[आजदेखि सन्डे साइन्स स्तम्भअन्तर्गत हरेक आइतबार गौतम ‘उदय’ले विज्ञानसम्बन्धी ब्लग लेख्नेछन्। यो साताको पहिलो ब्लग डिएनए के हो विषयमा]
कुनै अस्वाभाविक ब्यवधान नभएमा सबै जैविक प्राणीहरुको अनन्तसम्म चल्न सक्ने चक्रले परापूर्व कालदेखि नै दार्शनिक र बैज्ञानिकहरुलाई चकित बनाइ रहेको छ। राता रक्त कणिका बाहेकका हाम्रो शरीरमा रहेका करिब ६३ पद्म (63 trillion) कोषहरु सबैमा एउटा केन्द्र (nucleus) रहेको हुन्छ। यो केन्द्रमा ४६ वोटा मसिना धागा जस्ता गुणसूत्रहरु (threadlike chromosomes) हुन्छन जसले हामी हरेकको बंशीय इतिहास (genetic instruction) बोकेका हुन्छन।
DNA (deoxyribonucleic-डीअक्सिरिबोन्युक्लिक) बोटबिरुवा लगायत हरेक प्राणीमा हुने एउटा यस्तो बिशिष्ट अणु हो जसमा बृधि, बिकास, मर्मत, सुधार, प्रजनन लगायतका थुप्रै सांकेतिक बंशानुगत बिवरणहरु संग्रहित हुन्छन। DNA एउटा बिशिस्ट रासायनबाट बनेको हुन्छ र यन्त्रले हेर्दा एकजोडी गुजुल्टिएका लामा सांगला (pairs of double helix) जस्तै गरी बनेको करिब फलामे गोलो भर्यांङ् जस्तै जस्तै आकारको देखिन्छ।
मान्छेको DNA कुरा गर्दा तिनै गुजुल्टिएका दुईवोटा सांगला शरीमा हुने संपूर्ण कोषको केन्द्र भाग (nucleus) संग जोडिएका