Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२०७१ सालमा ७१ दिनभन्दा बढी विदा

Posted on March 1, 2014 by Salokya

आउँदो वर्ष अर्थात् २०७१ सालमा कुन कुन दिन सरकारी विदा हुने भन्ने बारे सरकारले राजपत्रमा सूचना छापेर घोषणा गरेको छ। यो वर्ष सबैलाई विदा हुने दिन ८५ छ। यसबाहेक काठमाडौँ उपत्यका वा स्थानीय जिल्लामा मात्र हुने विदा, महिला कर्मचारीलाई मात्र हुने विदा, स्कूलमा मात्र हुने विदा, जैन र शिख धर्मावलम्बी सरकारी कर्मचारीलाई मात्र हुने विदाहरु पनि छन्।

नयाँ वर्षमा कुन कुन दिन विदा हुने रहेछ त ? आउनुस् हेरौँ-

यसपालि दशैँमा सात दिन विदा रहेको छ। घटस्थापना, फूलपातीदेखि द्वादशी र कोजाग्रत पूर्णिमाका दिन गरी सात दिन विदा छ। तर, तिहारमा भने तीन दिन विदामा भाइटीकाको दिन शनिवार परेको छ। त्यसैगरी उधौलीको विदा पनि शनिवार पर्न गएको छ। शनिवार विदा ५२ दिन रहेको छ।

नेपाल सरकार
गृह मन्त्रालयको सूचना

नेपाल सरकारले २०७१ साल वैशाख १ गतेदेखि २०७१
साल चैत मसान्तसम्म एक वर्ष भरिमा सबै सरकारी
कार्यालयहरूलाई देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा
विदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको छ।

१. वर्षभरिका शनिवार विदा :
(क) वैशाख – ६,१३,२०,२७ (४ दिन)
(ख) जेठ–३,१०,१७,२४,३१ (५ दिन)
(ग) असार–७,१४,२१,२८ (४ दिन)
(घ) साउन–३,१०,१७,२४,३१ (५ दिन)
(ङ) भदौ – ७,१४,२१,२८ (४ दिन)
(च) असोज–४,११,१८,२५ (४ दिन)
(छ) कात्तिक–१,८,१५,२२,२९ (५ दिन)
(ज) मङ्सिर–६,१३,२०,२७ (४ दिन)
(झ) पुस–५,१२,१९,२६ (४ दिन)
(ञ) माघ–३,१०,१७,२४ (४ दिन)
(ट) फागुन–२,९,१६,२३,३० (५ दिन)
(ठ) चैत–७,१४,२१,२८ (४ दिन)
जम्मा : ५२ दिन

२. पर्व विदाहरु :
(क) नववर्ष, वैशाख १ गते सोमवार।
(ख) किराँत राई लिम्वू जातिको उभौली पर्व – चण्डी
पूर्णिमा (वैशाख पूर्णिमा), बैशाख ३१ गते बुधवार।
(ग) जनै पूर्णिमा, रक्षाबन्धन (ऋषि तर्पणी) साउन २५
गते आइतवार।
(घ) गौरापर्व भदौ १७ गते मंगलवार।
(ङ) इस्लाम धर्मावलम्वीहरूको पर्व ईद (इदुल्ल फित्र)
का दिन।
(च) छठ पर्व कात्तिक १२ गते बुधवार।
(छ) इस्लाम धर्मावलम्वीहरूको पर्व बकर ईद (इदुल
जोहा) का दिन।
(ज) किराँत जातिको उधौली पर्व, योमरी पुन्हि–ज्यापु
दिवस (मङ्सिर पूर्णिमा,धान्य पूर्णिमा) मङ्सिर २०
गते शनिवार।
(झ) इसाई धर्मावलम्वीहरूको पर्व क्रिसमस डे,
(डिसेम्बर २५ तारिख) पौष १० गते बिहीवार।
(ञ) तमू ल्होसार पौष १५ गते मंगलवार।
(ट) माघी पर्व एवं छन्त्याल जातिको राष्ट्रिय पर्व माघ
१ गते बिहीवार।
(ठ) सोनम ल्होसार माघ ७ गते बुधवार।
(ड) महाशिवरात्री, फाल्गुन ५ गते मंगलवार।
(ढ) हिमाली आदिवासी शेर्पाहरूले मनाउने
घ्याल्पो लोसार फाल्गुन ७ गते बिहीवार।
(ण) अन्तर्राष्ट्रिय महिला दिवस, (मार्च ८) फाल्गुन
२४ गते आइतवार।
(त) फागुपूर्णिमा, फाल्गुन २१ गते बिहीवार मनाउने जिल्लामा र भोलिपल्ट मनाउने
जिल्लाहरूमा फाल्गुन २२ गते शुक्रवार।
(थ) सिरुवा पावनी पर्वका दिन त्यस्तो पर्व मनाउने
झापा, मोरङ्ग, सुनसरी, सिराहा र सप्तरी
जिल्लामा।
(द) धवथाम्वु छेउचिक पर्वका दिन त्यस्तो पर्व
मनाउने जिल्लाहरूमा स्थानीय विदा।

३. महिला कर्मचारीहरूको लागि मात्र :
(क) हरितालिका (तीज), भदौ १२ गते बिहीवार।
(ख) ऋषि पञ्चमी, भदौ १४ गते शनिवार।
(ग) जितिया पर्व भदौ ३१ गते मंगलवार (जितिया पर्व
मनाउने महिला कर्मचारीहरूको लागि)।

४. शिक्षण संस्थाहरूको लागि मात्र :
(क) वसन्त पञ्चमी, माघ ११ गते आइतवार।

५. जात्रा विदा (काठमाडौं उपत्यकालाई मात्र) :
(क) गाईजात्रा, साउन २६ गते सोमवार।
(ख) इन्द्रजात्रा, भदौ २३ गते सोमवार।
(ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा
हुने दिन )
(घ) घोडेजात्रा चैत्र ६ गते शुक्रवार।

६. दशैं विदा :
(क) घटस्थापना, आश्विन ९ गते बिहीवार।
(ख) आश्विन १५ गते बुधवारदेखि आश्विन १९ गते
आइतवारसम्म (फूलपातीदेखि द्वादशीसम्म)।
(ग) कोजाग्रत पूर्णिमा, आश्विन २१ गते मंगलवार।

७. तिहार विदा :
(क) लक्ष्मीपूजा, कात्तिक ६ गते बिहीवार।
(ख) गोवर्धन पूजा, म्ह पूजा, नेपाल सम्वत् कात्तिक ७
गते शुक्रवार।
(ग) भाइटीका, कात्तिक ८ गते शनिवार।

८. दिवस विदा :
(क) लोकतन्त्र दिवस, बैशाख ११ गते बिहीवार।
(ख) विश्व मजदुर दिवस, (मे १) बैशाख १८ गते
बिहीवार।
(ग) गणतन्त्र दिवस, जेठ १५ गते बिहीवार।
(घ) निजामती सेवा दिवस, भदौ २२ गते आइतवार
(विदेशस्थित नेपाली नियोगहरूमा कार्यरत समेत
निजामती कर्मचारी, अदालत तथा संवैधानिक
निकायका कर्मचारीहरूलाई मात्र )
(ङ) अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, (डिसेम्वर ३) मङ्सिर
१७ गते बुधवार (नेपाल भित्रका सम्पूर्ण अपाङ्ग
कर्मचारीहरूको लागि)।
(च) शहीद दिवस, माघ १६ गते शुक्रवार।
(छ) राष्ट्रिय प्रजातन्त्र दिवस, फाल्गुन७ गते बिहीवार।

९. जन्म जयन्ती विदा :
(क) बुद्ध जयन्ती, बैशाख ३१ गते बुधवार।
(ख) श्रीकृष्ण जन्माष्टमी, भदौ १ गते आइतवार।
(ग) गुरु नानक जयन्ती कात्तिक २० गते बिहीवार
(नेपाली सिख धर्मावलम्बी सरकारी कर्मचारीहरूका
लागि)।
(घ) रामनवमी (राम जयन्ती), चैत्र १४ गते शनिवार।
(ङ) महावीर जयन्ती, चैत्र १९ गते बिहीवार (नेपाली
जैन धर्मावलम्बी सरकारी कर्मचारीहरुका लागि)।

१०. विदेश स्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका
सार्वजनिक विदाहरूलाई समेत दृष्टिगत गरी बढीमा १८
दिनसम्म सार्वजनिक विदा आफैंले व्यवस्थापन र समायोजन
गर्न सक्ने।

११. सट्टा विदा :
अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना,
चौकी, फायर वि्रगेड, टक्सार, रेडियो नेपाल, नेपाल
टेलिभिजन, नेपाल सरकार मुद्रण विभाग, हुलाक,
आकाशवाणी आदि जस्ता रोजना र आकस्मिक सेवा
प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयहरूले
सार्वजनिक विदाका दिनमा समेत काम काज गर्नु पर्ने
हुँदा त्यस्ता कार्यालयहरूमा दैनिक काम नरोकिने गरी
सार्वजनिक विदाका दिन काम गरेवापत प्रचलित कानूनको
रीत पुर्‍याई सट्टा विदा वस्न पाइने।

१२. कार्यालय हाजिर हुने र छुट्ने समय :
(क) नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरूमा
शुक्रवार बाहेक माघ १६ गतेदेखि कात्तिक १५
गतेसम्म विहान १० बजे हाजिर भई अपरान्ह
५ बजे छुट्ने र कात्तिक १६ गतेदेखि माघ १५
गतेसम्म विहान १० बजे हाजिर भई अपरान्ह
४ बजे छुट्ने।
(ख) शुक्रवारको दिन विहान १० बजे हाजिर भई
अपरान्ह ३ बजे छुट्ने।

द्रष्टव्य :
(क) “आधा दिन” भन्नाले कात्तिक १६ गतेदेखि माघ
१५ गतेसम्म तीन महिनाको लागि दिनको १
वजे र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म
दिनको १.३० वजेसम्म सम्झनु पर्छ।
(ख) सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा असर
नपर्ने गरी कार्यालय समयको १ बजेदेखि २
वजेसम्म खाजा खाने समय कायम गरिएको छ।

9 thoughts on “२०७१ सालमा ७१ दिनभन्दा बढी विदा”

  1. DRKhatri says:
    March 3, 2014 at 3:16 pm

    Most of the Foreign country has 2 days holiday in a week, but they dont hve tha extra country “Bandha” program..!! i think its ok to have Holidays.!! but work shouldnt be stopped.!!

    Reply
  2. krishna says:
    March 2, 2014 at 5:47 pm

    बिदेशमा यक हप्तामा दुइदिन बिदा हुन्छा वर्षमा ५२ हप्तामा १०४ दिन बिदा हुन६’कसले देखेको छ योकुरा

    Reply
  3. योगेश आदी says:
    March 2, 2014 at 8:21 am

    जो रिसाएपनि रिसाओस तर खाँटी कुरो के हो भने; “कुनै पनि देशमा २% भन्दा कम जनसंख्याले मनाउने क्षेत्रीय चाडबाडलाइ राष्ट्रिय बिदा दिदैनन”/ तर नेपालमा १% भन्दा कमले मनाउने पर्वहरुलाई पनि बिदा दिइएको छ / समाबेशी, नयाँ नेपाल, लोकतन्त्र आदि इत्यादिको नाममा हुनु नपर्ने पनि भै रहेको बिडम्बना छ /

    Reply
  4. Raja says:
    March 2, 2014 at 12:35 am

    राज जी अमेरिका मा हप्ता को नै २ दिन बिदा छ नि? त्यसले हिसाब गर्यो भने तपाई को वर्ष को १०२ दिन भयो अनि अरु त्यस्तै १०-१२ दिन जति छुट्टै छ| अब यो भन्दा पनि कति आशा गर्नु हुन्छ तपाई?

    Reply
  5. Raj says:
    March 1, 2014 at 9:54 pm

    यो अमरिका ले पनि केहि त सिक्नुनी नेपाल संग / वर्ष दिन मा जाबो १०-११ मात्रै बिदा दिन्छ /अब त नेपाली पनि टन्न छन् येसो धर्ना दिने तिर पनि विचार गरम है नेपाली-अमेरिकी साथी हरु /

    Reply
    1. kiran says:
      March 2, 2014 at 12:36 am

      के ठुलो कुरा गरेको . तिम्रो अमेरिका मा हप्ता को दुइ दिन बिदा दिन्छा हैन . नेपालमा मात्र एक दिन . अनि जोड न तिम्रो मा पनि कति दिन बिदा हुदो रहेछ. अनि अर्को कुरा क्रिसमस मा अमेरिका मा एक हप्ता बिदा हुन्छा हैन. अमेरिका छु वनेर ठुलो कुरा नगर .

      Reply
  6. Bhusan says:
    March 1, 2014 at 9:29 pm

    ये लौ, नेपाल त पुरै भेकेसन कन्ट्री पो रहेछ. यत्रो धेरै फुर्सत रहेछ अनि पो बिचित्र बिचित्रका काण्डहरु गर्ने रैछन. सारै गल्ति महसुस हुन्छ विदेश आएकोमा कहिले कहिँ त. यो गोराहरुको देशमा त झन्डै १० दिन मात्र चाडपर्व र दिवशको छुट्टी वर्षमा. त्यो पनि घरको घास काट्ने कि चै हिउ सोर्ने गर्दै सकिन्छ. घास नकाटेर ४” भन्दा अग्लो भए जरिवाना तिर्नु पर्ने , हिउ नासोरे बाटो हिड्ने चिप्लिएर लड्यो भने आफुले औसधि मुलो गर्दिनु पर्ने अनि कसको के लाग्छ?
    वर्षमा ७१ दिन छुट्टी दिए त सबै काम सकेर ५० दिन जति यो गोराको देशमा पनि चक्काजाम गर्न नारा लगाएर मस्त बाटोमा क्रिकेट खेल्दै बसिन्थ्यो. असाध्यै मिस भा छ मातृभूमि.

    Reply
  7. Durga Adhikari says:
    March 1, 2014 at 7:26 pm

    हाम्रो देशका कर्णधारहरुबाट आशा गर्नु नै के छ र/ देश र जनताको अवस्था हेर्दा दिनमा २४सै घण्टा काम गर्दा पनि नपुग्ने अवस्था छ/ तर यहाँ भने काम गर्ने समय नै छैन/ यहि भयको समय पनि भोलि आउनुसन, भोलि गरुला, हतारै केछर भन्दा भन्दै सकिन्छ/

    सच्चा जनतालाई काममा सजिलो बनाई दिने हो भने देशको बिकाश हुन समय लाग्दैन/ यौटा उदाहरण: यक जना किसन कुनै पनि कार्यालयमा कुनै काम लियर आउदा उसको समय भरे भोलि गर्दै बर्बाद गर्नुको साटो तुरुन्त काम गरेर पठाउदा उसले आफ्नो खेतीमा बढी समय दिन पाउछ/ किसानले खेतीमा समय दिने भनेको उत्पादनमा वृद्धि हुनु हो/ उत्पादनको वृद्धि भयपछि बजार भाउ राम्रो हुन्छ/ जब बजार भाउ सन्तुलित हुन्छ देश बिकाशमा ठुलो टेवा पुग्छ/

    हाम्रो देश नोकरहरुले मालिकहरुलाई सासन चलायको देश हो/ जब सम्म नोकरी गर्ने मनिषले मालिकमाथि सासन गर्न पाई रहन्छ तब सम्म अवस्था राम्रो हुने कुरै छैन/ यसमा जनताको पनि ठुलो दोष नै छ/ किनकि सेबकलाई मालिक सम्झी ब्यबहार गर्नु ठुलो गल्ति हो/ जुन दिन नेपाली जनताले को मालिक र को सेबक भन्य थाहा पाउछन. त्यो दिन बाट देश सही दिशामा अगाडी बढ्नेछ/

    Reply
  8. Yubraj says:
    March 1, 2014 at 3:59 pm

    नेपालको बिकाशको लागि :-
    १, सरकारी कर्मचारी हरु करारमा नियुक्त गरिनु पर्छ ,
    २, हप्तामा निश्चित घण्टा काम गरेकै हुनु पर्छ , { चिया खाजा चुरोट व्यक्तिगत
    काम गरेको ,व्यक्तिगत कामको लागि फोन प्रयोग गरेको आदि सरकारी कामको समयमा जोडिनु हुदैन }
    ३, हरेक कर्मचारीको कार्यालय सम्बन्धि कामको परिक्ष्या प्रतेक ६/६ महिनामा लिनु पर्छ , अनुतिर्ण हुने हरु लाइ अर्को ६ महिना सम्ममा उतिर्ण हुने मौका दिनु पर्छ त्यो समयमा पनि उतिर्ण हुन नसके बर्खास्त गर्नु पर्छ ,
    ४,कानुन बिपरित र नैतिक आचरण हिन हुने काम गरेको कर्मचारी लाइ सजाय गर्ने र सो कुरा सार्बजनिक गर्नु पर्छ ,
    ५, सरकारी कार्यालय कुनै दिन बन्द हुनु हुदैन , कर्मचारीलाइ समय अनुकुल हुने गरि फरक फरक दिन बिदा दिनु पर्छ ,
    ६, आधुनिक उपकरण प्रयोग गर्न नजान्ने कर्मचारी लाइ आकर्षक योजना ल्याएर अवकाश दिनु पर्छ ,
    ७, कर्मचारीको मुल्यांकन सेवाग्राही हरु बाट गोप्य रुपमा गराउनु पर्छ ,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme