गृह मन्त्रालयका लागि त्यत्रो रडाको भएको तपाईँले थाहा पाइहाल्नुभो। आखिरमा प्रधानमन्त्री झुक्नै पर्यो। अहिले गृह मन्त्रालयको कुर्सीमा वामदेव गौतम शानले बसेका छन्।
आखिर किन गृह मन्त्रालयप्रति यत्रो मोह ? के के अधिकार छ गृह मन्त्रालयमा ?
अनि कुनै मन्त्रालय चाहिँ ‘राम्रा’ भनेर ठूला पार्टीलाई अनि कुनै चाहिँ कम आकर्षक भन्दै साना पार्टीलाई छुट्याइएको ? आखिर के छ अधिकार ती मन्त्रालयहरुको ? जान्न मन छ ? त्यसो भए भित्र आउनुस्।
कुन मन्त्रालयले के के गर्न पाउने भन्ने बारे नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०६९ ले स्पष्ट व्यवस्था गरेको छ।
यसअघि नेपाल सरकार (कार्य-विभाजन) नियमावली, २०६४ प्रचलनमा थियो। त्यसलाई खारेज गरी पोहोर जेठ ५ गते यो नयाँ नियमावली ल्याइएको हो।
सबभन्दा पहिला गृह मन्त्रालयको हेरौँ है त।
गृह मन्त्रालय
१. आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. शान्ति, सुव्यवस्था तथा कानुन र व्यवस्था;
३. हातहतियार र खरखजानाको इजाजत र नियन्त्रण;
४. विस्फोटक पदार्थ नियन्त्रण;
५. विदेशी नागरिकको नियमन तथा नियन्त्रण;
६. सवारी नियन्त्रण तथा उपत्यकामा रहेका सरकारी सवारी साधनको व्यवस्थापन;
७. गैरसरकारी सङ्घ, संस्था प्रशासन;
८. क्षेत्रीय तथा स्थानीय प्रशासन;
९. नागरिकता;
१०. जनमत सङ्ग्रह;
११. आप्रवासन तथा प्रवासन;
१२. तीर्थस्थान र तीर्थयात्री;
१३. कल्याण धन र बेवारिसी धन;
१४. चिट्ठा, जुवा आदिको नियन्त्रण;
१५. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
१६. विपद् व्यवस्थापन;
१७. सार्वजनिक बिदाको घोषणा, उर्दी र सार्वजनिक उत्सव आदि;
१८. सार्वजनिक चन्दा सङ्कलनको नियमन र नियन्त्रण;
१९. अध्यागमन;
२०. सजायको माफी, मिनाहा तथा परिवर्तन;
२१. विभूषणसम्बन्धी कार्य;
२२. शरणार्थी मामिला;
२३. अञ्चल र जिल्लाको सदरमुकाम तथा सीमाना;
२४. राष्ट्रिय परिचयपत्र;
२५. लागू औषध नियन्त्रण र प्रशासन;
२६. अन्तर्राष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा र सीमा प्रशासन;
२७. गृह प्रशासन (कारागार, शान्तिसुव्यवस्था, लागू औषध, प्रकोप व्यवस्थापन, सुपुर्दगीलगायत) विषयक राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय र सम्पर्क;
२८. सङ्गठित अपराध नियन्त्रण;
२९. बारुदी सुरुङ्गको निवारण;
३०. धार्मिक विषय;
३१. सुपुर्दगी;
३२. कारागार व्यवस्थापन;
३३. प्रहरी कल्याण;
३४. निर्वाचन आयोग,
३५. नेपाल प्रहरी;
३६. सशस्त्र प्रहरी बल;
३७. राष्ट्रिय अनुसन्धान विभाग;
३८. प्रहरी कितावखाना;
३९. अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषय ।
अब अरु मन्त्रालयको पनि हेरौँ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१. मन्त्रिपरिषद्को कार्य;
२. नेपाल सरकारको कार्यविभाजन र मन्त्रालयहरूको गठन, विघटन तथा सङ्गठन संरचना हेरफेर;
३. नेपाल सरकारको कार्यसम्पादन नियमावली;
४. विभिन्न मन्त्रालयको कार्यको रेखदेख, नियन्त्रण, निरीक्षण, सुपरिवेक्षण, समन्वय, अनुगमन तथा मूल्याङ्कन;
५. मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन तथा सोको अनुगमन;
६. विधेयक, अध्यादेश, नियम तथा आदेशको तर्जुमा, स्वीकृति वा जारी;
७. नेपाल सरकारको अल्पकालीन तथा दीर्घकालीन नीति तथा रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
८. देशको राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक गतिविधि तथा शान्ति सुव्यवस्थाको अद्यावधिक जानकारी तथा अनुगमन;
९. व्यवस्थापिका-संसद्को अधिवेशन आह्वान र अन्त्य;
१०. केन्द्रीयस्तरमा व्यवस्थापन सूचना प्रणालीको विकास तथा अनुगमन;
११. शासकीय सुधार, सुशासन तथा सङ्घीय ढाँचाको प्रशासन पुनर्संरचना;
१२. द्विपक्षीय वा बहुपक्षीयस्तरमा भएका सन्धि, सम्झौता वा सहमति कार्यान्वयनको अनुगमन;
१३. प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन;
१४. मानवअधिकारको संरक्षण र प्रवर्द्धन;
१५. सुशोभन;
१६. विपद् व्यवस्थापनको अद्यावधिक जानकारी र निर्देशन;
१७. भ्रष्टाचारविरुद्धको नीति, योजना तथा त्यसको कार्यान्वयन;
१८. प्रधानमन्त्री दैवीप्रकोप/सहायता कोष सञ्चालन;
१९. प्रधानमन्त्रीको आन्तरिक तथा बाह्य जनसम्पर्क र सञ्चार;
२०. प्रचलित कानुनबमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत;
२१. क्षेत्रीय प्रशासन;
२२. लगानी बोर्ड;
२३. नयाँ नेपाल निर्माण कोष;
२४. अदालतको फैसला कार्यान्वयनको अनुगमन;
२५. राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय;
२६. संवैधानिक परिषद्;
२७. अख्तियार दुरुपयोग अनुसन्धान आयोग;
२८. लोकसेवा आयोग;
२९. राष्ट्रिय मानवअधिकार आयोग;
३०. राष्ट्रिय योजना आयोग;
३१. राष्ट्रिय सतर्कता केन्द्र;
३२. सार्वजनिक खरिद अनुगमन कार्यालय;
३३. नेपाल ट्रष्टको कार्यालय;
३४. गरिबी निवारण कोष;
३५. प्रधानमन्त्री र मन्त्रिपरिषद्सम्बन्धी अन्य कार्यहरू ।
अर्थ मन्त्रालय
१. आर्थिक तथा राजस्व नीति, आर्थिक प्रशासन र नियन्त्रणसम्बन्धी योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. आर्थिक विश्लेषण;
३. आर्थिक साधनको बाँडफाँड;
४. मुद्रा, मौद्रिक नीति निर्धारण र कार्यान्वयन;
५. नेपाल राष्ट्र बैङ्क, बैंकिङ्ग (नेपाल औद्योगिक विकास निगमसमेत), वित्तीय संस्था तथा बिमा;
६. आय र व्ययको विवरण (बजेट) ;
७. राजस्व नीति र योजना;
८. राजस्व प्रशासन तथा राजस्व सङ्कलन;
९. राजस्व अनुसन्धान;
१०. सामान्य मूल्य नीति;
११. सामाजिक तथा आर्थिक विकासको लागि अन्तर्राष्ट्रिय सम्पर्क र समन्वय;
१२. आर्थिक, बैंकिङ्ग तथा मुद्राविषयक अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय;
१३. वैदेशिक ऋण, अनुदान तथा अन्य द्विपक्षीय र बहुपक्षीय सहायता;
१४. विदेशी मुद्रा विनिमय तथा नियन्त्रण;
१५. सार्वजनिक ऋण तथा नियन्त्रण;
१६. तलब, भत्ता, दैनिक तथा भ्रमण भत्ता, निवृत्तभरण, उपदानलगायत आर्थिक दायित्व र सेवासुविधासम्बन्धी विषय;
१७. सरकारी स्वामित्वमा रहेका संस्थानको नियमन, नियन्त्रण, समन्वय र निर्देशन तथा तलब, भत्ता, बोनस, लगानी र लाभांशसम्बन्धी नीति निर्धारण;
१८. विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय विकास संस्था तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्था;
१९. सरकारी कोषको व्यवस्थापन, सञ्चालन तथा प्रशासन;
२०. लेखा नियन्त्रण तथा व्यवस्थापन;
२१. सार्वजनिक प्रतिष्ठानको निजीकरण, अनुगमन र नियमन;
२२. सार्वजनिक संस्थानको प्रशासन, नीति निर्माण र समन्वय;
२३. राजस्व र आर्थिक प्रशासन तालिम;
२४. पूँजीबजार;
२५. सार्वजनिक लगानी;
२६. महालेखापरीक्षकको कार्यालय;
२७. कर्मचारी सञ्चय कोष;
२८. नागरिक लगानी कोष;
२९. सार्वजनिक संस्थान निर्देशन बोर्ड;
३०. सम्पत्ति शुद्धीकरण;
३१. युवा स्वरोजगारसम्बन्धी;
३२. अवकाश कोष;
३३. नेपाल लेखापरीक्षण सेवाको सञ्चालन ।
उद्योग मन्त्रालय
१. उद्योग र औद्योगिक विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. खानी तथा खनिज पदार्थ अन्वेषणसम्बन्धी नीति, योजना, कार्यान्वयन तथा नियमन;
३. खानी तथा खनिज विकासविषयक अध्ययन, अन्वेषण तथा सर्वेक्षण;
४. औद्योगिक विकास;
५. औद्योगिक क्षेत्र, औद्योगिक सङ्घ-संस्था तथा औद्योगिक नियोग;
६. संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन तथा अन्य अन्तर्राष्ट्रिय औद्योगिक सङ्गठन;
७. वैदेशिक लगानी प्रवर्द्धन (लगानी बोर्डको कार्यक्षेत्रबाहेक);
८. औद्योगिक लगानी प्रवर्द्धन (लगानी बोर्डको कार्यक्षेत्रबाहेक);
९. घरेलु तथा ग्रामीण सीप र उद्योगको संरक्षण तथा प्रवर्द्धन;
१०. गुणस्तर र नापतौल निर्धारण तथा प्रवर्द्धन;
११. उद्योगसम्बन्धी सार्वजनिक प्रतिष्ठान;
१२. उत्पादकत्व वृद्धिविषयक नीति तथा कार्यक्रम;
१३. औद्योगिक प्रविधि विकास र प्रविधि हस्तान्तरण;
१४. औद्योगिक जनशक्तिको विकास र तालिम, अन्वेषण तथा सर्वेक्षण;
१५. औद्योगिक व्यवसाय प्रवर्द्धन र संरक्षण;
१६. कम्पनीको प्रशासन तथा अनुगमन;
१७. औद्योगिक सम्पत्ति प्रशासन;
१८. कम्पनी तथा सङ्गठित संस्थाको दामासाहीसम्बन्धी कार्य;
१९. विशेष आर्थिक क्षेत्रको स्थापना र व्यवस्थापन;
२०. औद्योगिक प्रयोजनका लागि गरिने आयातको नियमन तथा सहजीकरण;
२१. लगानी संरक्षण र प्रवर्द्धनसम्बन्धी द्विपक्षीय तथा बहुपक्षीय सन्धि सम्झौता;
२२. रुग्ण उद्योगको उत्थान र विकास;
२३. औद्योगिक तथा व्यवसायिक सीप विकास तालिम;
२४. नेपाल इन्जिनियरिङ सेवाअन्तर्गतका माइनिङ इन्जिनियरिङ, केमिकल इन्जिनियरिङ, मेटालर्जिकल इन्जिनियरिङ, मेट्रोलजी, जियोलजी र केमिष्ट्री समूहको सञ्चालन ।
ऊर्जा मन्त्रालय
१. ऊर्जा उत्पादन, व्यवस्थापन, उपयोग, सुरक्षा, प्रवर्द्धन र विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. ऊर्जाको उपयोगसम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा कार्यान्वयन;
३. ऊर्जासम्बन्धी बहुउद्देश्यीय योजनाको समन्वय, निर्माण, सञ्चालन तथा प्रवर्द्धन;
४. ऊर्जासम्बन्धी जनशक्तिको विकास;
५. नवीकरणीय ऊर्जाको विकास;
६. ऊर्जा विकास तथा विद्युत् विकाससम्बन्धी अध्ययन, अनुसन्धान, आयोजनाको सम्भाव्यता अध्ययन, निर्माण, सञ्चालन, सम्भार र विकास;
७. ऊर्जासम्बन्धी कम्पनी तथा संस्थाको समन्वय र प्रशासन;
८. ऊर्जा विकासमा निजी क्षेत्रको लगानी प्रवर्द्धन (लगानी बोर्डको कार्यक्षेत्रबाहेक) ;
९. ऊर्जाको उपयोगसम्बन्धी राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्पर्क;
१०. ऊर्जाको उपयोगसम्बन्धी द्विपक्षीय वा बहुपक्षीय संयन्त्रको संयोजन, वार्ता तथा सन्धि सम्झौता;
११. जलस्रोतसम्बन्धी द्विपक्षीय वार्ता, बहुपक्षीय सन्धि सम्झौता;
१२. विद्युत्को नियमन, रोयल्टी तथा महसुलदरको निर्धारण र कार्यान्वयन;
१३. नेपाल विद्युत् प्राधिकरण तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित निकायसँग समन्वय;
१४. अन्य मन्त्रालयको कार्यक्षेत्रमा नपरेको जल तथा त्यसको उपयोग र ऊर्जासम्बन्धी कार्य;
१५. नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत देहायका समूह, उपसमूहको सञ्चालन-
(क) इलेक्ट्रिकल इन्जिनियरिङ समूह;
(ख) मेकानिकल इन्जिनियरिङ समूह;
(ग) सिभिल इन्जिनियरिङ समूहको हाइड्रोपावर उपसमूह ।
कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय
१. ऐन, अध्यादेश, नियम र आदेशको तर्जुमा;
२. नेपाल कानुन, अन्तर्राष्ट्रिय कानुन, न्यायप्रणाली र न्यायप्रशासनको अनुसन्धान, पुनरावलोकन र सुधार;
३. नेपाल राजपत्रमा प्रकाशन हुने सूचनाको सम्पादन;
४. कानुनी राय तथा परामर्श;
५. अन्तर्राष्ट्रिय करार तथा अन्य लिखतको मस्यौदा र सोसम्बन्धी परामर्श;
६. सरकारी मुद्दा फिर्ता, मिलापत्र र नेपाल सरकारलाई सरोकार पर्ने मुद्दाको प्रतिरक्षा;
७. देहायका विषयमा प्रदान गरिने कानुनी राय –
(क) द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौताको अनुमोदन, हस्ताक्षर, सम्मिलन, स्वीकृति वा समर्थन;
(ख) अन्तर्राष्ट्रिय र अन्तरसरकारी संस्थाको सदस्यता प्राप्ति;
(ग) अन्तर्राष्ट्रिय कानुनी दायित्व;
(घ) अन्तर्राष्ट्रिय सम्मेलन र वार्तामा अन्तर्राष्ट्रिय कानुनको विषयमा अपनाउनुपर्ने दृष्टिकोण ।
८. नोटरी पब्लिक तथा नोटरी पब्लिक परिषद्;
९. अन्तर्राष्ट्रिय कानुनी विवाद;
१०. अन्तर्राष्ट्रिय कानुनसम्बन्धी संस्था र सम्मेलन;
११. नेपाल सरकारलाई आवश्यक पर्ने कानुन तथा कानुनी लिखत र सन्धिको अनुवाद;
१२. नेपाल पक्ष भएका सन्धिको केन्द्रीय अभिलेखीकरण;
१३. कानुनको एकीकरण तथा संहिताकरण;
१४. सन्धि तथा सम्झौताको प्रकाशन;
१५. सर्वोच्च अदालत र अन्तर्गतका अदालतसम्बन्धी काम, न्याय प्रशासन, मुद्दा र अदालती लगत तथा सरकारी मुद्दाको अभिलेख;
१६. विशेष अदालत, प्रशासकीय अदालत, श्रम अदालत र यस्तै प्रकृतिका अन्य अदालत तथा न्यायाधीकरण;
१७. निःशुल्क कानुनी सहायता;
१८. कानुन किताबको व्यवस्था तथा प्रकाशन;
१९. विवाद समाधानका वैकल्पिक उपाय;
२०. कानुन तथा न्यायसँगसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थासँग सम्पर्क, सहयोग र समन्वय;
२१. व्यवस्थापिका-संसद् तथा संविधानसभासम्बन्धी नीति, योजना र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन;
२२. व्यवस्थापिका-संसद्, संविधानसभा, व्यवस्थापिका-संसद् सचिवालय तथा सोसम्बन्धी सेवाका कर्मचारीको सेवा सञ्चालन;
२३. व्यवस्थापिका-संसद्को वैदेशिक सम्पर्क र समन्वय;
२४. अन्तर-व्यवस्थापिका सङ्घ (आई.पी.यू.);
२५. सरकारी तथा गैरसरकारी विधेयक;
२६. सरकारी आश्वासन तथा सङ्कल्पको कार्यान्वयन;
२७. संविधानसभा अदालत;
२८. महान्यायाधिवक्ताको कार्यालय;
२९. न्याय परिषद्;
३०. न्याय सेवा आयोग;
३१. राजस्व न्यायाधीकरण;
३२. न्यायिक जाँचबुझ आयोग;
३३. नेपाल कानुन आयोग;
३४. नेपाल कानुन व्यवसायी परिषद्;
३५. राष्ट्रिय न्यायिक प्रतिष्ठान;
३६. नेपाल न्याय सेवाको सञ्चालन ।
कृषि विकास मन्त्रालय
१. कृषिसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. खाद्यान्न, नगदे बाली, औद्योगिक बाली (सजिवन तथा रबर प्लान्टसमेत), तरकारी र फलफूल खेतीको विकास तथा प्रवर्द्धन;
३. कृषि रसायन तथा माटोसम्बन्धी अनुसन्धान र प्रविधि विस्तार;
४. कृषि इन्जिनियरिङ र उन्नत कृषि औजारको अनुसन्धान, विकास तथा विस्तार;
५. बाली संरक्षण, अनुसन्धान तथा सर्वेक्षण;
६. कृषि प्रचार प्रसार तथा युवा कृषक कार्यक्रम;
७. कृषि नर्सरी तथा बीउ बिजनको विकास;
८. पशुपक्षी पालन तथा यसको विकास, व्यवस्थापन, नश्लसुधार, दाना र चरनको अनुसन्धान तथा विकास;
९. पशुचिकित्सा, औषधि उत्पादन तथा नियमन;
१०. दुग्ध र दुग्धपदार्थबाट बनेका वस्तुहरूको अनुसन्धान, विकास तथा बजार प्रवर्द्धन;
११. मत्स्यपालन र जलचरसम्बन्धी अध्ययन, अनुसन्धान, विकास तथा बजार प्रवर्द्धन;
१२. माहुरी पालन तथा रेशम खेती;
१३. कृषिक्षेत्रको व्यवसायीकरण, औद्योगिकीकरण र कृषिजन्य वस्तुको बजार व्यवस्थापन तथा विस्तार;
१४. प्राङ्गारिक, जैविक तथा रासायनिक मल;
१५. खाद्य गुणस्तर निर्धारण, अनुसन्धान, नियन्त्रण तथा विस्तार;
१६. खाद्य, पशु तथा प्लान्ट क्वारेन्टाइन;
१७. कृषि क्षेत्रको बिउ, बिजन, विरुवा, पशुपन्छी, माछा आदिको जात, नश्लको गुणस्तर निर्धारण, प्रमाणीकरण तथा नियमन;
१८. कृषि क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान तथा सर्वेक्षण;
१९. खाद्य सुरक्षा;
२०. कृषि सूचना प्रणाली;
२१. कृषि वातावरण तथा विषादि व्यवस्थापन;
२२. प्राङ्गारिक खेती तथा प्राङ्गारिक प्रमाणीकरण;
२३. मासु तथा मासुजन्य पदार्थ र पशु छाला तथा अन्य पदार्थको विकास;
२४. कृषिसम्बन्धी जैविक विविधता र जैविक प्रविधि (Bio-technology) को विकास तथा विस्तार;
२५. फसल तथा पशु बिमा;
२६. कृषि वस्तु, सेवा र प्रविधिको सम्बद्धता, स्तरीयकरण तथा प्रमाणीकरण;
२७. कृषि तथा पशुसेवासम्बन्धी प्रयोगशालाको सम्बद्धतासम्बन्धी विषय;
२८. खाद्यान्नबाली र अत्यावश्यक वस्तुहरूको उत्पादन तथा बजार व्यवस्थापन;
२९. संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष तथा अन्तर्राष्ट्रिय कृषि संस्था;
३०. कृषि फार्म तथा कृषि केन्द्र;
३१. कृषिसम्बन्धी संस्थान, समिति तथा कम्पनी;
३२. नेपाल कृषि सेवाको सञ्चालन ।
परराष्ट्र मन्त्रालय
१. नेपालको परराष्ट्र नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. विदेशी राष्ट्रहरूसँगको सम्बन्ध;
३. विदेशमा नेपालको प्रतिनिधित्व;
४. विदेशमा नेपालसम्बन्धी प्रचार प्रसार;
५. राहदानी तथा विदेशमा दिइने भिसा;
६. अतिथि सत्कार;
७. शिष्टाचार (प्रोटोकल);
८. नेपाल तथा अन्य देशका नागरिकको आ-आफ्नो सरकारबाट व्यक्तिमाथिको दाबा;
९. कूटनीतिक संरक्षण तथा उन्मुक्ति;
१०. विदेशमा रहेका नेपाली नागरिकको अभिलेख तथा तिनीहरूको हक, हित र संरक्षण;
११. गैरआवासीय नेपाली;
१२. आर्थिक कूटनीति;
१३. अन्तर्राष्ट्रिय तहमा जनस्तरीय तथा गैरसरकारी संस्थाको विकास र प्रवर्द्धन;
१४. वाणिज्यदूतसम्बन्धी अभ्यास (कन्सुलर प्राक्टिस);
१५. संयुक्त राष्ट्रसङ्घ, क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली सङ्गठन तथा अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्था;
१६. नेपालस्थित विदेशी नियोग;
१७. कूटनीतिक तहमा हुने वार्ता र सम्झौतासम्बन्धी विषय (अन्य मन्त्रालयलाई तोकिएको विषयबाहेक) ;
१८. नेपाल परराष्ट्र सेवाको सञ्चालन ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालय
१. भूमिसुधार तथा व्यवस्थासम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. मालपोत र रजिष्ट्रेसन;
३. जग्गा दर्ता, मूल्याङ्कन, जग्गा प्रशासन र राजस्व सङ्कलन;
४. सरकारी जग्गा र सार्वजनिक जग्गाको अभिलेख व्यवस्थापन तथा संरक्षण;
५. भूमिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन;
६. अन्तर्राष्ट्रिय सीमा र सीमास्तम्भको निर्माण, पुनःस्थापना तथा मर्मतसम्भार;
७. जग्गा नापजाँचसम्बन्धी प्रशासन;
८. अनिवार्य बचत योजना, ऋण वितरण तथा असुली;
९. जियोडेटिकल नापी, टोपोग्राफिक नक्सा तयारी र हवाई सर्वेक्षणलगायत नाप नक्सासम्बन्धी कार्य;
१०. गुठी संस्थान र सार्वजनिक गुठीअन्तर्गतको जग्गा व्यवस्थापन;
११. सुकुम्बासी समस्या;
१२. मुक्त कमैया, कम्लहरी र हलिया व्यवस्थापन;
१३. भू-उपयोगसम्बन्धी नीति तथा व्यवस्थापन;
१४. भौगोलिक सूचना पूर्वाधार;
१५. भू-सूचना तथा अभिलेख;
१६. सरकारी तथा पर्ती जग्गा अभिलेख, संरक्षण;
१७. अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका भूमिसम्बन्धी विषय;
१८. नेपाल इन्जिनियरिङ सेवाको सर्भे समूहको सञ्चालन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१. भौतिक पूर्वाधारको विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. यातायात (हवाई यातायातबाहेक) तथा परिवहन व्यवस्थापन र सञ्चालनसम्बन्धी नीति, योजना तर्जुमा, कार्यक्रम कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन;
३. स्थलमार्ग, जलमार्ग, रेलमार्ग, सव-वे, फ्लाइओभर र रज्जुमार्गको निर्माण तथा विकाससम्बन्धी नीति र योजनाको नियमन, स्वीकृति तथा कार्यान्वयन;
४. रणनीतिक सडक (गोरेटो/घोडेटो बाटो र स्थानीय सडकबाहेक) तथा पुल (झोलुङ्गे पुल र स्थानीय पुलबाहेक) को निर्माण, मर्मत, सम्भार तथा संरक्षण;
५. स्थलमार्ग तथा रज्जुमार्गको निर्माणसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क;
६. यातायात (हवाई यातायातबाहेक) तथा परिवहन व्यवस्थापन र सञ्चालनसँग सम्बन्धित संस्थान, कम्पनी तथा सङ्गठन;
७. यातायात (हवाई यातायातबाहेक) सेवा नियमन, व्यवस्थापन र सञ्चालनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था तथा निकायसँग सम्पर्कसम्बन्धी कार्य;
८. यातायातसम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण;
९. सडक बोर्डलगायत सडक, रेल तथा यातायात व्यवस्थासम्बन्धी अन्य निकाय;
१०. इन्जिनियरिङ परिषद् तथा इन्जिनियरिङ परामर्श सेवा (कन्सल्टेन्सी) र सोसम्बन्धी संस्था;
११. रेलमार्ग, मेट्रो निर्माण सञ्चालन र सम्भार;
१२. नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहको हाइवे र रेल उपसमूहको सञ्चालन ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय
१. महिला, बालबालिका, समाजकल्याणसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. महिला, बालबालिका, समाजकल्याणसम्बन्धी अध्ययन, अनुसन्धान तथा सर्वेक्षण;
३. महिला, बालबालिका, समाजकल्याणसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्घ-संस्थासँग सम्पर्क र समन्वय;
४. अनाथ बालबालिका, असहाय, महिला, वृद्ध, वृद्धा, अपाङ्ग र अशक्तको संरक्षण;
५. महिलाकल्याण तथा सीप विकास;
६. बालबालिकाको कल्याण;
७. जेष्ठ नागरिकको सुरक्षा र कल्याण;
८. राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय तथा परिचालन;
९. सरकारी तथा गैरसरकारी सङ्घ-संस्थाद्वारा कार्यान्वयन गरिएका महिला, बालबालिका तथा समाजकल्याणसम्बन्धी कार्यक्रमको अनुगमन;
१०. धर्मपुत्र र धर्मपुत्री;
११. लैंगिक हिंसासम्बन्धी विषय;
१२. राष्ट्रिय महिला आयोग;
१३. समाजकल्याण परिषद्;
१४. समाजकल्याण केन्द्र;
१५. वृद्धाश्रम;
१६. बाल मन्दिर ।
युवा तथा खेलकुद मन्त्रालय
१. युवा तथा खेलकुदसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. युवा परिचालन तथा राष्ट्रिय युवा विकास;
३. युवा तथा खेलकुदसम्बन्धी विषयको अध्ययन, अनुसन्धान, सर्वेक्षण;
४. युवालयको सञ्चालन र युवालयसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पर्क र समन्वय;
५. युवा जनशक्तिको प्रशिक्षण र तालिम;
६. युवा तथा खेलकुदसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रतिनिधित्व;
७. खेलकुदसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम;
८. युवा जागरण तथा विकाससम्बन्धी कार्यक्रम;
९. युवा तथा खेलकुदसम्बन्धी विषयमा सरकारी र गैरसरकारी सङ्घ-संस्थाको परिचालन तथा क्षमता विकास;
१०. राष्ट्रिय खेलकुद परिषद् तथा खेलकुदसम्बन्धी अन्य राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्था;
११. नेपाल स्काउट ।
रक्षा मन्त्रालय
१. राष्ट्रिय सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. नेपाली सेनाको गठन, परिचालन, व्यवस्थापन, नियन्त्रण, लोकतान्त्रीकरण र पुनर्संरचना;
३. सैनिक अधिकृत तथा जवानको अनुशासन र सेवा शर्त;
४. सैनिक तालिम;
५. सेनाको सुविधा;
६. सैनिक हातहतियार तथा सामग्रीको खरीद र उत्पादन;
७. सैनिक कारबाही र सेनाको गतिविधि;
८. सैनिक निर्माणशाला;
९. सैनिक प्रतिष्ठापन (इन्स्टलेसन) र सञ्चार तथा यातायात;
१०. सैनिक भण्डार;
११. सैनिक ब्यारेक तथा कार्यालयको व्यवस्था;
१२. विकास कार्य र विपद् उद्धार कार्यमा सहयोग;
१३. राष्ट्रिय सेवा दलको सङ्गठन, तालिम र प्रशासन;
१४. सैनिककल्याण;
१५. राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र महत्त्वपूर्ण राष्ट्रिय सम्पदा तथा स्मारकको सुरक्षा;
१६. नेपाली सैनिक विमान सेवा;
१७. सैनिक कल्याणकारी योजना;
१८. राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा क्षेत्र सुधार;
१९. सिलखाना;
२०. सैनिक गुप्तचर विभाग;
२१. सैनिक अस्पताल ।
वन तथा भू-संरक्षण मन्त्रालय
१. वन तथा भू-संरक्षणसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. राष्ट्रिय वन क्षेत्र, सरकारी वन, सरकारद्वारा व्यवस्थित वन, धार्मिक वन, सामुदायिक वन, साझेदारी वन, कबुलियती वन, चक्ला बन तथा निजी वन आदि;
३. सरकारी तथा गैरसरकारी वनक्षेत्रको सर्वेक्षण, नाप नक्सा र सीमा निर्धारण;
४. वन जङ्गलको संरक्षण, उपयोग, संवर्द्धन र व्यवस्थापन;
५. वन पैदावार (काठ दाउरा, वन्यजन्तु, जडीबुटी, गैरकाष्ठ पदार्थ, वन क्षेत्रको पानी, माटो, ढुङ्गा गिट्टी, बालुवा आदि) को संरक्षण र व्यवस्थापन;
६. वनजन्य उद्योग र कच्चापदार्थको प्रबन्ध;
७. वनसम्बन्धी अध्ययन, अनुसन्धान, प्रचारप्रसार, तालिम, क्षमता अभिवृद्धि आदि;
८. वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता तथा प्राकृतिक वातावरणको संरक्षण, सदुपयोग र लाभको बाँडफाँड;
९. राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, सिमसार र चरन क्षेत्रसँग सम्बन्धित विषय;
१०. हात्तीसार तथा चिडियाखानाको व्यवस्थापन;
११. भू-तथा जलाधार क्षेत्र, बृहत् जलाधार क्षेत्र तथा तालतलैयाको संरक्षण, संवर्द्धन, विकास, समन्वय र व्यवस्थापन;
१२. प्राकृतिक वातावरणको संरक्षण र सन्तुलन;
१३. वनस्पति र जडीबुटीसम्बन्धी नीति तथा अध्ययन, अनुसन्धान, प्रचारप्रसार, सर्वेक्षण, सङ्कलन, प्रवर्द्धन, प्रशोधन, उत्पादन, उपयोग तथा व्यवसायीकरण;
१४. वनस्पति उद्यान तथा जडीबुटी उद्योग;
१५. वनस्पति, वन्यजन्तु र जैविक विविधता सङ्ग्रहालय;
१६. वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता, वन क्षेत्रसँग सम्बन्धित जलवायु परिवर्तन, जलाधार संरक्षण र भू-संरक्षणसम्बन्धी प्रदर्शनी तथा प्रचार प्रसार;
१७. वन, वनस्पति, वन्यजन्तु, जलाधार संरक्षण, जैविक विविधता र भू-संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन;
१८. वन, वनस्पति, वन्यजन्तु, जलाधार संरक्षण र भू-संरक्षणसम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ-संस्थासँग समन्वय र सम्पर्क;
१९. प्रकृति संरक्षण;
२०. सरकारी, सार्वजनिक र निजी क्षेत्रमा वृक्षारोपण, वन विकास तथा व्यवस्थापन;
२१. नेपाल वन सेवाको सञ्चालन ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय
१. वाणिज्य, व्यापार तथा आपूर्तिसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारविषयक अध्ययन, अनुसन्धान र सर्वेक्षण;
३. निकासी तथा पैठारीसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
४. अत्यावश्यक वस्तुको आपूर्ति तथा नियमन;
५. निकासी प्रवर्द्धन;
६. सरकारी तथा सार्वजनिक व्यापारको सञ्चालन;
७. वाणिज्य तथा आपूर्तिसम्बन्धी सार्वजनिक संस्थान, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन;
८. वाणिज्य, व्यापार र पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क;
९. विश्व व्यापार सङ्गठनलगायत बहुपक्षीय व्यापारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क, समन्वय, वार्ता, सम्झौता तथा प्रतिबद्धताको कार्यान्वयन र अनुगमन;
१०. साफ्टा, विमस्टेकलगायतका क्षेत्रीय व्यापार सम्झौतासँग सम्बन्धित संस्थासँगको सम्पर्क, समन्वय, वार्ता, सम्झौता तथा प्रतिबद्धताको कार्यान्वयन र अनुगमन;
११. द्विपक्षीय तथा बहुपक्षीय व्यापारसम्बन्धी सन्धि सम्झौता;
१२. पारवहन, गोदाम तथा अन्तर्राष्ट्रिय परिवहन व्यवस्था;
१३. वस्तुको बहुविधिक (Multimode) ढुवानी;
१४. खाद्य तथा अन्य उपभोग्य र अत्यावश्यक वस्तुसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
१५. पेट्रोलियम पदार्थको पैठारी, प्रशोधन, भण्डारण, आपूर्ति र नियमन;
१६. उपभोक्ताको हक, हित र अधिकारको संरक्षण;
१७. सिण्डिकेट र कार्टेलिङ्गको नियन्त्रण;
१८. आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन;
१९. अन्तर्राष्ट्रिय व्यापार कूटनीतिको सञ्चालन र प्रवर्द्धन;
२०. व्यापार क्षेत्रसँग सम्बन्धित सुख्खा बन्दरगाह, कन्टेनर फ्रेटस्टेशन, गोदाम निर्माणलगायतका पूर्वाधारको स्थापना र व्यवस्थापन ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
१. वातावरण, विज्ञान र प्रविधिसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. वातावरण, विज्ञान र प्रविधिसम्बन्धी अध्ययन तथा अनुसन्धान र सर्वेक्षण;
३. वातावरण, विज्ञान र प्रविधिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सम्पर्क र समन्वय;
४. सरकारी तथा गैरसरकारी सङ्घ संस्थाद्वारा कार्यान्वयन गरिएका वातावरण, विज्ञान र प्रविधिसम्बन्धी कार्यक्रमको मूल्याङ्कन तथा समीक्षा;
५. वातावरण, विज्ञान र प्रविधिसम्बन्धी जनशक्तिको विकास र उपयोग;
६. विज्ञान तथा प्रविधिको विकास तथा विस्तारका कार्यक्रम;
७. वातावरण, विज्ञान र प्रविधिको क्षेत्रमा भएका प्रगतिको अन्वेषण तथा अनुसन्धान;
८. वातावरण, विज्ञान र प्रविधि सम्बद्ध विश्वविद्यालयसँग सम्पर्क तथा समन्वय;
९. विज्ञान र प्रविधिसँग सम्बन्धित सामग्रीको उत्पादन, आपूर्ति तथा व्यवस्थापन;
१०. अत्याधुनिक प्रविधिविषयक तथ्याङ्क सङ्कलन, प्रशोधन र सर्वेक्षण;
११. वातावरण, विज्ञान र प्रविधिविषयक द्विपक्षीय र बहुपक्षीय सम्झौता तथा समझदारीपत्र;
१२. जल तथा मौसम विज्ञानविषयक अध्ययन, अनुसन्धान र भविष्यवाणी;
१३. सूचना प्रविधिको विकास तथा विस्तार;
१४. पारमाणविक (Nuclear) प्रविधिको उपयोग तथा प्रवर्द्धन र त्यसको अनुगमन, नियन्त्रण र नियमन;
१५. रासायनिक पदार्थको उपयोग तथा प्रवर्द्धन र त्यसको अनुगमन, नियन्त्रण र नियमन;
१६. जैविक प्रविधिको अध्ययन, अनुसन्धान, प्रवर्द्धन विकास, उपयोग र नियमन;
१७. अन्तरिक्ष विज्ञानसम्बन्धी अध्ययन तथा अनुसन्धान;
१८. जलवायु परिवर्तन;
१९. प्रदूषण नियन्त्रण, वातावरण संरक्षण र सन्तुलन;
२०. सूचना प्रविधिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था;
२१. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान;
२२. विज्ञान तथा प्रविधि परिषद्;
२३. राष्ट्रिय विधि विज्ञान प्रयोगशाला;
२४. प्लानेटोरियम, वेधशाला र विज्ञान सङ्ग्रहालय;
२५. वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय
१. शान्ति स्थापना, द्वन्द्व व्यवस्थापन तथा विकास र द्वन्द्वबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि तत्कालीन र दीर्घकालीन नीति, रणनीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. द्वन्द्वपीडित क्षेत्रको सामाजिक तथा आर्थिक विकासको नीति, रणनीति र कार्यक्रम;
३. विस्तृत शान्ति सम्झौतालगायतका अन्य सम्झौता, सहमति र निर्णयको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन;
४. दिगो शान्ति कायम गर्न आवश्यक संस्थागत, प्रक्रियागत तथा प्राविधिक विषय;
५. शान्ति स्थापना तथा द्वन्द्व व्यवस्थापनसम्बन्धी अध्ययन, विश्लेषण तथा अनुभवको आदान-प्रदान;
६. द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको राहत, आर्थिक सहायता तथा पुनःस्थापन;
७. द्वन्द्व-संवेदनशील प्रणालीबारे अध्ययन तथा अनुसन्धान;
८. शान्ति स्थापना तथा द्वन्द्वको व्यवस्थापनसम्बन्धी सूचना, अध्ययन सामग्री र अध्ययन प्रतिवेदनको अभिलेख केन्द्र तथा शान्ति र द्वन्द्व व्यवस्थापनको प्राविधिक स्रोतकेन्द्रसम्बन्धी;
९. शान्ति प्रक्रिया र द्वन्द्वको सङ्क्रमणकालीन व्यवस्थापन;
१०. द्वन्द्वको कारणबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाको योजना तर्जुमा, कार्यान्वयन तथा क्षेत्रगत निकायसँगको समन्वय;
११. शान्ति कोषबाट सञ्चालित योजना तथा कार्यक्रमको सञ्चालन र अनुगमन;
१२. माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन र रेखदेख;
१३. शान्ति स्थापना र द्वन्द्व व्यवस्थापनसँग सम्बन्धित सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय सङ्घ-संस्थाको सम्पर्क;
१४. सत्य निरूपण तथा मेलमिलाप आयोग;
१५. बेपत्तासम्बन्धी छानबिन आयोग;
१६. शान्ति तथा पुनःस्थापनासम्बन्धी परामर्श समिति;
१७. शान्ति प्रक्रियासम्बन्धी उच्चस्तरीय अनुगमन समिति;
१८. स्थानीय शान्ति समिति ।
शिक्षा मन्त्रालय
१. शिक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. शिशु, प्राथमिक, निम्न-माध्यमिक, माध्यमिक, उच्च-माध्यमिक तथा उच्च-शिक्षा, दूर-शिक्षा, प्रौढ शिक्षा, अनौपचारिक शिक्षा तथा विशेष शिक्षा;
३. जनसङ्ख्या शिक्षा र पौष्टिक आहार कार्यक्रम;
४. प्राविधिक, व्यावसायिक, नैतिक तथा शारीरिक शिक्षा;
५. शिक्षक तालिम र शैक्षिक जनशक्ति विकास नीतिको तर्जुमा तथा कार्यान्वयन;
६. शिक्षण संस्था (गुरुकुल, मदरसा, गुम्बासमेत) ;
७. खुला प्रतियोगिताबाट छनौट हुनेलाई छात्रवृत्ति, विदेशमा अध्ययन, अनुसन्धान गर्न जाने तथा विदेशीलाई नेपालमा अध्ययन, अनुसन्धानको स्वीकृति;
८. प्राज्ञिक अनुसन्धान;
९. पाठ्यक्रम तथा पाठ्यपुस्तक;
१०. शिक्षासम्बन्धी सर्वेक्षण, तथ्याङ्क तथा अनुसन्धान;
११. पुस्तकालय र वाचनालय;
१२. शिक्षाविषयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सम्पर्क तथा समन्वय;
१३. शिक्षासम्बन्धी द्विपक्षीय र बहुपक्षीय सम्झौता;
१४. संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ (युनेस्को);
१५. विश्वविद्यालय तथा अध्ययन संस्थान;
१६. विश्वविद्यालय अनुदान आयोग;
१७. जनक शिक्षा सामग्री केन्द्र;
१८. साझा प्रकाशन;
१९. नेपाल शिक्षा सेवाको सञ्चालन (आर्कियोलजी समूहबाहेक) ।
श्रम तथा रोजगार मन्त्रालय
१. श्रम तथा रोजगारसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, समन्वय, अनुगमन र मूल्याङ्कन;
२. श्रमशक्ति र श्रमबजारसम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण;
३. अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा श्रमसम्बन्धी अन्य राष्ट्रिय, अन्तराष्ट्रिय सङ्घ-संस्था;
४. श्रमिक र व्यवस्थापकबीचको सम्बन्ध;
५. रोजगार सेवा तथा श्रमिक आपूर्ति;
६. वैदेशिक रोजगार;
७. व्यावसायिक तालिमको सञ्चालन, समन्वय तथा प्रवर्द्धन;
८. महिला, अपाङ्ग तथा मजदुरको सीप र तालिम;
९. ट्रेड युनियन;
१०. श्रमिकहरूको सामाजिक सुरक्षा;
११. विदेशीहरूका लागि श्रम स्वीकृति;
१२. श्रम प्रशासन र व्यवस्थापन;
१३. श्रमिकलाई उपलब्ध गराइने बोनस र
१४. रोजगारी सिर्जनासम्बन्धी कार्यमा समन्वय ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१. संस्कृति, पर्यटन तथा हवाई यातायातको विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. पर्यटन तथा हवाई उद्योगको प्रवर्द्धन र संरक्षण;
३. ट्राभल र ट्रेकिङ एजेन्सी;
४. विश्व पर्यटन सङ्गठनलगायत पर्यटन तथा हवाई यातायातसम्बद्ध अन्तर्राष्ट्रिय संस्था;
५. पर्वतारोहण र अन्य साहसिक पर्यटन क्रियाकलाप;
६. विमानस्थलको निर्माण, मर्मत, सम्भार तथा व्यवस्थापन;
७. हवाई यातायात र परिवहनको सञ्चालन तथा व्यवस्था;
८. संयुक्त राष्ट्र सङ्घीय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ तथा नागरिक उड्डयनसँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्थासँगको सम्पर्क, सहयोग र समन्वय;
९. संस्कृतिको प्रवर्द्धन तथा संरक्षण;
१०. संस्कृतिसम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्पर्क, सहयोग र समन्वय;
११. संस्कृतिविषयक अन्तर्राष्ट्रिय सम्झौता, सांस्कृतिक आदान-प्रदान, अध्ययन तथा अनुसन्धान;
१२. पुरातात्विक महत्त्वका स्मारक र पुरातात्विक वस्तुहरूको सङ्ग्रह, संरक्षण, संवर्द्धन, अन्वेषण तथा उत्खनन;
१३. निकासी गरिने पुरातात्विक वस्तुको जाँच र अनुमति;
१४. प्रतिलिपि अधिकार;
१५. सांस्कृतिक सम्पदा, धरोहर र ऐतिहासिक महत्त्वका दरबारको संरक्षण तथा संवर्द्धन;
१६. विभिन्न धर्म, जात, जाति, सम्प्रदाय, भाषा, भाषिकाको साहित्य, लिपि, कला र संस्कृतिको संरक्षण तथा विकास;
१७. पर्यटनसँग सम्बद्ध सङ्घ, सङ्गठन, संस्थान र समिति;
१८. नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्यकला प्रतिष्ठान;
१९. पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्, सांस्कृतिक संस्थान र अन्य सांस्कृतिक, धार्मिक, पुरातात्विक, संस्था तथा समिति;
२०. नारायणहिटी दरबार सङ्ग्रहालय तथा अन्य सङ्ग्रहालय र अभिलेखालय;
२१. हवाई यातायातसम्बद्ध संस्थान, प्राधिकरण तथा सङ्गठन;
२२. नेपाल शिक्षा सेवाअन्तर्गत आर्कियोलजी समूहको सञ्चालन;
२३. नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत देहायका समूहको सञ्चालन –
(क) सिभिल इन्जिनियरिङ समूहअन्तर्गत एअरपोर्ट उपसमूह;
(ख) एरोनटिकल इन्जिनियरिङ समूह;
(ग) सिभिल एभिएसन अपरेसन एण्ड इन्जिनियरिङ समूह ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
१. स्थानीय स्वायत्त शासन, स्थानीय विकास, दुर्गम क्षेत्र विकास, ग्रामीण विकास तथा सामुदायिक विकास, स्थानीयस्तरको सडक, सिँचाइ, खानेपानी, ढल निकास तथा सरसफाइसम्बन्धी नीति, योजना, कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. विकेन्द्रीकरण र निक्षेपणसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा अनुगमन;
३. सङ्घीय शासन प्रणाली र राज्य पुनर्संरचना;
४. समावेशी लोकतन्त्र;
५. स्थानीय स्वायत्त शासन तथा स्थानीय सुशासन;
६. अन्तरसरकार वित्तीय हस्तान्तरण तथा स्थानीय निकायहरूको वित्तीय व्यवस्थापनसम्बन्धी नीतिगत व्यवस्था एवं अनुगमन र मूल्याङ्कन;
७. विकास क्षेत्र, अञ्चल, जिल्ला, गाउँ विकास समिति र नगरपालिकाको सीमाङ्कन;
८. स्थानीय विकास कार्यक्रमबीच समन्वय;
९. स्थानीय निकायहरूबीच समन्वय र सम्पर्क;
१०. स्थानीय जनशक्ति र जनसहयोग परिचालन;
११. स्थानीय विकाससम्बद्ध अन्तर्राष्ट्रिय सम्मेलन तथा सम्पर्क;
१२. स्थानीयस्तरका हाट, बजार, मेला;
१३. जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ताको प्रशासन;
१४. एकीकृत ग्रामीण विकास;
१५. स्थानीय प्रविधिको पहिचान तथा प्रवर्द्धन;
१६. स्थानीय तहका सडक (कृषि सडकसमेत) ;
१७. गोरेटो/घोडेटो बाटो र झोलुङ्गे पुल तथा स्थानीय पुल;
१८. जनजाति, आदिवासी, दलित, वादी तथा मुस्लिम विकास;
१९. स्थानीय विकास;
२०. जेष्ठ नागरिक, एकल महिलालगायतको सामाजिक सुरक्षा भत्ता;
२१. ग्रामीण विकास तथा स्थानीय विकाससम्बन्धी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्था;
२२. नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहको सञ्चालन ।
२२. सहकारी तथा गरिबी निवारण मन्त्रालय
१. सहकारी र गरिबी निवारणसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. सहकारी सङ्घ संस्थाको विकास, सुदृढीकरण र नियमन;
३. सहकारी र आर्थिक विकास;
४. सहकारीको प्रवर्द्धन र संरक्षण;
५. अन्तर्राष्ट्रिय सहकारी सङ्गठनसम्बन्धी विषय;
६. अन्तर्राष्ट्रियस्तरमा सहकारी संस्थाको प्रवर्द्धन र विकास;
७. सहकारी वचत तथा ऋण लगानीसम्बन्धी विषय;
८. सहकारी र गरिबी निवारणसँग आबद्ध सङ्घ संस्थाको अनुगमन, रेखदेख र नियमन;
९. सहकारी रकमको लगानी;
१०. सहकारी र गरिबी निवारणसम्बन्धी विभिन्न निकायबाट सञ्चालित कार्यक्रमको समन्वय, अनुगमन र मूल्याङ्कन;
११. सहकारी र गरिबी निवारणसँग सम्बन्धित अन्तर मन्त्रालयगत कार्यको समन्वय;
१२. सीमान्तकृत, विभिन्न वर्ग र समुदायमा रहेका गरीबको पहिचान;
१३. सहकारी र गरिबी निवारणका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवर्द्धन, कामको समन्वय, अनुगमन र मूल्याङ्कन;
१४. सहकारी र गरिबी निवारणसम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण;
१५. सहकारीसम्बन्धी क्षमता अभिवृद्धि;
१६. सहकारी र गरिबी निवारणसम्बन्धी आयोजनाको संभाव्यता अध्ययन, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
१७. सहस्राब्दी विकास लक्ष्य (गरिबी निवारणसम्बन्धी) ;
१८. राष्ट्रिय सहकारी विकास बोर्ड;
१९. सहकारी सङ्घ-संस्था ।
सहरी विकास मन्त्रालय
१. सहरी विकास र सहरी पूर्वाधारको विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन;
२. नगरपालिका तथा नगरोन्मुख स्थानहरूको भौतिक योजना तथा कार्यक्रमको कार्यान्वयन, समन्वय, अनुगमन र मूल्याङ्कन;
३. सरकारी भवनको निर्माण, मर्मतसम्भार, रेखदेख र सुरक्षा;
४. भवन तथा अन्य निर्माण सामग्रीको प्रविधि, अनुसन्धान तथा विकाससम्बन्धी संहिता र मापदण्डको तयारी तथा कार्यान्वयन;
५. सहरीकरण, सहरी भू-उपयोग र सहरी विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन;
६. बसोवास र बस्ती विकास;
७. अव्यवस्थित बसोबासको व्यवस्थापन, सहरी विपन्न वर्ग तथा सहरी आवासविहीनको आवास व्यवस्थापन;
८. खानेपानी, सरसफाइ तथा ढल निकास;
९. केन्द्रीय सचिवालयको भवन व्यवस्थापन;
१०. मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख आदिको आवास व्यवस्था;
११. नगर विकास समिति र आवास तथा सहरी विकाससम्बन्धी संस्थाको रेखदेख;
१२. आवास निर्माणसम्बन्धी गैरसरकारी क्षेत्रका संस्थाको प्रवर्द्धन तथा विकास;
१३. आवास तथा सहरी विकाससम्बन्धी अन्तर्राष्ट्रिय वा क्षेत्रीय सङ्घ संस्थासँग सम्पर्क र सहयोग;
१४. रणनीतिक सडकबाहेकका सहरी सडक;
१५. विशिष्ट सहरी संरचनाको डिजाइन र निर्माण;
१६. काठमाडौं उपत्यका विकास प्राधिकरण;
१७. काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड;
१८. काठमाडौं उपत्यका खानेपानी लिमिटेड;
१९. काठमाडौं उपत्यका खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन निर्देशनालय;
२०. नगर विकास कोष;
२१. नेपाल खानेपानी संस्थान;
२२. फोहरमैला तथा स्रोत परिचालन केन्द्र;
२३. नगर विकास प्रशिक्षण केन्द्र;
२४. मेलम्ची खानेपानी विकास समिति तथा मेलम्ची खानेपानी आयोजना;
२५. सिंहदरबार विकास समिति;
२६. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति;
२७. अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समिति;
२८. खानेपानी तथा महसुल निर्धारण आयोग;
२९. ग्रामीण आवास कम्पनी लिमिटेड;
३०. नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहको बिल्डिङ्ग एण्ड आर्किटेक्ट र स्यानिटरी उपसमूहको सञ्चालन ।
सामान्य प्रशासन मन्त्रालय
१. निजामती कर्मचारी प्रशासन, व्यवस्थापन तथा अभिलेखसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. बढुवा समितिको सचिवालय;
३. सेवा, समूह तथा उपसमूह परिवर्तन;
४. निजामती सेवाका पदको लागि न्यूनतम शैक्षिक योग्यताको निर्धारण;
५. प्रशासन सुधार;
६. प्रशासनविषयक अन्तर्राष्ट्रिय सङ्घ-संस्था;
७. नेपाल सरकारको तालिमसम्बन्धी नीति र सर्वेक्षण;
८. नेपाल सरकारद्वारा सञ्चालित विभिन्न प्रशासनिक तालिम कार्यक्रमको स्तरीयकरण, समन्वय र मूल्याङ्कन;
९. प्रशासन सेवासम्बन्धी देशभित्र र बाहिरका तालिम, योजना तथा कार्यक्रममा स्वीकृति;
१०. प्रशासनविषयक तालिमको सञ्चालन र निजामती कर्मचारीलाई प्रदान गरिने विभिन्न तालिम कार्यक्रमको समन्वय तथा मूल्याङ्कन;
११. सार्वजनिक सेवाका पदहरूको तलब तथा अन्य सुविधाविषयक नीति र सिद्धान्त तथा परामर्श;
१२. निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतबाट अर्को मन्त्रालय वा अन्तर्गत सरुवा;
१३. निजामती सेवामा रहने पदको दरबन्दी सिर्जना;
१४. निजामती सेवाअन्तर्गतका विभिन्न सेवाबीच समन्वय;
१५. निजामती कर्मचारीको कल्याण;
१६. व्यवस्थापकीय परीक्षण;
१७. निजामती किताबखाना;
१८. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान;
१९. कर्मचारी प्रशिक्षण प्रतिष्ठान;
२०. निजामती अस्पताल;
२१. कर्मचारीसम्बद्ध सङ्घ, संस्था;
२२. नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा र नेपाल विविध सेवाको सञ्चालन ।
सिँचाइ मन्त्रालय
१. सिँचाइ क्षेत्रको विकास, संरक्षण, व्यवस्थापन, नियन्त्रण र उपयोग एवं विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. सिँचाइ र यसको उपयोगसम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा कार्यान्वयन;
३. सिँचाईसम्बन्धी बहुमुखी योजनाको निर्माण, सञ्चालन, सम्भार र प्रवर्द्धन;
४. बाढी र नदी नियन्त्रण;
५. सिँचाइ विकाससम्बन्धी अध्ययन, अनुसन्धान, आयोजनाको सम्भाव्यता अध्ययन, निर्माण सञ्चालन, सम्भार र विकास;
६. सिँचाइ विकासमा निजी क्षेत्रको प्रवर्द्धन;
७. जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा कार्यान्वयन;
८. सिँचाइ आयोजनाहरूको निर्माण, संरक्षण र सिँचाइ सुविधाको समुचित प्रयोग (फार्म सिँचाइ र साना सिँचाइसम्बन्धी कार्यक्रमहरू समेत);
९. भूमिगत जलस्रोत;
१०. सिँचाइ र त्यसको उपयोगसम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सम्पर्क;
११. सिँचाइ र त्यसको उपयोगसम्बन्धी द्विपक्षीय वा बहुपक्षीय वार्ता, सन्धि सम्झौता;
१२. सिँचाइसँग सम्बन्धित निकायसँग समन्वय;
१३. पानीपोत;
१४. जलउत्पन्न प्रकोप व्यवस्थापन तथा नियन्त्रण;
१५. जलउत्पन्न प्रकोपसम्बन्धी विषयको अध्ययन, अनुसन्धान तथा कार्यान्वयन;
१६. जलउत्पन्न प्रकोप नियन्त्रणसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
१७. जलउत्पन्न प्रकोपसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय प्रतिनिधित्व;
१८. नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत देहायका समूह, उपसमूहको सञ्चालन-
(क) सिभिल इन्जिनियरिङ समूहको इरिगेशन र हाइड्रोलजी उपसमूह;
(ख) मेटेरियोलजी समूह;
(ग) एगृ इरिगेसन इन्जिनियरिङ समूह ।
सूचना तथा सञ्चार मन्त्रालय
१. सूचना तथा सञ्चारसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. प्रेस तथा सूचना र सुरक्षण मुद्रण;
३. हुलाक सेवाको सञ्चालन, विकास र प्रवर्द्धन;
४. कुरियर सेवाको सुपरिवेक्षण, नियमन तथा नियन्त्रण;
५. पत्रपत्रिकाको विकास तथा प्रकाशन;
६. सूचना, प्रचार तथा प्रसार;
७. रेडियो तथा टेलिभिजन प्रसारण, डाउन लिङ्क तथा केवल सञ्चालन;
८. सूचना सञ्चार सञ्जालमार्फत् एकीकृत सेवा;
९. चलचित्र विकास;
१०. दूरसञ्चार;
११. सूचना र सञ्चार प्रविधिको विकास तथा विस्तार;
१२. सूचना र सञ्चार प्रविधिसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क;
१३. फ्रिक्वेन्सी वितरण, व्यवस्थापन तथा अनुगमन;
१४. नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, गोरखापत्र संस्थान, चलचित्र विकास बोर्ड, रेडियो प्रसार सेवा विकास समिति, राष्ट्रिय समाचार समिति तथा नेपाल टेलिभिजन;
१५. सञ्चारविषयक अन्तर्राष्ट्रिय सङ्घ-संस्थासँगको सम्पर्क;
१६. प्रेस काउन्सिल;
१७. राष्ट्रिय सूचना आयोग;
१८. विज्ञापनसम्बन्धी विषय;
१९. नेपाल इन्जिनियरिङ सेवाको इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ समूह सञ्चालन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
१. स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक र युनानी जस्ता चिकित्सा प्रणालीसम्बन्धी प्रतिकारात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक, पुनःस्थापन, अनुसन्धान तथा विकास;
३. विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था;
४. स्वास्थ्य तालिम;
५. स्वास्थ्य सेवासम्बद्ध गैरसरकारी संस्था;
६. स्वास्थ्यविषयक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सम्पर्क;
७. नर्सिङ्गहोम, निजी तथा सामुदायिक अस्पताल;
८. स्वास्थ्य तथा जनसङ्ख्याक्षेत्रको जनशक्ति विकास र उपयोग;
९. जनस्वास्थ्य तथा सार्वजनिक स्वास्थ्यसेवाको विस्तार, अनुसन्धान, योजना र विकास;
१०. औषधिको अनुसन्धान, उत्पादन, गुणस्तर निर्धारण, मूल्य नियन्त्रण तथा बिक्रीवितरण र औषधि वा औषधि उत्पादनमा लागू पदार्थको अनुचित प्रयोग वा दुरुपयोग हुन नदिई असुरक्षित तथा न्यून गुणस्तरका औषधिको उत्पादन, बिक्रीवितरण, निकासी, पैठारी, सञ्चय, सेवन र नियन्त्रण;
११. चिकित्सा तथा स्वास्थ्यसँग सम्बन्धित परिषद्, प्रतिष्ठान र अन्य संस्था;
१२. जनसङ्ख्या विषयको अध्ययन, अनुसन्धान, सर्वेक्षण र तालिम;
१३. जनसङ्ख्यासम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क, समन्वय;
१४. जनसङ्ख्या विषयसम्बन्धी प्रकाशन एवं प्रचारप्रसार;
१५. संयुक्त राष्ट्र जनसङ्ख्या कोष र जनसङ्ख्यासम्बद्ध अन्तर्राष्ट्रिय सङ्घ-संस्था;
१६. सरकारी तथा गैरसरकारी सङ्घ-सस्थाद्वारा कार्यान्वयन गरिएका जनसङ्ख्याविषयक कार्यक्रमहरूको मूल्याङ्कन र समीक्षा;
१७. जनसङ्ख्या तथा बसाइसराइ नीति, योजना र कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
१८. परिवार नियोजन तथा मातृशिशु कल्याण योजना र जनसङ्ख्या व्यवस्थापन;
१९. प्रजनन स्वास्थ्य र पोषण शिक्षा;
२०. नेपाल स्वास्थ्य सेवाको सञ्चालन ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
चाहि महत्वपूर्ण छ नेपालको लागि
गृह भनेको धेरै जसो सामाजिक न्याय, र विधिको बिधान बसाल्न को लागि सहयोग गर्ने र बिदिको बिधान बिथोल्ने र उग्र क्रिया कालाप र अपराध गर्ने लाई करबि गर्ने हुनु पर्ने हो|
यी सामान्य सामजिक परिचालनकोलागि राम्रो संरचना बनाउने मन्त्रलाये हुनु पर्ने हो |
तर यसको गति बिधि र त्यो जिम्मिबारी बोकेका बिगत का मन्त्रि र इनले सम्रक्ष्याँ दिएका गुण्ड हरुको लिस्ट हेर्ने हो भने, नेपाल को सब भन्दा बादी अधिकार दुरुपयोग गरेर, विधिको बिधान को ध्वोंग्षा मात्र होइन यो सब भन्दा भ्रस्ट मन्त्रलाये हो भन्दा फरक पर्दैन होला|
यो मन्त्र लाएका मन्त्रि हरुको निस्पछ्या अनुसन्धान गर्ने हो भने यिनी हरुलाई सात जन्म जेलमा राखेर मात्र होइन यिनीहरुलाई फासिनै चडाए पनि सजाए पुग्दैन|
देखि हालियो, खुम बहादुर, भिम रावल, र महको औसर्बादी भ्रस्ट गच्छेदार|
बामदेव लाई हधई गरेछ भने सबै छेत्र मा पुराना को रेकर्ड तोड्ला|
तेसैले यी ब्वासा हरुको नाटक हेर्नु परेको को|
तेत्तिकै पनि थाहा भयको कुराहो गृह मन्त्रालय कति र किन महत्वो पुर्ण छ भनेर!
गृह मन्त्रालय घर (देश) हो अरु मन्त्रालय हरुमा जे जति कुरागरिन्छ त्यो प्रत्यक्ष परोक्ष गृह मन्त्रालय संग सम्बन्धित हुन्छ र तेहाबात कुनैना कुनै सम्बन्धमा अनुमोदित हुनुपर्छ!
तेसमाथि निकट भविष्यमा हुनसक्ने स्थानी चुनाबलाई त यो मन्त्रालयको जिल्ला प्रसासन र पुलिस प्रशासनको प्रयोगले निकै असर गर्न सकिन्छ! ख्वाउने पिलाउने धुत्ने लुट्ने आदि सबैकुरामा गृह मन्त्रालय निकै अगाडी हुन्छ तेसै बामदेब र एमाले मरिहत्य गर्छ त?
गृह मन्त्रालयले नगर्ने एउटै कुरा हो, देशको बिकाश यसले बिकाश गर्दैन ब्याबस्थापन संग मात्र सम्बन्धित हुन्छ! ब्याबस्थापनामा सबैभन्दा बढी लुट र धुत हुन्छ तेसैले बामदेब र एमाले मरिहत्य गरि तेहा जसरि पनि हुन्छ!
अरु को पनि त राम्रै रहेछ काम काज
ठिकै हो
एकपटक मेरो मोटरसाइकलको स्ट्याण्ड खिया लागेर भाच्चियो, गाउँमा वेल्डिंग गर्ने ठाउँ थिएन / वरिपरि जान र घरमा राख्न समेत मेरो बाह्र बजेको थियो ! त्यो बेला मैले मनन गरेको थिए कि, मोटरसाइकलमा स्ट्याण्ड कति महत्वपूर्ण हुँदो रहेछ भन्ने ! हो.. त्यस्तै हो, राज्य संयन्त्रमा पनि हरेक सानो निकायको उत्तिकै महत्व हुन्छ / मुटु महत्वपूर्ण होला तर मृगौलाको काम त्यसले चलाउन मिल्दैन /
तेसोभय स्ट्याण्ड पाङ्ग्रा भन्दानी महत्वो पूर्ण हो त?
एक सामान्य मान्छे , जो सधै हाम्रो वर पर रह्यो , गाउँ समाजको गतिविधिमा सरिक रह्यो , चुनाव आयो सभासद बनायौं , अनि हामीले बिर्सियौं उ अझै पनि गाउँ र समाजको सेबक हो | उसलाइ एका एक आफ्नो मालिक बनाउने होडमा लाग्यौं | उसलाई सृजनात्मक सुझाब दिनुको सट्टा, उसलाइ नमस्ते गर्न / हात मिलाउन पग्क्तिवद्ध भएर बस्दा आफुलाइ महान सम्झिन थाल्यौं | तिनलाई राजा, महाराजा, वावुसाहेब, मालिक साहेब अथवा श्री ३ या श्री ५ नै बनाउनु तत्पर भयौं |
अनि ती सामान्य हाम्रा सेबक यत्रो नसोचेको सम्मान पाए पछि, आफु लाई राजा नै सम्झिन थाले | अब राजा नै भई सके पछि दरवार त चाहियो नै, त्यसैले हाम्रा सामान्य सेवकले लाजिम्पाट, बुढानिलकण्ठ, डल्लु, बालकोटमा दरवार निर्माण गरे | अब गल्ति कस्को ? दरवार बनाउने को कि महाराज बनाउने को ? आफ्नो जवाफ दिनु होला ?
मैले त सबै पडिना, यो पढेर भ्याउने बेलामा स्वस्थानी को १-२ चप्टर नै सकिन्छा !!जय महादेव!!!
राम्रो जानकारी उमेश जी। यो सबै पढने सबै साथीहरूको समय पक्कै पनि नहोला। तर पनि कुनै मन्त्रीले केहि काम गरेछ भने चाहिं ल है यो यस्को अधिकार क्षेत्र रहेछ भनेर बुझौंला। होईन भने अब यो कागजको ठेलिमा दर्ता मात्र भएका नियम र कामले केहि असर गर्दैन।
सम्पति देखेर महादेवको पनि तिन नेत्र भनेको यही हो: जता फर्के पनि पैसै-पैसा झर्ने खोल्सी रहेछ, अनि किन तानाताना नहोस त?
Informative but very long!!
सबै भन्दा ठुलो कुरा गृह मा पैसो छ |
बिना बिभागीए मन्त्रालय छुटे जस्तो छ नि ?