Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पारस भन्छन्- मलाई यस्तै लाइफ ठीक छ

Posted on February 22, 2014February 22, 2014 by Salokya

20140222-123120.jpg
लामो समयदेखि थाइल्यान्डमा बसिरहेका पूर्व युवराज पारस शाहलाई आफ्नो उपाधि गुमेकोमा कुनै दु:ख छैन। हिमालय टिभीसँगको कुराकानीमा उनले भने, म पहिलेदेखि यस्तै मान्छे हुँ। मलाई फ्री लाइफ नै मन पर्छ। म खुशी छु।

20140222-123140.jpg

“म त्यो ठाउँमा बस्न भनी जन्म्या पनि हैन, म पहिलेदेखि नै यस्तै छु, मान्छे यस्तै हो म। त्यो त दरबार हत्याकान्डपछिको परिस्थितिका कारण भएको हो,” युवराज पदप्रति उनले आफ्नो धारणा बताए।

बुबा,आमा, पत्‍नी र छोराछोरीलाई त्यागेर एक्लै प्रेमिकासँग थाइल्यान्डमा बसिरहेका पारस अन्तर्वार्ताको भिडियोमा फिट एन्ड फाइन देखिएका छन्। पोहोर उनी मृत्युशैय्याबाट फर्केका थिए। यसमा नेपालीहरुको प्रार्थनाको हात रहेको भन्न छुटाएनन् उनले।

20140222-123150.jpg

थाइल्यान्डमा नेपालीहरु भेट्दा वा नेपाली क्रिकेट टिम खेल्न आउँदा उनी भेट्न जाँदा रहेछन्।

20140222-123202.jpg

‘मलाई यस्तै लाइफ ठीक छ, एज अ फ्रि म्यान- यही लाइफ ठीक छ जस्तो लाग्छ,’ पारस भन्छन्।

20140222-123210.jpg

पारससित हिमालय टिभीले गरेको कुराकानीको भिडियो-

24 thoughts on “पारस भन्छन्- मलाई यस्तै लाइफ ठीक छ”

  1. Jivan Naubhag says:
    March 17, 2014 at 11:20 pm

    This is a personal life.He is a human being also.He has aright to live where he wants.

    Reply
  2. पियुष प्रधान says:
    February 27, 2014 at 5:52 am

    नकच्चरोपन को औषधि छैन भनेको यही हो। ४० वर्षको उमेरमा जिन्दगी भरि दुख गरेर कमाई गरेर खानु परेको छैन। मजस्तो ठुलो र बलवान कोहि छैन भनेर अनेक आसेपासे लिएर उपद्रो गरेर, सोझासाझालाई आतंकित पारेर डाँग डुंग गर्न सम्म गर्ने अनि अहिले आएर आज सज्जनताको नाटक गर्ने चर्तिकाले।
    पाखुराको कमाई ले कहिले खानु परेको भए पो। लुटको धन फुपुको श्राद्ध।

    तर केगर्ने, यिनी त गए विदेश, यिनको ठाउं लिए अझ खराब छोटा राजपुत्रले। कमसेकम यिनले त देशको मायाको कुरा गरे। त्यो डंकिनी सुजाता कुजातको बंगाली ज्वाइले पासपोर्ट विक्री गरेर, मोबाइल कारोबार लुटेर बबाल गर्यो। सुजाता र त्यसको परिवारले त देश पनि बेच्छन।

    हाम्रा सर्वहारा नेताहरुका छोटा राजपुत्रले अघाउनु सम्म घिचे। निर्लज्ज भएर अर्काकी श्रीमती भगाए।

    आखिर संसारै यस्तै रैछ बाबै भनेर चित्त बुझाउनु पर्ला अब।

    Reply
  3. kaji godar doha qatar says:
    February 25, 2014 at 7:58 pm

    फ्री लाईफ रे? फ्री लाई बिताउन उसको अधिकार हो तर जिम्मेवारी खोइ? दायित्व बाट भाग्नु फ्री लाईफ हो ?? ल भन्नोस् त ?

    Reply
  4. Rajesh rai says:
    February 24, 2014 at 6:09 am

    पारस दाइको बिचारलाई सम्मान गर्छु /सबै नेपालीले येस्तै सोच्यो भने देस बन्न केहि समय लाग्दैन/

    Reply
  5. Rupesh Basti says:
    February 24, 2014 at 5:16 am

    अहिले आएर बडो सज्जनता , नेपाल र नेपालीको माया को कुरा आएछ /

    आफु पावर मा हुदा उनको व्यवहार अर्कै थियो / उद्दण्ड भएर मातेर गाडी ले मान्छे मारेको , होटलमा गोली चलाएको , आफ्नै साथी सिद्धार्थ लाई खुट्टा भाँचिने गरि कुटाएको / मैले जे गरे पनि हुन्छ , जे बोले पनि हुन्छ भन्ने तुजुक /

    यिनको यो नाटक अभिनय लाई pshychology (मनोविज्ञान) मा psychopathic nature (मनोरोग वा विकटमनस्क) भनिन्छ / यस्ता मनोरोगी (psychopath ) हरु लाई अरु व्यक्ति’हरुको भावना वा आवश्यकता हरुको रति भर पनि ख्याल रहदैन /

    अंग्रेजीमा यस्ता लाई “it is all about him (or her )” भन्ने चलन छ (सिधै अनुवाद गर्ने हो भने यस्ता मनोरोगी हरुलाई सारा संसार नै उनीहरु वरपर घुमिरहेको भ्रम परेको हुन्छ) अरुहरु मरून या बाँचुन …

    psychopath याने मनोरोगी हुन को लागि कसैलाई मारेको , कानुन विपरित काम गरेको हुनै पर्छ भन्ने छैन / कतिपय psychopath याने मनोरोगी हरु झट्ट हेर्दा सामान्य देखिन्छन /

    यस्ता मनोरोगी हरुमा प्राय जसो तल लेखिएका प्रवृत्ति देखिन्छ :

    १. Superficial charm – सतही आकर्षण – यिनीहरुले साम दाम सबै गरेर अरुहरुलाई मुग्ध पार्न जानेका हुन्छन
    २. Lack of remorse and shame and Failure to accept responsibility for own actions – आफुले गरेका कुकृत्य बारे रत्तिभर लाज र ग्लानी / आत्मग्लानी नहुनु
    ३. Pathological lying – झुट बोल्न खप्पिस
    ४. Cunning/manipulative – छलकपट गरेर अरुलाई छकाउन खप्पिस
    ५. Callous/lack of empathy – अरु व्यक्ति’हरुको भावना वा आवश्यकता हरुको रति भर पनि ख्याल नहुनु
    ६. Parasitic lifestyle – काम , धाम , आफ्नो कमाई छैन , आर्कालाई चुसेर मोजमस्ती गर्ने
    ७. Poor behavioral controls -आफुलाई नियन्त्रण गर्न नसक्नु
    ८. Promiscuous sexual behavior – विभिन्न आइमाई संग शारीरिक सम्बन्ध गर्नु (घरमा श्रीमती हुदा हुदै)

    अब तपाई हरु नै विचार गर्नुस माथिका ८ मध्ये कतिवटा प्रवृत्ति पारस मा देखिन्छ / अहिले आएर मिठो कुरा गरेको सारै insincere, विश्वास गर्न गार्हो लाग्यो

    Reply
    1. रीता ओझा says:
      February 25, 2014 at 1:51 am

      सारै ठिक विश्लेषण गर्नु भयो रुपेश जी ले । आफ्नी श्रीमती र बालकहरुको जिम्मेवारी लत्याएर, विदेशमा तरुनी च्यापेर, बाउबाजेले जनता लुटेको पैसामा मोज गरेर आदर्शवादी कुरा गर्ने लाई psycopath वा manipulative छली कपटी झुटो लाजशरम पचेको नभनेर भन्ने त ?
      काठमाडौँ मा गुन्डा दल संग मोटर साइकल दन्काएर , होटल होटलमा रक्सीले टिल्ल परेर विवाह भैसकेको मान्छे एउटा हैन दुइ दुइवटा रसियन केटी अंगालो हालेर हिडि बक्सन्थ्यो —हामी कतिपयले आफ्नै आँखाले देखेको कुरा हो।

      काम गरेर खानु परेको भए थाहा हुन्थ्यो।

      उहाँ ले युवराज हुँदा कति राम्रो काम गर्न सक्नु हुन्थ्यो, तर प्रायजसो मोजमस्ती दादागिरी मा नै उहाँको समय वित्यो ।

      गर्न नसक्ने मान्छे पनि होइन उहाँ। उहाँ ले चित्त लगाएर गर्नु भएका कति राम्रा काम पनि छन्। आफु एउटा विकासोन्मुख मुलुकमा एक धनी राज परिवारमा जन्मेको मान्छे , अलिकति शालीनता, नम्रता देखाउनु , देशका जनता कति अभावमा बाँचेका छन् , म कति भाग्यवानी छु , मैले देशका जनताको लागि केही गर्नु पर्छ , मेरो पद मेरो शक्ति मैले जनताको राम्रो को लागि प्रयोग गर्नुपर्छ भन्ने भावना उहाँ मा युवराज हुँदा भएको भए हुन्थ्यो तर थिएन।

      Reply
  6. ashok says:
    February 24, 2014 at 1:51 am

    म राजाबादी होइन, तर राजसंस्थाप्रती मेरो एक प्रकारको सम्मान छ । राजसस्था भनेको हाम्रो इतिहासको एउटा खण्ड पनि हो । इतिहासकारले राजसस्था सम्झेन भने उसले लेखेको इतिहासले पूर्णता पाउदैन ।

    बिगतका हाम्रो राष्ट्रिय कमी-कमजोडीहरु हामीले सधै दरबारमा मात्र देख्नु हुन्न- कति ठाउमा हाम्रै पनि कमी कमजोडीहरु छन् । सुर्य बहादुरलाई हामीले आफ्नो नेता बनाएर चुनेको कति बर्ष भयो? म दुई कक्षमा पढ्दै गर्दा पशुपति शमसेरको नाम सुनेको रेडियो । उ अहिले पनि नेता नै छ । राजा निरंकुस देख्ने हामी नेपालीहरुले माधब नेपाल र शुसिल कोइरालालाई किन गणतन्त्रबादी देख्छौ?

    पारस शाहले भनेको कुरा सही हो- परिश्थितीले उ युबराज बन्यो । पारसको राष्ट्र मोह भावनाले मेरो मन छुयो ।

    Reply
  7. गगने says:
    February 23, 2014 at 11:35 pm

    यस्ता बिन्दास मान्छेलाई तात्तो न छारो जवर्दस्ति युवराज र राजा बनाउन उध्धत्त छ एक जमात यो नेपाल भन्ने देशमा!
    पारसको कुराले हाम्री लुना नाम गरेकी बिल्जिएममा बस्ने राजकुमारी लाइ कानेर दुख्यो होला बाबै! बिचारी दश किलो सुन्तला चदाउछु भनेर पशुपतिसनग प्राथना गरीगरी बचाकि थिन पारसलाई, ल्यायर नेपालमा राजकुमार बनायर चरण सेवा गर्ने अनुकण्ठ चाहनामा क्या लात्ता हानिदियो भने, कहा दुख्यो भनेर थाहा पाउन नसक्दा एइया भन्न पनि सक्दिनन होला हाहा!
    लल! पारस जी, जिन्दगि भनेको आफ्नो रुचि र इच्छा अनुसार जिउनु पर्छ, यी फ़ुतुङ्गे हरुले जवर्दस्ति बनाउन खोजेको उतुङ्गे राजकुमार बन्नु भन्दा बिन्दाश पारस बनेर आफ्नो स्वोतन्त्रताको जिन्दगि जिउनु कताकता अहोभाग्य! ल बधाई छ! बेकारको राजकुमार बाँ चाहिदो नचाहिदो फ़र्मालिति पुरागर, पाइलापाइलामा हुदो नहुदो रश्म र रिति मिला स्वोतन्त्र जिन्दगि कताहो कता सब बनाओति जीवन जिउनु भन्दा यो एकदम ठिक!

    Reply
  8. वेद प्र says:
    February 23, 2014 at 8:04 pm

    फ्री लाईफ रे? फ्री लाई बिताउन उसको अधिकार हो तर जिम्मेवारी खोइ? दायित्व बाट भाग्नु फ्री लाईफ हो?
    प्रश्न: औसाद नेपालीले ज्यान गुम्ने गरेर काम गरी खाँदा उसलाई फ्री लाईफ बिताउने पैसा कंहा बाट आउँछ? कामै नगरी फ्री लाइफ रे?, ड्रग बाट रिहाब भयो कि भएन ? हाम्रो युवा लाई यसले कस्तो संदेश जान्छ?
    उत्तर: मेहनतको कमाई भए पो| बाउले ढुकुटी लुटया छ, अपुताली पाछ, राजाको पालाँ
    कर छलेर होटलको कमाई छ र त्यो माथि पनि बाऊले चाहिदो भन्दा बढी लोभी भएर राजतन्त्रै डुबायो|देशलाई दलदलमा फंसायो|
    पारस, एकचोटी अरब देशमा जाऊ, केही दिन बस् अनि हेर र सिक हाम्रा मान्छेले कसतरि काम गर्दा रछान|
    पारसेले जानीजानी दोहोर्याई तेहराई गाडीले किचेर मारेका संगीतकार प्रविण गुरुंगका पुत्र र पत्नीले कसरि दिन गुजारा गरिरहेका होलान बाऊ र पति बेगर भनेर यो फ्री लाईफ वालाले कहिले सोच्न सक्छ?
    हाम्रो देशको पुर्ब राजकुमारको रोल मोडल यही हो? पैसा बन्द हुन् साथ् थाहा पाउँछ फ्री लाईफको मतलब| यँहा फर्कन साथ् प्रविन गुरुङको हत्यामा मुद्दा हालिन सक्छ|

    Reply
    1. vijay says:
      February 24, 2014 at 4:09 pm

      यी रातो लाउने हरु चाही एक बोतल रममा बिकेर बाइकमा हाम्रो राजा हाम्रो देश….कुन्नि के जाति भन्दै झन्डा हल्लाउदै हिड्ने कम्पनि होलान पक्कै….नेता गलत भए भन्दैमा यी टुप्पी बाट पलाएकाहरु अचानक सहि हुने हुन् र? गोबर भरिएको बुद्धि !!!

      Reply
  9. ekraj says:
    February 23, 2014 at 4:02 pm

    दुख: पायेउ मंगले ? आफनै ढंगले !

    Reply
  10. pratik says:
    February 23, 2014 at 3:38 pm

    यसो हत्याकाण्ड को रहस्य खोलिदिए हुन्थ्यो नि असत्ति ले / अलि कति भए पनि नाम कमौथ्यो नि/ युवराज गुमाएको मा केहि छैन रे? अब गर्न पनि के सक्छ र? खुब दिपेन्द्र हुन खोज्य एसले र खुब बिरेन्द्र हुन खोज्या एसको बाउ ले जिन्दगि भर् पछुतो को जिन्दगी जिउनु पर्यो/ पापी हरु, हाम्रो बिरेन्द्र र दिपेन्द्र ले त जति बाँचे इज्ज़त र मान् र माया पाएर बाचे/ तिमि बौछोरा लाइ त घोक्रिनु पर्यो/ पाप धुरी बाट कराउछ भन्या यहिँ हो/ जिउदै नर्क देख्नु पर्यो/ रातो भोट दिए बाल/ जाति रातो भोट दिए पनि ज्ञाने फर्किने होइन क्यारे!

    Reply
    1. bibek dhakal says:
      February 23, 2014 at 6:50 pm

      अब त्यो हत्याकाण्ड को रहस्य जानेर नि के गर्ने र मित्र?
      त्यो हत्याकाण्ड मा पारसको संलग्नता भए पनि नभएपनि अरु ज्ञात अज्ञात हत्याकाण्डहरु को सजाय त सायद पाइरहेकै छ|

      Reply
  11. Tenzing Gaba says:
    February 23, 2014 at 9:57 am

    एउटा कथा :
    ४-५ सय बर्ष अगाडी तिरको कुरो हो, युरोप तिर भब्य-भब्य अनि ठुल ठुला cathedral-church हरु बन्दै थियो / त्यी बिशाल गिर्जाघरको (ceiling) सिलिङ्गमा बर्सौ बर्ष लगाएर कथानक चित्रहरु बनाउने प्रचलन थियो /
    त्येही क्रममा एउटा विशालकाय cathedral को ceiling मा पनि बिभिन्न चित्र सहित बाल angel को चित्र बनाउने निधो भएछ, हेर्दै angel जस्तो देखिने अत्यन्त सुन्दर बालक खोजेर ल्याएर उनको जिउडाल-मुखाकृतिको चित्र कोरियेछ त्यो ceiling मा / समय बित्दै गयो बर्षौ बित्यो, चित्रहरुमा नया नया आयामहरु थपिदै गए,र चित्र बनाउने क्रममा बर्षौ पछि अब त्येही ceiling मा एउटा राक्षसको पनि चित्र उतार्नु पर्ने भएछ, angel जस्तो देखिने बालक पो पाउनु सजिलो थियो तर राक्षस जस्तो देखिने मनिष पाउनु निक्कै कसरत गर्नु परेछ तर पनि आखिर मा एउटा हेर्दै राक्षस जस्तो देखिने फोहोरी-डरलाग्दो-जिङ्ग्रिङ्ग परेको बडेमाको भिखारी भेटिएछ र उसैको चित्र राक्षसको रूपमा उतार्ने निधो अनुरुप उनलाई त्यो अझै पनि निर्माणाधीन cathedral मा लागिएछ /
    cathedral मा भित्र पसेर त्यो ceiling को बाल angel को चित्र देखे पछि त्यो राक्षस डाको छाडेर रुन लागेछ
    ,,,,,,,,,,,,,, सबै अवाक !!!
    अनि त्यो राक्षसले कुरो खोलेछ ….” ceiling मा देखिएको त्यो सुन्दर बालक म नै हु /”

    त्येसैले त् भनेको होलान “समय-परिस्थिति जत्तिको बलबान कोहि छैन/”

    Reply
  12. nimesh, bkk says:
    February 23, 2014 at 7:54 am

    उर्जासिल जीवनको समय बर्बाद . देशको लागि नभए पनि आफ्नो परिवार र आफ्नो लागि केहि उर्जासिल कार्यमा लागेको भए देशका नयाँ पुस्ताको लागि राम्रो संदेश जाने थियो . आफ्नो मेहनतको कमाईलाई उडाएको भएपनि ठिकै थियो तर यो त देशको सम्पतिलाई परदेशमा बसेर उदाउन्दै छ . मृत्यु सय्याबाट उठेर आएको मान्छे केहि शृजनासील कार्यमा लागेको भए सबैको धन्यवादको पात्र बन्ने थियो कि !!!

    Reply
  13. neeraj says:
    February 23, 2014 at 6:35 am

    त्यो त भन्नै परो नि नत्र अरु के भन्ने त

    Reply
  14. samrat~ says:
    February 23, 2014 at 5:17 am

    Kaam गरेर खान न परे पछि ..िति च्यापेर हिड्न पाए पछि offcourse !! life जसलाई पनि रमाइलो हुन्छ. उता जवान सिरिमति को पो छ हरि बिजोग ! छोरा छोरि ले बाबा भन्न पाउदैन. अरु ज्यान को पो छ हरि बिजोग यिन को कारण कारण ले. जे होस् एउटा साधारण नेपालि को हैसियेत ले अनि नेपालि हरु प्रति माया झल्काएको मा र राजकीय सुख त्याग गर्न सकेको मा चाइ अलि मान्नै पर्ने हो. जहा होस जे गरोस नेपाल को नाक झार्ने काम न गरोस अनि खुसि होस् . तर सतर्क रहनु . धोत्ति हरु को नजर मा black listed भइ सकेको छ त्यो त Indian TV मा देखि हालियो कत्रो भयानक आरोप लगाएको छ. नक्कली भा रु काण्ड मा नेपाल सम्म सुटर पठाउने धोत्ति खुफिया देखिन् चै अलि होशियार रहनु ब्रो .

    Reply
  15. Bijen says:
    February 23, 2014 at 3:59 am

    Nepali को प्राथना ले बचायो रे यसो mysansar खोलेर तेस्मा भएको comments हरु पढेको भए नेपालीहरुले कत्तिको माया गर्छन ताहा हुन्थियो

    Reply
  16. aakash says:
    February 23, 2014 at 2:44 am

    हेर यॆस्को बिजोग/ गलत समयेमा, गलत ठाउमा, गलत मान्छे परेको अवस्था थियो पारस युवराज हुदा/ येस्तै हरिबिजोक छ हाम्रो देशको राजनीतिको अवस्था पनि/////

    Reply
  17. Shankar says:
    February 23, 2014 at 2:35 am

    फ्री लाइफ त् भन्छ तर नेपाल मा रहदा उसको ज्यान प्रति असुरक्ष्या को कारण राजतन्त्रात्मक मुलुक मा उ रहेको हुनुपर्छ |
    असुरक्श्याको कारण हरु
    १) उसको आदत , उसको संगति र नेपाल को राजनीतिक अबस्था |
    २) राजतन्त्र प्रति बदाला र द्वेष राख्ने हरु

    थाई ल्याण्ड बस्ने कारण हरु
    १ ) रस रंग र मोज मस्ती गर्न पाइने
    २) राज्ञ्तत्र भएको मुलुक भएकोले अलि अलि सम्मान र सुरक्ष्या पाइने |
    ३ ) नेपाल मा धेरे डन हरु र अरु पारस हरु निस्केकोले ( जस्तो कि सुजाताको ज्वाई , प्रकास ( प्रचण्ड पुत्र ) ) कन्फ्लिक्ट हुन् सक्ने |

    Reply
    1. नेपाल बहादुर शिंह says:
      February 23, 2014 at 11:23 pm

      अन्धो राजा,आन्धो राजनीतिक दल र अन्धो जनता भएको देशमा नागरिक र मुलुकको बिकास भन्दा भाषण र क्रुर शासनको बिकास तिब्र हुन्छ !भ्रष्ट गुण्डा दलालीको बिकास तिब्र फसटिन्छ !अनि मुलुक आलु भए पछि बाँच्नको निम्ति भेडे जनता बाँच्नको निम्ति मुग्लान पस्छ !

      Reply
  18. aasha says:
    February 23, 2014 at 1:22 am

    अनि तेती सारो लजाउनु पर्छ त !

    Reply
  19. sunil nepal says:
    February 22, 2014 at 4:30 pm

    वा रे वा पारस दाई…..

    Reply
  20. Dinesh Baral says:
    February 22, 2014 at 1:10 pm

    दैव दु:ख नदे, आफै दु:ख पा !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme