Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निकम्मा छ अमेरिकी एनआरएन

Posted on February 25, 2014February 25, 2014 by mysansar

-प्रकाश नेपाल-

nrnजब एनआरएन स्थापना भयो, मलाई अरु मित्रहरु जस्तै अति खुशी लागेको थियो। तर समय बित्दै जाँदा एनआरएन प्रति मेरो भिन्नै किसिमको धारणा बन्यो। साएद एनआरएनको स्थापना गर्दा उपेन्द्र महतोले यो सोचेका पनि थिएनन् होला कि एनआरएन धनाढ्यहरुको पेवा मात्रै हुनेछ। मलाई थाहा छ, उपेन्द्र महतोले यो संस्था यो हिसाबमा खोलेका होइनन्, पक्कै होइनन्। तर दुर्भाग्यवश यस्तै भयो। एनआरएन को रुप अहिले तेस्तै भएको छ।

अब एनआरएनको नेतृत्व कसले गर्ने भन्ने कुरा अघि अर्को प्रश्न आउँछ, तपाईसित कति पैसा छ ? अरबपति हो ? कि होइन ? होइन भने ….आ…..| (शायद तपाइँको चान्स कम छ)। मैले तपाईँलाइ यो भनिरहँदा (यदि तपाई अनभिज्ञ हुनुहुन्छ भने) इतिहास हेर्नोस्- अहिलेसम्म को को भए त एनआरएन को नेता?

ठिकै छ- यदि यो धनाढ्यहरुको मात्रै संस्था हो भने हामीलाइ अर्को संस्थाको जरुरत छ जसले विदेशमा बस्ने नेपालीहरुको नेतृत्व गरोस्। तर मलाई लाग्छ, हामीले यही एनआरएनलाई पनि बदलेर लैजान सक्छौ। राम्रो गर्न सक्छौँ …तर नेता राम्रो मनको हुनु पर्यो। मेरो भनाइ तेत्ति हो। किन हामीले एनआरएन अमेरिकालाइ अरु देशको जस्तै सशक्त बनाउन सकेनौ त ? किन ?

एनआरएन विभिन्न देशमा कसरी चलेका छन्, मलाई थाहा भएन। तर अमेरिकाको परिप्रेक्ष्यमा धेरै फरक छ। अमेरिकाको परिप्रेक्ष्यमा भन्नु पर्दा यो एनआरएन बिल्कुल निकम्मा छ..फेरि भन्छु …बिल्कुल निकम्मा छ। अहिलेसम्म मैले बुझेको त के मात्रै छु भने यो संस्थामा काम गर्नेहरु खाली (नेपालमा जस्तै) कुर्चीको लागि मात्रै संस्थाको कुर्ची ओगटेका छन्। ए बाबा, यो कुर्चीले तपाइलाई के नै गर्छ? तपाई नेपालमा गएर राजनीति गर्नेहो भने जानुस् न नेपाल मै। किन राजनैतिक पार्टीको झन्डा लिएर एनआरएनको राजनीति गर्नु हुन्छ ? होइन भने हामी जस्तै एनआरएनको पिर मर्का हेर्नुस् न ? सक्नु हुन्न भने किन कुर्ची मात्रै ओगट्ने? बस, मेरो भनाइ तेत्ति हो।

एनआरएन अमेरिकाको जन्म भएको कति भयो ? यो संस्था बारे कतिलाइ थाहा छ त ? कहिले टिका लगाएर एनआरएन को स्थापना भएको खबर आउछ, कहिले के, कहिले के ? गर्न खोजेको के हो ? हामीसित यहाँ राजनिती नगर्नुस| राजनीती गर्नुछ भने जानुस नेपाल मै। हामीसित यो गेम नखेल्नोस्। तर यो पनि सम्झनुस् कि अब नेपालमा पनि तेत्ति सजिलो छैन। नेपाली युवा धेरै जागरुक छन्। तपाई जस्ताको एकछिनमा पत्ता साफ गरिदिन्छन्।

अब एकछिन फेरि जाउँ अमेरिकातिरै। भालु भुत्ते महाशयहरु, कुर्चीको लागि महाशय नबन्नुस| गर्न सक्नु हुन्छ, टाइम छ भने गर्नुस्, नत्र हेर्नुस, अब यो एनआरएन तपाईँहरुको लागि होइन है ..चेतना भए……अबको एनआरएन सर्वसाधारणको लागि हुनु पर्छ।

46 thoughts on “निकम्मा छ अमेरिकी एनआरएन”

  1. Arjun says:
    February 26, 2014 at 7:35 am

    We do not need NRN for what??

    Reply
  2. Gaurab Nepali "Oodaaseen" says:
    February 26, 2014 at 4:51 am

    मास बेस मा भन्दा कम्युनिटी बेस मा काम गर्दा काम को प्रति फल सबैमा पुग्छ र त्यो प्रतिफल फैलिएर मास बेसम पुग्छ , चेतना भय !
    भालुभुत्ते महसयेहरुलै महसयेमै रम्न देउ किनकि जसको कुनै असर नै छैन भने चिन्ता के को लागि !
    जस्तो हावा पानि येस्तै रहन सहन ! कुनै ठाउंमा एन आर एन को आबस्येक हुन् सक्छ त कुनै ठाउँमा नहुन सक्छ !

    Reply
  3. suzee says:
    February 26, 2014 at 1:40 am

    MR PRAKASH
    विदेश जान नपाको रिस झार्दै बसे भो !

    Reply
    1. suzee says:
      February 27, 2014 at 9:20 pm

      लेखक प्रकाश नेपाल ji लै हैन ,
      कमेन्ट मा कमेन्ट गर्ने मर. प्रकाश लै गरिएको कमेन्ट हो यो ,

      Reply
  4. Rabindra says:
    February 26, 2014 at 12:13 am

    काग करुछ पेन सुघ हाम्रो औता उखान छ..किन बेकार कुरा मा तिऎम पास.. I have one opinion to all brother and sister of Nepal who live overseas..do something different you may change face of your motherland..Our country need us. We must are responsible to bring change.

    Reply
  5. शशांक लामा, न्युयोर्क says:
    February 25, 2014 at 10:10 pm

    अम्रिकाली एन आर एन निकम्मा नभएर त्यसभित्रका केहि व्यक्तिहरु निकम्मा भन्दा उपर्युक्त हुन्थ्यो की ! चन्दा उठाएर आफ्नो गर्जो टार्ने, संगठनको पैसो हिनामिना गरेर आफुलाई बहादुर ठान्ने, कामभन्दा मान बढि खोज्ने, राजनीतिक नेताहरुको तलुवा चाटने …… व्यक्तिहरु, प्रवासी संगठनमा जबसम्म भैरहन्छ, त्यो संगठन निकम्मै हुनेभयो| अमेरीका मात्र किन ? अन्य देशमा भएका नेपाली प्रवासी संगठनहरुमा पनि त्यस्ता परजिवीहरु अवश्यै होला | प्रकाश नेपालले बच्चाले झगडा गर्दा भने झैँ निकम्मा..निकम्मा त भने | तर किन र कसरी निकम्मा भनेर भन्नु छुटाएका छन्| तर निकम्मालाइ निकम्मा भनेको चाहिं स्वागतयोग्य छ!!!

    Reply
  6. dharmendra says:
    February 25, 2014 at 8:54 pm

    ” निकम्मा छ अमेरिकी NRN ”
    कुन देशको NRN ठिक छ त ?

    Reply
  7. shekhar agrawal says:
    February 25, 2014 at 8:32 pm

    मनको तितो पोख्ने आ आफ्नै सैली र कारण हुन्छन .सर्ब प्रथम त् के सोच्ने क्षमता हुनु पर्यो भने संघ सस्था मा आबद्ध हुनु भनेको नै केहि हुने र केहि समय दिन सक्ने ले मात्र हो .धनाढ्य ले मात्र भन्ने जुन आरोप छ त्यो गलत सोच को उपज मात्र हो हो पैसा नहुने ले कसरि आबद्ध हुन् सक्छ त् एन आर एन मा ?के तिको लगाएर पद चाहिने ?सरसर्ती हिसाब लागौनुस त् एन आर एन का कति वटा स्थानीय सम्मेलन हुन्छ ?क्षेत्रीय सम्मेलन हुन्छ ?अनि कम्तिमा बर्ष को एक पटक बार्षिक सम्मेलन मा नेपाल मा अन्य मुलुक पुग्नु पर्छ यसरि सामान्य हिसाब गर्दा पनि एन आर एन अधक्ष्य ले दुइ बर्ष मा २०/२५ हज्जार डलर खर्च गर्नु पर्छ त्यस पछी त्यो पद को कारण बोलाइने बिभिन्न स्थानीय कार्यक्रम मा भाग लिन जानु पर्छ अमेरिकाको बिभिन्न राज्यमा जहाँ पुर्ब बाट पश्चिम पुग्नु पर्दा ६ घन्टा को हवाई यात्रा गर्नु पर्छ त्र्यसको साथै एन आर एन अदक्ष भनेको ब्यापारी र ठुलै धनाढ्य हो ठानेर घर घर मा च्याउ झैँ उम्रेका सस्न्घ सस्था ले चन्दा मागेर त्यतिकै हैरान गर्छन त्यति सामर्थ न भएको मानिस एन आर एन मा न लागे हुन्छ “त्यसैले एन आर एन का सस्थापक अदक्ष्य महतो बारम्बार भन्नु हुन्छ काम छोडेर एन आर एन मा न लाग र एन आर एन को अबधारणा पनि ति सदस्य बाट देश मा लगानी भित्र्याउने हो पैसो नहुने ले के गर्ने किन लाग्ने त् ?टाढा बसेर आलोचना गर्न सजिलो हुन्छ सस्थामा प्रवेश गरेर हेर्नु पर्छ गुदी कुरो थाहा हुनु पर्छ अनि जे बाके पनि हुन्छ ?

    Reply
  8. ekraj says:
    February 25, 2014 at 7:51 pm

    यो एन आर एन भन्ने हरुको झुण्डहरु, धेरै जसो विदेश मा बसेर नेपालकै फोहोरी र भ्रस्ट राजनीति गरेको जस्तो लग्दछ|
    एउटा कुरा भने प्रस्ट छ, इनिहरु नेपाल र बाहिर दुवै ठाउमा दलाली को साथै नेपाली लै नै ठगेर, नेपाली सगै बिबसताको पैसा चुसेर धनि भएका छन्|
    त्यो कानुनी दायेरा भन्दा बाहिर को कमाई मा धनि भएर उल्टो धाक भने निकै दि इ राखेको देखिन्छा यिनी मदयेका धनि हुं भन्ने हरुले |

    Reply
  9. kedar says:
    February 25, 2014 at 6:43 pm

    तपाइको अम्रिकाको मात्र होइन हाम्रो, उसको, तेस्को सबैको खाडी, युरोप, अष्ट्रेलेएसिया सबै तिरका एनआरन उस्तै उस्तै हुन् हात्ती र हात्ती छाप चप्पल जस्तै

    Reply
  10. Bishwas says:
    February 25, 2014 at 2:00 pm

    संसथाको सतित्व सिकागो सहर मा त मैन बत्ति बालेर हेर्दा नि देखिन मैले त !

    Reply
  11. bimal says:
    February 25, 2014 at 1:10 pm

    मेरो बिचारमा एनआरएन वनेको आफैले आफु लै मैहु भन्ने आफनो बखान आफै ले गर्ने टाप टिपे नेतागिरी गरेका र आदत परेका धुर्त बुहासा हरु बा अरुलाई युज गरेर फाइदा लिने सस्था मात्र हो…

    Reply
  12. Jyoti Shrestha says:
    February 25, 2014 at 12:27 pm

    निकम्मा र बेकम्मा त थाहा छैन, तर त्यस्तो थाहा पाउने गरी विदेशमा बस्ने आप्रवासी वा गैह्र आप्रवासी को लागि NRN ले काम गरेको पनि थाहा छैन। सायद मलाई मेसो नभएर पनि होला। र सम्बन्धित हरुबाट पनि मेसो जगाउने वा एउटै राज्य वा शहर भित्र छरिएर बसेका नेपालीहरुलाई communicate गर्न नसकेर पनि होला। कहिले kaahi अन्लाईन समाचार सुनिन्छ १५,२० जनाको भेलामा एकार्का प्रती भनाभन र भाषाणबाजी। अहिले त NRN को चुनाव हुँदैछ भन्ने सुनिन्दैछ। तर उम्मेदवारीको criteria के हो , भोट दिनेको criteria के हो केही थाहा छैन। भोट हाल्नको लागि त अस्ती मात्र न्युयोर्क मा बस्नु हुने सशांक लामाजी ले लिंक paste गर्नु भएर थाहा भो। यहाँ कतिपय नेपालीलाई NRN को बारेमा थाहा छैन, कती लाई थाहा भएर पनि चासो छैन। किनकी हामी विच communication को ठुलो ग्याप छ। जेहोस् , NRN सीमित व्यक्तिहरुको लागि मात्र राजनिती गर्ने संगठन नबनोस, विदेशमा रहनु हुने सम्पूर्ण नेपाली हरुलाई समेट्न सकोस। अन्लाईन अपडेट भईनरहने हरुलाई पनि समेट्न सकोस। अहिलेलाई म यतिनै कामना गर्न सक्दछु।

    Reply
  13. Aayush says:
    February 25, 2014 at 11:47 am

    खोइ हामी नेपाल मा भएका लाइ त कुनै एन आर एन पनि गतिलो छ जस्तो लाग्दैन …………वर्ष मा एक पटक आयो दुइ चार जना लाई रेड लेबल ख्वायो अनि खोक्यो म यस्तो गर्छु उस्तो गर्छु अनि गयो नामो निसान छैन

    Reply
  14. डिल्ली says:
    February 25, 2014 at 9:06 am

    धनीहरूले सङ्गठित रुपमा विदेशी मुद्रा नेपाल भित्र्याउन र जति धनी वा प्रतिष्ठाको कुरा गरे पनि विदेशमा त्यो कम सम्भव भएबाट नेपालमा पनि नाम कमाउनकालागि नै एनआरएन गठन गरे होलान् । तर यो संस्थाको नाममा पनि राजनीति गरेर देश फर्केपछि सभाषद पढ्काउने संस्थाकारुपमा हानथाप गरे जस्तो लाग्छ । कतिपय देशमा एनआरएन अवैधरुपमा ती देशमा बसेकाहरूको हालिमुहाली छ । को बस्ने भन्ने लुछाचुडी भैरहेजस्तो लाग्छ । स्वतन्त्र र कम आय हुनेलाई समेट्न एनआरएनले पनि कुनै प्रमुख भूमिका खेले जस्तो लाग्दैन । केही देशकाले आपतमा परेका नेपालीलाई सहयोग गरेको पनि देखिएको छ । कहाँ कस्ताको हातमा कुर्सी छ त्यसैमा कस्तो काम गर्ने भन्ने हुन्छ क्यारे । स्वदेशमा राजनीति र एनआरएनको हावाले नछोएकै वेश होला ।

    Reply
  15. योगेश आदी says:
    February 25, 2014 at 7:48 am

    लेख लेख्दा अलिकति सम्बद्ध तथ्यहरु, कुन कारणले ? कसको कारणले ? कस्तो हुनुपर्ने हो ? किन हुन सकेन ? कमजोरीहरु के के हुन् ? आदि कुराहरुलाई उल्लेख गरेर जानकारी मुलक वा अलि रोचक बनाएर पो लेख्नु पर्छ त ! ~ कत्रो जोशमा गतिलै झापड दिएछ क्यारे; भनेर पढेको… चिलाई नै नमर्ने गरि कन्याएको जस्तो मात्र भो !!

    Reply
    1. Susheel says:
      February 26, 2014 at 5:09 am

      अति राम्रो कमेन्ट गर्नुभो | कुनै तथ्य छैन, कुनै लजिक छैन, कुनै उदाहरण छैन, कुनै रेफरेन्स छैन, मात्र सब्द जन्जाल, अनि मुढे बल | माइ सन्सार को सुहाउने स्तर पुगेन यो लेख को |

      Reply
  16. pradip says:
    February 25, 2014 at 6:54 am

    अस्ट्रेलियामा पनि उही ताल हो….एउतै मान्छे ले कुर्सि वोगतेको छ. यो कुर्सि भन्ने चीज नै येस्तै रेछ.

    Reply
  17. Hillman Myagdi says:
    February 25, 2014 at 5:13 am

    बेलायतमा त झन संसारमा कतै नभएको एक अवाधीका लागी दुई वटा अध्यक्ष छन् रे|

    Reply
  18. MIngma T sherpa says:
    February 25, 2014 at 4:11 am

    यहाँ अमेरिकामा भएको एनआरएन नाम मात्र हो!!!!काम केहि छैन , केहि काम गरेको छैन र गर्ने वाला पनि छैन/ यो त यहाँ म एनआरएनको फलाना पदमा छु भनेर गफ दिने मासला मात्र हो / के भने खै अमेरिका जस्तो ठाउमा आएर यहाँ बसेको पनि जीवनको आधा जुनी भै सकेको एनआरएनको नेताहरु मानसिकता नेपालको फोहोरी राजनीति गर्ने नेताको जस्तै छ/ जबसम्म यो फोहोरी राजनीतिको मानसिकताबाट बाहिर आउदैन तबसम्म एनआरएनले बिदेशमा भएको नेपालीको हात हितको लागि काम होइन मानसिक पिडा चाही पक्का दिन्छ!!!

    Reply
  19. Manoj says:
    February 25, 2014 at 3:37 am

    अमेरिका को मात्र हैन nrn को काम कुनै देस मा पनि chaina

    Reply
  20. Sandesh says:
    February 25, 2014 at 3:08 am

    अमेरीकामा बस्ने नेपालीमा पनि नेपालको माया छ. माया भनेको जोख्ने चिज हैन. एन-आर-एन भन्ने चरो हो कि फ़ट्याङ्ग्रो त्यो चाहि थाहा भएन, केहि काम गर्यो भने थाहा पाइएला कि? अहिले सम्म त कुनै काम गरेको सुनेको छैन.

    Reply
  21. ashok says:
    February 25, 2014 at 2:57 am

    बिस बर्ष पहिले विदेश जाने नेपालीलाई नेपालमा हेर्ने दृस्ट्रिकोण एकदम फरक थियो । उनीहरुले जता पनि सम्मान पाउथे । उ बेलाका नेपालीहरुको देश्प्रतीको माया मनमा गाडीएको हुन्थ्यो । उनीहरु आफ्नो देशको बारेमा अहिलेका नेपालीहरु जस्तो आफुले गर्ने नसक्ने कुरा बोल्दैन थिए । बिदेशमा सिकेको शिप आफ्नो देशमा फ़र्केपछी प्रयोग गर्थे । लाहुरेहरुको जीवन शैलीमा यो लक्षण यदाकदा पाउन सकिन्छ ।

    आज समय बदलीएको छ । अहिले विभिन्न बाहना बनाएर नेपालीहरु देश विदेशमा छरिएर बसेका छन् । त्यसमध्ये कोहि शरणार्थी भएर गएका छन् । कोहि दलाल मार्फत बेदेश पुगेका छन् । कोहि नक्कली बिबाह गरेर उतै बस्ने कागज बनाएका छन् । हो, यहिँ समुह हो नेपालको अनुहार फेर्नु खोज्नेहरु ।

    विश्व श्रम बजारमा नेपालीहरु सस्तो मजदुर मात्र होइन, कम शीप र दक्षता भएको जनशक्तीमा पनि पर्छन । तपाई लन्डन जानु भयो भने नेपालको सहसचिब चौकीदार गरिरहेको देख्नु हुन्छ । ईण्डीयाबाट युरोपमा अध्यन गर्न गएको बिद्यार्थी केहि नभएपनी सुपरमार्केटमा सेल्स्म्यन काम गरिरहेको हुन्छ, तर अधिकांस एनआरएनहरु कि त क्लिनीङ् कम्पनीमा काम गरिरहेका हुन्छन कि रेस्टुरेन्टमा भाडा माझ्ने काम गरिरहेको हुन्छन । एकादुई बाहेक आफु पालिनको लागी जागीर खोज्ने ढङ्ग पनि अधिकांससंग छैन ।

    हो, यहिँ कम योग्यता र दक्षता भएको नेपालीहरु हुन् जो देशको अनुहार एनआरएन मार्फत परिबर्तन गर्छु भन्नेहरु । एकादुईको कथा फरक होला, तर मजोरिटीहरु मैले यहाँ उल्लेख गरेको यही बर्गमा पर्छन । यो बर्गका एनआरएनहरुलाई न आफ्नो देशको माया छ, न देशमा बिकाश गर्छु भन्ने भित्री मन नै छ । देशको माया हुनेले बिदेशी पासपोर्ट कुनै हालतमा लिदैनन । आफू जन्मिएको थाकथलो बेचेर उतै जादैनन् । एकादुई बाहेक अधिकांस नेपालीहरुले विदेशमा पनि आफ्नै नेपालीलाई ठगेर आफू उभो लागेका छन् । अब एनआरएनबाट के आश गर्ने? विदेशमा बस्ने अहिलेका नेपालीहरूलाई देख्दा मलाई त एक किसिमको घृणा उत्पन्न हुन्छ । एकादुई देखी बाँकी सब- बेशरम र दलालको जमातहरु ।

    Reply
    1. Ratna Thapa Magar says:
      February 25, 2014 at 7:57 pm

      हो पक्कै लाहुरेले गरेका छन् केहि डुबाइयेको पनि छन्, मेरो एकजना मित्रले {Nursing Home खोलेको दुइ वर्षामा Docter Nurse , share Holders हरुनै पैसा कुम्लायेर टाप बिचरा मेरो साथि अहिले बिजोक, UK को residency पनि हापेर नेपालमा, हुनुहुञ्छ !!

      Reply
    2. bimal says:
      February 25, 2014 at 9:49 pm

      ए हो र ? हाम्रो सोचको स्तर कहिले सम्म यस्तै रहने होला ?

      Reply
    3. cRIS says:
      February 27, 2014 at 5:09 am

      मुख्य लेखले भन्दा त तपाईको पोस्टले पो गतिलो कुरो दियो! यो कुरो असत्य होइन भन्ने लागेको छ| धन्यबाद|

      Reply
  22. prakash_Edm_Canada says:
    February 25, 2014 at 2:39 am

    Your are not giving any objective facts to explain why US NRS is worthless. You are telling your personal subjective feelings. Plus, people who are rich generally they MAY be more educated and wants to do something plus May wants position- what’s wrong with it. MAY be poor nepali are busy working 12 hours shifts and not wanting to be involved there. Also NRS is not rich people’s organization— it is your and our. You have right to get in and change whatever you like. But you must be constructive, meaning give example how they need to improve and how you suggest. Just complaining is not good idea. FIY – personally I am not interested NRN I also sometime thinks like your. Could be true.

    Reply
  23. Mahesh S says:
    February 25, 2014 at 2:09 am

    NRN मा को सद्श्ये हुने र एस्को मुख्ये काम के हो भन्ने कुरा सधैं नै अस्पस्ट छ। वास्तव मा हुनु पर्ने, NRN भनेको बिदेश मा बसेर नेपाली नागरिकता त्यागेर बिदेशी भै सकेको नागरिक हो। र NRN सस्था भनेको जो सँग अब नेपाली नागरिकता छैन तर नेपाल मा केही गर्न चाहन्छ तेस्ता नेपाली हरुको सस्था हो। सानो तिनो सहयोग गर्न (जस्तै रबिन्द्र मिश्र को परोपकरी सस्था लाई donation दिन, आमा घर लाई donation दिन, बाल्घर लाई donation दिन यो सस्था को जरुरत छैन। एस्तो शहयोग गर्न धेरै नेपाली सस्था हरु खोलिये कै छ। NRN सस्था भनेको अली ठुलै किसिम को लगानी गर्न लाई हो। अब लगानी नै गर्ने भये पछी धन त हुनु पर्‍यो। तेसैले कोइ धनाध्य एस्को प्रमुख हुनु कुनै अस्वभभिक हैन। मेरो आग्रह : १) एदी तपाईं green card, PR holder हो भने NRN तिर नलाग्नुस्. काम्दार, विद्यार्थी हरु को त केही काम नै छैन। पढ्नुस् अनी पढाई सके पछी मन छ भने देश फर्केर सेवा गर्नुस् , केही कुरा ले छेकेको छैन । २) तपाईंले नेपाली नागरिकता त्यागेर बिदेशी भइ सक्नु भएको छ , तर तपाईं अझै जिबन धान्न पैसा कमाउन संघर्शरत हुनु हुन्छ र नेपालमा अरु नेपाली को लागि ( आफ्नो परिवार हैन) लगानी गर्न सक्ने हैसियत मा पुग्नु भएको छैन भने तपाईंहरु नि एस मा नलाग्नुस् । तपाईं हरु तेस्मा लाग्नु भनेको काम कुरो नगरि भाडा भैलो मचाउने मात्रा हुन्छ । नेपाल मा बाढी पीडित लाई सहयोग गर्नु पर्यो एसो १००-२०० डलर दिनुस् भन्यो भने तपाईं हरु पछाडि को ढोका बाट टाप कस्नु हुन्छ आथबा आल्टाल् गर्नु हुन्छ । पहिला आफुलाई सम्द्रिद्ध बनाउनुस् अनी देश लाई वास्तविक रुप मा तपाईंले नि केही योग्दान गर्न सक्नु हुन्छ। ३) तेसैले तपाईं नेपाली नागरिकता त्यागेर बिदेशी नागरिकता लिसक्नु भएको छ र तपाईंले एथेस्थ कमाएर देश मा केही लगानी गर्न हैसियत बनाइ सक्नु भएको छ भने मात्रा NRN तिर लाग्नुस्। एस्तो भो भने बल्ल NRN सस्था को उदेश्ये पुरा हुन्छ।

    Reply
    1. prakash says:
      February 25, 2014 at 2:29 pm

      महेशजी को कुरामा म एकदम समथ छु | यो NRN भन्ने संस्था त, धनिहरुले नै चलाउने संस्था हो, तर समस्या चै विदेशमा बस्ने नेपालीहरु धनि नहुनु हो | येस्मा लाग्नेहरु विदेशमा सम्ब्रिद्द भएर आफ्नो देशलै योगदान दिन चाहना हुने हरु हो |
      यो labor काम गर्न गएका मान्छे हरुको संस्था होइन, जो आफै गरिब छ उसले कसरि अरुलाई सहयोग गर्छ? जो संग रेसिदेन्त-परमिट छैन र illegally ८-९ वर्ष , इन्डियन, पाकिस्तानी को रेस्तुरन्तमा काम गर्दै छ उसले NRN को द्यान्ग्रो बजाउनु राम्रो हुदैन |

      Reply
  24. Bibek says:
    February 25, 2014 at 2:03 am

    प्रकास जी
    अति राम्रो बिशय लाई लिएर छोटो भए पनि कुरा उठाउनु भएको मा धन्यवाद. कुरा एकदमै सहि हो. NRN अमेरिका ले के गर्छ त्यो चाँही मलाई थाहा छैन. तर छिटै येस्को चुनाब हुँदै छ रे. एक दुइ दिन अघि एक जना चिर परिचित दाई ले इमेल गरेर ये ल छिटो NRN सदस्यता लिनु है भनेर भन्नु भयो. कुरा के परेछ भने उहा पनि NRN को अधछ्य मा उमेदवारी दिने तयारी मा हुनु हुँदो रहेछ. अहिले पनि येस्तै नेपाली कै नाम मा खोलिएका सस्थाको अधछ्य नै हुनुहुन्छ. त्येसको अबधि दुइ बर्सको मात्र रे, जुन येस वर्ष सकिने रे, अनि त्यसै खाली बस्नु भएन. नेपाल कुर्सि को लोभ ले बिग्रियो भनेर हल्ला गर्ने हरु. लाभ नै नभएको पद का लागि त येति ठुलो कसरत, अर्का एकजना जो एक दुइ वर्ष अगाडी येही नेपाली सस्थाको अधछ्य हुनुहुन्थ्यो अहिले Federation Of Nepali Association in USA खोलेर अझ सबै भन्दा माथि अधछ्य हुने कसरत मा हुनुहुन्छ. यो बुझी नसक्नु.

    Reply
  25. Shibaman says:
    February 25, 2014 at 1:55 am

    गतिला कि अगतिला NRN मा नेपाल मा जस्तै पार्टी का मान्छे त छन्! पहिला नेपाली कोङ्ग्रेस्स र एमाले थिए पहिले ,अहिले cash र द्याश पनि थपेको छ! कसले कसरी जित्ने NRN चुनाब मा धाधली कसरी गर्ने सबै हुन्छ सबै छ अरब पति करोड पति झिना मसिना ब्यापारी डाक्टर इन्जिनीर दलाली यहिँ छ. ठेट नेपाली र नेपाल को माया छैन अरु सब छ NRN मा!

    Reply
    1. Suman Bjra. says:
      February 26, 2014 at 4:50 pm

      नेपाली राजनति गर्नेहरु सबै जनवार को सन्तान भयको ले जुन देशमा गएपनि N R N को संस्थान खोलेर म यहाँ छु भनेर फुर्ति देखाउने मपाई बन्नु पर्नेहरु को जमात हो/ , तेस्तै राजनीत पार्टी खोलेर पनि कोहि नेपाली लाई केहि आपति पर्यो भनेसहयोग गर्नु सत्ता बेपता हुने ब्यकितहरु हुन् / फोन मा मलाई फुर्सद छैन भनेर फोन नउठाउने जात हो / लेखावति मा केहि कुनै पनि नियेम यो देशको यो छ भनेर उलेख्स सम्म गर्नसक्दैन /के को बोदिक जगत् भन्ने एस्लाई /यो त ती व्यक्ति हरु को जमात हो जस्तै नेपाल को नेताहरु ले भासन दिएको जस्तै काम गर्नु पर्यो भने पन्चाती सासन को झालजेलको र खुतता तानातान आज को यो पनि लोकतन्त समाज मा /लोकतन्त्र सभ्यता को परिचये दिन नसक्ने नेताहरुको जमात हो / देशको स्रमिक विदेश मा बेचेर श्रमिक देखि सिपाई तर देशको लागि उधोग धराशि गर्ने बोदिक जगत लाई बेकाम बनउने जनवार नेताहरु जन्मने देश नेपाल हो / येही राजनीति को पुचरेहरु ले चलुने पार्टीहरु बिदेशम तेस्तै N R N पनि उहिरूप हो /

      Reply
  26. Shankar says:
    February 25, 2014 at 1:49 am

    नेपाल तिर टाप टिपे नेतागिरी गरेका र आदत परेका धुर्त हरु बा अरुलाई युज गरेर फाइदा लिने को लागि हो येन आर येन |

    Reply
  27. Ram says:
    February 25, 2014 at 1:44 am

    यो NRN भनेको के हो । के यो बिदेश मा बसेर काम गर्दै आयका हरू पनि पर्छन कि बिदेसी पासपोर्ट भयका हरू पर्छन !

    Reply
    1. Samjhana says:
      February 25, 2014 at 2:43 pm

      NRN भनेको Non Returning Nepalese हरु हुन्, किन भने उनीहरुलाइ No Return Necessary नेपाल फर्कन लाइ |
      NRN भनेको E-mail गर्दा पनि “No Reply Necessary” भनेर reply नगर्ने हरु |
      NRN भनेको “Not Right Now” भन्दै केहि न गरिकन बस्ने हरु |

      Last but not the least:-
      NRN भनेको “Nikamma Ra Nalaayak” हो |

      Reply
  28. निमेष says:
    February 25, 2014 at 1:14 am

    एनआरएन हरू अधिकांश निकम्बा नै छन्, त्यसोत मलाइ विश्वभरिका एनआरएन थाहा छैन र पनि भन्छु, नेपालीलाइ विदेशमा पनि राजनिति गर्न माहिर थलो हो एनआरएन । संसारका अरूदेशका मानिसहरू पनि विदेशबसेका छन्, भारत नै पनि छ, तर खै ती देशहरूका नेपाली एनआरएन जस्तै एनआर ……… हरू ?? काँहि नभाकाे जात्रा हाडि गाँउमा, कहिल्यै सुध्रदैनन् नेपालीहरू, जहाँनै बसेपनि नेपाली सस्कृति, नेपाली राम्रा कुराहरू जुन जोगिनु पर्नेहो त्यो चै विर्सन्छन्, छिटै अन्यमुलुकका स्वतन्त्रताका कुराहरू, मोजमस्ति हरू सिकिहाल्छन् तर जति नै विदेश बसे पनि नेपाली खुट्टा तानातान, देखावटी पन, रिष, फोहोर राजनिती, यस्ता कुरा चाँहि कहिल्यै छाड्दैनन्, अनि अरूबाट सिक्नुपर्ने अनुशाषन, सम्मान, मेहनत कहिल्यै सिक्दैनन्, अपवाद छन् तर अधिकांश उहि हो । सत्यकुरा भन्यो भने गोर्खे रिष देखाउछन्, स्विकारेर अगाडि बढ्नुकाो सट्टा जसले यो कुरा उठाउछ उसैलाइ नानाथरि भन्न सबै एकजुट हुन्छन्, खेल होस्, शैलि होस् कहि बेइज्जत गर्न नछाड्ने भए । कति राम्रा गीतहरू छन् – बाच्नुनै छ यदि भने बाँच नेपाली भइ, रामकृष्ण ढकालको गीत छ – बिहान उठ्ने बित्तिकै,,,, जसमा लेखिएकाो छ, जहाँ नै पुगे पनि नेपाली भेट्न पाइयोस्, नेपाली भन्न पाइयोस्, । इच्छा कबितामा पनि छ, मरेपछि त्यहि ठाँउमा पुगियोस जहाँ मरेका सबै नेपालीहरू जन्मिएका छन् ।
    तर विदेशमा, नेपालमा अधिकांस नेपालीको ताल हेर्दा, सकेसम्म नेपालि नभेटिए हुन्थ्यो नजिक नबस्दिए हुन्थ्यो भन्ने मात्र हुन्छ, यसको समुहगत उदाहरण हो एनआरएन ।

    Reply
  29. aakash says:
    February 25, 2014 at 1:00 am

    म पनि एनआरएन को फेन चै होइन तर यो लेखले कुन बास्तबिकता बुझाउन खोज्य हो त्यो चै स्पस्ट भएन/ लेखक महोदय अलिक स्पस्ट गरि लेखिदिए बुझ्न सजिलो हुन्थियो कि/

    Reply
  30. Ram B Adhikari says:
    February 25, 2014 at 12:48 am

    जति यूरोपियन मुलुक जापान क्यानाडा ऑस्ट्रेलिया कोरिया र अरब मुलुकमा बस्ने नेपाली (एनआरएन)मा नेपाल र नेपाली प्रति माया छ तेती अमेरिका बस्ने नेपाली (एनआरएन)मा छैन।

    Reply
    1. नेपाल बहादुर शिंह says:
      February 25, 2014 at 1:30 am

      खबरदार राम ,यो कुरा सरासर झुटा हो!युरोप अमेरिका,जापान,कोरिया,अस्ट्रेलिया ,क्यानाडामा र अरव मुलुकमा बस्ने नेपालीहरुमा केहि भिन्नता छैन!सबैको शरीरमा नेपाली रगत बगेको छ !खबरदार मनपरी बोल्न पाइन्दैन !

      Reply
    2. ashok says:
      February 25, 2014 at 2:47 am

      अझ सच्याएर भन्दा, खाडीको तातो घाममा दिनभरी डढेर काम गर्ने नेपालीलाई नेपालको माया अझ बढि लाग्दो हो /

      Reply
      1. dharmendra says:
        February 25, 2014 at 8:50 pm

        देश को माया त तिनमा छ / जो नेपाली बिदेशमा NRN बाट ठगिएका छन्

        Reply
    3. suzee says:
      February 25, 2014 at 4:26 pm

      साथी हो मेरो व्यक्तिगत अनि अति व्यक्तिगत विचार मा चाही देश बाट टाढा बसेका हरु लै देश को धेरै माया लाग्छ अनि के गरेर कसो गरेर देश राम्रो गर्न सकिन्छ भन्ने चिन्ता हुन्छ ,

      कुरो सिर्फ दुरी को हो !

      नजिक को देउता हेला भन्या जस्तो !!!

      Reply
    4. prakash says:
      February 26, 2014 at 12:17 am

      आफ्नो देशमा केहि छैन र गर्न सकिदैन भनेर, विदेशमा चै हरिओ काक्रो खान जानेले येअस्त फुस्र देश भक्तिका कुरा नगरौ | कुरो होइन काम गरेर देखाउनु पर्छ, तपैहरु जस्ता गफले नेपाललाई सिङ्गपोरे र स्वित्ज़र्लैंड बनाउने हरु नेपालमै बिग बिगी छन् |

      देशको भन्दा पनि आफ्नो माया गरौ ऐले, विदेशमा मेहनत साथ् पैसा कमाएर वा पढेर आफ्नो इस्थिती दरो बनौ अनि देशको चिन्ता गर्नु | देश बनाउन पैसा र आट चाहिन्छ, त्यो भएन भने गफ गरेर, विदेशमा काममा दुख हुदा नेपालको माया लाग्ने, अरु बेला चै नेपाललाई बिर्सिने !!

      Reply
      1. suzee says:
        February 26, 2014 at 2:31 am

        ####देश बनाउन पैसा र आट चाहिन्छ, त्यो भएन भने गफ गरेर, ####लम्बे तान गफ , कमेन्ट माथि कमेन्ट गरेर अरुलाई अर्ति दिनु भन्दा कृपया आफ्नो चिन्तित अनि कुण्ठित मानसिकता को उपचार गरे हुन्छ ,
        जस्तो आफु उस्तै च्यापु नदेखुम , mr . प्रकाश येदि तपाई यो लेख को लेखक पनि हो भने निम्नलिखित :
        १, सबै जना आफ्नो देशमा केहि छैन र गर्न सकिदैन भनेर,विदेश लागेका हुदैनन् ,
        २. फुस्रो देश भक्ति हैन this is reality ,
        ३, नेपाल मा ब्रस्ट नेता को पछि लागेर कुरो मात्र गरेर हिड्ने लै तपाइको तर्क ठिक होला
        ४, विदेश मा बस्ने सबैजना को इस्थिती खराब छैन,

        P .S यूरोप मा बसेको अनि राम्रै पोस्ट मा बसेर काम गरेको दसक बित्दा पनि NRN को सदस्यता लिन जरुरि नठान्ने म जस्ता धेरै छन् , तेसैले Mysansar मा कमेन्ट लेख्ने हरु
        सबैलाई गरिब, दिन दुखि, सरनार्थी, देश बाट जसरि हुन्छ विदेश भासिने अनि निम्न स्तर को होलान भनेर नसोचे हुन्छ ,
        मानिस भएर मानिस को इज्ज़त गर्न सिकौ , नकि अनेक तर्क बितर्क गरेर आफ्नो अनि अरुको समय बर्बर गर्ने कोशिश ठिक हैन.

        Reply
        1. Prakash Nepal says:
          February 26, 2014 at 8:23 pm

          suzee जी
          यो माथिको COMMENT लेख्ने र लेखक प्रकाश एउतै होइनन.

          Reply
          1. suzee says:
            February 27, 2014 at 8:42 pm

            जानकारी को लागि धन्यवाद, लेखक प्रकाश नेपाल जी ले लेखेको कुरो सान्दर्भिक अनि ठिक हो !!!

            Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme