-डा. कृष्ण ‘सुमन’ –
समाजसेवी दिलशोभा श्रेष्ठ प्रकरणबारे धेरैले आ-आफ्नो किसिमले व्याख्या/विश्लेषण गरे। मेरो विषय क्षेत्र साइकोलोजी हो। यो कोणबाट कसैले विश्लेषण गरेको देखिएन। त्यसैले यहाँ म प्राप्त केही तथ्यहरुका आधारमा केही मनोवैज्ञानिक विश्लेषण गर्न गइरहेको छु।
स्टानफोर्ड युनिभर्सिटीका प्रोफेसर लियोन फेस्टिङ्गरले सन् ५० को दशकमा एउटा रोचक अध्ययन गरेका थिए। साइकोलोजीमा यो केस स्टडीलाई एउटा महत्त्वपूर्ण तथ्यका रुपमा लिइन्छ।
सन् १९५४ को कुरा। प्रोफेसर फेस्टिङ्गर आफ्ना सहकर्मीहरुसहित शिकागो एरियाको एउटा त्यस्तो समूहमा छिरेका थिए, जो एलियन अर्थात् अर्को ग्रहका प्राणीहरुसँग कुराकानी गरिरहेको मान्थे। उनीहरुका अनुसार सानन्दा नामको एउटा एलियन इसाई देउता जिसस क्राइस्टको पुनर्जन्म थियो। यो समूहको नेतृत्व डोरोथी मार्टिनले गरेका थिए। अन्तरिक्षबाट आएको सन्देशलाई उनले अटोमेटिक राइटिङबाट सबैका सामुन्ने सार्वजनिक गर्ने विश्वास उनीहरु राख्थे।
डोरोथीकै माध्यमबाट एलियनहरुले विश्व ध्वस्त हुने यकिन मिति ठोकुवा गरे- सन् १९५४ को डिसेम्बर २१। मार्टिनका अनुयायीमध्ये केहीले जागिर छाडे, सम्पति बेचे। पृथ्वी टुक्रा हुँदा आकाशबाट आउने उडनतश्तरी (अन्तरिक्ष यान)ले रेस्क्यु गर्ने उनीहरुको विश्वास थियो। अन्तरिक्ष यानमा कुनै पनि किसिमका मेटलले खराब असर पार्छ भनेर उनीहरुले आफ्नो ब्रा र ट्राउजरसमेत खोलेका थिए।
फेस्टिङ्गर र उनको टिम यो भविष्यवाणी असफल हुँदाको बखत त्यो समहूसँगै थियो। न एलियनहरुले उनीहरुलाई रेस्क्यु गर्न आए न डिसेम्बर २१ मा केही भयो। अरु सामान्य दिन सरह डिसेम्बर २१ आयो र गयो।
हो, यही समयलाई फेस्टिङ्गर पर्खेर बसेका थिए। भावनात्मक रुपमा कुनै विश्वाससँग जोडिएपछि त्यो गलत ठहर हुँदा मानिसहरुले कसरी रियाक्ट गर्छन् ?
सुरुमा त यो समूहले कारण खोज्न नै संघर्ष गर्नुपर्यो। तर पछि नयाँ सन्देश आयो- “यो जुन सानो समूह छ, रातभर बसेर यति प्रकाश छरे कि भगवानले विश्व ध्वस्त हुनबाट बचाए। भविष्यवाणीमा विश्वास गर्ने उनीहरुको इच्छाले विश्वलाई बचायो।
यसअघि प्रेसबाट समेत लुक्दै हिँड्ने उनीहरु त्यसपछि झन् दृढ विश्वासी भएर आए र खुला रुपमा आफ्नो समूहमा जोडिन आह्वान गर्न थाले। फेस्टिङ्गरका अनुसार उनीहरुको सेन्स अफ अर्जेन्सी झन् धेरै बढी देखियो। उनीहरुले विश्वास गर्दै आएको कुरा नमिलेपछि उनीहरु एउटा निश्चित किसिमको विश्वासमा झन् ठूलो दृढ विश्वासी भए।
‘मोटिभेटेड रिजनिङ’
फेस्टिङ्गरको यो केस स्टडीपछि साइकोलोजी र न्युरोसाइन्समा धेरै नयाँ खोजहरु भइसकेका छन् जसले हाम्रो पहिलेदेखिको विश्वास (preexisting belief) ले कसरी नयाँ तथ्यलाई असर पर्छ भन्ने प्रष्ट पारेको छ। यसलाई हामी मोटिभेटेड रिजनिङ भन्छौँ।
तथ्य र प्रमाणले हाम्रो माइन्डलाई परिवर्तन गर्नै पर्छ भन्ने छैन। अझ कहिले त उल्टो समेत हुनसक्छ। अर्थात् फ्याक्टले ब्याकफायरसमेत गर्न सक्छ।
सन् २००५ र २००६ मा युनिभर्सिटी अफ मिसिगनका अनुसन्धानकर्ताहरुले विभिन्न अनुसन्धानहरु गरेका थिए। एउटा पार्टीप्रति आस्थावान तर गलत रुपमा सूचित (misinformed) हरुलाई सही तथ्य भएका समाचारहरु देखाइएको थियो। परिणाम ? उनीहरुले कमै आफ्नो माइन्ड चेन्ज गरे। वास्तवमा उनीहरु अक्सर आफ्नो विश्वासमा झन् कडा रुपमा दृढ विश्वासी भए। एन्टिबायोटिक औषधिले जस्तो तथ्यहरुले मिसइन्फरमेसनलाई झन् बलियो बनाइदिन सक्छ।
दिलशोभामाथिको विश्वास
दिलशोभालाई मिडियामा एक किसिमको देवत्वकरण गरेर प्रस्तुत गरियो। त्यसमा आँसु र भावनाको प्रचुरता थियो। यसैको माध्यमबाट उनले सहजै सबैको विश्वास जित्न सफल भइन्। यही विश्वास उनको अहिलेसम्मको सबैभन्दा ठूलो शक्ति हो।
दिलशोभा दयालु छिन्। दिलशोभाले गलत गर्न सक्दिनन्। दिलशोभा लप्पनछप्पन जान्दिनन्। दिलशोभाले जे गर्छिन् राम्रोका लागि गर्छिन्।
यी विश्वास हुन् उनका समर्थकहरुका। नत्र यो देशमा वृद्धाश्रम धेरैले खोलेका छन्, बालगृह धेरैले खोलेका छन्। उनी जत्तिकै र उनीभन्दा धेरै काम गर्नेलाई भन्दा हामी उनलाई विश्वास गर्छौँ। किनकि हाम्रो मनमष्तिस्कमा उनी छाएकी छिन्।
यही विश्वासका आधारमा हामी हामी आफ्नो विचार (opinion) बनाउँछौँ जसको सम्बन्ध तथ्य (facts) सँग असहज हुन्छ। र, तथ्यले हाम्रो विश्वासलाई ड्राइभ गर्नुभन्दा पनि हाम्रो विश्वासले हामीलाई निर्देशन दिन्छ- कुन तथ्य स्वीकार गर्ने, कुन नगर्ने।
अहिले भइरहेको यही हो। केही तथ्य दिलशोभा विपरीतका आए पनि अधिकांशलाई त्यो स्वीकार्न गाह्रो भइरहेको छ।
सहयोग स्वरुप आएका लत्ताकपडा, खानेकुरा बेच्छिन् (तथ्य)
बढी भयो होला र त बेच्छिन्। फारो गर्छिन्। बेचेर नपुगेका अरु सामान किन्छिन् (हाम्रो विश्वास)
हाम्रो विश्वासले तथ्यहरुलाई ट्विस्ट गरेर हाम्रो पूर्ववत् विश्वासमा राम्रोसँग फिट हुने तथ्यमात्र हामी स्वीकार्छौँ।
फारो गर्न बेच्छिन् र बेचेर नपुगेका अरु सामान किन्छिन्। यो हामीले हाम्रो विश्वाससहित गरेको तथ्यलाई स्वीकार हो। तर त्यहाँ कुहिएको र पुरानो सामान खुवाइन्छ नि। यसलाई हामी स्वीकार्न तयार हुँदैनौँ। किनभने यो हाम्रो विश्वास- ‘उनले जे गर्छिन्, सही गर्छिन्’सँग मिल्दैन।
दर्तै नगरिएको संस्थामा बालबालिका राखेकी छिन् (तथ्य)
दयामाया ठूलो हो (विश्वास)
कर्णालीबाट ल्याइएका परिवारसहितका बालबालिका हुन्, परिवारसँग सम्पर्क गर्न दिइन्न, गैरकानुनी रुपमा विदेशमा र देशभित्रै घरेलु श्रमिकका रुपमा काम गर्न पठाइन्छ (हाम्रो विश्वाससित अमिल्दो भएकोले स्वीकार्न नसकेको तथ्य)
हाम्रो विश्वासलाई बल दिने हो भने हामी गलत जानकारी पनि क्रिटिकल नभइकनै स्वीकार गरिदिन्छौँ। यसले हामीलाई हामी सही हौँ भन्ने कुरालाई झन् बलियो बनाउँछ र नयाँ जानकारी हामी झनै कम स्वीकार गर्छौँ।
मान्छे मार्नु सही थिएन भन्ने तथ्यलाई माओवादीका कट्टर कार्यकर्ताले कदापी स्वीकार गर्दैन। त्यो मान्छे सामन्ती थियो अनि मारेको भन्ने ‘तथ्य’ जस्तो देखिने ‘भ्रम’लाई भने क्रिटिकल नभइकनै उनीहरु स्वीकार्छन्। जबकि सामन्ती हैन, त्यो मान्छे हामी जस्तै सर्वसाधारण थियो भन्ने जानकारी वास्तविक ‘तथ्य’ हुन्छ।
‘आइ नो आइ एम राइट सिन्ड्रोम’
दिलशोभासँग धेरैको भावनात्मक सम्बन्ध जोडिएको छ। कतिले उनलाई भेटेका पनि छैनन्। तर उनीप्रति विश्वास छ। धेरैले उनलाई सहयोग गरेका छन् किनभने उनीप्रति विश्वास छ। अहिले कसैले दिलशोभालाई गलत देखाउने कोशिश गर्यो भने त्यो एक्ली दिलशोभामात्र हैन, उनलाई विश्वास गर्ने धेरै गलत हुनु हो। आफूले गरेको सहयोग गलत ठाउँमा पर्यो भन्ने स्वीकार गर्न मानिस तयार हुँदैन। किनकि म सही छु। मेरो विश्वास सही छ।
सन् २००० मा यस्तै एउटा अध्ययन गरेका युनिभर्सिटी अफ इलिनोइसका जेम्स कुकलिन्स्की यसलाई I Know I’m Right Syndrome भन्छन्। आफ्नो विश्वासविपरीत आउने तथ्यलाई अधिकांशले प्रतिकार (resist) गर्छन्। उनका अनुसार जसले आफ्नो विश्वासलाई तथ्यका आधारमा सच्याउनु पर्ने हो, उनीहरुले त्यस्तो कमै गर्छन्।
मिसिगनमा गरिएको अध्ययनको नेतृत्व गर्ने ब्रेन्डन नाइहान भन्छन्- “आफूले गलत गरिरहेको छु भन्ने स्वीकार गर्न निकै गाह्रो हुन्छ।”
विश्वास गरेर सहयोग गरेकाले दिलशोभा गलत हुनु उनीहरु पनि गलत हुनु हो। आफूले गलत ठाउँमा सहयोग गरेको स्वीकार गर्नु हो, जुन कन्फेस गर्न निकै गाह्रो हुन्छ।
किन ‘गलत’ पनि ‘साँचो’ देखिन्छ ?
आखिर किन हुन्छ त यस्तो ? किन निकै गलत कुराहरु हुँदाहुँदै पनि हामी त्यो सही नै छ भन्नेमा निकै विश्वस्त हुन्छौँ ?
जोए कियोहानेका अनुसार यसको जवाफको केही अंश हाम्रो मस्तिष्कको संरचनासँग सम्बन्धित हुन्छ। सामान्यतया मानिसहरु निरन्तरता खोज्ने प्रवृत्तिका हुन्छन्।
मनोवैज्ञानिक अध्ययनहरुले देखाएको छ कि मानिसहरुले नयाँ जानकारीहरुको व्याख्या उनीहरुको पहिलेदेखिको विचार (pre existing views) लाई बढावा दिने गरी गर्ने प्रवृत्ति हुन्छ। हाम्रो विश्वासलाई पुष्टि हुने खालका कुनै पनि नयाँ जानकारी आए भने हामी त्यसलाई passively स्वीकार गर्छौँ, तर हाम्रो विश्वासलाई पुष्टि नहुने जानकारीलाई actively खारेज गर्छौँ। यसैलाई मोटिभेटेड रिजनिङ भनिन्छ। यसले आफ्नो विश्वासलाई दृढ विश्वासमा बदल्छ भने त्योसँग बाझिने तथ्यहरुलाई स्वीकारै गरिँदैन।
सन् २०१० को जुन महिनामा पोलिटिकल बिहेभियर जर्नलमा एउटा अध्ययन छापिएको थियो। सन् २००५ मा इराक युद्धका बेला मिसिगन युनिभर्सिटीका नाइहान र उनका सहयोगीहरुले एउटा एक्सपेरिमेन्ट गरेका थिए। त्यसका सहभागीहरुलाई नक्कली समाचारहरु दिइएको थियो। हरेक समाचारमा गलत तर व्यापक रुपमा फैलाइएको कुनै राजनीतिक नेताले बोलेको दावी प्रस्तुत गरिएको थियो। जस्तै इराकमा आम विनाशकारी हतियार भेट्टाइयो (वास्तवमा त्यो थिएन) आदि। नाइहानले हरेक गलत जानकारीपछि स्पष्ट रुपमा सच्याइएको जानकारी पनि राखिएको थियो। यसले के असर पार्यो त ?
अधिकांशले पत्याएनन्। आफूलाई कन्जरभेटिभ भन्नेहरुले त सुधारिएको जानकारी पढेपछि झन् इराकमा आम विनाशकारी हतियार भेटिएको भन्ने खबरमा बढी विश्वास गरे। लिबरलहरुले भने त्यस्तो बढी विश्वास गर्ने काम त गरेनन्, तर पनि विश्वास भने गरेनन्।
उनीहरुको यस्तो व्यवहारका लागि केले प्रेरित गर्यो भन्ने चाहिँ अस्पष्ट थियो- सामान्य प्रतिरक्षादेखि आफ्नो सुरुवाती विश्वासलाई रक्षा गर्न कोशिश गरेकोसम्मका संभावना हुनसक्छन्।
त्यसैले अहिले दिलशोभालाई विश्वास गर्नेहरुका लागि जस्तोसुकै तथ्य आए पनि त्यसले काम गर्दैन। त्यसमाथि नागरिक दैनिकले प्रमाणित हुन सबभन्दा कठिन यौन दुराचार जस्तो व्यवहारलाई मुख्य आरोपका रुपमा अघि सार्यो। दुराचार गर्ने र गराउनेले ‘हो’ नभनेसम्म यो पुष्टि हुने कुरा हैन। यसले अरु गम्भीर आरोपहरुलाई त छायाँमा पार्यो नै, अरु आरोपहरुविरुद्धका तथ्यहरु पनि दिलशोभामाथिको विश्वासका अगाडि निस्क्रिय साबित हुन पुगे।
के उपाय छ त ?
माथि नै भनिसकियो, दृढ विश्वासका अगाडि अरु केही पनि चल्दैन। महाभारतमा कर्णले जन्मँदै लिएर आएको रक्षा कवच जस्तो हो यो। फेस्टिङ्गरले पनि भनेका छन्, ‘कुनै पनि दृढ विश्वासीलाई परिवर्तन गर्न गाह्रो हुन्छ। तपाईँ आफ्नो असहमति राख्नुस्, उसले बेवास्ता गर्छ। तपाईँ तथ्य र प्रमाणहरु देखाउनुस्, ऊ त्यसको स्रोतमाथि प्रश्न उठाउँछ। तपाईँ तर्क गर्नुस्, उसले तपाईँको तर्कको प्वाइन्ट नै देख्दैन।”
तर कुकलिन्स्कीको वेलफेयर स्टडीले एउटा उपाय दिएको छ- hit them “between the eyes”. कडा रुपमा प्रस्तुत गरिएको तथ्यपूर्ण त्यस्ता प्रमाणहरु जुन उनीहरुको पुरानो विश्वासभन्दा बिल्कुलै विपरीत छन्, त्यसलाई सीधा सीधा प्रस्तुत गरिदिएमा मानिसहरु आफ्नो विश्वासलाई अपडेट गर्दा रहेछन्।
माइसंसारमा बालकहरुले आफूलाई काम गर्ने घरमा नोकर बनाएर पठाइएको, त्यस्ता घरमा पढ्ने समय पनि नपाएको, नयाँ सामानहरु बेचेर पुरानो कुहिएको मात्र आफूहरुलाई खान दिइने, खर्च नगर्ने आदि कुराहरुको अडियोसहितको प्रमाण आएपछि केही मानिसले आफ्नो दृढ विश्वासलाई अलि परिवर्तन गरेको जस्तो देखिएको छ कमेन्टहरु हेर्दा। तर दोस्रो किसिमका मानिसहरु पनि छन् जसले आफ्नो विश्वासलाई जस्ताको तस्तै राखेका छन्।
वास्तवमा कुकलिन्स्कीको अध्ययनमा तथ्यहरुलाई सीधा, अन्तर्क्रियात्मक रुपमा प्रस्तुत गरिएको थियो। नाइहानले त्यसैलाई व्यवहारिक रुपमा न्युज आर्टिकलका रुपमा प्रस्तुत गरी हेर्दा उल्टो भयो- तथ्यले ब्याकफायर गर्यो। मान्छेले नयाँ जानकारीलाई स्वीकार गरे पनि त्यो लामो समयसम्म नटिक्ने वा उनीहरुको विश्वासमा र विचारमा केही पनि असर नपर्ने देखियो।
अब के होला त ?
हामी इमोसन्सबाट मात्र सञ्चालित हुँदैनौँ, पक्कै पनि हाम्रो कारण पनि खोज्छौँ। तर reasoning भन्ने चिज पछि मात्रै आउँछ, यसले काम पनि सुस्त गर्छ र त्यतिबेलासम्म हाम्रो इमोसन्स पनि खाली भइसकेको हुँदैन अर्थात् इमोसन्सको उपस्थितिमा नै रिजनिङ पनि हुन्छ। हाम्रो यो क्विकफायर इमोसन्सले हामीलाई ठूलै पक्षपाति (बायस्ड) बनाउन सक्छ।
मानिसहरुसँग रहेको दृढ विश्वाससँगै दिलशोभासँग रुने (इमोसन्स) को शक्ति पनि छ। यसले गर्दा मानिस तर्क र तथ्यमा कम, इमोसन्समा बढी बायस्ड बनाउन सक्छ।
मैले माथि नै भनिसकेँ, अनहोनी हुनुबाहेक यौन दुराचार प्रमाणित हुनैसक्दैन। बाँकी केही आरोपहरु जस्तै दुर्गम जिल्लाबाट परिवारसहितका बालबालिकाहरु आफ्नो फाइदाका लागि ल्याएको, उनीहरुलाई विदेशमा गैरकानुनी रुपमा पठाएको, स्वदेशमै घरेलु श्रमिकका रुपमा पठाएको जस्ता कुराहरु अदालतमा प्राविधिक रुपमा प्रमाणित हुन पनि सक्छ, नहुन पनि सक्छ। प्रमाणित भइहाले पनि दिलशोभाप्रतिका दृढ विश्वासीहरुले त्यसलाई ‘षड्यन्त्र’ वा त्यस्तै अर्कै केही ठान्ने छन्। उनीप्रतिको विश्वासमा कुनै कमी आउने छैन। एलियनहरुले पृथ्वी ध्वस्त हुँदा बचाउन आउँछ भन्नेहरु निर्धारित समयमा पृथ्वी ध्वस्त नहुँदा पनि आफ्नो विश्वासप्रति अझ बलियो भए जस्तै।
दिनदिनै आउने नयाँ तथ्य र त्यसलाई गहिरोसँग विश्लेषण गर्न सक्नेहरुको कुरा भने फरक हुनसक्छ। तर दिनहुँ आउने तथ्य र त्यसलाई निरन्तर विश्लेषण गरी आफ्नो विश्वास अपडेट गर्ने काम निकै गाह्रो हो। मानिसको दिमाग सर्टकट रुचाउँछ।
दिलशोभासँग धेरैको विश्वास उनीहरुले गरेको आर्थिक सहयोगसँग पनि जोडिएको छ। यदि आर्थिक सहयोगमा हिनामिनाको कुरा आयो भने पनि त्यसले केही असर पार्न सक्छ।
मास साइकोलोजी मेरो रुचिको विषय भएकोले दिलशोभा प्रकरणको अन्त्य कसरी हुन्छ, त्यो हेर्न म पनि निकै उत्सुक छु।
दिलशोभा प्रकरण अब एउटा स्वतन्त्र छानबिनको विषय त बनिनै सक्यो । डा. सुमनले सुझाएको झैं छानबिनका क्रममा मान्छेहरूका प्रि अकुपाइड सोचहरूलाइ कन्भिन्स गर्ने खालका तथ्यहरूमा मात्र अबको समाधान छ । तर, तथ्यहरू केलाउन डा. साबलाइ नै मनोबैज्ञानिक बिश्लेषक नियुक्त गर्ने हो उहाँको प्रि अकुपाइड सोचले जसरी पनि दिलशोभा गलत भन्ने तथ्य खोज्न अग्रसर हुनुहुने हो कि भन्ने भान पर्यो मलाइ चाहिं । तथ्यहरू बाहिर अाउँदा उनका व्यवहार र नियतहरूलाइ केलाएर पस्कने हो अाफूले गरेको सहयोग, सदभाव र समर्थन सही वा गलत के थियो भन्ने कुरा क्रमैसंग मानिसहरूले बुझ्नेछन । यो १।२ जना व्यक्तिको विश्वास बदल्न सकिएला वा नसकिएला भन्नेसंगभन्दा लाखाैं स्वतन्त्र मानिसहरूले सत्य तथ्य थाहा पाउने कुरासंग बढि जोडिएको विषय हो भन्ने मलाइ लाग्छ ।
दिलशोभाज्युको प्रकरणले धेरै कुराहरु बाहिर ल्याएका छन्| जुन भविष्यको निम्ति एक शिक्षा हुनसक्छ| यसमा सायदै दुइ मत होला| दिलशोभा आमालाई सहयोगी एकको नाताले र मनोबैज्ञानिक प्रभाब रहेको नै सहि, त्यहि नाताले पनि वहाँलाई यस काण्डबाट थप हौसला मिलोस| अझ अगाडी बढुन, आफ्ना कमीकमजोरी र गल्तिहरुलाई सच्चाउदै| शुभकामना छ|
तर यो प्रकरण हाम्रो समाजको लागि चाही एकदम नै नभई-भएको थिएन| भयो एकदम राम्रो भयो| र यस अर्थमा अप्सराज्युलाई पनि धन्यबाद|
मिडियामा दुइ पक्षको मात्र बहस भएकोमा चाही मलाई यो बहस पूर्ण लागेन| यस प्रकरणमा सबै भन्दा बढी जिम्वेवारी सरकारी निकायको हुनु पर्ने| सरकारी निकायको गल्ति, कमीकमजोरीका बारेमा कतै बहस देखिएन| बिडम्बना! हाम्रो बहस भनेको सरकारलाई यस प्रकरणमा सत्य-तथ्य छिटो भन्दा छिटो बाहिर ल्याउन बाध्य पार्ने तिर उन्मुख हुनुपर्ने| ति सरकारी कर्मचारीलाई सुधारिने मौका दिदै निलम्बन गर्ने| सरकारलाई र सरकारी निकायलाई जवाफदेहिता दिने, पार्ने तिर हुनु पर्ने हो|
कुरो उठी सक्यो, मुद्दा अदालत पुगिसक्यो| अबको बहस भनेको सरकारी निकायको चिरफार हो| यता ध्यान जान जरुरि छ| पाठक र माइसंसारले बिचार गरुन|
दिलशोभाले फोन गरेको अडियो एक महिलालाई बेश्यावृत्तिमा पठाउन लागिएको अडियोका रुपमा दाबी गरियो। दिलशोभाले त्यसलाई एक क्यान्सर पीडित महिलासंग आफूले गरेको कुराकानी भनेकी छिन्। तर जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा त्यो अडियो मैतीदेवी बस्ने एक पुरुषसंग भएको देखिन्छ। स्रोतका माघ २ गते त्यो अडियो रेकर्ड भएको थियो। त्यसकारण त्यो अडियो क्यान्सर पीडित महिलासंगकै हो भनेर विश्वास गरिहाल्ने अवस्था छैन।
***
‘जसरी दिलशोभालाई भगवानको रुपमा विजयकुमार लगायतले प्रस्तुत गरे त्यस्तो चाहिं होइन रहेछ’ जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी भन्छन्, ‘ज्ञान नभएर मात्र होइन नियतवश पनि उनले गरेका धेरै कमजोरी छन्।’
***
उनको पहिलो कमजोरी जसरी सडकका बालबालिकालाई उठाएर त्यहां राखी पढाइएको भनिएको छ, त्यो गलत देखिएको छ। किनकि त्यहां राखिएका सबैजसो बच्चा कर्णाली क्षेत्रका गरिब परिवारका बालबालिका हुन्। त्यस्ता करिब ५० बच्चा उनको संस्थामा बस्दै आएका थिए। तीनै बच्चाका नाममा एक वर्षमा करोडभन्दा धेरै सहयोग पाउंदै आएकी थिइन्। तर त्यो सहयोगको पारदर्शिता छैन। सेतोपाटी डटकमका अनुसार राजु शाक्य नामक व्यक्तिलाई देखाउनका लागि मात्र कोषाध्यक्ष नियुक्त गरेकी थिइन्। कोषाध्यक्ष शाक्यले भनेका छन्, ‘दिलशोभा आमालाई सहयोग गर्न म कोषाध्यक्ष बस्दिएको मात्र हुं, सबै जिम्मा आमाकै हो।’
***
सो संस्थामा बस्दै आएका बालबालिकालाई एन्जल एकेडेमीले निःशुल्क रुपमा पढाउंदै आएको छ। सो स्कुलका प्रिन्सिपल जोनिकका अनुसार एकदमै फोहोर बनेर बालबालिका स्कुल आउने भएकाले पटक–पटक आफूहरुले नै नुहाइदिनुपर्ने अवस्था थियो।
***
हालसम्म बाहिर नआएको र डरलाग्दो पाटो भनेको सो संस्थामा हुने धर्मपरिवर्तनको हो। संस्थामा ल्याइएका सबै बालबालिकालाई जबर्जस्ती क्रिश्चियन बनाइएको छ। दिलशोभाले आफू त्रिश्चियन बनेको स्वीकारीसकेकी छिन्। ‘धर्म परिवर्तन गर्ने स्वतन्त्रता संविधानले दिएको छ,’ बाल कल्याण समितिका एक कर्मचारी भन्छन, ‘तर कलिला बालकहरुलाई थाहै नदिई चर्चमा लगेर धर्म परिवर्तन गराउनु एकदमै डरलाग्दो विषय हो।’
अर्काेतर्फ उद्धार गरिएका बालबालिकाले आफूहरुमाथि आमाघरमा एकदमै अमानवीय व्यवहार हुने गरेको बताएका छन्।
त्यसो त दिलशोभाको पक्षमा जसरी अभियान चलाइरहेका छन् त्यसमा ठूलो समूह क्रिश्चियन धर्मवालम्बीहरुको छ।
– See more at: http://tokyonepal.com/2014/03/06/103336.html
मेरो विचार मा के लागि रछ भने नेपाली हामि हेरु ओकिल, न्याधिस, पुलिस, सैनिक आज भ्हंने हो भने सबै राजनीतिज्ञ छौ जस्तो लग्छ.
अब कुरो दिल सोभा को केस मा अदालत ले केस हेर्दै छ. सबै छान बिन गर्दै छ
हामि हेरु मनोविज्ञान डाक्टर देखि, पत्रकार सम्म केस को फैसला गर्न तिर लागेको देख्हिञ्छौ यो त लाटो देस मा गाँदो तन्नेरी जस्तो भयेनर? अदालत कै मान हानी जस्तो भयेनर?
सुनेको बाहिर विदेश तिर कसैले केहि बिराम गरे, accident भए होरे पुलिस लाई खबर गर्छन रे पुलिस ले आफ्नो काम गर्छ रे अनि उसले पनि अदालत पठाउनु परे अदालत पठाऊ छ रे.
हामि बाटो मा गाडी accedent भएमा. हाम सबै driver लाइ कुट्न र तेही फैसला गर्न तिर लग्छौ. यो हाम्रो जन्म जात बानि हो. एस लाइ परिबर्तन गर्नु पर्छ जस्तो लाग्छ.
सम्भाधित निकाएले हामि संग survey मागेमा अथवा हामि संग राय मागेमा. तेस्पछि, सबै ले आफ्नो राय, तथ्य, विश्वास, दिए कसो होला?
तपाइँ हेरुलाई कस्तो लाग्छ?
.
This case bringing new writers with strong point of view. We need much appreciation to them even though there are some groups which defending that there is NO ISSUE with AMA GHAR and it is just media propaganda towards Dil Shova.
It was clear from beginning that Dil shova’s case that there was something fishy but as we (Nepalese) run by mass hysteric emotion rather than intellectual.
Let’s wait healthy investigation on AMA GHAR and all other NGO’s too. Now we can see many people who are related to NGO & INGO’s are defending to AMAGHAR and Dil Shova case. It is interesting, why?? We all know that Kathmandu have highest numbers of NGO & INGO after Mexico, and Kathmandu valley economy depends on that too. This NGO & INGO’s are here for there specific reason not to effect government policy and decision, but in many case of Nepal policy and governance they are running Nepal.
यो लेख निक्कै अनुसन्धान मुलक छ / दिलशोभा केश को बारेमा आम मानिस हरु को धाराणा के कस्तो हुन सक्छ भन्ने कुरा को मनोबैज्ञानिक द्रिस्तिकोन बाट अत्यन्त लोजिकल हिसाब ले गरिएको छ / लेखक लाई धन्यवाद/
धर्मको आडमा पैसा कमाउने मेलो आमा घर एक वहाना !
दिलशोभाको आडमा पैसा कमाउनेहरुको गयो जमाना !!
दुबै पक्ष एक चोटि केलाउँ।
१ क – उनको प्रतिष्ठामा अाँच अाउने किसिमको षणयन्त्र (mobile सम्बाद)। कुनै व्यक्तिले अार्थिक फाईदा देखेर यो अाएको हुन सक्छ।
१ ख – उनले अार्थिक प्रलोभनमा त्यस्तो काम गरेकि हुन सक्छिन्। उनको समाज तथा सरकारको लाचारिको फाइदा लुटौंँ भन्ने मनसाय हुन सक्छ। अहिलेको नेपालमा ईमान्दार व्यक्ति पाउन ठुलै कसरत गर्नु पर्छ। हामी सबैले हाम्रो समाज, नेता, पत्रकार, हामी अाफैको चरित्र एकचोटि निहालेर मात्र अरुमाथि प्रश्न उठाउन सक्छै। अझ नेपालमा नयाँ पुस्ता र पुराना व्यक्तिमा शिक्षाको अन्तरले पनि पुराना धेरै कम शिक्षित व्यक्तिको अार्थिक अार्जनको माध्यमको (दलाली, ठगी) प्रश्न उठाउँछ। उनको परिवारमा फस्टाएको ब्यापारको चर्चा, छोरी ज्वाँलाई पठाएको भनिएको पैसा र अार्थिक अनियमित्ता ।
२ क – बच्चा बच्चिलाई बाटोबाट उठाएर पालण पोशण गरिन् (सफा चरित्रले)
२ ख – कर्णाली जस्तो ठाऊँबाट घरेलुकामदार तथा केही व्यक्तिको अरु जरुरतको लागिपनि उनले ति बालबालिका ल्याइन्। ति व्यक्तिले अहिलेको यो उर्लिएको सहयोग पुर्व उनलाई अार्थिक सहायता गर्थे त्सस्तैकामको लागि।
अहिलेको सहयोगपुर्व सहयोग कसरी अाउथ्यो भन्ने त्थय केही छ ?
बच्चा राम्रोसगँ (खानपान, शिक्षा) राखिनन् भन्ने कुराले भने प्रश्न सोध्नेको अासयमाथि प्रश्न चिन्हँ उठाउँछ। किनकि नागरिककै अनुसार सरसफाई खासै नभएपनि, राम्रो विध्यालयमा पठन पाठन भएको रहेछ भन्ने कुरा प्रष्ठ हुन्छ। अाफ्नै घर खासै सफा नराख्ने नेपालीले एउटा बालगृह सफाछैन भनेर प्रश्न उठाउन खासै मिल्दैन। काठ्माणौँको धुलोधुवा, नजिकैका धुलाम्य पसल, त्यसमा बिक्ने झिङा भन्किएका खानेकुरा, खुला ढल, ४-५ दिन नउठेको फोहर, पलास्टिक र फोहोरले भरिएको चौर, पार्क, सडक, अरु के बोलुँ र।
अब माथिको मनोबैज्ञानिक बिश्लेषणको कुरा गरौँ। नकारात्मक सोचँ र (conspiracy theory) लाई मलजल गर्ने एउटा ठुलो जमात छ (मलाई पनि यहि जमातमा राख्छु)। यो जमात कुनैपनि कुरा (समाचार, धटना) नकारात्मक दिशाबाट सहज नभएसम्म त्यस् प्रति चासो नदेखाउने जमात हो। सबै संधै नराम्रै देख्ने यो जमातले दिलशोभाको विषयपनि नकारात्मक देख्छ। र जो ब्यक्ति उनलाई अार्थिक सहयोग गरेर अहिलेको घटनालाई माथिभने जस्तो (justification) दिन खोजिराखेका छन् उनिहरुपनि यो जमातको अाक्रमणबाट बच्नसक्दैनन्।
अर्को दिशाबाट हेर्दा NGO, INGO को भरमा नेपाललाई झन् गरिव बनाउन लागि परेका धेरै संथा सधै कुनै न कुनै तवरमा सरकारलाई घुसिया भनेर, कत्तिलाई घुस खुवाएर, यहाँका सँरचना कमजोर बनाएर, नेपालीलाई सहयोगका नाममा धनि राष्ट्रले गरेको भनेको अार्थिक सहयोग अाफ्नै मोज मस्तिमा उडाँउछन्। यो काँडपनि त्यसको नियोजित कार्य हुन सक्छ।
त्यसैले यो विषय कुनै एक कोडँबाटमात्र हेर्न गार्हो छ।
राम्रो बिस्लेशन छ. जुन दिल शोभा लै मात्रै नभएर सबैलाई लागु हुञ्छ I तर यहाँ तपाई पाठक हरु लाइ मान्न तयार नभाको भन्नु हुन्छ जब कि मैले बुझेको दिल शोभा गल्ति भए उसलाई पनि सजाए दिनु पर्छ येदि छैन भने पत्रकार र पत्रिका लाइ सजाए हुने कि नहुने ? यो बिषए मा किन तपाई हरु लेख्न सक्नु भैरहेको छैन I यो बुझ्न खोजेको हो I हो दिल शोभा प्रति सहानुभूति धेरै को छ किन कि उसको बिगत २ दशक को परिश्रम, लगन, र सेवा ले गर्दा I अहिले आएर मति बिग्रेको भए राज्य ले अभिभावक को भूमिका निभाएर साचो बाटो मा हिड्न प्रोत्साहन पो गर्नु पर्छ त न कि पत्रिका मा चरित्र हत्या गरि सार्बजनिक बेज्जत गर्नु I राज्य भनेको त अभिभावक पो हो त एस्तो संस्था हरु को I को मान्छे कहाँ गनाउन्छ भनि काखी सुँघ्दै गयो भने साएद सबै गनाउन्छ I तशर्थ सुन्य गल्ति को त कोइ पनि पाउन्दैन होला I तसर्थ, के दिल शोभा को गल्ति एस्तो सार्बजनिक रुप मा एस्तो चरित्रहत्या हुनु पर्ने, पत्रिका को पहिलो page यौन दुराचार को लाल्चना खेप्नु पर्ने, बिगत २ दशक को सेवा भावना लै स्वार्थ हो भनेर मान्नु नै पर्ने थियो त? पहिले प्रमाणित हुन देउ अनि मान्नेछन I न कि तपाई ले भन्नुभाको जस्तो सबैलाई मनोबैज्ञानिक असर छ I धेरै वर्ष लगाएर पलाएको विश्वास हो यो, विश्वास गर्न लाइ प्रमाणित हुन्जेल सम्म कुर्ने अधिकार त सबै लाइ छ I मात्र येति हो किन गल्ति गर्ने सबै लाइ सजाए हुञ्छ भनि भन्न सकिरहेको छैन, खाली दिल शोभा लै मात्रै किन हुञ्छ? सबै ले बुझेका छन् एस्लाई कुनै मनोबैज्ञानिक अनुसन्धान चहिन्दैन I
I liked this point:
मानिसहरुले नयाँ जानकारीहरुको व्याख्या उनीहरुको पहिलेदेखिको विचार (pre existing views) लाई बढावा दिने गरी गर्ने प्रवृत्ति हुन्छ। हाम्रो विश्वासलाई पुष्टि हुने खालका कुनै पनि नयाँ जानकारी आए भने हामी त्यसलाई passively स्वीकार गर्छौँ, तर हाम्रो विश्वासलाई पुष्टि नहुने जानकारीलाई actively खारेज गर्छौँ। यसैलाई मोटिभेटेड रिजनिङ भनिन्छ।
examples: we cannot accept against our religion, even though there are lots of disagreements ( but we see lacking in other religion)….. Congress and communist another example…
Yes, the most vital is psychology, and also I want to add that if you are devoted towards it and for a long time…then it is very hard to change the mind set things….. I believe if the timeframe/involvement is small, they will accept the reality more quickly than the person who was totally involved in it….. I also agree, the person who will believed this news quickly who never donate anything to her. Now I am slowly thinking with my mind because I donate her only my dinner money…..But still people are there who had done big charity/ programs for Dilsova, who need some time to come out from dilemmas. But the religion/culture is extremely difficult to get out from it, while we are grown and brought up in such society….. It is human nature, God made us like this…. there is no ones fault for we being like this, the only difference is some are more and some less…..
Just related to this topic, Bijay Kumar, the journalist, do you notice one thing, what he believes he takes the discussion towards that side, and he becomes satisfied when the guest says what he thinks….He is a good man, his heart is clear, I felt when he was talking with Ravisankar during interview….He takes decisions from heart rather than mind. Just want to say no one is perfect and human can’t be GOD.
If we are not god, knowingly or unknowingly we can make mistakes and harm others, so my believe on that nature/human friendly rules/laws and it should direct all of us……
अहिले सम्म धेरै काम राम्रो सुनेको भएर दिलशोभा प्रति केहि सहानुभूति मेरो पनि छ, तर तेस्तो अन्ध-धुन्द उनको पक्षमा म छैन|
तर डा. कृष्ण ‘सुमन’को विश्लेषण चाही biased जस्तो लाग्यो, दिलशोभा प्रकरणको अन्त्य भएर उनलाई दोषी ठहर गरिसके पछि यो विश्लेषण सान्दर्भिक हुन्थ्यो| तर अहिले नै दिलशोभालाइ ‘गलत’ भन्नु चाही आफ्नै (pre existing views) लाई बढावा दिने प्रवृत्ति हो कि? आफ्नो विश्वासलाई पुष्टि हुने खालका कुनै पनि नयाँ जानकारी आए भने त्यसलाई passively स्वीकार गरेको हो कि?
बहुत राम्रो बिश्लेषणात्मक लेख रहेछ । पढ्दा मज्जा आयो । यि र यस्तै लेख मार्फत सम्बन्धित निकायको आँखा खुलेमा त ठीकै हो , नखुलेमा जति नै अप्रेसन गरेर यथार्त संसार देखाई दिए पनि केहि पनि देखिन भन्ने मुढता प्रदर्शन भै नै रहने छ ।
दिलशोभा र वहाँ जस्तै समाजसेवीहरुको मन वचन कर्मले गरेको उल्लेखनिय कार्य समाजसेवा मात्र नभै मानव धर्म हो। तर यदाकदा धर्म तथा समाजसेवाको ठूलो आडलिएर बिश्वास नै गर्न नसकिने कुकर्म गर्ने पादरी, धर्मगुरु, समाजसेवी आदिहरुको हुर्मतलाई हेर्दा समय समय निस्पक्ष जाँचबुझ हुन आवश्यक छ।
दिलशोभा प्रोपागाण्डमा पाइएको जानकारी अनुसार सिधै तीन किसिमको गलत कामहरु भएको महशुश हुन्छ।
१) वालवालिका राख्नको लागि अनुमति सरकारबाट नलिएको जसको कारण सेवामा त्रुटी देखाईएको,
२) दर्ता नभएको भनि कार्वाही गर्ने सरकारी अधिकृतहरुबाट स्वंयम बालवालिका संरक्षण गरिदनाको लागि केन्द्रलाई सिफारीस सहित बच्चा पठाउनु,
३) बिना संम्वन्धको एकहोरो फोन संवादलाई यौन दुराचारको आरोप लगाएर पत्रिकाले हतारमा हल्ला बजारमा ल्याउनु।
यदि यि कुराहरु भन्दा पनि अझ बिना प्रमाणका वनावटी कुराहरुले जुवारी खेलेजस्तो वादबिवाद जनसामु ल्याइन्छ भने यि तीन पक्षहरु सरकारी कर्मचारी, पत्रकार र दिलशोभा समाजसेवा केन्द्र विच अनैतिक भागबण्डा नमिले पछि यसलाई आरोप-प्रत्यारोप रुपमा बाहिर ल्याइएको झगडा हो भन्ने अवस्था नआउला भन्न सकिन्न।
पक्कै पनि। कृष्ण जी को यो लेखमा बताएजस्तै ‘बिश्वास’ का कारण मानिसहरु तथ्यलाई पनि स्विकार गर्न सकिरहेका छैनन्। उनीहरु झन् दृढ बिश्वासी भईरहेछन्(आफ्नै तर्कमा) र पत्रकार र माईसंसारलाई समेत एकतर्फी भयो भन्ने आरोप लगाईरहेछन् । यौन दुराचार बाहेक अरु केशहरु अधिकजसो प्रमाणित हुने प्रबल सम्भावना छ र परिणाम स्विकार्न सक्नु नै बुद्दिमानी हुनेछ॥
कोही पनि पूर्णज्ञानी नभएझैं दिलशोभा पनि छैनन् भन्ने कुरा ‘उनको बचाउ’ गरेको भनिने सबैले राम्ररी बुझेको हुनुपर्छ; दिलशोभाजी विरुद्ध खुलारूपले खनिनेहरूभन्दा बढी । तर ‘तथ्य’लाई ‘ट्वीष्ट’ गरेर बुझेको भन्नेहरूले ‘तथ्य’ र ‘प्रमाण’ एकै होइनन् भन्ने कुरा पनि बुझ्नु जरुरी छ कि । कुनै पनि न्यायिक निकायबाट प्रमाणित नभएको कुनै पनि प्रमाणलाई तथ्यको रूपमा पेश गर्दा आउने प्रतिक्रिया ‘ब्याकफायर’ नभई स्वभाविक प्रतिक्रिया हो । म त भन्छु ‘तथ्य’ ‘प्रष्ट’ आदि शब्द सञ्चारमाध्यमले प्रयोग गर्नु नै हुँदैन र जरूरी पनि छैन । किनकि न्यायिक िनकायबाट प्रमाणित भइनसकेको कुनै पनि कुरा तथ्य हुँदैन र प्रमाणित भइसकेको कुरालाई सञ्चारमाध्यमले विश्लेषण गरिरहनु पर्दैन ।
This psychological theory may apply to Durbar Hatyakanda also.
कृष्ण जी, तपाइको अनुसन्धनात्मक लेख मलाइ मन परो । रेफरेन्स नभए पनि नाम र प्रसंगले दिलशोभा प्रकरणको एउटा सटिक ब्याख्या गरेको छ मनोबैज्ञानिक अालोकमा । म तपाइको विश्लेषण संग सहमत छु ।
कृष्ण जी तपाइको लेख पढे/ मनोबैज्ञानी कुरा रहेछ/ तर भन्न खोज्नु लागेको चाही के हो / दिल सोभा गलत हो भनेर हामीले सोची दिनु परयो/ या पत्रकारले लेखेको कुरा सहि हो भनेर बुजिदिनु परयो/सुम्पुर्न पाठक को सोचाई यो हो कि पत्रकार भनेको देस को ४थो अंग हो जसले देसमा आफ्नो दिलो ज्यान दिएर अरुको सेवा गर्छन तेस्ता मानिस हरुको समाचार सहि रुपमा लेखिदियोस भन्ने चाहना मात्र हो / गलत लै गलत र सहि लाई सहि भन्ने कुरा प्रयाप्त प्रमाण बिना कुनै लेख नालेखिदियोस भन्ने मात्र हाम्रो चाहना हो /यो कुरा त पत्रकारहरुमा पनि त लागु हुन्छा नि होइन र / होइन भने “सोच “वन्ने उपन्स्य सबैलाई फेरी पढाउनु परयो
ठिकै हो, तर लेखक ज्यूले एउटा कुरा उल्लेख गर्नु भएन- राजनितिक असर | राजनीतिले भवनासंग होइन, श्वर्थसंग सरोकार राख्छ | दिलशोभा प्रकरण बाहिर नआईञ्जेलसम्म उनको कर्म भंवानात्मक घेराभित्र थियो | तर, दिलशोभा प्रकरणले अहिले राजनैतिक मोड लिईसकेको छ | कुनुनीरुपले कारबाही गर्ने देखी लिएर प्रमाण जुटाउने सम्मको कार्य सम्पादन हुदैछ | मेडिया बहस जारी छ | सदनमा प्रस्न उठेको छ | त्यसैले दिलशोभा प्रकरणलाई अहिले भावनात्मक घेरा भित्रबाट हेर्नु गलत हुन्छ |
कानुन तठस्थ रहन्छ | जे देख्छ, त्यहि भन्छ | कानुन भावनासँग सरोकार राख्दैन |
नेपालमा एउटा यस्तो जमात छ जो सधै मिडिया प्रति सधै नेगेटिभ छ , त्यो जमात ले दिलशोवा पर्करण कहिल्यै स्वीकार्दैन, मिडियाले सन्नी लियन भर्जिन छैन भन्यो भने त्यो जमातले हैन अबिबाहित नारी हो भर्जिन छ भन्छ ! तेसैले तेस्तो जमात ले कहिले मिडियाको सपोर्ट गर्दैन ! तेसैले मिडिया बिरोधि को कुरो हो यो, दिल्शोवा माथिको विश्वास हैन त्यो जमातको ! दिल्शोवा पर्करण – एक कटु यथार्थ !
Amritji for your information, Sunny Leone is married and has been married for many years.
चर्चित टेलीफोन सम्बादका पात्र काठमाण्डौका दुई रैथाने महिलाहरु, दील शोभा श्रेष्ठ र उनीसँग टेलीफोन सम्बाद गर्ने भनिएकी मानन्धर थर भएकि नेवार महिलाले सामन्यरुपमा आफ्नो मात्रीभाषा नेपालभाषामा सम्बाद नगरेर किन अपठेरो खस भाषामा बोल्न सजिलो ठाने होलान ?
अब यहाँ आएर एउटा कुरा मलाई अहिले पनि अस्पस्ट लागि रहेको छ त्यो के भने मैले पढेका सबै आर्टिकल मा दिल शोभा ले यौन दुराचार गरेको प्रमाण चै कहिँ कतै पनि भेटिन, एउटी बृदा संग सुत्न अर्की महिला लाई नै पठौदैमा यौन दुराचार भो भन्न कहाँ सम्म ठिक हो अब तपाई हरु नै भन्नुस ? अरु कुरा हरु त छर्लंग नै भयो कि त्यहाँ बसेका बुढी आम़ा हरु र केटाकेटी हरु सबै हामीले सोचे जस्तो र मिडियाले देखाए जस्तो तरिकाले राखेको चै रहेन छ . मा त फेरी पनि भन्छु ति बुढी आम़ा हरुलाई पनि सरकारले तुरुन्त उद्दार गर्नु पर्छ.
बिश्वास त गर्नु तर लाइन लागेर भिर बाट हाम्फाल्ने भेंडै चैं नहुनु भन्न खोजेको छ लेखको तथ्यले | अस्ति भर्खर इंडियाकै बबाजिको काण्ड हेरौं न | आशाराम बापूका बाउ छोराले लाइन लाएर आफ्नै भक्त र भक्तका किशोरी छोरीहरुको यौन शोषण गरेर साक्षात तथ्य, साक्षी र प्रमाण सहित जेलको हावा खाइ राख्दा पनी क्रिस्चियन र सोनिया गान्धीले जाल झेल गरेर फंसाए भनेर जग हँसाउने र रडाको मच्चाउनेहरु अझै हज्जारौं मै छन् |
बुद्धका नया अवतार भनेर राता रात बुद्ध बनाइएका राम बम्जनका काण्डहरु जता ततै छरपस्ट भै राख्दा पनी अझै छन् बुद्ध अवतार नै हुन् भन्ने अझै छन् |
साइबाबा का ….डा भक्तहरुको त कुरै नगरौं, यो जुनीमा त तिनको आँखा खुल्ने वाला नै छैन |
एबम रितले आमा घर कि आमाको अर्को अवतारले येत्रो जरो गाडिसकेको रहेछ, था नै नभाको |
मलाई त सारै मन पर्यो, यो तथ्य हो पत्याउन गारो पर्छ, किनकि हामी मानिस हौ अन्धभंक्त.
कृष्ण जी, धेरै राम्रो लेख ! ” only facts ! no fiction !!” मानवीय कमजोरी (रोना धोना र अरु तेस्तै कुरा हरु) लाई बाहिरै राखेर दिलशोभा को बारेमा अनुसन्धान गरियोस ! समाचार मा आए अनुसार उनले ति बच्चा पढ्न पठाउने स्कुल का प्रिन्सिपल को सुझाब ( संस्था दर्ता गर्ने) लाई बेवास्ता गरेको र गैर कानुनी रुपमा बच्चा लाई अरु ठाउँ मा पठाएको (काम गर्न वा धर्म पुत्र/ पुत्री को रुप मा) बारेमा सहि कुरा बाहिर आउन आवस्यक छ| केहि (वा धेरै) सहि काम को आड मा कुनै पनि गैर कानुनी काम गर्ने छुट कसैलाई हुदैन !
H Sharma
Wow……this is a great piece of read related to this case, soothes pretty much all anxieties down. I studied few literatures from couple of researchers that you mentioned in the article too, completely makes sense.
Thank you very much, it helped me! Hope it will also help many concerned nepali people to understand this and many other issues.
वास्तबमा जुन अडियो पहिला मिडियामा आयो त्यो पुरै थिएन . अनि त्येसैको आधारमा यौन दुराचारको आरोप लगाउने काम भयो . जब पुरै बार्तालाबको अडियो फेरि बाहिर आयो . त्यस पछि मिडिया माथि अविस्वास बढेको हो .
लेखकको बिस्लेसन राम्रो छ तर तपाइले एकतर्फी मनोविज्ञानको मात्र चर्चा गर्नु भयो . तेसैले तपाइको बिस्लेसन पनि बायेस छ .
माइसंसार पहिला त एस्तो थिएन एकोहोरो एकतर्फी कुरा मात्र पस्किने . सन्तुलित खबर सम्प्रेसन गरे हुन्थ्यो . पाठक हरुमा पनि दम छ सहिगलत छुट्टौने . अहिले को जमानामा हावामा बहदैन कोहि . बरु विश्वास गुम्ने डर पो हुन्छ त .
मनग्गे जीवन बांचिसकें | इमोशन ओकलेर समाजलाई दिगभ्रमित किन पो गर्नु ? अरुले दिमाग भुटनु खोज्यो भने कन्परा तातेर आउँछ| कुनैखाले मनोबिश्लेशनले पनि दिलशोभाको केशलाई न्याय गर्न सक्दैन| सनसनीखेज समाचारको नाउँमा दिलशोभालाई दाउमा राखियो र उनको आमाघरमा भएको अव्यवस्था र गल्तीलाई जघन्य अपराध सावित गर्न खोजिदैछ| दिलशोभा देउता होइन, आमाघरमा आएको पैसाबाट तिनले पनि मजेत्रो र चोली किनी होलिन,आखिर तिनी पनि त्यहि घरकै सदस्य होइन र ? पुरुष सांसदले सुत्केरी भत्ता खाने मुलुकमा दिलाशोभाको आमा घरमा मापदण्ड खोज्नु हास्यास्पद भएन र? यसको मतलव दिलशोभालाई पनि अनिमियतता गर्न छुट छ भन्न खोजेको होइन! दिलशोभा दोषी छ भने उनलाई चेतावनी दिइ सुध्रने मौका पो दिइनु पर्छ| घुमाइ फिराइ दिलशोभालाई दोषी देखाउने लेखहरु माइसन्सारले छाप्न बन्द गरोस भन्ने मेरो चाहना छ| अब कुनैपनि विश्लेषण, उपदेश, नीतिकथा आदिले दिलाशोभाको माम्लाई जस्टीफ़िकेशन दिन सक्दैन|
अन्धो भक्त यस्ता हुन्छन
अन्ध विरोधी यस्ता हुन्छन |
सद्धे मान्छेलाई पागल बनाउने ”- – लोजी ” रहेछ यो |
तेत्रो लम्बेतान कुरा किन ? दिल्सोभा ले पहिले सेवा को भाबना ले खोलिन कि किन खोलिन त्यो भगवान जाने , तर हाल उनले समाज सेवा लाइ कमाउने भाडो बनाइएको रहिछन |
जुन हाल आएर पर्दा फास भो | धेरैको बिस्वास मा ठेस लाग्यो |
आगे सुसिल र बामदेब को सरकार ले के कारबाही गर्ने हो , त्यो हेरम |
खा म खाब दिमाग खराब |
यौन दुराचार गरेको त होइन भन्ने लगभग सबैको निष्कर्ष छ – चाहे अन्ध बिश्वास गरेर होस् या तथ्यलाई केलाएर होस | तर — तथ्यलाइ केलाउदा के पनि लाग्छ भने आमाघरको संचालन बच्चाको हीतलाइ ध्यानमा राखेर चलाएको नभई उनीहरुको दरिद्र अवस्था देखाई अर्कैको हितको लागि चलाएको देखिन्छ |
पहिले नै भने जस्तै, उहालाई कसैले केहि गर्न सक्ने अवस्था छैन | बलिया प्रमाण सहितका धमला काण्डहरु त ढिसमिस भए भने यहाँ सिम्प्याथी प्रचुर भएको अवस्थामा दोषी नै भए पनि कुनै कारवाही होला भन्ने कुनै बिश्वास छैन | तर यो प्रकरणले आमाघर मात्रै नभएर अरु यस्तै बालगृहलाइ पनि राम्रो संदेश पुगेको छ कि जतिसुकै सामाजिक प्रभुत्व भए पनि नराम्रो कुरा छचल्किएर पोखिन्छ र अलि सुधार गर्नु पर्ने दिशामा डोरिन्छ |
अन्तमा मनोबैज्ञानिक विश्लेषणमा राम्रो रहेछ |
Dr. Krishna ‘Suman’ Ji: Thank you for your article on the case study of Dilshova, and the psychological aspects based on the several specific studies around the world . As a young social worker, this kind of situation may shatter our enthusiasm about making changes with our small efforts on social sectors. However, I believe that whatsoever would be the end of this case, it should not demoralize and lower the self esteem of any social workers who truly wants to help people.
मेरो व्यक्तिगत विचारमा त यहाँ पत्रकार अथवा पत्रिकाले गरेको गल्ति भनेको “त्यो एकतर्फी फोन कुराकानी कै भरमा यौन दुराचारी” भनेर भनेकोमा मात्र हो ! अरु त जे जस्ता गल्तिहरु भएका छन् त्यसको भागी हुने र कारवाही त हुनु पर्छ, दिलशोभा भएकैले त्यसमा छुट पाउने भन्ने प्रश्नै आउदैन !
तर ति कुराहरुमा पनि यदि नियतबस गरिएको हैन भने न्युनतम सजाय दियर सुझाव सहित “आमघर” लाइ बरु कुनै निकाय अन्तर्गत राखेर नियमन गर्ने वा कसैले कानुनी रुपमा सहयोग गर्दिने तरिकाले संरक्षकत्व गरिदिने हो भने उनले गरेको समाज सेवालाई निरन्तरता दिनु पर्छ भन्ने मेरो व्यक्तिगत मान्यता ! कमसेकम पनि कानुनी प्रक्रिया पुर्याएर त्यो काम लाइ निरन्तरता दिनु पर्छ भन्ने लाग्छ मलाइ !
Its praise worthy article. My opinion on Dilshova may also determined by pre existing opinion, But I am sure that Dilshobha would not have been the front page story if she issue was just related with the rescue of kids. The story has been unnecessarily sensitized with pre existing opinion.
अनुशन्धान मुलक लेख पद्न मजा लाग्यो र जानकारी पनि भयो| धन्यवाद कृष्णजीलाइ , मनोविज्ञान तपाइको बिषय भयकोले दुइ प्रस्न सोध्न मनलाग्यो |
१) के emotional थिन्किंग pattern , मानिषको सिक्ष्या र ज्ञानको इस्तरले निर्धारण गर्छ कि यो सोभाव genes ले वा अरुकुनै कारणले ?
२) जस्तो मेरो केसमा चै, म हरेक कुरालाइ पहिला जुन fact प्रस्तोत भाको छ तेस्लाई मानेर अनि अरु facts अनुसार पछि feedback र update गर्छु| जस्तोकि यो दिल्शोवा काण्डमा मलाई दिल्शोवा अरॊपि हुन् र उनले गलत काम गरेको छिन जस्तो लाग्छ र पछि उनको audio recording सुन्धा, यौन दुराचारको तेस्तो पुस्टि हुन्न भन्ने लाग्यो, तेस्तै भारतका गुरु असाराम बपूको काण्ड सुन्दा पनि मलाई, असाराम दोषी हुन सक्छ भन्ने नै पहिलो धारणा बन्यो |
यो थिन्किंग pattern लाइ कसरि हेरिन्छ मनोविज्ञानमा ?
निक्कै रोचक प्रस्तुतिको लागि डा. कृष्ण ‘सुमन’ लै धेरै धेरै धन्यवाद | यो लेख अति उपयोगी छ | सबैले एक पटक ध्यान दिएर पढेर मात्र कमेन्ट गर्नु होला | हचुवाको भरमा नगर्नु होला |
कृपया जनता को मनोबैज्ञानिक बिस्लेशन गर्नु भन्दा बरु आफु लाई सधै सत्य का मशिहा ठान्ने पत्रकार हरु को Egomaniac Syndrom को analysis गरिदिनु होला | आफुले भनेकै ठिक्क हुनु पर्छ भन्नु पनि मनोरोग हो नि होइन र ?
शिशिर जी, यहाँ लडाई पत्र कर र दिल शोवा को होइन, पत्र कर को पनि गल्ति छ नभएको कुरा ( यौन दुराचार ) भनेर. त्यस बापत उनि हरु लाई सजाय हुनु पर्छ | तर त्यसको मतलब या पत्र कर या दिल शोवा ठिक होइन, दुवै बेठिक हुन् र दुवैले आफ्नो करनी को फल भोग्नु पर्छ