Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हो, मैले साझा सवाल छाड्ने निर्णय गरेँ- नारायण श्रेष्ठ

Posted on March 5, 2014March 5, 2014 by Salokya

narayan तीन किसिमका अन्तर्वार्ता नेपालमा हेर्न/सुन्न पाइन्छ। एउटा- अन्तर्वार्ता दिनेको बेस्कन झाँको झार्ने, दोस्रो- अन्तर्वार्ता दिने मान्छेभन्दा बढी आफै बोलेर आफ्नो विद्वता प्रदर्शन गरी आफ्नो कुरा मनाउन/भनाउन लगाउने, तेस्रो- हाँसी हाँसी नम्र भाषामा अन्तर्वार्ता दिनेलाई भित्तैमा पुर्‍याउने गरी प्रश्न सोध्ने।

नारायण श्रेष्ठ तेस्रो किसिमको अन्तर्वार्ताका लागि प्रख्यात छन्। करिब सात वर्षदेखि ‘साझा सवाल’मा उनले आफ्नो यही ‘ब्रान्ड’ उचाइमा पुर्‍याएका छन्। देशका कुनाकुनामा रेकर्ड गरिने छलफल मोडलको कार्यक्रममा आफू पनि बोल्न पाउने र आफूले बोल्न नसकेका कुरा अभिव्यक्त गर्ने माध्यमका रुपमा नारायणलाई धेरैले लिन्छन्। यो सेलिब्रिटी स्टायटसलाई चटक्क छाडेर उनी ‘साझा सवाल’बाट बाहिरिएका छन्। स्थापना कालदेखि संलग्न उनको अन्तिम कार्यक्रम चैत १६ गते प्रसारण हुनेछ। किन छाड्दै छन् त उनले ‘साझा सवाल’ ?

नवलपरासीमा मतदातासँग कुरा गर्दै नारायण श्रेष्ठ।
नवलपरासीमा मतदातासँग कुरा गर्दै नारायण श्रेष्ठ।

किन छाड्न लाग्नुभएको साझा सवाल ?

आज बिहान मैले उनलाई मोबाइलमा यही प्रश्न सोधेको थिएँ।

“पुग नपुग ७ वर्ष काम गरियो। अब आफ्नो प्रोफेसनल करिअर डेभलपमेन्टमा पनि ध्यान दिउँ जस्तो लागेकोले विदेशमा अध्ययनका लागि छाड्न लागेको हुँ। अर्को, यत्रो वर्षसम्म काम गरियो। सँधै एउटै काम गर्दा ‘यस्तै त हो’ भन्ने भावना पनि मनमा पलाउने रहेछ। त्यही भएर पनि छाड्ने निर्णय गरेको हुँ,” उनले भने।

केही अघि मात्रै साझा सवालबाट सम्पादक ध्रुवहरि अधिकारी अलग्गिएका थिए। सम्पादक खोज्दै गरेको निर्माता बीबीसी मिडिया एक्सनले अहिलेसम्म पाएको छैन। लगत्तै फेरि प्रस्तोता नारायण श्रेष्ठ पनि अलग्गिने खबर आएको छ। के भइरहेको छ आखिर ? तपाईँ असन्तुष्ट त हुनुहुन्थिएन नि भन्ने प्रश्नमा उनले यत्तिमात्रै भने, ‘त्यति धेरै असन्तुष्टि त हैन।’

‘सेलिब्रिटी स्टायटस’
गोरखाको सदरमुकामबाट धेरै टाढा घ्याल्चोक गाविसमा जन्मिएका नारायण श्रेष्ठले गाउँकै सरकारी विद्यालय ज्ञानमार्ग माविमा शिक्षा लिएका हुन्। साइन्स पढ्ने धोको थियो। तर खर्चले धान्न नसकेपछि उनी आरआर क्याम्पसमा पत्रकारिता पढ्न पुगे।

आरआर कलेजबाट पत्रकारितामा सबैभन्दा बढी अङ्क ल्याउने नारायण श्रेष्ठ (दायाँ) नेपाल प्रेस इन्स्टिच्युटको  पत्रकारिता तालिममा पहिलो हुने बालकृष्ण बस्नेतसँग कान्तिपुरले दिएको पुरस्कार लिइसकेपछि फोटो खिचाउँदै। फोटो सौजन्यः बस्नेतको फेसबुक
आरआर कलेजबाट पत्रकारितामा सबैभन्दा बढी अङ्क ल्याउने नारायण श्रेष्ठ (दायाँ) नेपाल प्रेस इन्स्टिच्युटको पत्रकारिता तालिममा पहिलो हुने बालकृष्ण बस्नेतसँग कान्तिपुरले दिएको पुरस्कार लिइसकेपछि फोटो खिचाउँदै। फोटो सौजन्यः बस्नेतको फेसबुक

२०५७ सालमा आरआर कलेजमा पत्रकारिता विषयमा ‘टपर’ भएपछि उनले कान्तिपुर पत्रकारिता पुरस्कार पनि पाए। त्यसपछि उनी नेपाल वातावरण पत्रकार समूहले सञ्चालन गर्ने रेडियो सगरमाथा र आँखिझ्याल कार्यक्रममा प्रस्तोताका रुपमा सार्वजनिक भए। वातावरण र दीगो विकाससम्बन्धी विषयले प्राथमिकता पाउने ‘आँखिझ्याल’ कार्यक्रम नेपाल टेलिभिजनमा प्रसारण हुन्थ्यो। नेपालको पहिलो सामुदायिक एफएम रेडियो सगरमाथा भने काठमाडौँ उपत्यकामा सीमित थियो।

आफैले चलाएको साझा सवालको पहिलो कार्यक्रमको रेकर्ड हेर्दै
आफैले चलाएको साझा सवालको पहिलो कार्यक्रमको रेकर्ड हेर्दै

नरम र मीठो स्वरका धनी नारायणलाई त्यतिबेलै धेरैले चिन्न थालिसकेका थिए। तर उनलाई लोकप्रियताको चुलीमा पुर्‍याउने काम भने ‘साझा सवाल’ ले नै गर्‍यो। कार्यक्रम प्रस्तुत गर्ने उनको अरुभन्दा भिन्न शैलिलाई धेरैले मन पराए। कान्तिपुर टेलिभिजन र देशका विभिन्न जिल्लामा बज्ने एफएमहरुले प्रसारण गर्ने यो कार्यक्रमपछि उनलाई सबैले चिन्न थाले।

‘हो, यही कार्यक्रमले मलाई चिनाएको हो,’ उनी स्वीकार्छन्, ‘तरकारी किन्न जाँदा, माइक्रो बस चढ्दा, पेट्रोलको लाइन बस्दा धेरै जनाले तपाईँ नारायण जी हैन भन्दै बोल्न आउँछन्, कोही हेरिरहन्छन्, कसैले बोलुँ बोलुँ झैँ गर्छन्। कार्यक्रमबारे बताउँछन्, सुझाव दिन्छन्।’

‘देश कसरी चल्दोरहेछ बुझेँ’
narayan1देशका ६५ जिल्लामा पुग्नुभयो, यति धेरै वर्षसम्म यस्तो सफल कार्यक्रम चलाउनु भयो। यो बीचमा तपाईँको अनुभव कस्तो रह्यो त भन्ने प्रश्नमा उनले एउटा रमाइलो प्रसंग बताए।

“मलाई धेरै पहिलेदेखि, पत्रकार बन्नुभन्दा पहिलेदेखि नै एउटा जिज्ञासा थियो- आखिर देश कसरी चल्दो रहेछ ? नेपाल कसरी चलिरहेको छ ? मतलब प्रशासनिक, राजनीतिक, विकास, नीतिनिर्माण आदि सबै कुरामा। यो कार्यक्रमका क्रममा देशभर गएपछि, नीति निर्माण तहका उच्चपदस्थ कर्मचारीदेखि राजनीतिक नेतृत्व, प्रधानमन्त्री-मन्त्रीसमेतसँग छलफल चलाएँ।”

“सबैतिर हेर्दै जाँदा लाग्यो- यो देश त पशुपतिको कृपाले चल्दो रहेछ। कसैले चलाउने नै हैन रहेछ। त्यो गाउँतिरको पानी हुन्छ नि, कसैले केही नगर्दा पनि त्यो ओरालो-ओरालो आफै लाग्दै गइरहेको हुन्छ। त्यस्तै रहेछ। कुलो खनेर पानी लगाउने कोही रहेनछ।”

केही समयपछि अमेरिकामा

कवि पनि हुन् उनी। उनको दोस्रो कविता संग्रह 'साक्षी' तीन वर्षअघि सार्वजनिक भएको थियो।
कवि पनि हुन् उनी। उनको दोस्रो कविता संग्रह ‘साक्षी’ तीन वर्षअघि सार्वजनिक भएको थियो।
दर्शकले रुचाएका यी प्रस्तोतालाई अब फेरि कहिले हेर्न पाइन्छ त ?

मलाई अब केही समय पढ्ने रहर छ। अझै धेरै कुरा बुझ्नु छ जस्तो लागेको छ। त्यसैले केही समयपछि म अमेरिका जाँदैछु। त्यहाँ केही वर्ष लाग्ला।

अनि अमेरिकामै हुँदा त्यहाँको अनलाइन मिडियामा प्रस्तोताका रुपमा आउने संभावना छ ?

त्यस्तो त छैन रे। प्रस्तोता कै रुपमा नभए पनि लेख्ने मात्रै कामबाट भए पनि उपस्थिति जनाइराख्न सकिन्छ होला, उनी भन्छन्।

लेख्ने भए त माइसंसारमा पनि ब्लग आउने संभावना छ ?

उनी भन्छन्, ‘पक्कै छ।’

प्रस्तोता खोज्दै बीबीसी मिडिया एक्सन
नीतिगत असहमति जनाउँदै ध्रुवहरि अधिकारीले असारमा राजीनामा दिएपछि सम्पादक खोज्दैको हैरान लागेको बीबीसी मिडिया एक्सनलाई अब प्रस्तोता पनि खोज्नुपर्ने नयाँ काम आइपरेको छ।

प्रस्तोता खोज्नका लागि उसले चाँडै नै विज्ञापन छाप्दैछ।

बीबीसीले चलाउने गैर नाफामूलक संस्था बीबीसी मिडिया एक्सन (यसअघि बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट) ले नेपालमा चलाइरहेको अरु दुई प्रोजेक्ट रेडियो कार्यक्रम ‘कथा मिठो सारङ्गीको’ र ‘सारङ्गीको भलाकुसारी’ जुलाई महिनाको अन्तिम साताबाट बन्द भइसकेको छ। बजेट कटौतिका कारण यी कार्यक्रम बन्द गरिए पनि ‘साझा सवाल’ भने अझै जारी छ।

नारायणको राजीनामा पछि साझा सवालमा कस्तो प्रस्तोता ल्याउने, नयाँ प्रस्तोताले उनको शैलि कायम राख्न सक्ने कि नसक्ने, कार्यक्रमको फरम्याट नै चेन्ज गर्ने कि आदि सवालमा छलफल भइरहेको छ।

१४ मार्चमा विदाइ, ३० मार्चमा अन्तिम कार्यक्रम
साझा सवालको टिमले नारायण श्रेष्ठलाई आउँदो १४ मार्च (फागुन ३० गते) औपचारिक विदाइ गर्दैछ। तर उनी संलग्न अन्तिम कार्यक्रम रेडियो र टेलिभिजनमा भने ३० मार्चमा प्रसारण हुनेछ।

अप्रिलदेखि साझा सवालमा नयाँ प्रस्तोता देखिने छन्।

तपाईँलाई साझा सवाल कार्यक्रममा नारायण श्रेष्ठको प्रस्तुति कस्तो लाग्थ्यो ? यो कार्यक्रममा अब को नयाँ प्रस्तोता देखिएला ? नयाँ प्रस्तोताले नयाँ ढंगले कार्यक्रम चलाउनु पर्ला कि नारायणकै जस्तो शैलि अपनाउनु पर्छ ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्।

नारायण श्रेष्ठको विदाइबारे बीबीसी मिडिया एक्सनको लन्डन कार्यालयले जारी गरेको विज्ञप्ति

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
साझा सवालबाट प्रस्तोता नारायण श्रेष्ठको बिदाइ
२० फागुन २०७०
बीबीसी मिडीया एक्सनले, सात वर्षदेखि उत्पादन गर्दै आएको कार्यक्रम साझा
सवालका प्रस्तोता एवं वरिष्ठ निर्माता नारायण श्रेष्ठले, आफ्नो पदबाट बिदा
लिनुभएको छ। श्रेष्ठको साझा सवालमा सुरुदेखिनै संलग्नता थियो।

साझा सवालले पहिलोपटक टेलिभिजन र रेडियो मार्फत नेपालीलाई आफ्ना नेता र
नीति निर्माताहरुसँग छलफल गर्ने मौका प्रदान गर्‍यो। २०६४ साल कार्तिक २३
गते कार्यक्रमको पहिलो अंकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग
पूर्वका जनताको बहस गराइएको थियो। साझा सवालको पहिलो अंकमा
अल्पसंख्यक, भूमिहीन लगाएत अन्य समुदायका हक(अधिकार कसरी नयाँ
संभिधानमा सुनिश्चित गर्ने भनी बहस भएको थियो।

त्यस दिनदेखि अहिलेसम्म नेपालका ६५ जिल्लाका दुर्गम क्षेत्रसम्म पुगी श्रेष्ठले
साझा सवालको ३०० भन्दा धेरै अंक रेकर्ड गराइसक्नुभएको छ। कार्यक्रमले
देशको लोकतान्त्रिक परिवर्तनलाई नजिकैबाट पच्छ्याएको छ। गरिब र
अल्पसंख्यक समुदायका मानिसलाई विभिन्न दलका शिर्ष नेता, नीति निर्माता तथा
त्यसको कार्यन्वयन गर्नेहरुसँग बहस गराएको छ।

साझा सवालको चुनाव र मताधिकार सम्बन्धि एक अंकको प्रसारण पश्चात,
मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन, काठमान्डौ र अन्य जिल्लामा ठूलो
संख्यामा जनसमुदायको घुइंचो लागेको थियो। कार्यक्रमले धेरैका जीवनमा
सकारात्मक परिवर्तन ल्याएको छ।

कार्यक्रमको पहुँच देशको सिमाना भन्दा पनि पर पुगेको छ। नारायण श्रेष्ठ र
उनका समुहले बेलायत, अमेरिका, जापान र दक्षिण कोरिया जस्ता मुलुकमा
बसोबास गरिआएका प्रवासी नेपालीहरुसंग पनि कार्यक्रम रेकर्ड गरेको छ। सन २०१३ मा
कतारमा बनाइएका तीन कार्यक्रमले वैदेशिक रोजगारका लागि गएका
नेपाली कामदारका चुनौतीबारे छलफल चलाएको थियो।

साझा सवालमा आफ्नो नेतृत्वदायी भूमिका र बितेका समयको स्मरण गर्दै श्रेष्ठ
भन्नुहुन्छ, “यो मेरो जीवनको विशेष र असाधारण समय थियो। मैले यसरी धेरै
मानिसका विचारलाई संकलन र प्रसारण गर्न पाएकोमा म धेरै गौरवान्वित छु र
आफुलाई सम्मानित ठान्दछु। सात बर्षको निरन्तरतापछि, अब नयाँ चुनौती र
अवसरको आवश्यकता पनि महसुश गरेकोछु। यो बीच मैले नेपालमा एक
परिवर्तन देखें। अहिले मानिसहरु कुनैपनि निर्णय र नीतिका सम्बन्धमा नेताहरुलाई
चुनौती दिने क्षमता राख्छन्। हामीले कार्यक्रम सुरु गर्दा यस्ता दृश्य दुर्लभ थिए।”

साझा सवालबाट बिदा लिएपछि श्रेष्ठ थप शिक्षा लिन विदेश जाने योजनामा
हुनुहुन्छ।

बीबीसी मिडीया एक्सन नेपालकी राष्ट्रिय निर्देशक, मोना
लाक्जो भन्नुहुन्छ, “नेपालमा एउटा विश्वासिलो घरायसी नाम बन्न सफल बनेका
नारायणलाई हामी सम्मान व्यक्त गर्दछौं र उहाँप्रति हामी कृतज्ञ छौं। उहाँले
देशका निर्णयकर्ता र जनताबीचको अन्तरलाई कम गर्न, मद्दत पुर्‍याउनु भएको छ
विशेषगरी त्यस्ता जनसमुदायलाई जसले आफ्नो कुरा सुनाउने मौका पाइरहेका
थिएनन्।”

साझा सवालको हरेक आइतबार साँझको प्रसारण जारी रहने छ र एउटा नयाँ
प्रस्तोताको खोजी पनि सुरु भइसकेको छ। कार्यक्रमको लगभग ६० लाख दर्शक
श्रोता छन् र यो कान्तिपुर टिभी, बीबीसी नेपाली सेवा र २५० भन्दा बढी एफ
एम स्टेशनबाट पनि प्रसारित हुन्छ।

सम्पादकलाई टिप्पणी
• बीबीसी मिडीया एक्सन बीबीसीको अंतरराष्ट्रिय विकासशील परोपकारी
संस्था हो। गरिबी न्यूनीकरणका लागी सहयोग पर्‍ुयाउन र मानिसलाई
आफ्नो हक(अधिकार बारे अवगत गराउन, हामी संचारको शक्तिमा विश्वास
राख्दछौं। हाम्रो उधेश्य विश्वब्यापी रुपमा मानिसलाई सूचना दिनु, एक
आपस बीच सम्पर्क गराउनु र मानिसहरुलाई सशक्त बनाउनु हो। हामी
मानिसलाई घटना बारे अवगत गराउन र बहसमा बाँधिन सहयोग गर्दछौं,
र मानिसका जीवन सुधार्न पहल लिन्छौं।

• बीबीसी मिडीया एक्सन, बेलायती सहयोग नियोग DFID, युरोपेली
युनियन EU, संयुक्त राष्ट्र संघ UN का निकायहरु र अन्य परोपकारी
संस्थाहरुबाट उपलब्ध भएका अनुदान र स्वेच्छिक योगदानबाट चलेको
संस्था हो। दर्ता नंबर 1076235।

105 thoughts on “हो, मैले साझा सवाल छाड्ने निर्णय गरेँ- नारायण श्रेष्ठ”

  1. Yadab says:
    April 21, 2014 at 10:51 pm

    यो पनि प्रशारण योग्य बिषय हो जस्तो गरि मूल पत्रकारिता बाट बाहिर पारिएका तर समाजको महत्तोपुर्ण पाटाहरुलाई नारायण जीले जसरि उजागर गर्दै हुनुनथ्यो तेस्ले निरन्तरता नपाउने हो कि भन्ने संका उब्ज्येको छ , आशा गरु यो कार्यक्रमले अर्को सबल पत्रकार जन्माओस.
    भोलि का दिनमा अझ ससक्त पत्रकारिता सहित नारयण जी को पुनरागमन हुने आश गर्दै , उहाको अध्ययन भ्रमण सफल रहोस यही छ शुभकामना

    Reply
  2. sheela says:
    April 18, 2014 at 1:02 pm

    नारायण जी को बयर गमनको समाचारले दुखि त अवश्य बनायो तर अब तपाइको अमेरिका यात्रा ले अत्त्यन्तै खुशि बनाएको छ | अमेरिकामा गएर अध्यन त धेरै ले गरेका छन् तर तपाई ले एस्तो अध्यन गर्नु पर्छ जसले अमेरिकामा रहेका प्रत्यक नेपालीको dukha लाई उजागर गर्न सकोश | तपाइको बोलीको मिठास,लामो साधनको अनुभव र बौधिक छ्यमता को पारखी पन ले त्यहाँ बशेका नेपालीको अवस्था लाई सहि ढंग ले प्रस्तुत गरि दर्शक समू ल्याई दिनु हुन्छा भन्ने आशा राख्दा छौ |

    Reply
  3. Pawan Basnet says:
    April 12, 2014 at 12:00 pm

    नारायण दाई को कार्यक्रम सुन्दा लग्थ्यो, यो मान्छे नेपाल्मा जन्मिना योग्य मन्छे त होईन कहाँअबाट यहाँ आयो होला ? ? सायद misplace भएर नेपालमा जन्मेको होला । पक्कै पनि भ्गवान ले भूल्सुधार प्रकाशन गरेर उन्लाई अब उतै लादै छन । किनकी उहको Over Qualificationभयो, जस्लाई नेपाल्मा ठाउँ छैन । ।

    Reply
  4. Ramesh says:
    April 2, 2014 at 6:47 am

    जुन सुकै संस्थामा व्यक्तिको ठुलो भूमिका हुन्छ भन्ने कुरालाई नकार्न सकिदैन तर त्यो भूमिकालाई निती नियमले बाधेर राख्न सक्नुपर्छ अर्थात व्यक्ती भन्दा निती नियम माथि हुनुपर्छ। वि वि सि नेपाली सेवाको निती यो हुन सक्नुपर्दछ कि श्रोतालाई नारायण श्रेष्ठको कमी महशुस हुन दिनुहुदैन। यो वि वि सि नेपाली सेवालाई चुनौती पनि हुनेछ

    Reply
  5. vishal bhattarai says:
    March 24, 2014 at 10:44 am

    अब साझा सवाल सुन्न को लागि आइतबार पर्खिनु परेन . बेलैमा बिस्तारा तिर लागिन्छ आफ्नो निद्रा पुरा गरिन्छ

    Reply
  6. asun says:
    March 23, 2014 at 3:18 pm

    साझा सवालमा नारायण श्रेष्ठको प्रस्तुति गहन बिषय-बस्तुलाइ सरल भाषामा देसका हरेक नागरिकले बुझ्ने गरि संचालन गर्नु भयो तेस्को लागि, एक सलुत ! अब समय अनुरुप हरेक मान्छे सदैब एकै स्थानमा रहन नसकी रहेको पनि हुन्छ ! तसर्थ, सुभ-यात्रा यहालाई अमेरिकाको !

    Reply
  7. nabin aryal says:
    March 12, 2014 at 4:26 pm

    सारै दुख लग्यो नारायण जी को यो खबर सुन्दा …

    Reply
  8. bijaya sapkota says:
    March 10, 2014 at 1:38 pm

    नेपाली पत्रकारिता जगत मा तपाइको अभाव गज्ज़ब ले महसुस हुनेछ….

    Reply
  9. ShantiRam Basnett says:
    March 9, 2014 at 2:22 pm

    अब साझा सवाल सुन्न को लागि आइतबार पर्खिनु परेन . बेलैमा बिस्तारा लागिन्छ

    Reply
  10. achut says:
    March 9, 2014 at 1:33 pm

    सहि निर्णय नारन’जी…’साझा सबाल’ मा तपाई सफल प्रस्तोता हो येति मै सिमित नहुन खोज्नु नै समय संगै आफुलाई परिबर्तन गर्दै लानु हो,अहिले सम्म को ‘साझा सबाल’ को लागि धन्यवाद,उज्जल भबिस्य को लागि शुभ कामना..पलायन चै नहुनु है/

    Reply
  11. Pingback: MySansar English » Blog Archive » Good Bye, Narayan !
  12. राम चन्द्र says:
    March 8, 2014 at 11:40 am

    साझा सवाल कार्यक्रम छाअड्नेकुराले जती दुखित तुल्यायो तेती नै देस छाड्ने कुराले मर्माहात बनायो नारन भाई ।

    Reply
  13. bijaya sundash says:
    March 8, 2014 at 3:06 am

    नारायण भइ लाई सुभकामना नेपाली को हरेक दुखसुख सबैले बुज्नी कुरागर्ने सजासवाल कारेक्रेम ले हप्ताभरी को थकाई मेतठो अब चै खोइके खोइके अब नया आउने प्रस्तोतालाई सुभकामना नारायण कै सैलिरहोस अमर रहोस सजासवाल जय नेपाल

    Reply
  14. jiban adhibasi says:
    March 7, 2014 at 11:48 pm

    तपाइले साझा सवाल छोड्छु भन्दा खुसि पनि लाग्यो र दुख पनि! सात बर्सको निरन्तरतालाइ र म जस्तो पारखी को पर्तेक हप्ताको पर्खाइको आशालाई चटक्कै बिर्सेर जादै गर्नु भएकोमा दुखीत् छु भने उच्च अध्यन को लागि बिदेस जाने निरय लिनु भएको मा खुसि पनि छु! अबको यात्रा पाइला अघि सारी सके पछि फेरी तेही ठाउमा फर्केर आउने कुरै हुदैन तेसैले अबको पाइला भनेको bijaya कुमार को दिशा निर्देश भन्दा नि आज बलियो हुनुपर्छ! म सदैब तपाइको नया कार्यक्रम को पर्खाइमा रहने छु!

    Reply
  15. Lakshman says:
    March 7, 2014 at 10:23 pm

    नारायण जी लाइ बधाई र शुभकामना पनि , तपाइको विनम्रता कहिले पनि नगुमोस , सरलता कहिले पनि नहराओस , स्वर माधुर्य कहिले पनि नघटोस , तपाइको पत्रकारिता यात्रा ले सिखर चुमोश , यहि शुभकामना /
    साझा सवालमा नारायण जी को ठाउँ कसैले पनि लिन सक्दैन , त्यो कुरा घाम जस्तै छर्लंग छ / तै पनि बाध्यात्मक विकल्पको रुपमा हामी केहि नाम हरु लिन सक्छौ , दिल भुषण पाठक , प्रेम बानिया , तर हामीले भनेर मात्रै भयन , जागिर दिने र लिने ले पनि मान्नु पर्यो /

    Reply
  16. Rajesh rai says:
    March 7, 2014 at 7:30 pm

    साझा सवाल कार्यक्रमको दुर्भाग्य हो/

    Reply
  17. U-day says:
    March 7, 2014 at 4:53 pm

    कुरा के भने साझा सवालको माध्यमबाट जनताले आफ्नो हक र अधिकारको बारेमा राम्रो संग बुझेका छन् देशको परिस्थिति संग परिचित भैसकेका छन् नेपाली जनताको अस्तित्तो पनि यो पटक को चुनाब बाट नेत्रित्योमा जान चाहने नेता ज्यू हरुले बुझेकै होलान भबिष्यमा पनि चुनाब आउलान भनाइको मतलब विभिन्न मेडियाको माद्ध्यमबाट जनता सुसुचित भैसकेका छन् तेसैले जनता बिबेकसिल छन् र आफ्नो बिबेक राम्रो संग बुझेर मात्र प्रयोग गर्छन भन्ने कुरा नेत्रित्तोमा जान चाहनेले वा जानेले बुझ्ने कहिले हो ? तेसैले म भन्छु असल मेडिया सम्पूर्ण विकासको सम्बाहक हो
    धन्यवाद नारायण ज्यू को प्रतिभालाई

    Reply
  18. Ashok says:
    March 7, 2014 at 1:03 pm

    “सबैतिर हेर्दै जाँदा लाग्यो- यो देश त पशुपतिको कृपाले चल्दो रहेछ। कसैले चलाउने नै हैन रहेछ। त्यो गाउँतिरको पानी हुन्छ नि, कसैले केही नगर्दा पनि त्यो ओरालो-ओरालो आफै लाग्दै गइरहेको हुन्छ। त्यस्तै रहेछ। कुलो खनेर पानी लगाउने कोही रहेनछ।”

    Well said and written. am totally agreed.

    Reply
  19. Krishna Thapa says:
    March 7, 2014 at 5:48 am

    Good luck and wish you all the best!

    Reply
  20. jyoti says:
    March 7, 2014 at 12:43 am

    ऋषि धमला लाई दिनु पर्छ,हाहाहा!! नारायण श्रेष्ठ सारै राम्रो प्रस्तोता हुनुहुन्थ्यो .तपाईंको अब साजा सवाल छोडने कुराले मलाई धेरै निराश बनायो!!

    Reply
  21. Mk says:
    March 6, 2014 at 11:49 pm

    मान्छे को जुनीमा सकेसम्म धेरै कुरा गर्नु पर्छ ; तर कतै गएर आफ्नो अस्तित्तो नै विलिन गरि बस्नु चाहि हुन्न नि / धेरै ज्ञान हासिल गरि ,नेपाल नै फर्की सेवा गर्नु होला/ ज्ञानी हरु धेरै भई दिए , देश उन्नति हुन कति वेर लग्छ र ? येहा लाई अग्रिम सुभकामना /

    Reply
  22. Lohani Indra says:
    March 6, 2014 at 10:26 pm

    अरु त के भनौं र खोइ, नयाँ प्रस्तोतामा ऋषि धमला आयो भने चाहिं अबको साझा सवाल फुटेको गमला जस्तै हुने हो कि भन्ने शंका लागिराछ

    Reply
  23. Ram Nepali says:
    March 6, 2014 at 10:25 pm

    मलाई मान्छे बिशेषको बारे मा त केहि भन्नु छैन राम्रो प्रस्तोता हुनु हुन्छ तर साझा सवाल कार्यक्रमको format चै चित्त बुझ्दैन
    यसले खाली समस्या उजागर गर्ने तर सच्चिकै समाधान दिन चाहि कहिल्यै नसक्ने र मानिसमा सबै तिर अस्त बस्त छ भन्ने र नैराष्यता छाउने काम मात्र गर्ने गर्छ।
    समस्या छ भने सके जति समाधान गर्नु पनि कार्यक्रमको भाग हुनु पर्छ।

    खाली समस्या उचाल्ने अनि छोडिदिनाले त बहस बिचार मात्रले केहि तुक नभएकले त देश बिकास नभएको
    बिशेष गरी बिदेशमा बस्नेले नेपालमा के के समस्या छन नेपाल फर्कन किन ठिक छैन वा नेपाल मा यस्तो छ,खत्तम छ भन्ने सन्देश पाएको देखिन्छ
    केहि नमिठो लागे पनि खाँटी कुरा यहि नै हो ,like dislike तपाई नै सोच्नुस

    Reply
    1. प्रेम पुन मगर says:
      March 8, 2014 at 8:06 pm

      राम जि, उनि देशको निति‌-निर्माता,मन्त्रि या कुनै प्रशासन चलाउने हाकिम होईनन,अनि कसरी आफूले देखेका समस्याहरुलाई हटाउन या मेटाउन सकुन त?मिडिया या पत्रकारिताको कर्तब्यनै देखेको कुरा,लुकेको रहस्य र तथ्य-सत्य खोजेर जनता सामू राखिदिनु हो।

      यदि मुखभरि मोसो लागेको मान्छेलाई”तिम्रो मुखमा त मोसो लागेको छ नि”भनि दियो भने खोलोमा गएर कालो मुख पखाल्ने उसकै काम हो तर कसैको कुराको वास्ता नगर्ने या मुखमा मोसो लागेको थाहा दिने मान्छेलाईनै पानी बोकेर ल्याईदिन लगाउने मान्छे कति सार्हो मुर्ख,अल्छि र लाल्ची हो त्यो भनि रहनु पर्ने कुरा होईन। बिडम्बना नारायण सरले भने जस्तै नेपालमा भएका राजनीति आवरण ओढेका नेताहरु,उच्च ओहोदामा टाँसिएका हाकिमहरु,सुकिला-मुकिला हुनेखाने र बिद्धान भनाउदाहरु जस्लाई देश,जनतापर्ति कुनै उत्तरदायित्व हुनु पर्दैन केवल उ आफू र आफ्नो मान्छेले मोजमस्ति गर्न पाए पुग्यो।

      साझा सवालबाट अलग्गिए पनि नारायण सर कुनै न कुनै रुपबाट कुनै दिन नेपालीसामू फर्केर आउनु हुनेछ भन्ने आशा राख्दै उहाँको उत्तरोतर प्रगतिको कामना गर्दछु।

      Reply
      1. Ram Nepali says:
        March 11, 2014 at 8:45 pm

        कार्यक्रममा समस्या सँगै तपाईले के गर्नु हुन्छ त भनेर केहि बाचा गराउन सकिन्छ
        सम्बधित निकायमा गएर follow up गर्न सकिन्छ
        कार्यक्रमको format मा नै “अब के त” ,”अब के गरिन्छ त” भन्ने section राख्न सकिन्छ
        कार्यक्रममा नै समस्यामै केन्द्रित गर्न भन्दा समाधान मा केन्द्रित गर्न सकिन्छ
        बोलाउन नै खाली बिचार बहादुरलाई बोलाउने भन्दा केहि गर्न सक्नेलाई बोलाउनु पर्छ bbc को कार्यक्रमा प्रधान मन्त्री सम्म पनि आउन नमान्ने कुरै छैन।
        तसर्थ पत्रकारको काम समस्या देखाउने मात्र त पक्कै होईन समधान गर्न घच्घचाउने पनि हो।
        माथि ७ डिसलाईक हान्ने जसरी अब यो भन्दा केहि हुदै सक्दैन भन्ने सोच राख्ने हो भने त हुदैन उपाय खोजे गर्न सकिने धेरै छ।

        Reply
    2. neeraj says:
      March 28, 2014 at 10:43 am

      यसले खाली समस्या उजागर गर्ने तर सच्चिकै समाधान दिन चाहि कहिल्यै नसक्ने र मानिसमा सबै तिर अस्त बस्त छ भन्ने र नैराष्यता छाउने काम मात्र गर्ने गर्छ। अति नै चित्त बुझेन यार ……………. समाधान तिर चै तपाई लागे कसो होला बरु ………

      Reply
  24. bibek dhakal says:
    March 6, 2014 at 8:11 pm

    नारायण श्रेष्ठलाइ रिप्लेस गर्न सक्न मान्छे सजिलै त कहाँ भेटिएला तर मेरो नजरमा एकजना योग्य पत्रकार भने छन् – सिटिजन एफ एममा “तपाइंको आवाज” कार्यक्रम प्रस्तोता परशुराम मराशैनी| उनको प्रस्तुति सुन्ने साथीहरु पक्कै मसंग विमति हुनुहुन्न होला तर जो साथीहरुलाइ उनको बारे थाहा छैन, एकपटक त्यो कार्यक्रममा उनको प्रस्तुति, जवाफ, सिष्टता र मिठो बोलिलाइ मुल्यांकन गर्नु हुन अनुरोध गर्दछु| हुन त रेडियो मा कार्यक्रम चलाउनु र साझा सवाल जस्तो लोकप्रिय कार्यक्रमको प्रस्तोता बन्नुमा फरक त हुन्छ नै तर मेरो बिचारमा मौका पाएको खण्डमा मरासिनी जी अब्बल कहलिएका पत्रकार भन्दा योग्य छन्|

    Reply
  25. Sisir says:
    March 6, 2014 at 2:41 pm

    नारायण श्रेष्ठ एउटा ब्रान्ड नै भै सकेका थिए .. सायद त्यो (साझा सवाल ) कार्यक्रममा अब आउने नया प्रस्तोतालाई ठुलो चुनौती हुनेछ ..

    Reply
  26. देवेन्द्र says:
    March 6, 2014 at 11:35 am

    नारायण सर को हामी प्रतीक्षा गरिरहने छौ उहाँलाई सफलताको सुभकामना

    Reply
  27. bhim Devkota says:
    March 6, 2014 at 11:11 am

    नारायण जी पछुताे हाेला नी । यतीकाे उचाई कही पाउन साहेद सक्दैनाै हाेला । साे थिङ्क ओनस अगेन .

    Reply
  28. Hari Nimras Kulung says:
    March 6, 2014 at 10:49 am

    यो खबर सुनेपछी साह्रै दु:ख लाग्यो , शायद उहा जस्तो प्रतिभाशाली र बौद्धिक पत्रकार कमै होलान । सधा सधा उहालाई सफलता मिलिरहोस् ।।। नारायण सर लाई सलाम छ /

    Reply
  29. सत्य नारायण शाह says:
    March 6, 2014 at 8:40 am

    नारायण जी को प्रस्तुती कौशल बाट म सार्है प्रभावित छु। उहाँले पुर्ण व्यावसायिक धर्मको पालना गर्दै सर्ब साधारण नेपाली को तेस्रो अँखा को रूपमा सदैब कार्य गर्नु भएकोमा उहाँलाई धेरै धन्यवाद छ ।उहाँ कार्यक्रम छोड्न लाग्नु भएको ले दुख हुनु बिल्कुलै स्वभाबिक हो तर आफ्नो वृत्ति बिकाशको लागि जान्दै हुनुहुन्छ त्यस्को लागि धेरै धेरै शुभकामना छ ।पुनः उहाँ ले नेपाली समाजलाई सेवा गर्नु हुनेछ भनी कामना गर्दछु ।

    Reply
  30. Prem Rana.( London ) says:
    March 6, 2014 at 6:44 am

    Dear Naran ji.
    I enjoyed very much your program Sajha sawal, it was really popular and effective, your proformence was really high standard, thank you so much for your effort I wish you a very successful life, we need a person like you to build up our nation, hope you to be in this post soon again in future.
    Thank you.

    Reply
  31. Tham Bahadur Gurumg says:
    March 6, 2014 at 6:32 am

    नमस्कार नारायण श्रेस्ता सर आज यो सारै नमिठो समाचार सुनिन्दा जो नेपाल देशको सम्पूर्ण देश्बाशी लाई दुखि बनाई दिनु भाको छ . आर्को गौरवको कुरा मलाई यो फीलिंग भैरहेको छकि तपाईं हाम्रो जिल्ला गोर्खा बाशी हुनुहुँदो रहे छ यसमा मलाई सारै गौरव छु अब सहेत तपाइको जस्तो सैली भावना भएको व्यक्ति मिल्नुलाई मुस्किल्नै पर्ला बि बि सझासवल लाई धन्यबात. नारायण जी को उज्जल भबिस्य को
    कामना गर्दछु .

    Reply
  32. Bishnu Lamichhane says:
    March 6, 2014 at 6:28 am

    नारायण जी को उज्वल भबिस्यको शुभकामना ……..!!

    Reply
  33. chan Gurung, sydney says:
    March 6, 2014 at 5:20 am

    I am very sad with your resignation Narayan Ji, keep in touch with the public like us and share the things rhat you know.you are great.. all the best for your future.

    Reply
  34. Ram says:
    March 6, 2014 at 5:13 am

    He is going to America not for further study but in a DV lottery program. जय हो अमेरिका !

    Reply
  35. max says:
    March 6, 2014 at 4:50 am

    “तीन किसिमका अन्तर्वार्ता नेपालमा हेर्न/सुन्न पाइन्छ। एउटा- अन्तर्वार्ता दिनेको बेस्कन झाँको झार्ने, दोस्रो- अन्तर्वार्ता दिने मान्छेभन्दा बढी आफै बोलेर आफ्नो विद्वता प्रदर्शन गरी आफ्नो कुरा मनाउन/भनाउन लगाउने, तेस्रो- हाँसी हाँसी नम्र भाषामा अन्तर्वार्ता दिनेलाई भित्तैमा पुर्‍याउने गरी प्रश्न सोध्ने।

    “नारायण श्रेष्ठ तेस्रो किसिमको अन्तर्वार्ताका लागि प्रख्यात छन्।”

    वहा ले गर्नु भाको शोद्परक र बस्तुमुल्क कार्यक्रम नै वहा को छबि हो नेपाली समाज मा .

    ‘देश कसरी चल्दोरहेछ बुझेँ’:

    “सबैतिर हेर्दै जाँदा लाग्यो- यो देश त पशुपतिको कृपाले चल्दो रहेछ। कसैले चलाउने नै हैन रहेछ। त्यो गाउँतिरको पानी हुन्छ नि, कसैले केही नगर्दा पनि त्यो ओरालो-ओरालो आफै लाग्दै गइरहेको हुन्छ। त्यस्तै रहेछ। कुलो खनेर पानी लगाउने कोही रहेनछ।”

    its reality. तर के गर्नु हाम्रा बजे हरु नेता छन् , नया जोश जागरले देश बन्छ र चल्छ भन्ने हमर बजे हरुले भुले . उनि हरु त बाँस को खम्बा न हुन्न, जति खेर पनि ढल्न सक्छन.

    नारायण जी को योगदान को कदर गर्दै, wishes to him for the continuity of higher quality journalism even in America. If he will be in Harvard university that will be great for him for his international career.

    धन्यवाद तपाई को योगदान लाई

    Max

    Reply
  36. Paras khadka says:
    March 6, 2014 at 3:45 am

    नारायण श्रेष्ठ जी नभए पछि साझा सवाल नामको कार्यक्रमको कुनै अर्थ छैन । नुन विनाको तरकारी झै । बरु नया प्रस्तोता आए पछि कार्यक्रमको नाम पनि फेर्दा राम्रो होला । अध्ययनको लागी विदेश जानु भए पनी , पछि नेपालमा नै फर्कि देश र जनताको सेवा गर्नुहुन अनुरोध गर्दछु र सफल भविस्यको कामना गर्दछु ।

    Reply
  37. Amrit ( uk ) says:
    March 6, 2014 at 3:41 am

    नारायण श्रेष्ठ जी म साझा सवाल कार्यक्रम ko श्रोता हु मेरो सारै मन पर्नी कार्यक्रम हो तपाई मार्फत को साझा सवाल अब देखन नपाई नि भो सारै नमजा हुने भो जे होस् तापी को भबिस्य को शुभकाना

    Reply
  38. Jillabasi baburam says:
    March 6, 2014 at 12:32 am

    नारायण श्रेष्ठको साझा सवाल बिबिसी रेडियो बाट सुन्न र युट्युब मार्फत देख्न पाउँदा एकदमै आनन्द आउंथ्यो| मृदुभाषी र करुण नारायणभित्र पत्रकारितामा धेरै आगाडी बढ्न सक्ने चिल्लो पात प्रस्टै देखिन्छ! उनले अमेरिका गएर गहिरो अध्ययन गरी नेपालै फर्की नेपालको सेवा गरुन र अझै चम्कुन तर अमेरिकामा मुगलाने नहुन!
    All the best !

    Reply
  39. Shankar says:
    March 6, 2014 at 12:22 am

    राम्रा मान्छे थे, हाम्रा कुरा अगि ल्याउथे , जाने भए , दुख लागेको छ |
    नया जिन्दगीको सुभकामना |

    Reply
  40. नीराजन शिरीष says:
    March 5, 2014 at 11:59 pm

    एकपटक उहाँसँग म फेसबुकमा जोडिएको थिएँ । त्यतिखेर उहाँलार्इ मैले दशैको शुभकामना पठाएको थिएँ गजलको रूपमा उहाँले केहि समयपछि त्यसको जवाफ दिनुभएको थियो । यसले मलार्इ कवि लेखनाथ पौड्यालको कवितांश – फलेको हाँगो कहिले छ र ननुही रहेको याद दिलाएको थियो । उहाँको सरलता, नम्र र भद्रपनले मलार्इ पछि सम्म पनि प्रेरित गरिरहनेछ ।

    Reply
  41. अनन्त भट्टराई says:
    March 5, 2014 at 11:51 pm

    अब त बिबिसीको साझा सवाल सुन्नुको मजा नै नआउने भयो ।नारायण श्रेष्ठजस्तै निष्पक्ष, सरल, बौद्दिक, सारै मीठो स्वरका घनी व्यक्ति बिबिसीले पाउन कठीन छ ।

    Reply
  42. Arzun-Boston says:
    March 5, 2014 at 11:42 pm

    Such a wonderful anchor who can analyze the case in a microlevel.. will miss his program…Good luck and see u in America..

    Reply
  43. Manoj Khanal says:
    March 5, 2014 at 11:08 pm

    नारायण श्रेष्ठजीसंगको सामिप्यता पनि करिब त्यहि सात बर्ष नै भयो होला जति बेला उनी पत्रकारिताको छ महिने तालिममा अमेरिका थिए / तर यो नया खबरले साझा सवाल प्रति मेरो क्रेजलाई भने पक्कै खलबली ल्याई दिएको छ / एक किसिमले म खुशी छु उनी उच्च तालिम र ज्ञानले अझ तिखारिने छन् / उनिको पत्रकारितामा अझ निक्खार आउने छ अनि यो बिचको ग्यापलाई पुर्ने छन् / अर्को हिसाबले त दुखि बनाई सके जो उनको निर्णयले अबका प्रत्येक शृंखलामा उनको सुमधुर बाक्य सुन्न नपाइने भयो / नेपालको सम्प्रतिमा हरेक बिषयको गहिराई सम्मको micro अध्ययन गरेर समाजमा राजनैतिक तथा सामाजिक ब्बंसा रुपी अनुहारलाई बि बि सी को प्रचलित कार्यक्रम “साझा सवाल” मार्फत उजागर गर्ने उनको प्रत्येक अंकहरु वास्तबमा धेरै सान्दर्विक थिए, ज्ञानले भरिपुर्ण थिए / हामीले देखि सकेका छौ, उनको कृषिसंग सम्बद्ध कुनै भाग हेर्ने नेपाली दाजुभाईहरु अरबको कुनै राष्ट्रमा रगत र पसिना बगाउन छोडेर आफ्नै गाँउमा केहि गर्न सकिञ्छ भनेर कम्मर कसेका कति उदाहरण छन् / अन्त्यमा, उनको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनहरुमा पनि मेरो दिमागले नारायण श्रेष्ठलाई कुनै न कुनै रुपमा टिवी र कम्पुटरको स्क्रीन को अगाडी देख्न पाइयोस परदेशीको तर्फबाट यहि छ शुभकामना /

    Reply
  44. Surendra says:
    March 5, 2014 at 10:57 pm

    Narayan ji was really a good presenter with soft voice and smile. His style of asking questions and pull out information from interviewee was admirable. Good luck for your future endeavor. You will get even better positions after having further degree and exposure.

    After Narayan, I see some hope from Dil Bhusan Pathak to lead Sajha Sawal if given chance. Or, there might be some hidden talents whom we have never known (like Narayan was before he came to Sajha Sawal).

    Reply
  45. Nil Godar ( kaji ) dhading Doha Qatar says:
    March 5, 2014 at 10:38 pm

    नारायण जी नमसकार म साजा सवालको नियमीत दर्शक हु
    your voice and motivated we always remember forever .
    I do wish you and the way every success in all its future endeavors.
    Best of luck

    Reply
  46. harka shrestha says:
    March 5, 2014 at 10:08 pm

    मलाई कसै ले नारायण श्रेष्ठ को फोन न दिनु न यक्चोती नेबेदन गर्छु तेस्ठो नगर्नु भेनर ?नारायण बिना को सजा सवाल खल्लो हुनी छ .

    Reply
  47. Ram B Adhikari says:
    March 5, 2014 at 8:40 pm

    नारायण श्रेष्ठको अनुपस्थितिमा कहिलेकाही रबिन्द्र मिश्र जीले संचालन गरोको साझा सवाल सुन्दा मलाई अल्लि खल्लो लाग्थ्यो |

    Reply
  48. prabin says:
    March 5, 2014 at 8:12 pm

    ohh no this is totally sad news we really gonna miss you narayan ji we ever gonna see like you in nepalese media you are the best honest reality and straight forward journalist i ever seen i never miss your your programme and i always thoroughly enjoyed your programme ,,,please please return soon wish too see you in this field soon and best of luck on your course …..

    Reply
  49. rajesh npj says:
    March 5, 2014 at 7:57 pm

    I think this is good for you & your carrer. we must leave our existing place to move forward. I hope you will get whatever you deserve. wish you a beautiful & favorable world ahead. and thank you for giving us a memorable program ever.

    Reply
  50. deepak says:
    March 5, 2014 at 7:56 pm

    कस्तो नरमाइलो लाग्यो हो यो नेपाल मा राम्रो पत्रकार टिक्नै गार्हो भयो यसको मर्म बुझ्नु पर्छा सबैलाई चेतना भया..नारायण जी गुड लक्क !!

    Reply
  51. Badri Poudel says:
    March 5, 2014 at 7:54 pm

    We मिस्स u .रेअल जोर्नल .जनताको साथी .कुशल प्रस्थोता.

    Reply
  52. Happy Sharma says:
    March 5, 2014 at 7:49 pm

    मुख्य कारण नारायण श्रेष्ठले साझा सबल छोडनुमा यो सुधिर बस्नेत ले उसको ८० लाख खाइदियो, यो पैसा घर किन्ने को लागि बैना स्वरूप सुधिर लाई बुझौएको हो, यो ८० लाख नारायण श्रेष्ठले लामो समय को कमाई हो,, अब अमेरिका गएर कमाउने ऊदेश्य होला ,

    Reply
  53. Yam says:
    March 5, 2014 at 7:27 pm

    We will miss you sir

    Reply
  54. aasish switzerland says:
    March 5, 2014 at 7:25 pm

    बिबिशी को साझा सबाल र नारायण श्रेष्ठ एक अर्का का पुरक हुन्,साझा सबाल चलेको छ नारायण श्रेष्ठ को प्रस्तुति सैली र उनको नरमपना ले,छलफल मा जनतालाइ प्रत्यक्ष सहभागी गराइनु,सम्बन्धित व्यक्ति/अधिकारी लाइ जनता ले प्रत्यक्ष प्रश्न गर्न पाउनु,नारायण श्रेष्ठ का सटिक र उचित प्रश्न को सामना गर्न मंच मा बस्ने लाइ सधै हम्मे हम्मे परेको हुन्छ भने हासी हासी भित्ता मा पुर्याउने काम नारायण श्रेष्ठ ले गरेका छन्,बिगत केहि समय पहिले नारायण श्रेष्ठ बिदा मा हुदा को बेला केहि एपिसोड रबिन्द्र मिश्र ले संचालन गरेका थिए,ति एपिसोड हरु मलाइ सार्है खल्लो लागेको थियो त्यै कुरा अरु दर्शक श्रोता लाइ पनि लागेको हुनु पर्छ,नारायण श्रेष्ठ को ठाउ लिन अब आउने प्रस्तोता ले धेरै मिहिनेत गर्नु पर्ने र लगभग असम्भब प्राय देखिन्छ,नारायण श्रेष्ठ को सफल भबिष्य को कामना,
    आसिश
    स्विस

    Reply
  55. dharmendra says:
    March 5, 2014 at 7:11 pm

    नारायण जी ले “साझा सवाल ” छोडे पनि पत्रकारिता त छोड्नु हुन्न होला ! मलाई पूर्ण विश्वास छ उहा पुन ; नया कार्यक्रम लिएर केहि वर्ष मा पुन; आउनु हुनेछ ! ति वर्ष हरु हामीले miss गर्नेछौ / good luck नारायण जी
    साझा सवालले पक्कै पनि एक जना राम्रो प्रस्तोता पाउने छ ! ऋषि धमला बाहेक

    Reply
    1. harka shrestha says:
      March 5, 2014 at 9:56 pm

      कत्ति राम्रो कुरा तर नारायण श्रेष्ठ जस्तःई पाउन गारो छ

      Reply
  56. Gopal siwa says:
    March 5, 2014 at 6:32 pm

    आरआर कलेजमा पत्रकारितामा सबैभन्दा बढी अङ्क ल्याउने नारायण श्रेष्ठ भन्दा केहि ब्याच पछि आरआर कलेजमा पत्रकारिता पद्न पुगेको हाम्रो ब्याच लाई उहाको बारेमा जिज्ञाशा राख्दा बद्रि सर सधै भनु हुन्थियो पत्रकारिता पढेर मात्र हैन आफु भित्र पनि केहि गुण हुनु पर्छ (नारायण भित्र त्यो गुण छ )अनि मात्र राज्यको साचिकै चौथो अंगको पहरेदार बन्न सकिन्छ …. त्यस पछि रेडियो सगरमाथा र आँखिझ्याल हुदै साझा सवाल कार्यक्रममा प्रस्तोताका रुपमा नारायण श्रेष्ठ सधै निस्पक्ष, निडर र असल पत्रकार भएर सार्वजनिक हुनुभयो ।मुलुकमा बिधमान हरेक समस्या र यस संग आबद्ध सबै पक्षलाई एकै ठाउमा ल्याएर जसरि साझा सवालहरु गरिन्थे ति प्रस्तुतिहरु सधै सम्झन योग्य छन् …तपाइँकेा अगामी दिनहरूमा सदैंव सफलता मिलेास धेरै धेरै शुभकामना छ …प्रस्तुतकर्ता फरक भए पनि मेरो मन पर्ने कार्यक्रमहरु मध्ये एक हो साझा सवाल यसले पनि निरन्तरता पाईरहोश !!!

    Reply
  57. MS, Tokyo says:
    March 5, 2014 at 6:22 pm

    सुनेर साह्रै दुख लाग्यो/ तर पनि प्रगतिको कामना ..अझै अद्ध्यन गर्नुस अझै निखारियेर आउनुस / सुभकामना //

    Reply
  58. raju thapa says:
    March 5, 2014 at 6:12 pm

    साएद अब साझा सवाल हेरिदैन होला नारायण जी ले छोडे पछि

    Reply
  59. tirtha gurung (uk) says:
    March 5, 2014 at 5:58 pm

    दुखको कुरा भन्नि कि सुखको कुरा ,,,हामी नारायण जी ले उठान गर्नी बिसय बस्तु र प्रस्नहरुले जनताको चेतना अभिब्रिद्दी र सम्बन्धित निकायलाई प्रगति उन्मुख तर्फ़ बाध्य गराउनि बेजोड प्रस्तुतिले बर्षो देखिबाट हामीलाई ध्यानक्रिसट गराई एक भाग पनि नछुटाई सधै नया अंकको पर्खाईमा राख्न सफल सझासवल .आज एसको मुटु नारायण जीले छोड्नी यो खबरले अलि दुखित बनाएको छ ,,,खुसीको कुरा उहाले आफ्नो करियरको लागि अझ अध्यनको निम्ति बिदेस जादै हुनुहुन्छ भन्नि यो उहा आफैको लागि महत्वो र फाइदा त होला नै त्यस अध्यनले पछि फेरी नेपाली समाजको स्तारुन्नतीमा सझासवल जस्तै या सझासवल मार्फत नै पुनरागमन को अपेक्छ्या राख्दै येहको उत्तर उत्तर प्रगतिको सुभकामना म जस्ता लाखौ सझासवल र येहको प्रस्तुतिलाई माया गर्नी फ्यानहरुको तर्फ़बाट,,,,,,,,,,,,तर अब सझासवल निरन्तर अगाडी बढ्छ या बढ्दैन बढे कस्तो प्रस्तोता आउनि हो उहाको प्रस्तुति फरक भए पनि नारायणजी ले जसरि दर्सक र स्रोतको ध्यान तान्न र सझासवलको साझ जोगौना सक्छ या सक्दैन यो चुनौती चाही ठुलो छ ,आशा गरौ अब आउनिको पनि बेजोस प्रस्तुति होस्

    Reply
  60. deepak says:
    March 5, 2014 at 5:53 pm

    हाम्रो मन मा सधै रहनेछ ….

    Reply
  61. Ranjeet says:
    March 5, 2014 at 5:45 pm

    Really nice and confident reporter we miss you <<

    Reply
  62. Bishwaraj says:
    March 5, 2014 at 5:43 pm

    नारायण जी- साह्रै राम्रो निर्णय- सफलताको कामना-

    Reply
  63. unishaa rai says:
    March 5, 2014 at 5:09 pm

    नारायण जी जस्तो हाँसी हाँसी नम्र भाषामा अन्तर्वार्ता दिनेलाई भित्तैमा पुर्‍याउने गरी प्रश्न सोध्ने उहाको कला अब हामीले हराको घेरै miss गर्नेछौं……

    Reply
  64. laxmi says:
    March 5, 2014 at 4:51 pm

    नारायण जी मा यो कार्यक्रम को नियमित दर्सक हु /हुनत यो तपाइको उज्वल भबिस्य अझै चम्किलो बनाउने चाहना लाई मैले खुसि हुदै बधाई छ भन्नु पर्ने हुन्छ ,तर यो समाचारले मलाई सारै दुखि बनायो ,,तपाइको प्रस्तुती सारै राम्रो छ ,अब पर्स्तोता जुन फेरियपनि केहि नक्कल अबस्य गर्न सक्ला तर तपाई जस्तै जनताको नारायण श्रेष्ठ आउछ भन्नेमा चाहिँ हामी ढुक्क छैनौ ,प्रस्तोता फेरिने हो भने शैली पनि फेरिदा ठिक होला ताकी तपाइको शैली अरुले बेलेर हामी तपाइलाई तपाइको योगदान लाई जिबन्त बिर्शन नपरोश ,तपाई जस्तै निस्पक्ष्य पत्राकार आउला भन्नेमा चाहिँ अझै पनि मन ढुक्क छैन ,अन्तमा तपाइको पाइला -पाइला मा सफलता देख्न र सुन्न पाइयोश ,सचिनै रुन नै मन लाग्यो ,,,

    Reply
  65. Raman Dhakal says:
    March 5, 2014 at 4:12 pm

    नारायण श्रेष्ठ जीले साझा सवाल कार्येक्रम छाड्नु दुखद कुरा हो/ उनले एस कार्येक्रमको माध्यमबाट जनताका, खासगरि ग्रामिण भेकका समस्या र सम्भावनालाई उजागर गराउने काम गर्दै आएका थिए/ उनको अभाब त पक्कै पनि खड्किने छ, तैपनि उच्च शिक्षा हासिल गर्दै गर्दा होस् वा पढाई सके पछि होस् देशकै लागि काम गरुन अनि मत्रिभुमिमै फर्केर आउन तेही आशा अनि सल्लाह समेत दिन चाहन्छु/

    माईसंसारले उत्कृस्ट बिदुतिये पत्रकारिता गर्दै आएको छ, नारायणजी को एस ब्लगमा नियमित योगदान रहोस! सालोक्यजीलाई नारायंजी र वहा जस्तै इमान्दार, काबिल अनि प्राग्गिक, बौद्धिक लेखको अबसेकता छ/ नारायंजीको सफलताको कामना गर्दछु!

    Reply
  66. Aayush says:
    March 5, 2014 at 4:08 pm

    पटक्कै गाली गर्न मन नलाग्ने पत्रकार भनेका एक जना नारायण श्रेष्ठ थिए …………तिन ले पनि जागिर छोडे अब के साझा सवाल हेर्नु र खोइ ??????

    Reply
  67. Hari Prasad Pradhan says:
    March 5, 2014 at 4:06 pm

    साझा सवाल राम्रो कार्यक्रम हो

    Reply
  68. suman raut says:
    March 5, 2014 at 3:38 pm

    नारायण जी बिना को साझा सबाल खल्लो हुने कुरा मा दुई मत त पक्कै छैन तर त्यो भन्दै मा सधैं यक्लै ठाउँ मा क गर्नु बह्न्दा नया आबसर खोज्नु राम्रो हो अनि नया आउने प्रस्तोता ले आफनै शैली मा चलाउदा बेस होला

    Reply
  69. premeha says:
    March 5, 2014 at 3:30 pm

    wish to c u back in Nepal!

    Reply
  70. pradeep kc says:
    March 5, 2014 at 3:27 pm

    काला गए गोरा औछान, राजा मरेर राज्य अड्किदैन

    Reply
    1. Biswash says:
      March 5, 2014 at 7:01 pm

      You are right. But can’t get likes because people don’t wanna hear truth, they wanna hear only what they like. Don’t worry.

      Reply
  71. chandra prakash gharti says:
    March 5, 2014 at 3:26 pm

    धेरै कुरा लेखिदिनुभएकोमा सालोक्य जी लाइ धेरै धन्यबाद,
    मैले नारायण श्रेष्ठको अन्तरबार्ता खिल्दुली डट कम मा सुनेको थिय उनकै आवाजमा, पढाइको कुरा गर्दा उहाले साइन्स पढिरहनु भएको थियो अमृत साइन्समा ११ को रिजल्मा नराम्ररी फेल हुनु भएको थियो, उहालाई डिप्रेशन पनि भएको थियो येही कारणले त्यसपछि उहा साइन्स पढ्न नसकेर नै आर आर क्याम्पस जानु भएको कुरा मैले उहाकै आवाज बाट सुनेको हु…
    धन्यवाद !!
    चन्द्र प्रकाश घर्ति

    Reply
  72. राम श्रेषठ says:
    March 5, 2014 at 3:12 pm

    यस्तै हेा जिवन नारायाण, जिवन मा सधैं अगाडी बढनु परछ तेहि भएर अब अरू ज्ञान हासिल गरेर धेरै प्रख्यात मानिस बन्नुस् एउटै काममा मानिस लागेर वस्न परछ भन्ने जरूरी हुन्दैन यहि कामनाछ तपाइँकेा अगामी दिनहरूमा सदैंव सफलता मिलेास धेरै धेरै शुभकामना छ ………….. !!!

    Reply
  73. krishna says:
    March 5, 2014 at 3:11 pm

    नारायण जि बिनाको साझा सबाल…. नुन बिनाको तरकारी जस्तै हो…… साझा सबाल निरन्तर भै राखे पनि त्यो मज्जा नआउने भयो…. आफ्नो अध्यन पुरा गरेर सिध्र फेरी तपाईकै ईन्तजारमा हामि दर्शक बस्ने छौ…. best up luck narayan jee

    Reply
  74. सन्तोष says:
    March 5, 2014 at 3:02 pm

    एकचोटी TV मा चिचच्याउने प्रश्तोताको कार्यक्रम हेर्दै थियौं, त्यहाँ एकजना बृद्ध बुबाले भन्नुभो “होइन येसरी चिच्याउनु त पर्दैन हो – यो मान्छेलाई साझा सवाल देखाइदेयो न हो कसैले” ! नारायणजीको गम्भीर मुद्दाहरुलाई पनि सर्वसाधारण ले बुझ्ने शालिन तरिकाबाट कार्यक्रम परस्तुत गर्ने तरिकाले हामी सबै प्रभावित भयौं ! ७ वर्षको सफल कार्यकाल पछि अलग्गिने वहांको यो निर्णय समसामयिक हो र सम्माननीय छ ! आउँदा दिनहरु व्यक्तिगत तथा पेशागत रुपमा संधै सफल रहुन भन्ने शुभकामना!!!

    Reply
  75. Krishna KC says:
    March 5, 2014 at 2:51 pm

    म साझासवाल को नियमित स्रोता हुँ हर दिन आईताबार साँझ साझासवाल सुन्ने गर्द थे अब नारायण दाईं बिना को साझासवाल खै कस्तो पो हुनि हो मनै अफ्ठारो पो लागिराछ ।

    Reply
  76. Ratna Thapa Magar says:
    March 5, 2014 at 2:34 pm

    नारायण जी ले, अरु थप अध्ध्यन गर्नुको लागि जागिर छोडनु उहाको ब्यक्तिगत बिचार हो
    र यो कति सम्म सत्य हो या अन्य कुनै कारण छन् ? भबिस्यले बताउला!! तर उहाको अहिले सम्मको छाप, सामाजिक देन सम्पुर्ण नेपालीले भुल्ने छैनन् , अझै खारिएर या तपाइको लामो अनुभवमा के कस्तो पाठ सिक्नु भयो, कसरि थप उर्जा सहित नेपालि समाजमा प्रभाव पुराउन सकिञ्छ, अबस्य पनि नेपालि जनता तपाइको पर्खाइमा रहने छन् !! आसा गरौ तपाइको उपस्थिति फेरी पनि नेपाली जनताले पाउने छन् , र तपाइको अध्यनले सफलताको उचाइ चुमोस यहालाई शुभकामना !

    Reply
  77. SURENDRA hongkong says:
    March 5, 2014 at 2:27 pm

    पत्रकारिता को धर्म निभाउने निडर प्रस्तोता श्री नारायण श्रेष्ठ ज्यु अनुपस्थिति मा साझा सवाल नै खल्लो हुने यो अवस्था लाई पुरा गर्न अर्को पत्रकार सक्क्षम होस् र नारायण जी को पूर्ण सफलता को कामना सहित भबिस्य मा पनि नेता लाई खबरदारी अनि भ्रस्ट नेपाल का कर्मचारी हरु प्रति तपाई को तिखो प्रश्न अझ निखार भएर आउछ होला भन्ने आश गर्दछु/

    Reply
  78. sudarshan koirala says:
    March 5, 2014 at 2:25 pm

    नारायण श्रेष्ठ बिना साझा सवाल …… ?
    निरन्तर उनलाई हेरी राको भएर होला अरु ले त् गर्न सक्दैनन् कि जस्तो लाग्दो रहेछ
    हुन त यो देशमा प्रतिभाशाली मानिश हरु धेरै छन् अवसर पाए गर्न सक्छन
    उस्तै त पक्कै हुन्न अलि फरक त भै हाल्छ जेहोस कार्यक्रम को बिषय बस्तु राम्रो भाको हुदा पछि पनि राम्रै होला
    एकछिन खल्लो जस्तो हुन्छ होला २/४ भाग पछिता बानी पर्छ होला
    नारायण श्रेष्ठ लाइ शुभकामना

    Reply
  79. Harish Tauthale says:
    March 5, 2014 at 2:20 pm

    Wish you all the best Narayan jee, We hope that you will be returned to our country after completing your further study and you will keep on doing like same public program in the future too. Missing you man very badly…. Please keep on touch with us through MYSANSAAR.

    Reply
  80. Chakra Gurung says:
    March 5, 2014 at 2:08 pm

    कुरा प्रस्ट छ नारायण नभए अर्को जन्मन्छ, त्यसका लागि मा तयार छु, म सक्षम छ .

    Reply
    1. Devendra basnet says:
      March 5, 2014 at 10:24 pm

      त्यो त लेखाई हेरेरै थाहा भयोनि.

      Reply
  81. भाई says:
    March 5, 2014 at 1:53 pm

    सुन्न, हेर्न मन लाग्ने थोरै कार्यक्रमहरु मध्ये एक हो साझा सवाल ! छुट्टै किसिमको आकर्षण भएको नेपाली कार्यक्रम ! त्यो आकर्षण केवल कार्यक्रम को बनावटले मात्र त पक्कै जगाएको होइन नै! कार्यक्रम प्रस्तोताको शैली, आवाज र हाव-भावको ठुलो देन थियो कार्यक्रम मनपर्नुमा ! नारायणजीले छिट्टै राम्रो कार्यक्रम लेराउनु हुन्छ होला भन्ने आशा छ ! र साझा सवाल चलाउने नया प्रस्तोता बाट बनि उच्च शैलीको प्रस्तुतीको आशा राख्दछु |
    नारायणजीलाई एउटा सानो प्रश्न – तपाइले कार्यक्रम “पुग नपुग ७ वर्ष काम गरियो। अब आफ्नो प्रोफेसनल करिअर डेभलपमेन्टमा पनि ध्यान दिउँ जस्तो लागेकोले विदेशमा अध्ययनका लागि छाड्न लागेको हुँ। अर्को, यत्रो वर्षसम्म काम गरियो। सँधै एउटै काम गर्दा ‘यस्तै त हो’ भन्ने भावना पनि मनमा पलाउने रहेछ। त्यही भएर पनि छाड्ने निर्णय गरेको हुँ,” भन्नु त भयो, तर दुवई/कतारमा गरिएको कार्यक्रम पश्चात तपाइमा प्रत्यक्ष अप्रत्यक्ष दवाव आएको छ/थियो भन्ने सुन्निएको थियो, कतै तपाइ साझा सवाल बाट अलग्गिनुको कारण …………

    Reply
  82. Jeevan Thapa says:
    March 5, 2014 at 1:52 pm

    मलाई नारायणजी को प्रश्न सोध्ने तरिका र आवाज सारो मन पर्थ्यो अब मिस हुने भयो…

    Reply
  83. BT Malla says:
    March 5, 2014 at 1:41 pm

    नारायण श्रेष्ठ जी नभए पछि साझा सवाल नामको कार्यक्रमको कुनै अर्थ छैन / नया प्रस्तोता आए पछि कार्यक्रमको नाम पनि फेर्दा राम्रो होला. / सबैले नारायण श्रेष्ठ जी लाई मिस गर्ने छन् …साझा सवालमा ……………………………………………………………………

    Reply
  84. kusan sharma says:
    March 5, 2014 at 1:30 pm

    नारायण श्रेष्ठ धेरै सम्भावना भएका युवा हुन्,
    यसरी एकै ठाउँमा बस्दा सिर्जनसिलता
    पनि घट्ने र उनको लोकप्रियता पनि यो भन्दा अब कति बढ्नु र ?

    उनको निर्णय सहि छ,र जहासम्म साझा सवालको कुरा छ,
    नेपालमा धेरै नारायण श्रेष्ठहरु छन् जसले मौकै पाएका छैनन् l

    तिनका लागि यो अवसर पनि हो l

    Reply
  85. saru says:
    March 5, 2014 at 1:25 pm

    नारायण जी तपाई नेपाली पत्रकारको इज्जत हो . अब तपाई बिना नेपाली पत्रकार जगत नुन बिनाको तरकारी हुनेछ | तपाइको ठाउँ मा खाली खाली हुनेछ| चाहे कोहि आउन तपाई जस्तो हुनै सक्दैन सारै निरास निरास लाग्यो | तर आशा गर्छुः अझ राम्रो पढेर नेपाल फ़र्कनु र आफ्नू मिठा मिठा शब्द , मिठो स्वर हामी माझ पस्कनु हुनेछ ||

    Reply
    1. saru says:
      March 5, 2014 at 2:10 pm

      नारायण जी तपाइको प्रोग्राम आउने दिन खुसीले मन कात्ति हर्सिद हुन्थियो | तपाइले त दर्शक को मनको प्रश्न बुझेर बोल्नु हुन्थियो | मिठो स्वर का धनी तपाई कति मधुर र सुन्नेलाई पनि जागरुक पर्नु हुन्थियो | प्रोग्राम सुन्ने र हेर्ने जो कोहि को आत्म विश्वास बढाउने र हौसला दिने गर्नु हुन्थियो | यो त हाम्रो लागि ठूलो बिडम्बना भयो | सबै नेपालीहरुको माया तपाइलाई हामी तपाइको पर्खाइमा , प्रतिक्छ्या मा हुने छौ यहि चाहना छ चाडै आफ्नू अधुरो अध्यन पुरा गरि स्वदेस फर्कनुहोस ||

      Reply
  86. rajendra dhakal says:
    March 5, 2014 at 1:19 pm

    मलाई नारायण जी को कार्यक्रम सारै मन पर्छ.
    नारायण जी कै कार्येक्रम लै निरन्तरता दिनु पर्छा जस्तो लग्यो
    अब आउने परस्तोता नारायण जी भन्दा नि अझ राम्रो जनता को लागि कम गर्ने परस्तोता भए अझ राम्रो हुने थियो जस्तो लाग्छ

    Reply
  87. Hitaishi says:
    March 5, 2014 at 1:16 pm

    एउटा सुझाव दिन्छु है भाई – भएको जागिर तथा प्रतिष्ठा छोडेर विदेस नजानूस- पछि धेरै पछुताउनु पर्ला- त्यस बेला ढिलो भै सक्छ फेरि.

    Reply
  88. कुसुम ज्ञवाली says:
    March 5, 2014 at 1:13 pm

    नारायण जी, लेख्न सक्ने मान्छे, चेतना र विचार सहितको मान्छे, नेपाली संस्कृति र साहित्यलाइ पश्चिमी पाठक समक्ष प्रभावशाली ढंगले प्रस्तुत गर्न सफल हुनुहोस् मेरो शुभकामना ।

    Reply
  89. kedar says:
    March 5, 2014 at 1:12 pm

    हप्ताभरि कहिले आउला आइतबार भनेर कुरेर बस्ने एउटा कार्यक्रम नारायण श्रेष्ठ सैतको साझा सवाल अब उनि बिना कतै खल्लो त हुने होइन ?

    दर्सक र श्रोताका तर्फबाट फेरी फेरी येसरी नै भेट्न पाउने आशा गर्दै गरि मुरी मुरी धन्यबाद र उज्ज्वल भविष्यको कामना |

    Reply
  90. Nirajan Nepali says:
    March 5, 2014 at 12:56 pm

    नारायण सर नमसकार म साजा सवालको नियमीत दर्शक हु
    तपाईंले अब साजा सवाल छोडने कुराले मलाई धेरै निराश बनायो

    Reply
  91. Gautam Manandhar says:
    March 5, 2014 at 12:53 pm

    हामी तपाई लाई मिस गर्ने भयों.

    Reply
  92. suma rai says:
    March 5, 2014 at 12:48 pm

    नारायण जीले जुन कार्यक्रम चलाउनु भयोकि त्यो साचै अतिनै प्रसंसनिय छ कार्यक्रमको मपनि नियमित पाठक हु साधनले साथ दिदा उहाको जतिको इमेज भयको मान्छेले पढ्ने बहानामा बिदेसिनु हुदैन थियो नेपालमा नै केहि गरेर देसको सेवा गर्नु राम्रो हुञ्छ |

    सकिञ्छ कार्यक्रमलाई नै निरन्तरता दियमा अतिउत्तम हुने थियो अब अर्को उहाको जस्तो प्रस्तुत गर्ने ब्यतित्व पाउन बिबिसीले मुस्किल पर्छ |

    Reply
  93. Gopi says:
    March 5, 2014 at 12:40 pm

    We badly miss you Narayan ji, hope you return soon

    Reply
  94. Bishwas says:
    March 5, 2014 at 12:39 pm

    नारायण जी को निर्णय सहि लाग्यो l एउटै पेशामा त्यत्रो लामो समय काम गर्दा पट्ट्यार लाग्दो भएकै होला l नया आउने प्रस्तोताको नया खाले प्रस्तुती र नया खालको कार्यक्रम फ़ोर्म्याट होस् l

    Reply
  95. हरि हर शर्मा says:
    March 5, 2014 at 12:39 pm

    नारायण जी को प्रस्तुति धेरै राम्रो / नया मान्छे आe छ भने नया ढंगले चलाउनु राम्रो होला

    Reply
  96. sabin says:
    March 5, 2014 at 12:30 pm

    हामी नारायण जी लाई घेरै miss गर्नेछौं

    Reply
  97. Dhiren says:
    March 5, 2014 at 12:24 pm

    He is one of the very few journalists who is well aware about the ethics of journalism in Nepal

    Reply
  98. dinesh thapa says:
    March 5, 2014 at 12:04 pm

    नारायण सर नमसकार म साजा सवालको नियमीत दर्शक हु
    तपाईंले अब साजा सवाल छोडने कुराले मलाई धेरै निराश बनायो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme