Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिक्षा माग्यो भने एक वर्ष कैद, १० हजार जरिवाना

Posted on February 25, 2014February 25, 2014 by Salokya
अमेरिकामा माग्न बसेकाहरु। फोटोः विमल नेपाल

सार्वजनिक ठाउँमा माग्न बसेको तपाईँहरुले देख्नुभएको होला। प्रस्तावित विधेयक पास भयो भने त्यसरी माग्नु गैरकानुनी हुनेछ। माग्न बस्यो भने एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुनसक्छ।

२०६७ सालमा नै तत्कालीन संविधान सभामा यो लगायत अन्य फौजदारी कसूर निवारण र नियन्त्रण गर्न र तत् सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल फौजदारी कसूर सम्बन्धी संहिताको व्यवस्था गर्न भन्दै अपराध संहिता विधेयक दर्ता भएको थियो। तर प्राथमिकतामा नपरेकोले यो त्यतिबेला पास हुन पाएन। अब नयाँ संविधान सभा बनिसकेको छ। विधेयक पारित हुन बाँकी छ। कहिले पारित हुने हो टुङ्गो छैन। कानुन बनिसकेपछि त्यसबारे छलफल गर्नुभन्दा मस्यौदामा रहँदै यसबारे विचारविमर्श गर्न उपयुक्त हुने हुनाले विधेयकको धारा १२८ मा रहेको यो व्यवस्थाबारे आज चर्चा गरौँ।

१२८. भिक्षा माग्न वा माग्न लगाउन नहुने :
(१) कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा नाबालकलाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने वहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिन हुंदैन।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ र भिक्षाको बिगो जफत समेत हुनेछ : –

(क) पहिलो पटक भिक्षा मागेको वा माग्न लगाएको भए एक वर्षसम्म कैद र दश हजार रुपैंयाँसम्म जरिबाना,

(ख) दोस्रो पटकदेखि प्रत्येक पटक तीन वर्षसम्म कैद वा तीस हजार रुपैंयाँसम्म जरिबाना।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि :
(१) कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातन देखि चली आएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा साँस्कृतिक कार्यमा भिक्षा मागिएकोमा सो कार्यलाई यस दफा अन्तर्गतको कसूर मानिने छैन,
(२) “सार्वजनिक स्थान” भन्नाले सडक, गल्ली, पार्क, सवारी विसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर सम्झनु पर्छ र सो शब्दले सार्वजनिक प्रयोगमा रहेको सवारी साधनलाई समेत जनाउनेछ।
(३) “नाबालक” भन्नाले चौध बर्ष उमेर नपुगेको व्यक्ति सम्झनु पर्छ।

माग्नेहरुलाई यसले आपतमा पार्ने देखिन्छ। तर केही नभएरै माग्न बसेकाहरुले १०/१० हजार जरिवाना चाहिँ कसरी तिर्लान् ? त्यो जरिवाना तिर्न पनि माग्नै बस्ने हो कि ?

32 thoughts on “भिक्षा माग्यो भने एक वर्ष कैद, १० हजार जरिवाना”

  1. Prakash Upreti says:
    March 7, 2014 at 9:18 am

    भिक्षा कि भिख ??

    Reply
  2. Suman Bjra. says:
    March 1, 2014 at 3:17 pm

    माग्नेलाइ के को संजाय दिने सरकार आफैले बिदेशी सित माग्ने र घुमेंघाम गर्छ / बाटोभरी अबरोध गरि माग्ने सडकको पेटी मा पसल थप्न दिएर ठेकेदार हरुलाइ केहि गर्न शकिदैन / यो देश सरकार होइन कसैको राजनीति पार्टी को ठुलो भएँ भन्ने अखडा मात्र हो /

    Reply
  3. bikash shrestha says:
    February 28, 2014 at 4:36 pm

    यदी सरकारले गरीबलाइ खान लाउन र बास को ब्यबस्था गरि दिएर माग्नै नपर्ने गरि दिए एस्तो कानुन लागु गर्न मिल्छ . पहिला गरीब निवारण गर्नु पर्छ अनि मात्रै अरु देश को सिको गर्नु पर्छ . हाम्रो देशमा विदेशबाट प्रसस्त माग्नेहरु आएर मागेर खन्दै छ . उनीहरु लाई के गर्ने सबै लाई जेल हाल्ने??????.

    Reply
  4. sikshya says:
    February 26, 2014 at 2:23 am

    If a country bans something, it must give an alternative first. Country should make sure no one lives under borderline poverty, and everyone has employment before passing such a law.
    If you snatch a hungry man’s food, and don’t let him ask a little portion of his friend, how is he supposed to survive?

    Reply
  5. dharmendra says:
    February 25, 2014 at 9:18 pm

    भिक्ष्या माग्यो भने १०००० जरिबाना , अनाथ तथा घरबार बिहिन बाटो मा सुत्यो भने के आजिबन काराबास वा मृत्यु दण्ड ????????

    Reply
  6. S k gurung says:
    February 25, 2014 at 6:14 pm

    सरकार ले बनाउन लागे को नीति लुला लंगडा अपाङ्ग ले सर्बजनक ठाउँ मा भिच्च मग्न नपाउने तर नेता र सरकारी कर्मचारी ले चाही जहाँ पनि घुस लिन चाही पाउनु पर्छ है …

    Reply
  7. SURENDRA hongkong says:
    February 25, 2014 at 5:05 pm

    सदियौ देखि नेपाली जनता सग मागेर खाने नेता हरु लाई पहिले जेल हाल्नु पर्यो, किन कि यी माहान भिकारी हरु को अदुरदर्सिता ले गर्दा आज नेपाली हरु दिन दिनै मागेर गुजारा गर्न बाध्य पारिएको छ/जब सम्म यी महान खडे बाबा हरु को हालीमुहाली देश मा चल्छ तब सम्म नेपाली हरु दरिद्रता बाट उस्कन कहिले सक्दैनन् /

    Reply
  8. bibek dhakal says:
    February 25, 2014 at 3:56 pm

    माग्ने संघको बिज्ञप्ति आउन बाकि छ | खै न्युनतम भिख पांच रुपिया कायम हुनुपर्छ भनेर जुलुश त गरेका थिए रे एकताका!

    Reply
  9. Sisir says:
    February 25, 2014 at 1:58 pm

    केहि वर्ष अघि कुनै टिभीमा दशैंको नवरात्रीमा संकटा/ महांकाल वरिपरिका माग्नेहरुको एउटा रोचक कार्यक्रम हेरेको थिए l कुनै एउटा जवान माग्ने भन्दै थियो, यो समयमा कम्तिमा दिनको ५००-१००० कतै जादैन रे , उनि भन्दै थिए अब केहि दिन येसरिनै माग्ने अनि नवमीको दिन नुवाकोट घर जाने , एउटा गतिलो खसी किन्ने अनि दशैंमा रमाइलो गर्ने रे !! छैनत गजबको पेशा ? दिन भरि मिहेनेत गर्ने मजदुर भन्दा राम्रो कमाई, अज भन्दा सरकारी अफिसर भन्दा पनि धेरै l तेसै माग्नेहरु उत्पादन भा त होइनन नि ?

    Reply
  10. Bishwas says:
    February 25, 2014 at 1:46 pm

    १० के २० सै हजार भए नि तिर्न सक्छन भन्ने कुरा सायद यतै कतै पढ्न पाइएको थियो l दैनिक ७ सय देखि १५०० रुपिया त मागेर कमाइ गर्दा रैछन l

    Reply
  11. bhakta says:
    February 25, 2014 at 1:44 pm

    अब माग्नेले त्यसो हो भने भाषा बदल्नु पर्छ – भिक्क्ष्या दिनोस भन्ने हैन सहयोग गर्नोस भन्नु पर्छ समस्या को हल !

    Reply
  12. मन says:
    February 25, 2014 at 1:23 pm

    मैले देखेका चार थरि माग्नेहरुले सताएका छन्–
    १. दरवार मार्ग, ठमेल र अन्य पर्यटन क्षेत्रमा माग्नेहरुलाई निषेध गरिन पर्छ, लाजै मर्नु छ, डुडोलोले कोट्याई कोट्याई माग्छन| माग्नेहरु इम्पोरटेड पनि धेरै छन्| कोही ड्रग र मापसे गर्नेहरु पनि छन्|
    २. पशुपति, स्वयम्भु, मन्दिर, जानकीधाम, घन्टाघर शुक्रबार धार्मिक स्थलमा लाम कसेर बसेका माग्नेहरुलाई पनि निषेध गरिन पर्छ|
    माग्ने मात्र होइन दिनेलाई पनि सजाय हुनपर्छ|
    अधिकांश यस्ता पनि छन् जसले पाप गरेर माग्नेलाई मन्दिर मस्जिदमा जाँदा दान दिएर पुण्य कमाउन खोज्छन|
    ३. पार्टीका नाउँमा चन्दा (भिक्षा) माग्ने|
    ४. सिंहदरवार, प्रहरी, सेना र मन्त्रालयहरुमा सरकारी तलब भत्ता खाएर साबिकको काम र गैर कानुनी काम गरेर हात र खोटो दिल पसारेर पैसा (भिक्षा) माग्नेहरु पनि टन्न छन्|

    बिदेशीहरु संग दाह्रा निञ्च्याएर माग्नेहरु पनि छन्|

    माथिका मध्ये ३ र ४ नं को ले नेपाल सखाप पार्दै आएको छ| यस्ता मगन्तेहरुलाई निमिट्यान्न पार्न कुनै कानुन र कारवाही छ?

    Reply
  13. Tenzing Gaba says:
    February 25, 2014 at 10:20 am

    यो नियम पालन भयो भने त् शिवरात्रीमा आउने हजारौ बिदेशी tourist भिखारीहरुलाई हाम्ले पाल्नु पर्ने भयो त्…….. कठै !!!

    Reply
  14. Bimalesh says:
    February 25, 2014 at 9:53 am

    भिछ्या को ठाउँ मा चन्दा मग्न नपाउने गर्नु पर्ने|

    Reply
    1. रबिन्द्र राज गिरी says:
      February 25, 2014 at 10:14 am

      तपाईंको कुरा सोह्रै आना ठिक लाग्यो | चन्दाको नाममा भिख माग्ने यी राजनैतिक प्राणीहरुलाई चाहिं कानुन नलाग्ने, अनि खाने नपाएर बाटोमा माग्न बस्नेलाई चाहिं कानुन लाग्ने | कहीं नभएको जात्रा हाँडी गाउँमा भनेको यहिँ हो |

      Reply
    2. दिप श्रेष्ठ says:
      February 25, 2014 at 4:48 pm

      आयकर पनि एक किसिमले भिक्षादान नै हो?

      Reply
  15. हरि हर शर्मा says:
    February 25, 2014 at 9:31 am

    त्यो ‘वा’ किन?
    त्यो त पैसा हुनेले जेल बस्न नपर्ने कुरा भो /
    कि ‘दुवै’ हुनु पर्यो नभए ‘वा’ निकाल्नु पर्यो /

    अनि माग्नेलाई भन्दा मग्न लगाउने लै दोबर सजाय हुनु पर्यो /

    Reply
  16. Himmel Salaka Sherpa says:
    February 25, 2014 at 8:51 am

    बाहुनहरु को धर्म मै भिख माग्ने छ, खै के पास गर्लान र यो विधयेक ! विदेसी संग भिख मागेरै एस्तो बनाइसके देशलाई !

    Reply
    1. yubraj says:
      February 25, 2014 at 11:48 am

      शेर्पाजी तिब्बत पनि भिख मागेकै कारणले चीनमा गाभिएको हो ? सिक्किम भारतमा बिलाएको हो ? भिएतनाम ध्वस्त भएको कारण भिख थियो ? उत्तर कोरिया र दक्षिण कोरिया भिख मागेकै कारण अहिलेको अवस्था मा पुगेका हुन् ? ताइवान चीन संग लम्पसार परेको भिख कै कारण ले हो ? के यी देश हरु मा बाहुन हरुले राज्य गरेका थिए ? अनि नेपालमा कुन बाहुनले कहिले राज्य गरयो ? सोझो र सहनशील भएकै कारण ले बाहुन भनेर गालि गर्ने तपाई तपाई को दाश मानशिकता परिवर्तन गर्नुस न कृपया /

      Reply
    2. Dipesh Shrestha says:
      February 26, 2014 at 8:19 am

      हाम्रो Sherpa sathi लाई के भएको हो आजकल. जहाँ पनि जातीय कुरा. सम्मान गर्न सिकौ न हो मित्र अरु जात अनि धर्म लाई..

      Reply
  17. लौटन अवधि says:
    February 25, 2014 at 8:40 am

    सबै भन्दा पहिले त सरकार अफ्ठ्यारो मा पर्ने भो किन कि दुनिया संग भिख माग्ने सबै भन्दा ठुलो मगन्ते हाम्रै देश को सरकार हो ! यो कानुन लागु भयेपक्षि अदालत मा सरकार लाइ नै उभ्याउनु पर्छ ! हाम्रा देश का प्रधानमन्त्री, मन्त्रि हरु अफगानिस्तान भ्रमण गए भने पनि आउदा एयरपोर्ट मा फलानो बाटो को लागि सहयोग मागियो – ढिस्कानो उधोग को लागि ब्यापारी लाइ लगानी गर्न भनियो भन्न भ्याउछन ! कानुन मात्रै पास होस् – सबै भन्दा पहिला यी ठुला मगन्ते लाइ जेल कोच्नु पर्छ !

    Reply
  18. Jeevan Thapa says:
    February 25, 2014 at 7:37 am

    शेरेले लास्टै हसायो बा …

    Reply
  19. aasha says:
    February 25, 2014 at 7:28 am

    गलत . पहिले गरिबी हटाउनु पर्यो नि त नेपाल सरकार

    Reply
  20. Abhi, Belgium says:
    February 25, 2014 at 5:12 am

    सरकार ले माग्यो भने कति वर्ष कैद र कति जरिवाना नि; राजनीतिक पार्टी ले माग्यो भने ………… येस्ता हावा कुरा गरेर बस्ने अनि कमेन्ट लेख्ने हामी लाइ खेद छ ;

    Reply
  21. ROSHAN ARYAL (SYDNEY ,AUSTRALIA) says:
    February 25, 2014 at 5:09 am

    नमस्कार
    नेता पनि मगन्ते हो माग्ने तरिका मात्र फरक हो
    त्यसो भय नेता ले मागे १० वर्ष कैद र १० लाख जरिबाना हो ?
    धन्यबाद

    Reply
  22. dharmendra says:
    February 25, 2014 at 5:08 am

    हा…हा….हा…
    कस्तो कस्तो नीति नियम आउला भनेको त ?
    मन्त्रालय भित्र बसेर माग्ने लै केहि नहुने रे ?

    Reply
  23. kedar says:
    February 25, 2014 at 4:13 am

    स्पेनको म्याड्रिडमा २ बर्ष अघि गोजीमा साढे सात यूरो नभएर खाने कुरा खोज्दै फोहोरको कन्टेनर खोतल्ने गरिबलाइ लाइ साढे सात सय यूरो जरिवानाको पर्ची थमाइदियेको थियो, तेही सिको गर्ने भए हाम्रा ६०१ लाहुरेले | संबिधान त बनाएर देखाउन सके पो |

    Reply
  24. jitendra bikram singh says:
    February 25, 2014 at 2:33 am

    यौता श्रीमती पनि सँगइ जान पाओनु पर्छ माग्नेलाई जेलहाल्दा ।

    Reply
  25. ashok says:
    February 25, 2014 at 2:17 am

    यो एक नम्बरको अमेरिकन-सेण्ट्रिक सेन्टिमेन्ट हो । लुटेराको खलकले मागेर खानु हुदैन । लाजमर्दो हुन्छ । सुहाउदैन । यो प्रस्तावित कानुनले यही शन्देश दिन्छ ।

    Reply
  26. nisha says:
    February 25, 2014 at 12:55 am

    कति हास्नु म त हाँसेरै मर्छु क्यारे अब अब मगन्ते ले कताबाट १० हजार तिर्नु बरु जेल मा लागेपछि त किन पो माग्नु पर्यो त खानको लागि माग्नी होला अब सरकार ले जेल मा पाल्ने भएपछि . बरु मगन्ते लै आजिबन जेल को सजाय हुनुपर्छ ताकी माग्ने ले जिन्दगि भर् माग्नु नपरोस .

    Reply
    1. Rajendra says:
      February 25, 2014 at 7:41 am

      मान्छेको खानु मात्र एक उदेश्य हुँदैन । माग्नेलाई पनि दुनियाँ देख्न मन लाग्ला । “यिनिहरूलाई आजिबन जेल को सजाय हुनुपर्छ” भनेर माग्नेहरूलाई अपहेलना नगर्नुस् । जेल कसैलाई पनि निको लाग्दैन ।

      Reply
    2. rajan says:
      February 25, 2014 at 7:45 am

      why think negative only? the another side this new law is seems to be very positive,it encourages new generation to work hard ,at the same time it also give message to whom those might be planing to make their profession as a beggar,sometime small things lead to big change,which our country needs right now

      (by the way, nothing against your comment,each individual have his/her own point of view so CHEERS)

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme