Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसरी पठाइन् दिलशोभाले बालबालिकालाई विदेश ?

Posted on March 2, 2014March 2, 2014 by Salokya

‘नागरिक’ दैनिकले छापेको ‘यौन दुराचारको आरोप’ शीर्षकमा मात्र बहस भइरहँदा अन्य गम्भीर मुद्दा छायाँमा परेका छन्। कतिले भने मलाई समेत ‘नागरिक’को जागिरे भएकोले मालिकको बचाउ माइसंसारले गरिरहेको भन्दै धम्की दिइरहेका छन्। सबैभन्दा पहिले त स्पष्ट हुनुस् कि म ‘नागरिक’को जागिरे हैन। थिएँ तर छाडेको धेरै भइसक्यो। मैले नागरिकको डिफेन्ड गरिरहनु पर्दैन र मलाई त्यसो गर्न कसैले भनेको पनि छैन। अनि ‘यौन दुराचारको आरोप’ मा मात्र सीमित भएर माइसंसारले ब्लग लेखेको छैन। यो विषयमा मैले लेखेको पहिलो ब्लगमा कस्तो उजुरी परेको हो, त्यसमा के के आरोप थिए, सबै विवरण छन्- यहाँ क्लिक गरी हेर्नुस्। महिलालाई अनैतिक काममा लगाइएको पनि आरोप त्यसमा नभएको हैन। तर गम्भीर अरु किसिमका आरोप पनि छन्। नागरिकको त्यो हेडलाइनलाई मात्रै आधार बनाएर यौन दुराचारमा मात्रै केन्द्रित हुनु अरु गम्भीर आरोपप्रति आँखा चिम्लनु हो। यौन दुराचारको आरोप बारे जसले हेडलाइन राख्यो, उसैले प्रष्ट पारिहाल्ला। तर के अरु आरोप त्यसरी बेवास्ता गरिनु पर्ने खालका छन् ? पक्कै छैनन्। एउटा त्यस्तै आरोप हो- बालबालिकालाई विदेश पठाएको। यो प्रमाणित भए त उनीविरुद्ध मानव बेचबिखनको ऐन आकर्षित हुनसक्छ।

pragati

यसमा पनि प्रष्ट होउँ कि दिलशोभाको आमाघरमा सडकमा सुत्ने बालबालिका राखिएका छैनन्। उनले अन्तर्वार्तामा ‘रोडमा सुतेको बच्चालाई ल्याएर पालेँ’ भनिए पनि एउटा पनि बच्चा सडक बालबालिका छैनन्। संस्था कै पछिल्लो प्रगति विवरणबाट त्यसको पुष्टि हुन्छ। माथि हेर्नुस्।

कर्णालीका ४८ जना र संस्थाको गेट बाहिर भेटिएका एक जना गरी ४९ जना आश्रित रहेको संस्थाकै प्रगति विवरणले पुष्टि गर्छ।

‘कमाउ धन्दाका रुपमा बालबालिका आश्रय कसरी ?’
बालबालिका कसरी कमाउ धन्दाका रुपमा विकसित भइरहेको छ, त्यो एनजिओ गतिविधिमा थोरै नजिकिएकाले प्रष्ट थाहा पाउँछन्। अरु विषयका एनजिओले भन्दा बालबालिकाको एनजिओमा बढी डोनर पाइन्छ। त्यसैले त बालगृह थुप्रै खुलेका छन्। सन् २०१२ को केन्द्रीय बाल कल्याण समितिको तथ्याङ्क अनुसार देशभर ७४३ वटा बालगृह रहेकामा ४२२ वटा त काठमाडौँमै छन्। उपत्यकाकै अन्य दुई जिल्लामध्ये ललितपुरमा १२८ र भक्तपुरमा २१ छन्। यी दर्ता भएका बालगृह हुन्।

वृद्धाहरुको हेरविचार गरिरहेको दिलशोभाको एनजिओले किन यत्रो संख्यामा बालगृह हुँदाहुँदै आफैले बालबालिका पनि पाल्ने निर्णय गर्‍यो होला त ? तपाईँ आफै सोच्नुस्। त्यो पनि अन्तर्वार्तामा भनिए जस्तो सडकमा सुत्ने बालबालिका हैन, कर्णालीबाट बालबालिका ल्याएर। अधिकांशका त परिवार पनि छन्।

राष्ट्रिय मानवअधिकार आयोगको TRAFFICKING IN PERSONS ESPECIALLY ON WOMEN AND CHILDREN IN NEPAL विषयको राष्ट्रिय प्रतिवेदनमा एउटा गम्भीर विषय उल्लेख छ। त्यसमा भनिएको छ-

बाल गृह खासमा अनाथ बालबालिका र अभिभावक नभएका बालबालिकाको वैकल्पिक बसोबासको थलो हुनुपर्ने हो। तर बालगृहमा रहेका सबै बालबालिका अनाथ वा अभिभावक नभएकाहरु हुन् कि हैनन् भन्ने बारे कुनै जानकारी छैन। मुगु, हुम्ला जस्ता जिल्लाहरुमा एजेन्टहरुले राम्रो शिक्षा दिन्छु भन्दै लोभ देखाएर काठमाडौँका बालगृहहरुमा बच्चाहरु ल्याउँछन्। केन्द्रीय बाल कल्याण समितिको अनुगमन र अनुसन्धान प्रतिवेदनहरुले केही बालगृहहरु सरकारले घोषणा गरेको न्युनतम मापदण्ड पूरा नगरेका छन् र सबै बालबालिकालाई त्यहाँ राख्‍न वास्तवमा जरुरी पनि छैन। प्रतिवेदन लिङ्क

दिलशोभाको आमाघरमा पनि एजेन्टहरुले बच्चाहरु ल्याएको त्यहाँ आश्रित दुई बालकसँगको कुराकानीको यो अडियोबाट प्रष्ट हुन्छ। त्यसमा उनीहरु भन्छन्- गाउँगाउँका मान्छेले (हामीजस्तोलाई) ल्याइदिएको के यहाँ थाहा भो नि त। हाम्रो गाउँमा ठूल्ठूला नेताहरु बस्छन् के यहाँका जस्ता। हाम्रो गाउँमा टुलराज भन्ने छ। हो त्यस्तोले थाहा पाएर हामीलाई यहाँ ल्याएका…

सोही प्रतिवेदनमा बालगृहहरु कसरी सेवामूलक भन्दा कमाउ धन्दा बन्दै गइरहेको छ भन्ने स्पष्ट पारिएको छ-

It appears that Child Care Homes become as profit making enterprises
rather than service oriented ones as many of the Homes have been
established for the purpose of adoption.

त्यहाँमाथि यो बालगृह त दर्ता नै भएको छैन। दर्ता नगरेको त स्वयं दिलशोभाले नै स्वीकारिसकेकी छिन्। कानुनमा नजानेर भन्दैमा क्षम्य हुन्न। कि ‘महावीर’हरुले आफ्नो अन्तर्वार्तामा रुवाएर देवत्वकरण गरेकोले उनीहरुले कानुनै मान्न नपर्ने नयाँ नियम लागू गराउनु पर्‍यो।

विदेश कसरी पठाइयो ?
यस्ता बालगृहहरुको एउटा धन्दा Intercountry Adoption पनि हो। सन् १९७६ मा बल्ल नेपालले विदेशमा धर्मपुत्र धर्मपुत्री लैजान मिल्ने नियम बनाएको हो। तर सन् २००० सम्म बाल मन्दिरले मात्रै यस्तो Intercountry Adoption गर्न दिन्थ्यो। सन् २००० मा बाल मन्दिरबाहेक अन्य निजी बालगृहलाई पनि यस्तो अनुमति दिइयो। २०१३ सम्म यस्तो अनुमति पाउने संस्थाको संख्या २९ छ।

दिलशोभाविरुद्धको उजुरीको नवौँ बूँदामा ‘केही समयअघि संस्थामा ल्याएर छाडेको एक नाबालक विदेशीलाई दिएको। केही समयपछि विदेशमै उसको निधन भएको’ उल्लेख छ।

पत्रकार सम्मेलनमा उनले एक जना हैन दुई जना बच्चालाई विदेश पठाएको स्वीकारे पनि निधन भएको कुरा आफूलाई थाहा नपाएको बताइन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।

‘एउटा होइन दुई वटा गएको छ, एउटा युकेमा, एउटा क्यानाडामा छ’ उनले भनेकी छिन्, ‘स्कलरसिपमा’।

सानो बच्चालाई स्कलरसिपमा विदेश पठाउन संभव छ ? पक्कै छैन।

के त्यसो भए यो पनि Intercountry Adoption कै रुपमा पठाइएको हो ? छानबिन जरुरी छ। यदि हो भने एक त यो बिना अनुमतिको बालगृह। त्यसमा पनि Intercountry Adoption को अनुमति नपाएको भनेपछि मानव बेचबिखन ऐन आकर्षित हुन सक्छ।
*********************

अन्तमा अहिलेको स्थितिमा आम सञ्चारको ठ्याक्कै एउटा सिद्धान्त स्पाइरल अफ साइलेन्स लागू भएको देख्छु। प्रभावशाली व्यक्तिहरु आफूले खडा गरेको भगवानको बचाउमा आँखा चिम्लेर उभिएका छन् र विश्वासमा परेकाहरु अविश्वासी हुन सकिरहेका छैनन्। यही ताल हो भने सञ्जेलहरुको स्कूलमा शिक्षिकाहरुमाथि भएका शोषण र अपारदर्शी हिसाबकिताबको कुरा कहिल्यै उठ्ने छैन, मिश्रहरुको बेलायतमा चलेको सेक्सुअल ह्यारेसमेन्टका कुरा पनि उठ्ने छैनन्। उनीहरुलाई ठूलो जमातले खोट बिनाका ‘महावीरै’ देखिरहनेछ। किनकि सिद्धान्त भन्छ-

The mass media can create pluralistic ignorance by focusing on the spread of one opinion and muting the minority opinion, causing people to believe what they believe is what everyone else believes also.

In order to avoid becoming isolated and in order not to lose popularity and esteem, people constantly observe their environment very closely. They try to find out which opinions and modes of behavior are prevalent, and which opinions and modes of behavior are becoming more popular. They behave and express themselves accordingly in public

52 thoughts on “कसरी पठाइन् दिलशोभाले बालबालिकालाई विदेश ?”

  1. Pingback: परिवार भएर पनि अनाथ भन्दै बालगृहमा, सहयोग झार्न जानाजानी फोहर र खराब अवस्थामा, विदेशीहरु पनि भए स
  2. Pingback: आरोप र खण्डनमा मात्र केन्द्रित पत्रकारिता « Mysansar
  3. Pingback: दर्तै नभएको संस्थामा बालबालिका राख्न सरकारी निकाय आफैले किन सिफारिश गर्‍यो? « Mysansar
  4. esaan says:
    March 4, 2014 at 1:01 pm

    एउटा ग्रुप ले जबर्जस्ति एकपक्षीय राम्रो बनाउन खोज्ने अनि अर्को ग्रुप चै जबर्जस्ति एकपक्षीय नराम्रो. खै त बीच मा बसेर राम्रो नराम्रो तुलना गर्न सक्ने छेमता. दिलशोवा को बहाना मा पत्रकार हरु को ego war पो देखे त मैले. अनि पाठक वर्ग हरु, राम्रो को मुनि राम्रैइ मात्रै कमेन्ट एंड नराम्रो कॊ मुनि नराम्राई मात्रै कमेन्ट. खै त analytical thinking?? अनि पत्रकार बन्धु, खै त निस्पक्क्ष्यता.

    Reply
  5. Narayan Sapkota says:
    March 3, 2014 at 8:50 pm

    KATHAMNDU को फोहोर मा बोरा उडेर बसने बच्चाहरु कति छन्? ४९ मद्धे ४८ कर्णालीका हुनु को कारण के? बाल कल्याण नै गर्ने हो भने काठमाडौँ भन्दा पहिरा जनै पर्दैन बच्चा लिन लाई.

    Reply
  6. tirtha gurung (uk) says:
    March 3, 2014 at 6:21 pm

    यो समाचार चित्त बुझ्दो छ …केहि मान्छेहरु राम्रै राम्रो मात्र देखेर उ भित्रको कुनियत कमि कमजोरीहरुलाइ छायामा चाही पार्नु हुदैन ,,एस्त कमि कमजोरी हरु पनि बाहिर आउन जरुरि छ जसले गर्दा एस्त नराम्रो काम गर्न १० चोटी सोच्नु परोस ,,,एउटा सामाजिक काम गरेर समाजसेबी हु भन्नि हरुको १००% पर्दारसी हुनु पर्छ जनता सामु छर्लंग पार्न सक्नु पर्छ…कागले कान लग्यो भनेर काग पछि दौडिनु भन्दा पनि एकचोटी कान छामेर दौडिन सके पत्रकारिता जगत हाम्रो समाज अझ सजक र बिकसित हुन्थ्यो कि ????

    Reply
  7. Shibaman says:
    March 3, 2014 at 5:29 am

    यो समाचार मा के हि प्रमाण को आधार छ! अनियमित र गैरकानुनी भाको सजिलै बुझ्न सकिन्छ! यदि गैर कानुनी रुप मा विदेशमा नाबालक बच्चा पठाको हो भने येस्मा ठुलै माफिया हरु लागेको होला दिल्सोवा देखि एरपोर्ट सम्म मिलिभगत भाको हुनु पर्छ! नामुद चाल्स सोव्राज ले नेपाल एरपोर्ट बाट हात्ती छिराउने कुरा सुनेको पढेको थिए दिल्सोभा ले मान्छे नै विदेश कटाए जस्तो छ! नेपालमा dollor कमाउन पल्के का हरु समाज सेवा को नामले मानब तस्करी गर्दो रहेछ! नेपाल को विभिन्न संग्सस्था लाइ यो मुलुक मा बस्ने नेपाली हरुले येति लाख सहयोग गर्यो अभिनन्दन गर्यो भन्दै धेरै समाचार आजकल पढ्न पाउछ ति सयोग कसरी कहाँ खर्च हुन्छ अब बुझ्नु पर्ने हो! नेपाल सरकारले दिलशोभा मात्र हैन अरु संग्सस्था लाइ पनि अनुगमन गर्नु पर्छ करोड करोड रुपैयाँ उठायर कहाँ के गर्दै छ अनुसन्धान होस!

    Reply
  8. Ishan says:
    March 2, 2014 at 10:57 pm

    यो लेखमा पक्कै पनि केहि गुधि छ; नेपाल प्रहरीलाइ अनुसन्धान गर्न मद्दत पुग्ने खालका धेरै आधारहरु छन्| तर अफसोच एक पत्रकारको अमुल्य समय अनुसन्धानमा खफत भईरहेको छ; आशा गरौ अनुसन्धान गर्नेले यो लेख पढ्ने मौका पाउन |
    दिलशोभाले अपराध गरेको भए नछोडनु – कानुन ले तोके भन्दा बढी सजाय दिनुपर्छ किन भने बिस्वास-घातको सजाय पनि त पाउनु पर्यो नि!
    तर अपुस्ट समाचारले कसैको चरित्र हत्या गर्नु पनि अपराध नै मान्छु म! त्यस्ता पत्रकारलाइ पनि सजाय जरुरि भएको छ!

    Reply
  9. BISHAKHA says:
    March 2, 2014 at 10:27 pm

    अब माइती नेपाल र यसकी अध्यक्ष अनुराधा कोइरालाको बारेमा पनि छानबिन हुनु पर्छ ! कोइराला पनि गतिलि छैनन् उनको माइती नेपालमा पनि थुप्रै अव्यवस्थ र अराजकता भेटिसकेको छ !

    Reply
  10. Nirab says:
    March 2, 2014 at 10:21 pm

    wake up guys, दिल्शोवा जस्तो तेस्ती धेरै मान्छेको इज्जत जितेको मान्छेले येसो गर्ने सक्दैनन् भनेर अविस्वास नगरौ, दिल्सोभालाई भन्दा धेरै विश्वास गर्ने ‘आसहाराम बापू’ लै हेरौ, उसलाई त झन् भगवान जसरि मान्ने १ करोड follower थिए, तर भित्रि रुप त कस्तो रैछ देखि हालियो नि. अनि नपढेको सिधा मान्छेले थाग्दैनन, झुटो बोल्दैनन भन्ने पनि पोहोरको अनुजा बानियाँ काण्ड (तेही के एक करोड भेटाएको इटहरी मा) भन्ने बिर्सेको हो? अनि कर्णाली बाट बच्चा ल्याएर पोखरामा कम गर्न पुर्याएको, बिदेशमा parents को अनुमति बिना इल्लेगल्ली adopt गर्न दिएको प्रमाण देखि पछि फेरी पनि भुत्राको के प्रमाण खोजेर wait wait अहिलेइ हतार नगरौ आरोप लगाउन भन्ने? कि त्यो कुनै गल्ति नै होइन भन्नु पर्यो.

    Reply
  11. kishor says:
    March 2, 2014 at 10:00 pm

    Very nice job Umesh Ji, thank you for putting some light on the ongoing Dilshova issue. It is sad but true that human organs smuggling is real world problem and often kids from poor country get smuggled for that. If Dilshova has send two kids in UK and Canada, She has to tell where they are and how they are doing. She just cannot escape by simply saying they were sent abroad on scholarship. If she cannot provide their whereabouts, this can be “manab taskari”. I have no respect left for Dilshova after hearing her phone call……”tapai lai maya garera ratbhari tapai sangai sutchha”…….

    Reply
  12. ashok says:
    March 2, 2014 at 9:39 pm

    दिल शोभा रुएकै भरमा उनको पक्षमा यति धेरै टिप्पणी भएको हो ? म कसैको पक्ष वा विपक्षमा छैन ! म निस्पक्ष बहसको पक्षमा छु ! अहिले सम्म देखिएको प्रमाणको आधारमा दिल शोभाको एउटा होइन, धेरै कमजोडीहरु देखिन्छ: पहिलो नम्बर त उनले आफ्नो संस्था नै दर्ता गरेकी छैनन् ! दोस्रो, उनले बच्चाहरुलाई उचित ढंगले राखेको देखिदैन, त्यहाँ बयान दिने बच्चाहरुको कुरा सत्य हो भने त उनले आएको सहयोग पनि बिक्रि हुने गर्दो रहेछ ! तेस्रो, उनले सडकको अनाथ केटाकेटीहरु होइन, परिवारसंग भएको बालकहरुलाई ल्याएर राखेको देखिन्छ ! यो किन गरियो- यसको पछाडी केही रहस्य हुनु पर्छ ! चौथो, उनको संस्था मार्फत बालकहरु विदेश पनि पठाइने रहेछ, कस्ता मान्छेले के को लागी हो ति बालबालिकाहरु ? त्यो विदेश पठाउने अनुमति उनलाई कसरी प्राप्त भयो? खै? यसबारे यहाँ कसैले एक शब्द बोले छ?… एक कोहोरो.. बिचरा! दिलशोभा..दिलशोभा भनेर हुन्छ? अनुसन्धानले उनि निर्दोष ठहरए त्यसपछि बल्ल भन्ने हो… बिचरा दिलशोभा !

    Reply
  13. Max says:
    March 2, 2014 at 8:16 pm

    नागरिक जत्तिको पत्रिकाले हावा मा समाचार लेख्छ भनेर म पताउन सक्दिन. के कान्तिपुर लाई सान देखौन को लागि मात्र नागरिकले येत्रो हिम्मत गर्यो होला? तपाई हामी ले त येत्रो चोटी सोचेर कमेन्ट गरिन्छ भने नागरिक का प्रधान सम्पादक प्रतिक प्रधान ले हचुवाको भरमा तेत्रो देशनै हल्लौनी समाचार पुब्लिश गर्न सक्छन? दिलशोभा को कुरा तेतिकै आएको हैन. दिलशोभा को background हेर्नु भयो भने कता-कता संखा लाग्छ. दिलशोभा एउटा बुडा ले छोडेको आइमाई हुन्. विजय कुमार को interview मा पनि उनि ले त्यो पहिला को बुडा सुन्ने बेत्तिकै आक्रोश पोख्चिन. जस्तै तेस्लाई त कहिले राम्रो नहोस जस्ता सब्द प्रयोग गरेर. सामान्य तया हाम्रो culture मा तेतिकै केटा मान्छे ले आफ्नो बुडी छोड्छ? तेसरी बुडा छोडेर बसेको आइमैलाई हाम्रो समाज ले कस्तो द्रिस्तिकोन्द ले हेर्छ? र तेस्ता आइमाई बिग्रेका पनि हुन्छन. जस्तै normally israel गएको आइमैलाई हामी तेती राम्रो नजर ले हेर्दैनौ. Israel बाट अन्त कतै युरोप तिर आए भने यो केटि त Israel बाट आएको भंचन. Sexually कुरा मा Israel गएका केटि अनि बुडा ले छोडेको केटि प्रति म बिश्वास गर्न सक्दिन. sexually कुरा मा involve भएको हुँदा normally येनिहरु बडी समाजसेवा प्रति अकर्चित भएका हुन्छन. साएद पाप पखाल्लिंचा भनेर होला. जस्तै Israel गएका केटि हरु बडी दान देएको जस्तो गर्छन किताब पनि लेख्न टोप लिंचन. साहित्य प्रति झुकाब भएको जस्तो देखिन्छ.जब कि education हेर्यो भने १० क्लास पनि हुन्न. हाम्रो समाज लाई अज नजिक बाट हेर्यो भने झन् डरलाग्दा कुरा हरु देखिन्चन. आत्मा रति मा नरमाऊ. सत्य अत्येंता तितो हुन्छ. साएद तेही तितो आज हामी सबै लाई मन नपरेको पो हो कि?

    Reply
  14. Bishwas says:
    March 2, 2014 at 8:15 pm

    थुइक्क बुद्धि !!!! ५० जना बच्चा घटेर ३० पुग्दा के भएको भनि खबर दारी गर्नेलाई स्याबाशी दिनु त कहा हो काहा उल्टो एकै श्वरमा खेदो पो खन्दा रैछन l दिल शोभाको यो समाचार र प्रकरणले देशका बाँकी बाल ग्रिह र संस्थाहरुमा सुधारको लहर कस्तरी चलेको कुरा बिर्सनु भएन नि l बिकृती र विसंगति जसले गरे पनि सजायको भागि हुने पर्छ l भारतमा सयौको संख्यामा आश्रम संचालन गर्ने आशाराम जेल जान्छन भने नेपालमा एउटा सानो आश्रय स्थल संचालन गर्ने प्रती अन्ध समर्थन किन ? छानबिन हुँदै छ सफाई पायो भने जनताको साथ् र समर्थन अरु बढेर जानेछ l

    Reply
  15. Paru says:
    March 2, 2014 at 7:59 pm

    हैन मैले बुझ्न नसकेको कुरा चाही किन दुई खेमा देखा परेका दिल शोवा मामला मा? एक थरि उनलाई चोख्यौना मारी हत्ते गर्ने अर्को थरि उनलाई बिटुलो देखौन कम्मर कस्ने?! पत्रकार ले कुनै बिषय बाहिर ल्याइदियो राम्रै गर्यो . यौन दुराचार लै अलि बढी नै प्राथमिकता का साथ headline मा राखियो तर अरु अनियमता लै बढी उजागर गर्नु पर्थ्यो. अब बाकि कुरा अनुसन्धान लै छोडिदिये भएन र?! पत्रकार र publication house को झूहारी किन? कमसेकम दिल शोवा को नाम मा अरु पत्रु समाजसेवी हरु त झस्कने भए नि हैन र ? यो काण्ड सहि साबित भएमा मलाई भारतीय टेलिभिजन कार्यक्रम Crime Patrol को एउटा येस्तै episode (द business of innocence )
    http://www.youtube.com/watch?v=GeOkWgigdPE
    हेरेर आफ्नो एक जना भारतीय मित्र लाई नेपाल मा त एस्तो हुदैन है भनेर नाक फुलाको बेकार को घमण्ड हुन पुग्नेछ .

    Reply
  16. kedar says:
    March 2, 2014 at 4:55 pm

    …….गरिब हुंदाकी दिलशोभाको मन धनि थियो र राम्रै उद्धेश्यले धनि मनलाइ दुख:सुख सदुपयोग गर्दै थियिन | तर कलियुगको मान्छेको मन बिस्तारै महत्वकांक्षी बन्दै गयो | वोर्तिर पर्तिर देखिन सुनिन र यिनलाई पनि पैसाको रहर जागो | सबैले येस्तै खेति गरेकै छन् म मोरीले चैं के को नखरा देखाई राख्नु नि भन्ने पनि भयो |
    …….मान्छेलाई देबत्वकरण गर्न हामी नेपाली अलिक हतारो गर्छौं तर तिनै भित्र लुकेका दानब देख्न हामीलाई धेरै समय लाग्छ, राजालाई बिष्णु बनाएर, प्रचण्ड र बाबुराम लाइ महान बनाएर, अहिले सुशील लाइ आम आदमी बनाएर देबत्वकरण र राक्षसिकरण नेपालीले नै गरेका हुन् |

    Reply
  17. Baldev Bhatta says:
    March 2, 2014 at 3:37 pm

    I am mesmerised to see the naivety of our people. Dil shobha is not godess and we don’t know what goes behind the curtain out there in Aamaghar. One fact is clear out here that many of those shelters are not free of controversy and they are rather earning pots. I have personally donated small amount of money to Dilshobha in past, recently reading all these allegations, I regret why I didn’t understand the vulnerability. I hope there will be bias less and through investigation and culprits will be held accountable.

    Reply
  18. derwent says:
    March 2, 2014 at 3:33 pm

    We Nepalese run by emotion rather than logic. There are evidence surfacing against Dilshova Di even though she had a done good work, you can not deny hard truth evidence. My feeling is she run in beginning with good intention but when money start pouring from all over the world then greed takeover her (Dilshova Di). Let’s wait!!!

    Reply
  19. rosebindi says:
    March 2, 2014 at 3:16 pm

    उमेश जी महाबिर भनेर व्यक्ति तिर जानु भएन बिसय प्रति केन्द्रित भएर अनुसन्धान मुलक लेख हरु नै ठिक छन्

    Reply
  20. bhakta says:
    March 2, 2014 at 1:59 pm

    एउटा कुइरेनिले झड्केलो छोरा बिदेस लैजान खोज्दा नसकेर कति चोटी एरपोर्ट बाट फिर्ता भएथ्यो .. आफ्नै सहोदर बच्चालाई आफु बस्याको बिदेस मा लान नसकेको अबस्थामा …अचम्म ! एउटा दर्ता नभाको बाल गृह बाट कुइरेले न आमा तिरको न बाउ तिरको नाता पर्नेलाई कसरि छिरायो ? लहै अब अनुसन्धान भो भने कति सरकारी कर्मचारीको जागिर चट हुने हो थाहा छैन….

    Reply
  21. सुमन says:
    March 2, 2014 at 1:49 pm

    कसैले बाल बालिका राख्ने वा राख्दै आएका संस्थाहरु नेपाल भरि कति छन् र कँहा छन् अनि कसरि संचालन भै राखेका छन् भन्ने तथ्यांक दर्ता कार्यालयवाट हेरेर कुन दर्ता भएका छन् र कुन छैनन् भन्ने खुलाए प्रष्ट हुने थियो|
    बालबालिकाको कल्याणमा काम गर्ने संस्था युनीसेफको पनि यसप्रति ध्यान गएको छ कि छैन| तथ्यांक र विवरण युनिसेफ सित पनि होला| छैन भने किन छैन भनेर प्रश्न उठाउन पर्छ|
    बालबालिकाको हित हेर्ने युनिसेफ जस्ता संस्थाले सहयोग दिएर समयमा र सही रुपमा सचेत र अनुगमन भएको भए अहिले दिलशोभाका बारेमा जे बुझी रहेका छौ ती समस्या हरु सम्भवत ती रुपमा आउने नै थिएनंन| प्रथमत भुल हाम्रै सम्बन्धित निकायको हो तर श्रोत साधन भएको, अध्ययन र अनुगमन सम्बन्धी काम गराउन कन्सलटन्सी दिन सक्ने र बालहितमा लागि परेको भन्ने अन्तराष्ट्रीय संस्थाहरु (युनीसेफ, सेभ दी चिल्ड्रेन, तेरे दे होम, इत्यादि) पनि नेपालमै छ| भिसा दिने अध्यागमन बिभागसंग बुझ्यौ भने बर्षेनी नेपालमा सयौ यस्ता बिदेशी सल्लाहकारहरु बसेका छन्, आउँछन् जसको काम सोझै बालहित भनेर लिखितममा प्रस्तुत गर्छन|
    यसमा हामी त् पछि पर्यौ पर्यौ, श्रोतसम्पन्न र साधनयुक्त यी समय समयमा आफनै ढोल पिट्ने अन्तराष्ट्रिय संस्थाहरु पनि गम खाए जस्तो छ| अहिले मौन छन्| पहुँचवाला विजय कुमार सरले त्यस्ता संस्थाका जागिरे र भागिरेहरुलाई पनि पेचिलो प्रश्न राख्न सक्नुपर्यो|
    हन भुकम्प गएपछि मात्र खोज र हल्ला गर्ने बानी छाड्न पर्यो| भुकम्प गए पछि अब कसरि फेरि यस्तो नहोस भनेर सुधार्न तिर लाग्न परो|
    कुरा नबुझिने के भने एकातिर वृद्धाश्रमको नाउँमा दिलशोभाले ख्याती कमाएका छन् भने अर्कोतिर बालगृह (फोटो हेर्दा केटाहरु मात्र हुन्, केटीहरु छैनन् क्यारे जस्तो लाग्यो) संचालनको कुरो छ| उनी एक्लैले संचालन गरेर सकिने होइन क्यारे, खोई अरु को को छन् संचालनमा सलंग्न? स्थानीय चन्दा दाता वा सहयोग कर्ताले स्थलगत हेरी बुझेरै सहयोग गरेका होलान|
    दिलशोभालाई न्याय दिनु हो भने आमाघर काण्डमा सबै रीत पुर्याएर, निष्पक्ष रुपमा द्रुत गतिमा अनुसन्धान गरेर सही तथ्य सत्य अघि ल्याउन परो| एक युग कुर्न नपरोस|
    अरु पनि बालबालिकाको राख्ने संस्था अनाथ घरहरुका तथ्य अघि ल्याउन पर्यो, जसले राम्रो काम गर्दै आएका छन् उनीहरुलाई प्रोत्साहन र बाटो बिराएकालाई समयमै सुधार ल्यान परो|

    Reply
  22. guru says:
    March 2, 2014 at 1:39 pm

    सत्य के हो ? भगवान जानुन/
    विजय कुमार को दिशानिर्देश हेरेपछि केहि साथी हरु मिलेर हामीले दिल्सोभा जी लाई २६ हजार रुपिया पठाएका थियौ /फोन गरेर मलाई इ-मेल मा कोंफ्रिमेशन मागेको ,पैसा पाईसके मा पठाउछु भन्नुभयो तर अहिले सम्म पठाउनु भाको छैन/ अहिले यो सबै समाचार हरु सुन्दा हाम्रो पैसाको नि दुरुपयोग भयो कि जस्तो लाग्दै छ ./अब को दिन हरुमा कसैलाई सहयोग गर्नुपरे दुइ पटक सोच्नुपर्ने भयो /

    Reply
  23. भगवान says:
    March 2, 2014 at 1:23 pm

    कुरो जे भए पनि छानबिन पछि थाहा हुने छ तर तपाई जस्ता बिबेकशील पत्रकार हरु किन दिशोभा संग मत्रै केन्द्रित हुनु भाछ? नेपालमा भएका सबै आम घरहरु र बाल संस्थाहरुको पनि निगरानी गर्नु पर्यो नि ? खाली दिल्शोभाले के गरिन के गरिन मत्रै हैन सर्पको काचुली फेरिए जस्तै हरेक दिन आरोप फेरिनु भएन नि ?

    Reply
  24. sagar subedi, Vienna Austria says:
    March 2, 2014 at 12:57 pm

    तपाई को खोजमुलक लेखहरु एकदम सहि छ. एक दिन सबै को आखा अबश्य खुल्नेछ. म तपाई को साथ मा छु .

    Reply
  25. कुसुम ज्ञवाली says:
    March 2, 2014 at 12:15 pm

    प्रहरी अनुसन्धान, अदालती कार्यवाही वा अन्य बैधानिक छानविनलाइ असर वा प्रभाव पार्ने कुनै पनि गतिविधी राम्रो मानिदैन विधीको शासनमा । विरोध वा समर्थन जे गर्न मन लागे पनि अनुसन्धान गरिरहेको निकायलाइ कानुन सम्मत ढंगले सहयोग गरेको राम्रो। त्यसैले अहिलेलाइ चुपचाप पुलिसलाइ काम गर्न दिदा राम्रो हुन्थ्यो ।

    Reply
  26. S L Rumba says:
    March 2, 2014 at 11:02 am

    हेरी चाइन्जो ! एउटा बुडी अमुइले आफुलाई पनि केहि छहारी मिल्छ कि भनि चौतारा बनाई डलर ट्री रोपेको थियो ! अब बुडी आमैले तेस्तो काम गरेको देखेपछि केहि मेडिया हरुले तेस्लाई मल जल गरि हुर्काईदियो !
    जब त्यो डलर ट्री ले डलर फलौना थाले पछि त्यो बेलामा हाम्ले नि मल जल गर्दिएको थियो त्यो फल हम्लेनी पाउनु पर्छ भन्ने केहि मेडिया हरुको को नि इनडाईरेक्ट डीमान्ड थियो होला ! बुडी आमा ले इन्कार गरे पछि अनि त्यो डलर ट्री लाई ढालनाई पर्छ भनेर लागे होलान !
    मुइले बुज्या चाही येही हो क्यार ! अब हनुमाने मामा हरुले हेर्या छन् क्यार हेरर बुजेर एस्तो पो रैछ हुइ भन्लानी त !

    Reply
  27. suman says:
    March 2, 2014 at 10:54 am

    Is it possible to find which school the kid is in canada and his name. I can find the details here and present as it really is. I think Dilshova is not innocent. She was bringing kids from karnali to get money from doners. What a woman…and her blind supporters…

    Reply
  28. Suman Bhote says:
    March 2, 2014 at 9:39 am

    गल्ति गरेको छैन भने किन छानबिन सग डराउने???
    छानबिन हुन जरुरि छ……
    सबै संस्था को पैसा को रेकर्ड हुन पनि जरुरि छ….. सबै संस्था को एक चोटी जाच गरम…..

    Reply
  29. Subham Shrestha says:
    March 2, 2014 at 9:07 am

    Couple of nights over and the case is still a hot topic
    among Nepalese in social media. Admitting the fact
    that she must be a nice lady and also admitting the
    fact that, what she was doing was right but how she
    did was wrong, I was still confused on why
    everyone is defending her. I know these online readers and have closely observed through their
    posts and comments on how easily they go with
    bandwagon. These are the same people who
    immediately stand on the side of news when it
    exposes businessman, when it exposes politicians,
    when it exposes entertainers, but strangely this time they stood on other side, (most of them). In this
    country, NGO has employed more Nepalese
    than any other organization. Running an
    organization whether for the cause of “clean
    Bagmati” or “Chelibeti” or whatever cause, are like
    mushrooms everywhere. Suddenly a question pop- up inside me. Are those defenders are directly or
    indirectly associated with “NGO” and scared that
    Dilshova’s case has opened the Pandora box and
    thus could threaten their donation-churning
    institution? Whether Dilshova is clean or not, for
    sure it will definitely not affect Anuradha Koirala or Pushpa Basnet or Mahaveer Pun kind of social
    workers nor will anyone question their integrity. It
    only gonna threaten those who all this time were
    enjoying behind the mask of social work riding on
    donations. They are scared that this case could
    bring the tight regulations and laws for these NGO to maintain transparency and abide with all the
    standards. They are scared that until one does not
    reach to the status of Anuradha or Pushpa or
    Mahaveer, it gonna be hard to get donations. So,
    they are whining and crying, trying their best to give
    any color to the case, hatching and spreading conspiracy to divert and dilute the case, so that they
    can enjoy their immunity as a social worker and
    enjoy the donations and foreign trips and elite
    lifestyle hiding behind the mask of social
    worker.There are good policians and bad, good
    entertainers and bad, and good businessman and bad, and same with social workers. As long as you
    are not associated with any NGOs or social workers,
    stay quiet and stay neutral. If she did wrong, she
    has to face the consequence. If she was not, we will
    again join hand with her and help her to equip n
    better way, both from professionalism as well as legal aspects. Until then do not buy any conspiracy
    and propaganda nor carry away with those
    comments and posts, because this untouchable,
    unnoticed, social work and NGO needs to be filtered
    as well in MAKING OF NAYA NEPAL.

    Reply
    1. Rabin Rai says:
      March 2, 2014 at 1:56 pm

      very well said my friend! some people are even bringing castism and trying to take advantage from the case. We just need to investigate the truth here and if Dilshova turns out to be clean, she will have higher respect than before. Bijay kumar is not doing right thing here, Rather than writing an emotional article about his feelings, he should go on field and investigate what is the truth.

      Reply
  30. shakti says:
    March 2, 2014 at 8:37 am

    विजय कुमार खालि बकवास कुरा मात्र गर्छन हुने नसक्ने तर्क आघि सार छन्. येदि तपाई बाटो हिदेरख्नु भएको छ एक जना व्यक्ति को अच्चिदेंत पर्न गयो भनि दोषी तपाई हुन सक्नु हुने संख मा प्रहरी ले तपाई लै सोध पुछ गर्न सक्छ. येदि अधिकार उस ले पाएको हुन्छ . विदेश मा पनि येस्तै हुन्छ. शाहरुख खान बोल्ल्य्वूद स्तर ठ हुदा हुदै पनि अमेरिचन इम्मिग्रेशन ले उनलाई सन्काह को आधार मा सोध पुच गर्छ भने यी दिल शोवा कुन लेवेल को चेलेब्रिटी हुन् र यिन लै सोध पुछ गर्न नपाउने. मा जुठो साबित भएन भने विजय कुमार लै पनि खोर मा हाली प्रहरी ले सोध्न पाउनु पर्चा र समस्या मूल सम्म पुग्नु पर्चा. येह एस्त धेरै नगो हरु छन् जुन बस सेवा को लागि भन्दा मेवा को लागि चलेका छन्,

    Reply
  31. Ashraya says:
    March 2, 2014 at 7:12 am

    नमस्कार !!!
    मैले धेरै दिन पछि my Sansar मा कमेन्ट लेख्दै छु…नलेखी बस्न सकिन…बिसेस गरि कान्तिपुर को बिजय कुमार को लेख पछि…..विजय कुमार को लेख केवल त्यो मान्छे को इगो को पाराकास्ता मात्र हो…उसले tv मा ल्याएको मान्छे भन्दै मा दिल शोवा को डिफेन्स गर्नु जरुरि थिएन कि चाही बिजय कुमार अनि मिश्र जस्ता को परोपकारी धन्दा (हो मैले धन्दा भन्दैछु) को लागि सेल्फ डिफेन्स हो….अनि के पनि भन्न चाहन्छु भने मैले परोपकारी हात हरु बन्द गरु भनेको हैन….राम्रो लै राम्रो अनि नराम्रो लै नराम्रो मात्र भनौ भनेको हो…..दिल शोवा ले गरेको परोपकार को बिरोध पनि मेरो हैन…तर कुरा के हो भने, कसैले गल्ति गर्यो भनेर news आउंदा हामी तेस्को गल्ति के हो भनेर बुझ्नु को सत्ता डिफेन्स मा जानु भएन….सत्य लै सत्य र असत्य लै असत्य कै आखा ले हेर्नु पर्यो….my Sansar र नागरिक news ले यो काण्ड बाट फाइदा पाउने मैले केहि देखेको छैन…केवल पत्रकारिता को धर्म निभाको देखेको छु….अब नेपाल को कानुन लै तेती विश्वास नलागे पनि, अब कानुन तेही नै पर्यो…मान्नै पर्यो..कानुन लै law एंड order हेर्ने ले एक तल अनुसन्धान गरि कुरो के हो बाहिर ल्याउन दिन पर्यो….अनि दिल शोवा ले गरेको कालो कर्तुत लै पर्दाफास गर्नु पर्यो …..विदेश गएर dollor सोरेर बसेको दिल शोवा ले कानुन नजानेर दर्ता नगरेको bhanee कुरा मान्न पनि मा तयार छैन…जानी जानी नगरेको हो….यंह मलाई धर्म प्रचार को कु गन्ध पनि आइ राखेको छ…..अनि विजय कुमार तिमि आधा बिर (यो महा बिर हैन नापुसक बिर हो ), आधा जान्ने, आधा मान्छे, आधा पत्रकार (पुरा पत्रकार पनि हैन विजय कुमार, सोध्ने लै नसोधी आफै बोलेर बस्छ…तेसैले आधा पत्रुकार भन्छु म)….तिमि जस्तो आधा बिबेक आधा बुद्धि भाको मान्छे ले यंह अपराधी (पुस्टि भयो भने) एक interview लिएको हिसाब ले बचाऊ गर्दै, भ्रम छर्दै हिड्न मिल्दैन….तेसो नगर विजय बाबु (कृष्ण प्रसाद को नाम लिन्छौ नि तिमि, माथि बाट यहि भन्दै होलान तिम लाई)….
    अन्त्य मा, यो समाचार को लागि नागरिक news तथा mysansar लाई धन्य बाद दिदै…धर्म प्रचारक, अनि dollor खेति गर्ने हरु लाई कानुनी अनुसन्धान अनि कारबाही होस् (अहिले सम्म को प्रमाड हेर्दा तेस्तै लाग्छ) भन्दै…नेपाली दाजु भाई, दिदि बहिनि लाई बिसय को गम्भिर्येता लाई बुझ्दै दिल शोवा लाई hero बनाउंदै आफु लाई अन्धो नबनाउनु होस्…..परोपकार सफा मन ले रिधये (अनुराधा कोइराला ) को हुनु पर्छ..

    Reply
    1. sandesh says:
      March 2, 2014 at 9:37 am

      तपाई र mysansar र online खबर.com मा कमेन्ट लेख्ने अरु एक दुइ जना महानुभाब हेल्प नेपाल नेटवर्क र बिसेस गरि रबिन्द्र मिश्र बिरुद्द हात धोएर लागेको जस्तो लाग्यो | मिश्र ले BBC मा गर्ने प्रस्तुति , प्रश्न गर्ने तरिका मन नपरेर हो कि साचीकै “हेल्प नेपाल “को काम संकास्पद लगेर हो , तपाई जस्तै अरु एक दुइ जना मान्छे मैले भेटेको छु | बास्तबमा online कमेन्ट गर्ने सुबिधा सधै पाठकको जायज बिचारमा मात्र सिमित हुन्छ भन्ने ग्यारेन्टी हुन्न, कतिपय मान्छेले आफुलाई व्यक्तिगत रुपमा मन नपरेको मान्छेको बारेमा लेख्न पाए भने अलि कति पनि प्रमाण नभई मज्जाले तथानाम लेख्चन | आशा छ तपाई तेस्तो मान्छे मा पर्नु हुन्न |अनि हेल्प नेपाल मा volunteer भएर, र जागिरे भएर काम गरेका २/३ जना मान्छे पनि नजिक का साथी भाई छन् | कसैले पनि हेल्प नेपाल मा मिश्रले लफडा गरेको कुरा विश्वास गर्दैनन् , सबैले सराहना नै गरेको पाएको छु | बास्तबमा नेपालमा काम गर्ने हजारौ NGOs मद्धे पारदर्शी हिसाबले काम गर्ने केहि सिमित मद्धे नै पर्छ होला हेल्प नेपाल | बार्षिक audit गरेको आम्दानी खर्चको रिपोर्ट online नै रैछ | अनि दाता हरुलाई पनि आफ्नो donation overhead (ब्यबस्थापन , कर्माचारि तलब आदि ) मा खर्च गर्ने हो कि कार्यक्रममा मात्र खर्च हुने हो भन्ने कुरा donation गर्ने बेलामा नै थाहा हुन्छ | कतिपय NGOs हरुले donation जम्मा गरेर तलब भत्तामा अत्यधिक खर्च गरेका हुन्छन |
      http://helpnepal.net/financial-reports

      Reply
  32. rakesh manandhar says:
    March 2, 2014 at 7:06 am

    सालोक्य जी,
    तपैन्को यो लेख त पढें तर किन हो किन तपाईं पनि दिल शोवा विरुद्ध खुलेरै लागे जस्तो लाग्यो, अरु पनि धेरै पत्रिका हरु पढें मात्र नागरिक र mysansar मात्र दिल शोवा विरुद्ध लेख देखें ` येदि उनि दोषी नै भए कानून को दायेरमा पक्कै ल्याउनु पर्छ तर छानबिन हुँदैछ तपैन्हरु(नागरिक एंड mysansar ) चाहिं किन लागि परेको हो त्यो चाहिं बुझ्न सकिन?
    जे गणेश
    राकेश
    लिस्बोन

    Reply
    1. premji says:
      March 2, 2014 at 9:44 am

      “उनि दोषी नै भए कानून को दायेरमा पक्कै ल्याउनु पर्छ तर छानबिन हुँदैछ तपैन्हरु(नागरिक एंड mysansar ) चाहिं किन लागि परेको हो त्यो चाहिं बुझ्न सकिन?”

      उत्तर: उनि दोषी नै भए कानून को दायेरमा पक्कै ल्याउनु पर्छ — त्यसो हो भने त्यत्रो खोज गरि उजुरी दिनेलाई किन सरापेको त ? दिलशोभा एक पब्लिक फिगर हुन्, गम्भीर आरोपको प्रस्ट आधार भएको कुरालाई हामी सर्वसाधारणले जानकारी पाउन किन नहुने ?

      सालोक्य जी,
      मुरी मुरी धन्यबाद छ तपाइलाइ, सबै कुराहरु छर्लंग हुनेगरी बुझ्ने मौका दिनुभएकोमा | नत्र अरु जस्तै म पनि अन्ध-समर्थन गरेर बसी-राखेको हुन्थे | गलत नबुझ्नुहोला — अरुलाई जस्तै मलाइ पनि उहाको समर्थन गर्न मन छ, तर यदि दुख पाएका बालबालिका लाइ मोहरा बनाएर आर्थिक चलखेल गरेको हो भने त्यो भन्दा घृणित काम बिरलै होला | एक जना कमेन्टरले भने जस्तै यो “बिश्वास पराजित् भएको अवस्था हो” | जसले ति बालकलाइ केहि राम्रो होला भनेर सफा मनले पैसा या सामान दिए उनीहरुलाई कस्तो भएको होला ? जसले दिन्छ उ हो पुज्य, जसले बिश्वासघात गरेर पैसा कुम्ल्याउछ उ पापी हो |

      Reply
  33. sabin says:
    March 2, 2014 at 6:46 am

    दिलशोभा श्रेष्ठ र उनको काम लाइ नबुझेरै उनीलाई भगवान सम्झनेहरु मात्रै देख्छु म यो mysansar र facebook का भित्ताहरुमा. एस्तो हुनुमा र गराउनुमा बिजय कुमार पाण्डेको दिशा निर्देश हो भन्दा सायदै फरक पर्ला. बिजय कुमार ले दिशा निर्देश मार्फत pluralistic ignorance create गरेकै हुन्. झट्ट हेर्दा unbias देखिए पनि उनको कान्तिपुरको अस्तिको लेखले पनि यो कुराको पुस्टि गर्छ. यो उनले जानेर गरेका हुन् या पैसा को खेल छ यो अनुसन्धान को बिसय होला.तर यहाँ बैंक मा आफ्नै मान्छे पाले राखेर बैंक लुट्ने को संख्या धेरै छ. अनुराधा कोइराला को छेको परेर गर्दा public sentiment catch हुने देखेर interview को timing चाही उनले दर्रो रोजेका हुन्.
    गरिब देश को गरिब सरकार का कार्यालय, स्वास्थ्य चौकी र सडक पेटी हरुमा मापदण्ड पुरा हुदैनन होला तर तेस्लाई हतियार बनाएर अपराध गर्ने र पैसा कमाउने खेल लाइ कसैले प्रोत्साहित गर्नु ठिक देखिदैन..

    Reply
  34. Robin thapa says:
    March 2, 2014 at 6:26 am

    तपाई को खोजमुलक लेखहरु एकदम सहि छ. एक दिन सबै को आखा अबश्य खुल्नेछ. म तपाई को साथ मा छु .. Go ahead, keep it up.

    Reply
  35. Krish says:
    March 2, 2014 at 6:23 am

    my sansar(सालोक्य) को महाबिर बन्ने प्रयास!

    Reply
  36. Ram says:
    March 2, 2014 at 6:21 am

    कुरो जे भए पनि यो काण्डको पछाडी केहि रहस्य र कसैको स्वार्थ अवस्य छ – कसको हो, त्यो भने अहिले प्रस्ट छैन l उपत्यकाको फोहोरको डुंगुरमा पाउरोटी खोजेर खाइरहेका सडक बालबलिका नदेख्ने पत्रकार एवम प्रशासन अहिले दिल सोभाको घरका केटाकेटि लाइ ‘रिस्क्यु’ गर्न जोड तोडका साथ् लागेका छन् l गजब छ बा !!!

    बागमती, स्वयम्भू घुम्न जाँदा सबैले देखेको हुनुपर्छ – थोत्रो लुगा, सिगाने मैलो अनुहारमा ‘सर वन डलर प्लीज’ भन्दै बिदेसी पर्यटकहरु को पछि लाग्छन सडक नानी हरु l तिनीहरु को “रिस्क्यू” कहिले गर्ने ?? गगबुबसपार्क र पुरानो बसपार्कमा चिसो रातमा छेउमा भुस्याहा कुकुर संगै गुटुमुटु सुतेका बाल बालिका को निम्ति यो “रिस्क्यू’ किन हुदैन ?

    दिलसोभाको केश छानबिन हुदै छ भन्छन .. दोषीमाथि कारबाई होस् l मैले उनको बचाउ गरेको होइन !

    तर – कुरा मा कुरा नि .. यो ‘रिस्क्यू’ भन्ने शब्द को महत्व येतिखेर आएर सबैले बुझेको देख्दा चै हाँस उठेर आयो .. र येसो हजाम नभाको कुरो लेखि हालेको नि !!!

    – रामे

    Reply
    1. shamay says:
      March 2, 2014 at 1:18 pm

      देशमा अनेक बेथितिहरू छन् , नाबालक हरु सडक मा दयनिय अबस्थामा देखिन्छन यो त देश को समग्र परिस्थिति का कारणहरुले हुन् , एउटा मानिस ले गर्दा हैन नी । त्यो पनि त्यस्तो मानिस जो असहाय हरु को हीत को लागि कहलिएको, विभिन्न क्षेत्र बाट सम्मान तथा सहयोग पाएको व्यक्तिले जुनसुकै अवस्था मा रहेका असाहय हरुलाई आफ्नो सम्रक्षनमा राख्दा यदि उनीहरु को अवस्था दयनिय छ भने त्यो स्वभाभिक पक्कै पनि हैन, यदि यस्तो व्यक्ति माथि कुनै आधिकारिक आरोप आएको खण्डमा त्यसको रेपोर्टिङ्ग हुनु कुनैपनि दृष्टिकोण बाट गलत हैन,

      Reply
  37. sandesh says:
    March 2, 2014 at 6:20 am

    जायज कुरामा अनुसन्धान, कारबाही र ब्यबस्थापन सुधार मा केहि अन्ध भक्त हरु बाहेक अरुको बिमति छैन होला | तर देशकै प्रतिष्ठित मानिने दैनिकले मान्छेको इज्जतको अन्तिम अस्त्र मानिने “यौन दुराचार” जस्तो आरोप लगाएपछि सबैको ध्यान तेतै मोडियो | मेरो बिचारमा त सनसनी समाचार लेख्ने ले ३:३९ को audio अझै पुरा सुनेका छैनन् जस्तो लाग्यो | त्यो audio को अन्त तिर प्रस्ट थाहा हुन्छकि त्यो फोन बार्ता “यौन दुराचार ” को लागि गरेको होइन भनेर | नत्र ति पत्रिकाले हाम्रो “यौन दुराचार को बिसयमा गम्भीर गल्ति भयो , यो अरु गम्भीर संबेदनशील बिसयमा सबैको ध्यानाकर्सन होस् ” भन्नु पर्ने होइन ? आसा छ यो कमेन्ट लाई उमेशजी “धम्कि ” वा येस्तै अरु केहि ठान्नु हुन्न होला |

    Reply
  38. roshani says:
    March 2, 2014 at 6:16 am

    यही ताल हो भने सञ्जेलहरुको स्कूलमा शिक्षिकाहरुमाथि भएका शोषण र अपारदर्शी हिसाबकिताबको कुरा कहिल्यै उठ्ने छैन, मिश्रहरुको बेलायतमा चलेको सेक्सुअल ह्यारेसमेन्टका कुरा पनि उठ्ने छैनन्। उनीहरुलाई ठूलो जमातले खोट बिनाका ‘महावीरै’ देखिरहनेछ।

    Great point umeshjee. Nobody has dared to look inside the samata sikshya sadan. The corruption, misbehave to the teachers, who are still teaching in monthly rs 3000 a month. Sanjel has managed to earn a fortune using this brand.

    Reply
  39. Suman Sharma says:
    March 2, 2014 at 6:15 am

    हाम्रो पत्रिकाहरु पनि त्यसै देवत्वकरण गर्न तिर लाग्छन. जो पायो त्यहि हिरो बनाउन खोज्ने अनि सयौ प्रमाण हुदा पनि हैन भन्ने. पत्रकार हरु पनि एक पटक हिरो बनाएपछि उसका राम्रा कुरा मात्र लेख्न खोज्ने.

    Reply
  40. Pramesh says:
    March 2, 2014 at 5:58 am

    केहि समय अगाडी “लिटल प्रिन्सेस” भन्ने एउटा पुस्तक पढ्ने मौका मिलेको थ्यो| त्यसमा एकजना अमेरिकन नागरिकको आँखाबाट कसरि नेपालमा बालगृहहरु संचालन भैराखेको छन् भन्ने बिसयको आत्म-कहानी प्रस्तुत गरिएको छ| हुम्ला, जुम्लाबाट बालबालिका ल्याएर कसरि “अनाथ” बनाएर पैसाको खेति गरिन्छ र बालबालिकालाई लापरबाही बनाइन्छ भन्ने बारेमा त्यहाँ मजाले लेखेको छ| http://www.nextgenerationnepal.org/How_It_All_Began
    तपाइहरुलाइ पढ्न जागर भए खोजेर पढ्न सक्नुहुन्छ| Amazon.com मा पनि बेच्न राखिएको छ| कहिलेकाही आफ्नो आँखाले देखेका र कानले सुनेका सबैकुरा सत्य नहुन पनि सक्छन| आफुले धेरै विश्वास गरेकाले धोका दिन पनि सक्छन| दिल्शोभाले कतै तपाइको विश्वासलाइ धोका त दिइनन? सत्य तथ्य त अनुसन्धान पछि थाहा होला तर “दालमा केहि कालो चाही छ जस्तो छ|”

    Reply
  41. Shiris says:
    March 2, 2014 at 5:55 am

    इसाई धर्म प्रचार र सस्तो लोकप्रियता (परोपकारी काम गरेको नाममा) लाइ माध्यम बनाउदै मानब तस्करीको नाङ्गो काम भैरहेको जस्तो देखिन्छ | महत्वपूर्ण कुरा त के हो भने परोपकारी कामलाइ ढाल बनाएर एउटी परोपकारी नारी (आमा) लाइ फेस मा राखेर कसैले त्यस्तो अपराध कर्म त गरिराखेको छैन?

    Reply
  42. शशङ् लामा, न्युयोर्क says:
    March 2, 2014 at 5:31 am

    अनुमति बिना बाल बालिका विदेश पठाउनु कानुनी रुपमा छुट छैन होला | तर के नियतले दिलाशोभाले पठाएकी हुन, त्यो त अनुसन्धान गर्दा थाहा लागी हाल्छ नि ! ति बालकहरुलाई राहदानी दिनेको पनि पत्तो लाग्ला| लहरो तान्दा पहरो नै थर्किन्छ| तिललाई पहाड बनाएर दिलाशोभालाई दागा धरेको ठ्याम्मै चित्त बुझेको छैन | दिलाशोभाले बालकहरु बेचेकै हो भने, प्रमाण पुर्याएर तिनलाई तुरुंगमा हाले हुन्छ| पुलिस अनुसन्धानमा परिसकेको मामलालाई मिडियाले यो र त्यो भनेर उछालेको मलाइ मन परेन| लोकप्रिय माइसन्सारले दिलशोभा विरुद्व शृंखलाबद्व समाचार दिएको पनि मलाइ त निको लागेन | बल प्रहरीको हातमा छ, उसैलाई बोल्न दिए हुन्न ?

    Reply
    1. premji says:
      March 2, 2014 at 10:05 am

      नपढेर, कानुन नजानेर, नियत राम्रो राखेर या जे जे उपमा दिए पनि गैर-कानुनि काम गैर-कानुनि हुन्छ | अमेरिकामा त झन् सबैलाई थाह हुनुपर्ने हो कि “मलाइ नियम थाह थिएन” भन्ने excuse हुदैन | यहालाई थाह छ कि छैन — हालै अमेरिकी सरकारले इन्डियन डिप्लोम्याट देबियानी खोब्रगेडलाइ हत्कडी लगाएर पक्रेको र डिपोर्ट गरेको बारे | आरोप लगाउने संगीताको जिबनस्तर इंडियामा भन्दा त न्युयोर्कमा पक्कै राम्रो थियो होला | देबियानिले इंडियामा इन्जीनियरको तलब भन्दा बढीनै दिएको रहेछ | तर अमेरिकी standard अनुसार त ठगेकै हो नि | कानुन मिचेकै हो | इंडियाले जति फुइ झारे पनि अमेरिका गलेन | किन ? कानुनको राज भएर | त्यहि प्रसङ्ग यहाँ न्युयोर्क टाइम्स या वाशिंगटन पोस्टले उछालेनन ? देबियानीले abuse गरेको भनेरै लेखे त |

      “मैले कानुन राम्रो संग जानिन होला, ब्यबस्थापन अलि मिलेन होला” भन्दै बच्चाहरुको abuse गर्न पाइन्छ ? पत्रिकाले आफै fabricate गरेर बनाएको समाचार हो भने कुरा अर्कै हो नत्र स्नोडेन ले लिक गरेका संबेदनशील खबरहरु त आउछन अमेरिकामा भने भएका कुराहरु, त्यो पनि बच्चाहरुको जीवन संग सिधा सरोकार राख्ने एउटा पब्लिक फिगरको बारेमा नलेख्ने मिडियाले ? क्या कुरा गर्नु हुन्छ हजुर जस्तो बुद्धिजीवीले पनि !

      Reply
      1. Abhi says:
        March 2, 2014 at 4:02 pm

        intention भन्ने पनि केहि हुन्छा होला | कसैले पैसै कमाउन बालबालिका विदेशीलाई बेच्नु र अर्को कसैले बालबालिका को भबिष्य बन्ला भनेर निस्वार्थ बिदेशी लाइ सुम्पनु मा आकाश पाताल फरक हुञ्छ, भलै कानुन को नजर मा दुवै बराबरी दोषी होलान |

        अनि कसै कसैले अमेरिका को कानुन मा नियत को बाल मतलब हुञ्छ भनेर गफ लाएको पनि देखियो | अलिकति google गरेर हेरे त थाहा भैहाल्थ्यो, intention ले अदालती फैसला मा कति फरक पर्छ भनेर |

        Reply
        1. premji says:
          March 2, 2014 at 8:32 pm

          कुनै प्रक्रिया नपुर्याई या अनुगमन बिना त्यो बालाकलाइ बिदेशीको हातमा दिदा किड्नी चोर्छन कि सेक्सुअल exploitation या अरु abuse गर्छन कसलाई थाह छ ? — दिलशोभाले राम्रो सोचेर मात्र ग्यारेन्टी हुन्छ? नियम, कानुन, दर्ता, या प्रक्रिया भनेका यिनै कुराहरुलाई ध्यानमा राखेर बनाइञ्छ | यस्तो गर्दै आखा चिम्लदै जाने हो भने दिलशोभाले जस्तै अरुले पनि ठ्याक्कै त्यहि गरे ठिक ?

          Reply
          1. premji says:
            March 3, 2014 at 12:20 am

            यसमा पनि रातो लगाउने को होला? मतलब – बिकट गाउका बच्चालाइ प्रक्रिया नपुर्याई जसले जहाँ लगेर पनि सुम्पिदिए केहि फरक पर्दैन, हो ?

            Reply
    2. गगने says:
      March 3, 2014 at 3:36 am

      शाशंक जी,
      खोज खबर र तेस्को अपडेट गर्ने भनेकै सबैको चासो रहेको र तात्तातो समसामयिक बहसमै हो! यसमा माइसंसारका उमेशले जे गरेका छन् ठिक गरेका छन् भन्छु म!
      दिलशोभा हामि सबैको बिश्वाश जितेर समाज सेवी ब्यक्तित्वोमा स्थापित भयाकी ब्यक्तित्वो हुन्, उनले बिश्वाश जितिन अब यो मुद्दाको छिनुफानो पश्चात हाम्रो भरोसा जित्नेछिंन वा बिश्वाशामा कुठाराघात गर्नेछिन्!
      मा आशा र कामना गर्छु उनले हाम्रो बिश्वाश संगै अब भरोशा पनि जितुन र निस्छाल र निस्कलंक रहेको ठहरिउन, यहासम्म आउदा उनीले केहि जटिल गल्ति गरिसकेको ठहिन्छ तरपनि यदि उसमाथि लागेको यौन अपराध देह ब्यापार आदि क्रियाकलाप जस्ता साथै केहि गहन आरोप बाट मुक्त भै सफाई पायामा बाकि रहेको छिटफुट कुराहरुमा कानुनले नदिया पनि हामि माफी दिन सक्छौ!
      तर एउटा सत्य के भने हामि नेपालि हरु सतहमै बहन्छौ सतही भाबुकता र सतही आत्मीयतामा रुमल्लिञ्छौ! हतारोमा कबिताहाली गित गाइ नाचिहाल्छौ अनि फुर्सदमा पछुताउछौ सायद कतै दिलासोभाको बारेमा पनि यस्तै त भयको छैन! आशागरौ दिलासोभाको बारेमा तेस्तो नहोस!
      तर कतै दिलासोभाले हामीलाई आफ्नो इन्नोसेण्टको ब्यापार त गरिरहेको छैनन्?
      या कतै दिलशोभा कुनै योजनाबद्दा खेल खेल्नेको मोहरा त होइनन, उसको नादानी वा उसको विश्वाशको भाबुकताहरुलाई लिएर हामीमाथि सामाजिक नैतिक र मानबिय चलखेल त भैरहेको छैन?
      यो गहन बिषय बनेर उठेको छ र एउटा सहि पत्रकारिता गर्नेले यो सामाजिक र रास्ट्रीय चासोलाई छिनोफानो नहुन्जेल निरन्तर खोज खबर प्रस्तुति गर्नु पर्दछ!
      यदि दिलासोभा र उहाद्वारा संचालन गरिएको आमाघर माथि लगाइयको आरोप सत्य साबित भयमा यो अक्षम्य अपराध हुने छ, विश्वाशको कुठाराघात हुने छ, मानबियता बिरुद्द अपराध हुने छ, समाज र सामाजिकता अनि समाजसेवा को बिरुद्दमा अपराध हुने छ दिलासोभाले उअहाजस्तै समाजसेवाको कार्यगर्ने सयौ ब्यतित्वोको पहिचानमा एउटा भद्दा धब्बा र दाग लगाइदियर अपराध गरेको ठहरिने छ जसलाई सफागरन ति अन्य समाजिक कार्यकर्तालाई धेरै गाह्रो पर्ने छ भविष्यमा किनकि तिनीहरु सबै माथि एउटा गहन प्रश्न चिन्ह र संका पूर्ण दृस्टी ले घेराबन्दी गरिदिने छ!
      आशा गरौ तेस्तो नहोस, सानानिना असक्षमता र छिटफुट गल्ति हरु भने माफ गरिने छ!
      जदौ!

      Reply
  43. Santosh says:
    March 2, 2014 at 4:19 am

    ओहो उमेश जी तपाई ले त कति बिस्तृत अद्धयन गरेर लेख्नु भो. नागरिक को भन्दा त यो तपाई को article एकदम प्रस्ट छ. धन्यबाद येस्ता महा बिर हरु को बारेमा हाम्रो आँखा खोलिदिनु भाको मा.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme