Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नै सरकार हुँदा नेविसंघको उपद्रो

Posted on March 10, 2014March 10, 2014 by Salokya

NSU_coverage
सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गरिरहेको बेला उसकै विद्यार्थी संगठन नेविसंघले हिजो गरेको उपद्रो आजका राष्ट्रिय दैनिकभरी पोखिएको छ। आन्दोलन, ढुंगामुढा, बन्द नभएको धेरै भइसकेको थियो। तर यी उपद्र्याहा विद्यार्थीहरुले हिजो विभिन्न क्याम्पस अगाडि गाडीसमेत गुड्न दिएनन्। ढुंगामुढा बर्साए प्रहरीमाथि। कारण ? काठमाडौँ प्रहरी प्रमुख रमेश खरेललाई कारबाही गर्नुपर्‍यो रे। किन ? किनभने उनले उनीहरुका नेतालाई हतियारसहित राति अबेर हिँडिरहेका बेला पक्रेछन्। अब यिनीहरुलाई छाड्नु पर्‍यो अनि खरेललाई कारबाही गर्नुपर्‍यो रे प्रधानमन्त्री र गृहमन्त्रीले। नत्र यो भन्दा कडा आन्दोलन गर्ने रे।

रञ्जित कर्ण
रञ्जित कर्ण

अनि त्यसो भन्ने चाहिँ को भन्दाखेरी सभासद् समेत रहेका नेविसंघका अध्यक्ष रञ्जित कर्ण।

हिजो उनले धमला क्लबमा पत्रकार सम्मेलन आयोजना गरी भनेका थिए, रमेश खरेलले हिरो हुनका लागि हाम्रा नेताहरुलाई बित्थामा पक्रेको हो।

तर उनले त्यसोभन्दा खरेल झन् हिरो भएको र उल्टै उनीहरु भिलेन भइरहेको कुरा भने थाहा नपाएका हुन् कि कसो।

खरेलले राति अबेर हतियारसहित पक्राउ परेकालाई ढुंगामुढा गर्दैमा छाड्‌दिनँ भनेर भनिसके।

नेविसंघको दावी छ, ती हतियारको लाइसेन्स छ।

प्रहरी भन्छ, एउटा हतियारको लाइसेन्स नवीकरण गरिएको छैन। अवैध हो।

जनता भनिरहेका छन्, ए रातामकै, विद्यार्थीहरुसँग किताब, कलम कपी हुने कि बन्दूक ? बुधबार त्यति राति शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति शुभराम बस्नेत, संघका पूर्वसहामन्त्री शतीश शर्मा तथा कार्यकर्ताहरू जोन खड्का, राजेशविक्रम शाही र लीलाबहादुर खड्का बन्दूक बोकेर कहाँ जाँदै थिए वा कताबाट आउँदै थिए ?

अरु बेला भए उफ्रिएर प्रतिक्रिया दिन हतार गर्ने मन्त्री रामशरण महत, गगन थापा जस्ता नेता यो मामिलामा चुइँक्क गर्न सकेका छैनन्।

सभासद् कर्ण पत्रकार सम्मेलन गरी धम्की दिइरहेका छन्- अझ कडा आन्दोलन गर्छौँ। दिनदिनै क्याम्पसहरु अगाडि उफ्रेर उपद्रो गरेर सडक जाम गरिरहेका छन्। यिनलाई कसैले नेपाली कांग्रेसले चुनाव लड्दा जनतालाई हामीले बन्दहड्ताल गर्दैनौँ भनेर गरेको प्रतिवद्धता पनि सम्झाइदिए हुन्थ्यो कसैले।

131 thoughts on “आफ्नै सरकार हुँदा नेविसंघको उपद्रो”

  1. bijay shakya says:
    March 15, 2014 at 9:49 am

    शुभराम एण्ड कम्पनि ३००० दरौतिमा छुटे के गर्नु जनताको छोरो भएको भए त्यहि कुहिएर मर्नु पर्थ्यो तर काँग्रेसले जे गरे नि हुने कस्तो अचम्म त्यसैले देशमा बिद्रोह जन्मन्छ र जन्मनु आवश्यक भयो . शुभारामको शिकारी लत शंकर देब क्याम्पसमा युनियनको रकम झ्वाम पारेपछि भएको हो . लगभग चालिस पुगेका शुभराम अझै बिद्यार्थी राजनीतिमै छन् उनको काम असुली र गुण्डागर्दी ठेक्कापत्ता र चुनाबमा बुथ क्याप्चर गर्नु हो अब सायद शुभरामको अशुभ भयो कि ? ने. बि. संघमा क्याम्पसको नेतृत्व ४० का हाराहारी उमेरकाले मात्र गरेका छन् अब देखि क्याम्पस पढ्ने १६ देखि २४ बर्षकाले मात्र गरुन ताकि भर्ट्चार र गुण्डागर्दी रोक्न सकुन .

    Reply
  2. Priti Rana says:
    March 13, 2014 at 10:20 am

    लोउ यो पनि है….
    ……………………………………………
    कोहि भन्छन नेबि संघ आकाशमा उड्ने बाज हो
    कोहि भन्छन नेबि संघ सगरमाथाको ताज जो
    म त भन्छु-न यो बाज यो, न यो ताज हो
    यो त खाली गुण्डाहरुको राज हो |
    …………………………………………………….
    कि कसो ?

    Reply
  3. siddharath says:
    March 12, 2014 at 2:36 pm

    चोर हरुको चाला नै गुन्डा गर्दी हो. इनिहरुले के देश बनाउलान्?.काँग्रेस पार्टी नै बदमास सोसक गुन्डा ठालु हरुको पार्टी हो. जनतालाई सपना देखायर सत्ता मा पुग्नु तियो पुग्यो अब जे गरेपनि हुञ्छ तिमीहरुले .तर याद राख डाकुका सरदार हो फेरी नेपालमा हतियार उठाउने अबस्ता आयो भने तिमीहरुको ४-५ ओटा खिया लागेका हतियार ले केहि हुन्न.

    Reply
  4. Ngwang says:
    March 12, 2014 at 9:09 am

    पढाईमा जिरो भए नि शंकर देब क्याम्पसमा अध्यक्ष चुनाब जितेर काँग्रेस समाजवादका हिरोको नालीबेली पढ्नुहोस .
    हतियारधारी ने बि संघ गुण्डाहरुको नालीबेली पढ्नुहोस.
    हाल ने.बि.संघिय नेपालि राजनीति गर्माएको छ को हुन् यी बितण्डा मच्याउने ? यस बारेमा जान्नु आवश्यक छ मदिरापानमा लट्ठ भएको हतियार सहित बिहान तिन बजे पक्राउ परेका सुभ्रराम एंड कम्पनिका गुण्डा नाईके सुभराम बस्नेत सोलुखुम्बु जिल्ला गोलि गाबिस निवासी हुन उनि सोलुखुम्बु काँग्रेस पुर्ब सभापति पर्भुराम बस्नेतका छोरा हुन . प्रभुराम सोलुखुम्बु सल्लेरीमा अध्ययन गर्दा ११ चोटी एस. एल. सी. फेल भएका थिए . उनका समकालीनहरु अझै पनि गद्धाको तक्मा पाउने भनेर झिस्काउछन कारण एस एल सी मा धेरै चोटी फेल हुदा त्यतिखेर स्कुलले गद्धाको तक्मा दिने चलन थियो भनिन्छ
    यतिमै उनको कर्तुत सकिन्न काँग्रेस सत्तामा भएको फाईदाको भरपुर दुरुपयोग गरे यी बाबु छोराले ०४६ साल देखि नै बिचार र आस्था फरक भएकै आधारमा २०५१ सालमा रा. प्र. पा. को कार्यकर्तालाई खुकुरीले दिउसै काठमान्डौबाट फर्केका मान्छेलाई बाटोमा ढुकेर निर्मम तरिकाले मारे त्यो मुद्धा सत्ताको आडमा दबाए पनि कुनै दिन उल्टीएलान . यस्ता लुटपाट गुण्डागर्दीका मुद्धा कैयन छन्
    बाबुकै पदछाप पछ्याउदै नक्कली सर्टिफिकेटको भरमा काँग्रेसहरु राजनीति गर्दैछन त्यसरी नै ११ चोटी फ़ेले प्रभुरामका छोरा सुभराम पढाईमा जिरो भए नि शंकर देब क्याम्पसमा अध्यक्ष चुनाब जितेर काँग्रेस समाजवादका हिरो भए ने बि संघ राजनीतिमा उदय ताकि एस एस पी खरेल जस्तालाई हुमर्त लिन सक्ने हैसियतका भए उनकै नाममा गुण्डा लगाएर सडक जाम र डुंगा मुढा गर्न सक्ने भए यहि थियो अराजक जमातको सफलता यस्ता समाजका भाईरसहरुलाई खोजि खोजि निर्मुल पार्नु आजको आवश्यकता हो . यसर्थ सबै मिलेर यस्ता कुकार्यको बिरोध गरौ .

    Reply
  5. usha says:
    March 11, 2014 at 10:46 pm

    साला डाकाहरु लाज लाग्दैन बिद्यार्थी हौँ भन्नलाई ? किताब कापी डडाएर पस अब जंगल तिर , बाघ भालु सग कुस्ती खेलेर बस्नु

    Reply
  6. Mk says:
    March 11, 2014 at 10:40 pm

    (अ/कु ) राजनीति ले देश बिगारेको सर्वत्र चर्चा भैरहदा, अब आएन्दा (?) स्वाथ्य छेत्र मा जस्तै, शिछ्या तथा निजामती सेवा छेत्र हरु मा पनि राजनीति निषेध गर्ने बिधेयेक तु. पारित गर्नु पर्यो/ अनि लोक सेवा आयोग जस्तै ‘राजनीति सेवा आयोग’ गठन गरि , येस्मा पास हुनेहरु मात्रै सभासद हुने प्राबधान गरे कसो होला ?

    Reply
  7. keshar chhettri says:
    March 11, 2014 at 10:05 pm

    सबै बन्द गर्ने हरु लै तुड्डी खेल मैदान मा लगेर खरेल ले गोलि हान्नु पर्त्यो र त्यो नेता बन्ने रंजित कर्ण लै देश निकाला गर्दिनु पर्चा ,,,,,,काँग्रेस पार्टी नै भ्रस्ट र कुकुर नेता हरु को पार्टी हो एस्तो पार्टी को सरकार ले के देश को सम्बिदन बनौचा ,,,,,दिकर छ यो देश क नेता हरु लै …कसरि कर्भई गर्चोउ रमेश खरेल लै हेरोउ त ,,,गधा …कुकुर कर्भई गर्ने ,,,त्यो रंजित कर्ण लै तद्दिपार गर्नु पर्चा देश बाट

    Reply
  8. निर्वाण says:
    March 11, 2014 at 9:51 pm

    खोइ गगन र महत बोलेको?
    पढे लेखेको नेता भनाउदाको यस्ता ताल छ ओलीको के कुरा गर्नु?

    Reply
  9. deu kumar nembang says:
    March 11, 2014 at 9:10 pm

    बिनाश काले बिपरित बुद्धि अकाल मृत्यु भया -नेपाली कांग्रेसले सत्तामा पुगे पछि आफैंले बाटो बिराएर हिंडी रहेको छ यस्तो पार्टीलाई जनताहरुले नै भुल बस सम्बिधान लेखने ठाउमा पुर्याए पछि अबको सम्बिधान भनेको गुण्डा ,चोर ,फटाहा ,ज्यानमारा ,डाका र देश द्रोही अनि दिन दहाडै भ्रस्टचारहरुलाई मौलिकता दिने खालको मात्रै सम्बिधान आउने रहेछ भन्ने कुराको बारेमा तमाम नेपाली जनताहरुले बुझे हुने रहेछ भन्ने यो नेविसंघ काण्डले आफ्नो संज्ञा दिएको छ |

    Reply
  10. Gajendra Pokhrel says:
    March 11, 2014 at 6:37 pm

    कांग्रेश नेपालको ठुलो राजनीतिक पार्टी अनि सरकार उसैको र
    ने.बि.संघ बाट एस्तो जंगली पारा,साला एस्ता गुन्डा हरुको नाइकेहरुले के पाराले संविधान देलान धिक्कार छ यिनीहरु जस्तालाई ठुलो पार्टी बनाएर देश हाक्न लगाउने हामीहरुलाई.

    Reply
    1. mahesh says:
      March 11, 2014 at 10:03 pm

      प्रजातान्त्रिक समाजबाद का सिपाही, कानुनि राज्य को पहरेदार, नेबि संघ का ति केटा हरु राति ३ बजे बिहान हतियार को लाइसेन्स नवीकरण गर्न गैरहेका हुन्, खरेल १००% दोषी हो, तेसै ले खरेल लाइ फासी दिन पर्छ, कानुनि राज्य का वकालत गर्ने गगन थापा, सुशील कोइराला, रामशरण महत, रामचन्द्र हरु नेबि संघ ले सहि , जायज माग उठ्हेको ले तेस्को बिरोध नगरेका हुन्.

      Reply
      1. hridaya says:
        March 13, 2014 at 2:55 am

        कमेन्ट को आशय बुझ्नु छैन साथीहरुलाई रातो लाउनमै हतार छ !! i like ur coment mahesh ji.

        Reply
        1. bibek dhakal says:
          March 13, 2014 at 4:44 pm

          हैन हैन, this is a good sign .. अब नेपालीहरु ने वि संघलाई व्यंगमा पनि राम्रो भनेको सुन्न चाहन्नन्!
          अरु वि. संघ प्रति नि यस्तै धारणा बन्न थालोस!

          Reply
      2. Suresh says:
        March 13, 2014 at 7:51 am

        महेश सर, नेपालमा बिहान को ३ बजे कुन चाहिँ office खुल्छ त्यो भान्दिनुस न बरु…. “राति ३ बजे बिहान हतियार को लाइसेन्स नवीकरण गर्न गैरहेका” रे… नेपालमा २४ घण्टा सरकारी कार्यालय तेई एक दिन खोलेको होला है त्यो पनि हतियार को नबिकरण गर्न….

        Reply
  11. Shankar says:
    March 11, 2014 at 4:40 pm

    इन्डिया मा जुन गोलमाल तन्त्र ( प्रजातन्त्र चै न भनि हालुकी ) को राज छ , नेपाल तेस्को सानो स्वरुप हो | तेहा गाउमा ,टोल टोल मा ,गल्लि गल्लीमा दादा हरु , छन् , सहर मा ठुला ठुला डन हरु छन् र इन्डिया बाहिर नामुद इन्डियन तस्कर हरु पनि छन् |
    नेपाल मा पनि क्रमश ठिक त्यहि हुनेवाला छ | नेपाल हिजो को बिहार भै सक्यो |

    Reply
  12. ashok says:
    March 11, 2014 at 3:12 pm

    पक्राउ गर्ने नियम ले मात्रै पुगेन !!! धेरै जसो गुन्डा हरु त भागेर delhi पुगेका छन् , ति भगौडे हरु लाई देश मा छिर्न नदिने र नेपाल मै भएका तेस्ता गुन्डा हरु लाई सिधै encounter गर्नु पर्यो खनाल sir ,नेपाली जनता तपाई को साथ् मा छन् ,,

    Reply
  13. SARJAN says:
    March 11, 2014 at 1:43 pm

    हतियार सहित पक्राउ परेका ५ जनालाई त कडा भन्दा कडा कारवाई गर्नु पर्छ, इनिहरु बिद्यार्थी होइन, समाजमा आतंक मच्चाउने आतंककरी हो । अनि यी आतंककरीलाई छोड्नु पर्छ भनेर ढुंगा मुढा गर्ने सबै पाल्तुहरुलाई बोरामा राखेर डण्डा मालिस गर्नु पर्छ ।सुरुवात, मच्ची मच्ची ढुंगा हान्ने जो पत्रिका को पन्नामा प्रस्ट चिनिने बाट गर्नुहोला । रमेश खरेल र तपाईको बहादुर टिमलाई हाम्रो साथ अनि सलाम छ । जय नेपाल ।

    Reply
  14. दिनेश काका says:
    March 11, 2014 at 11:39 am

    China मा जस्तो डोजरले यी सब सडक मा उर्लेको पागल हरु लै पिस्नु पर्छ अनि मात्र साधारणले सुख पौछ्न,

    Reply
  15. Mahesh says:
    March 11, 2014 at 11:37 am

    सत्तामा पुग्न मात्र के सफल भएका थिए आफ्नो असली रुप देखाउन थालिहाले नेपाली काँग्रेस र एमालेका टट्टुहरुले। हिजो यिनिहरु कै कारणले देशका सोझा साझा जनतामाथि पुलिस प्रशासन लगाएर दमन गर्दा भश्मासुर माओवादी जन्मियो र देशका हजारौ सपुतहरु वली चढे, आज फेरी जनताले केही वुद्धी पलायो कि भनेर सत्तामा के पुर्याएका थिए यिनिहरुको रगरगी र जगजगी सुरु भैहाल्यो। भातमारा हो राती तीन बजे हातहतियार सहित तिम्रा वाउको भतेर घिच्न गएको थियौ कि के हो? अनी त्यही निहुँमा बाटो छेक्ने काँग्रेसी भातमारा हो,खुब पुरुषार्थ गरेको छु भन्ने लागेको होला होइन। पख गुण्डाका दलालहरु हो स्थानिय निर्वाचनमा देख्ने छौ।

    Reply
  16. Milan Rai says:
    March 11, 2014 at 9:41 am

    रंजित दाई सभासद हुनुभायेचा…पुल्चोव्क मा हुदा सोबेऊ को प्रेसिडेन्ट थिए. भविस्य राम्रै छ जस्तो छ बुडा को. नेपाल मा नेता को मात्रै Scope देख्छु म

    Reply
  17. Jillabasi baburam says:
    March 11, 2014 at 9:14 am

    अब पार्टीको रिक्रुटिंग वडा/गाउँ,नगर बाट, न कि क्याम्पस बाट:
    पहिले दलहरु प्रतिबन्धित भएको अवश्थामा नेबिसंग, अखिल आदि विद्यार्थी संगठनहरुले आफ्नो ज्यान हत्केलामा हालेर, पुलिसको जेल, नेल खाएर बहुदल ल्याउन योगदान पुर्याएका थिए; पार्टीहरुलाई टेवा पुर्याएका थिए| अब दलहरु फुकुवा भै सकेका छन्; बहुदल आएको छ; संसद्को चुनाब भयो; अब स्थानीय चुनाव हुँदै छ| पार्टीहरुले युवाहरुको रिक्रुटिंग गाउँ, नगरको वडा तह बाट गर्नु पर्छ र सरस्वतीको मन्दिरलाई राजनीतिमुक्त पार्न को लागि यी बिद्ध्द्यार्थी संगठनहरु जो पार्टीका भर्तिकेन्द्रहरुको रुपमा काम गरिराखेका छन् तिनलाई बन्द गर्नु पर्छ| अब क्याम्पसमा पार्टीका भर्तीकेन्द्र खारेज गर्नु पर्छ, पठनपाठनको गुणस्तरलाई ध्यान दिनु पर्छ|

    Reply
  18. suman p says:
    March 11, 2014 at 8:29 am

    यो दुंगा मुधा ले जति पनि छेती भयो एसको छेती पूर्ति येही कर्ण भन्ने सभासद लाई तिराउनु पर्छ र एसले तु राजिनामा दिनु पर्छ. हे गगने कहाँ लुकी बसे छौ , जनताको समू आई बोल , ठिक कि गलत .

    Reply
  19. shantdil says:
    March 11, 2014 at 8:07 am

    नेविसंघ ले नेपालको इतिहास मा राम्रो काम गरेको इतिहास छ र ? यो त एसको जन्मजात गुण हो. एसले येति गरेन भने यो नेविसंघ नै हुन्न नी.

    हामीले पो नबुझेको त !

    Reply
    1. jeevan verma says:
      March 11, 2014 at 9:11 am

      १००% सहि. नेपाली कांग्रेस भनेको गुण्डाको नाइके हरुको जमात हो | हुनत यो सुनेर के पी ओली रिसौलान, तर धन्दा नमन के पी, तिमि चाही दान मा पनि मह दान हौ कंग्रेस्सी हरु चाही गुन्डा | तिम्रो अगाडी त कोहि पनि टिक्दैन | तिम्रो रुप, बोलि अनि व्यवहार अतुलनिय छ |

      Reply
    2. bharat says:
      March 11, 2014 at 10:54 am

      के को नेविसंघ नी गुन्डा शंघ हो !

      Reply
    3. shankar says:
      March 11, 2014 at 7:09 pm

      ‘माओबादी बि संघ ‘,माले बि संघ , कांग्रेसी बि संघ एमाले बिसंघ ……
      कुन चै ले राम्रो कम गरेको छ भंदिनुस न … किन कांग्रेसी बि संघ मात्रै ?

      Reply
  20. Tenzing Gaba says:
    March 11, 2014 at 6:56 am

    “देशको कर्णधार” हरुको यस्ता हर्कत देखेर
    खाते-गुण्डाहरु मुर्मुरिदै होलान आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरे भनेर /

    Reply
    1. Shankar says:
      March 12, 2014 at 12:44 am

      बेशक !
      अनि भन्दा हुन् ”हामि जस्ता बदमास लाइ त् गरि खाने न दिने भए बा , बिस्तारै पकेट मारी ,
      अपहरण , रेप काण्ड आदि मा हस्तछेप हुन् थाल्यो भने पहेलो लुगा लाएर सत्याग्रह जुलुस निकाल्न बेर छैन ”

      Reply
  21. Basanta Thapa,Maryland,USA says:
    March 11, 2014 at 5:27 am

    हेरौ जिबन लाइ त्याग र स्वार्थको घेरा बाट अलग गराइ प्र.म. बन्न सफल शुशील कोइराला बाट यो घटनालाइ कस्तो रुप मा समापन गर्ने हुन् \
    अब नेपाली जनताले बुझ्नु पर्छ कि भिड र जमात को बलमा जसले जे गरे पनि हुने स्थितिको अन्त्य गरिनु पर्छ त्यसको लागि जनताले असल प्रहरी रमेश खरेल र उनि जस्तै प्रहरी लाइ सहयोग गरिनु पर्छ \ जसरि माओबादीको अनाबस्यक आन्दोलन को लागि जनता प्रतिरोध गर्न सडकमा आएका थिए आज नेबी संघ को घिनौलो ब्यबहार लाइ तह लगाउन जनता प्रतिरोध मा आउनु पर्छ ता कि आज देखि कुनै पनि अपराधीले शक्ति ,सम्पती र सत्ता बाट जोगिन र गलत गर्न नसकोस \ रातको समय हतियार लिएर समुहमा यदि जो कोहि पनि कतै जादैछ भने पक्कै उ अपराधमा सामिल हुन् गैरहेको हुन्छ \ लुट्न ,धम्क्याउन वा हत्या गर्न \ नेता र पार्टी यो घटना छोप्न लाग्छन भने ति पनि अपराधी मानिन्छन र समय ले एकदिन सजाय दिन्छ \ अति गरे पछी खति हुन्छ \

    Reply
  22. Dr. Suman says:
    March 11, 2014 at 4:56 am

    म एउटा सत्य कुरा भन्छु. म त्रिचन्द्र कलेजम बि एससी पढ्दा नेविसंघ को सदस्येता लिय. गगन मन पर्थियो तर चुनाब को बेला गगन र उसका साथीहरु सबै संग हतियार थियो. मलई अचम लग्यो. चुनाब अगाडी अखिल क केटा हरुलाई खुकुरी ले हान्न लखटेको मलाई थाहा छ. चुनाब उठने दिएनन् . गुण्डा पालेका थिए. साझा होटेल भरि रक्सि खाने सबै पाल्तु गुण्डा हरु थिए. एकदिन केहि वान्टेड गुन्डाहरु मेरो रूम म़ा १० /१५ दिन लुक्नको लागि आए. मलाई डर लग्यो. आफु पनि त्यतिकै फसिने हो कि भनेर. मैले मेरो बुबा र आमा औदैहुनुहुन्छा मिल्दैन भने. अनि अर्को महिना देखि रूम सरे कसैलाई थाह्दियेना . अनि राजनीति देखि टाढा भए. मा गरिक को छोरो काठमाडौँ डेरा मा बस्ने ..
    मैले सबै थाहा भयो र कुनै संगठन म लगिन… अहिले रेसेअर्च अमेरिका म़ा ब्यस्त छु. देश को माया लग्छ र समाचार हेर्छु . दुख लग्छ. नेपाल केहि काम गर्ने पनि इच्छा छ. !!!
    अनि अर्को कुरा जति बेला देश भरि आन्दोलन म़ा सबै थिए गगन जी आर्मी संग सुरछित थिए. मलै अच्चम्म लागेको के भने सबै जना पुलिस को लाठी खाने उनि चाही पुलिस आर्मी संग रक्सि खाने…. थुइक्क !!!सबै संगठन हरु गुण्डा हुन्. माकुने को चुनाब म़ा वोम बोक्ने मित्र लै म़ा क्रितिपुर म़ा एम एस सी पढदा भेटेको छु… बुथ क्याप्चर को सबै कुरा त्यो गर्ने मान्छे बाट सुनेको छु… नेपाल म़ा रमेश खरेल जस्तो मान्छे चैयेहो छ सबै लै तह लगान. जब म़ा बिरामी कुर्न टेअचिङ्ग होस्पितल म़ा थिए. एक जान खुकुरी हानेको मान्छे.. गुण्डा घयिते लै के पी ओली मन्त्रि हुँदा त्यहा गएर भेटेर हात मिलाएका थिए र धेरै कुरा गरेका थिए .. अनि उनको साथ म़ा आर्मी सेकुरिटी पनि थियो. सबै कुरा येहा भन्न भनेर साध्य छैन. २ वर्ष अगाडी नेपाल जादा पहिले खुकुरी हान्ने केटो सभासद भाको देख्दा अच्चम लग्यो … कोहि साथी हरु अझै ढुंगा हान्दै छन्. कोइ मन्त्री भई सके..
    म़ सबै को प्रताछा दर्शी हो…
    नेपाल म़ा नेता हरु नै हुन् गुण्डा जन्माउने पाल्ने … नेता नै हो मुख्य डन !

    Reply
  23. Uttam says:
    March 11, 2014 at 3:44 am

    देसमा अब लोकतन्त्र हो कि प्रजातन्त्र चाहिएन ……अब त निरंकुस सासन चाहिन्छ…सच्चा देसभक्तबाट ………रमेश खरेल जस्ताहरुबाट…………र यी सारा नेता भनौदा हरुलाई जेल हाल्नु पर्छ……जय देश!!!!!!

    Reply
    1. anuj says:
      March 11, 2014 at 2:27 pm

      कुरो ठिक हो, साला आफ्नो काम मा हतार भाको बेला कत्रो त्रफ्फिक जाम… एस्तो लोकतन्त्र हो कि प्रजातन्त्र भन्दा त अरु नै तन्त्र ठिक.

      Reply
  24. Chetan Nepali says:
    March 11, 2014 at 3:17 am

    मैले ड्युटीमा भेटेको भए, इ सबैलाई इनकाउन्टर गरि दिन्थे न रहे बास न बजे बासुरी !

    Reply
  25. Mk says:
    March 11, 2014 at 1:48 am

    ‘सभासद’ को असली रुप वाक्कै आउनेगरी देखियो/सभासद को ‘गरिमा’ बढाउने हो भने कि निजले राजिनामा गर्नु पर्यो, कि गराउनु पर्यो /

    Reply
  26. Abhishek™ says:
    March 11, 2014 at 1:11 am

    ती ‘निर्दोष’ विद्यार्थीहरु अब रिहा भएको दिन १०० किलोको माला लगाएर नगर-परिक्रमा गर्ने होला । अनि अर्को चुनाबमा टिकेट पनि ‘कन्फर्म’ हुने होला । अनि SSP रमेश खरेलको ‘दुर्गम’ मा सरुवा हुने होला । अरु केहि पनि हुदैन, यहि हो नेपाली राजनैतिक परम्परा ।

    Reply
    1. Sargam says:
      March 11, 2014 at 4:26 am

      थुक्क पागल हो ! हरामीको पनि एउटा हद हुन्छ यार !!

      Reply
  27. Mk says:
    March 10, 2014 at 11:20 pm

    हेर्नुछ, नेपालमा कतिन्जेल सम्म ‘चोर लाइ चौतारो साधुलाई सुली’ हुने होला/

    Reply
  28. sant says:
    March 10, 2014 at 11:20 pm

    हैन हो एस्तो कुरा को पछि लागेर सडक मा गएर ढुंगा हान्न जाने कस्ता पटमुर्ख हुन्…लाईसेनस भए पनि नभएपनि हतियार बोकेर खुल्लेआम हिड्न पाइदैन !!! हदैसम्म को कारबाही हुनैपर्छ !!! साला कुनै पनि कर्ण, थापा, दाहाल, कोइराला, भट्टराई वा शाह को देश हैन….यो नेपालीहरु को देश हो जहाँ कानून अनुशर चल्न पर्छ….

    Reply
  29. Ram Adhikari says:
    March 10, 2014 at 11:19 pm

    यस्ता हतियार बोकेर हिड्ने नेता भनाउदा गुन्डा हरुलाई ढुंगा मुढा गर्दैमा छोड्नु हुदैन है रमेश सर नत्र संबिधान सभा हलमै हतियार लिएर औलन है सभासद हरु…

    Reply
    1. नेपाल बहादुर शिंह says:
      March 11, 2014 at 11:43 am

      सत्य कुरा मन नपर्ने र गुण्डा दलालको आलोचना गर्दा बिरोध जनाउने रातो चिन्हमा क्लिक गर्ने गुण्डाहरुलाई के भन्ने !

      Reply
  30. rohan vicram singh says:
    March 10, 2014 at 11:18 pm

    राजनीतिको आडमा हतियार बोक्दै गुन्डागर्दी गर्दै हिड्नेहरुलाई SSP खरेल र प्रहरी प्रशाशनले जे जस्तो कारवाही अगाडी बढाएको छ त्यो अति रारो काम हो! यी फ़्याउरे गुण्डा नेताहरुलाई ठेगान लगाउनै पर्छ!
    बिधार्थी नेताहरुको काम बिधार्थिहरुको हक हितमा आवाज उठाउने हो कि हतियार बोकेर दादागिरी गर्ने हो ???????????????????????????
    यो समयमा SSP खरेल र प्रहरी प्रशाशनलाई हामी नेपाली जनताहरुले सक्दो सहयोग गर्नुपर्छ!

    Reply
  31. Bishnu Adhikari says:
    March 10, 2014 at 10:36 pm

    रंजित कर्ण जो सभासद जस्तो मान्छे ले नियम कानुनको सम्भार गर्नु पर्ने ठाउमा एस एस पी रमेश खरेल ले गरको सरनाहिया कार्यको बिरोध गरेर आपराधिक क्रियाकलप गर्ने लै उक्सौदै हिडेको छ/ राजनैतिक आँखाले हेर्ने होइन कि एउटा सच्चा देशभक्तको आँखाले हेर्न सिक अनि बल्ल तिम्रो पद मर्यादित हुनेछ /

    Reply
  32. GURU says:
    March 10, 2014 at 10:25 pm

    हतियार सहित पक्राउ परेका नेबी संघका विद्यार्थीले सर्बोच्चमा बन्दी प्रत्यक्षिकरको निम्ती हालेको रिट सर्बोच्च द्वारा खारिज। हतियार बोकेका विद्यार्थीलाई पक्राउ गरेको भन्दै सडकमा टोडफोड र ढुङ्गामुढा गरी आतंक फैलाउन जिम्मेबार नेबिसंघ अध्यक्ष तथा सभासद रन्जित कर्णको अब पक्राउ पर्ने पालो।

    Reply
  33. Sher Lakh HomBahadur says:
    March 10, 2014 at 10:24 pm

    रन्जीत कर्णका अनुसार त्यो हथियार शिकार खेल्नका लागि प्रयोग गरिएको हो | काठमाडौँ राष्ट्रिय निकुञ्जमा कति मुसा र बिरालो छन् भन्ने कुरा खरेललाइ के थाहा?

    Reply
  34. Narayan Chaudhary says:
    March 10, 2014 at 10:08 pm

    थुक्क नालायक ने बि संघ का कुकुरहरु

    Reply
  35. Jillabasi baburam says:
    March 10, 2014 at 9:54 pm

    बिध्द्यार्थीले कलम बोक्ने हो, बन्दुक होइन! एउटा जनताको सेवामा लागि परेको, गुण्ड गर्दीलाई तह लगाउन लागि परेको प्रहरीलाई सहयोग गर्नु लोकतन्त्र र शान्तिमा बिश्वाश गर्ने सबैको धर्म हो, कर्तब्य हो! अब यो “नेबिसंग” भन्ने बस्तु कुन कित्तामा छ आफैले विचार गरोस! यदि गणेशमान, बीपीको पार्टीको अनुयायी हो भने खुरुक्क रमेश जी संग माफि माग्ने , बस्ने! होइन, पुरानो मण्डले हुन् मन छ भने शुभकामना!

    Reply
  36. रवि रोषी , दोहा कतार says:
    March 10, 2014 at 9:48 pm

    हामी त्यो देशका नागरिक हौँ, जहा बिध्यार्थीहरु गुण्डागर्दी गर्छन र गुण्डागर्दी गर्नेहरु ब्यबशाय, उद्योगधन्दा च्लाउछन् ! कोहि कोहि उच्च कोटीका गुण्डाहरु पेशागत धर्म निभाउदै गए पछी सभासद नेता बन्छन ! भोट हाल्ने बेलामा औजार बन्ने नागरिकहरु चाहि नेतालाई जिताए पछी मौनता साधेर बस्छन, अनि भन्छन देश एमावोबादिले भौतिक संरचना ध्वस्त गरेर बर्बाद बनायो रे !

    उसले ध्वस्त पार्न बाकि भएको रयलपयल संरचना र नीति बिगार्न अहिले एमाले र कांग्रेस ज्यान छाडेर लागेको देख्दा यिनीहरुले लालु प्रसाद यादवको तत्कालीन बिहार राज्य जस्तै स्थितिमा पुर्याउन लागि परेको प्रतीत भएको छ ! त्यसो भए कांग्रेस र एमाले चाहि साधु पार्टी रहेछन त ? यसरि नि देश बन्छ त तिम्लाई बिद्यार्थी ?

    Reply
  37. Rajesh says:
    March 10, 2014 at 9:33 pm

    ए गगन र रामशरण भुक न िकन चुप ।

    Reply
    1. इन्द्रे पुन says:
      March 11, 2014 at 11:01 pm

      गगन थापा

      पहिलो कुरा त कानूनी शासनसँग सम्बन्धित छ । नेपाली कांग्रेस कानूनको शासनमा विश्वास गर्दछ। पार्टीले आफ्नो घोषणापत्रमा समेत ‘विधिको शासनलाई शासनसत्ता संचालनको सैद्धान्तिक र व्यवहारिक आधार मान्ने’ कुरा प्रष्टताका साथ उल्लेख गरेको छ ।

      कानूनको शासनमा कुनै विचार, आस्था, शक्ति वा पदसंग जोडिएकै आधारमा कोही पनि छुट पाउने वा सजाय पाउँने भन्ने हुँदैन र हुनुहुँदैन ।

      अनुसन्धानको चरणमा प्रवेश गरिसकेको विषयमा कहीं कतैबाट प्रक्रियालाई नै प्रभावित पार्ने गरी गरिने क्रियाकलापहरू लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी शासनको अवधारणा र नेपाली कांग्रेसको नीति विपरीत हुन्छन् । कानूनतस् दोषी देखिन्छ भने सत्तारुढ दलको सदस्य वा शुभेच्छुक भएकै आधारमा उन्मुक्ति पाउनु हुँदैन तर कानुनतस् सही ठाउँमा छन् भने अरु कुनै आग्रह पनि राखिनु हुँदैन ।

      मेरो कामना छ नेविसंघका साथीहरू पनि निर्दोष प्रमाणित हुन सकून् । तर अहिले घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा उसले कुनै पनि आग्रह(पुर्वाग्रहविना कसैको दबावमा नपरीकन यसलाई निष्कर्षमा पुर्याउन पाउनु पर्दछ। कानूनसम्मत अनुसन्धान प्रक्रियामा सहयोग गर्नु हामी सबैको कर्तव्य पनि हो ।

      यदि कसैले कुनै पक्ष, आस्था वा दलसँग नजिक भएकै आधारमा छुट पाउनुपर्छ भन्ने ठान्दछ र शक्तिको दुरुपयोग गर्दछ भने त्यो गलत हो ।

      चाहे म वा अन्य जो कोही नै किन नहोस् यदि कुनै पनि गैरकानूनी कार्यमा संलग्न छ भने त्यसले कानून बमोजिमको सजायका निम्ति तयार रहनुपर्दछ ।

      अर्कोतर्फ हातहतियार सम्वन्धी कानूनले हतियार कसले राख्न पाउने, कसले नपाउने र कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने सन्दर्भमा पनि सीमा निर्धारण गरेको छ। कानुनी रुपमा नै हतियार राख्न पाउने व्यवस्थाको व्यापक दुरुपयोग भएर धेरै घटनाहरू घटिरहेका छन्।

      नागरिकले हतियार राख्न पाउने कानूनी व्यवस्थाको सामयिकताको बारेमा बहस गर्नुपर्ने आवश्यकता देखिन्छ जुन विषयमा सबैको ध्यान जान सकोस् ।

      नेपाली कांग्रेसका नेता गगन थापाको फेसबुकबाट साभार

      Reply
  38. Shyam says:
    March 10, 2014 at 9:31 pm

    प्रजातन्त्रको नाममा यी देश्द्रोहिलाई कारबाही हुनुपर्छ
    त्यो कर्णलाई पनि लगेर संगै जेलमा जाक्नु पर्यो
    रमेश ज्यु !

    Reply
  39. Arjun says:
    March 10, 2014 at 9:25 pm

    Dr महत अनि गगन हरु का कमाई खाने भाडो त तिनै बन्दुकधारी गुण्डा हुन् नि त अनि कहाँ बोल्छन त बोल्यो भने त उनीहरुको कमाई खाने भाड़ो गुम्ने हुन्छ . सहि र गल्ति छुट्याउन नसक्ने ति काँग्रेस का कान भएर सुन्न नसक्ने र आखा भएर देख्न नसक्ने नेता बाट कस्तो संबिधान बन्ने हो.
    गुड जब रमेश खरेल.
    लाखौ सलाम

    Reply
  40. parashar says:
    March 10, 2014 at 9:23 pm

    हिन्दि फिल्म ” ‘Singh Saab The Great ” जस्तै होला जस्तो छ अब !
    रमेशजी सतर्कता का साथ अघि बढ्नोस , हामी तपाइको साथ छौ ,
    तपाइँले थेग्नै नसक्ने दवाब आएमा पब्लिकमा सार्बजनिक गर्नोस आगे जनता जनार्दन !!!!
    ” सत्यमेव जयते “

    Reply
  41. Sunil, London says:
    March 10, 2014 at 9:02 pm

    हाम्रा बामे दाई गृहमन्त्री भएपछी सबभन्दा पहिला उनले गर्नु पर्ने काम काठमाडौँ बाट रमेश खरेल को अन्त कतै सरुवा हो , तर हालसम्म गर्न भ्याएका छैनन् ! अब येही बहाना लिएर उनलाई काठमाडौँ बाहिर सरुवा गर्ने योजना होला !
    एत्रा काठमाडौँ का गुन्डा हरु संग “हप्ता” उठाउने एमाले पार्टीको गृहमन्त्री भएका बेला रमेश खरेल जस्ता प्रहरीलाई काठमाडौँ मा राखेर के फाइदा , उनलाई त जुम्ला तिर पठाई दिए हुन्छ !
    शुशिल दा र गगन दा अब केहि बोल्दैनन , अरुले केहि गर्दा पो बोल्ने त आफ्नै पार्टीका ले नराम्रा काम गरेपछि कुन मुखले बोल्नु ? फेरी शुशिल दा लाई जिब्राले पनि बोल्न गाह्रो पार्या छ क्यार , गगन दा पनि भाषण दिदा दिदा थाकि सके होलान अब वाहियात मा किन बोलिरहनु ?

    Reply
  42. ashok says:
    March 10, 2014 at 8:46 pm

    आम…म…म…म राजनैतिक पार्टीहरुको लहरा….

    रमेश खरेलले गर्न त ठिकै गर्दैछन्; केहि नभए पनि जनताले थाह पाए- नेता हुनुको रहश्य के रहेछ भन्ने कुरा ! तर, रमेश खरेललाई गर्न दिने हो की होइनन- बाहुन र चरीलाई ओलीले लुकाई राखेका छन ! संबिधान जारी गर्नु भन्दा पहिले नै गौतमलाई पैसा कमाउनु छ !

    Reply
  43. Raj says:
    March 10, 2014 at 8:36 pm

    नेपाली को सहने बानी सहेरै बस्छन. अझै बिउञ्झने होइन अनि नसहेर के गर्ने. तेसैले नेताहरुले ताण्डव नाच नाचिरहेको छ

    Reply
  44. कुसुम ज्ञवाली says:
    March 10, 2014 at 8:15 pm

    रन्जित कर्णले डा. गोविन्द केसीलाइ कुटपिट गर्न अनसन स्थलमा गुण्डा परिचालन गरेका हुन, हिजो पुल्चोक क्याम्पसमा अार्केटेक्चर पढ्दा पन उनी र उनका “कार्यकर्ता”को जत्थाले राति मादक पदार्थ सेवन गरेर होस्टेलका सेक्युरिटी गार्डलाइ कुटेको मैले स्वयम देखेको छु । गुण्डागर्दी उनको पुरानो रोग हो । विधीको शासन कायम गर्ने हो भने रन्जित कर्ण प्रबृत्तीलाइ निरूत्साहित गर्नै पर्छ ।

    Reply
  45. kishor says:
    March 10, 2014 at 8:15 pm

    This is a litmus test for Congress leaders Gagan Thapa, Narahari Acharya, and Sushil Koirala to see if they can rise themselves from party line and act as national leaders. My hats off to my new hero, SSP Kharel!

    Reply
  46. Dr. Ram Raj Adhikari says:
    March 10, 2014 at 8:12 pm

    Police खरेल दाइ तपाइँ पछि हट्ने होइन OK ?
    तपाई लाइ सलाम छ
    जे पर्ला, तपालाई हाम्रो साथ् छ, म पनि डेमोक्रेटिक ideology को मान्छे हो तर…गलत लाइ गलत भन्ने र तेही अनुरुपको बेबहार गर्ने मेरो स्वोभाब छ 1
    कुनै न कुनै नेपाल पोलिस ले सच्चा काम त गरेर देखाउन पर्यो नि
    नत्र नेपाल पोलिस को पनि त जनतामा तेती राम्रो छबि छैन नि
    तपाइलाइ यो कुरा थाहा होला भन्ठान्छु
    जय नेपाल

    Reply
  47. dharmendra says:
    March 10, 2014 at 8:03 pm

    ठोक…… साले हतियार धारीलाई…..ठोक

    Reply
  48. dharmendra says:
    March 10, 2014 at 8:00 pm

    यो रंजित कर्ण त हेर्दै गुन्डा, पकेट मार जस्तो रैछ ! यो पक्कै पनि चोरी,हत्या ,अपहरण सम्बन्धिको बिद्यार्थी हुनु पर्छ ! येस्तालाई encounter गर्ने पर्छ !

    Reply
  49. Prem Nepali says:
    March 10, 2014 at 7:23 pm

    This reminds me the days of 2037-38 at Mahendra Morang Campus Biratnagar. Then too, Nebi Sangh students would openly carry pistols, chains, rods, etc., with them in campus premises and intimidate other students. Then the leader was Bijaya Gachhadar. Their such activities culminated in the assassination of a student named Fanindra Timilsina. Now every one seems to have forgotten him, including his own students organization for the cause of which he laid his life down. In such a long period of time one thing seems to have really not changed – the Congress affiliated student wing “Ne Bi Sangh”. We all must congratulate them for their stubbornness to preserving their “culture.”

    Reply
    1. rajesh says:
      March 10, 2014 at 8:24 pm

      पहिलो कुरो कुनै पनि संघ-संस्था अनि बिद्यालय र क्याम्पसलाइ कुनै पनि संगठन बनाउन दिने हुन्न–इनिहरु भनेका दलालका चम्चे मात्रै हुन् l यस्ता उरिन्थ्याउला हरुलाई प्रहरीले हात बाँधेर हेर्ने हैन कि बरु बाँसको लाठोले भन्दा पनि रडले दिनु पर्छ खुट्टाको नली भाँचिने गरि l जनताको ज ले पनि पत्याउदैनन ई लम्फु हरुलाई

      Reply
    2. Govinda says:
      March 10, 2014 at 10:05 pm

      संसदले नचिनेका मन्त्रिको चिनजान कार्यक्रम राखौं भन्ने गगन थापाहरु अहिले रञ्जीत कर्ण संग चिनजान गर्दै कुन दुलोमा लुकेर बस्या होलान कुन्नि?…
      ..
      …कथित ‘युवा नेता’ को “विधिको साशन र लोकतन्त्र” प्रतिको प्रतिबद्दता र अर्ति उपदेस सुनेर धेरैले आफ्नो समय बर्बाद गरेथे कुनै बेला.

      Reply
      1. Prakash says:
        March 11, 2014 at 12:13 am

        जुलुस भित्र गएर ढुंगा हान्दै होला गगन थापा के बोल्न भ्याउनु

        Reply
      2. jeevan verma says:
        March 11, 2014 at 9:17 am

        गगन ज्वाई साहेब ( एक ताका चर्चित ए के जी बि ग्यांग्का के सी का ज्वाई जो आफु लाई स्वच्छ छबि का युवा नेता भन्छन, अनि अहिले राष्ट्र पति लाई राजा बनाऊन लागि परेका छन् ) के तिमि लाई अलि कति पनि नैतिकता छ भने बाहिर आएर बोल | भन कर्ण लाई कारबाही गर्ने पर्छ ? तब तिमि लाई भानुला नेता |

        Reply
  50. Ganesh says:
    March 10, 2014 at 7:13 pm

    रमेशजी बधाई छ तपाइलाई. Keep it up, we are with you.

    Reply
  51. Mahesh KC says:
    March 10, 2014 at 7:13 pm

    सभासद कर्ण लाई कारबाही गर्नु पर्छ ! यस्तो प्रहरीको कार्य लाई निरुत्शाहीत गर्ने कार्य गरेको, प्रहरीको मनोबल लाई आंच ल्याउन प्रयास गरेको , सुरक्ष्या संयन्त्रलाई राजनीतिक रुपले प्रभाब पर्ने प्रयास गरेको र न्यायिक प्रक्रिया बाट नगई प्रचार बाजी गरी अरु अपराधीक कार्यमा संलग्न हुने हरुलाई बल पुर्याएको आदि कारण बाट उनलाई कारबाहीको दयारामा ल्याउनु पर्छ ! उनीलाई काँग्रेस पार्टीले पनि आन्तरिक कारबाही गर्नु पर्छ, यदि काँग्रेस पार्टी साँची नै इमान्दार पार्टी हो भने !

    Reply
  52. Pradip Nepali says:
    March 10, 2014 at 6:50 pm

    मेरो देश को ताल देख्दा लाजै लागेर आउछ. कहिँ नभएको जात्रा हाडी गाउमा! School, University हरुमा राजनीति गर्न प्रतिबन्ध लगाईदिए कुरै खत्तम. पढ्ने ठाउँमा हनुमानहरु लाइ राजनीति गर्नु पर्ने. फेरी, समातेको चोर डाका हरुलाइ छोडेर कल्लाई पक्रने हो – सोझा साझा जनता हरुलाई? यी कुकुर हरुलाइ, पाता कसेर पिट्नु पर्ने.

    Reply
  53. ramesh says:
    March 10, 2014 at 6:28 pm

    प्रहरी अनुसन्धान मा बाधा अड्चन पुर्याएको भनेर त्यो रंजित कर्ण लाइ पनि कारबाही गर्न पर्दछ.

    Reply
  54. Yubraj says:
    March 10, 2014 at 6:25 pm

    रंजित कर्ण जस्ता कुकुर यो देशमा रहुन्जेल नेपाली जनता लाइ सिनो सम्झेर लुछ्ने नै छन् !

    Reply
  55. Bhanu thapa says:
    March 10, 2014 at 6:24 pm

    अब पक्दिने मात्र हैनकी बरु शूत at sight हुनु पारेओ sir तेस्ता भाडाका गुण्डा एंड देश विगाराहरु लै. यस्तै गुण्डा एंड politicals चोरहरुले बिगारेका हुन् हाम्रो सुन्दर देश लाइ.

    Reply
  56. Ram B Adhikari says:
    March 10, 2014 at 6:22 pm

    बिधार्थीको हातमा त कलम पो हुनु पर्ने किन बन्दुक? कांग्रेस, नेबी संघ जंगल पस्दै छ कि के हो?

    Reply
  57. Shankar says:
    March 10, 2014 at 6:21 pm

    कांग्रेस लाइ नेपालि जनताले यो अन्तिम मौका दिएको हो | हिजो राजतन्त्र को सिन्दुर लाएर आफुलाई पवित्र र सुरक्षित ठान्ने हरु आज मौसम अनुसार को राग अलाप्दै गण तन्त्र बादी बनेका मात्र हुन् | पुराना काजीहरू , रैथाने , चौधरी , ठालु हरुको छल खेल हुने पार्टी भएकोले र हिजोको माउबादी ले भंगेरा मारेजस्तो मारिन बाट बचेका घुन हरु हुन् यी |
    फेरी यिनको संख्या धेरै भैसक्यो |माउबादी अब माउबादी रहेन , र रहने पनि छैन इन्डिया ले फलाम काट्न ( इन्डिया को भासामा पहाडी सासक राजा फाल्न पहाडी नेता बाबुराम र प्रचण्ड युज गरेको ) फलाम प्रयोग गर्दा तेती माथि उचालिएका थिए | आज आफ्नो साइज मा लग बाग आइ सके | धोति ले नेपालि लाइ बहादुर भन्ने मात्र हैन साबित पनि गरिदिएको हो | न नेपालि राजतन्त्र रसिया को जार जस्तो तेत्ति क्रुर थियो , न प्रचण्ड ,बाबुराम लेनिन र माओ जस्ता प्रखर नेता | एउटा नाटक र एउटा इतिहास को अबसान मात्र भएको हो |खेतीपाती पछिको बाझो बारीमा मौलाएका धान हुन् अहिलेको कांग्रेस , एमाले |
    भोलिको माउबादी , कांग्रेस सबै मधॆस बाट निस्कने छ | किन भने तिन तिर बाट को खुला सिमाना बाट यत्ति उथल पुथल भित्रिन्छ कि नेपालि कला ,चाड , नेता सबै क्रमश फेरिदै भारतीय करण हुनेछ |

    Reply
    1. madan bajracharya says:
      March 10, 2014 at 11:18 pm

      शंकर ज्यु/
      नागरिकहरुले कांग्रेसलाई मौका दियको होइन मावोबादी विकृत हुँदै गयको र नागरिकहरु सिट अरु बिकल्प नभयकोले कांग्रेसले मौका पायको हो/ यो मौका लाइ कांग्रेसले सदुपयोग नगरे कांग्रेस र कांग्रेसी भन्ने सब्दहरु गालिमा प्रयोग गरिने सब्दहरु हुन् जाने छ/

      Reply
      1. suman p says:
        March 11, 2014 at 8:47 am

        मदन जी विकल्प मात्रै हैन – मावो ले कयाश मवोको बिरुद्ध भोट दिएकोले हो. नत्रत उही हो …डाकाहरु को गति .

        Reply
        1. madan bajracharya says:
          March 11, 2014 at 11:28 pm

          सुमनज्यु
          प्र+बाको मावोबादी नाम दियको मधेशबादी हारेको कारण दोश्रो संबिधान सभाको चुनावको सुरछ्याको जिम्मेवारी सेनाको हातमा रहेकोले हो/ सेनाको उपस्थिति कारणले बुथ कब्जा गरेर नक्कली नागरिकता लियका बिहारिहरुलाई भोट दिन लगायर जसरि गरेर भय पनि मावोबादी र मधेशबादीले बहुमत ल्याउने योजना तुहियो/ यदि संबिधान सभाको चुनाव मा सैन्य परिचालन गर्ने ब्यबस्था नभयको भय दोश्रो संबिधान सभाको चुनावको यो नतिजा आउने थियन/

          Reply
          1. suman p says:
            March 13, 2014 at 10:08 am

            मदन जी त्यो पनि अर्को कारण हो . जनताको शोछा भोट ले त NC / UML त कुनैं हालत ले जितेकै हैन .

            Reply
    2. Haribol Dhital says:
      March 11, 2014 at 2:54 pm

      ज्यानमारा भन्दा चोर डाका नै बरु ठिक होला भनेर जिताएका हुन्. न काँग्रेस ले जितेको हो न कम्युनिष्ट ले जितेका हुन्.

      Reply
  58. Aam Janata says:
    March 10, 2014 at 6:20 pm

    नेपाली काँग्रेस एंड कम्पनीले अस्ति बामदेवलाई हिरो बनायो अब तेसै त चर्चित एक मात्र पुलिस मा हिरो रमेश खरेललाई सुपर हिरो बनाउने भयो. थुक्क कांग्रेस भाते हरुको बुध्हि
    YCL र नेविसंघ मा के फरक छ ? आम जनतालाई जवाफ चाहियो

    Reply
    1. bibek dhakal says:
      March 10, 2014 at 8:01 pm

      फरक कहिले पनि थिएन, केहि पनि थिएन, नाम बाहेक ! सबै भात्री संगठन भातमारा, मिहेनत नगरी र नपढी पैसा कमाउन पल्केकाहरुको समूह हो. यति सानो कुरा नबुझेर यसको र उसको पक्ष लाग्ने, यो राम्रो कि उ राम्रो भन्ने हामि चाही माहामुर्ख हो |

      Reply
  59. govinda says:
    March 10, 2014 at 6:01 pm

    ठोक दे त्यो ने बि सङ्ग का गुन्डालाइ, कोच दे झ्याल खानामा तिनलाई .

    Reply
  60. CHEMDEEP says:
    March 10, 2014 at 6:00 pm

    अब रंजित महाशय लाई दंगा अहिंसा सम्बन्धि मुद्दा लगाएर खोरमा थुन्नुपर्छ अनि स्वाभिमानी जनताहरुले चाहि प्रहरी प्रशासनको यो कदममा हातेमालो गर्दै रमेश खरेल जस्ता जनताका वास्तविक पहरेदार माथि कुनै मानसिक दबाब सिर्जना हुन दिनु हुदैन/
    नेपाली काँग्रेसका बरिस्ठ नेताहरु, यो नौटंकी बन्द गर नत्र तिमीहरुले मा जस्ता लाखौ नेपाली जनताको बिश्वाश गुमाउछौ/ गएको निर्बाचनको माओबादिको परिणाम बाट पाठ सिकेस/

    Reply
  61. krishna says:
    March 10, 2014 at 5:48 pm

    पख्नुस यीनलाई ठिक पार्न भाटा लिएर बैद्ध्य पार्टि निकट भबिस्यमा आउदैछन !

    Reply
  62. Ram Hari Adhikari says:
    March 10, 2014 at 5:46 pm

    मैले त भन्या थें नि , रमेश खरेललाइ कारबाही हुनु पर्छ भनेर ,अहिले हाम्रा नेबिसंघका जेहेन्दार भाई बैनीहरुले सो माग गर्नु भयेछ, सारा क्याम्पसहरुको अगाडी ढुंगा मूढा गरेर तबाही नै मच्चाई दिनु भयेछ, कम्ती ख़ुशी त लागेन हौ यो ज्यानलाइ। हाम्रो पूजनीय बले दादालाइ कारबाही गरे देखिनै यो ज्यानलाइ रिस उठया हो , अहिले त अतिनै भयो , पिस्तौल बोकेर , बन्दुक बोकेर हिडन पनि नपाउने रे। देशमा संकटकाल लाग्या बेला ‘भे’ पो भरुवा बन्दुक बोकेर मकै चोर्ने बांदर मार्न हिड़या मान्छे देखे पनि ड्यांग गोली हान्यो , एति जना माओबादीको दोहोरो भिडन्तमा मृत्यु भयो भंदियों, अहिले त माओबादीले हो र, हाम्रो साथीले पो बन्दुक बोकेर हिंड्या त , हामीलाई पनि समाउने ? हामी त आतंककारी होईन, घनघोर प्रजातंत्रबादी पो त, हामीले बन्दुक समाउनु कुन चाहि नराम्रो कुरा हो र ? फेरी त्यों छुशी रमेश खरेल को हो र हामीलाई कारबाही गर्ने ? हामी सत्तामा भाको बेला त जाबो एसएसपी त के आईजीलाइ पनि खेदिन्छ हामीलाई मन लाग्दी गर्न नदिए। एस्तो घुस नखानी पुलिस त बेलायत तिर गएर भर्ती हुनु नि , नेपालमा जागीर खानु छ , घुस नखानी , अपराधीलाइ कारबाही गर्ने , जुवा खेल्न , बेश्या बृत्ति गर्न नदिने , बड़ो नियम र कानून खोज्ने, एस्तालाई त ‘कानूनको दायरामा’ ल्याउनु पर्यो नि , कि कसो साथी हो ?
    फेरी एक बार बोलो रमेश खरेललाइ कारबाही गर
    सड़क पोल्न पाउनै पर्छ
    ढुंगा मूढा गर्न पाउनै पर्छ
    सुशिल कोइराला र कांग्रेसको बदनाम गर्छौं गर्छौं ।
    लोकतंत्र र बीपीको समाजबाद खोलै खोला
    हामीसँग पिस्तौल र रड र खुकुरीको झोलै झोला
    बले दादा कि जय
    बन्दुक बोकेर हिडन पाउनै पर्छ।

    Reply
  63. Tek Raj Timalsina says:
    March 10, 2014 at 5:14 pm

    Why don’t Gagan Thapa give his statement on this isssue?

    Reply
  64. Ram says:
    March 10, 2014 at 5:05 pm

    यस्ता पनि हाम्रा नेता बन्छन जसले जन्ताको भलो र कानुनको मर्यादा गर्दैनन् र राम्रो काम गर्ने लाई सघाउने त हैन उल्टै राम्रो काम गर्ने लाई पनि निरुह्त्शाही पार्छन/ के रञ्जित कर्ण लाई येस्तै गर्नको लागि सभासद् बनाएकोहोला/ यस्तो अवस्था देशमा आउदा कांग्रेस कै मान्छे हरुले किन इनि हरु लाई सम्झाउनु सक्दैनन् अथवा चाहदैनन् ?

    Reply
  65. Narayan says:
    March 10, 2014 at 5:01 pm

    अब यो रंजित कर्ण जस्ता अपराधिक दस्ता संबिधान सभामा पनि येस्तै निर्णय पारित गरौन लागि परेकै होलान नि / हाम्रा कार्यकर्ता ले मान्छे मरेपनि सजाए नहुने ………… त्यहि भएरै हो के यो देशमा बस्न मन नलाग्ने……

    Reply
  66. Bibash says:
    March 10, 2014 at 5:00 pm

    The message is clear if The SSP has taken to custody to those people against the law his department should take action against him not the leaders,. no strikes you Idiots, its your mother party’s government and you fools are on strike.

    Reply
  67. Ramesh Shrestha says:
    March 10, 2014 at 4:54 pm

    एस्ता विद्यार्थी हरु साचीकै क विद्यार्थी हुदै हैनन्…..
    विद्यार्थी को भेष मा बसेर राजनीतिक नेता हरु का बफादार कुकुर हरु हो……जो आफ्नो मालिक ले जे भन्यो तेइ गर्ने हो. | एस्ता कुकुर हरु लै समयेमै ठेगान लगाउनु पर्छ….
    There should be law that if they can destroy our citizen right to move freely and live freely, we can destroy their right to live.
    There should be no legal punishment if we kill these pestisites which affects our national peace.

    Reply
  68. bhim says:
    March 10, 2014 at 4:50 pm

    २०३० साल देखी जाहज लुट्ने चोरी प्रविर्तिका कांग्रेस सदासदा यस्तै रहनेछ l चोरहरुको जमात हो यो l कसैले आश नगर्दा हुन्छ यिनीहरुले देशको लागी केहि गर्ला भनेर l राम्रो नियतिका मान्छेहरु देखिसहनन l

    Reply
  69. eklavya says:
    March 10, 2014 at 4:46 pm

    जंगलको राजालाई फ्यौरोका नेताले धम्कि दिए झैँ लाग्यो यी पनि नेपालका बिद्ध्यार्थी र यिनका नेताहरु कसरि लाजले मुख छोप्ने नेपालले अन्तरास्ट्रिय स्तरमा कसरि समाचार सम्प्रेसन गर्ने ….हग्नेलाई भन्दा दख्नेलाई लाज ….एक कचौरा पानीमा डुब्नु नि बरु …..

    Reply
  70. Bishwas Thapa says:
    March 10, 2014 at 4:43 pm

    अगुवा नै हगुवा

    Reply
  71. basanta malla says:
    March 10, 2014 at 4:41 pm

    यी हुन् कलियुगको हरामका हनुमानहरु

    Reply
  72. N. Sonam says:
    March 10, 2014 at 4:37 pm

    ए होईन मैले नबुझेको कुरो चाहि के हो ? भने नि, स्कुलेहरुले कलम कपि र किताब बोक्ने कि खुकुरी, भाला र पिस्तोल बोक्ने हो ? आधुनिक जमानामा त ल्यापटप र अझ शिक्षाप्रद सामग्रीको स्तेमाल गर्छन बिधार्थीहरुले। अनि किन गजडिया भएर स्वछन्द रुपमा हतियार बोक्दै उल्टै कानुनको हुमर्त लिन खोज्छन ह।
    होईन यो देशमा कानुन भन्दा माथि त कोहि पनि छैनन, फेरी किन कानुनको बार्खिलाप ?
    भए कानुनले, नभए जनताले पाईपाई हिसाब राख्ने नै छन। अबका जनता त्यति निरिह छैनन त्यति बेकुफ छैनन् .
    यदि चेतना भय

    Reply
  73. bibek dhakal says:
    March 10, 2014 at 4:28 pm

    भर्खरका विद्यार्थीहरु र बेरोजगार युवाहरुको जोशलाइ सानो लोभ देखाई दुरुपयोग गरेर सत्ताको सपना देख्ने र यी युवा र नेताहरुको अभिस्ट इच्छा बीच सान्ध्को काम गर्ने “मिडल म्यान” वा दलाल लेभलका कार्यकर्ताहरुको संरचना भंग गर्न सके सायद ठुलो उपलब्धि हुन्थ्यो होला| किनकि यी ठुला नेता लाइ कारवाही गरेर जेल हाल्न सजिलो छैन; भर्खरका विद्यार्थी र युवाहरुलाई समातेर काम छैन, आर्को निस्किहाल्छ| समात्नुपर्ने, अझ हात खुट्टा अनि ढाड भाचेर प्यारालाइसिस पार्नुपर्ने चाही ठुलो नेता भै नसकेको र युवा भन्न नसुहाउने गुण्डाहरुको जमात हो| यस्तालाई छानी छानी खोक्रो हुन्जेल जेलमा सडाएर राखम| के गर्नु , चीनमा १९८९मा तिएन्मेन स्कुएरमा गर्या जस्तो उपचार गर्न मिल्ने अवस्था छैन क्यार |||

    Reply
  74. Puri says:
    March 10, 2014 at 4:17 pm

    रमेश खरेल जिन्दाबाद, ने बि सग का गुन्डा हरु मुर्दाबाद ……………………………..गुन्डा हरु को धम्कि ले रमेश खरेल डरअनी वाला छैनन् ………रमेश खरेलले येही SPRITE कायम राखे FURURE मा उंनलाई ठुलो नेता बनाउन हामी नेपाली आतुर छौ …………..

    Reply
  75. purna prasad khatiwada says:
    March 10, 2014 at 4:07 pm

    यस्ता खाते चोर आबारा गुन्डा लाइ पक्रेर प्रहरी ले राम्रो गरेको छ | दबाब प्रसस्तै आयको होला यस यस पी रमेश खरेल माथि तर पनि नझुकी जनता को सेवा मा तल्लिन रमेश खरेल जनता का असली नायक हुन् | रमेश खरेल लाइ कारबाई गर्नु पर्यो भन्दै तोडफोड गर्ने सिनो खाने बहुला कुकुर हरु हो |

    Reply
  76. bijay says:
    March 10, 2014 at 4:03 pm

    ने बि संघ भन्ने काँग्रेसी भिजिलान्तेहरुलाई जनताले कुटीकुटी खेद्न नपरुन।

    पंचायतको अवसान मण्डलेले गर्दा भएको हो ०४६ अगाडी जन्मेका सबै नेपालीलाई थाहै भएको कुरा हो।
    काँग्रेस को अबसान पनि ने बि संघ भन्ने बाट हुनेवाला छ कहिले खुमेलाई स्वागत गरेर कहिले भ्रष्टचार र भ्याभिचारको सुरक्षा कवच बनेर।
    यसर्थ नब मण्डले देखि होसियार
    कुनै समयमा मण्डलेलाई कुकर्मको कारण जनताले जहा भेट्यो त्यही कुटीकुटी मार्थे
    यो ने बि संघको गुण्डागर्दी बन्द नगरे जनताले त्यसरी नै हरेक क्षेत्रमा प्रतिकार गर्ने छन्। जसरी हिजो मण्डलेको बिरुद्ध गर्थे। कति लज्जास्पद कति घ्रिनापूर्ण कति आलोच्या . काँग्रेसलाई जति धिक्कारे पनि कम नै हुन्छ . यो देशमा यस्ता कपुत्रहरुले शासन गरेर नै देशको यो हाल भएको हो .

    Reply
  77. रामचन्द्र says:
    March 10, 2014 at 3:54 pm

    जो चोर उसैको ठुलो स्वर ?

    Reply
  78. Sisir says:
    March 10, 2014 at 3:54 pm

    SSP खरेलले ति गुन्डाहरुलाई पक्रेर गल्ति गरेकै हुन् ,खासमा त तिनीहरुलाई encounter नै गर्नु पर्ने थियो … कठै बरा नेपाली पुर्पुरो, एस्ता बिबेकहिन , अपराधी स्वाँठ नेताबाट हामी नया नेपालको कल्पना गरिरहे छौ .. एस्तो अराजकतालाई प्रसय दिने र सार्बजनिक जीवन अस्तव्यस्त पार्ने रंजित कर्ण जस्तालाई पनि समातेर जेल हाल्नु ढिलो भैसक्यो ..

    Reply
  79. Baburam says:
    March 10, 2014 at 3:54 pm

    येसैलाई त भन्छन नेपाल हाम्रो गौरब हाम्रो सान गुण्डाको राज दलाल को हाली मुहाली जय पशुपतिनाथ रक्छा गर |

    Reply
  80. Bhola Koirala says:
    March 10, 2014 at 3:51 pm

    अब चाहि साच्चै नै यो देशमा तानाशाही जंगे शासन नै चाहिने भयो..यस्ता जंगली गुण्डा हरुलाई यिनिहरुको हर्कत अनुसार फासी दिनु पर्छ । यस्तो पनि सभासद रे..थुक्क गुण्डाहरु…प्रधानमन्त्री पिए भनाउदो गुण्डा छुटाउन रमेस खरेललाई फोन लगाउने, यि गुण्डाधारी संगठन चाहि रमेश खरेललाई कार्वाही गर्न ढुङ्गामुडा गर्ने….अरे गुण्डा हरु..माओबादीले हतियार बोकेर हिड्दा के मुखले बिरोध गरेका थियौ…?
    तिमीहरुको बिद्यार्थिले कलम बोक्ने कि बन्दुक ? लाज लाग्दैन नकचराहरु ? नेपाली जनताले के देखेर यिनिहरुलाई ठुलो बनाएका रहेछन….

    Reply
  81. Guru Koirala says:
    March 10, 2014 at 3:47 pm

    I think NSU is trying to fill the gap of YCL. What a bullshit! Where is Gagan Thapa, the cheap talker ?

    Reply
    1. jeevan verma says:
      March 11, 2014 at 9:21 am

      What a bullshit! Where is Gagan Thapa, the cheap talker ?

      Reply
      1. premji says:
        March 11, 2014 at 10:55 pm

        गगन थापाको प्रतिक्रिया आइसक्यो | बिबेकशील प्रतिक्रिया भन्छु म त | त्यो मान्छे ले केहि गर्ला जस्तो छ, गर्न दिने हो भने |

        Reply
  82. डिल्ली says:
    March 10, 2014 at 3:45 pm

    यो त्यही कर्ण हैन शिक्षण अस्पतालमा डा. गोविन्द केसी अनसन बस्ने दिन अस्पताल अगाडी त्यो गोबिन्द यादब मूर्दाबाद भन्ने नारा लगाउने र केही दिनको अनसन पछि डा. गोविन्द केसीको माग पूरा नगरे आन्दोलन गर्छौँ भन्ने ? मान्छे त अपराधि नै हो कि क्या हो ? जता जसको लागि पनि ढुँगा हान्दै हिड्ने रहेछ । कलम समाउने हातले बन्दुक समाउन त यिनका उसबेलाका गुरु विजय गच्छदारबाटै सिके होलान् । गच्छदार गुरुजिले फडिन्द्र तिम्सिना पेस्तोलले हानेर महेन्द्र मोरङ क्याम्पस विराटनगरमा मारेका थिए क्यारे त्यस्को उपहार स्वरुप एक आँखा बोकेर हिडिरहेछन् । हुन त कुन चाहीँ पार्टीका डाँका छैनन् र ? पुकदाका छाउरा हुन कि अोली हो कि गोलीबाका पुच्छर सबै डाँकाका सरदार र पार्टीका नेता हात्ती बलियो कि हात्ति छाप बलियो ……..

    अको आन्दोलन त विद्यार्थीको नभै डाँका आन्दोलन त हुने होला ।

    Reply
  83. Ramesh Pokhrel Jorpati Kathmandu says:
    March 10, 2014 at 3:21 pm

    नाङ्गै हिड्ने पशु लाइ म नाङ्गै छु भन्ने पत्तै हुदैन भनेको यहि हो /

    Reply
  84. BT Malla says:
    March 10, 2014 at 3:19 pm

    मुसा को छोरी मुसा लाई नै ! …. भने को येही हो !!!

    Reply
  85. nepali congress says:
    March 10, 2014 at 3:14 pm

    हिजोका दिनमा त्रिचन्द्र क्याम्पस मा एमाले का बिद्यार्थी हरुले नेबि संघ माथि गोलि प्रहर गरेर हत्या गर्ने प्रयास गरेका थिए..माओबादी अध्यक्ष प्रचण्ड ले क्याम्पस हरुलाई ब्यारेक बनाउनु पर्छ भन्दै गर्दा भाडाका गुण्डा हरुले सयौ पटक नेबि संघ का बिद्यार्थी हरु माथि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए…हिजो पशुपति क्याम्पस मा अखिल का बिद्यार्थी भनाउदा गुण्डाहरुले नेबि संघ माथि गोलि प्रहर गर्दा रमेश खरेल कहाँ थियो ?कहाँ थिय मिडिया भनौदा हरु ?कति तिमि हरुको आतंक र हिंसा सहने हामीहरुले ?हामी लोकतन्त्र बादी भन्दैमा अब कसैले गलामा थप्पड हान्दा हासेर बस्ने छैनौ ….प्रचण्ड को भाषामा भन्दा बुद्ध अहिले जन्मेको भएपनि हतियार बोक्थे होला…त्यसैले बोका युवाहरु हतियार कसैको थिचोमिचो सहने धैर्यता हामीमा छैन ….

    Reply
    1. Guru Koirala says:
      March 10, 2014 at 4:30 pm

      तिम्रोजस्तो सोचले पो बन्ला है देश ! कति बुद्धिमानी हौ बा तिमि ! कति कक्ष्यामा पढ्छौ तिमि ?

      Reply
    2. Dinesh Baral says:
      March 10, 2014 at 4:47 pm

      के सिलेबसमा अहिले सरकारी कलेज भर्ना हुने बिद्यार्थीले एउटा पार्टीको झण्डा बोकेर युनियनबाजी गर्ने पर्छ, गुण्डा गर्दी गर्ने पर्छ भनेको छ ? वाई सी एल, र प्रचण्डका गुण्डाहरुले तिमीहरु जस्तै लाइ त ठोकेको होला नि, क्लासमा पढिरहेकोलाई पिटेको त पक्कै होइन होला !

      Reply
    3. kedar says:
      March 10, 2014 at 5:01 pm

      रात बिरात पेस्तोल सहित सुरक्षा अधिकारि बाहेक को हिन्छ ? हिजो एमाओबादिले ससस्त्र युद्ध गर्दा आतंकबादी भन्ने हामी यिनलाई चै के भन्ने ? कुन धर्मले एउटा विद्यार्थीले बन्दुक बोक्न पाउनु पर्छ भन्छ ? तिम्रा साथि विद्यार्थीले बन्दुक बोक्न पाउनु पर्छ भने देशका लाखौँ विद्यार्थीले किन नपाउने ? र ति सबैले बोकेको दिन यो देश के हुन्छ ? तिम्रा ति साथीहरु गुण्डा होइनन भन्ने विश्वासिलो तर्क चैं देउन | हामी पनी कांग्रेसी र नेबि संघे नै हौँ – हाम्रो चित्त बुझाउ अनि सदस्यता नवीकरण गरौंला नत्र गयेउ एमाओबादि जस्तै गोलखाडी | अब त मेरो, मेरो बाउको, मेरो दाइको पार्टी र संघ भन्दै आँखा चिम्लेर काँध थाप्ने दिन गए बाबु | मेरोसंसार, Facebook , Twitter , सबै online पत्रिकामा कमेन्टहरु पढ बाबु पढ, को कति भिलेन र को झन् झन् हिरो भैराखेको छ छर्लंग हुन्छौ | हाम्रो सरकार छ भनेर छाती नाफुलाये हुन्छ, ओली ले कुन दिन बोलि फेरदिन्छन अनि खायेउ हावा |

      Reply
    4. Sameer says:
      March 10, 2014 at 6:02 pm

      यो चाई मुर्खै रहेछ

      Reply
    5. Devendra basnet says:
      March 10, 2014 at 6:51 pm

      अरुले नराम्रो काम गरेको छ भन्दैमा आफूले पनि गर्नु भनेको कुकुरले गु खायो भनेर आफूले पनि गु खानु हो .
      थुक्क तेरो बुद्दि.

      Reply
    6. Sandesh says:
      March 11, 2014 at 12:41 am

      यो मान्छेको बुद्दि रहेनछ. यस्ता सोचाइले हो हाम्रो देशमा अशान्ति छाएको! धिक्कार छ तिमीलाई !

      Reply
  86. ramesh says:
    March 10, 2014 at 3:03 pm

    कांग्रेसी चोर हरु बात यो भन्दा आस अरु के गर्ने? गगन थापा आफै ढुंगा मुढा गरेर हिरो भएको हो र उसको राजनैतिक जग भनेकै त्रिचन्द्र कलेज हो , जुन गुण्ड गर्दी मा नामुद छ, र गगन थापा तेही को नेबि संघ को नेता थियो. जति दोष वाइसिएल लाइ लगाए पनि एमाले को युवा संघ र कांग्रेस को नेबि संघ गुण्डा हरु को जमात नै हो. तर नाजायज माग मा शुसिल कोइराला,बामदेव गौतम र रमेश खरेल कोहि झुक्देनन भन्ने बिश्वास छ. पार्टी को , संसदीय दल को नेता समेत रहेका सुशील कोइराला ले अराजकता लाइ संग्रक्षण दिएको मा सभासद रंजित कर्ण लाइ कारबाही गर्न अबेला भैसक्यो.

    Reply
  87. Prabin says:
    March 10, 2014 at 2:58 pm

    नेविसंघले काँग्रेस को आफ्नै सरकार हुदा त एस्तो उपद्रोह गरेको छ अरु को सरकार भा भए येही बहाना मा नेपाल बन्द भएको आज ७ दिन भै सक्थियो

    Reply
  88. Kedar says:
    March 10, 2014 at 2:50 pm

    वाहियात बिद्यार्थी राम्रो काम मा एक जुट जून हैन ?

    Reply
  89. Deepak says:
    March 10, 2014 at 2:47 pm

    सतिको श्राप परेको देश !!!!! राम्रो गर्न खोज्निको भलो नचाहने जनता !!!!

    Reply
  90. raju says:
    March 10, 2014 at 2:46 pm

    फोटोमा देखिएका अनुहारहरुको पहिचान गरी समातेर जेलमा भएका बन्दुक बोक्ने सहित, नाङ्गै पारी, एकै ठाँउ बाँधेर, भाटाले बेहोस हुन्जेल कुटेर, चिसो पनि खत्यौदै, लगेर सार्बजनिक स्थलमा देसद्रोहिको आरोप कबुल्न लगाई, जरिवाना सहित ५/५ वर्ष कडा भन्दा कडा खालको जेल सजाए हुनु पर्छ अनि मात्र नत कसैको बन्दुक बोक्ने आँट हुन्छ नत ढुंगा हान्ने आँट हुन्छ,आनी मात्र रमेश खरेल जस्ता प्रहरीहरुको सम्मान हुन्छ! —नेपाल आमाकी सुपुत्र रमेश खरेललाई मेरो सलाम—-!

    Reply
  91. Raj kumar Naupane says:
    March 10, 2014 at 2:43 pm

    राति ३ बजे बन्दुक बोकेर आफनो साथी हरू सहित त्यो गुन्डा हरू कस्लाई लुटना हिनेको थियो …ने ..बी..सघ भन्ने बिद्यारथीं युनिहन भनेको त …नेपाल मा गुण्डा उत्पति गराउने सगठंन रहेछ ….

    Reply
  92. purna saru magar says:
    March 10, 2014 at 2:25 pm

    ए रातामकै, विद्यार्थीहरुसँग किताब, कलम कपी हुने कि बन्दूक ? बुधबार त्यति राति शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति शुभराम बस्नेत, संघका पूर्वसहामन्त्री शतीश शर्मा तथा कार्यकर्ताहरू जोन खड्का, राजेशविक्रम शाही र लीलाबहादुर खड्का बन्दूक बोकेर कहाँ जाँदै थिए वा कताबाट आउँदै थिए ?

    पार्टीको नाममा जे गरे नीहुने /

    Reply
  93. subodh nepal says:
    March 10, 2014 at 2:12 pm

    why they are carring weapons in the mid night ?
    they are really criminals,
    its shame to congress fucha, faura and tathakathit leaders.
    go ahed ramesh kharel, you are only a son of nepal mata

    Reply
  94. Samuel thapa says:
    March 10, 2014 at 1:48 pm

    What a shame on Karna

    He is don leaders or student?

    What to learn from him?

    Kharel is hero he did right thing,

    Reply
  95. laxman rai says:
    March 10, 2014 at 1:35 pm

    अनि त्यसो भन्ने चाहिँ को भन्दाखेरी सभासद् समेत रहेका नेविसंघका अध्यक्ष रञ्जित कर्ण।

    Reply
  96. Chandra says:
    March 10, 2014 at 1:34 pm

    यीनीहरु को पारा देख्दा उल्टो खुकुरी ले हान्न मन लग्छ ,,,, एस्त पनि जनताको सेवक रे हरे हरे !

    Reply
  97. ramesh babu says:
    March 10, 2014 at 1:28 pm

    बिचरा मेरो देसको अगुवा हरु !

    Reply
  98. kedar says:
    March 10, 2014 at 1:22 pm

    तथा कथित बिद्यार्थीको पक्षमा बोल्ने रा खारेलको बोरोध गर्ने एउटा सर्बसाधारण मनुवा मात्र देखाउ तिमि बिध्यार्थिको नाम मा डाका हरको माग पूरा हुन्छ लौ जा त

    Reply
  99. Bijay says:
    March 10, 2014 at 1:16 pm

    , ए रातामकै,
    विद्यार्थीहरुसँग किताब, कलम कपी हुने
    कि बन्दूक ?

    Reply
  100. प्रमोद says:
    March 10, 2014 at 12:57 pm

    काठमाण्डौमा हिँडदा अव हेल्मेट लगाउनु पर्ने भो है । ने वि सँघका विद्यार्थीले हानेको ढुँगा टाउकोमा पर्ला । अव ढुँगा त हान्ने होला नी बन्दुक पुलिसले लैदियो ।

    Reply
  101. sanjay says:
    March 10, 2014 at 12:47 pm

    एस्लाई पनि लगेर चिसो खोर मा हाल्न मिल्दैन, on the charge of public property damage ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme