एउटा कार्यालयको पिउने पानी खर्च कति होला ? तपाईँ अनुमान लगाउन सक्नुहुन्छ ? सुशील कोइरालाको नेतृत्वमा सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकले पारदर्शी हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउने बिलहरु सार्वजनिक गर्ने निर्णय गरे। यही निर्णयका कारण हामी यो कार्यालयमा के कस्ता खर्चहरु हुँदा रहेछन्, हेर्न र बुझ्न पाइरहेका छौँ।
यसै क्रममा फागुन १२ गते सार्वजनिक गरिएको बिलहरुमा पानीको बिल पनि रहेको छ। पुस र माघ दुई महिनामा भएको बोतल र जारको पानी खर्च भन्दै झण्डै एक लाखको बिल पेश गरिएको छ। ९९ हजार ३२६ रुपियाँको यो बिल बिभु मार्केटिङ प्रा.लि.ले पेश गरेको हो।
माइसंसारमा थोक तथा खुद्रा व्यापारी वा उनीहरुका नजिकका केही पाठक पनि होलान्। यति रुपियाँमा औसत कति लिटर पानी आउँछ, त्यो उहाँहरुले हिसाब निकालिहाल्नु होला। त्यसपछि थाहा हुन्छ प्रम कार्यालयलाई मासिक कति लिटर पानी आवश्यक पर्दो रहेछ !
पुस र माघमा राजनीतिक नेतृत्वको सरकार थिएन। त्यसैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दलका कार्यकर्ता पनि जाँदैन थिए। अब त कांग्रेस नेतृत्वमा एमालेसहितको सरकार बनेको छ, पक्कै पनि कार्यालयमा पहिलेभन्दा बढी भिड हुनेछ। मतलब अबको महिनामा एक लाखले पनि नपुग्ने होला कि पानी खर्च !
फागुन १२ गते सार्वजनिक गरिएको बिलका अन्य विवरणहरु पनि हेर्नुस्-
यसमा पुराना सामान हटाउँदाको ज्याला, डिस होमको रिचार्ज खरिद गरेको बिल आदि पनि संलग्न छ।
नेपाल सरकार | ||||||||
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | ||||||||
भुक्तानीका लागि प्राप्त बिलहरुको सार्वजनिकरण प्रयोजनार्थ | ||||||||
मितिः- २०७०/११/१२ | ||||||||
सि.नं. | विवरण | ब.उ.शि.नं. | खर्च शिर्षक | खरिद प्रक्रिया | भुक्तानी पाउने व्यक्ति/ संस्था | बिल/निवेदन प्राप्त भएको मिति | रकम | कैफियत |
१ | नेपाली सेनाका २५ जना सुरक्षाकर्मीहरुको गर्मी मौसमको पोशाक खर्च | ३०१०११३ | पोशाक | नियमित | २५ जना सुरक्षाकर्मी | २०७०/११/८ | २४२८५०.०० | |
२ | कार्यालयको आवश्यक सेवा संचालन सम्बन्धी खर्च सोधभर्ना | ३०१०१३३ | विभिन्न | नियमित | खरिदार ठक्कर प्रसाद संजेल | २०७०/११/११ | ३९६३५.०० | |
३ | कार्यालयको प्रयोगको विभिन्न ६ वटा गाडी मर्मत | ३०१०११३ | मर्मत खर्च | नियमित | श्री बि.एम. ट्रेडर्स | विभिन्न | १७५८७३.०० | |
४ | कार्यालयको प्रयोगको विभिन्न ५ वटा गाडी मर्मत | ३०१०११३ | मर्मत खर्च | नियमित | विश्वकर्मा अटो सर्भिसिङ सेन्टर | विभिन्न | ७३६१९.०० | |
५ | कार्यालयको प्रयोगको ९३५२ नं. गाडी मर्मत | ३०१०११३ | मर्मत खर्च | नियमित | लियोन अटो वर्क्स | २०७०/११/५ | ७९२६३.०० | |
६ | कार्यालयको लागि पर्दा फर्निचर आदी खरिद | ३०१०१३३ | मर्मत खर्च | कोटेशन | श्री वनकाली ट्रेडर्स एण्ड सप्लायर्स | २०७०/१०/१९ | १३३९५१.०० | |
७ | कार्यालयको लागि फर्निचरहरु खरिद | ३०१०१३३ | मर्मत खर्च | कोटेशन | डि.एस. इन्टरप्राइजेज | २०७०/१०/१९ | १३३९५१.०० | |
८ | गाडिका खुद्रा सामानहरु र कार्यालयको लागि फर्निचरहरु खरिद | ३०१०१३३ | मर्मत खर्च | कोटेशन | श्रीविन्ध्यवासिनि ट्रेडर्स एण्ड जनरल सप्लायर्स | २०७०/१०/२४ | १४१११४.०० | |
९ | पुरानो सामानहरु हटाउदाको ज्याला | ३०१०१३३ | सेवा तथा परामर्श | नियमित | डि.एस. इन्टरप्राइजेज | २०७०/११/८ | ६२१५.०० | |
१० | टि.भी. को लागि डिस होम रिचार्ज खर्च | ३०१०१३३ | सेवा तथा परामर्श | नियमित | रेडियन्ट ग्रुप प्रा.लि. | २०७०/१०/२६ | ७९१०.०० | |
११ | कम्प्यूटर पार्टस, ल्यापटप ब्याट्रि खरिद | ३०१०१३३ | सेवा तथा परामर्श | नियमित | ग्लोबल लिंक टेक्नोलोजी प्रा.लि. | विभिन्न | ६१७६५.०० | |
१२ | पौष र माघ महिनाको जार तथा बोटलको पानी खर्च | ३०१०१३३ | विविध | नियमित | बिभु मार्केटिङ प्रा.लि. | २०७०/११/१२ | ९९३२६.०० | |
१३ | वार्षिक प्रतिवेदन तथा बुलेटिन छपाई | ३०१०१३३ | कार्यालय सामान | नियमित | मुद्रण विभाग | २०७०/११/४ | ११३९००.०० |
यसैगरी फागुन १६ को यो अर्को बिल हेर्नुस्-
नेपाल सरकार | ||||||||
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | ||||||||
भुक्तानीका लागि प्राप्त बिलहरुको सार्वजनिकरण प्रयोजनार्थ | ||||||||
मितिः- २०७०/११/१६ | ||||||||
सि.नं. | विवरण | ब.उ.शि.नं. | खर्च शिर्षक | खरिद प्रक्रिया | भुक्तानी पाउने व्यक्ति/ संस्था | बिल/निवेदन प्राप्त भएको मिति | रकम | कैफियत |
१ | कार्यालयको लागि फर्निचर खरिद | ३०१०१३४ | फर्निचर | नियमित | श्री वनकाली ट्रेडर्स एण्ड सप्लायर्स | २०७०/१०/२० | २०९०५.०० | |
२ | सल्लाहकारज्यूको कार्यकक्षमा ICF टेलिफोन जडान | ३०१०११३ | संचार महशुल | नियमित | नेपाल टेलिफोन | २०७०/११/१२ | १३८४८.०० | |
३ | यस कार्यालयमा कार्यरत कर्मचारीहरुको प्रोत्साहन भत्ता | ३०१०१३३ | भत्ता | नियमित | १८५ जना कर्मचारी | २०७०/११/१४ | १६३०५३८.०० |
पुष र माघमा त १००००० को खाए , बैशाख जेठमा कति लाखको खाने हुन्
हेर्दै जाउला .
पिउने पानी त पिउने पानी, जार को हो कि ट्यांकीको मूल्य हो त्यो? कि मेलम्ची नै ल्याए?
राम्रो र उचित कामको संकेत हो|
सुशील कोईरालाको यो कदम कतै बाबुराम भट्टराईको मुस्ताङ्ग गाडी चढ्ने निर्णय जस्तो नहोस| लीडर र प्रधान मन्त्रि भए पछि उदाहरण बन्नु मात्र होइन अरुलाई पनि त्यसरी नै पारदर्शी बन्न निर्देशन दिन र गराउन सक्नु पर्छ| हेर्दै जाम|
सेनाको पोशाक त रक्षा मन्त्रालय नेपाली सेनाले आफै किन्छ होइन र ? कि जता पोस्तिंग हो तेस्कै दायित्व हो ? थाहा हुन सकेन ?
मेरा जानकारीमा :
एक कार्टून एक लिटर बोतलको पानी (१२ बोतल ) = रु १०० देखि ११० मा पाइन्छ = प्रति लिटर रु 9 जति पर्न आउछ
१८- २० लिटरको जारको पानि = सरदार रु ५० प्रति जार मा पाइन्छ with home delivery = प्रति लिटर रु २.५ जति पर्न आउछ
जे होश पानि चाही बबालै खपत हुने रहेछ !!!
सुशील कोइराला साच्चिनै पारदर्शी हुन चाहेका हुन् भने त्यो माथिको भुक्तानीको लागि पेश गरेको बिलहरु पनी scan गरेर राख्न निर्देशन दिनु पर्छ .. जे होश सुरुवात राम्रै मान्नु पर्ला .
Good news, if every political leader follow the same thing in their own department.
फागुन १२ मा सी नम्बर ६, ७ र ८ मा फर्निचर खर्च अनि फेरि फागुन १६ मा नम्बर १ मा फर्निचर खर्च , के तेती धेरै पटक किनु भन्दा त get a one quotation and buy them once so that save money and time and commission.
फागुन १६ मा नम्बर 3 मा यस कार्यालयमा कार्यरत कर्मचारीहरुको प्रोत्साहन भत्ता रु १६३०५३८.००. We already paid them salary for that job why they need more allowances. If they are doing overtime then that fair enough to give reward, otherwise, out tax paid money invested just to reward over draft the loan for every Nepalese. Its somehow shame.
फेरि सेनाको पोसाक खर्च र तेती धेरै छ . हुन त कपडा महंगो पनि छ तैपनि , जनता ले त सजिलै देख्छन नि त बिल मा कति महंगो भनेर.
Let’s hope we will change day by day.
राम्रो कार्यको शुरुआत| बधाई| यसरि पारदर्शिता अपनाए सुशील कोईराला आफै उदाहरण बनेर जनताको मन जित्न सफल हुनेछन| अरु मन्त्रालयहरुमा पनि यो लागु हुनपर्छ|
उक्त कार्यालयका कर्मचारीको प्रोत्साहन भत्ता भन्या के रहॆछ?
(गङ्गा जल ठानेर बोतल कै पानीले स्नान गरे कि क्या हो? नत्र भने कत्ति प्यास लगाएका रहेछन खिलराज श्रीमानज्युले?)
कुरा बुझ्न गारो छ/ यस विषयका ज्ञाताहरुले प्रस्ट पारी दिनुहोला/ खर्च कटौती गर्ने उपायहरु पनि सुझाउनु होला/ सायद अनुसरण हुन्छ कि/ कोठा भाडामा लियर चकटी र सुकुल मन पराउने प्र. म. भयका छन/ उहालाई धेरै खर्च त न चाहिने हो/ आशा गरौ अगाडी महिनाका खर्चका बिलहरु साना हुने छन्/
जस ले जे भने पनि प्र म सुशील ले एस्तो कुरो online गरेको मा सुशील लाइ स्वछ छबि को रुप मा लिन सकिन्छ !! येस्तै पारदर्शी अरु मन्त्रालयमा हुनु पर्दछ !! सुशील ले अरु मन्त्रलायमा पनि येस्तै कार्य गर्न आदेश दिनु पर्दछ जस्तै आफ्नो पार्टी को मन्त्रालयमा मा त online यसै गरि राख्न सकिन्छ नि त जस्तै बन, एस्थानिया, सिउच्या , अर्थ मा यस्तै गर्न सुशील ले आदेश दिए राम्रो , अब हेरौ …
आफैले बिल तिर्नु परे बागमतीको सुद्द पानी खान्थे होला खातेहरु; फोकटमा मिलेगा तो अलकत्र भी निलेगा और मट्टीतेल से कुल्ला गरेगा, हात खुट्टा टोइलेट सबैमा मिनरल वाटर प्रयोग गरे होलानी; पीउन को लागि त छुट्टै होला खर्चमा देखाउन नमिल्ने दारु, व्हिस्की, बियेर ताने होलानी.
चुस संसारकै महान राजनीतिक नेताहरु चुस; जनताको रगत र पसिना. जब सम्म नेपाल र नेपाली जीउदो रहन्छ तेसबेला सम्म जुम्रा नै भएर बस्.
नेपाली सेनाका २५ जना सुरक्षाकर्मीहरुको गर्मी मौसमको पोशाक खर्च ३०१०११३ पोशाक नियमित २५ जना सुरक्षाकर्मी २०७०/११/८ :- २४२८५०.००
हैन कति लुगा लगाउन सकेको हो |????????????