेर पोस्ट गरेको गरे थियो नि . जाबो २०० पर्ने quality पनि छैन . दिपक बिस्ट पनि ठग नै निक्ल्यो . संगत राम्रो भएन होला . तर यो लुट्ने प्रबिती बन्द गर्नु पर्यो

    Reply
  10. anuj says:
    March 18, 2014 at 2:45 pm

    अस्ति NIBL मा त मैले free मा नै गरेको हो, एक वर्षको , तर operator म्याडम चाही बोर मानि रा थिई धेरै page भो भनेर, जुन स्वोभाविक थियो, तर आफु लाइ चाहिने नै एक वर्ष को भाको ले……

    Reply
  11. Ram Raj says:
    March 18, 2014 at 2:12 pm

    प्राय बैंक हरु पैसा कमाउने बस्या हुन्छन | यता कतार मा झन् महँगो | मैले नि तेस्तै काम परेर बैंक बाट प्रिन्ट गरेर लिनु पर्ने भो | चार्ज प्रति महिना १० कतारी रियाल | ६ महिना को स्तातेमेंट जम्मा २ पेज को थियो तर चार्ज चै ६० रियाल ….

    Reply
    1. Yubraj says:
      March 18, 2014 at 2:47 pm

      उहिले साहु , सामान्ती !
      अहिले फाइनान्स , बैंक सामान्ती !!

      Reply
    2. aayan shah thakuri says:
      March 19, 2014 at 1:34 am

      अलि अलि पो गुफ्फ़ दिनु त yaar , खै तपाइको कुन चै कतार परेछ , दोहा कतार त फ्री नै छ

      Reply
    3. amrit subedi doha says:
      March 20, 2014 at 1:06 pm

      राम जी , मेरो पनि कमर्सियल बेंक अफ कतारमा खाता छ, ब्यालेन्स सर्टिफिकेट, स्टेटमेन्ट केहि पनि प्रिन्ट फिरी मा गर्न सक्नुहुन्छ ! हुनत तपाइको खाता HSBC मा होला , तेस्ले त् चार्ज गर्छ , तर तेस्मा खाता खोल्न मिनिमम सेलेरी दस हजार रियल हुनुपर्छ अर्थात नपाई तिन लाख भन्दा बढी !

      Reply
  12. Rojesh says:
    March 18, 2014 at 1:57 pm

    अरे बाबा बैंक हो नि प्रिन्ट पसल त हैन नि! बैंक ले कि free complimentary service दिन सक्ला कि त service चार्ज लिन सुहाउला. प्रिन्ट गरेको paper को १ रुपिया लिदै बस्ने हो र? alternative बैंक वा online banking छन् त चाहिने भए. कहिले सम्म complain गर्दै बस्ने?

    Reply
    1. praveen says:
      March 18, 2014 at 8:57 pm

      statements printed by the bank are regarded official papers for certain legal purposes in such cases you can’t use your online banking facility and print the papers by yourself for e.g. if you applying for a US visa and they ask you to produce the bank statement here you have no option of self printing your bank statement at home rojesh ji

      Reply
    2. sanjiv says:
      March 22, 2014 at 5:23 pm

      प्रिन्ट गर्न एक पेज को १०० हुन्छ कतै? तपाई जस्ता ले गर्दा हो देश बिग्रेको

      Reply
  13. Neeraz Poudel says:
    March 18, 2014 at 1:49 pm

    यो लुट नै हो, Cyber मा प्रिन्ट गर्दा पनि Loadshedding मै पनी रु.१०/- मात्र लिन्छ ।ब्याङ्क ले त बढीमा रु.५/- रुपैयामा गर्न पर्ने हो । NTC ले STD कल रेकर्ड जति भए पनी फ्रीमा दीन्छ । ब्याङ्क मा त अाजकाल न ब्याज छ…. न सर्भीस छ ।

    Reply
    1. prakash_Edm says:
      March 18, 2014 at 9:57 pm

      आनी बैंक को कर्मचारी लै दुइ रुपैया तलब दिने? फेरी त्यो मजदुर सोसन भएनर ?

      Reply
  14. बिपिन says:
    March 18, 2014 at 12:52 pm

    १०० रुपैया प्रतिस्टेन्ट मेन्ट बढी नै भयो । यदि ग्राहकलाई यो भन्दा अर्को बिकल्प दिइएको छैन भने त यसले ढाड नै सेक्ने रहेछ । म भए अनलाइन सर्भिस प्रयोग गर्थेँ ।

    Reply
    1. Prakash says:
      March 18, 2014 at 2:12 pm

      बढी त हो नै, त्यसमाथि डट म्याट्रिक्स प्रिन्टरले प्रिन्ट गर्ने, एक पेजमा बढीमा ‘१५ वोटा’ कारोबारमात्र अटाउने….
      अन्लाइन कारोबार पनि ठिक हो तर नेपालमा सुरक्षित होला कि नहोला भन्ने कुरा आयो !
      फेरी कुनै अफिसमा, उदाहरणस्वरूप, भिसा अप्लिकेसनको लागि पेपर इस्टेट्मेण्ट माग्छ, बैंकको ठप्पा लगाउनु पर्छ, त्यस्तो मा भने अप्ठेरो पर्छ ! बैंक ले नै नघटाए सम्म हुदैन….

      Reply
  15. Sanjeev says:
    March 18, 2014 at 12:05 pm

    आफ्नो खाता को balance certificate लिन सबै बैंक लाई एक हजार फी तिर्नु पर्छ just for one page .

    Reply
  16. Raj, says:
    March 18, 2014 at 11:57 am

    नेपाल को राष्ट्र बैंक ले खुब नियम बनाएको छ / यो चै थाहा पाएर पनि किन कडाइ नगरेको यस प्रति राष्ट्र बैंक को ध्यान जाओस /

    Reply
  17. krishna prasad kuinkel says:
    March 18, 2014 at 11:31 am

    यो त लूट मात्र हैन ब्रम्ह लूट नै भयो नि एस्तो प्रकारको लूट धेरै दिन सम्म चल्दैन जसरि नेपाली फिल्म ‘लूट’ चलेको थियो सबैलाई चेतना भया

    Reply
  18. Surendra Regmi says:
    March 18, 2014 at 11:31 am

    यो त सांचिकै बैधानिक ब्रह्म लुट हो. अमेरिकामा छ सात वर्ष सम्मको statement फ्रीमा प्रिन्ट गर्न सकिन्छा. यदि बैंकलाई अनुरोध गर्ने हो भने निसुल्क घरमानै पठाई दिन्छन सानो इमेल वा यक कल फोन को भरमा . यदि बैङ्कमा गयो भने तुरुन्तै फ्रीमा प्रिन्ट गरेर दिन्छन.

    Reply
  19. प्रल्हाद आचार्य says:
    March 18, 2014 at 10:52 am

    केहि दिन अघि काठमाण्डौ बानेशोर मा खोलिएको नबिल बैंक को खातामा पैसा जम्मा गर्न चरिकोट स्थित नबिल बैंक मा पुगे / जम्मा २०००० जम्मा गर्न १०० रुपैया चार्ज रे / यो पनि एउटा ठगिनै हो नि हैनर ?

    Reply
  20. INDRA MAINALI says:
    March 18, 2014 at 10:49 am

    Bank are licence holder thief

    Reply
  21. Resham says:
    March 18, 2014 at 10:48 am

    साउदी अरबको रियाद बैंकमा एक इमेल पठाएको भरमा १ बर्षको बैक स्टेटमेन्ट एक हप्ता भीत्र customer कहाँ डेलिभरी हुन्छ।

    Reply
  22. Khagendra says:
    March 18, 2014 at 10:47 am

    It has been very common practice of cheating people in Nepal. I have also experienced the monopoly charges by the so called high sounding Banks (NABIL, Stander Charterred) for very common services like statement, money drawing from other branches etc. these high soundingBanks are not for common Nepalese only for high earning people. Though, I’m one of the quite old clients of these Banks but using very rarely due to similar reason. There are other Banks who don’t charge for such services and provide good services to people like us (low earnings). So, I suggest to warn these so called high sounding Banks by dealing with others like; SBIN, KIST etc. I’m not an agent of any other Banks, however, we should penalise them. It is also good that NRB should give attention in this matter.

    Reply
  23. Sajan says:
    March 18, 2014 at 10:37 am

    बाहिर बस्ने मित्र हरु जसजसले बाहिरी बैंकहरुले सेवा शुल्क लिन्छन् भन्नु हुन्छ त्यो सत्य हो तर सुल्कको नाममा प्रति page charge लिदैनन, म अस्ट्रेलिया मा छु तर यहाँ online सिस्टम छ यहाँ आफुलाई चाहिएको बेला मा आफैले प्रिन्ट गर्न सकिन्छ येदि बैंक बाटै लिनु परे पनि statement charge बापत $२.५० लिने गर्छन पर page को लिदैनन, यो सरासर ठगि हो

    Reply
    1. Suman Bjra. says:
      March 18, 2014 at 11:17 am

      अर्थिक कारोबार को नाम मा नेपाली जनतालाई सरकारको को इज्जाजतप्राप्त लुटेराहरु को संघथन हो नेपालको बैंकहरु / अझ ब्याज तिरेको मा जुन सरकार लेयेको कर को प्रमाण नदिइ त्यो पनि बैंक ले आफैले खाने गर्छ / सचाही ब्याज को कर सरकारले लिए को भए किन ब्याजकर को प्रमाण पत्र ग्राहक लाई नदिने त ? के जनता लाई झुक्यएको होइन ? भारत मा पढेर हुर्केय्को संस्कार CEO हुने को चमत्कार हो यो /

      Reply
    2. हरि थापा says:
      March 19, 2014 at 1:06 pm

      NAB ले त फ्रि मा नै दिन्थयो त।२.५ पनि लिदैन्थयो।

      Reply
  24. Surnix says:
    March 18, 2014 at 10:26 am

    कुरा यसरी पनि बुझ्दा हुन्छ हुन बैंकले दुख नदिने त होएन नेपाल को चलन नै येस्तै छ. तर ६ महिना को दिन्छु त वने को नै छ नि, ६-६ महिना मा लिन जाने नि, ebaking ma sabai statement आइहाल्छ जस्तो लाग्छ, कागज बचौन तिर पनि सोचौंन.

    Reply
    1. Deepak Bashyal says:
      March 18, 2014 at 6:16 pm

      अनलाईन बैंकिङ लियेर हेर्नुभयेको भये निशुल्क हुन्थ्यो होला!!

      Reply
  25. SURENDRA hongkong says:
    March 18, 2014 at 10:18 am

    यो नबिल होस् कि कुनै अर्को खबिल बैंक किन न होस् यिनी हरु लाई रास्ट्र बैंक को २ महिना अगाडी को निर्णय मा कुनै पनि बहाना मा ग्राहक बाट शुल्क असुल्न पाइने छैन भन्ने व्योहोरा को पत्र किन ध्यान देर न हेरेको? पुलिस चौकी मा लगेर धुवाधार घुगुरो को लाठी हान्दा अनि थाहा हुन्छ यी डाका हरु लाई/

    Reply
  26. Vijay says:
    March 18, 2014 at 9:55 am

    फिनल्यान्ड को नोर्डेआ बैंकले जम्मा १.५ युरो लिन्छ, जति पेज भएपनी, जुन यहाँ को क्र्यशक्तीको तुलना मा कम नै मानिन्छ । त्यो पनि कहिले त लिदैन अझ ।

    Reply
  27. भोला कोइराला says:
    March 18, 2014 at 9:54 am

    नेपाल ईन्भेष्टमेन्ट बैकले चाहि यस्तो चार्ज लिएको छैन जस्तो लग्छ १ बर्ष पहिले सम्म, अहिले के गर्छ थाहा छैन । तर १ पेजको १०० रुपैया त लुट मात्र होईन कि डाँका नै गरेको हो।

    Reply
  28. Vijay says:
    March 18, 2014 at 9:50 am

    नबिलमा पनि “चौधरी”कै लगानी छ क्यारे , होइन र? त्यसो भए त ग्राहकलाई मर्का पर्नु सामान्य नै हो नि । एनिहाउ पैसा कमाउको मनस्थिती भएका एस्ता गरिब देशका अरब्पती साहु हरुले नै हो धनी-गरिब बिचको खाडल बढाउने …..

    Reply
  29. Yuvraj says:
    March 18, 2014 at 9:36 am

    यो कुरा माथि राष्ट्र बैंक को ध्यानाकर्षण गर्नु पर्छ !!!

    http://www.nrb.org.np/aboutus/feedback.php

    Reply
    1. Suman Bjra. says:
      March 19, 2014 at 8:39 am

      राष्ट्र बैंक को कर्मचारीहरु रोबोट पर्यो कि के हो जहिले पनि धाय्नअकर्सन गर्नु पर्ने / राजिनितिगरेने नेताहरु त बुद्धि बिबेक नभएको परे तर राष्ट्र बैंक को त ल्याप्चे वाला कोहिपनि छैन / बरसौ दिन बिते पनि चुचाप /

      Reply
  30. लौटन अवधि says:
    March 18, 2014 at 8:48 am

    नेपाली मात्रै होइन बिदेशी बेंक हरु ले पनि एस्तो चार्ज लिन्छन ! तर पासबुक उपलब्ध नगराइएको या हरेक महिना बैंक स्टेटमेन्ट उपलब्ध न गराइएको अवस्था मा चाही लिन मिल्दैन ! पास बुक हुने ले हरेक साता या हरेक महिना अपडेट नगर्नु अनि बैंक ले पठाएको स्टेटमेन्ट सुरक्षित नराख्नु चाहि सेवा ग्राही को लापरवाही हो ! यदि पक्षिल्लो कारण भए लुट होइन सेवा सुल्क हो !

    Reply
  31. basanta says:
    March 18, 2014 at 8:17 am

    online banking सिस्टम गरे हुन्थ्यो नि बैंक हरु ले ! जस लै statement चाहिने हो आफ्नो login गरेर प्रिन्ट गरि हाल्थे|

    Reply
  32. kiran says:
    March 18, 2014 at 8:00 am

    धन्न यिनी हरुले इसेवा मा पैसा हालेको चै फी लिदैनन…

    Reply
  33. sanjay says:
    March 18, 2014 at 7:41 am

    तेसै बिनोद चौदरी दाई धनी भएका हुन् र ?

    Reply
  34. रबिन्द्र राज गिरी says:
    March 18, 2014 at 7:12 am

    नेपाल भनेको अहिले लूटको देश हो | जसले जति लुटे पनि केहि कानुन लाग्दैन | बैंकले उसको ग्राहक लुटछन् | स्कुल र कलेजले अविभावक लुटछन् | ट्याक्सीले उसको ग्राहक लुटछन् | नेताले देश लूटछन् | डन र दादाले पैसा लूटछन् | लूटको देश नेपालमा सबैलाई लूट गर्न छुट छ | यो सुनौलो अवसरलाई नगुमाउनुहोस् |

    Reply
  35. Jeevan Thapa says:
    March 18, 2014 at 6:55 am

    हुन त नेपाली बैंक को के कुरा गर्नु र … नया खाता खोल्नु पर्यो भने कोहि पहिले देखि तेही बैंकमा खाता भएको ले जमानी बसिदिनु पर्ने या हस्ताक्षर गरिदिनु पर्ने रे …. अब नया खाता खोल्नलाई किन यस्तो कहीं नभाको जात्र नेपाली बैंक मा गर्नु पर्या होला…

    Reply
  36. Jeevan Thapa says:
    March 18, 2014 at 6:51 am

    यदी बैंक स्टेटमेन्ट प्रिन्ट गरेर दिंदा प्रति पेज १०० रुपिया लाग्ने हो भने नोटिस बोर्डमा ठुला ठुला अक्षर मा लेखिनु पर्यो होइन भने यो सरासर लुट नै हो.. आफ्नो कारोबार हुने बैंकबाट एउटा स्टेटमेन्ट लिग्दा तेती महँगो सुल्क तिर्नु पर्छ भने किन हामी त्यो बैंक को ग्राहक बन्ने हैन र?

    Reply
  37. SAM says:
    March 18, 2014 at 6:40 am

    नीति नियम न भएको देश मा जस्ले जसरि लुटे पनि हुन्छ, कसैलाइ कसै को मतलब छैन, गुनाशो लिएर कता जाने कस्लाई भन्ने थाहा छैन . जय होश नेपाल को

    Reply
  38. Jivan says:
    March 18, 2014 at 6:31 am

    यो सरासर लुट हो. Statement हेर्न पाउनु customer को अधिकार हो. बैंक ले सितैमा उपलब्ध गराउनु पर्छ. बिदेसी मुलुक जस्तै अम्रिकामा statement बनाएको पैसा लाग्दैन.

    Reply
  39. विकु सिंह says:
    March 18, 2014 at 6:20 am

    बिनोद चौधरीले जहाँ पैसा लगायो त्यहाँ लूट मचायो | तिर्दै नतिरेको करमा त फिर्ती गरेर देशलाइ ज्वाम पार्यो | उनको लागि नबिल बैंक सुनको अण्डा पार्ने पोथी बाको छ |
    आफ्नो देशको बैंक फस्टाहोश र नाफा येही होश भनेर खाता खोल्छु, तर येस्तै येस्तै ATM बाट पैसा खाइदिने, प्रिन्टको पैसा खाने, लाइनमा १०० जना छ, भित्र गलफत्ती गर्दै बस्ने अनि नाना थरि फीस लिएर पैसा खाने निउ मात्र बनाउछ अनि Standard Charter र SBI तिर जानु पर्छ |

    Reply
  40. raj says:
    March 18, 2014 at 5:46 am

    मेरो इमेलमा pdf पठैदिनुस किन भन्नु भएन ? अर्को कुरा बैंक manager सम्म यो कुरा पुर्याउनु भयो कि भएन ?

    Reply
  41. Ram says:
    March 18, 2014 at 5:22 am

    नियम कानुन कागजमा मात्र सिमित भएको हाम्रो देश मा, फटाहाहरुको पैसा कमाउने हजार दाउ भनेको येही हो ..

    -रामे

    Reply
  42. Bhakte says:
    March 18, 2014 at 5:12 am

    Statement को सुल्क तिरी सके पछि print को पैसा तिर्नु नपर्ने हो|

    Reply
  43. Absta says:
    March 18, 2014 at 4:56 am

    I don’t think its wrong. These types of secondary service that bank provides are payable, i think its not only in Nepal its all over the world.

    Reply
    1. Surendra Regmi says:
      March 18, 2014 at 11:25 am

      No you are wrong. This is the secondary service it is a part of their service. In US we can get one year of statement free of cost with a request of one email or call.

      Reply
    2. LORKE says:
      March 18, 2014 at 12:59 pm

      छैन हो ब्रो अरु बैंक मा / हामि नि बैंक मै काम गर्छु तर statement को चार्ज त लिदैनौ त / हुन त नबिल ठुलो भाको भएर लिएको होला नत्र तेस्तो मर्का पार्न हुन्न /

      लोर्के

      Reply
  44. Gunaraj says:
    March 18, 2014 at 4:48 am

    आज मलाई Deutsche Bank ले पनि तेस्तै भन्यो .. per month 5 Euro रे .. म पनि दङ्ग भएर फर्किए.. 🙁

    Reply
  45. Rajesh says:
    March 18, 2014 at 4:47 am

    लुट जति गरे पनि फि् छ । तेहि भएर ।

    Reply
  46. Prajit man says:
    March 18, 2014 at 4:13 am

    के कुरा गरेको, सबैभन्दा पहिले बैंक कसको हो थाहा हुन पर्ने / यो बैंक तिनै अरबपति त्यो पनि डलरमा भएको मान्छे को हो/ तेतिकै हावा ताल मा अरबपति हुन पाइञ्छ त/ अलि अलि लुटपाट त जता पनि गर्नु नै पर्छ नि/ थोपा थोपा मिलेर समुन्द्र भनेझै येस्तै येस्तै १०० /१०० असुलेर (ठगेर) अरबपति भएका हुन् तपाई हामी जस्तै सोझा सिधा लै ठगेर /

    Reply
  47. डिल्ली says:
    March 18, 2014 at 4:06 am

    हाम्रो देशमा जसले जसरी लुटे पनि हुन्छ । बढीप्रतिशत सेयर वाहक अखाद्य चाउचाउ मालिक सर्वहारा चौधरीकै भने पनि हुने बैकलाई त झन जेमा लुट्दा पनि छुट छ । बैँक प्रायोजित लुटहरू देशमा धेरै छन् । के गर्ने दुःखको कुरा पैसा भन्ने कुरो घरमा राखे पनि लुट्ने आउँछन् । बैँकमा राख्दा पनि बैँकले लुट्ने नै गर्छन् । एटिएम कार्डको मितिजाने भाका राखेर पनि लुटेका छन् । व्यालेन्स सिट उपलव्ध गराउँदा पनि लुटेकै छन् । विदेशी मुद्रा सटहीमा पनि लुटेकै छन् । विदेशी मुद्रा ‘मनिट्रान्सफर”को नाममा त एकस्चेन्ज रेट गोलमाल गरेर अझ बढी लुट्छन् । बचत खातामा राखेको पैसा राखेको केही पछि कारोवार नगरी बसिएछ भने खाता “लक” गरेर “एक्टिभेसन” गर्ने बहानामा लुट्छन् ।

    Reply
  48. ghimire says:
    March 18, 2014 at 3:59 am

    Most of the cases in abroad, it is not only free but also kept archived for 7 years: http://www.rbcroyalbank.com/products/deposits/intro-estatements.html

    Reply
  49. Dilip says:
    March 18, 2014 at 2:41 am

    जे गरेपनि भाछ. जो संग जति पैसा लिएपनि भाछ है नेपाल मा. १०० किन १००० नै लिनु नि बरु.

    Reply
  50. महेश लामिछाने says:
    March 18, 2014 at 2:33 am

    यसलाई लुट नै त भनिहाल्न नमिल्ला । म नर्बेमा बस्छु । यहाँको रोजगार सम्बन्धी काम गर्ने सरकारी अफिसमा फ्रिमा प्रिन्ट गर्न सकिन्छ । त्यही बैँक स्टेटमेन्टलाई कलेजमा प्रिन्ट गर्यो भने सादाको ०.७० क्रोनर पर्छ । तर बैकमा गएर सोही प्रिन्ट गर्ने हो भने प्रति पेज ६० क्रोनर लिन्छ ।

    Reply
  51. Lalit Narayan says:
    March 18, 2014 at 2:25 am

    मलाई जहाँ सम्म याद छ जुन सुकै बैंकले महिनै पिच्छे निशुल्क बैंक स्टेटमेन्ट उपलब्ध गराउदछ l यस बाहेक यदि एक मुस्ट रुपमा फेरि ग्राहकले माग गरेमा सशुल्क उपलब्ध गराउने चलन रही आएको छ l तर किन यति चर्को शुल्क कुम्ल्याउछ भन्ने चाहिं था भएन l

    Reply
  52. Bishwas says:
    March 18, 2014 at 2:14 am

    अमेरिकातिर पनि Unattended Terminal मा भारि शुल्क लगाएका हुन्छन तर बैंक भित्र डेस्क मै भने कुनै पनि शुल्क बेगर जति कपि लिए पनि पाइन्छ |

    Reply
  53. Nimess says:
    March 18, 2014 at 2:04 am

    म यहाँ युरोपमा बस्छु, अाँफै अनलाइन पृन्ट गर्न पनि मिल्छ, तर बैंकमा गयो भने, ५ युरो मा पृण्ट हुन्छ । यहाँको जनजीबन महँगो छ, अाम्दानी त्यहि अनुरूप छ, तर ५ युरोलाइ नेपालीमा ६८१ जति हुन्छ, तर यहाँ हेर्दा त यो भन्दा पनि महंगो देखियो । के हो के हो नेपालको ताल । मोवाइल फोन त्यस्तै छ, मैले यहाँ २० युरो प्रति महिनामा २१ एम बि इन्टरनेट त्यो पनि अनलिमिटेड, अनि यो देशभित्र जुनै मोवाइलमा जति कल जति मेसेज गरेपनि पाउछु, जम्मा २० युरो, यहाँको जनसङ्ख्या चानचानु ५० लाख छ, मोवाइल अपरेटर ५-६ वटा छन् । र पनि सस्तो छ, नेपालीमै दाज्ने हो भने ३ हजार चानचुन, त्यतिमा त नेपालमा १ एम बि इन्टरनेट पाउन गार्हो छ, त्यसमाथि नेपालमा त्यत्रो जनसङ्ख्या, मोवाइलनै बोक्नेपनि अब त थुप्रै भइसके, स्याटालाइटको कुराले हो भनैा छिमेकी देशमै कति सस्तो भैसक्यो । नेपालमा लुट्न पाइन्जेल लुट्नेहो भनेका छन्, लुटेका छन्, तिर्ने तिरीरहन्छन्, लुट्ने लुटि रहन्छन्, यस्ताकुरामा नेपाली जनता पनि मैान रहन्छन्, अब अाफ्नोदेशमै उत्पादन नहुने पेट्रोल डिजेलमा चाँहि २ रूपैया बढेपनि देश बन्द गर्छ्न, यस्तै हो यहाँको चलन , के नै भनैा र खै ,,,

    Reply
  54. Nirab says:
    March 18, 2014 at 2:01 am

    येही हो पुजिबाद, सक्छौ कमाऊ..जसरि हुन्छ, १ रुपैयाको प्रिन्टलाइ १०० रुपैया नलिई बिस्वोकै कंगाल देशको चौधरी साब कसरि अरबपति हुनुहुञ्छ?

    Reply
  55. Mukesh says:
    March 18, 2014 at 1:44 am

    अनलाइन ब्लग लेखेर पठाउन सक्ने साथीले e-banking प्रयोग गर्ने अनि आफै print गर्दा कसो होला? कति अरुलाई सरापेर मात्रै बस्ने? अनि विनोद चौधरीले कर छलेर अरबपति भयो भन्ने 🙂 यदि Nabil त्यो सुविधा दिदैन भने राष्ट्रिय बाणिज्य बैंक जिन्दाबाद!

    Reply
  56. Shakti Raj Pandey says:
    March 18, 2014 at 1:33 am

    हो यो सरासर लूट नै हो , नेबिल बैंक ले उपभोक्ता लाई राम्रो सर्विस दिन पर्छ , Customer Relation Management राम्रो भएन

    Reply
  57. Sandesh says:
    March 18, 2014 at 1:30 am

    हरे राम! हाम्रो देशका बैंकका नीति नियमहरु अचम्मका छन्. प्रिन्टिंग फी त लिनु पर्छ, तर मर्कै पर्ने गरेर चाहि चार्ज गर्नु त हुदैन है. १०० रुपैया प्रति पेज भनेको त अलि धेरै नै भयो, क्यारे!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme