मलेसिया एयरलाइन्सको MH370 बोइङ हराएको चार दिन बितिसक्दा पनि केही पत्ता लाग्न सकेको छैन। रहस्यमय तरिकाले हराएको हरायै हुने यो पहिलो विमान भने हैन। हाम्रै नेपालमा पनि माथि फोटोमा देखाइएको हेलिकप्टर हराएको १२ वर्ष भइसक्यो, अहिलेसम्म भेटिएको छैन।
यो हेलिकप्टरको कल साइन (गाडीको नम्बर प्लेट भन्या जस्तै क्या) थियो 9N-ACU। एसियन एयरलाइन्सको MI-17 हेलिकप्टर। सन् २००२ को ३१ मे शुक्रबारको दिन यो हेलिकप्टर सोलुखुम्बु जिल्लाको मकालु बेस क्याम्पबाट लुक्ला एयरपोर्टतिर उडेको थियो। बाटैमा बेपत्ता भयो। कहाँ गयो, के भयो- अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
हेलिकप्टरमा चालक दलका चार सदस्यसहित १० जना सवार थिए। न हेलिकप्टरको पत्ता लाग्यो, न मान्छेकै।
टावरसँग यसको अन्तिम सम्पर्क बेस क्याम्पबाट उडेको नौ मिनेट अर्थात् बिहान १० बजेर २ मिनेटसम्म भएको थियो। हेलिकप्टरका पाइलट ए ग्रेभेनिकोभ र इञ्जिनियर ए गुमार रुसी थिए। त्यतिबेला धेरै हेलिकप्टर चालकहरु रुसी हुन्थे। त्यसमा अरु यात्रुहरु सबै भने नेपाली थिए। यात्रुमध्ये केहीका परिवार अझै चाबहिल, चुच्चेपाटीमा बस्छन्।
हेलिकप्टर हराए लगत्तै खोज तथा उद्दार कार्य सुरु गरिएको थियो। काठमाडौँ र विराटनगर विमानस्थलबाट कर्णाली एयर र सिम्रिक एयरका हेलिकप्टर खोजीका लागि पठाइएको थियो। तर मौसम खराब भएकोले हराएको दिन त्यो क्षेत्रमा हेलिकप्टर जानै सकेन।
एक लाख पुरस्कारको घोषणा
त्यो दिन त यत्तिकै बित्यो। तर बाँकी दिनमा पनि केही प्रगति हुन सकेन। आकाश मार्गबाट खोज्न मौसम खराब भएको भन्दै पैदल मार्गबाट पनि रेस्क्यु टोली पठाइयो। तर अहँ।
सुरुमा २५ हजार त्यसपछि ५० हजार हुँदै एक हप्तापछि यो हेलिकप्टरको बारेमा जानकारी दिनेलाई एक लाख रुपियाँ पुरस्कार दिने घोषणा गरियो। १२ वर्षअघि एक लाख रुपियाँ भनेको ठूलै रकम थियो अहिलेको भन्दा।
तर पुरस्कारले पनि केही पार लाउन सकेन। हराइरहेको हेलिकप्टरमा रहेका यात्रुका परिवारले सरकार गम्भीर नभएको भन्दै आलोचना गरे। तत्कालीन नागरिक उड्ययन मन्त्री थिए बलबहादुर केसी (पर्खाल)। उनले लौ तुरुन्तै खोजी कार्य तदारुकताका साथ गर्नू भनेर निर्देशन थिए। परिणाम- सून्य।
स्याटेलाइटको सहायता
हराएको एक महिना नाघिसकेपछि अर्को एउटा खबर आयो– एयरलाइन्सले अमेरिकी फर्मलाई भनेर स्पेस स्याटेलाइट इमेजिङको सहायता लिँदैछ। नेपालमा हराएको जहाज/हेलिकप्टर पत्ता लगाउन स्याटेलाइटको उपयोग गर्न लागेको यही पहिलो घटना थियो। स्याटेलाइट प्रयोग गरियो कि गरिएन, थाहा भएन। तर हेलिकप्टर पत्ता लागेन। हेलिकप्टर खोज्न एयरलाइन्सले २ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको समाचार आयो।
अपहरणको हल्ला
अहिले मलेसिया एयरलाइन्सको विमान अपहरण भएको हल्ला चले झैँ त्यतिबेला नेपालमा माओवादीको प्रभाव बेस्कन थियो। माओवादीले नै यो हेलिकप्टर अपहरण गरेको हुनसक्ने हल्ला निकै चल्यो। तर अहिलेसम्म पनि हेलिकप्टर हराएको हरायै छ।
कहाँ हरायो होला त ?
नेपाली टाइम्सले हेलिकप्टर हराएको एक वर्ष जति पछि एक जना अनुसन्धानकर्मीको प्रत्यक्षदर्शी भनाईलाई उद्धृत गर्दै एउटा खबर छापेको थियो। खासमा ती अनुसन्धानकर्मी र उनको समूहमध्ये कसैले पनि दुर्घटना भएको आवाज चाहिँ सुनेका थिएनन्। तर हेलिकप्टर निकै तल तलबाट उडेको भने देखेका रहेछन्।
अनुमान चाहिँ हेलिकप्टर ठोक्किएपछि हिमपहिरो झर्यो होला र त्यसमा पुरिएर हेलिकप्टर हराएको हरायै भयो होला भन्ने गरिएको छ। तर यो अनुमानमा मात्र सीमित छ। खासमा के भएको हो भन्ने कुरा चाहिँ आजसम्म कसैलाई थाहा छैन।
थप जानकारी
हाराएको एसियन एयरलाइन्सको MI-17 हेलिकप्टरको पाइलट सोनाम टाशी शेर्पा र रासीयन पाइलटहरु थिए/
शेर्पा पाइलट सोलुखुम्बु खुम्जङ्ग हुनु हुन्छ/
यस्ता घटानाहुरु धेरै छन्
एमेलिया इरहर्ट-१९३७
उड्डयन इतिहासमा अमेरिकाकी पहिलो महिला पाइलट एमेलिया इरहर्ट जहाजसँगै बेपत्ता भएको घटना रहस्यमयी छ । विश्व भ्रमणको लागि अर्का पाइलट फ्रेड नोननसँग जहाज यात्रामा रहेकी इरहर्ट चढेको ट्वीनअटर सन् १९३७ मा प्यासिफिक महासागरमा बेपत्ता भएको थियो । बेपत्ता दुई बर्षपछि उनलाई मृत घोषणा गरिएको थियो । तर, बेपत्ता बिमानको हालसम्म कुनै अवशेष फेला परेको छैन् ।
एयर फ्रान्स फ्लाइट ४४७-२००९
ब्राजिलको रियो दी जेनेरियोबाट पेरिसको लागि उडेको एयर फ्रान्सको ४४७ सन् २००९ मा एटलान्टिक महासागरमा दुर्घटना भएको थियो । एयरबस ३३० को दुर्घटनामा बिमानमा रहेका सबै २२८ को मृत्यु भएका थियो । बिमानको व्ल्याक बक्स २ बर्षपछि भेटिएपछि दुर्घटनाको अनुसन्धानले पूर्णता पाएको थियो ।
इजिप्ट एयर फ्लाइट ९९०-१९९९
सन् १९९९ अक्टोबर ३१ मा न्यूयोर्कको जोन एफ केनेडी एयरपोर्टबाट इजिप्टको कायरो उडेको बिमान एट्लान्टिक महासागरमा दुर्घटना हुँदा जहाजमा सवार २१७ जनाको मृत्यु भएको थियो । इजिप्टका अधिकारीले यान्त्रिक गडबडीका कारण बिमान दुर्घटना भएको बताए पनि अमेरिकाले बिमानका इजिप्टियन सहचालकको कारण दुर्घटना भएको आरोप लगाएको थियो । किनकी सहचालकलाई एयरलाईन्सले यौनिक दुव्र्यवहार गरेको आरोपमा चेतावनी दिएको थियो ।
ब्रिटिस दक्षिण अमेरिकी एयरवस स्टार डस्ट-१९४७
सन् १९४७ अगष्ट स्टार डस्ट एयरबस अर्जेन्टिनाको व्यूनो आयर्सबाट चिलीको लागि उड्ने त्रममा अर्जेन्टिनाको माउन्ट टुपुंगाटोमा दुर्घटना भयो । बिमानमा ११ जना थिए । दुर्घटनाको ५० बर्षपछि मात्रै उक्त पहाडको हिउँ पग्लिदा पर्वतारोहीले उक्त बिमानको भग्नावशेष पत्ता लगाएका थिए ।
बर्मुडा ट्रियाङ्गल
एट्लान्टिक महासागरको दक्षिणी भागलाई बर्मुडा टि्रयाङ्गल -त्रिकोण) को रुपमा चिनिन्छ । बर्मुडा, फ्लोरिडा र पियुटो रिकोमा अन्तिम बिन्दु भएको अनुमान गरिएको उक्त क्षेत्रमा दुई बिमान दुर्घटना भएपनि सत्य पत्ता लागेको छैन् । १९४० को दशकमा उक्त क्षेत्रमा दुइ बिमान दुर्घटना भएको थियो । बीबीसले सन् २००९ मा गरेको अनुसन्धानमा एउटा बिमानको दुर्घटनाको कारण प्राविधिक गडबडी भएपनि अर्को बिमान भने ईन्धन सकिएका कारण दुर्घटना भएको अनुमान गरिएको थियो ।
उरुग्वे एयर फोर्स फ्लाइट ५७१-१९७२
सन् १९७२ अक्टोबर १३ मा उरुग्वेबाट चिलीको सान्टियागो उडेको उरुग्वे एयर फोर्स फ्लाइट ५७१ एन्डे हिमशृंखलामा दुर्घटना भएको थियो । बिमानमा सवार ४५ मध्ये १६ यात्रु ७२ दिनपछि जिवित फेला परेका थिए ।
टीडब्लूए फ्लाइट ८००- १९९६
न्यूयोर्कको जोन एफ केनेडी एयरपोर्टबाट उडेको ट्रन्स वल्र्ड एयरलाईन्सको फ्लाईट ८०० सन् १९९६ जुलाई १७ मा उडेको केही मिनेटमै आकाशमा पडि्कएको थियो । १६ हजार फिट माथि जहाज पडि्कदा सवार २३० यात्रु कोही बोचनन् । अनुसन्धानले इन्धन ट्यांकमा बिद्युत सर्ट भइ आगलागी भएको देखाएको थियो ।
अमेरिकी आर्मी एयर कर्प्स बी २४डी-१९४३
दोस्रो विश्वयुद्धको बेला सन् १९४३ मा अमेरिकी बम्बर बोकेर इटली हिडेको बिमान लिबियाको मरुभूमीमा दुर्घटनाग्रस्त भेटिएको थियो । यसका नौ मध्ये ८ जना यात्रुले प्यारासुटबाट हाम्फालेर बाचेको भएपनि मरुभूमीमा १६० किलोमिटरको हिडेपछि गर्मीका कारण मृत्यु भएको अनुस्न्धानले देखाएको थियो । बलायती तेल अनुसन्धानकर्ताहरुले दुर्घटनाको १५ बर्षपछि बिमानलाई मरुभूमीमा भेटेका थिए । १५ बर्षपछि भेटिदा पनि मेशिनगनहरु काम गर्ने अवस्थाका थिए ।
स्टिभ फेसेट-२००७
अमेरिकी व्यापारी स्टिभ फोसेट बोकेर सन् २००७ सेप्टेम्बर ३ मा उडेको बिमान अमेरिकाकै नाभाडाबाट फर्किएन् । ६३ बर्षीय फोसेट चढेको एक ईन्जिन भएको जहाज सन् २००८ को अक्टोबरमा भेटिएकेा थियो । अनुसन्धानकर्ताहरुले तीव्र हावाका कारण बिमान दुर्घटना भएको आशंका गरेका छन् ।
आज भन्दा १२ वर्ष अगि एउटा हेलिकोप्टर नभेटिनु र अहिले को समय मा प्लाने नभेटिनु फरक कुरा छ/ किनकि त्यो समय र अहिले को समय लाई तुलना गर्न मिल्दैन अहिले संसार धेरै अगाडी बढिसक्यो येदि तेती खेर पनि त्यो हेलिकप्टर नेपाल मा नहारारा अरुनै दोस्रो देश मा हराको भए साएद भेटिन नि सक्थो कि अब हाम्रो जस्तो सानो र केहि उपकरण नभएको देश भएर नभेटिएको होला जस्तो लाग्छ/ र जति सम्म अहिले प्लाने हराएको कुरा छ यो प्लाने चाडै भन्दा चाडै भेटियोस र सबै जना सकुसल भेटिदिये हुन्थो/
तत्कालीन नागरिक उड्ययन मन्त्री थिए बलबहादुर केसी (पर्खाल) …….. पुरानो अर्को घटना पनि याद दिलायो
कुनै घटना घट्छ , कारण सहित आउछ |
कुनै घटना घट्छ , कारण पतोलाग्दैन अनुमान सहित सामुन्ने आउछ |
कुनै कुनै घटना नै हराउदो रहेछ |
ये एस्तो पनि हुदो रे छ जिन्दगीमा कहिले कहिले |
हेलिकोप्टर लाइ यति ले समातेर खल्तीमा राखेको गोप्य कुरा चै न खोलौ होला |
यो हेलिकोप्टर नाम्चेबाट पूर्व तिर देखिने हिमालको खोचमा खसेको कुरा मलाई था छ . तर त्यो खोच मा जान भने कोहि सक्दैन . सारै अफ्ट्यारो छ .
एसियन एयरलाइन्सको MI-17 हेलिकप्टर हिउमा पुरियो होला,मलेसिया एयरलाइन्सको MH370 बोइङ समुन्द्रमा डुब्यो होला |
नेपालमा १२ वर्षदेखि हेलिकोप्टर हरायो । तर विश्वमा ५२ वर्षदेखि हराएको जहाजहरू पनि भेटिएका छैनन् । सन् १९६२ मा अमेरिकी सेनाको टाइगर लाइन फ्लाइन ७३९ गुवामदेखि फिलिपिन्सको लागि उडेको जहाज अहिलेसम्म भेटिएको छैन ।
वरमुडा त्रिकोणमा हराउनेको संख्या त आधा दर्जन नाघिसक्यो । सन् १९४५ मा ५ वटा अमेरिकन यानहरू तालिमको शिलशिलामा गएकाहरू अझै भेटिएनन् । त्यसैगरी सन् १९४८ र १९४९ मा त्रिकोणको बाटो भएर उडेका जहाजहरू पनि भेटिएका छैनन् । हराएको जहाजहरूमा सन् १९३७ मा पाइलट एमेरिया इयरहार्टले उडाएको जहा प्यासिफिक महासागरमा हराएको थियो । लामो खोजअनुसन्धापश्चात पनि नभेटिएपछि सन् १९३९ मा उनको मृत्यु भएको घोषणा भएको थियो ।
सन् १९६७ एण्डिज पर्वतमा हराएको दक्षिण अमेरिकन जहाज ५० वर्षपछाडि अवशेष सन १९९८ मा टुपान्गाटो पर्वतमा भेटिएको थियो । सन् १९७२ मा उरुग्वेयान एयर फोर्स ५७१ एण्डिज पर्वतमै हराएकोमा ७२ दिनपछि भेटिएको थियो । त्यसैगरी सन् २००९ मा रियो दे जेनेरियोबाट पेरिसतर्फ उडेको एयर फ्रान्स ४४७ एटलान्टिक महासागरमा हराएको थियो । हराएको ५ दिनपछि भेटिएको जहाँजमा चालकदलसहित २२८ जना यात्रु दिए ।
ओह उमेश जी मलाई त यो बारेमा थाहा नै थिएन. जानकारी को लागि धन्यबाद.