Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय झण्डाको रङ नै फेर्न पाइन्छ ?

Posted on March 4, 2014March 4, 2014 by Salokya

flag
नेपाल पहिलो पटक टि २० विश्वकप खेल्दैछ। यो गौरवपूर्ण क्षणलाई स्मरणीय बनाउन र राष्ट्रिय भावना जगाई सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्न तीन दिन ‘फ्ल्याग डे’ मनाउने कुरा आइरहेको छ। अर्थात् नेपालले खेल्ने प्रारम्भिक तीन खेलका दिन कोही जर्सी लाएरै सुत्ने रे कोहीले चाहिँ सिरानीमा राख्ने रे। तर यस्तो गौरवको काम गर्दा राष्ट्रिय झण्डाको रङ नै फेर्न पाइन्छ त ?

हाम्रो राष्ट्रिय झण्डाको किनारमा कस्तो रङ हुन्छ ? निलो। तर विदेशी कम्पनीले बनाएको राष्ट्रिय जर्सीको झण्डा भने सेतो बनाइएको छ।

फोटो पत्रकार विकास कार्कीले जर्सीमा नेपालको झण्डाको गाइजात्रे ताल देखेकोतर्फ लक्षित गर्दै यस्तो ट्विट गरेका छन्-

दिनरात राष्ट्रियता देख्नेहरु , हातहातमा राष्ट्रिय झण्डा बोक्नेहरु, सुत्दानी राष्ट्रिय जर्सी लगाउनेहरु सधै बिदेशी हस्तक्षेप देख्नेहरु 1-2

— Bikash karki (@karki2006) March 4, 2014

एउटा बिदेशी कंम्पनीले बनाको राष्ट्रिय जर्सीमा झण्डाको किनाराको रङ्ग फेरिदानि मौनछन् निहो फागुन होकी भदौ हो अहिले 2/2 pic.twitter.com/QLmkGNqUnF

— Bikash karki (@karki2006) March 4, 2014

त्यस्तै अर्का पत्रकार पवन आचार्य लेख्छन्-

Post by Pawan Acharya.

त्यसो त निलो ब्याकग्राउन्ड भएकोले झण्डामा सेतो रङ हालेको भन्ने कूतर्क गर्न सकिएला। तर झण्डा जस्तो कुरामा आफूखुसी गर्न पाइन्छ र ? कसैलाई पहेँलो बनाउन मन लाग्ला, कसैलाई हरियो, जर्सी बनाउनेको बच्चालाई पिङ्क राम्रो लाग्ला रे, अनि झण्डाको किनार जे पायो त्यही रङको बनाउने ?

38 thoughts on “राष्ट्रिय झण्डाको रङ नै फेर्न पाइन्छ ?”

  1. achut says:
    March 9, 2014 at 1:52 pm

    ज्योतिस ले भन्या रे के निलो हटाए १ -२ टा म्याच जित्छ रे….

    Reply
  2. Ram B Adhikari says:
    March 5, 2014 at 8:48 pm

    झन्डै झन्डै पुरै झन्डा नै फेर्न आटेका थिए कुनै समुहले धन्न जोगियो Thank God !!!

    Reply
  3. neerose says:
    March 5, 2014 at 4:18 pm

    नेपालको झण्डा भन्दापनि यो CAN को लोगो हो!
    भन्ने हाम्लाई लाइराच!

    Reply
  4. PRSingh says:
    March 5, 2014 at 11:09 am

    हैन टिशर्ट मा छापिएको झन्डा को विषयमा यत्रो बहस | एकपल्ट गुगल मा “Canadian 2014 Olympic Jerseys” खोज्ने कि, अनि फेरी रातो मेपलको पात भयको क्यानाडा को राष्ट्रिय झन्डाको साटो क्यानाडाको ओलिम्पिक जर्शीमा किन सेतो पात राखिएको भनि बहस सुरु गरि हाल्नेकी | आफु त खुसुक्क हाम्रा टि२० का प्रथम वर्ल्ड कप खेलाडी भाईहरुलाइ हार्दिक शुभकामना दिन चाहन्छु | आशा गरौ वहाहरुको एक पछि अर्को विश्वाशिलो प्रदर्शनले नेपालमा निकट भविष्यमै अन्तरास्ट्रिय क्रीकेट मैदान र क्रिकेट tourism को बिकास भई छिटै टेस्ट, वन दे अनि टि२० अन्तरास्ट्रिय प्रतियोगिताको लागि नेपालको काठमाडौँ, पोखरा जस्ता रमणीय ठाउहरु आकर्सक थलो को रुपमा प्रख्यात होस् |

    Reply
  5. योगेश आदी says:
    March 5, 2014 at 9:30 am

    गल्ति त भएकै हो / निलो जर्सी भएकोले झन्डामा त्यो सेतो बोर्डर राख्न नै जरूरी थिएन /

    Reply
  6. योगी says:
    March 5, 2014 at 9:04 am

    एउटा आर्टिस्ट आँखाले हेर्दा यो झन्डामा कुनै कुरा पनि मिल्दैन …नेपाली राष्ट्रिय झन्डा कस्तो हुनुपर्छ लौ हेर्नुस….
    http://www.youtube.com/watch?v=f2Gne3UHKHs#aid=फ९ईईःर्ळ८फ्स्ग

    Reply
    1. neerose says:
      March 6, 2014 at 12:44 am

      हाहा,
      PhD नै गर्न पर्ला जस्तो पो छ हो यो झण्डा लाइ लिएर!
      झण्डा बनाउदा बनाउदै देश बनाउन नाभ्याको हो कि क्याहो त उसो भए हाम्रा पुराना डिठ्ठा हरुले?

      Reply
  7. Jeevan Thapa says:
    March 5, 2014 at 7:07 am

    देश नै कुन दिन बंदे मातरम तिर पुग्ने हो भन्ने लागि रहेको बेला जर्सीमा भएको झण्डाको कुरो … तर हल्का किनाराको रङ निलो त देखिन्छ हो अलि ठुलो बनाएर हेर्यो भने ….

    Reply
  8. रमन says:
    March 4, 2014 at 10:08 pm

    नीलो बोर्डर हेर्नलाई अलि गहिरेर हेर्न पर्ने ‘रे?
    अहिलेसम्म कतिजनाको राष्ट्रियतालाई नियालेर गहिरेर हेर्न परेको थियो अब त् झण्डा लाई नै यसरि हेर्नपर्ने बनाईदिएछ बा…..

    Reply
  9. bibek dhakal says:
    March 4, 2014 at 8:11 pm

    बिस्तारै दक्षिणतिर देशको किनार मिचेर नक्शै परिवर्तन हुन लाग्दा समेत ” फलानो ठाउँ त हाम्रो हैन, भारत को हो ” भन्ने प्रधानमन्त्री हुने देशको एउटा खेलकुद पोशाकको झण्डाको किनारको रंग धमिलिंदा के अचम्म मान्नु र खै?

    Reply
  10. ramesh says:
    March 4, 2014 at 8:07 pm

    It would have been better if people in CAN had involved marketing people in t shirt designing process. Mistakes has already been committed so lets hope next time they will follow better process.

    Reply
  11. Labindra says:
    March 4, 2014 at 7:20 pm

    नीलो किनारा त छ त्यो जर्सीको नेपाली झन्डामा (तस्बिरलाई ठूलो बनाएर हेर्नुहोस) तर झण्डाको स्वरूप, अनुपात मिलेन/ हाम्रो झण्डाको बिशेषता अनुसार माथिल्लो त्रिभुज अलिक सानो र तल्लो अलिक ठूलो हुनुपर्ने थियो/ प्रतिक्रिया लेख्नु भन्दा अगाडी तस्बिरलाई राम्ररी नियालेको भए राम्रो हुनेथियो/ फेरी भन्नुहोला सानो ठुलो त छ, तर म त्रिभुजको base length आधारको कुरा गर्दछु/

    Reply
    1. Saugat says:
      March 4, 2014 at 9:53 pm

      साउनमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भन्या, कहाँ छ निलो किनारा ?

      Reply
      1. pratik says:
        March 4, 2014 at 11:20 pm

        aafno आँखा फुट्य जस्तो छ… सेतो र रातो को बीच मा मसिनो निलो छ त / photo zoom गरेर हेर्नु एकचोटी फेरि/

        Reply
        1. डिट्ठे माइला says:
          March 5, 2014 at 10:01 am

          त्यो नीलो धर्को भनेको भारतीयले देखाएको नेपालसँगको सिमाना जस्तै हो, जुन सिमाना त देखिन्छ तर २ कि‍.,मि. नेपाल भित्र । नेपाली झंण्डाको किनार सबैतिर नीलो छ र बोल्ड छ । सिवाय, चन्द्र र सूर्य, अन्त कतै सेतो रँग हुनु हुँदैन जस्तो मलाई लाग्छ ।

          Reply
    2. Ale says:
      March 5, 2014 at 7:40 am

      त्रिभुज को base को लम्बाई? Actually , base of this triangle can be two: first , the vertical side and second , the horizontal. तपाइले तल परेको side लाइ भन्न खोज्नु भएको होला, होइन ?

      Reply
  12. Shramik says:
    March 4, 2014 at 7:10 pm

    जेर्सी जाबो त नेपालमा नबनाउने, अनि बिदेसी जेर्सीमा आफ्नो झन्डाको खराबि देख्ने? हे राष्ट्रप्रेमी हो, रास्त्रियता जोगाउन आफ्नो काम आफै गर्नु पर्छ ! जय स्वाबिमान Nepal !,,!,,

    Reply
  13. बिनोद तिमिल्सिना says:
    March 4, 2014 at 6:55 pm

    आफ्नी आमाको अनुहार नचिन्नेहरु!!!

    Reply
  14. हीमखुर्पेटो says:
    March 4, 2014 at 6:29 pm

    निलो किनारा अलिकति मसिनो भएको चाहिं हो तर नेपाली झन्डाको किनारा नै सेतो पार्न खोजिएको चाहिं होइन होला जस्तो लाग्छ मलाई ! सेतो टिसर्ट भएको भए यो कुरो नै आउँथेन | क्रिकेट खेलमा सेतो ड्रेस केवल ‘टेस्ट क्रिकेट’ मा मात्र प्रयोग गरिन्छ आजकाल ! निलो टिसर्टमा हाम्रो झण्डा को किनारा प्रस्टसंग निलो छ है भनेर देखाउनको लागि सेतो ब्याक-ग्राउण्ड को जरुरत पर्ने भएकोले यस्तो हुन गएको हुन सक्छ ! यो मेरो सकारात्मक सोच हो !

    Reply
  15. Binaya says:
    March 4, 2014 at 2:18 pm

    मलाई त खासै कुनै ठुलो कुरो लागेन. तील को पहाड बनाउन लागेको जस्तो लाग्यो. किन भने
    १. त्यो तस्बिर अलि राम्ररी हेर्नु भयो भने किनार को सेतो रंग र झन्डा को रातो रंग को बीच मा gap देखिन्छ. मतलब जर्सी को background को नीलो रंग लाइ किनार बनौन खोजेको हो तर सेतो रंग अलि मोटो भएर ओझेल मा पर्न गयो.

    २. रास्त्रियता भावना भित्री मन देखि आउछ न कि ये येस्ता materialistic कुरा ले. मैले अहिले सम्म न नेपाली दौरा सुरुवाल लगाएको छु न नेपाली जर्सी लगाएको छु तर नेपाल को कुनै फुटबल खेल होस् वा क्रिकेट वा कुनै राजनीतिक बिषय होस्. मेरो मन मा जाग्ने रास्त्रियता कुनै पनि जर्सी लगाको व्यक्ति भन्दा कम हुदैन.

    ३. हो बरु रातो र निलो रंग नै बिगारेर हरियो, सेतो र सुन्तला रंग राख्न खोज्यो भने चाही तेस्तो लाइ चै छोड्न हुन्न अन्यथा येस्ता झीना मसीना कुरा लै लिएर ठुलो बहस को बिषय बनाउनु मुर्खता मात्र हो.

    धन्यबाद.

    Reply
  16. पुष्प says:
    March 4, 2014 at 2:04 pm

    ‘गैंडाको टाउको, अँग्रेजीमा क्यान र नेपालको झन्डा’ – नेपाल क्रिकेट संघ (क्यान) को लोगो रैछ यो त । क्रिकेट खेलसँग गैंडाको के सम्बन्ध छ ? त्यसमाथि कुनै पनि संघ-संस्थाले आफ्नो लोगोमा राष्ट्रिय झण्डाको प्रयोग गर्नु कत्तिको उचित हो ? क्यानले आफ्नो लोगो परिवर्तन गर्ने हो कि ?

    Reply
    1. Alikhit says:
      March 4, 2014 at 9:40 pm

      गैडाको सम्बन्ध “हान्नु” संग छ | गैडाले मान्छे भेटे खागले हान्छ, ब्याट्सम्यानले बल भेटे ब्याटले हान्छ |

      Reply
      1. Shahil says:
        March 4, 2014 at 11:26 pm

        उसो भए खेलमा पनि गैंडा नै लगे भइ हाल्यो नि…ब्याट पनि किन चाहियो र..उसकै खाग छदै छ नि…

        Reply
      2. neerose says:
        March 5, 2014 at 4:17 pm

        तेसो भयता अझै ढाल राख्या भय झन् हान्नु र रोक्नु दुवै हुनेथियो!

        Reply
  17. Shankar says:
    March 4, 2014 at 1:48 pm

    बिस्तारै नेपाल को मौलिक कला, संस्कृति र नेपालि नै फेरिने लाइन मा छ त् झण्डा को के कुरा ?
    यो जिन्दगि को के कुरा ?
    यो सपना हो र के कुरा ?
    तिम्रो रुप को पनि के कुरा ?
    मेरो गीत को पनि के कुरा ?
    —— – – अम्बर गुरुङ

    Reply
  18. Suman says:
    March 4, 2014 at 1:34 pm

    पहिलो कुरा jersey मा झन्डा किन? I haven’t seen any professional donning jersey that distinctly has their’s country flag in it. Of course it contains colors matching the flag but it doesn’t contain real flag. Using national flag in professional sports is totally absurd and government should step up and ask them to remove the flag from it else face the legal action. What if sponsor is Surya Tobacco. How will the world feel when they see flag along with the tobacco producing sponsor company 😉

    Reply
    1. RKC says:
      March 4, 2014 at 2:15 pm

      क्यान को लोगो मा नेपाल को झण्डा भएर होला

      Reply
    2. Guru Sharma / London says:
      March 4, 2014 at 3:24 pm

      This is not a jersey of professional team, it belongs to the national team and they have the right to carry national flag
      The designer got it wrong with the flag colours, that’s it. Its unforgivable though.

      Reply
      1. Suman says:
        March 4, 2014 at 9:53 pm

        dude grow up…it’s not a matter of team either they are professional or national. BTW, you seem to live in London(by what you wanted to show beside your name) and have you ever seen England football team or cricket team, rugby team or any any professional team for that matter wearing their jersey with their national flag in it? LMAO…how dumb these so called people living abroad think that they know everything and we being here knows nothing.

        Reply
  19. dipak says:
    March 4, 2014 at 1:17 pm

    निलो रंगको जर्सी भएपनि झण्डाको किनार निलो राखेर बरु सेतो बोर्डर राखेको भए छर्लंग भै हाल्थ्यो नि .

    Reply
  20. Ale says:
    March 4, 2014 at 1:14 pm

    कुन हरिलठ्ठक ले design गर्यो होला अनि कुन महा हरिलठ्ठक ले approve गर्यो होला | येस्ता अराष्ट्रिय तत्व हरुलाई मुद्दा हाल्नु पर्ने हो |

    Reply
  21. shivaraj khadka says:
    March 4, 2014 at 1:09 pm

    यस्तो कुरामा ध्यान कहिले जाला सरोकारवालाको \ मा त खै केहि बुझनै सकिरा छैन भन्या
    \

    Reply
  22. madan says:
    March 4, 2014 at 1:07 pm

    खासमा बोडर नराखेक भए पनि हुने झन्डा को किनारा भित्र खेलाडी बसेजस्तै हुनेथियो

    Reply
  23. तारा थापा says:
    March 4, 2014 at 12:48 pm

    यहाँ झन्डामा निलो किनारा छ भन्न छुत्यौनका लागि पनि सेतो बोडर राख्न पर्ने देखियो ! निलो जर्सी भएकाले रातो सुर्य चन्द्र अंकित झण्डाको निलो किनारा छ भन्ने देखौनका लागी पनि सेतो बोडर आबस्यक छ, र लोगोमा पूर्ण नेपाली झण्डा झल्किएको छ! होइन भने जर्सिको रंग निलो राख्न नहुने नि !

    Reply
  24. अनिल says:
    March 4, 2014 at 12:33 pm

    हैन कस्तो निकम्मा हो यो ब्यबस्थापन + सरकार ? नियम कानुन हात्ती को देखाउने दात जस्तो जसले जे गरे नि हुने ? :@

    Reply
  25. Shibaman says:
    March 4, 2014 at 12:28 pm

    साँची निलो धारका खोइ ? छेउ छेउ मा त निलो पो छ त नेपाली झन्डा को !!

    Reply
    1. तारा थापा says:
      March 4, 2014 at 1:30 pm

      निलो किनारा अलिक मसिनो भएको छ, आकारको तुलनामा अलिक मसिनो हो ! सेतो स्याडो भएर तेती सम्म त देखिएको छ हल्का ! अलिक गहिरेर हेर्नुस ! निलो किनारा लाइ देखौनाकालागी पनि सेतो बोडर स्याडो आबस्यक छ यहा ! होइन भने जर्सी नै निलो कलर को बनाउन नहुने!

      Reply
      1. Prabin says:
        March 4, 2014 at 5:23 pm

        निलो किनारा अलिक मसिनो भएको छ, आकारको तुलनामा अलिक मसिनो हो ! सेतो स्याडो भएर तेती सम्म त देखिएको छ हल्का ! अलिक गहिरेर हेर्नुस ! निलो किनारा लाइ देखौनाकालागी पनि सेतो बोडर स्याडो आबस्यक छ यहा ! होइन भने जर्सी नै निलो कलर को बनाउन नहुने!

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme