-राजेश शर्मा-
आमाघरका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि मंगलबारको बैठकले बुधबार विहान बालबालिकालाई उद्दार गर्ने भन्ने खबर लगभग सबै सञ्चारमाध्यामलाई आयो । किन उद्दार गर्नु प¥यो भन्दा अधिकारीहरुले बालबालिका जोखिममा रहेको बताए र भने,‘ प्रशासनले अनुगमन गर्दा आमाघरमा शंकास्पद गतिविधिहरु पाइए ।’ तर एकाएक बुधबार एक दैनिकमा सनसनीपुर्ण खबर आएपछि यो प्रकरण अर्कै भयो । शंका छ भनेका अधिकारीहरु पनि भन्दै छन् अनुसन्धानको प्रक्रियामा छ, तर हामी न्यायाधिश जस्तो प्रस्तुत भएका छौं । के सञ्चारकर्मी पनि न्यायाधिश जस्तै प्रस्तुत हुने हो ?
बुधवार बिहान ८ बजे आमाघरमा पुगेर दिनभरका गतिविधि हेर्दा नेपाली पत्रकारिता कसरी हावामा चल्छ भन्ने लाग्यो । हो, एउटा दैनिकले दिलशोभाका बारेमा ‘शंकास्पद’ समाचार लेख्यो । त्यसको पुष्टि होला नहोला आफनो ठाउँमा छ तर अरु सञ्चारमाध्यामले खोजविनमा एक पाइला पनि अगाडि बढाएको पाइएन । आरोप लगाउने र खण्डन गर्नेमा कुन सही छ भनेर खोज्नु के दायित्व होइन? विहान आयो उद्दार गरेको कुरा खिच्यो, कुरा गर्यो र अनि पत्रकार सम्मेलनमा खण्डन सुन्यो गयो , के यत्तिले समाचार बन्छ ? के यत्तिले दिलशोभा माथि अन्याय भएको वा शंका छ भन्न मिल्छ वा आरोप लगाउन पाइन्छ ?
बिहानदेखि बेलुकासम्म आमाघरमा तीन खाले पात्रहरु देखिए । पहिलो दिलशोभाले गल्ति गरेकै छन् । दोस्रो गल्ति गरेकी छैनन्। तेस्रो उनको नजिकमा चुप र केही राम्रा कुरा बाहिर आएपछि खुसुखुसु पैसाले मात्तिएर जे पनि गर्न थालिन कति शंकास्पद घटनाहरु देखेका छौं ।
पहिलो र तेस्रो कुरा गर्ने आमाघरका नजिकका थिए अर्थात स्थानीय । दोस्रो कुरा गर्ने आमाघरसँग अरु हिसाबले जोडिएका व्यत्तिहरु अर्थात सहयोगी, नातेदार, संस्थाका पदाधिकारी । संस्थाकै एक पदाधिकारीले त भने पनि हामीले कति भन्यौ व्यवस्थीति गरौं तर मान्नु भएन, राम्रो बनायो भने त सहयोग आउँदैन भन्थे । दोस्रो पक्षले यौन दुराचार हुदैँ होइन अरु केही कमजोरी नजानेर भए भने।
बिहान प्रहरीसहित भएको बेलामा स्थानीयहरु धेरै थिए । उनीहरुले केही सवालहरु खडा गरेका छन् । त्यहाँ आएका १४/१५ वर्षका बालिकाहरु एक दुई दिनमै देखिन छाड्थे ? हुन पनि सक्छ परिवारले लगे । वा अरु कुनै कारण पनि छ कि ? किन एक ढोकाबाट सामान आएर अर्कोतिरबाट बेचियो ? आमाहरुले रुँदै पसलमा गएर किन स्थानीयलाई खान नपाएको, गाली गरेको कुरा गरे? पैसा बोरामा राखेर अन्यत्रै लगे भनेर किन भने ? पुरुष बृद्दहरु (श्रीमतीको मृत्यु भएका) बारम्बार आएर दिलशोभा दिदीसँग किन र के कुरा गर्दथे ? एक १५ वर्षकी बालिकालाई किन बृद्दसँग विवाह गर्न दवाव आयो ? उनले त्यो कुरा त्यहाँ रहेका आमालाई किन भनिन् र स्थानीयलाई आमाहरुले किन भने ? बालबालिकाले उद्दार टोलीसँग आफ्नो लागि आएका कपडा बेचिएको कुरा र आमा बाबुसँग कुरा गर्न नपाएको कुरा किन गरे ? कोही नभएका भनिएकाका आमाबाबु कसरी भए ?
अर्को महत्वपूर्ण कुरा उद्दार टोली पुग्दा एक वृद्दासँग बालकले सँगै चुरोट खाएका थिए । टोली देखेपछि बृद्दले चुरोट खोसे र आफुले खाए । यस्तै एक बृद्दसँग बालक सुतिरहेका थिए । होला उनले माया गरेका पनि होलान् । सबै खराब हुदैनन् तर विवाद भइसकेपछि यसलाई पनि मायाँ र दुव्र्यवहार दुवैको पाटोबाट हेर्न सकिदैन ? यि र यस्ता कुरा विहान धेरै भए तर सञ्चारकर्मीले यसतर्फ कुनै ध्यान दिएको पाइएन । यी कुरामा गम्भिर भएर खोजेको भए सायद समाचर पुष्टि वा खण्डन गर्ने गतिलो आधार बन्ने थियो ।
अब कुरा पत्रकार सम्मेलनको, दिलशोभाले आफूमाथि लगाइएको आरोप विस्वास लाग्नेगरी नै खण्डन गरिन्। तर त्यहाँ पनि केही प्रश्नहरु नउब्जिएका होइनन् । माघ १६ गतेदेखि काम गर्न आएकी महिलाका बारेमा गरिएको भनिएको संवाद कसरी माघ २ गते रेकर्ड भयो ? होला उनले गते बिर्सिएर हुन सक्छ वा अरु कुनै कारण पो छ कि ? खैर अब प्रहरीले कल डिटेल निकालेपछि त कोसँग कुरा गरेको भन्ने पनि निस्किहाल्ला। अर्को आफनो भाइ, बैनी र आफन्तको मा के बालबालिका गैरकानुनी रुपमा पठाउन पाइन्छ? हुन त कानुन नजानेर परिवन्दमा परेको जवाफ थियो । बालबालिका विदेश पनि जाने गरेको आरोप उनीमाथि थियो । अनि विदेशमा गएका मध्ये एकको मृत्यु भएको कुरा के हो ? एक जना बेलायत र एक जना क्यानडामा छात्रवृत्ति पाएर गएको उनले बताइन् । वयस्क नभई बाल्यकालमा विदेशमा कसरी जान पाइन्छ ? या त परिवारको व्यक्ति हुनु पर्छ या त धर्मपुत्रपुत्रीको रुपमा लगिन्छ । धर्मपुत्रपुत्री लैजान सो संस्था दर्ता छैन भने कसरी विदेशमा गए ?
हो, दिलशोभाले कसैले गर्न नसक्ने काम पक्कै गरेकै हुन् । कति आमाहरुको सेवा गरिन्, उनीहरुको आत्माले सम्मान पनि दिन्छ । त्यही अनुसारको सहयोग र सञ्चारमाध्यमको साथ पनि मिल्यो । जब विवाद आयो त्यसपछि केही शंका भए । यसले उनले के गरिन् भन्दा पनि सामाजिक सेवा गर्ने र गर्न खोज्नेहरुलाई समाजले शंका गर्ने ठाउँ बनायो जसको कारण सहयोग पाउनु पर्नेहरु पनि वञ्चित हुन सक्छन् । यसैले सनसनिपूर्ण होइन कि संवेदनशील रुपमा समाचार दिनुपर्छ तर सञ्चारमाध्यम हावामा चल्न भने मिल्दैन । आरोप र खण्डनमा मात्र केन्द्रित पत्रकारिताले न्याय दिँदैन ।
यही विषयमा थप ब्लग
कसरी पठाइन् दिलशोभाले बालबालिकालाई विदेश ?
किन ‘रेस्क्यु’ गर्यो प्रशासनले आमाघरमा ? उजुरीका थप अडियो र भिडियोसहित
आमाघरकी दिलशोभाविरुद्ध गम्भीर आरोप, सिडिओमा उजुरी, बालबालिकालाई सुरक्षित राख्न रेस्क्यु गरिने
समाज सेवा को नाम मा दल्लर को खेति गर्नी हरु
देश बिगार्न मा लगभग नेता जतिकै पत्रकार को पनि हात छ। ठूलो मिडियाको हो भने त उचाई सगरमाथा भन्दा अग्लो हुन्छ । कुनै प्रश्न कुनै माध्यम बाट सोधियो भने बरु washington post का पत्रकार ले response गर्छन् नेपाली ले गर्दैनन् । एउटा भनाइ छ नेपालिमा : भुईँमा न भाँडामा।
देश बिगार्न अरु कसैको दोष हैन हाम्रै हो | कुरा सत्य तथ्य के हो बुझ्दै नबुझी हल्लै हल्लाको भरमा कहिले कसैलाई शिखरमा चढाउछौ त कहिले भुइमा उठ्नै नसक्ने गरि पछार्छौ |
कहिले १० कक्षामा पढ्ने केटाले आइन्स्टाइनको सिद्धान्तलाइ चुनौती दियो भन्ने हिमालयन टाइम्सको लहडी खबरले उन्मत्त हुन्छौ त कहिले हाइस्कूल पढाउने शिक्षकले १५० बर्ष पुरानो आर्किमीडिजको सिद्दान्त गलत साबित गर्यो भन्ने नया पत्रिकाको लहडी खबरले गद्गद् हुन्छौ | अलि बुझेकाहरुले दाबीमा कुनै दम नभएको भन्दाखेरि सबै उनीहरु माथि खानिन्छौँ, लौ नेपालि ले गरको प्रगति देखि नसहेर खुट्टा तानेको भन्छौ |
ताइ न तुइ को कर्तुत गरेर गिनिज बुकमा लेखायो भनेर बहसको मुख्य बिषय बनाउछौं | कागको आवाज निकालेर काग बोलाउदा होस् या बुद्ध स्वयम् फेरी रामबहादुर बम्जनको भेषमा जन्मिदा होस् सरकारले पहल गरेन भनेर धिक्कर्छौँ | ठग धार्मिक ढोंगी र नक्कली समाजसेवीका गलत कर्तुतहरु चुपचाप सपोर्ट गर्छौं |
पत्रिकाको काम खबर लेख्नु हो | थाह भए अनुसार जानकारी दिनु पत्रिकाको धर्म हो | कहिले कहिँ पत्रकारको पनि गल्ति हुछ तर गल्ति सकार्न सक्नु पनि ठुलो कुरा हुन्छ | जहिले पनि हावादारी लेखे भने उनीहरुकै पत्रिकाको स्तर कम्जोर हुन्छ | तर तपाइँ हामि सचेत भए मात्र | दोष सधै अरुलाई दिने बानि जो हामीलाई पर्या छ |
अब दिलशोभा दिदिको समाचारको बारेमा जाउँ:
केहि सशक्त आधारसहित को उजुरी आइसकेपछि अनुसन्धान गर्ने पर्ने हुन्छ | नागरिकले दिलशोभा अनुसन्धानको घेरामा आएको लेखेको हो, उहा दोषी हुनुहुञ्छ भनेर हैन |
उहा दोषी हुनुहुञ्छ कि हुनुहुन्न भन्ने निर्णय लिने अदालतले हो | दोषी प्रमाणित नभएसम्म आरोपी निर्दोष मानिन्छ | Innocent until proven guilty ! अदालत ले सफाई दियो भने जसले आरोप् लगाएको हो उसैलाई मान्हानि को मुद्दा लगाउन सकिञ्छ | यहाँ कमेन्टहरु पढ्दा यस्तो लाग्छ कि कतिपय आफैले अनुसन्धान गरिसकेर दिलशोभा निर्दोष भएको र षडयन्त्रमा फ़साइएको निष्कर्ष निकालेका छन् त कसैले दोषी प्रमाणित गरिसके झैँ गरि बल्ल खाइस को निष्कर्ष निकालेका छन् | यसले देखाउछ कि हामी कानुनको बिषयमा कति कम्जोर रहेछौ | यसो हुनुमा सबै हाम्रै गल्ति हैन किनभने कानुनि राजको बिश्वास उडेको छ र कानुनि प्रक्रियामा बिश्वास छैन | त्यसो भन्दैमा कानुन-सानुन गोलि मार्देउ, फलानो ले गल्ति गर्नै सक्दैन या फलानाले यति धेरै राम्रो काम गरेको छ अलि अलि गल्ति गर्दा अनुसन्धान नगरीकन छोडीदिउ |
दिलशोभा निर्दोष हुन सक्ने प्रसस्त आधार छन् तर अनुसन्धानै नगरी हामी आफै फैसला गर्ने परिपाटी पनि राम्रो हैन | समाजसेवीको भेषमा, या अझ धार्मिक भेषमा कमाउ धन्दा गर्ने धेरै छन् | बाहिर देखिएको हाई-हाइ को भरमा उजुरी परे पनि वास्ता नगर्ने हो भने त्यस्ताहरुको मनोबल अझ बद्छ | हैन यदि हाम्रो बिश्वासलाइ लत्याउदै गल्ति नै गरेको हो भने सजाय दिन किन नपर्ने ? हैन अलि अलि गल्ति छोडिदिउ भन्ने हो भने सम्मानित समाजसेवीले गरेको कति सम्मको गल्तिलाइ आखा चिम्लिनु पर्ने हो ? यहाँ लगाइएका जस्ता आरोप मा पनि आखा चिम्लिन मिल्छ ?
त्यसैले अनुसन्धान गर्न दिउ, निर्दोष साबित भए दिलशोभाको सम्मान १०० गुणाले बढ्ने छ | दोषी साबित नहुन्जेल उहाले गरेको राम्रो कामको सराहना गरौ र सबै सत्य तथ्य नबुझी अहिलै निष्कर्ष ननिकालौ जस्तो हामि सधैं गर्छौं – चाहे नतिजा तपाइले आशा गरेको होस् या बिपरित |
I agree with a lot of things in this article. “यसैले सनसनिपूर्ण होइन कि संवेदनशील रुपमा समाचार दिनुपर्छ” – यसको अब निकै आवश्यकता भैसक्यो. Not only by newspapers but even by us who share, debate etc.
मलाइ पिर लागेको चाही, उद्धार त भन्यो तर उद्धार गरेर कहा लगेर राख्छ? अर्को कुनै तेत्तिको पनि ठाउ छ र? अब राज्यले बेसहाराको जिम्मा लिनैपर्ने बेला भयो जस्तो लाग्छ.
होइन राजेश शर्मा साच्चिकै आमाघरमा गएर यो रिपोर्ट तयार गरेको हो भने ठिक छ ,
फुटबल मा रेफ्री को एउटा सर्व मान्य नियम छ I गोल हो कि होइन भनेर झूक्कियो भने त्यो गोल होइन रे, फेरी अफसाइड हो कि होइन भनेर शंका भए त्यो चै अफसाइड नै हो रे I यो नियम फुटबल लगायत दैनिक जीवन मा आइपर्ने सबै कन्फुजन को बेला सहि निर्णय लिन अति उपयोगी हुन्छ I
पत्रकार महोदय हरुले हरेक कुरा लाई शंका को दृस्टी ले हेर्नु, तथा सत्य तथ्य को आधार मा लेख्नु पर्छ जस्तो लाग्छ I
नेपाल मा 1-२ जना छोडेर को चै पत्रकार गतिलो छ र .