Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलायती सरकार हल्लाइदिने नेपाली

Posted on March 8, 2014 by mysansar

david बेलायती प्रधानमन्त्री डेविड क्यामरून अहिले एउटा ठूलो स्क्यान्डलमा फँसेका छन्। संयोगले त्यो स्क्यान्डल नेपालीसँग जोडिन पुगेको छ। प्रधानमन्त्री क्यामरुनले स्वदेशी कामदारलाई बेवास्ता गरेर नेपाली कामदार राखेकोमा तीब्र आलोचना भएको छ। जनतालाई चाहीँ स्वदेशी कामदार राख्नमा जोड दिने, आफै भने विदेशी कामदार राख्ने भन्दै उनको चर्को आलोचना भइरहेको हो।

बेलायती पत्रीका डेली मेलका अनुसार ती नेपालीको नाम गीता लिमा हो। लिमा भन्ने थर त नेपालमा के होला र, लामा पो हो कि। उनी क्यामरूनका बच्चाहरुको हेरविचार गर्ने अर्थात् न्यानीको काम गर्छिन्। उनलाई बेलायती नागरिकता दिलाउन स्वयम् क्यामरूनले सिफारिश पत्र लेखेको गम्भीर आरोप लागेको छ।

विदेशी कामदारले स्वदेशी भन्दा सस्तोमा काम गर्ने र मालिकले त्यसको भरपूर फाइदा लिने अनि त्यही कारण स्वदेशी कामदार बेरोजगार हुने गरेको यहाँका जनताको आरोप छ।

यो विषयमा अहिलेसम्मको सबभन्दा ठूलो स्क्यान्डल यही नै हुनु पर्छ। विगतमा पनि स्वयम् इमिग्रेसन मन्त्रीले नै अवैधानिक कामदार राखेकोमा पदबाट राजीनामा दिनु परेको थियो। इमिग्रेसन अहिले यहाँको सबभन्दा ठूलो मुद्दा हो र यहाँका बासिन्दा यसलाई धेरै हदसम्म कटौति चाहन्छन्। अहिलेको परिस्थितिलाई यहाँका जनताले सरकारले विश्वासघात गरेको रूपमा लिएको छ।

हुन त क्यामरूनले आफ्नो कामदारको बचाउमा त्यो दिदी एकदम मेहनती हुनुहुन्छ र ब्रिटिश नागरिकताको सही हकदार छन् भनेका छन्। तर यो बारेमा प्रधानमन्त्रीको कार्यालयले अरु बोल्न चाहेको छैन।

अर्का उपप्रधानमन्त्री निक क्लेगले पनि बेल्जियन कामदार राखेकोमा तिब्र आलोचना भएको छ।

19 thoughts on “बेलायती सरकार हल्लाइदिने नेपाली”

  1. deu kumar nembang says:
    March 12, 2014 at 2:56 pm

    सेतो छाला ब्रिटिश सरकारका भरौटे क्यामरुन जस्ता नालायकहरुलाई घुंडा टेकाएर संसारका सामुमा उभ्याई दिनु पर्छ किनकि गोर्खाली भू .पु .सैनिकहरुका एइतिहासिक र कानूनी मान्यता अनुसार लडिरहेको (गेसो ) आन्दोलनलाई दबाउन दुस्प्रयास गर्ने र गराउने पनि यहि क्यामरुन सरकार नै हो | आफु त कति को मानवाधिकारबादी रास्ट्रको ठेकेदार देश हौँ भनेर बिस्वलाई ढाक छोप गर्दा गर्दै अब त उसैको कपडा खुलेर शरीरको पुर्ण अंगहरु नै देखिने दिनहरु नजिकिंदै आएको छ त्यसको बारेमा जे गर्नु पर्ने भू .पु.सैनिक (गेसो ) नै काफी रहेको छ | अब छिट्टै नै गोर्खालीहरुले आफ्ना हकअधिकारहरु लडेर प्राप्त गर्दै छन् ,धन्यवाद

    Reply
  2. Chantilly says:
    March 11, 2014 at 4:15 pm

    http://www.dailymail.co.uk/news/article-2091216/Cameron-rescue-Chivalrous-PM-helps-nanny-park-car-outside-Downing-Street-morning-jog.html

    Reply
  3. suzee says:
    March 10, 2014 at 6:06 pm

    sorry बिनय जी , धेरै हाँसियो!!!!!
    ब्लग को headline हेर्दा उ जमाना मा साँझ को पत्रिका अनि तेस्तै झारे पाते एक पान्ने पत्रिका को headline अनि बेच्दै हिड्ने स साना नानी हरुले headline चिच्याउदै हिडेको याद आयो !!!!
    ल ल एक नेपाली ले बेलायत को सरकार नै हल्लैदियो !!!!! बेलायती सरकार नै हल्लईदिने नेपाली !!

    P :S . के यो गौरब पूर्ण कुरो हैन र !!एक नेपाली चेली को काम को प्रसंशा स्वरुप बेलायती प्रधानमन्त्री ले सिफारिस गर्नु !!!
    जसले जे भनुन , in my view ..respect for gita and proud of her….

    Reply
  4. मणि says:
    March 9, 2014 at 4:20 pm

    प्रधानमन्त्री क्यामरुनले गीता लामालाई अहिले देखि नभएर धेरै पहिले राखेका हुन्| नटिंगहिल गेट मा बस्दै देखि उनि क्यामरुन परिवारसंग छिन्| कन्जरभेटिव पार्टी भनेको धनाढ्यहरुको पार्टी मानिन्छ र क्यामरुनले जो सुकै राखे पनि तलब लिखित सहमति (एग्रिमेन्ट) मा जति छ त्यति नै त्यति नै दिने हो (कानुनी न्युनतम त दिनै पर्छ)|

    निश्चित समय सिमा पुगे पछि बेलायत मा रहेका आप्रबासीले पनि बेलायतको कानुन बमोजिम सधैका लागि भिसा (ILR – भन्नु पर्दा ग्रिनकार्ड) लिन पाउने अनि त्यसको केहि समय (लगभग १ वर्ष) पछि नागरिकता अर्थात् रातो पासपोर्ट लिन पाउछन (ILR, passport लिने पद्धती सायद अहिले परिवर्तन भएको होला) | यो सब्बै पाउनका लागि मात्र के हरेक पल्ट भिसा बढाउन पनि काम गरिरहेको ठाउँ/व्यक्ति बाट साचो/झुटो व्यहोरा भएको चिट्ठी आवश्यक पर्छ| साथै काम बाट पाएको तलब, बैंक विवरण पनि चाहिन्छ जुन गलत हुन लगभग मुस्किल छ (अपबाद बाहेक)| अब कानुन सम्मत काम गरेको अवस्था मा “इन्द्रेको बाउ चन्द्रे” आए पनि गीतालाई कसैले केहि ख्यास्न सक्दैन|

    माथि लेखमा चाई मैले त्यस्तो सरकार हल्लाउने कुरो केही भेटिन है| गैरकानुनि राख्दा त संसार्रै हलिन्छ नि!

    अजासुले गलत अर्थ्याएर सनसनी पार्न खोजे जस्तो लाग्यो!

    Reply
  5. अनुराधा पौडेल फ्रान्स says:
    March 9, 2014 at 12:00 pm

    एउटा नेपाली नानीले बेलायति प्रधान मन्त्रिका छोराछोरी हेर्न पाउनु भनेको चानचुने कुरा होइन । ल बधाइ छ गीतालाई । केटाकेटी हेर्नु पनि पेशा हो । हाम्रो नेपालमा केटाकेटी हेर्ने कामलाई गोबर फालेजस्तो झ्यासे काम ठान्ने चलन छ । प्रधानमन्त्री नफसुन् यहि कामना छ ।

    Reply
  6. Dinesh Baral says:
    March 9, 2014 at 9:16 am

    खोइ टाइटलमा भनेजस्तो बेलाइती सरकार नै हल्लाइदिने नेपाली चाहीं को हो त ? बरु बेलायेती सरकार प्रमुखको बच्चाको कोक्रो हल्लाईदिने नेपाली भनेको भए चाहीं अलि मिल्थ्यो होला !

    Reply
  7. मन says:
    March 9, 2014 at 2:21 am

    ब्रिटिशहरु, तोकेरै भन्न पर्दा, अंग्रेजहरु कस्ता छन् भने धेरै बर्ष सेवा गरेर बेलायतलाई कर्मभुमि बनाए पनि नागरिकता दिन मान्दैनन| उनीहरु चै अष्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलिज, न्युजिल्याण्ड, साउथ अफ्रिका, आदि देशमा गएर खुरुक्क नागरिकता लिन पछि पर्दैनन्|
    त्यतिका बर्ष ज्यान, रगत र पसिना दिएर लडेका गोर्खाहरुलाई त् लाजै नमानी कुनै सम्बन्ध नभएको भनेर एउटा न्यायधीशले भनिदिंदा आफ्नो बाबुलाई बचाएका गोर्खाको गुण सम्झेर पेटी कसरी अभिनेत्री जोआना लुम्ले उत्रिए|
    गोर्खाहरु पनि त्यस्तै छन्| पार्कमा बसेर दिनभरी भेला भयो भनेर त्यो ठाउँको जन प्रतिनिधिले नै आवाज उठाएका थिए| रोडमा बाटो छेकेर हिंड्यो भनेर आवाज उठाउन के बेर?
    यो संसारमा बहादुर र बीर भन्ने केही होइन र छैन पनि| जीवन धान्न र रोजी रोटीको सवाल छ र थियो| जानी जानी मृत्युको मुखाँ को जान्छ? मुर्ख मात्रै जान्छ, तर वाध्यता के हो कसले बुझिदिने?
    गीता लिमा होइन, लामा नै हुन्|
    सीडीओ कार्यालयमा अरब काम गर्न जाने एकजना महिलाको नागरिकतामा मोक्तानलाई मुक्तान लेखिदिएछन| ल यो भएन भन्दा भोलि आउनू र दस्तुर राखेर दरखास्त दिएपछि सच्याई दिउँला भनेछन| किन दस्तुर र दरखास्त चाहियो सर मेरो गाबिसको कागज मुताविकको नाउँ हुनपर्छ भन्दा कर्मचारी अझ कड्किएर भने “तिम्रो मात्र काम छ र यँहा अरु काम छैन? जाऊ खुरुक्क भोलि आऊ”|
    भोलि भनेको कहिले आउने होइन भनेर त्यही कागजमा परराष्ट्रमा पासपोर्ट निवेदन दिएछन| पासपोर्टमा परराष्ट्रका असम्बेदनशील र जनजातिबारे सहानुभूति र चासो नराख्ने कर्मचारीले पासपोर्टमा अंग्रेजी लास्ट नेम यसरि लेखिदिएछ …Mukhten
    बिचरा ती बहिनी अहिले पनि त्यही पासपोर्टमा कतै मुखतेन भएर दिन गुजारिरहेकी होलि|
    आफ्नै देशकोले त् यसो गर्छ विदेशीले के गर्ला?
    यो पनि पढ्नु होला|
    http://www.housekeepercompany.co.uk/how-camerons-plucked-their-nepalese-nanny-from-slavery-in-london/
    जहिले पनि नेपालीले इमान्दारीपुर्बक गरेको कामको प्रशंसा हुन्छ यो छाती गर्वले फुलिंछ तर कता कता हाम्रो एस्तो स्थिति किन भनेर मन रुन्छ अनि आँखामा आँसु
    ढिलपिल हुन्छ| नेपाली भएर सोच्नुस त्, तपाईलाई पनि यस्तै होला|

    Reply
  8. Ram B Adhikari/USA says:
    March 9, 2014 at 1:31 am

    December २००४ मा David Blunkett ब्रिटिश गृह मन्त्रि पनि येस्तै स्क्यान्डलमा फँसेका थिए |पछि उनले राजिनामा नै दिनु पर्यो|

    Reply
  9. Sunil, London says:
    March 8, 2014 at 8:56 pm

    यता तिर यस्ता घटना हरु भैरहन्छ ! केहि वर्ष अगाडी पनि Home Secretary डेभिड ब्लंकेटले पनि घरमा काम गर्ने आइमाई को visa को लागि भनसुन गरेको प्रमाणित हुदा राजिनामा गरेका थिए ! अब cameron दाइ ले के गरेकाहुन त्यो पनि छानबिन पछि थाहा भैहाल्ला ! नेपालमा जस्तै गरेका कुराको ढाकछोप गर्न यहाँ सम्भव छैन !ब्लंकेट को खबर यहाँ पढ्न सक्नुहुन्छ !
    http://www.telegraph.co.uk/news/politics/labour/1479051/Blunkett-quits-over-nanny-visa-scandal.html

    Reply
  10. Krishna Rai says:
    March 8, 2014 at 8:39 pm

    गीता लामा नभएर गीता लिम्बु पो हो कि?
    खैरे लाइ नाम भन्न गारो भएर सजिलो बनैदेको हुनुसक्छ!

    Reply
  11. Shankar says:
    March 8, 2014 at 4:49 pm

    सिर्सक चै खतरा छ |
    बिगत मा पनि येस्ता समाचार पढी एको थ्यो | जस्तो कि
    १) नासा लाइ चुनौती दिने नेपालि छोरो
    २) आइन्स्टाइन लाइ चुनौती दिने नेपालि बैज्ञानिक

    आदि आदि
    नेपालि चुप लाग्ने वाला छैन |
    गीता को कारण क्यामरुन फसे भने चै दुख मान्नु पर्छ |

    Reply
    1. premji says:
      March 8, 2014 at 8:27 pm

      १५० वर्ष पुरानो अर्किमीडीजको सिद्धान्तले पनि नेपाली बैगुनीकको चुनौती पाएकै हो !

      Reply
  12. kedar says:
    March 8, 2014 at 2:18 pm

    सिफारिस मै जन्मे हुर्केका नेपाली संसारको जुन कुनामा गए पनी सिफारिसले चैं नछोड्ने रहेछ, प्रक्रिया (system) त कुन चरा नाम नै भैसको हामीलाई | अझ सिफारिश गर्दिन तयार हुने डेविड क्यामरुन नै भेटेपछि त येति ठुला गफ गर्ने मै पनी छोडदिन थिएँ होला सिफारिस गराउन, लिमाको मात्रै त के कुरा भो र |

    Reply
    1. hari dai says:
      March 8, 2014 at 11:29 pm

      ठुला ठुला देसमा झन् सिफारिस बिना केहि हुदैन मित्र, नेपाली मात्रै हैन सबैलाई सिफारिस चाहिन्छ तेस्लाई recommendation लेत्टर भंचन. त्यो तिम्रो डिग्री भन्दा नि ठुलो हुन्छ आज कसले गरेको छ भन्ने झन् ठुलो कुरो हुन्छ, त्यो नेपालि को परम्परा होइअन अलि बुझ्नु पारो. तर बिना आधार चै खासै recommendation दिदैनन बिदेसमा, नेपालमा जस्तो.

      Reply
      1. kedar says:
        March 9, 2014 at 1:04 am

        तेसैलाई भन्छन मित्र प्रक्रिया (System) | बिना आधार र बिना अधिकार recommendation पत्र कसैले दिदैं पनी र पाउंदैनन पनी | कुन चाई ठुला देशको कुरा गर्दैछौ को नि मित्र २० बर्षमा पनी मैले त एउटा पनी Recommendation पत्र देख्न पाको पनी र चाहिएन पनी छैन तिमीले भन्ने गरेको ठुला देशमा | तर नेपालमा चाई भरमार नै प्रयोग गरियो है |

        Reply
      2. Mk says:
        March 9, 2014 at 2:39 am

        हो हरि जी, यता क्यानाडामा चाही ‘रिफरेन्स चिट्ठी’ भन्छन, जुन विना ( राम्रो ) काम पाउन सकिन्न/ यसै को आधारमा मैले विना अन्तर्वार्ता प्रोफेसोनल इन्जिनिएर को काम पाए/

        Reply
  13. Binodbikash says:
    March 8, 2014 at 2:11 pm

    उनै गीता लिमा (? लामा) को तस्बिर

    http://i.dailymail.co.uk/i/pix/2011/10/16/article-0-0B54B671000005DC-821_233x510.jpg

    Reply
  14. Ram Adhikari says:
    March 8, 2014 at 12:50 pm

    सर्बप्रथम त उनि आप्रबासी भैनन किनकी उनको हातमा बेलायती नागरिकता छ. अब दोस्रो कुरा प्रधान मन्त्रीले सस्तो कामदार किन राख्ने ? उ संग पैसा नभएर हो त? पक्का पनि होइन बरु नेपाली कामदार इमान्दार र लगनसिल भएकै कारण ले उनले पनि नेपाली कामदार घरमा राखेका हुन्. आहा मलाई त फेरी पनि नेपाली भएकोमा गर्भ लाग्यो .

    Reply
    1. Mk says:
      March 9, 2014 at 2:34 am

      हो राम जी , ‘जुन सुकै वादलमा पनि, चाँदीको घेरा हुन्छ’ भनेको येही हो /हामीले गर्ब गर्ने कुरोमा पनि शानसाथ गर्ब गर्नु पर्छ , गाँठे /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme