“हजुरलाई किन चाहियो फोन नम्बर ! भयो, पुग्यो….. ! ” भनेर लेखेकी थिई मेलिनाले उसको अन्तिम ईमेलमा | केही कुरा मन नपर्दा हल्का निदार खुम्च्याउंथी तर शब्दमै कहिलै ब्यक्त गर्दिनथी उसले | मेलिनाको बोली नै यस्तो छ मानौं त्यो आगलागीमा आगो निभाउने दमकलको पानी हो, बियोगीहरुको आर्तनाद सितल पार्ने औसधि हो अथवा यस्तै यस्तै कुराको मात्र समिश्रण हो | कुनै अनुभवी अनुसन्धानकर्ताले प्रयोगशालामा बस्तु परीक्षण गर्दा कहिलै नआएको परिणाम आएर आश्चर्य परेझै आश्चर्यमा पर्यो ह्यारी “भयो, पुग्यो…” पढ्दा |
करोडौं बर्ष पहिले अफ्रिकाको कुनै ठाउँबाट शुरुआती मानव जीवनले आज पृथ्वीका हरेक कुना भरेको छ | हाम्रा पाइला लम्बिनाले संसार साँगुरो भएको छ | को, कहाँबाट, कता, किन, कहिले पुग्छ भन्न सकिन्न | गतिशिलता साँघुरो र फराकिलो दुवै कक्षमा जारी छ जुन रोकिन पनि सक्दैन किनकी मानव जीवनको स्वभाब नै चलायमान छ | अझ आजको अन्तरराष्ट्रिय समाजको धारणा, सम्पन्न समाजले बिपन्न समाजको उत्थानको निमित्त गर्नु पर्ने बाध्यकारी सम्झौता आदिले गर्दा गतिशिलताको मात्रा र क्रम बढ्दो नै छ |
यही गतिशिलताले करिब पाँच बर्ष पहिले क्यानडाको क्यालगरी नगरपालिकासंग भगिनी सम्बन्ध भएकोले गौरादह गाउँ विकास समितिको तालिम केन्द्रको शिक्षक तालिममा सहयोग गर्न ल्याएको थियो नेपाली मूलको ह्यारीलाई स्वयं सेवक बनाएर, अनि भेट गराएको थियो प्रशिक्षक मेलिनासंग |
मानव शरीर, बृधि, बिकास, सोंच, धारणा आदिका बारेमा हजारौं सत्यतथ्य भेटिए पनि हालसम्म बिज्ञान तथा मनोविज्ञान दुबैले सुइँकोसम्म पाउन नसकेका दुईवोटा कुरा छन् | एक-किन कुनै व्यक्ति देख्ने बित्तिकै मन पर्छ वा पर्दैन ? दुई-किन कुनै व्यक्तिसंग पटका खान्छ वा खाँदैन ?
हाम्रो पूर्वीय प्राक्कथन पनि त छ “ग्रह मिल्नु, ग्रह नमिल्नु” भन्ने | वास्तभमा यो प्राक्कथनले समस्या चैं पैल्याएको छ, समाधान खोजेको छैन | यसलाई हामी हरेकले दैनिक जीवनमा अनुभब गरि रहेकै छौं | यस्तो हुन्छ ! तर किन हुन्छ कसैलाई थाहा छैन | समाजले यिनीहरुलाई प्रेमसंग मात्र जोड्न खोज्छ तर “ग्रह मिल्नु” र पटका खानु” जहाँ तहीं लागु हुन्छ | सामाजिक घेरा या बैबाहिक स्थितिले छेक्दैनन | उमेरको हद पनि लाग्दैन |
शुरुकै दिनको तालिमदेखि नै मेलिना र ह्यारीबिच ग्रह मिल्न थालेको थियो | प्रशिक्षार्थीहरुले पनि यी दुबैका प्रशिक्षण बिधि औधि मन पराउँथे | तालिम अन्तर्गतका हरेक कुरा संगै गर्थे मेलिना र ह्यारीले | तालिमको स्तर नै फरक भएको थियो यी दुईको आगमनले | मेलिना पनि केही महिना पहिला मात्र स्वरुवा भएर आएकी थिई यो केन्द्रमा | तालिम केन्द्र भएको ठाउँमा बाजार थिएन | ह्यारी तालिम केन्द्रको होस्टेलमा बस्थ्यो | किनमेलको लागी करिब २० मिनेटको दुरीमा रहेको मालटारी बजारमा झर्नु पर्थ्यो | मेलिनाको बसाइ भने मालटारीमैं थियो |
किनमेल, राम्रो नास्ता वा खानाको लागी मालटारी जानै पर्थ्यो | हरेक दिनक तालिम सकिएपछि मेलिनासंगै बजार जान्थ्यो ह्यारी | उसको नेपाल बसाइका हरेक कुरामा दिलो ज्यानले सहायो गर्थी उसले | ह्यारिकी श्रीमती लिन्दा र छोरी जोली नेपाल आउँदा मेलिना मात्र होइन की जहाँ जाँदा पनि नेपालीको अशल ब्यबहार देखेर तिनछक परेका थिए उनीहरु | सहयोगी नेपाली मन न हो ! नेपाल प्राय: प्रथम नै भएको हुन्छ सहयोग र नम्रतामा अन्तर्राष्ट्रिय ट्राभल म्याग्जिनहरुरमा पनि |
कारण छन् नेपालीहरु विदेशीलाई सम्मान गर्नमा संसारमा प्रथम हुनुका | विशिष्ट छ नेपाली पन र मन ! नेपालको संस्कार र परम्परा नै हो पाउनाको सक्दो सेवा गर्नु | धरै बिदेशीले नेपालीहरुमा साँच्चैको मानवता छ भनेको सुन्न पाइन्छ प्रसस्त | गौरव लाग्छ यस्ता कुरा सुन्न पाउँदा !
तथाकथित बिकसित समाजमा जस्तो ब्यक्तिगत र गोप्यता जस्ता शब्दले राज गरेका छैनन् नेपाली समाजलाई ! अविश्वास तथा विश्वासघात दुवै छैनन् यहाँ | कोही नयाँ भेटियो कि चाहे त्यो आफ्नै देशको होस् या बिदेशी कुरा थालिहाल्ने, नाम, ठेगाना, पेशा, परिवार, फोन नम्बर सोध्ने, सक्दो सहयोग गर्ने, बिनादकस निम्तो गर्ने, निम्तोमा जाने कुराहरु त हाम्रा संस्कार नै हुन् | “अतिथि देवो भव:” बराबर नेपाली मन, नेपाली पन, नेपाली समाज, परम्परा, संस्कार, पहिचान !
लिन्दाको एक महिने नेपाल बसाइमा हरेक हप्ता तिम्तो गर्थी मेलिनाले उनीहरुलाई डिनरको लागी | दिदीबहिनी जस्ता भैसकेका थिए मेलिन र लिन्दा एक महिना मैं | लिन्दा क्यानाडा फर्किने बेलामा पनि ह्यारी र मेलिना दुवै गएका थिए बिमान स्थलसम्म पुर्याउन | आफू दुईदिने पाउनालाई त यति बिघ्न वास्ता र सहयोग गर्ने मेलिनाले सहकर्मी ह्यारीलाई कुनै प्रकारको समस्या पर्न नदिने कुरामा ढुक्क भएर फर्केकी थिई लिन्दा क्यानडा |
तालिमहरु चल्दै गए | मेलिना र ह्यारीको मित्रता अझै प्रगाढ बन्दै गयो | धेरैजसो ह्यारीले नै रेस्टुरेन्टमा खाना खान फर्माइस गर्थ्यो मेलिनालाई | अन्य समयमा खान मन लागेको कुरा किनी मेलिनाको डेरामा लैजान्थे | मेलिना पकाउँथी अनि दुवैले खान्थे | यी दुवै जना नमुनाकै अशल मित्र बनेका | खाना लगायत धेरै उस्तै कुरा मन पर्थ्यो दुबैलाई | स्वभाब पनि दुबैको उस्तै थियो | साँच्चै नै ग्रह मिलेको थियो यिनीहरुको स्वभाबमा अनि साँच्चै नै पटका खाएको थियो यिनीहरुको ब्यबहारमा |
पहिलो समुहको छ महिने तालिम सकियो | दोश्रो शुरु हुनु अगाडि एक हप्ताको बिदा थियो, यसैबिच एक दिन मालटारीमा दिउसोको खाना खाइरहेको बेलामा कलिङपोङ एकदम राम्रो छ रे घुम्न जाउँ भन्यो ह्यारीले | मेलिनाले तुरुन्तै स्वीकारी | वास्तवमा यिनीहरु हरेक सोंच र विचार ठ्याकै मिल्थ्यो, कुनै कुरा पनि सल्लाहा गर्नु पर्दैनथ्यो | एक जनाको विचार दुबैको निर्णय बन्थ्यो | त्यहींबाट त्यही अवस्थामा दुवै जना बस पार्क तर्फ लागे, अनि लागे कलिङपोङ तर्फ |
काकडभित्तासम्म धेरैजसो तालिम कै कुरा भए | त्यहाँबाट बस फेरियो | बाटो कट्दै गयो, बिबिध कुरा भए, सिलिगुडी आयो | सिलिगुडीबाट पनि बस फेरियो | टिष्टा नदीको छेउछाउ पुग्दा घाम डांडामाथि बस्नै लागेका थियो | टिष्टाको नागबेली बाटोमा बस कहिले दायाँ र कहिले बायाँ गर्दै गर्दा कहिले ह्यारीको भार मेलिनामाथि पर्थ्यो त कहिले मेलिनाको ह्यारी माथि | मौनतामै धर्यतालाई भंग गर्दै उल्टोपट्टिबाट स्पर्स र घर्षण भैरहेको तातो हातलाई सुल्टो बनाएर मेलिनाको हत्केला हुँदै चारै कापमा छिराएर कंस्यो ह्यारीले | प्रतिउत्तरमा मेलिनाले आफ्ना आँखा ह्यारीका आँखासंग ठोक्काउँदै रातोपिरो तर थोरै लाज र धेरै आनन्दका एक दुई मुस्कान सहित ह्यारीको हातलाई बेस्सरी कंसी उसले पनि र त्यही अवस्थामा आँखा बन्द गरिरही | अंध्यारो छाउँदै गयो | करिब एक घन्टाको उकालो भरि मेलिना निदाइरही | ह्यारी बिनारोकतोक डुल्न मिल्ने ठाउँ जातिमा डुलिरहेकै अवस्थामा कलिङपोङको बस पार्क आई पुग्यो |
मुखले सोध्नु परेन, उत्तर दिनु परेन, बैबाहिक स्थितिले छेकेन, सामाजिक बन्धनले बाँधेन, उमेरको हद लागेन यिनीहरुबीच प्रेम बस्नुमा| ह्यारीले आफू विवाहित भएको कुरा भुलेको पनि थिएन मेलिनालाई ढाँटेको पनि थिएन | आखिर प्रेमको अन्तिम लक्ष विबाहमात्र पनि त होइन रहेछ ! प्रेमलाई कुनै कुराले छेक्न सक्दो रहेनछ | बल गरेर पनि नहुँदो रहेछ | बल गरेर हुने भए कति बल गरेकी थिई मेलिनाले कसैको प्रेम पाउन पाँच बर्षसम्म ! फेरि बल गर्न पनि त नपर्दो रहेछ ! तत्पश्चात् दुबैले राम्रैसंग बुझे “पिरती आफै हुँदो रैछ” भन्ने सत्यतालाई !
कलिङपोङ पुगेर ह्यारीले होटेलमा एउटा कोठा लियो | सम्बन्धमा श्रीमान श्रीमती लेखायो | होटेल कर्मचारीले लेखिरहँदा मेलिनाले हेरिरही | विबाह हुनु परेन नाताको लागी उनीहरुलाई | खाना खाइ सकेपछी दुवै जना बिस्तारै आफ्नो कोठा तर्फ उक्ले | हतार गरेन ह्यारीले | धैर्य र जिम्मेवार बनि रह्यो | ऊ त्यस्तै छ पनि | यहाँ पनि नबोलीकनै प्रेमका बिबिध पक्ष आदान प्रदान भैरहे तर एउटा कुरा भने हुन सकेन | होटेल पुग्नु र मेलिनाको उ एकैचोटी भएको रहेछ |
झापाबाट टाढा रहेको यो ठाउँमा चिनेजानेका मान्छेहरु भेट हुने संभावना त्यति थिएन | अर्को दिन रेली रोड़, बम बस्ती, चर्च रोड़, पार्क, स्थानीय बजार आदि फुक्काफाल भएर घुम्नसम्म घुमे ह्यारी र मेलिना हातमा हात कंसेर | सानोतिनो किनमेल पनि गरे | बेलुका पख कलिङपोङका मनमोहक दृश्यहरु हेर्दै, एकाएक हुर्केर बढेर फुलेर फलेको प्रेमको बासना लिंदै, दुई दिलको अन्तिम गन्तव्यको व्यग्रता संगाल्दै झापा फर्के |
भोलिपल्ट कनेडियन राजदुताबासमा हुने स्वयं सेवकहरुको बैठकमा भाग लिन जानै पर्ने थियो ह्यारीलाई | बिराटनगर हुँदै ऊ काठमाडौँ उड्यो | बिबिध कार्यक्रममा तीन दिन काठमाडौँ बसेर फर्क्यो | फर्कने दिनको फोनमा म खाना बनाएर राख्छु, सिधै म कहाँ आउनु भनेकी थिई मेलिनाले र त्यसै अनुरुप नै गयो ह्यारी मेलिनाकोम |
एक पल भएपनि छिटो आओस ह्यारी भनिरहेको थियो मेलिनाको मनले | ह्यारी बाटोमा आउंदै गर्दा दर्जनौं पटक फोन गरिगरेकी थिई | आइपुग्ने समय करिब थाहा भए पनि पर्दाको चेपबाट थुप्रै पटक आँखा ओछ्याएकी थिई ऊ आउने बाटोमा | ह्यारी आइपुग्यो | त्यो बेला मेलिनाको अनुहारले पूर्णिमाको चन्द्रको रोसनी छाडेको थियो भने मनले अब यो संसार उसको एकलौटी भयो भनेको थियो | ह्यारीले हातखुट्टा धोएर आउनजेलमा खाना पस्केर तयार थियो | खाना खाइसकेपछि सबै जुठा भाँडा जुठेल्नोमा गए तर माझिएनन |
यो दिन मेलिनाको कोठा पूर्ण फेरिएको थियो | पलंगमा बैजनी रंगको नयाँ तन्ना लगाइएको थियो | एकदम सफेद खोल हालेका दुईवोटा सिरानी नारेर राखिएका थिए | हल्का अत्तरको बास्नाले कोठाको बातावरणमा मादकता थपिरहेको थियो | एउटा सुन्तलाको जुस, एउटा पानी, दुईवोटा रेड बुलका बोतल र केही क्याटबारी चकलेट बार पनि सिरानी नजिकैको टेबलमा राखिएका थिए |
सन्ध्या पर्न मात्र लागेको थियो | बिस्तारै बाहिर निस्केर एक झल्को वोरिपरी मान्छेको सुइँको भए नभएको वातावरण नियाली मेलिनाले | बाहिरबाट हेर्दा भित्र मान्छे भएको कुनै छनक नहुनेगरी भित्र पसेर नबोली नबोली बिस्तारै राम्रोसंग झ्याल ढोकाका चुक्कुल लगाई | कतै चर नदेखिनेगरी पर्दा लगाई अनि सोफामा पत्रिका पढेर बसिरहेको ह्यारीलाई बिस्तरामा जाने संकेत गरेर बत्ति निभाई |
मेनुका बिउंझिदा बिहान नौ बजेको थियो | ह्यारी घुर्दै थियो | अझै थिचिरहेको ह्यारीको खुट्टालाई बिस्तारै आफूबाट हटाई | आफैलाई हेरेर आफै लाज मान्दै छरिएका भित्रि लुगा छिटोछिटो टिपेर लगाई अनि ह्यारीको कम्मर मुनिको नाङ्गो शरीरलाई सिरकले छोपिदिई |
यही स्तरमा नभए पनि ह्यारी बसुन्जेल यो क्रम बिबिध ठाउँमा नियमित रुपले दोहोरियो |
बिस्तारै ह्यारी फर्कने समय आयो | व्यस्तताले एक दुई दिन मेलिनाकोमा जान पाएको थिएन तर अन्तिम अन्तिमको कुनै एक दिन बेलुका निम्तोबिनै पुग्यो | सदा जस्तै खाना पकाई मेलिनाले अनि दुवै जनाले संगै खाए | आज मेलिनालाई कुनै हतार थिएन | सबै थन्काइमन्काइ गरी, जुठा भाँडा माझी, अरु पनि के के गरी, हात खुट्टामा तेल लगाएर सुत्ने बेला हुँदा ह्यारीले ओछ्यानमा मेलिनालाई कुरेको करिब दुई घण्टा भैसकेको थियो |
त्यसपछि दराजमाथिको जगेडा सिरक ससना झिकेर अफ्नोनिम्ति भूइंमा बिस्तरा लगाई र “गुड नाइट” भन्दै त्यही बिस्तरामा पल्टी | ह्यारी एकछिन बाक्लो कुहिरो भित्र काग हराएझें हरायो तर पनि केही सुराक पाउन सकेन | विभिन्न कोणबाट हजार प्रश्न सोद्धा पनि मेलिनाबाट एउटै जवाफ पायो “मलाई सस्तै ठिक छ |” माथि आउने हजार अनुनय बिनय गर्यो, मेलिना आइन | केही सिप नलागी आफैले तलबाट उचालेर माथि लगेर संगै सुतायो | टन्न कपडा लाएकै अवस्थामा ह्यारीलाई नछोइकन केही बेर संगै पल्टी रही मेलिना | ह्यारीले चलाउन खोज्यो | “भो हजुरलाई गाह्रो हुन्छ” भन्दै पुनः तलकै बिस्तारमा झरी | त्यसपछी ह्यारीको मनले कर
गर्न मानेन | भोलि बिहान बिदाको औपचारिकता निभाएर ह्यारी आफ्नो कोठातर्फ उक्ल्यो |
पर्सिपल्ट ह्यारी फर्कने दिन थियो | न ह्यारी मेलिनालाई भेट्न गयो न आई मेलिना यी अन्तिमका दुई दिनहरुमा | उड्ने दिनमा ह्यारीले कोठाबाट र एयरपोर्टबाट पनि फोन गर्यो | फोन त एकै रिंगमा उठाई मेलिनाले तर एक शब्द पनि बोलिन | मात्र डाको छोडीछोडी रोइराखी | ह्यारी उड्यो |
क्यानडा पुगेर ह्यारीले फोन गर्दा साबिकको फोन नम्बर मेलिनाको थिएन | त्यसपछि तुरुन्त इमेल लेख्यो ह्यारीले | इमेलको उत्तर भने तुरुन्तै पठाउँथी मेलिनाले | मेलिनाको बिबाह भएको कुरा पनि नसुनेको होइन ह्यारीले | बर्षौं इमेल आदान प्रदान भै रहे | हरेक इमेलमा ह्यारीले मेलिनासंग फोन नम्बर मागि रह्यो तर पाउन सकेन | “हजुरलाई किन चाहियो फोन नम्बर ! भयो, पुग्यो….. ! ” भनेर लेखेको मेल पछीत झन् इमेल सम्पर्क पनि बन्द गरी मेलिनाले | त्यसपछि त फोन नम्बर माग्ने टन्टै खलास भयो |
साहित्यकारहरु कुरा सिधै नभन्ने है ! सस्पेन्स धेरै, भाषा सभ्य नै लाग्यो,
मन परेको ठाउँमा बिनारोकटोक डुल्न चाहिं मजा आउँछ, मजाको कठा पढ्न पायो यो |
मेलिना किन ठुस्केकी रहिछ ? …..तिर्खा मेटिएर हो कि ??? कथा ले त आली कति सुइँको पनि दिएन नि!
“अझै थिचिरहेको ह्यारीको खुट्टालाई बिस्तारै आफूबाट हटाई | आफैलाई हेरेर आफै लाज मान्दै छरिएका भित्रि लुगा छिटोछिटो टिपेर लगाई अनि ह्यारीको कम्मर मुनिको नाङ्गो शरीरलाई सिरकले छोपिदिई |”
यो भनाइ खतरा !!!!!!!!!!!!!!!! मलाइ पनि सिनको कल्पना भयो
राम्रै हो कथा. भित्र भित्र यस्तो सम्बन्ध धेरै नै छ है ! केटाले सबै मन्जुरी मै गरेको रहेछ. प्यास बुझाएर …..
ठिकै हो कथा. भित्र भित्र यस्तो सम्बन्ध धेरै नै छ है ! केटाले सबै मन्जुरी मै गरेको रहेछ. प्यास बुझाएर नखरा…..
राम्रो लग्यो…!!
राम्रो कथा पस्केको मा कथाकारलाई धन्यवाद / तेतिका सम्बन्ध भैसकेपछि जाने बेलामा पनि किन नाटक गरेर ह्यारीलाइ बेखुसी बनाई मेलिनाले आखिर उसको लोग्ने पनि रहेनछ त घरमा त्यो दिन / स्त्री चरित्र बुझ्ने गार्हो /
लुट्यो ,
लुटाए ,
संच गरे
धर्म गरे
पुण्य कमाइन
कथा खल्लास…