विदेशमा अरु विषय पढ्न जानका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ मात्र लिए पुग्छ। तर मेडिकल अध्ययन गर्न जाने हो भने चाहिँ म यो विषय पढ्न जानका लागि योग्य छु है भनी योग्यता प्रमाणपत्र (Eligibity Certificate) पनि लिन अनिवार्य छ। शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले विदेशमा मेडिकल विषयमा स्नातक र स्नातकोत्तर पढ्न जान यस्तो प्रमाणपत्र लिनै पर्ने निर्णय गरेको हो। तर यो निर्णय थाहै भएन भन्दै विदेशमा पढ्न जानेहरु देखिएपछि काउन्सिलले बुधबार एउटा सूचना निकाली तीन महिनाभित्र त्यसरी पढ्न जानेहरुलाई प्रमाणपत्र लिन अल्टिमेटम दिएको छ।
यस्तो प्रमाणपत्र नलिएमा चाहिँ के हुन्छ त ?
प्रमाणपत्र नलिए विदेशमा पढेको ज्ञान नेपालमा प्रयोग गर्न पाइने छैन।
अर्थात् काउन्सिलले लिने विशेषज्ञ दर्ता परीक्षा र चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुन पाउने छैन। दर्ता नभई नेपालमा चिकित्साको काम गर्न पाउने कुरै भएन।
ल है प्रमाणपत्रै नलिई विदेशमा पढिरहनुभएको छ भने छिट्टै यो काम गरिहालौँ, पछि पछुताउनु पर्ला।
अरुलाई योग्यताको प्रमाणपत्र लिउ है भन्ने काउन्सिल सूचनाको क्षेत्रमा भने अयोग्य नै देखियो। यो सूचना अहिलेसम्म उसको आधिकारिक वेबसाइटमा राखिएको छैन। गोरखापत्रमा छापिएको सूचना विदेशमा पढ्नेले कसरी थाहा पाउलान् भन्ने त उनीहरुले भुसुक्कै बिर्से जस्तो छ।
आर्को भ्रस्टाचार को अखडा खुल्यो. ति भ्रस्ट हरु को लागि खुसि को कुरा भयेछ बधाई छ तिनलाई.
दुई वर्ष भयो eligiblility certificate को लागि apply गरेको बिभिन्न बहानामा दिदैन के गर्नु?
आर्को भ्रस्टाचार को अखडा खुल्यो. ति भ्रस्ट हरु को लागि खुसि को कुरा भयेछ बधाई छ तिनलाई. तिनलाई पैसा को बिटो देखाउनुस पाई हाल्नु हुन्छ
निवेदक आफै परिचय पत्र संग आउनु पर्ने रे, लोल| अब यो निबेदन दिन संसार भरका मेडिकल बिद्यार्थीहरुलाई नेपाल फर्किन हवाईजहाज को खर्च चै कल्ले हालिदिने नि ? कहिँ नभाको जात्रा!
शैलोक्य जी. तपाइको ब्लगमा विदेश पढ्न जनाको लागि नेपालबाट no objection letter लिनुपर्ने र तेसका लागि निकै लामो लाइन बस्नु पर्ने कुरा आइरहको छ. तर मलाई चाही अचम्म के मा लागेको छ भने यो no objection letter लिने पर्ने केहि छ र? म अहिले अस्ट्रेलियामा छु university पढ्दै. म पहिले s korea पनि गएको थिए पढ्न. कोरिया गएको चाही २००७ मा र अस्ट्रेलिया आएको चाही २०१० मा हो. मैले कहिले पनि त्यो लेत्टर बनायको छैन तर कहिँ पनि समस्या परेन. मलाई त कता कता लगिरहेछ कि नेपाली हरुले अनावस्यक कुराको लागि दुख पैरखेका छन्. यस सम्बन्धमा खोजतलास गर्दा सबैलाई राम्रो हुन्थ्यो कि?
स्नातक भनेको ब्याचलर डिग्री होइन भन्या ?
यो प्रमाणपत्र लिन को लागि दस्तुर कति लाग्ने हो? काउन्सिल ले दस्तुर लिने भए दस्तुर के मा खर्च हुने हो सबै खुलाउनु पर्ने जस्तो लाग्छ. होइन भने पैसा बटुल्न को लागि मात्रै विद्यार्थीको लागि दुक्ख दिन हुदैन जस्तो लाग्छ मलाई.
तिनी हरु लै mysansar ले ब्लग मा राखिदिन्छा भनेर थाहा छ नि त . उमेश जी भए सम्म विदेश मा बस्ने ले चिन्तित् हुनैपर्दैन नि 🙂
विदेश पढ्न लाइ अब अर्को परिक्षा सुरु गरे भयो अनि कोचिङ्ग क्लास चलाएर रकम असुल्ने विचार आए जस्तो छ, नेपाल का केहि मानिसहरुलाई.
नया ब्यबसाय को सुरुवात गरेको होला हैन र ? स्वरोजगार को बिकाश हो यो.
हैन मैले नबुझेको कुरा चाहिँ के हो भने नि ” के नेपालमा विशेषज्ञ भै आउने बिदेशी डाक्टरहरु सबैले NMC को परीक्षा पास गर्नु पर्छ कि पर्दैन?, अनि उनीहरुले त देशमा जताततै निर्बाध रुपमा स्वास्थ्य शिविर चलाउने, अनि हस्पिटलहरुमा विशेषज्ञ सेवा दिनु पाइरहेकै छन्, अनि फेरि कोहि बिदेशमा पढ्ने नेपाली डाक्टरहरुलाई मात्र यो नियम किन हो? ” गोरो छाला हुने बित्तिकै सबै ठिक, तिनले गल्तिनै गर्दैनन् भन्ने दरिद्र मानसिकताबाट NMC कहिले मुक्त हुने हो?