Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आखिर कहाँ हरायो मलेसियाली विमान ?

Posted on March 11, 2014March 11, 2014 by Salokya

malaysia शनिबारदेखि हराइरहेको मलेसिया एयरलाइन्सको बोइङ विमान खोजिरहेका अनुसन्धानकर्मीहरु र तपाईँ हामीबीच एउटा समानता छ- दुवैलाई थाहा छैन, आखिर यत्रो ठूलो विमान कहाँ बेपत्ता भयो ? किन तीन दिन भइसक्दा पनि विमान वा विमानको भग्नावशेषका कुनै संकेतमात्र पनि कतै भेटिएका छैनन् ? खोई २ सय ३९ जना चढेको विमान ? खोई ?? खोई ???

जवाफ उनीहरुसँग पनि छैन, जवाफ हामीहरुसँग पनि छैन। उनीहरु पनि उपलब्ध सबै संभावनाहरुलाई लिएर खोजी गरिरहेका छन्, हामीले त झन् अरु गर्न सक्ने कुरै भएन। जति समय घर्केँदै गएको छ, मलेसियाली विमान बेपत्ता प्रकरण झन् झन् रहस्यमय बन्दै गइरहेको छ।

यसरी हराएको थियो विमान


माथिको चल्ने चित्र फ्लाइट राडारबाट लिइएको हो। विमानमा रहेको राडारले देखाएको संकेतका आधारमा विमान कहाँ कहाँ पुग्यो हेर्न मिल्छ फ्लाइटराडार२४ वेबसाइटमा।

मलेसिया एयरलाइन्सको MH370 विमान पनि त्यसमा देखिएको थियो। क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यरात १२ बजेर ४१ मिनेटमा उडेको थियो। बेइजिङमा त्यहाँको समय अनुसार साढे ६ बजे अवतरण गर्नुपर्ने थियो। तर उडान भरेको ४० मिनेट मै समुद्रमाथि उड्दाउड्दै त्यसको सम्पर्क टुटेको देखिन्छ।

मलेसियाको टावरसँग भने बिहान २ बजेर ४० मिनेटमा सम्पर्क टुटेको थियो।

किन टुटेको रहेछ त ? न त्यहाँ मौसम खराब थियो, न विमानले केही संकेत दिएको थियो कन्ट्रोल टावरलाई। किन भन्ने जवाफ नै अहिलेसम्म पाउन सकिएको छैन।

अपहरण भएको हो कि ?
आतंकवाद, अपहरणको पनि संभावनालाई अनुसन्धानकर्मीहरुले नकारेका छैनन्। त्यहाँमाथि दुई जनाले नक्कली पासपोर्ट देखाएर विमानमा चढेको भन्ने पुष्टि भइसकेको छ।

तर अपहरण भए पनि केही संकेत त विमानबाट आउनु पर्थ्यो ! अपहरण गरेर कतै लगेको भए पनि अहिलेसम्म केही न केही त जानकारी आइहाल्थ्यो। त्यत्रो ठूलो प्लेन भनेको खेलौना प्लेन जस्तो लुकाएर राख्न त मिल्दैन पक्कै।

फेरि चोरिएको पासपोर्ट हुँदैमा आतंकवादी नै थिए भनेर भन्न पनि मिल्दैन रे। शरणार्थी वा अन्य विभिन्न कारणले पनि त्यसरी नक्कली कागजातमा यात्रा गर्ने गर्छन् भन्ने कुरा पनि आयो।

झ्याप्पै विमान राडारबाट कसरी हरायो त त्यसो भए ? प्रमाण त छैन तर शंका- त्यसमा राखिएको बम पड्‌‌किएर आकाशमै विस्फोट भएर टुक्राटुक्रा भई समुद्रमा खसेको पो हो कि !

त्यो हो भने पनि त्यत्रो पानी जहाज र हवाई जहाज लगाएर खोजिएको छ, केही न केही संकेत त भेट्टिनु पर्थ्यो नि। किन अहिलेसम्म केही पनि नभेटिएको होला ?

विमानमा प्राविधिक समस्या पो आएको हो कि ?

त्यो हो भने पनि यस्तो भयो है भनेर चालक दलका सदस्यले टावरलाई सूचना चाहिँ दिन भ्याइहाल्थ्यो।

त्यसो भए पाइलटले नै सुसाइड गर्छु भनेर समुद्रमा लगेर जोतेको पो हो कि। अथवा अपहरणकर्ताले के के पो माग राखेकोले अमेरिकामा ९/११ मा जस्तो यात्रुहरु मिलेरै प्रतिकार गर्दा बमसम पड्केर ध्वस्त पो भएको हो कि। त्यतिञ्जेल पनि टावरलाई संकेत त पठाउन मिल्थ्यो होला।

घरको कुकुरसमेत हराउला भनेर जिपिएस राखेर ट्रयाक गर्ने आधुनिक जमानामा यत्रो बोइङ आखिर कसरी हरायो ? किन अलिकति भेउसमेत पाउन नसकिएको होला ?

मोबाइल चाहिँ लाग्छ, फोन उठ्दैन
एक महिना पनि भएको छैन नेपालको अर्घाखाँचीस्थित मसिनेलेकमा नेपाल वायुसेवा निगमको ट्विनअटर विमान दुर्घटना भएको। भोलिपल्ट बल्ल विमानको भग्नावशेष भेटिएको थियो। त्यतिबेला विमानका एक यात्रुको मोबाइलबाट ठाउँ पत्ता लागेको थियो। मोबाइलमा घण्टी बजे पनि उठेको थिएन। त्यसपछि त्यो नम्बरको लोकेसन ट्रेस गर्दा अर्घाखाँचीको मसिनेलेक पत्ता लागेको थियो। दुर्घटनास्थल नजिकै मोबाइलको टावर पनि थियो।

अहिले पनि यो हराइरहेको विमानका यात्रुको मोबाइलमा फोन गर्दा रिङ गएको तर नउठेको समाचार आएका छन्। चिनियाँ यात्रुका एक आफन्तले टिभीमा लाइभ मोबाइलमा फोन गरेर रिङ गएको सुनाएछन्।

चीनको यो साइटले जनाए अनुसार, १९ जना चिनिया यात्रुको परिवारले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको परिवारका सदस्यलाई मोबाइलमा फोन गर्दा लाग्ने तर नउठ्ने किन भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न अनुरोध गरेका छन्। उनीहरुले एयरलाइन्सलाई फोन नम्बरहरु दिए पनि त्यसलाई वास्ता नगरेकोले मलेसिया एयरलाइन्सका प्रवक्तालाई पानीको बोतलले हानेको र सत्य सार्वजनिक नगरे मलेसियाली दूतावासबाहिर प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन्।

Malaysia-UFO
रहस्यमय बनेको यो घटनामा जब सबै तर्कहरु समाप्त हुन्छन्, तब नहुने समाचार लेख्ने साइटको कुरा समेत हो कि जस्तो लाग्ने रहेछ। प्यारोडी समाचार राख्ने अमेरिकाको नेसनल रिपोर्ट लेख्छ– यसको एउटा मात्र संभावित जवाफ छ, एलियन। अर्को ग्रहको प्राणीले सुरुदेखि नै बर्मुडा ट्र्याङ्गलमा जहाज अपहरण गर्थे, यस पटक अर्कै ठाउँबाट गरेको हो कि ! तर्कले काम नगरेपछि यस्ता कुरा पनि हो कि जस्तो लाग्न थाल्ने रहेछ।

[तपाईँको विचारमा यो विमान कहाँ हराएको होला ? तल कमेन्टमा आफ्नो विचार लेख्नुस्]

24 thoughts on “आखिर कहाँ हरायो मलेसियाली विमान ?”

  1. yub raj kandel says:
    March 16, 2014 at 8:40 am

    यस घटनाले यो प्रमाणित हुन गैरहेको छ कि मलेशिया, चाईना, अमेरिका वा कुनै एक देश मात्र होईन, सम्पुर्ण मानव जगतका विज्ञान वा विश्वमा भएभरका सारा वैज्ञानिकहरु नै असफल भएका छन्। मंगलग्रह, चन्द्रमा, अन्तरिक्षका अनेकानेक खोजअनुसन्धानमा यान पठाउँछन्, पुर्याउँछन्। पृथ्वीबाटै रिमोट कन्ट्रोलले हो कि खै के जातीले हो अथाह अगण्य त्यती टाढा दुरीमा रहेका ग्रह र अन्तरिक्षका हरेक कुरा यहीं बसीबसी पत्ता लगाउँछन्। तर पृथ्वी भित्रैको कुरोको चैं कति खोज अनुसन्धान गर्दा पनि कुनै सुँईको सम्म पत्ता लगाउन नसक्ने। ल ठीक छ मान्न सकिन्छ कि विमानमा भएका सबै सञ्चार सम्पर्कका उपकरणहरु निस्कृय पारेर अपहरणकर्ताहरुले कन्ट्रोल टावर सँग त सम्पर्क विक्षेद गरे रे । तर स्याटेलाईट, राडार जस्ता विविध वैज्ञानिक उपकरणहरु त जताततै जडित थियो नि। आखिर ती सब निकाम भए। भनेपछी यदी अपहरण नै भएको हो, र त्यो पृथ्वी भित्रैकाले गरेका भए स्पष्टरुपमा ती अपहरणकारीहरु विज्ञानको अत्यन्तै विकसित अवस्थामा पुगीसकेका छन्। जोहरु सँग विश्वका कुनै पनि राष्ट्रका वैज्ञानिकहरुलाई तुलना नै गर्न सकिन्न। पृथ्वी भन्दा बाहिर अन्तरिक्षको कुनै ग्रहहरुबाट पृथ्वीको खोज अनुसन्धानमा आएका एलियन्सहरुले कब्जा गरेर लगेका पनि हुन सक्छन्। त्यो पनि होईन र दुर्घटनामा परेर विस्फोट भएको रहेछ भने एक दिन न एकदिन पत्तो लाग्ने छ। धैर्यधारण मात्र गर्न सक्नु पर्छ हामीले। वश! यती हो मैले जानेको बुझेको चैं।

    Reply
  2. sbh says:
    March 15, 2014 at 6:58 pm

    The BBC’s Jonah Fisher in Kuala Lumpur says investigators will now focus on trying to obtain the radar data from any of the countries the Boeing 777 may have passed over.

    This could include Thailand, Myanmar, Nepal, Bangladesh, Bhutan, China, India and Pakistan.
    Nepal, somewhere crashed into peak???

    Reply
  3. bibek says:
    March 12, 2014 at 8:52 am

    फिलिपिन्सको मुस्लिम ग्रुपको अपहरण हुन् सक्छ!

    Reply
  4. Ram Adhikari says:
    March 11, 2014 at 9:52 pm

    मेरो विचार मा चै पाइलट को मिले मतो मा सबै सूचना हरुलाई cut गरेर कतै कुनै देश मा लगेर राखेको त छैन . चाइना को बिरोधि हरुले कुनै सडयन्त्र पनि त गरेका हुन् सक्छ. अन्दाज मात्र

    Reply
  5. मन says:
    March 11, 2014 at 8:12 pm

    मेरो अड्कलमा अहिले खोजीमा केन्द्रित भएको क्षेत्र देखि दूर कतै समुद्रको पींधमा छ वा कतै सुमात्राको घना जंगल कापमा जमिन धर्सेर अल्झेको छ| पहिलो सम्भावना बढी देखिन्छ|

    Reply
  6. Birendra Kumar Joshi says:
    March 11, 2014 at 6:09 pm

    बिरेन्द्र जोशी, मेलबर्न

    अस्ती दुर्घटना भएकै दिन ऑस्ट्रेलियाको नेपाली न्यज asunepalnews .com ले त vietnam को पाखामा फोटो समेत राखेर भेटेको समाचार प्रकिसित गरि सकोको थियो,
    उनै सम्पादक महोदय लाई सोड़ने होकी, तपैले कहाँ बाट कुन बोइङ्ग को फोटो राख्न भयो ?
    कृपया खुलस्त परि दिन भए तपाइको वेब news बिस्व कै top १० मा पुग्थ्यो कि…तर हाल किन त्यो समाचार निकाल्न भयो …??? यस्तो खुल्दुली चलिरहेको बेलामा…

    Reply
  7. pawon says:
    March 11, 2014 at 5:51 pm

    On similar incident on 2009,air france which was suddenly lost from radar ,was found crashed on sea after 5 days.that tyme also there were rumors about cell phone connections and aliens attack.these are all what is called denial phases.people want to be positive,still there is hope.
    but sadly and unfortunately this is a crash..deadly and fatal.

    Reply
  8. sbh says:
    March 11, 2014 at 5:43 pm

    Two of the missing passport user are Iranian and were on the way to file asylum. Sad how far people have to go for better life or what they think could be better life… This story is similar to our migrantion.People are spending up to 50 lakh to go USA through Mexico. Not sure, how many actually make it safe land. For the most of the USA migrant makes around $7 an hour. You work 80 hours a week, that is $560 a week. After expenses, savings is $1500 that also if you choose to live in a filthy way. It will take three to four year just to pay back.
    So I suggest fellow immigrant who is planning the the trip, think again. American dream is not for all. You only hear the few good stories but never hear the story of human and family suffering.

    Reply
  9. Vijay says:
    March 11, 2014 at 3:58 pm

    संभावनाको कुरा हो । मेरो विचारमा प्राविधिक गडबडी नै मुल कारण हो जस्तो लाग्छ तरपनी स्वतन्त्र खोजविन भएर सत्य पत्ता नलागे सम्म यसै भन्न मुस्किल छ । तर, मानविय त्रुटी देखाएर सदा झैं पाइलट लाई दोष थोपर्ने काम चाहिँ नहोस ।

    Reply
  10. ramesh says:
    March 11, 2014 at 2:55 pm

    कि यो बर्मुडा त्रयांगल को जस्तै रहस्य हो?

    Reply
  11. tika says:
    March 11, 2014 at 12:41 pm

    पर ग्रही हरु ले आपरहण गरेको कुरा सहि हो . खोजि कार्य मा एफ बि आइ समेत सामेल हुनु पक्कि पनि यु एफ ओ संघ सम्बंदिथ छ . अलियन हरु यो वर्ष हमिकंह ओर्लिदै छन् . यो कुरा जुनसुकै गोवेर्न्मेंट ले सेक्रेट राख्ने गरेको छ र मलास्य ले पनि तै गर्यो .

    Reply
  12. Upendra Niraula says:
    March 11, 2014 at 12:33 pm

    चाइना को एक भूमिगत समुहले जहाज आफ्नो कब्जा मा भएको कुरा Email मार्फत Chinese Media लाई जानकारी गरायो, भन्ने अपुष्ट समाचार पनि आयो नि !

    Reply
  13. तारा थापा says:
    March 11, 2014 at 12:08 pm

    मेरो बिचारमा पोहोर मात्र मकावान पुर कि कहा हो खेतमा कति फिट गहिरो बनाइ नाकले जोतेर धुजा धुजा भएजस्तै समुन्द्रमा डाइभ मार्यो जहाजले, समुद्र भित्र रहेको पहाडको खोचमा अड्किएर उत्रिन सकेन ! मोबाइल त कुनै बेला टावरमा के गडबडी हुदो रहेछ कुन्नि रिंग गएको आवाज आउछ, उता पानी परेर मोबाइल टावरले नै काम गरेको अबस्थामा पनि रिंग गैरहेको जस्तो सुनिन्थ्यो, यो मेरो अनुभब हो !

    Reply
  14. Som says:
    March 11, 2014 at 11:33 am

    Italian हरु नै हो . World कै माफिया हो Italian हरु . कि भने ठुलो धनरासी लिएर passport बेचएको हो ,हराको हैन . इटालियन हरु ४२० हुन्छ , हराउछ passport , त्यो पनि २ जना मिलेर ? नेपालको राजा परिवार मारेको , नेता ले नै भनेर , किटान साथ TV channel दिने त् तेही इटालियन हो .

    Reply
  15. हरि हर शर्मा says:
    March 11, 2014 at 7:44 am

    नेपालको कुनै जोतिश लाई पो देखाउने हो कि !!!

    Reply
  16. xyz says:
    March 11, 2014 at 7:40 am

    We do have a case of lost helicopter. No one has bothered to find that helicopter.

    Reply
    1. keshab says:
      March 11, 2014 at 8:03 pm

      yes true.. where is that helicopter??

      Reply
  17. Rajesh rai says:
    March 11, 2014 at 6:43 am

    भगवान भरोसा

    Reply
  18. मदनमणि says:
    March 11, 2014 at 6:36 am

    समुन्द्रमा जहाज हराउनु नयाँ न भए पनि लामो समय सम्म बेपत्ता हुनु चैं अनौठो नै हो। जहाजले बाटो बिराएर कतै अनकन्टारमा आपतकालिन अवतरण पनि गरेको हुन सक्छ। सकारात्मक सोचौं सबै सकुसल फर्कुन भन्ने कामना गरौं। पशुपतनाथले सबैको रक्षा गरुन।

    Reply
    1. Alikhit says:
      March 11, 2014 at 1:00 pm

      जतासुकै आपतकालीन अवतरण गरे पनि फोन चै उठ्नु पर्ने होइन र ?

      Reply
      1. shankar says:
        March 11, 2014 at 10:39 pm

        फोन उठाउन लै ताओर को सम्पर्क मा हुनु पर्यो नि फोन … अनकन्टार ठाउँ मा कहाँ को ताओर को सम्पर्क मा हुनु र फोन उठाउनु ….

        १ पैसा पनि नसोची प्याच्चा कमेन्ट नगरौ न मित्र … अर्फ्नो दुवा तिर्की दिमाग नदेखाऊ न ओ ..

        Reply
  19. chatur rai says:
    March 11, 2014 at 6:23 am

    मेरो सोचाईमा कुनै निशानी नरहने गरि समुन्द्रमा डुब्यो होला भन्नु थियो, तर फोन लागेपछि अरु के भयो भन्न सकिन्न, अहिले हामी लाखौ नेपालीहरु मलेशियामा कार्यरत छौ यहाँको हरेक यस्तो ठुलो घटनाले हामीलाई अनआवश्यक प्रभाब पर्दछ | तथापी एउटा मानबियको नाताले पनि म भगवानसंग प्रार्थना गर्दछु सबै यात्रुको स-कुसल उद्दार होस |

    Reply
  20. krishna says:
    March 11, 2014 at 2:36 am

    आशा गरौ पशुपति नाथ को कृपा ले हराएको प्लेन प्यासेन्जर सहित शकुशल भेटिनेछ !

    Reply
  21. shristi shah says:
    March 11, 2014 at 2:05 am

    येत्त्रो बिज्ञान र बिग्ये अनि येन्त्र तन्त्र ले थाहा पाउन नसकेको कुरो हामि समाचार पद्दने ले कसरि थाहा पाउनु र??जे भए पनि ति जहाज मा हुने यात्त्रिको परिवार मा के बितेको छ त्यो ठाउमा म आफुलाई राखेर सोच्दा मुटु दुखेर पिडा हुन्छ तेसैले हे भगवान,जेसस,अल्लाह,खुदाह तिम्लाई संसार मा मानिसले जे जति नाम ले पुकारे पनि तिम्रो येउतै काम संसारको मानिसको रक्छ्या गर्नु हो यी जहाज का यात्रु को पनि रक्छ्या गरि सत्य थत्ये सबैले चाडै थाहा पाउन 🙁 🙁 🙁

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme