Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दर्तै नभएको संस्थामा बालबालिका राख्न सरकारी निकाय आफैले किन सिफारिश गर्‍यो?

Posted on March 3, 2014March 4, 2014 by Salokya

दिलशोभाको आमाघरमा बालबालिका राख्नका लागि सरकारी निकाय केन्द्रीय बाल कल्याण समिति स्वयंले सिफारिश गर्ने गरेको थियो। यो समाचार आज बल्ल अनलाइनमा आए पनि समितिको टोली उद्दार गर्न जाँदाबखत नै अर्थात् पाँच दिनअघि नै यो गम्भीर प्रश्न उठाइएको थियो। त्यसको जवाफ के भनेर टारेका थिए टोलीका अधिकारीले, हेर्नुस् भिडियो-

उनी भन्छिन् देशविदेशमा सम्मान पाएको हुनाले अनुमति बिना चलाइराख्नुभएको होला भनेर हामीले सोच्दै सोचेनौ।

कति निरीह रहेछ त हाम्रो प्रशासन।

देशविदेशमा सम्मान पाएपछि त गैरकानुनी काम भएको छ कि छैन, दर्ता भएको छ कि छैन, व्यवस्थित रुपले चलाइराखेको हो कि हैन, हेर्नै नपर्ने?

यही विषयमा थप ब्लग
कसरी पठाइन् दिलशोभाले बालबालिकालाई विदेश ?
किन ‘रेस्क्यु’ गर्‍यो प्रशासनले आमाघरमा ? उजुरीका थप अडियो र भिडियोसहित
आरोप र खण्डनमा मात्र केन्द्रित पत्रकारिता
आमाघरकी दिलशोभाविरुद्ध गम्भीर आरोप, सिडिओमा उजुरी, बालबालिकालाई सुरक्षित राख्न रेस्क्यु गरिने

9 thoughts on “दर्तै नभएको संस्थामा बालबालिका राख्न सरकारी निकाय आफैले किन सिफारिश गर्‍यो?”

  1. cRIS says:
    March 5, 2014 at 7:50 am

    दर्ता भएर के हुन्छ र?? भन्छन मान्छे! हचुवाको भरमा जे बोले पनि ठिकै छ, जसो गरे नि ठिकै छ भन्या जस्तो| यस्तै सोचाईकाहरु नै रहेछन प्राय: नेपालीहरु यहाँका कमेन्टहरु हेर्दा| अनि हाम्रा नेताहरु पनि यस्तै सोच बोकेकाहरु मध्ये बाटै त चुनिने हुन्|

    दर्ता गर्दा म “खसी”को मासु बेच्छु भन्ने कसम गरे जस्तै हो, र पछि खसीको टाउको देखाएर “कुकुर”को मासु नबेचुन भनेर, यसले एउटा कसी लगाउछ| यो महत्वपुर्ण कुरो हो, एक विधिवत समाजको लागी| बाटा तिर फोहोर मैलो टिप्दै खालान सडकछाप बालबालिकाहरु, तर तिनीहरुलाई उचित ब्यबश्था गरेर “गरिबी, करुणा र असाहय” को बिज्ञापन गर्दै ब्यापार चलाउनेहरुलाई, बाचा गरे अनुसारको “उचित” ब्यबस्था गराउन लगाउने यो नियमन तरिका पनि हो|

    काठमान्डूको खाते बालबालिकाहरुको जनसंख्या यत्तिका वर्षा सम्म लगातार संघसंस्थाहरुले काम गरिरहँदा पनि किन घट्दैन? झन् बढ्या छ भन्या त, यी यसरी दुर्गमबाट कृतिम-खातेहरु आयात गरिँदो रहेछ! हामीले सहयोग गरेर खातेको संख्या घटाउदैछौ कि अरुलाई नि उक्साउदै झन् थप्दैछौ!!!

    सबै पक्षको कमजोरी देखिन्छ यहाँ| सुधार गरिनु पर्दछ| र यस कुरोलाई बाहिर ल्याउनमा माइसंसारले खेलेको भूमिकालाई म सर्हानिय गर्दै धन्यबाद दिन चाहन्छु|

    Reply
  2. R Shrestha says:
    March 5, 2014 at 5:47 am

    It is interesting that this woman from Balkalyan who alleged Di Shova of failing to count the number of children in her care herself could not give the exact number of children she sent to Ama Ghar. And according to her, the standard Ama Ghar failed to maintain is its failure to get approval for running such a facility, not necessarily the other standards in terms of living conditions. By the way, does she herself meet all the standards while running Balkalyan? It is now time to investigate her each and every financial and other activities. Not to mention sending a minor to an illegal facility is itself an illegal act; so if Ama Ghar is illegal, Balkalyan also committed an equally illegal act. This woman should be the first to be fired along with the incompetent CDO of KTM. Bamdev Gautam (another equally incompetent home minister) has an added responsibility now. It would be interesting to see how this whole episode unfolds.

    Reply
  3. Raj says:
    March 4, 2014 at 10:26 pm

    कुरा उठी सके पछि एकछिन छानबिन हुन दिदा नै राम्रो होला | दुध को दुध पनि को पनि भै हाल्छ नि, एकछिन धैर्य राख्दा राम्रो होला |

    Reply
  4. Krishtee Thapa says:
    March 4, 2014 at 3:41 pm

    संस्था दर्ता-सर्ताको कति सारो कुरा उठाई राख्या कुन्नि कामै नपाएको जस्तो, मान्छेको खैरो खन्नु पनि सिमा हुन्छ नि यार…..यी पत्रकार भनाउदाहरुको दिलशोभाले केनै खाइदिएको थियो यिनीहरुको?? या भाग-बन्डा खोज्दा दिलशोभाले दिन इन्कार गरेर यिनी बिरुद्ध यति सारो लेखेको होकी, अचम्म |

    यो काण्डले त झन् दिलशोभा राता-रात सुपर सेलेब्रेटी पो हुदै गैराख्या जस्तो लाग्छ | यहाँ हात्तीलाई मुसाले लात हान्न खोजेको जस्तो छ | तर मुसाको लात्तीले हात्ती केही हुने वाला छैन | खाएको बिष पो लाग्छ त नखाएको बिष कसरी लाग्छ भनेर त दिलशोभा स्वयम् ले भनी सकेको छ |

    अब दर्ताको कुरा- बालबच्चाहरुको संस्था भनेर दर्ता नै नभए पनि पछि दर्ता गर्दा पनि त हुने थियो होला| यसमा प्रशासनको पनि कमजोडी देखिन्छ | तर पहिला आमा घर भनेर त पक्कै पनि दर्ता गरेकै होला | अनि यहाँ संस्था दर्ताको कुरोलाई कति सारो तीललाई पहाड बनाए जस्तो गरेको होला | के संस्था दर्ता गर्दैमा आफै सबै कुरा बालबच्चाहरुको आवश्यकता पुरा हुने थियो त???

    यहाँ मानवीय नाताले हेर्दा- संस्था दर्ता-सर्ताको कुरो भन्दा पनि ठुलो कुरा अविभाबक बिनाको बालबच्चाहरुलाई दिलशोभाले हेरचाह गर्ने, स्कुल पढाउने, आश्रय दिने काम, अनि जसो-तसो गरेर भए पनि त्यति धेरै बच्चा/आमाहरुलाई अहिले सम्म एक छाक मिठो-मसिनो जस्तो भए नि खान त दिएकै थियो, काठमाडौँ जस्तो महंगी ठाउमा |
    खै अहिले सम्म आमाघरमा कोही भोकै मरेको सुनिएको छैन |

    पत्रकार मित्रहरु, दिलशोभाको सामाजिक सेवा बिरुद्ध लेख्नु भन्दा पनि एक पल्ट सकिन्छ भने तपाईहरु पनि आमाघरको अशाहाय हरुलाई एक दिन / एक छाक सम्म खाना दिएर पुण्य कमाउने होकी | यदि यो सम्भब छैन भने किन उनी बिरुद्ध लेख्ने वा समाजमा राम्रो काम गर्नेहरुलाई स्याबासी दिनुको सातो किन खुट्टा तान्ने, बाँदर आफ्नो घर पनि बनाउदैन अरुले बनाको घर पनि भत्काई दिन्छ | अनि यस्तो प्रवृति हाम्रो देशमा हाबी भइराख्ने हो भए देशले कहिले र कसरी प्रगति गर्छ |

    म त भन्छु आजको स्वार्थी कलियुगमा दिलशोभाको जस्तो निस्वार्थ समाज सेवा भाब राख्ने निस्वार्थ/निश्चल, समुन्द्र जस्तै विशाल हृदय, मन-बिचारको खानी हुनको लागि त भगवान ले जन्मदै दिएको हुनु पर्छ जस्तो लाग्छ |

    Reply
  5. Dil Bikram Khadka says:
    March 4, 2014 at 1:38 pm

    हगी सक्यो दैलो देख्यो पैले आफैले सिफारिस गर्ने अहिले अनुसन्धान गर्ने लाज पचेकाहरु.

    Reply
  6. bikram says:
    March 4, 2014 at 8:48 am

    अन्तरबार्ता हेर्दा / सुन्दा नपुगेको मापदण्ड दर्ता नभएको मात्रै रहेछ | उक्त भनाइ सुन्दा नेपालमा दर्ता गरेपछि चै थाहा नहुने गरि अपराध पनि गर्न पौने, थाहा हुने गरि राम्रो काम पनि गर्न नपाउने जस्तो लग्यो |

    Reply
  7. tek raj timalsina says:
    March 4, 2014 at 6:19 am

    भने पछि दोषी को त ? दीलशोवा ले पनि सरकारी निकाए ले पठाएका हुन् बाल बालिका नियम पुरायेरै पठाएको होला भनेर राखे होलान | नियम र मापदण्ड हेर्नु पर्ने निकाए ले नै लापरबाही गर्न हुने रे, अनि अहिले आएर बिना अनुमति किन खोलिस भन्नु त अति भएन र भन्या ?? साएद त्यो निकाए ले नपठाएको भए दील्शोवाले बालबालिका राख्ने नै थिएनन् होला |

    Reply
  8. विनेश says:
    March 4, 2014 at 6:01 am

    ह्या के कुरा गर्या होला, भविभावकले नै ‘अामा घर’मा भनेर अनुरोध गरेको रे । अनि ‘अामा घर’ त दर्ता नै भएको छ नि । अभिवाकले ‘अामा घर’ मा राखिदनु भनेपछि ‘बच्चालाइ अामा घरमा होइन बच्चाघरमा रख्नुपर्छ ‘ भन्नु पर्दैन त । ‘अामाघर’मा बच्चा राख्न नपाउने भए त राख्न लाउने त्यो बाल कल्याण समिति भन्नेलाइ पनि करवाही गर्नु पर्यो नि ।

    Reply
  9. ताई काजी तमू says:
    March 4, 2014 at 5:29 am

    वास्तविक आगाडी हुदा-हुदै पनि गोरुहरु मेरै सिङ्ग बल्लियो भन्दै भित्त्ता हन्छन ! यो माइसंसार हेर्ने आखाँहरु प्याजको चस्मा लगाउछन आनी बैरागीहरु उदेक लाग्दो आवाज निकाल्छन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme