Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन एमआरपी प्रिन्ट गर्दा गल्ती हुन्छ ? के छ उपाय ?

Posted on March 3, 2014March 3, 2014 by mysansar

– राजु –

02 मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) सन् २०१५ को नोभेम्बर २४ पछि अनिवार्य हुनेछ। यो बिना तपाईँ विदेश जान पाउनु हुन्न। अहिलेको हातले लेखिने पासपोर्ट मान्य नहुने हुनाले कागजको खोस्टामा सीमित हुन जान्छ। रोजगारीका लागि विदेशिने नेपालीले भने आउँदो जेठ १ गतेदेखि नै एमआरपीमा मात्र अन्तिम श्रम स्वीकृति दिने सूचना जारी गरिसकेको छ। त्यसैले यो जरुरी भइसकेको छ।

तर, एमआरपी बनाउन यसको फाराम भर्दा निश्चित मापदण्ड पुर्‍याउन जरुरी हुन्छ। अन्यथा यो स्वीकार गरिँदैन। धेरैले एमआरपी फाराम भरेर वा नभरी प्रिन्ट गर्दा गल्ती गर्ने गर्छन्। मैले सुनेको, टोक्योको नेपाली दूतावासमा त ९० प्रतिशत फाराम यही कारण अस्वीकृत हुन्छन्। किन हुन्छ गल्ती ? के छ उपाय गल्ती हुन नदिने ?

एमआरपी सम्बन्धी सबै जानकारी परराष्ट्र मन्त्रालयको राहदानी विभाग साइटमा उपलब्ध छ। तलका लिङ्कहरुमा क्लिक गर्दा हुन्छ

  • ठिकसंग भरेको र ठिकसंग नभरेको फारामको उदाहरण
  • फोटो नापकोलागि ICAOको Template
  • मेशिन रिडेवल राहदानीको परिचय
  • राहदानीका लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु
  • राहदानी वा यात्रा अनुमतिपत्रको लागि संलग्न गर्नु पर्ने फोटोको विवरण
  • राहदानीको निवेदन फाराम भर्ने तरिका
  • यात्रा अनुमतिपत्रका लागि निवेदन फाराम भर्ने सम्बन्धी
  • राहदानी दस्तूर
  • द्रुत सेवा सम्बन्धी व्यवस्था
  • हराएको राहदानी सम्बन्धी व्यवस्था
  • राहदानीको लागि नियोगमा निवेदन दिने सम्बन्धी व्यवस्था
  • एमआरपि र हस्तलिखित राहदानी
  • एमआरपि बनाउने सम्बन्धमा
  • हस्तलिखित राहदानीको म्याद वहाल रहेकोमा
  • हस्तलिखित राहदानीमा भिषाको म्याद वहाल रहेकोमा
  • द्रुत सेवा प्रकिया

एमआरपी फाराम बुझाउँदा फाराम सोही साइटबाट डाउनलोड गरी कम्प्युटरबाटै भरेर प्रिन्ट गर्न सकिन्छ। अथवा प्रिन्ट गरेर हातले भर्न सकिन्छ। तर यसरी प्रिन्ट गर्दा निश्चित प्रक्रिया अपनाउन साइटमा नै सुझाव राखिएको छ। यहाँ क्लिक गरी हेर्नुस्।
unnamed

अर्थात्  एडोब रिडरमा पिडिएफ फाइलको File > Properties > Advanced >
Change “Page Scaling”  from “Default” to “None” गर्नुपर्छ।

साइटको फाराम डाउनलोड गर्ने हो भने यो स्टेप गर्न अत्यन्त जरुरी छ। तर मैले यो फाइललाई अलिकति परिमार्जन गरेको छु, जसले राहदानी विभागकै क्राइटेरिया (None or Actual size) मा फाराम प्रिन्ट गर्छ, माथिको स्टेप गरिरहन जरुरी छैन।

यहाँ क्लिक गरी तपाईँ फाइल डाउनलोड गर्न सक्नुहुन्छ।

पासपोर्ट विभागले पनि यस्तै फाइल डाउनलोडका लागि राखिदिए हजारौँ नेपालीलाई सजिलो हुन्थ्यो कि ! यसले समय जोगाउँथ्यो र हैरानीबाट जोगिन्थे सर्वसाधारण।

27 thoughts on “किन एमआरपी प्रिन्ट गर्दा गल्ती हुन्छ ? के छ उपाय ?”

  1. Aditya says:
    March 4, 2014 at 9:53 pm

    यो समस्या मैले पनि भोगेको हो | हुँदै नभएको A4 size को कागजमा पो प्रिन्ट गर्नु पर्ने ! नेपालमा सजिलै उपलब्ध भएपनि बाहिरी मुलुकहरुमा यो कागज पाउन कठिन छ भन्ने जान्दा जान्दै के को दण्ड दिएको होला ?

    अर्को कुरा, बिदेशबाट पठाएको remittance (विप्रेषण) आफन्त, छरछिमेक, र राज्यले नै कसरि सदुपयोग/ दुरुपयोग गरिरहेको छ, यस बारेमा पनि छलफल चलाउने हो कि ?

    Reply
  2. जीवन नेपाली says:
    March 4, 2014 at 6:19 am

    यो हेडलाइन अलि misleading भएन र ?
    MRP भनेको त पासपोर्ट हो, तर धेरै जसो गल्ति चाही MRP को application फर्म भर्दा हुने होइन र ?

    पासपोर्ट त मन्त्रालय अन्तर्गत को dept of passport ले प्रिन्ट गर्छ हैन र ?

    Reply
  3. ramesh says:
    March 4, 2014 at 12:49 am

    Is it not possible for us to introduce online application system rather than filling on a pdf document. It would be easy to manage. If required we should be able to change legal provisions to meet the challenges of online system. What does people with IT knowledge think about this?

    Reply
  4. बोहोरा says:
    March 3, 2014 at 9:55 pm

    मेरो दुताबास या नेपाल सरकार संग कुनै गुनासो छैन| मेरो MRP १०२ दिन मा नै बनेर आइसकेको छ, बरु MRP लिन दुताबास जाने समय मिलेको छैन |

    Reply
  5. mani says:
    March 3, 2014 at 9:31 pm

    मैले यो फारम मा न बुझेको कुरा चैने के भने यो किन A4 मा नै प्रिन्ट गर्नु पर्छ? हामी बसेको ठाम मा A4 साएज को पपेर नै पाउनै गारो छ | (बिशेष गरि नोर्थ अमेरिका मा)
    यो कुरा पनि नेपाल को पररास्ट्र ले सोच्नु पर्ने त हो |

    Reply
  6. BHAWANEE TIWARI THEBE says:
    March 3, 2014 at 6:58 pm

    I live in Austria. 2 weeks ago I received my MRP through Nepal Embassy in Berlin Germany. I had to wait at least 7 months.
    All the processes were so complicated and frustrating. At First the font size in the form I filled was not of correct size. So had to refill the form and send it to the Embassy. And again they said that the size of the photo box was not correct.
    Here point to be noted is that the size of the photo was correct. But the box where we stick the photo was not of correct size. What in the hell has the size of the box got to do with the whole process.
    I had to fill the form three times and was finally ok. My husband did somehow manage to fix the sizes after hours of stress and frustration since he is not a computer expert.
    According to him this new process will effect the vast majority in our country specially those who don’t know how to use the computer.
    Yes as said above in the blog, people might take this complication as an advantage ……..

    Reply
    1. Diwas says:
      March 4, 2014 at 3:26 am

      तपाईंले ले सहि भन्नु भयो / यो दुख दिने काम मात्र हो / एक जना German तिर बस्ने साथीको त झन् एक वर्ष नै झुलाईदिएको/ बर्लिन embassy पाएको passport पनि छिटो नपठाएर कत्रो बिजोक भन्या / issue date र delivery date लगभग ८-१० महिनाको नै फरक पर्छ / सबै भन्दा महँगो passport को दाम युरोप, अमेरिका, बासीले तिर्नु पर्छ ( १५० डलर ), तर service quality चाहिं १० चोटी छाद्दा पनि ध्हीत मर्दैन / धिक्कार छ यो उडुशहरुलाई, जसलाई जनताको रगत मात्र चुस्न जानेको छ, तर त्यसको मोल चुकाउने हेक्का छैन /

      Reply
  7. द्रोण says:
    March 3, 2014 at 2:05 pm

    सम्पूर्ण कुराहरु मैले पढे, मेरो दिमाखले भ्याए सम्मको बुझे पनि………….. तर, एउटा कुरा म घर जादै छु ! नेपालमा एम. आर. पी. पासपोर्ट बनाउन धेरै ढिला र झन्झट छ रे ! मेरो साथी अस्ति भर्खर नेपाल बाट यहा आएको छ ! उसको पनि पासपोर्ट घरबाट यता हिड्नु भन्दा ४/५ दिन अघि मात्र हात परेको थियो ! केहि कारण आफ्नो फ्लाइट छुट्न पनि सक्छ यस किसिमको सुस्त नेपालको सरकारी कामले…….. रोजी रोटी बन्द पनि हुन सक्छ धेरै म जस्ता नेपालीको………… त्यसैले म ऐले काम गरी रहेको देशमा नै बनाउन चाहन्छु एम.आर.पी. पासपोर्ट ! नेपाल छुट्टी गएर आए पछी यहाँ……….

    बिसेस कुरा के भने, म नेपाल बाट फर्कदा असार अन्तिम हुन्छ ! त्यसकारण मेरो श्रमको काम हुदैन ! के मैले पहिले नै श्रमको काम चैत वा वैशाख भित्र गरेर असर अन्तिममा म विदेश जादा कुनै समस्या हुन्छ वा हुदैन ? यसरि अघि नै श्रमको काम गर्न मिल्छ कि मिल्दैन ??
    म छुट्टी बाट आएर यहि एम. आर. पी पासपोर्ट बनाउने सोचमा छु ! के यो सम्भब होला ???

    कसैलाई जानकारी भएमा प्लिज सेयर गरी दिनु हुन अनुरोध गर्दछु !

    Reply
  8. Jeevan Thapa says:
    March 3, 2014 at 11:16 am

    यो MRP को फारम प्रिन्ट गर्दा नमिल्ने धेरै जसो को रहेछ मैले पनि दुक्ख पाईसकेको हो. यहाँको Embassy ले ओके गरेर पठाई सकेको फारम नेपाल को पररास्ट्र मन्त्रालय पुगिसके पछि प्रिन्ट मिलेन भनेर फेरी फारम भर्न लगाएको थियो .. यो अरु केहि होइन पररास्ट्र नजिक रहेका फोटो कपि गर्ने ठाउँ र cyber cafe का साहु हरु फस्टाउने हुन् ..साएद तिनी हरु संग मिलोमतो होला … होइन भने घन्टौ लाइन मा बसेर बल्ल बल्ल पालो पाउँदा फारम प्रिन्ट मिलेन भनेर फिर्ता हुनु पर्दैनथ्यो, फोटो नमिल्नु , फारम भर्दाको information नमिल्नु अर्कै कुरा तर प्रिन्ट गर्दा border मिलेन भनेर जनतालाई दुक्ख दिनु अलि अति नै हो …. दोस्रो कुरा फारम मा जे लेखिएको छ त्यहि सुद्द संग लेखेर पासपोर्ट बनाउन नसक्नु त्यहाँ काम गर्ने कर्मचारी को लापरबाही हो .. मेरो पासपोर्ट मा China लेख्नु पर्ने मा Chaina लेखेर पठाको छ अब फेरी यो सानो issue लाइ लिगेरा नया बनाउनु भने अर्को ४ महिना + १००$ लागि हाल्छ त्यहि भएर यसलाई नै बोक्दै छु …

    Reply
  9. Kumar says:
    March 3, 2014 at 10:25 am

    पासपोर्ट दिने अर्कै कुरो भयो| सर्बप्रथम:
    एक घण्टा भन्दा बढी कसैलाई पनि लाममा बस्न नपर्ने गरेर व्यवस्था मिलाउन परने हो|
    फारम ठिक संग भरेको चेक गरिदिने र सहायता गर्न एन जी ओ मार्फत कार्यकर्ता भलिनटियर राख्ने व्यवस्था मिलाए राम्रो हो|
    परराष्ट्र मन्त्रालयका हाकिमहरु कस्ता छन् भने, विश्वका देशहरु नेपाल सरकारको पैसामा घुमेका छन्, सरकारी वा दाताको खर्चमा थप अध्ययन र कोर्स सेमिनार बिदेशमा भाग लिएका छन, संसारै जानेको जस्तो गफ दिन्छन तर देशमै पासपोर्ट दिनलाई चाहिने सुव्यवस्था गर्न भने जानेका छैनन|
    केशरमहल नारायण हिटी बाटोमा लामो समय सम्म लाम बस्न पर्ने हुन्छ, घाम पानी भन्न पाईदैन| शौचालयको व्यवस्था छैन| फोहोर फाल्ने ठाउँ छैन| भित्र हाकिमहरु गफ लाउन र फोन रिसिभ गर्न समय लिन्छन| आफ्नो मान्छे छ भने लाममा बस्न पर्दैन| अझ ठिक कनेक्सन छ भने घरमै पासपोर्ट आउँछ|
    त्यति सानो व्यवस्था पनि गर्न नसक्ने परराष्ट्रका हाकिमहरुलाई विदेश र सार्कको अफिसमा पठाउन भन्दा उपलब्धि के हो र कार्य शैली कस्तो छ त्यो पहिले बुझेर मात्र अनुमति र नियुक्ति दिईनु पर्छ|
    कता हो डेनमार्कमा रहेका नेपाली राजदुतले राष्ट्रिय झण्डा समेत चिरा चिरा परेको लगाएको फोटो देखेका थियौ| लाजमर्नु|
    जति भने नी नहुने|

    Reply
  10. विकु सिंह says:
    March 3, 2014 at 9:09 am

    म अमेरिकामा बसेको ७ वर्ष भयो र म संग उही पुरानो हातले लेखेको पासपोर्ट छ | मैले पनि नया बनाउन पर्छ कि पर्दैन होला | पछि नेपाल जाने बेलामा समस्या हुन्छ कि हुदैन | र मैले MRP पासपोर्ट यहा कसरी लिने ? साथीहरुको सुजाब के छ ?

    Reply
    1. Surya says:
      March 3, 2014 at 9:33 am

      साथी Washington DC स्थित नेपाली दुताबासमा सम्पर्क गर्नु होश, त्यहाँ बाट उनीहरुले तापलाई फारम पनि पठाई दिन्छ, नेपालको तुलनामा अलिक खर्चिलो र २ महिना सम्म लाग्ने हुन्छ | उनीहरुले सबै प्रकिराया भन्छ, तेही पालना गर्नु होश.

      http://www.nepalembassyusa.org/passport.php

      Reply
    2. premji says:
      March 3, 2014 at 10:11 am

      नेपालि दुताबासको website मा सबै कुरा छ | २०१५ मा हस्तलिखित पासपोर्टले काम गर्ने छैन, त्यसैले सबैले नया लिने पर्ने हुन्छ | तर अन्तिम सम्म पर्खनु भयो भने समयमा पासपोर्ट नपाइने खतरा छ, त्यसैले चाडो लिइहाल्नु राम्रो हुन्छ |

      Reply
    3. Jeevan Thapa says:
      March 3, 2014 at 11:03 am

      अमेरिका मा बस्ने अनि MRP कसरि लिने र लिन पर्छ कि पर्दैन भन्ने प्रश्न सोधेको देख्दा मलाई त अचम्म पो लग्यो त…. अमेरिका को CITIZEN लिगीसकेको हो भने कुरा अर्कै होइन भने त बकाइदा MRP बनाउनु पर्यो नि … त्यो पनि बेलै मा होइन भने कुकुर ले नपाउने दुक्ख पाहिएला नि …

      Reply
    4. pradip nepali says:
      March 3, 2014 at 12:48 pm

      साथि ७ वर्ष अमेरिका बसेको नेपाली बिर्सनु भए जस्तो छ. “मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) सन् २०१५ को नोभेम्बर २४ पछि अनिवार्य हुनेछ।” भनेको के होला?

      Reply
    5. Suman Bjra. says:
      March 3, 2014 at 1:08 pm

      पररास्त्रमंत्रलाया तथा राजदुताबासको कर्मचारीहरु ले बिना काम बसी बसी खाएको यो देशको कुकरम गरेन राजनीति पार्टी हरुलाई थाहा हुदै चुचाप किन ? यो देशको गरिब जनतालाई विदेश बाट MRP को लागि किन १५० दल्लर चाहिने बिकसित देशको जबकि ७०-८० डलर भए पुग्छ / त्यो पनि काम कर्मचारी आफैले कम्प्युटर मा लेखेर भरि दिन्छ / यो देसको कर्मचारी ले जनतालाई नै भर्न लगाई पैसा थुत्न सम्म थुत्च छ / तै पनि परारास्त्रको मन्त्रि अनि प्रधानमन्त्री चुचाप येहिहो त नेपालको कर्मचारी को सैचिका योग्यता भने को ?
      अल्शी पन र कामगर्न नाउने हरुलाई यो जागिर बाट निकालेर नया कर्मचारी को भर्ना गर्नु अवास्क्य छ अनि मात्र देश छिटो बिकाश हुन्छ / राजदुताबास को कर्मचारी पनि कम्पुटर को बतावार्ण मा काम गर्न सकदैन भने चादै अबकाषा दिन लगाऊ/

      Reply
    6. जीवन नेपाली says:
      March 3, 2014 at 1:38 pm

      साथी हरुको सुझाब ले काम गर्दैन. नया पासपोर्ट बनाउनु भयो भने त्यसले चाही काम गर्छ 🙂

      Reply
      1. Suman Bjra. says:
        March 8, 2014 at 8:31 am

        नेपालमा सुझावले काम गर्दैन बने नया जनादेश लिएर चुनाब गर्नु को अर्थ नै हुँदैन / तेही सुझब नाबुजेको ले नमानेको ले यो देश झन् झन् अबिकसित को भएर गएको /

        Reply
    7. Samjhana says:
      March 3, 2014 at 2:42 pm

      विकु सिंहको कमेन्टमा धेरैले dislike button थिचेको देखेर अचम्म लाग्यो |

      Reply
    8. विकु सिंह says:
      March 3, 2014 at 10:26 pm

      हरे एउटा कुरा सोद्धा पनि किन येति टाउको दुखाई हो ?

      Reply
      1. Deepak G C, Baglung says:
        March 4, 2014 at 12:20 am

        हजुरले टाउकै दुख्ने गरेर सोध्नुभयो नि त सर ……:-)

        Reply
  11. डिल्ली says:
    March 3, 2014 at 4:29 am

    राहदानी विभागले सेवा ग्राहीले गल्ति गरुन र त्यसको फाइदा उठाउन पाइयोस् दले राख्न पाइयोस् र तिनीहरूकै माध्यमबाट अलिकति भए पनि कमाउन सकियोस् भन्ने सोचबिचार पुर्याएर नै यस्तो फारम राखेको जस्तो लाग्छ । त्यस्ता फारम भर्न सहयोग गरिदिने “दले”कार्यालय सिडिओ, परराष्ट्र आदिका गेट आगाडि त छन् छन् विदेश स्थित नेपाली नियोगका गेट अगाडि समेत बनिसकेका छन् । राहदानी भनेकै नागरिकहरूलाई जालोमा पारेर आम्दानी गर्ने साधन बनेको छ नेपालमा । नेपाल सरकारले ५००० र द्रुतमा १०००० लिएर ३२ पेजको राहदानी दिन्छ तर कतिपयलाई १ वर्ष भित्रै सकिन्छ म्याद १० वर्षकै भए पनि । फेरि अर्को लाइन बस्नु पर्यो परराष्ट्रमा बिहान देखि दिनभरी र अर्को १०००० तिरेर अर्को एक वर्षकोलागि निकाल्नु पर्यो । दक्षिणी मित्र राष्ट्र भारतले रु १६०० मा ६४ पेजको रहदानी दिन्छ भुटानले समेत १६००० मै दिन्छ । तर हाम्रो लोकतान्त्रिक सरकारले ५००० ठटाउँछ ।

    त्यसमाथी पनि विदेशमा रहेका नेपालीको हकमा देश हेरी हाम्रा नागरिक पनि फरक फरक किसिमका देखिन्छन् । उत्तर तथा दक्षिण अमेरिका, युरोप, कोरिया, जापान अष्ट्रेलिया, न्युजिल्याण्ड आदिमा १५० अमेरिकी डलर (करिब १५००० मोरु) मा आवेदन दिएको ३-४ महिना पछि नेपाली नागरिक बन्न सक्छन् अर्थात राहदानी पाउन सक्छन् । अन्य मुलुक जस्तै रसिया, चीन, मलेसिया लगायत एसियाका र खाडी मुलुकहरूमा ८० डलरमा नागरिक बन्न पाउँछन् नेपालीले । धेरै शुल्क तिरे या त चाँडो पाउनु पर्ने हो नत्र दायित्व वहन बढिको गर्नु परेपछि नागरिकको किसिम पनि विशेष हुनु पर्ने हो कि ! वा अरु केही त तिर्नेलाई हुनु पर्ने हैन र ? धनी देशमा पुगेको नेपालीले नेपाली हुन बढी तर्न बाध्य पारिनु भनेको कानुनी असमानता र राज्य प्रायोजित लुट हैन ? त्यही नेपाली दक्षिण अमेरिकि गरिब देश हैटीमा पुगेको छ भने उसले पनि महङ्गै किन तिर्नु परेको हो कुन्नी? सरकार भनेकै नागरिकला‌ई बाध्य पारेर लुट्नलाई हो कि जस्तो लाग्छ यो राहदानी रेट र सेवा देख्दा । ६० डलर प्रत्येक नागरिकबाट बढी उठेकै रकमलाई उर्जा विकासमा मात्रै खर्चिने हो भने पनि देशमा कति मेगावाट बिजुली निकाल्न सकिन्थ्यो होला ? यो रकम पनि ६०१ साँढे, चुङ्गेमा झोल खानेकुरा मात्र खान सक्ने बाक्य बस्न लागेका पार्टीका “ऐतिहासिक नेता” र लुटाहा कर्मचारी पाल्नैलाई त खर्चिने होला !

    Reply
    1. Jeevan Thapa says:
      March 3, 2014 at 11:21 am

      डिल्लीजी , चीनमा पनि १०० डलर तिरेर, ४ महिना कुरेर नेपाली नागरिक बन्न पाहिन्छ ( यानिकी MRP लिन पाहिन्छ) है … !

      Reply
      1. डिल्ली says:
        March 4, 2014 at 9:31 am

        साधारण राहदानीको लागि देहायबमोजिमको दस्तूर बुझाउनुपर्नेछ :
        नेपालमा राहदानीको लागि निवेदन दिंदा प्रति राहदानी पाँच हजार रूपैयाँ उत्तर र दक्षिण अमेरिकी देशहरु, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया, इजरायल र हङ्गकङ्गस्थित नियोगहरुमा निवेदन दिँदा प्रति राहदानी अमेरिकी डलर १५० (एक सय पचास) वा सो बराबरको स्थानीय मुद्रा युरोपेली राष्ट्रहरुस्थित नियोगहरुमा निवेदन दिँदा प्रति राहदानी युरो १२० (एक सय बीस) वा सो बराबरको स्थानीय मुद्रा अन्य एसियन, अफ्रिकन र बाँकी सबै देशहरुस्थित नियोगहरुमा निवेदन दिँदा प्रति राहदानी अमेरिकी डलर ८० (असी) वा सो बराबरको स्थानीय मुद्रा विशेष परिस्थिति परेकोमा बाहेक पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुर्‍याएको वा हराएको कारणले नयाँ राहदानी जारी गर्नुपर्दा त्यस्तो राहदानी बापत दोब्बर दस्तूर लाग्नेछ ।

        द्रुत सेवा मार्फत राहदानी जारी गर्नुपर्दाको नम्बर र जारी मिति तथा स्थान उल्लेख गर्नुपर्नेछ ।

        एक पटक यो नेपाल सरकारको राहदानी विभागको वेब साइटमा हेर्नुहोस् जीवनजी । त्यसो त केही समय अघि ट्राभल डकुमेन्ट बनाउँनकैलागि पनि मलेसियामा दुतावासले विना रसित २८०० रिङ्गिट (मोरू ८५,९४५।०० अर्थात पचासी हजार नौसय पैतालिस रुपैयाँ नेपाली) लिएको खबर प्रकाशित भएको थियो । तपाईँलाई १०० डलर मध्ये २० डलर चाहीँ फारम भरेको र हुलाक खर्च भनेर उठाएकि लिने नै जानुन तर चीनकोलागि (हङ्कङ बाहेक) लाग्ने रकम त ८० नै बुझिन्छ यो वेब पेज हेर्दा । अर्को कुरा अमेरिकी डलर १०० नेपाली राहदानी दस्तुर लाग्ने देश कुनै भए जस्तो देखिदैन ।
        http://dopmofa.gov.np/mrp/page6.php

        Reply
  12. Jenish says:
    March 3, 2014 at 3:06 am

    This is very true, they make it so complicated even and computer literate find it difficult to follow the instruction to download and print the MRP form in ‘EXACT’ format.
    It is very common issues these days in Nepalese Embassies to direct the applicants to the cyber cafe to reprint the form. I feel sorry for them!
    How on earth they can’t put a standard PDF format on the website so that people can simply download and print??

    Reply
  13. premji says:
    March 3, 2014 at 2:43 am

    इमेल पठाएर नेपाली दुताबासबाट फर्म पनि मगाउन सकिन्छ तर डाउनलोड गरेर भर्ने हो भने अत्यन्त उपयोगी सुझाव | धन्यबाद राजु जी |

    Reply
    1. Jeevan Thapa says:
      March 3, 2014 at 4:50 pm

      बकाइदा पैसा तिर्दा त दुताबासकाले काम समयमा गर्दैनन् अब इमेल पठाएर सबैलाई फारम पठाईदेलान त?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme