Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन ‘रेस्क्यु’ गर्‍यो प्रशासनले आमाघरमा ? उजुरीका थप अडियो र भिडियोसहित

Posted on February 28, 2014February 28, 2014 by mysansar

दिलशोभा श्रेष्ठ र आमाघरको चर्चा अहिले चुलिएको छ। खासगरी प्रशासनले हस्तक्षेप गरी त्यहाँ रहेका ३४ बालबालिकालाई रेस्क्यु गरेपछि धेरैलाई यो नागरिक दैनिकमा छापिएको समाचारको कारण भएको हो भन्ने लाग्यो होला। नागरिक दैनिकमा त्यही दिन बिहान ‘दिलशोभालाई यौन दुराचारको आरोप’शीर्षकमा समाचार छापिएको थियो। यसैमा मात्र धेरैको ध्यान जाँदा अरु गम्भीर आरोपहरु भने छायाँमा पर्न गयो। खासमा त्यहाँ रहेका बालबालिका जोखिममा रहेको ठहर गर्दै बुधबार रेस्क्यु गर्ने निर्णय अघिल्लो दिनै सिडिओले गरिसकेका थिए। धेरैले टेलिफोनमा गरिएको एउटा अडियो संवादकै आधारमा प्रशासनले रेस्क्यु गरेको हो भन्ने भ्रम परेको देखिन्छ। समाजमा ख्याति कमाएका कुनै व्यक्तित्वलाई एउटा हचुवा उजुरीको भरमा प्रशासनले त्यस्तो काम किन गर्थ्यो होला र। उजुरी र त्यसमा राखिएका प्रमाण अनि अनुगमनले हस्तक्षेप गर्नुपर्ने देखिएपछि बालबालिकाको उद्दार भएको हो। बाँकी कुराको अनुसन्धान अब प्रहरीको जिम्मामा पुगेको छ। अनुसन्धानपछि सबै कुरा थाहा हुने नै छ। माइसंसारलाई उजुरीमा राखिएका थप केही प्रमाण प्राप्त भएका छन्। यो सुने/हेरेपछि संकेत पाउन सकिन्छ- आखिर किन प्रशासनले हस्तक्षेप गर्न जरुरी ठानेको रहेछ।

सबैभन्दा पहिला त्यो अडियो जुन यसअघि प्रचारमा आएको थियो, त्यो टेलिफोन रेकर्ड, जसको विषयमा दिलशोभाले क्यान्सरपीडित बिरामीकहाँ काम गर्ने पठाउनलाई त्यो भनेको भनेर स्पष्टीकरण दिएकी थिइन्-

दिलशोभाले गरेको पत्रकार सम्मेलनमा पत्रकारले तपाईँले उहाँलाई काम गर्न पठाएको कहिलेदेखि भनेर सोध्दा काम गर्न जानेले माघ १६ गतेदेखि भनेकी छिन्। हेर्नुस् भिडियो यहाँ क्लिक गरी। तर, अडियो भने जनवरी १६ (माघ २) गते साँझ ७:१० मा रेकर्ड गरिएको हो। हुन त अब हामीले यसमा टाउको दुखाउन जरुरी छैन। अब अनुसन्धानको जिम्मा पाइसकेको प्रहरीले रेकर्ड गरिएको मिति र समय अनि कल डिटेल निकालेपछि त थाहा भइहाल्छ।

‘बिरामी हैन, बिहा गर्न मन लागेको होला’

उजुरीमा स‌ंलग्न एउटा भिडियोमा त्यहाँ आश्रित बूढी आमाले त्यहाँको बारेमा बताएकी छिन्। उनी भन्छिन्, ‘एक दिन उठ्न नसकेर बसिरहेको बेला एउटा मान्छे लिएर आउँछ है, त्यो मान्छे नमस्कार..अनि उहाँ (दिलशोभा)ले पनि ‘जय मसिह'(दिलशोभा क्रिश्चियन धर्ममा आस्था राख्ने हुनाले जय मसिह भन्ने गर्छिन्) भन्छ अनि मैले नमस्ते दिदी, सञ्चो छैन भनेर सुतिराखेको भनेको त यसो हेरेर ‘तिमी सञ्चो भएको, सञ्चो नभएको होइन, तिमी..तिमीलाई बिहा गर्न मन लागेको होला, ल उठ् भनेर त्यस्तो गरेर बोल्छ….

त्यस्तो दुःख खाएको…अझ मैले कति गाली खाएँ कति गाली खाएँ…कस्तो गाली खान्छु यो घरमा…

हेर्नुस् भिडियो-

‘रातदिन भाँडा मझाएर जोता’छ’

एउटी अर्की आश्रित वृद्धा भन्छिन्- ‘काम गराउँछ, रात दिन भाँडा मझाएर जोता’छ। करले ल्याएको बहिनी मलाई करले। …जान्नँ भन्दाभन्दै पनि ल्याएको..’

‘त्यही इनारको पानी त ल्याउँछौँ अन्त कहाँ छ र, अब ट्याङ्कीमा चाबी लाइदिया छ।’

भिडियो हेर्नुस्-

‘हाम्ले राम्रो हैन भनेर के गर्नू, गरिहाल्छ, त्यस्तै गर्छ’

त्यस्तै आमाघरमा आश्रित एक बालकसँगको कुराकानीमा उनले भन्छन्- सबै ल्याएर बेच्छ, ब्ल्याङ्केट, लुगा, तन्ना…अनि त्यो आमाहरुलाई दिएको नयाँ पछ्यौराहरु..सप्पै ल्याएर कपडा पसलमा बेच्छ। चामलको बोराहरु कति-कति ल्याउँछ। पहिला पहिला त सप्पै यहीँ ल्याउँथ्यो आजकाल त खै किन हो ल्याउन छाड्नुभो। पहिला चाहिँ सप्पै यहीँ ल्याउँथ्यो खानेकुराहरु, सप्पै। राम्रो राम्रो चाहिँ यहाँ ल्याउने अनि बिग्रेको चाहिँ त्यहीँ बच्चाहरुलाई खान दिने। हामीले राम्रो होइन भनेर के गर्नु, गरिहाल्छ, त्यस्तै गर्छ।’

अडियो सुन्नुस‌्-

‘अहिलेसम्म नयाँ लुगा किनिदिनुभएको छैन’

यो भने अलि लामो कुराकानी छ। त्यसमध्ये ८ मिनेटको अंश। यसमा दुई आश्रित बालकले आमाघरको बारेमा बताएका छन्। केही अंश

म पनि बाहिर दुई ठाउँमा काम गरेर आएको। बाहिर कस्तो काम लगाउँछ, बिहान ५ बजेदेखि उठेर। पढ्नै पाइन्न।
टाढा पठाउँछ अनि आउँदै आउँदैन हइ बच्चाहरु..
माले आफूले पढाउनु पर्ने भए त पढाउनै हुन्न थियो।
हामीलाई ल माले नपढाउनु भए पनि कपि किताब त ल्याइदियो कि बेचिदिनुहुन्छ। हामीलाई दिएको कपि उठाएर बेचिहाल्नुहुन्छ।
मागेपछि मात्रै दिनुहुन्छ, गाली गर्नुहुन्छ।
बसेदेखि अहिलेसम्म नयाँ लुगा किनिदिनुभएको छैन।
माले केही केही केही किन्नुभा छैन यो घरको लागि एक सुका पनि किन्नु भएको छैन।
नयाँ लुगा अरुले दिएको पनि हामीलाई दिएको छैन…नयाँ प्याकिङमा ल्यायो भने बेचिदिइहाल्नुहुन्छ। तपाईँ यो उ त्यो कोठाभित्र एकचोटी छिर्नु न अनि थाहा पाउनु हुन्छ नयाँ लुगा हामीलाई कति आएको छ भनेर। नयाँ लुगाको सब प्याक त्यहाँ छ के। अझ कति धेरै त बेचिसक्नुभो।
बेच्ने पसलहरु सप्पै म देखाउँछु ल।
बोरामा पैसा राखेर पहिला त माइतीमा पठाउनु हुन्थ्यो अहिले माइतीमा झगडा गरेर पठाउनु हुन्न। माइतीमा चाहिँ कति धेरै पठाउनु हुन्छ हगि। अस्ति भर्खरै मैले पनि बोक्या थिएँ एक बोरा पैसा त।
अस्ति है माको यस्तो बाकस है त्यहाँ भरी हजार हजार एक एक लाखको गड्डी।
पैसा त यति धेरै कि। म त छक्कै परेँ।
सुटकेस हुन्छ नि त्यस्तोमा पनि ब्यागमा पनि।
ल विदेशी नोट त यति देख्या ल मैले। मैले कुन कुन देशको भनी हेरेको..क्यानाडाको..अस्ट्रेलियाको हइ, युकेको, कोरियाको…
दालमा यस्तो घुन पर्‍या हुन्छ कि खानै मन लाग्दैन। तर नखायो भने पेट भोकै हुन्छ
गाउँगाउँका मान्छेले (हामीजस्तोलाई) ल्याइदिएको के यहाँ थाहा भो नि त। हाम्रो गाउँमा ठूल्ठूला नेताहरु बस्छन् के यहाँका जस्ता। हाम्रो गाउँमा टुलराज भन्नेछ। हो त्यस्तोले थाहा पाएर हामीलाई यहाँ ल्याएका…

अडियो सुन्नुस्-

inar1
बच्चाहरु सुत्ने कोठामा भएको इनार।

inar
त्यही इनारमा पसेर पानी निकाल्दै एक बालक।

luga
सहयोगस्वरुप नयाँ लुगा आए पनि त्यहाँ च्यातिएका लुगा लगाएर बसेका बालक।

biscuit
नयाँ बिस्कुटहरु पनि भए पनि यस्ता पुराना कुहिएका बिस्कुट उपयोग गरिने आरोप।

यसबाहेक अरु थुप्रै प्रमाणबारे अहिले अनुसन्धान भइरहेको छ। त्यसैले अहिले नै उनी दोषी हुन् वा निर्दोष हुन् भनेर निर्क्यौल गर्न हतार नगरौँ। त्यही एउटा अडियोको प्रमाणले मात्र रेस्क्यु गर्नु परेको हैन, एउटा पत्रिकाले लेख्दैमा यौन दुराचारमात्रैमा ध्यान दिनु उपयुक्त छैन, अन्य बेथितिहरु पनि छन्, त्यसको पनि अनुसन्धान हुँदैछ भन्नेमात्र अहिले बुझे हुन्छ। बाँकी अनुसन्धानको नतिजाले देखाइहाल्छ।

76 thoughts on “किन ‘रेस्क्यु’ गर्‍यो प्रशासनले आमाघरमा ? उजुरीका थप अडियो र भिडियोसहित”

  1. tek raj timalsina says:
    March 7, 2014 at 9:34 am

    ल ठिकै छ मानि लियौं आम को घर को हालत एकदम दयनिय भएको ले बच्चा हरु लै उद्धार गर्नु पर्यो रे | अनि तेस्तो अवस्था देख्दा देख्दै के वृद्धाहरु लाई चैं उद्धार गर्नु पर्दैन त ?? के उनि हरु चैं तेस्तो दयनीय अवस्था मा राख्न मापदण्ड ले दिन्छ त? अवस्था अमानबिय भए बृद्धा हरु को नि उद्धार होस् !! अनि यो बारे किन mysansar मौन त ?

    Reply
  2. Sangen says:
    March 6, 2014 at 2:32 pm

    दिलशोभा काण्ड हो या प्रोपोगाण्डा हो? त्यो भोलिको दिनलाई छोडी दिउ। तर सच्चा मनले समाज सेवा गर्नेहरू मेडियाको पछि नलागे हुन्छ। यहि मेडिया हो आकशमा पनि पुर्याई दिन्छन, र यहि मेडिया हो आकासबाट जमिनमा खासाली थेचारी दिने पनि।

    Reply
  3. Pingback: कोनोर ग्रेन्नान, लिटल प्रिन्सेस र दिलशोभा « Mysansar
  4. Laxmi says:
    March 3, 2014 at 11:21 am

    यो विषयको गहिराइमा पुगेर सत्यतथ्य प्रहरीले छानबिन गर्छ । दिलशोभाले गलत गरेको भए सोही अनुसारको सजाय पाउनुपर्छ र पाउँछिन पनि । तर यही ब्लगमा राखिएको यौन दुराचारको आरोप लगाइएको अडियो सुन्दा कतै पनि कन्भिन्स हुन सकिने ठाउँ छैन । त्यो एकोहोरो सम्वादको भरमा नागरिक जस्तो प्रतिष्ठित पत्रिकाको पहिलो पृष्ठमा समाचार छाप्नु पत्रकारिताको दुरुपयोग नै हो । म पनि पत्रकारिताको विद्यार्थी भएकाले थोरबहुत पत्रकारिताको सैदान्तिक ज्ञान थाहा छ । कतिपय अवस्थामा सत्य कुरा त लेख्न नपाइने पत्रकारिताको नियम हुन्छ भने यहाँ त एउटा एकोहोरो फोन सम्बादलाई आधार बनाएर प्रथम पृष्ठ रंगाइएको छ । फोन सम्बाद ध्यान दिएर सुन्दा त्यहाँ अन्तिममा मा अर्थात आमा लाई हेर्ने मान्छे कोही छैन भन्ने खालको सम्वाद दिलशोभाको मुखबाट निस्किएको छ । यसले यो प्रष्ट हुन्छ की त्यो कुनै पूरुष व्यक्तिसँग गरिएको कुराकानी थिएन । समाचार लेख्नुपूर्व नागरिककर्मीहरुले पनि यो सम्वाद त सुने होलान तर उनीहरुको ध्यान त्यतातिर किन गएन बुझ्न सकिएन । लेख्ने स्वतन्त्रता छ भन्दैमा जे मन लाग्यो त्यो लेख्ने स्वतन्त्रता कसैलाई छैन, पत्रकारिता गर्नेहरुलाई पनि छैन ।

    Reply
  5. shristi shah says:
    March 2, 2014 at 6:55 pm

    म माइसंसारको करिब ६,७ वर्ष देखिको पाठक हु/यो ब्लग मा मैले बेला बेला म कमेन्ट पनि लेख्छु एति हुदा हुदै ब्येस्ताताको कारण हिजो आज ओजेल मा छु तर नया लेख वा शिर्षक मात्त्र भएपनि हेर्ने गर्छु/येस्पतक दिशोभा दिदि को कुरा मा म बोलु कि नाबोलु भन्ने दुबिधामा म थ्ये तर सत्य कुरा र तथ्य कुरा बोल्न किन दुभिधा??भनेर आफैलाई प्रश्न चिन्न गर्दै भन्दै छु कुरा धेरै पहिलेको हैन २०६९ सालको दशैँ तिरको हो ५ वर्षा अमेरिका बसेर नेपाल फर्किदा मेरा हजुर मुवा हजुर मुवा दुवै बितिसक्नु भएको थ्यो परिवारको सदस्येको निधनले दुखित मन लाइ बुझाउने ठाउँ दिल शोभा दिदि को आमा घर रोजे किनकि यो मेरो घर कै टोल म पर्ने पनि हो र तेहाको ब्रिद्दा र केटाकेटीलाई एकछाक मिठो खुवाउने निश्चित गरेर म तेहा गए र सोदे के कति खर्च लाग्छ कति मान्छे हुनुहुन्छ भनेर एउटी भर्खर कि कतिले ४८ केटाकेटी ५० जना ब्रिद्दा भनिन र हिसाब गरिन जम्मा ७००० एक छाक मासु सहित.मैले ल १०००० राख्नुस समान किनेर ल्याउनुस म पकौना मद्दत गर्न आउछु भने तर ब्येस्ताताले गर्दा पकौना मद्दत गर्न जना पाइन/बेलुका खाना खुवाने बेला म जसरि पनि गए आफ्नै हातले पस्केर खुवौछु भनेर तर एथार्थ अर्कै थ्यो तेइ कुहिएको गनाउने चामल,बिहानको बाकि अचार,नपुग तरकारी कुखुराको मासुको त के कुरा गरौ?अनि पस्किने बेला थाल त जम्मा २२ जना केटाकेटी २३ जना बिद्द्रा भनेर ठिक पार्छन/म त हेरेको हेरै/किनकि मैले पैसा दिदा कुनै बिल कातियेन सस्थाको नाउ म़ा दिल सोभा दिदि को बैनी हु म़ा भन्थिन उनि जस्तै अनुहार परेको उनले पैसा समातेर ब्याग म़ा हलिन/मलाई अलिक संका लग्यो तर खाना हेर्दा छलाङ्ग भो/मैले भने ति स्वोयेम्सेबिका भन्ने नानीलाई मलाई रत्तिपानी चित्त बुझेन अब म़ा फर्किने बेला फेरी खुवौछु तर सामान कति लाग्छ त्यो भन्नुस म आफै किनेर ल्याउछु भनेर तर ब्येस्ताताको कारण मैले खुवाउन पाइन/अरुलाई लाल्छना लगाउनु अपराध हो म मान्छु /म मान्दिन कि येउन दुराचार नै भएको छ उनि बाट तर हिना बिना त तस्बिर आफै बोल्छ/जसको नाउमा उनलाई सयोग आएको छ कमसे कम ७५% उनीहरुकै लागि खर्च हुनुपर्छ/ बाटो बाट मान्छे उठाएर बाटोकै अवस्थामा उनीहरुलाई राखेर मैले परम सेवा गरेको छु भनेर नाक ठाडो पर्नु मानव को धर्म म़ा पर्दैन/सकिदैन भने नगर्ने /जातिलाई सकिन्छ तेतिलाई गर्ने तर हातिले जस्तो बाहिर दार्हा देखाएर घास सग्लै निल्नु उपयुक्त नहोला/

    Reply
  6. Subham Shrestha says:
    March 2, 2014 at 10:47 am

    Couple of nights over and the case is still a hot topic
    among Nepalese in social media. Admitting the fact
    that she must be a nice lady and also admitting the
    fact that, what she was doing was right but how she
    did was wrong, I was still confused on why
    everyone is defending her. I know these online readers and have closely observed through their
    posts and comments on how easily they go with
    bandwagon. These are the same people who
    immediately stand on the side of news when it
    exposes businessman, when it exposes politicians,
    when it exposes entertainers, but strangely this time they stood on other side, (most of them). In this
    country, NGO has employed more Nepalese
    than any other organization. Running an
    organization whether for the cause of “clean
    Bagmati” or “Chelibeti” or whatever cause, are like
    mushrooms everywhere. Suddenly a question pop- up inside me. Are those defenders are directly or
    indirectly associated with “NGO” and scared that
    Dilshova’s case has opened the Pandora box and
    thus could threaten their donation-churning
    institution? Whether Dilshova is clean or not, for
    sure it will definitely not affect Anuradha Koirala or Pushpa Basnet or Mahaveer Pun kind of social
    workers nor will anyone question their integrity. It
    only gonna threaten those who all this time were
    enjoying behind the mask of social work riding on
    donations. They are scared that this case could
    bring the tight regulations and laws for these NGO to maintain transparency and abide with all the
    standards. They are scared that until one does not
    reach to the status of Anuradha or Pushpa or
    Mahaveer, it gonna be hard to get donations. So,
    they are whining and crying, trying their best to give
    any color to the case, hatching and spreading conspiracy to divert and dilute the case, so that they
    can enjoy their immunity as a social worker and
    enjoy the donations and foreign trips and elite
    lifestyle hiding behind the mask of social
    worker.There are good policians and bad, good
    entertainers and bad, and good businessman and bad, and same with social workers. As long as you
    are not associated with any NGOs or social workers,
    stay quiet and stay neutral. If she did wrong, she
    has to face the consequence. If she was not, we will
    again join hand with her and help her to equip n
    better way, both from professionalism as well as legal aspects. Until then do not buy any conspiracy
    and propaganda nor carry away with those
    comments and posts, because this untouchable,
    unnoticed, social work and NGO needs to be filtered
    as well in MAKING OF NAYA NEPAL.

    Reply
  7. शिबम says:
    March 2, 2014 at 12:00 am

    नेपाली भनाइनै छ नि “हावा नचली पात हल्लिदैन”
    दिलसोभा काण्डले भन्न कर नै लाग्छ, केहि त गडबड छ |

    मिडियाले हाईलाईट गरेको यौन दुराचारमा मात्र कुरा ठोक्किँदा अरु गहन बिषय चाहि ओझेलमा पर्न गए जस्तो लाग्यो |

    बिकट गाउँमा गएर तपाइको बच्चाहरुलाई सहरमा लगेर राम्रो स्कुलमा पढ़ाउछु भनेर ल्याउने, ल्याईसकेपछी आफ्नो बहिनीकोमा, भाइकोमा, आफन्तहरुकोमा कामगर्ने मान्छेको रुपमा पठाउने? बिदेसीलाई पनि दिई, एकजनाको त मृत्युको पनि कुरा आएको छ |

    मान्छेहरु आएको बेला आमा हजुर तपाई भनेर अंगालो हालेर रुने, मान्छेहरु गइसकेपछि चाहि, छुद्र व्यवहार गर्ने भन्ने त्यहि बस्नु हुने आमाको भनाइले दिलसोभा दिदीको दुइटा अनुहार देखाउछ |

    सच्चा मनले सेवा गर्नु भएकोहो भने, दिलसोभा अति महान हुनुहुन्छ | तर ढोंगी, स्वार्थी हो भने, यस्तो कार्यलाई हामीले भण्डाफोर गर्नु पर्छ | के कस्तो गैर कानुनी कार्य भएको छ, सजाय पनि हुनु पर्छ |

    Reply
  8. S.Bajracharya says:
    March 1, 2014 at 7:14 pm

    Please do not leave only comments here,follow news until end and let us know the reality of this ongoing saga .If she is proven guilty,she must be behind the bar,if not all must be behind the bar.One who claimed,who made this unclear and one sided videos,main stream New portals who published news with sensational title before doing any research and blogs site who spreed this news like fire in dried jungle without concrete proof!!!!!

    Reply
  9. Pragyan Bhattarai says:
    March 1, 2014 at 6:09 pm

    धेरै पहिला म पनि मेरो mom संग गाकोथे हामीले चामल अनि कपडा लेर गाको थे / हामी लै त सिधै तपाईहरु एस्तो सामान भन्दा पनि पैसै दिनु होला भन्थे/ येस्तो तlलको मान्छेले राम्रो को पनि नाम बदनाम हुने भयो/ यस्तोलाई चाडो कारबाही गर्नु पर्यो

    Reply
  10. Suman Bhote says:
    March 1, 2014 at 12:50 pm

    होला सडक बाट ल्यायो रे…. तर तेस बाट निजि फाइदा त गर्न भएन नि…..
    छानबिन हुनु पर्यो, तेसबाट सबै दुध र पानि छुतिनछ…..
    कति एस्त संस्था छन् देस बिदेस मा पैसा उठाएका छन्, खोइ लेखा जोखा? कसले कति दियो खोइ रेकर्ड ?? येस्ता सबै संस्था को छानबिन जरुरि छ ……
    राम्रो लाइ सम्मान गर्नु पर्यो ….. नराम्रो लाइ धन्दित गर्नुपर्यो ……

    Reply
  11. R. Rimal, Maryland says:
    March 1, 2014 at 10:14 am

    उद्दार टोलीले पहिले घर बार नभएर बाटोतिर चिसोमा सुतेको बालबालिकाको ऊदार गरेर सकिएपछि मात्त्रै आमा घरमा ऊदर गर्न गएको भए राम्रो हुन्थो होला हैनर? कि कसो ?

    Reply
  12. yadav pradhan says:
    March 1, 2014 at 9:07 am

    सडकमा लाखै वालवालीका हरु पलास्टी टिपेर गुजारा गरि रहेका छन् । फोहोर खाने कुरा खाएर पेट भरि रहेका छन् । हजारौ आमा हरु सडक पेटीमै छन् । तिको कसेलाई वास्ता छैन । वृद, वालवालकिा, अपाङ्गहरुको लागी आएको अवौं डलर ले एन जि ओ को केही मान्छेहरु जुका जसतै मोटाएका छन् । सक्छौ भने ति एन जिओका ठेकेदार हरुलाई कार्वाही गर । जस्ले आफ्नै वलवुता वाट असहायहरुको सेवा सुरु गर्यो आज उसै माथी किन आरोप लगाएर कार्वाही गर्नु । के कानुन सोझा सिधा हरुको लागी मात्र हो ? के नेपालको कानुनले नागरिक दैनिकलाई कार्वाही गर्न सक्छ ?

    Reply
    1. Anju Maharjan says:
      March 12, 2014 at 12:33 pm

      सडक मा भएर खान नपाउनु त्यो एउटा छुट्टै बिसय हो तर जसले समरछेन गर्छु भनेर ल्याउने अनि उनीहरुकै लागि भनेर आएको राम्रो खानेकुरा उनीहरुकै अगाडी बेचिन्छ र बासि सडेगलेको खुवाइनछ भने त्यो चै घोर अन्याय हुन्छ |

      Reply
  13. शशङ् लामा, न्युयोर्क says:
    March 1, 2014 at 8:53 am

    पत्रकारले दिलशोभाको छविलाई दाउमा राखेर सनसनीपूर्ण समाचार दिएर आफु चर्चामा आउनु चाहेको प्रष्ट देखियो|एउटै घरमा बस्दा तल माथि, मिठो मसिनो र उँच निच हुन्छ| आमाघरको नाममा आएको पैसाबाट तिनले पनि मजेत्रो किनी होलिन,आखिर तिनी पनि त त्यही घरको सदस्य हो| सरकारले बेवास्ता गरेका बालबालिकहरुलाई आश्रय दिइन! अहिले सरकार कुन,कस्तोखाले मापदण्ड खोज्दैछ? सडककै मापदण्डमा झार्नु भनेको हो कि! अपराध बिशेषज्ञ पत्रकारले बरु बाघे, चरी ,चक्रे,गणेशेहरु जस्ता सामाजिक कलंकहरुको पो पर्दाफास गर्नुपर्थ्यो| त्यो एक्ली,अनपढ महिलालाई बित्थामा किन दु:ख दिइरहेको होला? पत्रकारले दिलशोभाको बारेमा आफुले लेखेको कुरामा अब justification दिइरहनु जरुरी छैन| दिलशोभाले आफुले गरेका गल्तिहरुलाई अब सपार्छिन| आमाघर निर्वाधरुपमा सन्चालन भैरहनुपर्छ्| दिलशोभाले त्यतिका जिम्मेवारी लिएपछि सरकारले पनि एकजना प्रबन्धकलाइ केही समयको लागि काजमा खटाएर आमाघर ब्यवस्थित गर्दा हुन्छ है !

    Reply
  14. Saujanya says:
    March 1, 2014 at 6:49 am

    बडो मापदण्डको कुरा गर्नुहुन्छ शालोक्याजी ! दिल्शोभा दिदीले सडक बाट टिपेर आमघर मा राख्नु पूर्व ति बच्चाहरुको परिचय खाते थियो, फोहोरको थुप्रो बाट पाउरोटी खोजेर खान्थे, चिसो छिडीमा सुत्थे त्यो बेलामा मापदण्डको कुरा आएन तपाइको मुखबाट ! देशको अर्थमन्त्री भनाउदोले हेलिकोप्टर चड्ने ढोगी बाबालाई देशको ढुकुटिबाट११ करोड दक्षिणा टकराउदा अलिकति आमाघरको स्तर सुधार्न पनि दिएको भए हुने नि ? यो सब बोरामा डलर भर्ने एन जी ओं भनौदाहरुले २-४ जना पत्रकार किनेर गरेको षडयन्त्र हो !!!

    Reply
    1. रविकिरण says:
      March 1, 2014 at 12:17 pm

      यहाँ सालोक्यले बडो मापदण्डको कुरा कहाँ निर गरेका छन् खै ? प्रशासन आफैले मापदण्डको कुरा गरेको हो त्यसलाई उनले लेखेका हुन् । सालोक्यलाई प्रश्न गर्ने कि प्रशासनलाई ?
      अनि तपाईँलाई सबैभन्दा ठूलो भ्रम दिलशोभाले सडकबाट टिपेर बालबालिकालाई आमाघरमा राखेको भन्ने रहेछ । लौ म तपाईँसँग बाजी ठोक्छु, तपाईँले देखाउनुस् सडकका खाते बालबालिकालाई त्यहाँ राखेको । ती खातेहरु थिएनन् । ती दुर्गम गाउँका आमाबाबुसहितका परिवार भएका बालबालिका हुन् । जसलाई राम्रो शिक्षादीक्षा दिने र राम्रो वातावरण दिलाउने आशमा त्यहाँ ल्याइएका हुन् । केही द्वन्द्वपीडित पनि होलान् । केही संख्या अनाथको पनि होला तर सडकका खातेहरुलाई भने दिलशोभाले उठाएका छँदै छैनन् । ‘खाते’हरुलाई पाल्न सजिलो छैन । दिलशोभाको पनि एउटा एनजिओ नै हो । बूढाबूढीको हेरविचार गर्दा धेरै पैसा डोनरबाट नआउने भएकोले बालबालिका उनले राख्न थालेकी हुन् । तपाईँलाई अझै पनि मेरो चुनौति- फोहोरको थुप्रोबाट पाउरोटी खोजेर खाने खाते सडकका बच्चाहरुलाई उठाएर आमाघरमा ल्याएर राखेको एउटा मात्र प्रमाण देखाउनुस् ।

      Reply
  15. abhi says:
    March 1, 2014 at 2:20 am

    जय मसहि हरु विदेश मा पनि यौन दुराचार को अभियोग लाग्थ्यो , यता पनि लग्यो/ इनिहरु को धर्म मा जे छ तेइ गर्छन/ बच्चा र बुदा बुडी अरु ले पनि पालेको छन्/ गारो उनीहरु लै पनि होला/ तर बाल यौन सोसन कदापी साहना सकिन्न/

    Reply
  16. बिजय तामाङ says:
    March 1, 2014 at 1:52 am

    याैनदुराचारको कुरा सत्य वा असत्य जेभएपनि अवोध बालबालिका र बृद्दाहरूले बोलेका कुरा झुटो अवश्य होइन होला । बिदेशबाट विभिन्न संघसंस्था र तिनका अगुवाहरूले वाक फर नेपाल वा विभिन्न वहानामा चन्दा उठाउँदै अामाघरलार्इ दिंदै अएको सहयोगको दुरूपयोग भएकोमा अव शंका रहेन किनकी बृद्दा तथा बालबालिकाहरूको खानपान, स्वास्थ्य, सरसफाइ, र शिक्षामा सुको खर्च नगरी बोराका बोरा पैसा माइती र अन्यत्रै लैजाने गर्दो रहेछ दिलशोभाले भन्ने तथ्य बालकको भनाइले प्रष्टयाउँछ ।

    Reply
  17. Chandra Maden says:
    March 1, 2014 at 1:32 am

    नेपालमा अब कसैले कुनै असाहेलाई मद्दत गर्ने छैन होला, ” सतीले सरापेको मेरो देश !!”

    Reply
  18. नीराजन शिरीष says:
    March 1, 2014 at 1:20 am

    यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभाका बारेमा बताए । यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभा चिनाए । उनको त्याग, समर्पण, अनि समाजसेवाप्रतिको लगावका बारेमा जानकारी गराए । म उसैउसै प्रफुल्ल हुँदै आएँ – सोचेर कि अत्यन्तै व्यक्तिवादी भएको मेरो नेपाली समाजमा उनीजस्ता महान नारीहरु पनि छन् जसले सडकमा फ्याँकिएका वृद्धा आमाहरुलाई आफ्नो नीजि घरमा आफ्नै सिमित आयश्रोतका भरमा बसोबासको ब्यवस्था मिलाईन । र, उनै दिलशोभा हुन जसले सडकमा पुगेका बालबालिकाहरुलाई न्यानो काख दिईन । विभिन्न आर्थिक सीमाहरुका बाबजुद पनि बालबालिका र वृद्धाहरुलाई दुई छाक खान, एकसरो लगाउन र ओत लाग्ने घर दिईन । अनि अमूल्य आफ्नो माया दिएर राखिन । राखेकीछिन् ! यी सबैसबै खबरहरु, जानकारीहरु मैले अखबारहरुमा पढेर नै थाहा पाएको हो । तर उनी एक महान ब्यक्तित्व हुन भन्ने धारणा चाँहि फगत अखबारहरु पढेर बनाएको हैन मैले । मैले उनका अन्तरवार्ताहरु पढ्दा र हेर्दा उनको मनोविज्ञानलाई पनि सँगसँगै बुझ्ने यत्न गर्दै आएको छु । र मेरा बुझाईहरु भन्दछन् – दिलशोभा सपाट छिन् । सफा छिन् । महान हृदयकी खानी हुन् उनी !
    मान्छेहरु वृद्ध आमाबाबुलाई सडकमा फ्याँकिरहेका छन् । त्यसरी आमाबाबुलाई सडकमा पुर्‍याउनेहरु गरिव छोराछोरीहरु मात्र छैनन् धनको रासमा विराजमान छोराछोरीहरु पनि छन् । किन यसरी सडकमा पुर्‍याइएका छन् हाम्रा असहाय आमाबाबुहरु ? मान्छेहरु किन यसरी कठोर बन्दै छन् ? किन पत्थर बन्दै छौं हामीहरु ? किनकी सेवा गर्नका लागि धनको खासै ठूलो महत्व नहुँदो रहिछ । किनकी सेवाका लागि सबभन्दा प्रधान कुरो सफा र सहयोगी मन चाहिँदो रहिछ !
    —- अनि दिलशोभाका पछि अखबारहरू लागिरहेछन् अखबारका पछाडि हामी कुदिरहेछौ‌ । कृपा गरेर अनुसन्धानको ठोस निष्कर्ष सार्वजनिक नहोर्इन्जेल हामी सफाचट हृदय भएका मनुवाहरू चुपो लागेर बसे वेश हुन्थ्यो कि ?

    Reply
  19. Nirab says:
    March 1, 2014 at 1:03 am

    मलाई यो योन प्रकरंड मा चै केहि भन्नु छैन, भएको के हो पुलिसले तथ्य पत्ता लगाई हाल्ला. तर काम गर्छु भनेर देश विदेशबाट सहयोग लिने मान्छेले त्यो पैसाको सहि सदुपयोग गरेको जस्तो चै लागेन. एस्तो स्थिथि छर्लंग देखौइदिने माईसंसारको उमेशजी र नागरिकको ढुंगाना जीलाइ धन्यबाद दिनु पर्नेमा मान्छेले गालि गरि राखेको देख्दा चै दिक्क लाग्छ.
    यो गालि गर्ने मध्ये कति त उनलाई सहयोग गर्ने पनि होलान, तपाइलाई तपैले दिएको पैसा के हुदैन्छा जान्नु पर्दैन भने तपैले त्यो पैसा अवस्य पनि मिहनेत गरेर कमाएको होइन. यो घटनाले येतिसम्मा चै छर्लंग पार्छ कि परोपकार (??) को ब्यापारमा लागेकाहरु (नाम नै लिएर भन्नु पर्दा मिश्र, दिल्शोवा) हरुले आम्दामी, खर्चको सहि बिबरंद सार्बजनिक गर्दैनन् भने बन्द गर्नुस सहयोग गर्न, तपाइको पसिनाको दुरुपयोग भै राखेको हुन सक्छ.
    हुन त मा धार्मिक मान्छे होइन, तर यो क्रिस्तियेनहरुले जसरि पनि धर्म पर्चार गर्ने संस्कारले येह कतै ति ब्रिद्द हरुको मानब अधिकार हनन त भै राखेको छैन, त्यो पनि राम्ररी विचार गर्नु पर्ने देखिन्छा. दिल्शोवाले क्रिस्टियन धर्म मान्छिन, येस्मा कुनै आपत्ति छैन, तर कतै यो ब्रिद्दस्रम पनि मिसिनारी बाट पैसा असुल्ने अर्को देखावोटी कुरो त होइन? ब्रिद्द हरु स्य्भाबैले धार्मिक हुन्छन, भजन कृतन गर्न मन परौछन. त्यो ब्रिद्दस्रम मा छानेर मान्छे लागिएको रहेनछ भने ९० प्रतिसत हिन्दु र बौद्द होलान, तिनीहरुले खुसीसाथ भजन, कृतन गर्न पाएका छन् त. कि अरु मिसिनरीले सिअकये जस्तै हिन्दु, बुद्द का भगवान लै सैतान भन्न सिकाएको छन्, त्यो पनि follow अप गरेर रेपोर्तिंग गर्नु होला उमेश जी, you are doing good job , मिहेनत को पैसा ठगको हातमा पर्नु हुदैन

    Reply
  20. krish says:
    March 1, 2014 at 12:59 am

    हैन त्यहाँ भएका बच्चा को मात्रै किन उद्दार , तेस्त त धेरै छन् Kathmandu मा , तिनी हरु को चै ध्यान कसले दिने, कि समाचार मा आउन को लागि मात्रै उद्दार गरेको हो, सायद ति वचा केहि समय पछि प्रहरी को हाकिम को घर तिर कम गर्न जन्चन होला.

    Reply
  21. Ram B Adhikari says:
    March 1, 2014 at 12:25 am

    हावा नचलिकन पात हल्लिदैन ,केहि गल्ति भएकै जस्तो देखिन्छ|

    Reply
  22. Pramod Lamichhane says:
    February 28, 2014 at 10:49 pm

    दिल्शोवा ले केइ गल्ति गरेकी छैनन् भन्न सकिन्न त्यो छन् बिन ले देखाउला. तैपनि,
    एस को सोझो अर्थ मलाई के लग्छ भने, नेपाल मा राम्रो काम गर्ने प्रयास गर्ने लै प्रोत्साहन हुने ठाउँ होइन. आज भन्दा केइ महिना अघि, दसकौ सम्म गरिब लै उपचार गरेका डाक्टर वाग्ले आफु उपचार नपाएर मर्न पर्यो तर नेता हरु रूवा लाग्दा सिंगापुर पुग्ने पैसा पौछन. यो जाडो मा सडक मा बस्न बाध्य बाल बालिका र असहय बृद बृदा लाई तेत्रो सेवा गरेको, एस्तो फल पाउदा दिल शोवा को मन कस्तो भा को होला (उनको गल्ति प्रमादित नभएमा)? सबै एक्कासी उनि माथि खनिएको देखादा अचम लग्यो मलाई त! करोडौ को भ्रस्टाचार को कसै लाई मतलब छैन, २-४ पोका बिस्कुट र पाउरोटी बेचेको भनेर हंगामा गरेको देख्दा, पुस्टि नभई सकेको कुरा लाई यौन धन्दा को आरोप लाउने! यो नेपाल सति ले सरापेको देश हो रैछ भन्ने लग्यो मलाई….कसै ले राम्रो काम गर्ने प्रेरणा पौदैना एस्त नागरिक भा को ठाउमा.
    के हामी छन् बिन को रिपोर्ट आउन्जेल पनि कुर्न सक्दैनौ त?

    Reply
  23. bharat says:
    February 28, 2014 at 10:29 pm

    Hearing the discussion on the above records, it is sure that Dil Shova has been followed by the evil elements to undermine her achievement on social activities. If we all do not raise the voices against such elements, they may defame Dil Shova. Please minutely hear the above recorded discussion, you can easily generalized that the culprit gang are behind this to defame Dil Shova. I request all social media and network to work together to create a press to punish these culprit elements.
    We also need to advice Dil Shova to hire a good accountant/manager to for the better organized AMA Ghar. As the fund flow from donors and the number of old people and children (beneficiaries) has crossed her self-management capacity, Dil Shova requires a good manager/accountant for a more improved living for the beneficiaries, and transparent and accountable spending of the collected funds.

    Reply
  24. P ghimire says:
    February 28, 2014 at 10:28 pm

    दिल शोभा को समाचार ले जुन तरङ्ग समाज मा देखियो यो सरासर समाज सेवा का नाम मा राष्ट्र र राष्ट्र क जनता प्रति रत्न पार्क मा बसी प्रतिछ्या गर्ने महिला के कुन्नि भने जस्तो भो ! दिल शोभा लै सेलिब्रेटी बनाउने तेही news अहिले येसरी नै खानिन्छा भन्ने उनलाई पत्तो नै रहेनछ!! बिडम्बना कै कुरा भन्नु पर्छ गोठ मा राखे का कुखुरा खान येदि स्याल पल्कियो भने कडा सुरक्च्या प्रणाली अपनाउनु पर्ने हुन्छ ! तर मानब रुपी समाज सेवी को ढोंग रच्ने स्याल लाई कठोर कानुन को अभाब साएद देश ले अब गर्ने छ !! कुरा बडा गज्जब कै छ येस्ती नर पिसाच लाई येत्ति धेरै बिबादित कुरा आउदा माँ भनेर आमा सब्द लाई नै अबमुल्यन गर्ने समुदाएको बलियो उपस्थिति विदेश मा रहेछ जो भाबी पुस्त को लागि दुखद बिसय हो!

    Reply
  25. Nitin Shrestha says:
    February 28, 2014 at 10:09 pm

    १. दिलशोभा ले टेप मा ती बुढी आमा (राधिका मानन्धर) को मा राति काम गर्न जाने भनेको छिन , साथै ती आमाको छोरी डाक्टर छे भनेर पछी स्पस्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा भनेकी छिन । दिउसो काम मा जाने छोरी हुदा दिउसो पो काम गर्ने/हेरचाह गर्ने मान्छे चाहिन्छ त किन राति मान्छे चाहियो ? दिउसो नचाहिएको मान्छे राति मात्र किन चाहियो ??
    २. बेलुका एक छाक मात्र खाना खान दिनुपर्छ, बिहान पर्दैन राति सगै सुत्नु तपाइलाई माया माया माया गर्ने मान्छे छ भनेर टेप मा भनिएको छ । त्यत्रो संसार को सेवा गर्ने दिलशोभा लाइ त्यो राति काम गर्न जाने मान्छेको किन माया नलागेको होला ?? बिहान खाना खान दिनु पर्दैन पनि भन्न भ्याइन.. साथै उनले त रेट राखे जसरि खाना को कुरा गरिन त.. भनेपछि यो काम त पहिले बाटै सुरु भएको रहेछ नि त.. हैन र ??
    ३. दिलशोभा ले स्पस्टिकरण दिदा भनेकी छिन कि उनि ती काम गर्ने महिलालाई आफ्नो मा काम लाउथिन , तर तिनै दिलशोभा ले टेप मा ती महिला आफ्नो मा नभएको र बिहान आएमा केटा संग पठाइदिने भन्दै कहाँ कहाँ गएकी छे म आइछ भने पठाईदिन्छु भनेकी छिन । आफ्नो मा काम गर्न बसेको मान्छे आयो भने म पठाई दिन्छु भन्नु को अर्थ त्यो मान्छे त्यो ठाउँ मा काम नै गर्दिन रहेछ भन्ने प्रस्ट हुन्छ । यहि पनि उनको भनाइ आपसमा बाझिएको छ ।
    ४. दिलशोभाले स्पस्टिकरण दिदा ती बुढी आमा पहिले अफ्नोमा आएर बस्ने गरेको र पछी उनकी छोरीले नबस्न अनुरोध गरेपछि ती आमा आफ्नै घर गएको बताएकी छिन, त्यस्तै ती काम गर्ने महिला पनि पहिले देखि नै त्यहा (आमा घर) मा काम गर्दै आएको बताएकी छिन । यदि त्यस्तो हो भने ती बुढी आमाले ती काम गर्ने महिलालाई नचिन्ने अवस्था आएर रातो कपडा लगाएर आउछिन भन्नु जरुरत थियो त ?? त्यहि काम गर्ने र बस्ने मान्छे ले एक आपसमा नि नचिन्ने हुन्छ ??
    ५. स्पस्टिकरण दिदा दिलशोभा ले “माँ” तपाइलाई धेरै माया गर्छे भनेर मैले भने भनेर पटक पटक दोहोराइन । तर सोहो कुरो टेप मा सुन्दा खेरि भने “माँ” भन्ने शब्दको कहिँ कतै उच्चारण नै गरिएको छैन । यसरी हेर्दा त्यो टेप मा तिनै बुढी आमा संग फोन मा दिलशोभा ले बोलेको हो भन्न सकिदैन ।
    ६. हजुर यहाँ आउनु पर्दैन मैले हजुर लाइ सेवा गर्न त्यहि पठाएको छु भन्नु को अर्थ, यदि यो घटना पुस्टि भएको खण्ड मा हामी के बुझ्न सक्छौ भने आमा घर मा दिलशोभा ले पहिले देखिने कोठी नि पो चलाएकी थिईन कि के हो ??
    ७. दिलशोभा ले सो बाहिर आएको टेप आफ्नो भएको आफैले स्विकारी सकिन । यसमा नक्कली स्वर को प्रयोग नभएको प्रस्ट भैसकेको छ । साथै त्यो टेप मा कहिँ कतै स्वर मा परिबर्तन गरि अर्को अर्थ लाग्ने बनाइएको स्पस्टिकरण मा उल्लेख गरेकी छैनन् । यसको अर्थ त्यो टेप एकदमै सहि रुपमा प्रस्तुत भएको बुझ्न कस्ट गरि रहनु पर्दैन ।
    ८. दिलशोभा पहिले देखि नै बिबादित चरित्र कि मान्छे हुन् । चाहे सहयोग रकम को दुरुपयोग को घटना मा होस् या क्रिस्चियन धर्म को प्रचार गर्दै जबर्जस्ति धर्म परिबर्तन गर्न बाध्य पारिएको घटना होस् वा धर्म पुत्र पुत्री कै घटना किन नहोस । त्यसकारण नि यो घटना मा उनि संलग्न छैनन भन्ने ठोस रुपमा दाबी गर्ने आधार मैले पाउन सकिन,
    र अन्त्यमा यो बिषयमा वास्तविक जानकारी पाउन त्यति गाह्रो होला जस्तो लाग्दैन.. एक दुई जना बच्चा सङ्ग यसबारेमा सोध्ने हो भने दुध को दुध पानि को पानि छुट्टिहाल्छ|

    ९. उद्धार गरिएका बालबालिका हरुलाई सोध्दा कसैले पनि तिनी जसलाई भान्छे र राधिका मानन्धर को मा काम गर्न पठाइएको भनियो र पत्रकार सम्मेलन गरि उभ्यैयो उसलाई नचिनेको बयान दिएका छन् |

    १०. http://www.onsnews.com/index.php?pagename=interview&id=३१२

    She says ,she rescued children from road in this interview.. But reality is children are from villages and most of them war victims. This can be proven easily through the enquiry with each children. According to 2068/2069 pragati bibaran of the Aamaghar all the children in Aamaghar were rescued from villages and not roads.

    Reply
  26. nilam says:
    February 28, 2014 at 9:34 pm

    हे भगवान !! गल्ति जो सुकै ले गरेको भए नि ! ठिक होइन |
    कुकुर पाले ! गुण ( पाउछ )
    माछे पाले दुर्गुण भन्थे ! के यहि हो त् ? कुकुरलाई धिउ पचेन | तेसै दुख: पाएका होइन ! तिनीहरुले
    ! तेसैले ! आ-आफ्नो कर्मको भोग ! आफै भोग्न दिनु पर्छ! माया गर्ने जमाना होइन |टेप सुने| ! सोड़ने
    तरिका अनुसारले जबाफ दिएको हुन् सक्छ नि होइन र ? राम्रो काम गर्न खोज्नु आगोमा हात हाल्नु
    बराबर त् भएन ?
    बाटो परेका असहाय अनाथ दिन दुखि : भएर ल्याएको हो |
    यो बच्चाहरुको उद्धार गरेको भन्न लाज लागेन ?? धोग्गी कर्मचारी हरु ? थुइय! छि ! बाटो बाटोमा
    माग्ने दिन दुखि हरु देखेन?? खान नपाएको कति छ ?? देखेछ ??? खोइ ??मानबबादी ??
    घरमा काम गरेर खाने कामदारहरुलाई उस्कई उधारगरेको रे ? उद्धार भनेको के हो ??मानाबबादी हो कि !
    धोस्त्बादी ?? राम्रो काम गर्न डिने कि नदिने ??मानब बादीले देस दोस्त गर्ने ठेक्का लियो के ?
    १० नाग्न्ग्रा खियाएर काम गर्न पर्चा र मेहेनतको कमाई देस र जनताको लागि जरुरी छ|
    दिल्सोभा गलत भएनी के ? सस्था ले हिजो सम्म त् गरेको हो नि ? त्यो मानबबादी कहाँ थियो त् ??
    आमा घरको आश्रित अनाथहरु पालेको थियो ? त्? तेस्तै कति छन् | अरु ? अब पाल्ने हो त् ? अब
    अब सबै नेपाली जनताको उद्धार हुने भयो ???? त्?? अब कोहि नेपाली जनता भोका नाग्न्गा हुने
    छैन ? मानब अधिकार बादीले जिम्मा लिने भयो ??

    Reply
  27. Vishwa Malla says:
    February 28, 2014 at 8:52 pm

    कृपया तथ्य पत्तो नलागे सम्म कम्मेन्ट गरि हाल्न बुद्दिमानी नहोला . म पनि धेरै चोटी तेह गएको छु र सकी नसकी तेहा भएको सेवा देखेको छु . पालिएका बृद्धहरु कोहि कोहि त सारै छ्चा र कुरौटे पनि हुदा रहेछन आफुलाई पालेर स्याहार गरेर राख्नेको अगाडी नै स्कुरा काट्ने गर्दा रहेछन . घर छोडेर वा घरबाट निकालिएका तेस्ताहरुलाई बाटोबाट
    ल्याएर पेटिकोट समेत धोएर दिसा पुछिदियेर आफ्नो घरमा आश्रय दिएको छ. मान्छे बुध बुढी भएपछी अलि छिचरो हुने रहेछ म अलि सन्तुलन म नहुने रहेछ अत दिल्सोभा लाई आरोप लाउनु अघि विचार पुर्गोस नत्र एउटा उदर्हनिय सेवा गर्ने मान्छेलाई बेफ्यांक मा दोस लगाएको पाप लाग्नेछा . सानोतिनो भूल्चुक त मान्छे भएपछी भै
    हालाछा तेस्माठी पनि उनि धेरै पढे नलेखेकि .

    Reply
  28. santosh says:
    February 28, 2014 at 8:50 pm

    शुरुको अडियो क्लिपमा २ ०० जति पछि त ‘सञ्चै छ बाँचिराछु तपाईको आशीर्वादले मनमा पीर गरेर दुखेको … किन खान मन नलागको ? … आज भोलि पनि हजार पन्ध्र सयमा काम गर्ने मान्छे पाउछ’ यस्तो पो सुनिन्छ यौन दुराचारीले ग्राहकसँग पनि कस्तो कुरा गरेको होला । 😀

    मलाई कर गरेर ल्याएको भन्नु हुने बुढी आमैसँग मैले एक दुई पटक कुरा गरेको छु, कैले नयाँ माला ल्याइदिनु भन्नुहुन्छ कैले पैसा देउ भन्नु हुन्छ अनि दायाँ बायाँ हेरेर यस्तो भनेको कसैलाई नभन्नुहै भन्नुहुन्छ । मेरो घरमा बज्यैले पनि बेला बेला तुक न बेतुकको कुरा गर्नु हुन्छ उमेर पुगे पछि यस्तै हुने रैछ । बूढा बूढीलाई खुसी राख्न सजिलो त छैन है ।

    बच्चाहरूसँगको कुरामा पनि कापि कलम नपुगेको छ भनी सोध्दा पुगेकै छ पनि भनेका छन् । मलाई पनि सानो हुँदा दिनदिनै नयाँ कापि कलम त दिन्नथ्ये घरबाट ।

    पछिल्लो पटक जाँदा त्यहाँ पछाडि पट्टीको जग्गा किनेर भवन थप्ने कुरा भएको थियो, त्यसको लागि सहयोग गर्नुस् भन्नुभाको थ्यो बोराका बोरा पैसा त्यसैको लागि जम्मा भएको हो कि ?

    उहाँ जे जस्तो छ सबै सँग बाडेर खानुहुन्छ आफू मात्रै राम्रो खाने हैन । कहिल्यै चट्ट परेर नयाँ लुगा गहना लगाएर हिडेको देखेको छैन बस्ने त्यही हो अब पैसा थुपार्नु पनि के को लागि पर्‍यो ? हामीहरू जहिले पैसाको पछि दगुर्नेहरूलाई निस्वार्थ सेवा कसैले किन गर्छ भन्ने कुरा बुझ्न गाह्रै पर्छ ।

    तपाई पत्रकारहरु किन दिलशोभालाई दानवीकरण गरिरनु भएको छ ? शुरुमा यौन दुराचारको ठूलो आरोप लगायो त्यो मथ्थर भए पछि अब सब खोतल खातल पारेर कसरी गिराउन खोज्नुको तुक के हो ? व्यवस्थापन पक्कै राम्रो छैन उहाँको तर नियतमा चै शंका गर्ने ठाउँ देख्दिन तपाईहरू नियतमा चै प्रश्न चिन्ह लाग्यो है अस्ति एमाओवादीले शाख बचाउन चुनावमा धाधली भयो भने जस्तै हो कि ?

    Reply
  29. Andy Shrestha says:
    February 28, 2014 at 8:40 pm

    धन्य हो यी बच्चा हरु

    जसले खान बस्न दिएछ उसैको कुरा यसरी गरेछन…
    येति पैसा देखेको येति लाख को बिटा … अच्चम्म छ बा

    Reply
  30. ranju sherpa says:
    February 28, 2014 at 8:29 pm

    हो येस्तैले गर्दा नेपाल खतम भयको छ पैसामा बिकेर धर्म परिबर्तन गर्ने हरुलाई अब नेपाल बाट नलाखटे सम्म यो आइमाई जस्ता काण्ड भै रहन्चन ,,यो त बिदेसी दलाल रैछ ..

    Reply
  31. milan says:
    February 28, 2014 at 8:14 pm

    अनि उद्दार गरियक बालक हरुको बारेमा क छ नि ? सन्चै त होला नि ! update पाए हुन्थ्यो/ ३६५ दिन को २४ घण्टा संगै बस्दा को समय बाट केहि मिनेट को मात्र सम्बाद र व्यवहार बात निर्णय गर्नु गलत हो / संगै सुत्दा नाई भने पनि गोडा लाग्छ भन्छ नि बूढा पाका ! अनेक थरि का मान्छे संग व्यवहार गर्नु सजिलो छैन /

    Reply
  32. Raj says:
    February 28, 2014 at 7:58 pm

    It seems a certain group is working against Dil Shobha because of her faith in Christianity. She is doing for well-being of children and elderly people based on whatever resources she has and available for her. Have you seen street children living outside on the road throughout the night in Kathmandu? At least she brought these children to her home and giving shelter and food as per availability. Recognize her such good works rather saying this and that to her!

    Reply
  33. Aayush says:
    February 28, 2014 at 7:33 pm

    पहिला को समाजसेवा पछि गएर बिजनेस हुन पुग्यो जस्तो छ …………….काम सुरु गर्दा त स्वच्छ मन ले नै गरेको जस्तो लग्छ तर पछि सबै ले सर्हाना गरे, प्रचार भयो, मिडिया ले पनि उच्च स्थान दिएर प्रचार गर्यो, टक शो हरु पनि भए त्यस पछि १० तिर बाट जब पैसा ओइरिन थाल्यो अनि मन बदलियो होला है , जसले जे भने पनि पहिला को दिलशोभा र अहिले को दिलशोभा मा पक्कै फरक देखिने छ

    Reply
  34. kedar says:
    February 28, 2014 at 7:05 pm

    मान्छेको चित्त र मन जति गरिब भयो उति सफा, मनकारी उपकारी हुँदो रछ |
    पैसाको अनुहार राम्रै गरि देखे पछि दिल सोभाका पनी शिवजी जस्तै तेश्रो नेत्र बल्दा रहेछन | हामीलाई पनि शिबरात्रिकै बेला थाहा पाउने अहो भाग्य मिल्यो, कस्तो भाग्यमानी हामि | यो सबै दोष दिल शोभाका हैनन् | आमा घर कि आमालाई महान दिलशोभा बनाउने दिशानिर्देशका बिजयकुमारको हो | येसमा बिजय कुमारको षडयन्त्र लुकेको छ | येदि उनले त्यो अन्तरर्वार्ता नालियिदिएको भए येत्रो हाइ हाइ संगै पैसाको बर्षा हुने थिएन दिलशोभाको जीवनमा र तेस्रो आँखाले बाल्ने चान्स नै पाउंदैन थियो | दिशानिर्देश मार्फत किन पपुलर बनाएको भनेर अब पुलिसले बिजयकुमार लाइ पनि शंकाको घेरामा राखेर अनुसन्धान गर्नु परो | बिचार ति आमालाई के थाहा दिशानिर्देशले येत्रो महान दिलशोभा बनाइदेला भनेर, थाहा पाएकी आमानै भएर बस्थिन होला | के गर्नु कलियुगको धन पाप नै रछ भूपू आमा, अहिलेकी महान दिलशोभा |

    Reply
  35. Sulav says:
    February 28, 2014 at 6:09 pm

    खै म त रनभुल्ल मा परें. आफ्नै छोरा छोरीले नहेरी अलपत्र छाडेका बृदाहरुलाई बरु अलपत्र नै छोड्या भए यो दिन त आउदैन थियो होला. जन्म दिने आफ्नै आम बुबा ले अलपत्र छाडेका छोरा छोरीहरुलाई बरु बाटो मै छोडेको भए ठिक हुन्थ्यो होला. जो सुकै मरे बाचे नि मतलब नगरेको भए ठिक हुन्थ्यो होला. फोकट मा अरु को भारि टेन्सन आफ्नो टाउको मा उठाउन खोज्दा सबैले खानु पर्ने गालि पनि आफ्नै पोल्टो मा आइ लाग्यो दिल शोभा दिदि लाई. किन अरुको टेन्सन बोकेर हिड्नु परेको जब कि आफ्नै टेन्सन ठुलो रहेछ 🙁

    Reply
  36. gyanu katuwal says:
    February 28, 2014 at 5:27 pm

    समाजसेवाको नाममा आफ्नो दुनो सोझियाउने धेरै छन नेपालमा
    हातिको देखाउने दात र चपाउने दात अलगअलग भए जस्तै हुन् समाजसेवी भनौदा हरु त्यसमा अपबाद कहाँ हुन सक्छिन र दिलसोभा चै तिन पनि लोभलालच नहुने कुरै छैन नि

    Reply
  37. Kishor Sharma says:
    February 28, 2014 at 5:19 pm

    खासमा यो समाचारलाइ सनसनीपूर्ण बनाको तेही अडियोले नै हो र ‘नागरिक दैनिक’ले तेस्लाई गरेको प्रस्तुतीकरणले नै हो जसले गर्दा अरु जायज आरोपहरु पनि छायाँमा परे। अहिले यहाँ राखिएको पुरा अडियोको अन्तमा त उनले ‘तेही कालिमाटीको माँ क्या’ भनेर भनेको पनि सुनियो; अस्ति चाही किन आधा अडियो मात्रै राखियो? मिडिया र सामाजिक-संजाल आधा कुरा मात्रै सुनेर समाचार सम्प्रेषण गर्ने अनि जनता कुरै नबुझी उम्लिने। यसले कसैलाई राम्रो गर्दैन; चेतना भया!

    Reply
  38. ashok says:
    February 28, 2014 at 4:12 pm

    सफा मनले गरेको कर्मलाई भगवानले कसैलाई पनि नराम्रो बचन बोल्न दिनु हुदैन । यो ध्रुब सत्य हो । यदी यो अडियोको सम्बाद सही हो भने दिलशोभाले अपराध गरेकै हो । यो त राम्रो भएन । हे! कलियूग, यस्तो कर्म बाट मलाई चाही बन्चित गरिदे ।

    Reply
    1. amit says:
      February 28, 2014 at 7:48 pm

      एउटा जापाननिजले भनेको :- “नेपालको मानिसहरु एक्दम अशिछित र केहि पनि नजाने रहेछ ” भनेर भन्थेयो :- नेपालमा बनाएको तोफूमा chemical बड़ी भयो रे , अनि भटटा पनि, कुहिएको भटटाबाट तोफू बनाएको रे।

      Reply
    2. Prakriti says:
      February 28, 2014 at 9:22 pm

      There are a lot of WOLF in a sheep mask out there!
      She could be one! who knows.

      Reply
  39. anjeet says:
    February 28, 2014 at 4:00 pm

    दिलशोभा को आमाको घर मा हामी २-३ पल्ट गएका छौ / हो घर भित्र भद्रगोल थियो , सरसफाई थिएन / धेरै मुख भएकोले अलि राम्रो खुराक मिल्दैन कि , सरसफाई मा ध्यान नभएको हो कि भन्ने हाम्रो चासोमा उहा भन्नु हुन्थ्यो ४-५ जना आमा र ८-१० जना मात्रै बच्चा भाको भए अलि standard हुन्थ्यो होला , तर यो संस्थाको उधेश्य २-४ जना लाई मात्र राम्रो गर्ने नभई बढी से बढी आमा र बच्चा हरु को अलि कति भए पनि जीवन स्तर सुध्रियोस भनेर तेसो गरिएको बताउनु भाको थियो / सडकको चिसोमा भोकै कक्रिएको आवस्था भन्दा त धेरै राम्रो आवस्थामा थिए सबै तर आफ्नै बाउ आमाको मायामा हुर्केको बच्चा जस्ता थिएनन् , जो स्वोभाबिक नै हो /

    टोल का अरु बासिन्दालाई तिहा आमा घर चलाएको कुरो मन पर्ने कुरै भएन/ आफ्नै घर अगाडी असक्त बृध ब्रिधा, खाते जस्ता देखिने बालबालिका को हल्ला खल्ला / ८०-९० मुखलाई खुवाउनु पर्ने , हेरचाह गर्नु पर्ने भएर दिल शोभा आमाको को मूड सधै ठिक हुने कुरो भएन , त्यो tension कहिले कहिँ staff र बच्चा हरुमा पोखिनु स्वोभाबिकनै हो / मेरो विचारमा टोल बासी हरुले ति staff को सहयोग मा दिल शोभा माथि भयानक षडयन्त्र गरेका हुन् /

    पैसा को लागि आमाले यो सबै गरेको मान्न तयार छैन / एक्लो ज्यान पाल्न तेती बिघ्न बुडा बुढी को गु मुत सोर्न आवस्यक छैन , तेही घरको बहाल ले नै आराम संग आफ्नो जिबिका चलाउन सक्नु हुन्थ्यो

    Reply
  40. Samjhana says:
    February 28, 2014 at 1:33 pm

    अहिले नै केहि नराम्रो चाही नभनिहालौ मित्र हरु | अहिले अनुसन्धान चलिराछ, तेसैले अहिले भक्कु गालि गर्नेले फेरि दिलशोभा बेकसुर साबित भयो भने अनि फेरि उहाकै गुनगान गर्ने, पुज्ने होला.. सुनेकै भरमा, audio कै भर मा guilty proof चाही हुदैन है.

    Reply
  41. bhusal says:
    February 28, 2014 at 1:32 pm

    संसार भरि का दाता हरु को विश्वास माथि दिल्सोभा ले गर्न खोजेको असफल बलात्कार ..जदौ

    Reply
  42. Shibaman says:
    February 28, 2014 at 1:27 pm

    अडियो सुन्दा साचिनै दिल शोवा को दिल र शोवा दुवै हराए जस्तो लग्यो! ति बच्चा हरुले झुट पक्कै बोले हैन यो काण्ड को फण्ड अनुसन्धान बाट पक्कै बाहिर आउला! तर विदेश मा बसी दुख गरि कमाको २ पैसा सहयोग गर्ने तमाम नेपाली हरु र दाता हरुले पनि अब सोच्नुनै पर्छ आफुले देको सयोग सहि ठाउमा सदुपयोग भयो कि भएन भनेर!

    Reply
  43. Gagan says:
    February 28, 2014 at 1:20 pm

    कुन चाहि आरोप संगिन यौन दुराचारको कि बाल बालिकालाई उचित देखभाल र सुबिधा नदिएको, यो प्रकरणमा यौन दुराचारको आरोपले चाहि ठुलो तरङ्ग ल्याएको हो, बुढाबुढीलाई काममा दलाउन भनेर त त्यहाँ ल्याएर राखेको हैन होला? अनि मेरो अनुभवमा बृद्धको एक उमेर हदमा उनीहरु केटाकेटि जस्तो हुन्छन अलिकति नराम्रो व्यवहार हुदा, त्यसलाई धेरै नराम्रो रुपमा लिन्छन ( जुम्रा परेर कपाल काटी दिएको खण्डमा, नराम्री बनाउन रिस गरेर कपाल काटी दिएको सोच्न सक्दछन) | नागरिकमा चाहि सिधै यौन दुराचारको आरोप लगाइएको छ, यो चाहि पुरापुर गलत तरिका हो|

    Reply
  44. पुष्प says:
    February 28, 2014 at 12:48 pm

    आरोप लगाउन नसकिने ३२ लक्षणले युक्त कोही पनि छैन यो संसारमा । तर कसैको चरित्रहत्या हुनेगरी खबर प्रकाशित गर्नु न्यायोचित पक्कै होइन । बच्चाको ‘उद्धार’प्रति शायदै कसैको विमति रहला, स्वयम् दिलशोभाजीकै पनि रहेनछ । तर जसरी उनीमाथि जसरी यौन दुराचारको आरोप पुष्टि भएसरि खबर छापियो, त्यो नै सबैलाई खट्केको विषय हुनुपर्छ ।

    Reply
    1. sandesh says:
      February 28, 2014 at 7:21 pm

      ठिक भन्नु भो , अरु कुरामा अनुसन्धान होस अनि बालबालिका को पनि अझ राम्रो ठाउमा लगेर पलान्पोसन होस् भन्ने कुरामा सायदै कसैको बिमति होला | तर चरित्र हत्या हुने गरि ‘यौन दुराचार” को आरोप लगाएर ठुल ठुला अक्ष्यर मा मुख पृष्ठमा छापेको चै कसैलाई मन परेको छैन होला | बास्तबमा “यौन दुराचार” को आरोपले अरु सबै आरोपलाई छोपिदिएको कुरो कमसेकम उमेशजी ले त बुझेको हुनु पर्ने हो नि |

      अनि तेही ३ मिनेट ३९ सेकेन्ड को audio मा पनि अन्त्य तिर अलि , दिल्सोभाको फोन बार्ता सकिएपछि अल्लि volume बढाएर सुन्यो भने कोठामा भएका (सायद फोन record ) गर्ने संगको कुरा सुनिन्छ | तेस्लाई राम्ररी सुन्यो भने पनि बुढी मान्छेको सेवामा मान्छे पठाउना लागेको भन्ने अर्थ लगाउन मज्जाले सकिन्छ | तेती पनि राम्ररी विचार नगरी “नागरिक दैनिक” को सम्बाददाता र सम्पादक (headline news भएकोले एसको सबै अन्तर-कुन्तर सम्पादक लाइ पनि थाहा थियो नै होला ) ले मुख्य title नै “यौन दुराचार ” बनाउनु ले “नागरिक” वाला हरु कि त दीलशोवा प्रति पुर्बग्राही थिए वा सस्तो सनसनी को लागि तेस्तो गरे वा एकदम आलाकाचा (आफुलाई एकदम किताबै लेखेको , राम्रो सम्बाददाता जे भने पनि ) पत्रकार हुन् भन्ने अर्थ लगाउन सकिन्छ |

      Reply
  45. sam says:
    February 28, 2014 at 12:43 pm

    कुरा ज भए पनि , एउटा कुरा चाही सत्य छ है ..येह धेरै donation हरु आउने गर्थियो तर त्यो पैसा हरु येह खर्च गरिएको देखिएन. donar हरु संग सम्पर्क गरेर अख्तियार ले छानबिन गर्नु पर्यो . यो घर पहिले लिलामी मा थियो रे तेसैले गर्दा पनि वहा media मा आएर famous हुनु भयो .एउटा कुरा चाही वहा ले लिनु भएको loan ब्रिदा हरु राख्नु अघाडी हो कि पछाडी हो मलाई जानु मन लग्यो. वहा लै भगवान बनाउने पनि मेडिया नै हो !

    Reply
    1. sam says:
      February 28, 2014 at 12:46 pm

      अर्को कुरा … मलाई पढ्नु लेख्नु आउदैन भनेर कुरा तर्नु चै भएन ..ब्रिदस्रम खोल्दा चाही register गर्ने रे तर बाल आश्रम को लागि चाही पढ्नु आउदैन रे भनेर register नगर्ने रे

      Reply
  46. Narayan says:
    February 28, 2014 at 12:03 pm

    अब झन् बिजोग हुन्छ उद्दार गरिएका हरुको ? प्रसासन ले त उद्दार गर्न त जानेको छ नि स्याहार्न जानेको छैन … पश्चिम मा त्यो कमारा कमारी हरुको उद्दार पनि गरेकै त हो नि … बोरु दिल शोभा को मै छाडी दिएर ब्यबस्थित गर्न लागेको थ्यो भने राम्रो हुन्थ्यो ..

    Reply
    1. किरण (देश भक्त) says:
      February 28, 2014 at 1:08 pm

      **** ३ पटक गएको मानिस को कुरा सुन्नुहोस *****
      त्यो “आमाको घर होइन” – “नर्क हो, साथि हरु नर्क हो “, गाउको गरिब को घर पनि धेरै नाजुक अबस्थामा मा राखेको हो | तिनीहरु को हरिबिजोग हामीलाई देखाएर पैसा असुल्ने “महा-धुर्त दिलशोभा” को काम हो |

      Reply
      1. dhan says:
        February 28, 2014 at 6:11 pm

        धेरै कमेन्ट हेरे तर देशभक्त ज्यु को कमेन्ट अलि भिन्न लग्यो हुनु त मा पनि झन्डै दुइ वर्ष पहिला पुगेको थिए ठिकै लागेको थियो र अहिले भिन्नै भए अर्कै कुरा … तर ससुराली गको जस्तो भोज ख्वौदै राख्नु त कसले सक्छ र काठमाडौँ मा ससुराली मा त धेर दिन बसे पछि काम नगरी माम पाइन्न अनि बाहिर बाट नि सहयोग बेला बेला आउने होला महिना वारी तलब जस्तो अनि फोकट मा त कसले पो पैसा झ्याप्प दिन्छा हो छाप्पर फरेर आज को जमाना मा ? सत्य तथ्य प्रस्ट नभई किन हामी बाठो हुनु नियम कानुन को रखवाला हरु ले यो समस्या के हो सुल्झाउनु पर्यो नि किन कसै को चरित्र माथि बोल्नु बिथामा/

        Reply
  47. Devendra basnet says:
    February 28, 2014 at 11:58 am

    दिल्शोवा को आमाघर गाउँ गाउँ बाट सानासाना बच्चाहरु लेराएर धर्म परिवोर्तन
    गराई क्रिस्टियन मिसिनारी हरुबाट पैसा असुल्ने अखडा पो रहेछ. मलाई यो क्रिस्टियन धर्म को byapar garne haruko niyet kahile pani thik lagdaina.

    Reply
  48. premji says:
    February 28, 2014 at 8:50 am

    हामी नेपालि !

    कुरा सत्य तथ्य के हो बुझ्दै नबुझी हल्लै हल्लाको भरमा कहिले कसैलाई शिखरमा चढाउछौ त कहिले भुइमा उठ्नै नसक्ने गरि पछार्छौ |

    कहिले १० कक्षामा पढ्ने केटाले आइन्स्टाइनको सिद्धान्तलाइ चुनौती दियो भन्ने हिमालयन टाइम्सको लहडी खबरले उन्मत्त हुन्छौ त कहिले हाइस्कूल पढाउने शिक्षकले १५० बर्ष पुरानो आर्किमीडिजको सिद्दान्त गलत साबित गर्यो भन्ने नया पत्रिकाको लहडी खबरले गद्गद् हुन्छौ | अलि बुझेकाहरुले दाबीमा कुनै दम नभएको भन्दाखेरि सबै उनीहरु माथि खानिन्छौँ, लौ नेपालि ले गरको प्रगति देखि नसहेर खुट्टा तानेको भन्छौ |

    ताइ न तुइ को कर्तुत गरेर गिनिज बुकमा लेखायो भनेर बहसको मुख्य बिषय बनाउछौं | कागको आवाज निकालेर काग बोलाउदा होस् या बुद्ध स्वयम् फेरी रामबहादुर बम्जनको भेषमा जन्मिदा होस् सरकारले पहल गरेन भनेर धिक्कर्छौँ | ठग धार्मिक ढोंगी र नक्कली समाजसेवीका गलत कर्तुतहरु चुपचाप सपोर्ट गर्छौं |

    अब दिलशोभा दिदिको समाचारको बारेमा जाउँ:
    केहि सशक्त आधारसहित को उजुरी आइसकेपछि अनुसन्धान गर्ने पर्ने हुन्छ | नागरिकले दिलशोभा अनुसन्धानको घेरामा आएको लेखेको हो, उहा दोषी हुनुहुञ्छ भनेर हैन |

    उहा दोषी हुनुहुञ्छ कि हुनुहुन्न भन्ने निर्णय लिने अदालतले हो | दोषी प्रमाणित नभएसम्म आरोपी निर्दोष मानिन्छ | Innocent until proven guilty ! अदालत ले सफाई दियो भने जसले आरोप् लगाएको हो उसैलाई मान्हानि को मुद्दा लगाउन सकिञ्छ | यहाँ कमेन्टहरु पढ्दा यस्तो लाग्छ कि कतिपय आफैले अनुसन्धान गरिसकेर दिलशोभा निर्दोष भएको र षडयन्त्रमा फ़साइएको निष्कर्ष निकालेका छन् त कसैले दोषी प्रमाणित गरिसके झैँ गरि बल्ल खाइस को निष्कर्ष निकालेका छन् | यसले देखाउछ कि हामी कानुनको बिषयमा कति कम्जोर रहेछौ | यसो हुनुमा सबै हाम्रै गल्ति हैन किनभने कानुनि राजको बिश्वास उडेको छ र कानुनि प्रक्रियामा बिश्वास छैन | त्यसो भन्दैमा कानुन-सानुन गोलि मार्देउ, फलानो ले गल्ति गर्नै सक्दैन या फलानाले यति धेरै राम्रो काम गरेको छ अलि अलि गल्ति गर्दा अनुसन्धान नगरीकन छोडीदिउ |

    दिलशोभा निर्दोष हुन सक्ने प्रसस्त आधार छन् तर अनुसन्धानै नगरी हामी आफै फैसला गर्ने परिपाटी पनि राम्रो हैन | समाजसेवीको भेषमा, या अझ धार्मिक भेषमा कमाउ धन्दा गर्ने धेरै छन् | बाहिर देखिएको हाई-हाइ को भरमा उजुरी परे पनि वास्ता नगर्ने हो भने त्यस्ताहरुको मनोबल अझ बद्छ | हैन यदि हाम्रो बिश्वासलाइ लत्याउदै गल्ति नै गरेको हो भने सजाय दिन किन नपर्ने ? हैन अलि अलि गल्ति छोडिदिउ भन्ने हो भने सम्मानित समाजसेवीले गरेको कति सम्मको गल्तिलाइ आखा चिम्लिनु पर्ने हो ? यहाँ लगाइएका जस्ता आरोप मा पनि आखा चिम्लिन मिल्छ ?

    पत्रिकाको काम खबर लेख्नु हो | थाह भए अनुसार जानकारी दिनु पत्रिकाको धर्म हो | कहिले कहिँ पत्रकारको पनि गल्ति हुछ तर गल्ति सकार्न सक्नु पनि ठुलो कुरा हुन्छ | जहिले पनि हावादारी लेखे भने उनीहरुकै पत्रिकाको स्तर कम्जोर हुन्छ | तर तपाइँ हामि सचेत भए मात्र | दोष सधै अरुलाई दिने बानि जो हामीलाई पर्या छ |

    त्यसैले अनुसन्धान गर्न दिउ, निर्दोष साबित भए दिलशोभाको सम्मान १०० गुणाले बढ्ने छ | दोषी साबित नहुन्जेल उहाले गरेको राम्रो कामको सराहना गरौ र सबै सत्य तथ्य नबुझी अहिलै निष्कर्ष ननिकालौ जस्तो हामि सधैं गर्छौं – चाहे नतिजा तपाइले आशा गरेको होस् या बिपरित |

    Reply
    1. sikshya says:
      February 28, 2014 at 9:37 am

      तपाईंको लेखाइमा धेरै सत्यता छ तर म केही कुरामा असहमत पनि छु। पत्रीका हरुले र हामी स्वयम्ले पनि समाचारलाई सन्सनिखेज् रूपमा प्रस्तुत गर्ने जुन चलन आएको छ, त्यो निकै गलत छ। नागरिक को समाचार को हकमा पनि जो महिला लाई अनैतीक काम गर्न पठाइेको भनिएको छ, उनले नै सोधेकी छिन् – के उनको चाँही इज्जत हुँदैन? यदी पछी आरोप प्रमाणित् नै भयो भने पनि नहुदाको अवस्था सम्म “तथ्य” लेख्नु ठीक हो र? दुर्घटनाको फोटोहरु, हल्ला हरु, ध्यान तान्नको लागि जसरी पनि लेख्ने, देखाउने आदिमा धेरै सुधार हुनुपर्छ, सम्बेदना हुनुपर्छ।
      मैले नागरिक को लेख हरुमा पहिले पनि एस्तो लवज पाएको छु। र अन्य समाचार सेवा, टि।भी, सबैमा यस्तो प्रब्रिती हामीले देखेकै छौ।
      दिलशोभाको कुरामा यदी ब्यबस्थापना को समस्या हो भने उन्लाई मुद्धा हाल्नु साटो उन्लाई ब्यवस्थापना मा सहयोग गर्न निबेदन दिनु ठीक हुन्थ्यो। अरु नै यथार्थ हो भने त्यसको सत्यता बाहिर आउला। अहिले लाई मेरो ब्यक्तिगत बिचार चाँही ब्यबस्थापन को समस्या जस्तो लाग्छ। पैसाले मात्र हुँदैन र शायद पैसा पनि मनग्गे नहोला।
      अहिले उद्दार गरिएका हरुलाई अलिदिनमा तेसै छोडिन्छ भने त्यो पनि उद्दार त भएन।

      Reply
    2. SARJAN says:
      February 28, 2014 at 12:49 pm

      प्रेमजी ढूधले नुहएको जस्तो गरि पत्रिका र पत्रकारको समर्थन मा लेख लेख्नु भएछ तर नागरिक न्यूजले दिलशोभाको बिसय पहिलो पटक छापेको समाचार राम्ररी पद्नु भएको छ, यस्तो छ समाचारको सुरुवात-आमाघर’को नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी समाजसेवी दिलशोभा श्रेष्ठ ‘आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको’ तथ्य फेला परेको छ।
      यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको भनेर समाचारलाई सनसनी बनाउने यही नागरिक न्यूज हो / एउटा आडियो रेकड़को आधारमा एक ब्यक्तिलाई त्यो पनि सामाजिक कार्यमा लागेर राम्रै ख्याति कमाएको मान्छेलाई आरोप लगाउनु अगाडी गहिरीएर अनुसन्धान नगरी हचुवाको भर मा समाचार छापने यो पत्रिकाको पित पत्रकारलाई कसरी हेर्ने ?? आफ्नै छोरा-छोरी, आमा-बाबुले फालेको बुढाबूढी, बालबालिकालाई न्यूनतम सुबिधा दिएर राख्छु भनेर मानबिया भावनाले यो काम शुरू गरेका दिलशोभाको आश्रय स्थलमा भौतिक,ब्यवहारिक, कानूनी त्रुटि होला, त्यसमा सुधारको आवश्यक देखिएको पनि होला तर यहाँ कुरा त्यो कमजोरी भन्दा पनि कयौ गुना ठुलो अपराध यौन दुराचारको संज्ञा दिएर समाचारलाई वाइरल बनाउने काम गर्यो नागरिक न्यूजले / अनुसन्धानको रिपोर्टले आधिकारिक अपराध प्रस्ट देखाउला, तर अनुसन्धानको अंतिम रिपोर्ट नाआउदै आफ्नो पत्रिकाको खबरलाई सनसनी बनाउन-‘यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको’ तथ्य फेला परेको छ-भनेर समाचार लेख्नुमा नागरिक न्यूजले खोक्रो ख्याति खोजेको होइन र?? टेपको संवादको आधारलाई “तथ्य फेला परेको छ” भनेकोहो भने नागरिक न्यूजले ठुलो गल्ती गरेको छ, फोनमा को संग कुरा गरेको भनेर दिलशोभाले प्रस्त्याई सकेको छ, यदी त्यो कुरा साचो हो भने नागरिक न्यूजले ठुलो मानहानीको मुद्दा खाप्नु तयार हुनुपर्छ / हामी सबै पाठकहरूको बहिस्कारको पात्र हुन तयार हुनुपर्छ /

      Reply
      1. CP says:
        March 1, 2014 at 5:15 am

        लेखाईलाइ अतिरन्जित तरिकाले सनसनीपूर्ण बनाउनु पत्रिकाको मर्यादा होइन | तर “रात भरि माया माया गरेर तपाइँ संगै सुत्छ, पहिलाको बुढीको कुरा नगर्नुस अहिलेको बुढीको कुरा गर्नुस” भनेर एउटै context मा भनेको सुन्दा गर्ने ठाउ पक्कै छ तर यो धन्दा नै यस्तो चलाएको त पक्कै हैन होला | यो एउटा मात्र case भए पनि यहा-निर वहा चुके जस्तो लाग्छ |

        Reply
    3. eklavya says:
      February 28, 2014 at 2:29 pm

      your eyes want to see what you want to see …समाजमा येस्ता कति अप्रिय घटनाहरु घटिरहेका हुन्छन जुन हाम्रो सय मनको एक मनले पनि चाहेको हुदैन त के आँखा चिम्लेर बस्ने सत्य त आखिर बुझ्नुपर्यो कोहि पनि चाहदैन कि ति नाबलाखहरु फेरी तेही दलदलमा फर्कियोस भनेर दिल्शोवाको चरित्र हत्या होस् भनेर तर के प्रहरी अनुसन्धान पत्रिकाको संसनिखेज खबरले अगाडी बढेका हुन्त…येस्मा कुनै शंका छैन नेपाली पत्रकारितामा सम्बेदनशिलता आत्मालोचनाको केहि अंश पनि बाकि छ भनेर तर अनुसन्धानमा खतेकाहरुपत्रिका पढ्दै कारबाही गर्ने त पक्कै होइन होला ….हेरम अनुसन्धान कत्तिको निस्पकछ्य हुन्छ भनेर ….

      Reply
  49. deepak says:
    February 28, 2014 at 8:04 am

    सरकारले सडक छेउमा बोरा ओढेर सुत्ने बालबालिका लाइ किन ‘रेस्क्यु’ गर्दैन? फोहोरको थुप्रोमा खाली खुट्टा प्लास्टिक बटुल्ने बालबच्चा लाइ किन ‘रेस्क्यु’ गर्दैन? के ति बालबच्चाको स्वास्थ जोखिममा छैन? किन सरकारले गर्नु पर्ने काम दिलशोभा, पुष्पा, ईन्दिरा राना लगायतका समाजसेवीहरूले गर्नु परेको छ? होलान दिलशोभाका कमजोरीहरु र अनुसन्धानबाट उनि दोषी देखिए सजाय पनि पाउलिन तर हतार हतारमा कम्तिमा घरको ओतमा बसेका बालबालिकालाई ‘रेस्क्यु’ गरेको देख्दा कतै कसैको षडयन्त्र त होइन भन्ने लाग्छ मलाई|

    Reply
  50. krishna"nz" says:
    February 28, 2014 at 8:00 am

    कुरो सहि हो बालबालिका हेर्दा उद्दार गर्नु नै पर्ने अवस्था का छन् जति नै गरे पनि धन संग कसै को केहि लाग्दैन आफ्नै बच्चा जस्तो कहाँ कसले गरेको होला र नेपथ्ये को गीत पो याद दिलायो त “आमा हुन धेरै आसजिलो छ “…..

    Reply
  51. tirtha gurung (uk) says:
    February 28, 2014 at 7:51 am

    दिलशोभा दिदिलाइ हामीले एउटा भगवानको रुप ठानेको थिए र हामी ले केहि सहयोग पनि गरेउ बिगतमा तर यो रिपोर्टले म जस्ता हजारौ सहयोग दाताहरु लाई झस्काएको छ,,भलै सुरुको दिनमा उहाले धेरै दुख गर्नु भयो त्येही दुखमा साथ दिन संसारभर बाट सहयोग पनि आयो तर आज धनले मान्छे मातिन्छा धन देखे पछि महादेवको पनि त्रिनेत्र खुल्छ भन्निलाइ यो रिपोर्टले प्रमारित गरेको छ,,,,,,,यदि समाज सेवाको नाममा येस्तै कमाऊ धन्दा र बिर्कृति नै भएको हो भने एस्लाई जनता समू पर्दा फास गर्ने पर्छ नकि पछि एस्त घटना हरु नदोहोरियास समाज सेवामा नाम कलङ्क बनेर धिकार्नु नपरोस

    Reply
  52. Rajesh rai says:
    February 28, 2014 at 7:41 am

    नाम चाही दिल सोभा
    चरित्र चाही दानव सोभाव रहेछ
    यी माथिका भन्दा बढी के प्रमाण चाहियो
    अब बढी प्रमाण खोज्यो भने समिति बन्छ
    समितिले ५ बर्सपची निर्णय दिन्छ
    त्यसपछि सबै धुस हुन्छ
    खेल खत्तन दिलको स्वभाव हजम
    जय दिल

    Reply
    1. deepak says:
      February 28, 2014 at 8:40 am

      एउटा बच्चा र एउटा वृद्द पालेर त हेरौ राजेशजी अनि थाहा हुन्छा समाज सेवा कति सजिलो कि गार्हो भन्ने कुरा|

      Reply
      1. Lila says:
        February 28, 2014 at 9:44 am

        िदपकजी।
        मैले कोही मान्छे नपालेको भन्दैमा अरुलाइ वच्चा र बुढा मान्छे पाल्ने नाममा ितनीहरुलाइ शोषण (माथिका अडियोको अाधारमा) गर्न चै पाइन्छ ?

        Reply
  53. santosh says:
    February 28, 2014 at 7:14 am

    यो दिल शोभा को मात्र case रहेन अब… रबिन्द्र मिश्र bbc को जसले हेल्प नेपाल को नाम मा करोडौ उठाएको छ उस को पनि एकचोटी खोजि गर्ने हो कि? के गर्नु विश्वास कसैको गर्नु नमिल्ने भए पछि.. अनि दिल शोवा को case मा दिशानिर्देश बिजय कुमार को पनि संलग्नता नहोला भन्नु सकिन्न जस्तो लाग्छ मलाई त…तेत्रो ठुलो पत्रकार ले आमा घर गएर एकचोटी सबै नहेरी (यौन दुराचार त गएपनि थाहा पाउने कुरा नहोला तर पनि अरु कुरा हरु त त्यहाँ गए मात्रै सब देखिने खाल का छन् त) नगई तेस्तो inspiring and one’s mind changing interview कसरि लिन सक्छ…पैसा को खेल छ कि यहाँ जस्तो लग्यो मलाई त. I hope i am flat out wrong.

    Reply
  54. lb chhetri says:
    February 28, 2014 at 6:49 am

    ‘विश्वाश’ नै पराजित भएको छ.

    Reply
  55. Manoj says:
    February 28, 2014 at 6:45 am

    नसक्ने हरु को हित मा केहि गरिदिन खोज्ने मान्छे हुन् दिलशोभा. राम्रो संग छानबिन नभई कुनै किसिम को दोष लगाउनु मुर्खता हुन्छ. लेखक ले निकै राम्रो संग बिस्तृत विवरण दिनु भएको मा धन्यबाद तर केहि नराम्रो बोल्नु भन्दा अगाडी हामीले सोच्नु पर्छ.

    Reply
  56. Shankar says:
    February 28, 2014 at 6:29 am

    जसो जसो देश को नेता उस्तै दिल सोभा रहिछ | पाप धुरीबाट कराएको रहेछ |
    एस्तो खतरनाक आइमाइलाइ हामीले अन्जान मै श्रद्दा गरेछौ |
    देश का चतुर पत्रकार बाट अहिले सम्म कसरि ओजेल पर्न सकेको येत्रो संगिन अपराध ?
    धन्यबाद माइसंसार |

    Reply
  57. Deepak GC, Baglung says:
    February 28, 2014 at 6:00 am

    खै के हो के हो….हामि त रनभुल्लमा छौ | केहि गडबडी त पक्कै छ नत्र यिनको बारेमा मात्र किन स्क्यान्डल आइरहन्छ ? केहि अगि कोरिया स्क्यान्डल पनि आएकै हो र आइले त त्यसको १०० गुना ठुलो स्क्यान्डल भयो | नेपाल मा अरुपनि समाजसेवी छन्, जस्तै अनुराधा कोइराला, महाबिर पुन आदि तर उनिहरुको बारेमा त कहिल्यै नराम्रो कुरा आउदैन, किन दिलसोभाको बारेमा मात्र नकारात्माक कुरा आउछन ? सोचनीय छ यो कुरा |

    Reply
  58. दीप says:
    February 28, 2014 at 5:33 am

    उनले कसरि बच्चा हरु लाइ विदेश पठाइन ? visa र पासपोर्ट कसरि कसले बनाइ दियो.!! दिल्शोवा लाइ छिट्टो भन्दा छिट्टो अदालत मा बयान दिन लगाउनु पर्दछ !! आज सारा सामाजिक संजाल फेसबुक , twitter , पत्रपत्रिका मा दिल्शोवा को मात्र चर्चा ले गर्दा सरकार को कुनै चर्चा छैन !! यो ठुलो बिसय भैसक्यो अब छिटो टुंग्याउनु पर्दछ !! बोरा का बोरा पैसो माइती मा सम्म…

    Reply
  59. S.Bajracharya says:
    February 28, 2014 at 5:24 am

    No one should jump into conclusion.wait and watch till investigation ends.

    Reply
  60. Mini Shrestha says:
    February 28, 2014 at 5:08 am

    उमेशजी! पक्कै पनि दिल शोभा को कहिँ न कहिँ गल्ति भएकै होला! चारैतिर बाट सहयोग आउनु अगाडी उहा आफै एक्ली ले मात्र अनि आफ्नो मात्र सामर्थ्य ले त्यों आमा घर चलाउनु हुन्थ्यो भन्ने सर्बबिदितै कुरा हो. आज आएर चारैतिर को सहयोग देखेर साएद तल माथि गर्न पुग्नु भयो होला पनि. तर त्यो औडियो टेप को आधार मा त्यसरी यौन दुराचार को आरोप लगाउनु सरासर दिल शोभा दिदि माथि अन्याय अत्त्याचार गर्नु हो. रह्यो नियम कानुन को कुरा, अब एउटी अशिछित महिला लाइ नियेम कानुन लाग्ने नै भयो नि.
    यी नेपाल का ठुला भनौदा मेडिया हाऊस हरु कसरि त्यति बिधि धनि हुन पुगे भन्ने कुरा को पनि येसो यता उता बात जानकारी पाउन पाए हुन्थ्यो नि .

    Reply
  61. Arun says:
    February 28, 2014 at 4:49 am

    बालकहरुको कुरामा कतिको सत्यता छ त्यो अनुसन्धानले बताउला। १:२२ मा सुस्मिता लगायत कती केटीहरुलाई बाहिर पठाएको कुरा छ, तेस बिषयमा घहीरियर छानबिन होस्।

    Reply
  62. prabhat says:
    February 28, 2014 at 4:24 am

    दिल सोभाले एस्तो गर्लान भन्ने एक मन पनि लागेको थिएन. दिल सोभाले हाम्रो विश्वास टुक्र्ययपनि, पैसा को अगाडी मानवता त्रुकिन्दैन भन्ने जुन मेरो विश्वास छ त्येस्लाई कहिलेयी नातुक्रायाउ भगवान !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme