उत्तरी यूरोपको कठयान्ग्रिदो जाडो। दिनभरी को काम को थकाई। दिन भरि काम गरिसकेपछि एक दुइ गिलास बिदेशी रक्सी पिएर थकान हटाउने र जाडो छल्ने मेरो पुरानो बानी। थकाई मार्न र जाडो छल्न एउटा बार छिरे। बेयेरा संग एक पेग मागेर एउटा खाली टेबल खोजेर आफ्नो आसन जमाए। रात छिप्पिदै जादा बारमा जाडो छल्न आउनेको भीड लागिसकेको थियो। टेबलहरु भरिदै थिए। टुप्लुक्क मेरो अगाडि एउटा खैरे आइपुग्यो गिलासमा आफ्नो ३ पानी लिएर। अनि म बसेको टेबलमा बस्नु अघि “के म यहाँ बस्न सक्छु” भनेर आफ्नो औपचारिकता पुरा गर्यो। न होटेल मेरो, न टेबल मेरो नबस भन्न नमिल्ने, मैले पनि मुस्कान का साथ् “बस” भन्ने छोटो उत्तर दिए।
खैरे उमेरले चै २८-३० को हुदो हो। यो ठाउका मान्छे अरुबेला बोल्न दुख मानेपनि रक्सीको एक दुइ चुस्की लगाएपछि अलि खुल्ने गर्छन। सुरुको ४ ५ मिनेट मौनता मै बित्यो। अनि उसले मौनता तोड्यो कहाँ बाट आको भन्ने प्रश्न सोधेर। किन किन कसैले यो प्रश्न गर्दा मा ज्यादै खुसि हुन्छु। देश को नाम लिन पाउने भएर हो कि, आफ्नो पहिचान बयान गर्न पाउने भएर हो। मैले नेपाल बाट आको भने। एक छिन अन्कनायो उ। कहाँ छ नेपाल भनेर सोध्यो। उसको दोस्रो प्रश्न मलाई जसले सोधे पनि पार तातेर आउछ। नेपाल र नेपालीको बारेमा थाह नभाको मान्छे देख्यो कि रिस उठ्छ। अनि मैले तलै नेपाल र नेपाली को बारेमा थाह छैन भनेर सोधे। उसले थाह नभएको कुरा तत्काल जनायो। मैले अचम्म माने जस्तो गरि भने नेपाल र नेपालीको बारेमा त तैले सुनेको हुनु पर्ने हो त। उसले फेरी सोध्यो के बिशेष छ र नेपाल र नेपालीमा त्यस्तो? आज यसलाई नेपाल र नेपालि चिनाउनै पर्ने भो भन्ने अठोट गरे मैले अनि सुरु गरे नेपाल के हो र नेपाली के हुन् भन्ने कुरा।
मेरो देश नेपाल दक्षिण एशियामा पर्छ। भारत र चिन बीच को भुपरिबेस्थित देश। गौतम बुद्ध जन्मेको देश। सगरमाथा को देश, बिर गोर्खाली को देश। खैरेले अलि अलि बुझेजस्तो टाउको हल्लायो। रक्सीको चुस्की संगै मैले मेरो उत्तर मा थप गर्ने विचार गरे अनि फेरी दिन थाले।
तलाई थाह छ नेपाली भनेका को हुन्? उसले फेरी टाउको हल्लायो। म नेपाली बिर गोर्खालीको सन्तान हु। मेरा पुर्खाको बिरता देखेर अंग्रेजी साम्राज्य पनि हल्लिएको थियो। मलाई संसारकै बहादुर भनेर उपाधि दिए। लगभग २०० वर्ष अगाडी उनीहरुले दिएको त्यो उपाधिको बदलामा मैले आज सम्म उनीहरुको देशको लागि रगत बगाएको छु। बेलायतीको लागि मात्रै होइन, मैले भारतीयको सिमा रक्षा गर्न पनि आफ्नो रगत बगाएको छु। तर मेरो एक थोपा रगत पनि मेरो देश को लागि यो कालखण्डमा बगाएको छैन। हरेक चोटी मेरो छिमेकी ले मेरो देश को सिमाना मिच्दै जान्छ र मेरो घरबार नै उठिबास लगाउछ तर पनि म मेरा सन्ततिलाई उनीहरुकै फौजमा भर्ति गराउन दिन रात कसरत गर्न लगाउछु। छैन त म महान?
एक चोटी हृतिक रोशन भन्ने ले मलाई नेपाल मन पर्दैन भनेर भन्यो भन्ने हल्ला सुने, अनि मेरो पार तातेर आयो। मेरो ओरिपरिका चट्पट बेच्ने, पान बेच्ने सबैलाई कुटेर लघारे। मेरो राष्ट्रियता देखौना आफ्नै देश भित्र तोडफोड सम्म गरे। कति ओटा घर जलाए, कति ओटा पसल लुटे अझै नपुगेर चक्काजाम सम्म गरे। तर छिमेकीको एसएसबि मेरो देशको सिमाना भित्र छिरेर मेरो घरबार उजाडेर फर्किदा सम्म चाही म कानमा तेल हालेर सुत्छु।
यति मात्रै कहाँ हो र, शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको भूमिको मान्छे म आफै संग लडेर १३००० लाइ चितामा सुताइदिए। भएजातिका भौतिक संरचना सबै ध्वस्त पारे। कति चेलीको अश्मिता लुटे कति चेलीलाई बिधुवा बनाए, आफ्नै बच्चालाई अनाथ बनाए, समग्रमा भन्नु पर्दा देशकै बलात्कार गरे अनि बल्ल चित्त बुझ्यो।
म नेपालीले संसारमा कसैले गर्न नसक्ने र गर्न नआट्ने काम गर्दै आको छु। पैसाको लागि मैले दलाल भएर मेरा घरका चेली मुम्बईको कोठीमा लगेर बेचिन कि दाइजो नपाएको निहुमा सासु ससुरा भएर आफ्नै बुहारीलाई जिउदै जलाइन? मर्न सक्छन भन्ने जान्दा जान्दै पनि परम्परा धान्न मेरि छोरीको मासिकधर्मका बेला अझै पनि उनीहरुलाई गुफा बस्न लगाउछु, अझै छाउपडी प्रथा त्यागेको छैन मैले। के गरेको छैन मैले? बृद्ध आमाहरुलाई बोक्सीको आरोप लगाएर मलमुत्र खुवाको छैन कि, गर्भमा छोरी छे भन्ने थाह पाएर जन्मिनु भन्दा अगाडी तुहाएर मारेको छैन? म सासु भएर छोरी समान बुहारी माथि अत्याचार गरेको छैन कि बुहारी भएर बृद्ध सासूलाई घर बाट निकालेको छैन? कति महान रैछु देखिस म आफ्नै चेलीको रोदन र क्रन्दन ले मलाई छुदैन।
तिमीहरुले त देश बनाउने खालको मान्छे लाई भोट हालेर जिताएर सत्ता मा पठाउछौ, म त भ्रस्टचारी हो भन्ने जान्दा जान्दै, देश बेच्छ एसले भन्ने बुझ्दा बुझ्दै पनि आफ्नो दुनो सोझिन्छ भने जसलाई पनि भोट हालेर जिताईदिन सक्छु। म नेता बनेर देशको ढुकुटी रित्याईन कि नदि नाला विदेशीलाई बेचिन? तिमीहरु ले त यहाँ घर जग्गाको दलाली गर्छौ मैले त मेरै दाजु भाइको दलाली गर्छु, पैसो पाउनु पर्यो जसलाई जहाँ लगेर बेचिदिन सक्छु। चाहे खाडीको कुनै देशमा राम्रो जागिर दिलाइदिन्छु भनेर होस् चाहे अमेरिका वा युरोप लगिदिन्छु भनेर होस्। त्यसैले त म त भन्दा फरक छु, त्यसैले त त भन्दा सहासी छु।
तलाई के नै थाह छ र, मैले पैसाको लागि मेरै भगवानका मुर्तिहरु विदेशीलाई सुम्पेको छु, दुर्लभ बन्यजन्तुको चोरी पैठारी गरेको छु। मैले मेरो हजारौ वर्ष पुरानो मूल्य मान्यता भुलेको छु, पैसालाई नै आफ्नो भगवान मान्न थालेको छु।
अब त तैले पनि बुझिस होला, पैसा को लागि मा जे पनि गर्न सक्छु भनेर। मलाई आफ्नो जुठो थाल माझ्न पो गाह्रो लाग्छ त तर पैसाको लागि बिदेशीको गुलामी गर्न मैले जानेको छु। पैसाको लागि खाडीमा पसिना बेचेको छैन कि बिर गोर्खाली भएर संसारका कुना कुनामा मेरो रगत बेचेको छैन?
एती सुन्दा सम्म खैरे वाल्ल परिसकेको थियो मेरो पनि सहास बढीराको थियो। तर के गर्नु गिलास पनि रित्तिएछ खल्ती पनि। अनि कुराको बिट मार्ने विचार गरे र भने “बुझिस नि अब नेपाली को रैछ? म हु नेपाली। आइ एम प्राउड टु बि नेपाली।”
[यो ब्लग माइसंसारका पाठक निश्चलले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
Kura त ठिकै हो, अनि घटनाको शन्दर्व चाही Ali आफ्नो आङ्ग कनयेर छारो उदाएको जस्तो भएन र?खैरेलाई aafnai बारेमा एस्तो नराम्रो Kura भन्न हुन्छा त? ्यो सबै Sunera त उसले Nepal भनेको संसारको नर्क रहेछ भन्ने बुझ्यो होला होइन? ेही हो साथीले बुझौन खोजेको ाद्को झोकमा?
पढ्दा काल्पनिक कथा जस्तो लग्यो, आशा गरौ हाम्रो देशको राम्रो कुराहरु पनि पाइयोस सधै येस्तै नहोला|
साह्रै यथार्थपरक अनि सत्य तथ्यपरक लेख |यसको लागि लेखकज्युलाइ मुरी मुरी धन्यवाद |
“तर मेरो एक थोपा रगत पनि मेरो देश को लागि यो कालखण्डमा बगाएको छैन। हरेक चोटी मेरो छिमेकी ले मेरो देश को सिमाना मिच्दै जान्छ र मेरो घरबार नै उठिबास लगाउछ तर पनि म मेरा सन्ततिलाई उनीहरुकै फौजमा भर्ति गराउन दिन रात कसरत गर्न लगाउछु।….
तर छिमेकीको एसएसबि मेरो देशको सिमाना भित्र छिरेर मेरो घरबार उजाडेर फर्किदा सम्म चाही म कानमा तेल हालेर सुत्छु।”
अनि म पनि कती महान छु ! दिनमा ४/५ पटक माइसंसार ब्लग नहेरी न पढी चित्तै बुझ्दैन ! आफ्नो काम छाडी छाडी………….
साच्चै आलेख बास्तबिकता होस् वा काल्पनिक हो ! यथार्त चित्रण गरिएको छ ! लेखकलाई मुरी मुरी धन्यवाद…. लेखमा बोलिएका र भन्न खोजिएका कुरा हामि सबै नेपालीले बुझ्न जरुरि छ ! तरेमाम तरेमाम………
देश चलाउने कुकुरहरुले यो कुरा के बुझ्न सक्छन र जब कि आफ्नो काम गरेर मिठो मसिनो खाएर आफ्नो मालिकको हिफाजत गर्न सक्दैन ! उस्लाई ” गु ” नखाई हुदैन !
हामी जनता मालिक हौ ! नेता सबै कुकुर हुन् ! त्यसैले कुकुरले गु नखाई मालिकको सेवा गरेमा अबस्य पनि धेर थोर राम्रो संग मिठो मसिनो अबस्य खान पाउने थिए ! भन्ने मेरो अनुमान………….
यो लेख राम्रो छ.. यथार्थ छ..मज्जा संग तितो सत्य र फ्रस्ट्रेशन पोखिएको छ..?
भन्न खोजेको कुरा त ठिकै हो तर परिबेश मन परेन!! रक्सी पिएको बेला त्यो पनि खैरेलाई भनेको रे…
सय मा नब्बे बैमान्
तै पनि नेपाल महान !
-(कुरा यथार्थ नै हो !!)
खैरे ,चिम्से जो सुकैलाई पनि परिचय दिदा छाती खुम्च्याउनु पर्ने आवस्यक छैन | सर्ब प्रथम त् उसलाई मङ्गल ग्रह बाट आए जस्तो तँ कहा बाट आएको सोध्ने मौका नै दिन भएँन | सोधे पनि यदि सोध्ने ध्रिस्तता गरिहाले पनि भन्नुपर्ने कुनै नियम छैन | आफ्नो व्यक्तिगत बिसय हो |अब इमिग्रेसन ले सोधे ,पुलिस ले सोधे भन्नु कर्त्यब्य हो |
मेरो देश को बिकास भएँन , बा धेरै राम्रो छ , सुन्दर छ त्यो आफ्नो ठाउमा छ |हिनता बोध किन लिने ?
आफु देश को प्रतिनिधित्त्व गरेर गएको खण्डमा सान सग देश को नाउ लिने |न भए चुप चाप बस्ने धार्नीको टाउको हल्लाउने | यो सम्झने कि हाम्रो देश को ,हाम्रो आफ्नो बिसेसता छ उसको देश को , उसको आफ्नो बिसेसता | सन्सार फुलबारी हो , उ गुलाब को फुल होला हामि चमेली तर पृथ्बी हाम्रो साझा घर |
निश्चलको अंग्रेजी त बबाल राम्रो छ जस्तो छ नि | कसरि भने होलान गाँठे यस्ता यस्ता कुरा अंग्रेजीमा |
क्या गफ हाक्छ यार
यो लेख लेख्ने सोल्टीले नर्वै स्वीडेन वा फिनल्यान्ड मा बस्छु भनेर चिनाउन खोजेका रैछन अनि बिदेशी रक्सीको स्वाद लिन होईन कोही जाँड खाएर लठ्यकरिएक अनि झ्यउरी परेका बुढीहरु पाउछु की भनेर बारमा गएको कुरा पनि थाहा भयो यो सबै थाहा हुदा हुदै पनि केही गाईजात्रे कुरा चाही राम्रो लाग्यो
लेख काल्पनिक होला,
यो लेखको भित्री भाग राम्रो छ, यथार्थ छ! मज्जा संग तितो सत्य र फ्रस्ट्रेशन पोखिएको छ.
“रौ जलाए कोइला न खरानी ” प्रबितिका मान्छे हरुको हालीमुहाली भएको समय हो. अझ हामीले तेस्ता कुइरे हरुलाई के के सुनौन बाकी छ होला … पिक्चर अवी बाकी है !! हाहा
आफ़ुचै बिदेशी रक्सी अनि खैरे चै तीन पानी? हा हा हा…पढेर रमाइलो लाग्यो|
खैरेलाई गालि गर्नु र गफ दिनु ब्यर्थै छ|
बिदेशमा नेपालीले श्रम, मेहनत गरेर खाए पनि के गर्नु नेपालमा सरकारले दिन दहाडै
खैरेलाई हात फैलाएर भिख मागेर खाइरहेको छ| दात्रि संस्थाहरुले त्यसै भएर कत्तिको हेपेको छ नेपाल र नेपालीलाई थाहै होला|
अझ गिरिजा प्रधान मन्त्रि हुँदा सोझै उनैलाई फोन गरेर राजदुतहरुले हप्काउथे रे| सुजाता
परराष्ट्र मन्त्रि हुँदा आफैले राजदुत हरुलाई फोन गरेर अपडेट दिन्थे रे| बाबुभन्दा पनि उपर कि|
भाइ तिम्रो sarcasm तिम्ले ताकेको मान्छे सम्म पुगोस, सुभकामना. नेपाल मा बसेर दिन रात दस नंग्रा खियाउनेलाई यो पोस्ट ले खासै अर्थ नराख्ला.
हावादारी गफ भन्ने थाहा हुदाहुदै पनि पढियो, तर्क ठिकै छ; मलाइ पनि नेपाली भएकोमा गर्ब छ /
निश्चल सोल्टीले साँच्चिकै भन्नु भएको हो भने त बर्बादै गर्नु भएछ|
नेपाली पहिचान्को अर्को एउटा पाटो, मलाई त मन परो। आफुले केइ गर्न नसक्ने प्रकृतिले दिएको कुरा देखाएर मात्र फुर्ती गर्ने।
It is sad but true. Accepting weakness is the very first step to improve upon. Thank you for putting this acerbic yet true article. Let’s work on improving ourselves, our attitudes, and our understanding, country will itself be improved. Without hard work, nothing can be achieved, so lets make a promise to work hard on whatever field we are in with full honesty.
यो लेख पनि त्यहिँ तिन पाने लगाएर लेख्या जस्तो लाग्यो !!
रक्सि खाएकै बेला लेखेको जस्तो छ.
“..किन किन कसैले यो प्रश्न गर्दा मा ज्यादै खुसि हुन्छु” पढ्दा सार्है चित्त बुझ्यो. तर पछाडिको गन्थन तितो सत्य भए पनि विदेशीलाई सुनाएको भन्दा पटक्कै चित्त बुझेन लेखक महोदय.
प्रकृतिले दिएको कुराको फुस्रो धाक लगायर हाम्रो जिन्दगि बित्ला जस्तो छ……… I am proud to be Nepali भन्ने कुरा फुस्रो सान अनि जबर्जस्ति आत्मासन्तउस्ती मात्रै हो.
हामी हेपिएको हाम्रो गरिबीले हो | जति हामी आर्थिक रुपमा सम्पन्न हुन्छौ तेती हेपाई को स्केल कम हुदै जान्छ | तेसैले येले यो गर्यो तेल्ले उसो गर्यो भनेर आफ्नो पनि र अरुको पनि टाउको दुखाउने भन्दा हाम्रो स्तर कसरि बढ्न सक्छ तेता तिर सोचम |
चार जात छत्तिस बर्णको साझा फूलबारीलाई केहि पार्टीका नेताहरुले कित्ता काट गर्नको लागि दाजु भाई लै जुधाको आदि कुरा भन्नु भन्दा पहिला सायद तपाइको गिलास र गोजी रत्तियेको हुनु पर्छ कि कसो निश्चल जी ?