Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति कार्यालयको गाइजात्राः सभामुखको शपथ कात्तिकमा भएको रे, त्यतिखेर त चुनावै भा’को थिएन

Posted on February 24, 2014February 25, 2014 by Salokya

kartik अस्ति हाकाहाकी प्रधानमन्त्री सुशील कोइरालाले संसदलाई ढाँटेको आरोप लाग्यो- राष्ट्रपतिले कुनै निर्देशन दिएका छैनन् भन्दै। तर राष्ट्रपति कार्यालयको साइटमा भने सात बुँदे ‘यो यो गर्नू’ भन्ने लेखेको विज्ञप्ति बाकाइदा राखिएको थियो।

देशको सर्वोच्च व्यक्ति राष्ट्रपतिको कार्यालयको साइटमा त्यो मात्र हैन, अरु गलत जानकारी पनि प्रशस्तै रहेछन्। तपाईँलाई थाहा छ कि छैन पहिले सभामुख सुवास नेम्वाङको शपथ ग्रहण भयो कि प्रधानमन्त्री सुशील कोइरालाको ? पक्कै पनि सुशील कोइरालाको। तर राष्ट्रपति कार्यालयको आधिकारिक साइट भन्छ- नेम्वाङको पहिले भयो। नेम्वाङको शपथ कात्तिकमै भएको हो अर्थात् २०७०/७/७ मा। यो भन्दा अनौठो कुरा अरु के हुनसक्छ ? कात्तिकमा त संविधान सभाको निर्वाचन समेत भएको थिएन। मतदान त मंसिर ४ मा बल्ल भएको हो।

हेर्नुस् राष्ट्रपति कार्यालयको साइटमा के लेखिएको छ-
kartik

त्यसैगरी राष्ट्रपति कार्यालयको साइटलाई मान्ने हो भने त प्रधानमन्त्रीको शपथ भएकै छैन रहेछ। आज बल्ल फागुन १२ गते हो। तर साइटमा लेखिएको छ- सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले मिति २०७०/११/२८ गते मङगलबार राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहकाबीच व्यवस्थापिका–संसदबाट नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री सुशील कोइरालालाई पद तथा गोपनीयताको शपथ गराउनु भयो।

अर्थात् फागुन २८ गते। राष्ट्रपति कार्यालय त टाइम ट्राभल पनि गर्न सक्ने रहेछ। समयभन्दा अगाडि फागुन २८ गतेमा पुगेर शपथ ग्रहणको फोटो खिचेर ल्याएर राख्न भ्याइसक्यो।

हेर्नुस् के लेखिएको छ-
fagun28

आधिकारिक विज्ञप्ति र जानकारी हुनुपर्ने राष्ट्रपति कार्यालयको साइटमा यस्तो हचुवा र गलत अनि दुनियाँ हँसाउने जानकारी कसले राख्यो ?

कतै प्रधानमन्त्री सुशील कोइरालाले सही बोलेका त हैनन् ? त्यो सात बुँदे निर्देशन पनि उनलाई दिएकै हैन, साइटमा यत्तिकै कसैले हालिदिएको त हैन ?

10 thoughts on “राष्ट्रपति कार्यालयको गाइजात्राः सभामुखको शपथ कात्तिकमा भएको रे, त्यतिखेर त चुनावै भा’को थिएन”

  1. prashantchalise says:
    February 25, 2014 at 2:01 pm

    टेन्डर राखेर वेब मास्टर / आइटी इन्जिनियर पदपूर्ति हुने देश मा एस्तो हुनु त स्वाभाविक हो नि 🙂 न पत्याए एक पल्ट लोक सेवा आयोग लाइ सोध्नु !! 🙂 कति हास्नु 😛

    Reply
  2. Sisir says:
    February 25, 2014 at 1:25 pm

    कुन सरकारी कार्यालयको साइट गतिला छन् र , रास्त्रपतिको कार्यालय अपबाध हुनु ?

    Reply
  3. RAJ says:
    February 25, 2014 at 12:11 pm

    कांगेशको कठपुतली को काम नै यस्तौ हुन्छ के गरुन ! कसैलाई काममा रुचि छैन होला जस्तॊ छ कठपुतलीहरुलाई

    Reply
  4. हरि हर शर्मा says:
    February 25, 2014 at 9:31 am

    लौन कसैले यिनीहरु लाई सम्झी दिउँ / गाइजात्रा श्रावन भदौ तिर हो / अझै ६ महिना छ /

    Reply
  5. Bishnu Adhikari says:
    February 25, 2014 at 9:09 am

    जाँडको तालमा काम गर्छन क्याहो रास्ट्रपति कार्यालयका web मास्टर .

    Reply
  6. Mk says:
    February 24, 2014 at 10:15 pm

    कलियुगे ‘राम राज्य ‘ मा येस्तै २ हुने होला , सधै यादव रात्री वाला गाइजात्रा/.

    Reply
  7. shankar says:
    February 24, 2014 at 9:59 pm

    यस्तो महान गल्ति राष्ट्रपति कार्यालयको

    Reply
  8. jitu says:
    February 24, 2014 at 9:57 pm

    यी प्रबक्ता, निजि सचिब र IT वालाहरुलाई नेपाली आउन्दैन जस्तो छ, बिशेष कक्षा चलाउनु पर्ने हो कि उहाँ हरुको नेपाली सुधार गर्न

    Reply
  9. Rai, Narhang says:
    February 24, 2014 at 7:05 pm

    यो त अती भयो, लाज मर्दो काम सदा सदाको लागि बन्द गरौँ

    Reply
  10. Aayush says:
    February 24, 2014 at 5:23 pm

    ए ………….शिवरात्रि आयो रास्ट्रपति ज्यु ले आफ्ना कर्मचारी हरु लाई “गाँजा-पार्टी” दिएछन क्यार !!!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme