Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ब्यालेन्स ट्रान्सफरमा पनि शुल्क ठटाउन छाडेन एनसेलले

Posted on March 6, 2014March 6, 2014 by Salokya

ncell2 एक जनासँग अहिले नै तु कुरा गर्नुपर्‍यो तर ब्यालेन्स सकिन लाग्यो। रिचार्ज कार्ड किन्न कहाँ जाने अहिलेको अहिल्यै ? राति पसलहरु बन्द भएको पनि हुनसक्छ।

यस्तो खालको अवस्थामा- हतार हुँदा, अप्ठेरो पर्दा साथीभाइ वा आफन्तसँग केही रकम आफ्नो मोबाइलमा सार्न मिल्ने सुविधा एकदम उपयोगी हुन्छ। त्यसैले प्रिपेड मोबाइल चलाउनेहरुलाई ब्यालेन्स ट्रान्सफर नभई नहुने त हैन तर एउटा आवश्यक सहयोगी सुविधा हो। नेपाल टेलिकमले प्रिपेड मोबाइलमा यो सेवा धेरै अघिदेखि दिँदै आएको थियो। यो सातादेखि निजी क्षेत्रको अर्को मोबाइल कम्पनी एनसेलले पनि यस्तो सेवा सुरु गरेको छ।

ncell1
तर एनसेलले यो सुविधा आफ्ना ग्राहकलाई उपहारस्वरुप फ्रिमा दिन लागेको भने हैन।

यो सेवा दिएवापत् उसले प्रति ट्रान्सफर सर्भिस चार्ज भन्दै एक रुपैयाँ ठटाउनेछ। त्यो एक रुपैयाँ त एनसेलले पाउने मात्र भयो। यसमा अझ कर पनि जोड्नु पर्छ। करवापतको रकम पनि तपाईँकै ब्यालेन्सबाट कटाइनेछ।

टेलिकमले वर्षौँअघिदेखि यो सुविधा निःशुल्क दिइरहेको छ। प्रमुख प्रतिस्पर्धी कम्पनीले निःशुल्क दिइरहेको उस्तै खालको सेवामा समेत शुल्क लगाएर एनसेलले आफ्ना ग्राहकलाई ‘मैले चाहे जे पनि गर्न सक्छु’ भन्ने सन्देश दिएको छ।

पक्कै पनि एनसेलका पक्षमा बोल्न खटाइएकाहरुले तर्क गर्नेछन्- पैसा लिन्छ भने नचलाए भइगो नि !

यो अर्को हेपाहा तर्क हो। ग्राहकले सकेसम्म धेरै सुविधा खोज्नु सामान्य हो। त्यसमाथि प्रतिस्पर्धी कम्पनीले दिएको सुविधा आफूले चलाउँदै आएको कम्पनीले पनि दिए हुन्थ्यो भन्ने चाहना राख्नु अन्यथा हैन। विभिन्न कारणले ग्राहक एउटा कम्पनीको मोबाइलसँग जोडिएको हुन्छ। त्यो ‘लोयलिटी’लाई कायम राख्न सक्नु पर्छ। हैन ग्राहकको बाध्यतालाई बन्धक बनाएर अनेक थरिका शुल्कले रेट्न थाल्यो भने अविश्वास उब्जन्छ। त्यो अविश्वासले कालान्तरमा घाटा पुर्‍याउने अरु कसैलाई हैन, त्यही कम्पनीलाई हो।

के एनसेलले यति सुविधा निःशुल्क दिन सक्दैन थियो होला त ? के प्रतिस्पर्धी कम्पनीले निःशुल्क दिँदै आएको सुविधा एनसेलले दिँदा ठूलै आर्थिक भार पर्थ्यो होला त ? उसको नाफामा ठूलै ह्रास आउँथ्यो होला त ? यो सामान्य प्रश्नको उत्तरले पनि एनसेलले ग्राहकको विश्वासप्रति गरिरहेको खेलवाडलाई प्रष्टसँग बुझ्न सकिन्छ।

37 thoughts on “ब्यालेन्स ट्रान्सफरमा पनि शुल्क ठटाउन छाडेन एनसेलले”

  1. Pankaj says:
    March 13, 2014 at 9:48 am

    Better use NT and if possible use Postpaid NT GSM. Feel the difference. No hidden cost, quality service at very less cost. I’m using it since last 4 year and never faced a problem. Call rate are so cheap, cannot be compared with anyother service. Moreover, recent 3G service from NT is awsome. So instead of falling trap in blackhole of NCELL “Here for Nepal, नेपाल लुट्न कै लागि” , use national operator NT.

    Reply
  2. ram magar says:
    March 11, 2014 at 5:10 pm

    पैसा लुट्न को लागि त ब्यालेन्स ट्रान्सफर सेवा राखेको नि . येन सेल ले कुन चै सुबिधा निसुल्क दिएको छ र ? येन सेल लुट्न कै लागि .

    Reply
  3. Rohit shrestha says:
    March 11, 2014 at 2:40 pm

    Ncell ले मेडिया मा propaganda war को लागि assistanat specialist पनि तोकेको छ गोपाल जस्तो मान्छे ? wah Ncell Wah !!

    Reply
  4. Rohit shrestha says:
    March 11, 2014 at 2:05 pm

    गोपाल को नाम Ncell पाल हुनु पर्ने, Ncell ले पालेको भएर…..खित खित खित.. म त हाँसेरै मर्ने भयो !

    Reply
  5. सन्देश says:
    March 7, 2014 at 4:47 pm

    यो गोपाल भन्ने मान्छे पक्कै पनि Qatar मा चाही होइन बरु Ncell मा बसेर बर्षको 50 lakh BONUS खाने मान्छे हुनु पर्छ

    Reply
  6. Arun Mahara says:
    March 7, 2014 at 10:15 am

    यो त देख्ने गरि ठटाएको शुल्क भयो दाइ… नदेख्ने गरि, था नपाउने गरि पनि त एन-सेल ले कति असुल्छ असुल्छ नि ….. साच्चिकै हो… एन-सेल नेपाल लुट्न कै लागि….

    Reply
  7. Ribhala says:
    March 7, 2014 at 5:10 am

    प्राधिकरण लाई पनी नेपाल का मिडिया हाउस लाई जस्तै किनेको छ होला नी डलर ले $=Ncell

    Reply
  8. Gopal says:
    March 7, 2014 at 1:56 am

    साथी हो , मलाई सबै ले खुब मजा ले गाली गर्नु भयेछ , तर मा ncell को दलाल होइन , मा कतार मा कामदार हो , यहाँ कतार मा २ ओटा फोन कम्पनी हरु छन् , vodaphone र oredoo ( Q tel ) दुवै कम्पनी ले ब्यालेन्स ट्रान्सफर मा कतारी रिअल ०.५० ( नेपाली १४ रुपया ) बराबर को सुल्क काट्ने गर्छन/ तेइ आधार मा भनेको हु / फेरी सबै ले सदै फ्रीमा पाइञ्छ र खाम्ला भन्ने बनि सुधरेकै राम्रो होला ….

    Reply
    1. रविकिरण says:
      March 7, 2014 at 9:43 am

      अनि के कुवाको भ्यागुता जस्तो कतारलाई नै ‘सबै ठाउँ’ देख्नुभा त ?
      कतारमा केटीहरुले बुर्का लगाएर हिँड्नु पर्छ, सबैमा त्यही गर्नुपर्‍यो ?
      कतारमा कट्टर मुस्लिमहरु बस्छन्, के सबै ठाउँमा त्यही गर्नुपर्‍यो ?
      कतारमा काम गर्न बसेको मान्छेले त्यहाँका दुई वटा मोबाइल कम्पनी देख्दैमा संसारको देखे जस्तो ‘सबै ठाउँ’ मा त्यस्तै भन्न पाइन्छ ?
      तपाईँ नेपाली कि कतारी ? कि कतारको नागरिकता लिन भ्याइसक्नुभो ?
      नेपालमै नेपाल टेलिकम र स्मार्ट टेलिकमले ब्यालेन्स ट्रान्सफर गर्दा शुल्क लिँदैन त । के अब कतारमा हाड घोटेर दुई चार पैसा कमायो भन्दैमा त्यहीँका कम्पनीले जस्तो यता पनि लिनुपर्छ अनि अरु कतारमा काम गर्न आउन नपाएका तपाईँकै गाउँका दाजुभाइहरु मारमा परुन् भन्ने तपाईँले चाहेको हो ? हैन भने किन शुल्क लिनुपर्छ भन्ने तर्क गर्नुभएको ?

      Reply
      1. Gopal says:
        March 7, 2014 at 10:34 am

        ओह मिस्टर , धेरै ठुलो न पल्तिनुस, तपाई पो कति नै देश घुम्नु भयो होला र ? नेपाल को २/४ ओटाजिल्ला घुमेर आफु लाई समुद्र को व्हेल माछा नसम्झे हुन्छा / अरु लाई जथावाबी गाली गर्दै मा आफु ठुलो भैएदैन / बस मा खलासी ले १ दिन भाडा लिन बिर्सेयो भने आफ्नु दिन लक्की भएको ठान्ने तपाई जस्तै कन्जुस हरु ले गर्दा देश बिग्रेअको हो , सेवा पनि चाहिने , अनि फ्री पनि ??? १ रुपैया तिर्न नसक्ने ले के मोबाइल चलाउने , NCELL ले सेवा लिन जबर्जस्ति गरेको त छैन होला नि , १ रुपैया तिर्न नसके , ट्रान्सफर सेवा नलिनु ni , या जहाँ जहाँ फ्री मा पैन्छा तेइ सिम चलाउनु , भुक्कड़ हरु ………………………..

        Reply
        1. रविकिरण says:
          March 7, 2014 at 10:58 am

          ओ मिस्टर एनसेलको दलाल
          कतारबाट भनेर झुटो बोलेर सहानुभूति पाउँछ भन्ठानेको ? अब त खुलिहाल्यो नि सबै कुरा ।
          कतारमा भएको भए के खान एनसेलको दलाली गरिरा ?
          कसले कसलाई गाली गरेको छ ?
          कतारमा बसेर दलाली गर्‍यो भन्दैमा अरुलाई कञ्जुस भन्ने ? एक रुपियाँ तिर्न नसक्नेले के मोबाइल चलाएको भन्ने ?
          देशका अरु सबै मोबाइल कम्पनीले फ्रिमा दिएको सेवालाई पैसा लिनै पर्छ, शुल्क लिनै पर्छ भनेर कतिसम्म एनसेलको दलाली गर्न सकेका ए बिकेका आत्मा ?
          तिमेरु जस्ता दलालले काँध थाप्दैमा झुट सत्य हुँदैन बुझ्यौ

          Reply
        2. हरि साह says:
          March 7, 2014 at 10:59 am

          यो गोपाल भन्नेलाई कतारमा जस्तो दलाली गरेको अपराधमा ढुङ्गाले हान्नुपर्ने रङ्गशालामा राखेर अनि चाल पाउँथ्यो बजियाले
          खुब नेपाल र नेपालीको अपमान गरिरहेको छ

          Reply
    2. महेन्द्र says:
      March 7, 2014 at 11:01 am

      काम गर्ने कतारमा फूइँ के जाति अमेरिकाको विश्वकै सबैभन्दा धनी बिल गेट्सको भन्दा ठूलो
      अलिकति कतारी रियाल कमाउँदैमा उपभोक्ता अधिकारका लागि आवाज उठाउने सारा नेपालीलाई गरिब कञ्जुस देख्ने
      धाक भन्दा धक्कु ठूलो
      हिँड्न लाग्दा खुट्टा लुलो

      Reply
    3. amrit subedi says:
      March 7, 2014 at 1:26 pm

      गोपाल जी गफ नदिनु न, Qtel to Qtel ब्यालेन्स पठाउदा कुनै सुल्क लाग्दॆन , मैले सधै बिस रियल तिरेर बिस रियल नै ब्यालेनस ट्रान्सफर गराउने गरेको छु !

      Reply
  9. Rajendra says:
    March 6, 2014 at 8:18 pm

    Lets get the facts straight. Its not illegal to charge money for your services. Its just not competitive for this particular case! दुरसंचार प्राधिकरणले हेर्नु पर्ने हो यो — यस्तो यस्तो सुविधाको लागि पैसा लिन नपाईने भनेर ।

    Reply
  10. anuj says:
    March 6, 2014 at 4:22 pm

    हो भन्या
    अस्ति बलांस सक्कियेरा ncell ले २० रुपिया सापटी दियो… एकछिन त वाह वाह भा थियो… तेस पछि त साला एकै छिन् मा त्यो २० रुपिया पनि सकियो…. काहा सकियो कसरि सक्कियो अत्तो पत्तो छैन अझै सम्म… मेरो iphone मा भूत लाग्यो कि ncell लाग्यो ठम्याउनै सकिन… बिचरा म

    Reply
    1. अनुपराज says:
      March 6, 2014 at 4:49 pm

      कुकुर लै घिउ पचेन भने जस्तै तपाइको आइ फोन लाई एनसेल नपचेको होला 😀

      Reply
      1. anuj says:
        March 7, 2014 at 9:48 am

        मेरो iphone लाइ कुकुर भन्ने? तैत
        हुन त हो, आफु संग नभा अंगुर अमिलो नै हुन्छ 😉

        Reply
  11. bibek dhakal says:
    March 6, 2014 at 4:20 pm

    एन सेल चलाउन छोडेर जी एस एम पोस्टपेड चलाउन थालेको ठ्याक्क २ महिना भएछ र यसो हिसाब गर्दा पहिलेको तुलनामा आधा फोनको पैसा बचेको छ र गफ पनि मजैले भाको छ
    : D

    Reply
  12. Bikash says:
    March 6, 2014 at 4:11 pm

    एनसेल ले पोस्ट- पेड सेवा मा पनि ढाड नै सेक्ने दोहोरो अद्रिश्य शुल्क लिन्छ देखाउने दात र चपाउने दात फरक छ ।

    Reply
  13. माधव मोरङे् says:
    March 6, 2014 at 3:58 pm

    यी गोपाल जी पक्कै पनि एनसेलका हनुमान हुन नत्र किन पैसा काट्दा नि काट्न मिल्छ भन्थे यिनले । नेपालमा एनसेलका ग्राहक तब सम्म एनसेलको सिमकार्ड बोक्छन जबसम्म एनसेलले ठगेको पत्तो पाउँदैनन् भन्ने मलाइ लागेको छ । त्यसैले अर्को विकल्पको बारेमा आजैदेखि सोचौ साथी हो ।

    Reply
  14. रामचन्द्र says:
    March 6, 2014 at 3:37 pm

    मोवाईलको सिम त्यस्को । सिममा चार्ज गरिने पैसा त्यस्को । त्यस्कै कम्पनीको मोवाईल नम्बर बाट त्यस्कै कम्पनीको मोवाईल नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्दा पनि के को चार्ज हो फेरि ? लुट्नु त लुट्नु अली पच्ने गरी लुट्नु नि । लाज सरम केहि छैन । अनि यो गोपाले कहाँ बाट सहि थाप्न झुल्केको नि फेरि ?

    Reply
  15. surendra subedi says:
    March 6, 2014 at 3:08 pm

    प्रायोजक मा एनसेल नेपाल को नम्बर एक कम्पनि कसरि भएको रहेछ भन्ने कुरो जनता ले बुझे कि बुझेनन्?जनता को ढाड सेकाउने अनि पैसा कमाएर प्रायोजक बनेर नेपाली अनि नेपाल लाई गुण लगाए जस्तो गर्ने यो बहु-रास्ट्रिय कम्पनि को नियत के हो भन्ने सबै ले बुझ्ने बेला हो कि होइन?

    Reply
  16. Bhola Koirala says:
    March 6, 2014 at 3:04 pm

    गोपाल भनेको होइन यिनि, यिनि दलाल हुन NCELL को…जहाँ पनि शुल्क काट्छ भनेको कहाँ हो गोपाल दलाल……नेपाल टेलिकम ले पनि काट्छ र ? अब कुखुरा मरयो भन्दा पनि काल पल्क्यो भनेर डर मान्नु पर्ने हुन्छ । यस्को सिको गर्दै नेपाल टेलिकम ले पनि ब्यालेन्स ट्रान्सफर गर्दा पैसा काट्ने ब्यबस्था गरयो भने ……?

    Reply
  17. Sisir says:
    March 6, 2014 at 2:29 pm

    तेसै भनेको होइन ” NCell नेपाली लुत्नको लागि “

    Reply
  18. दामोदर says:
    March 6, 2014 at 2:20 pm

    नेपालमै स्मार्ट सेलले पनि त फ्रिमा ब्यालेन्स ट्रान्सफर सुबिधा दिन्छ । तेस्मा त अझै बोनसै बोनस आउँछ । यो एनसेल मात्र हो ठूलो हुने ।

    Reply
  19. Vinayak says:
    March 6, 2014 at 2:14 pm

    मेरो फोनको क्रेडिट अर्को फोनमा पठाउँदा किन शुल्क + tax लाग्ने? मैले पहिले नै ncell को सेवा शुल्क + tax तिरिसकेको छु, हैन र? मलाई यो कुरा उपभोक्तालाई सताउने भन्दा अरु केहि लागेन. सेवामुखी हुनुभन्दा ढेवामुखी! सबै कुरा फ्री गर्देउ भन्न खोजेको होइन, एउटा कुराको लागि लागि पटक पटक पैसा नलिएको राम्रो!

    लोकप्रियता + सकारात्मक प्रतिक्रियाले अन्त्यमा फाइदा ncell लाई नै हुने हो, किन कुरा नबुझेको होला!

    Reply
  20. anjan says:
    March 6, 2014 at 12:40 pm

    बाहिर बाट ट्रान्सफर गर्दा ३-५ सम्म लिन्छ ncell ले १.२३ लियो. तर साथी हरु लै फ्री हुनुपर्ने थ्यो.

    Reply
  21. Bikesh says:
    March 6, 2014 at 12:37 pm

    एनसेल नेपाल लूट्न कै लागि।

    Reply
  22. Anurodh says:
    March 6, 2014 at 12:30 pm

    एनसलेले थाहा पाउने भन्दा थाहा नपाइने तरिकाले पैसा असुल गर्छ ।

    Reply
  23. bhagwan says:
    March 6, 2014 at 12:28 pm

    यो मात्रै कहाँ हो र, यता unlimited internet package भन्ने अनि validity एक महिना रे data volume 1GB रे जम्मा Rs. 699* मा, यो कसरी र कुन तरिका को unlimited package vayo मलाई त अचम्मै लग्यो, खुलेआम ठगेको देख्दा … किन मौन होला सबै जना.

    Reply
  24. Gopal says:
    March 6, 2014 at 12:15 pm

    के हो पारा ? जे पनि फ्री मा चाहिने ?? ब्यालेन्स ट्रान्सफर गर्दा त जहाँ पनि सुल्क काटी हाल्छ नि !! नेपाल मा मात्रै हो र ??

    Reply
    1. रविकिरण says:
      March 6, 2014 at 12:28 pm

      उ आयो एनसेलको दलाल
      शुल्क नकाटे ग्राहकलाई सुविधा हुन्छ भन्दा शुल्क लिनै पर्छ भन्ने मान्छे पक्कै पनि ग्राहक त होइन । आइज मेरो पैसा काट केही भन्दिनँ भनेर ग्राहकले त भन्दैन । त्यसैले यो कूतर्क गर्ने एनसेलको दलाल हो भन्ने त प्रष्टै भो ।
      यसले भनेको कुरामा ध्यान दिउँ अब । यो भन्छ- ब्यालेन्स ट्रान्सफर गर्दा त जहाँ पनि सुल्क काटी हाल्छ नि !! नेपाल मा मात्रै हो र ??
      यो ‘जहाँ पनि’ भनेको कहाँ रहेछ हँ ? नेपालमै नेपाल टेलिकमले त काटेको छैन त बाबा । जहाँ पनि को कुरा किन ? जहाँ पनिमा नेपाल र नेपाल टेलिकम पर्दैन ? नेपालकै एउटा कम्पनीले फ्रि दिन सक्छ भने तिमीहरुको मालिकको कम्पनीले किन दिन सक्दैन ? हजार रुपियाँको हड्डी कम्पनीले फालिदियो भन्दैमा करोड ग्राहकलाई घाटा हुने कुरा लेख्न तिम्रो हात थर्थराएन ?
      विदेशमा एनसेल जस्तो ठग कम्पनीहरुले काट्ला तर धेरै राम्रा, ग्राहकलाई सुविधा दिने कम्पनीले काट्दैनन् ।

      Reply
      1. robei says:
        March 6, 2014 at 7:59 pm

        टेले सोनेरा NCELL को बाउ कम्पनि अजरबैजान तिर काट्छ होला,(दलाल) हनुमानले तेहि भन्या होला।

        Reply
    2. Samjhana says:
      March 6, 2014 at 5:25 pm

      This guy is Gopal Chapagain working as Assistant Specialist at Ncell.

      Reply
    3. santosh pokharel says:
      March 6, 2014 at 5:52 pm

      के हो गोपाल जी हावा कुरा गर्ने ?? ग्राहकले recharge card किन्दानै शुल्क +tax तिरेको हुन्छ अनि आफ्नै पैसा साथीलाई सापटी दिदा charge+tax service provider लाई किन ??यो त लुट भयन र ?????? गोपाल जी कुरा बुजेर मात्र बोल्नुस है नत्र गारो पर्ला …………..

      Reply
    4. Rakesh says:
      March 7, 2014 at 10:01 am

      साइप्रसमा पनि फ्री छ यो सुबिधा
      Ncell ठग कम्पनि हो.
      अस्ति मेरो सिममा दुइ वटा bonus थियो एउटा १ महिना को validity अर्को १ हप्ताको .
      मैले फोन गर्दा पहिला १ महिना validity भएको बोनस काटियो. मैले ग्राहक सेवामा कल गर्दा
      सिस्टममा येस्तै छ भनेर जवाफ दियो

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme