Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फटाहा को? गार्डियन ? कतार ? कि नेपाली संस्था ??

Posted on February 18, 2014February 18, 2014 by Salokya

guardian साँढेको जुधाई, बाच्छाको मिचाइको पारा भइरहेको छ अहिले। पश्चिमी मिडियालाई कतारले विश्वकप आयोजना गर्न लागेको मन परेको छैन। यो साँचो हो। तर कतारमा नेपाली कामदारहरु शोषणमा परेको पनि साँचो हो। आ-आफ्नै स्वार्थका कारण पश्चिमी मिडियाले उचाल्ने र कतारी मिडियाले छोप्ने काम गर्दा नेपालीहरु बित्थामा मिचाइमा परेका छन्। भर्खरै त्यस्तै भयो।

बेलायतको गार्डियनले दुई दिनअघि एउटा समाचार ठोक्यो- कतारले विश्वकप फुटबल गर्ने मौका जिते यता देशभरका निर्माण स्थलहरुमा ज्यान गुमाउनेको संख्या ४ सय नाघ्यो। यसलाई लगेर उसले जोड्यो सँधै झैँ विश्वकप फुटबल आयोजनासित। विश्वकप आयोजना हुने साल २०२२ सम्म त यही पाराले मर्नेको संख्या ४ हजार पुग्छ भन्दै।

अनि आज कतारको पत्रिका पेनिन्सुलाले त्यसको खण्डन ठोक्यो। गार्डियनले बढाइचढाइ गरेको दावी गर्‍यो।

दुवैको स्रोत एउटै- प्रवासी नेपाली समन्वय समिति।

गार्डियन भन्थ्यो– यो तथ्याङ्क समितिले यसै साता सार्वजनिक गर्ने प्रतिवेदनको हो। यो संगठनले दोहाको आधिकारिक स्रोत प्रयोग गरी मृत्यु हुनेको सूची बनाएको हो।

पेनिन्सुला चाहिँ भन्छ– “समितिका प्रवक्ता तथा महासचिव सोमप्रसाद लामिछानेले नेपालबाट हामीलाई फोनमा भने- पत्रिकाले हामीले अर्को हप्ता प्रतिवेदन सार्वजनिक गर्ने भनी बताएको कुरा पूरै गलत छ। हामी कुनै प्रतिवेदन बनाउँदै छैनौँ र हामीसँग त्यस्तो कुनै तथ्याङ्क छैन।”

समितिका उपाध्यक्ष कुलप्रसाद कार्कीले पेनिन्सुलालाई भनेका छन्- “मध्यपूर्वका अन्य देशहरु जस्तै साउदी अरेबिया र युएईमा पनि उत्तिकै संख्यामा मृत्यु भइरहेको छ। हामीलाई थाहा छैन गार्डियन किन कतारलाई मात्र फोकस गरिरहेको छ।”

गार्डियनले आफ्नो समाचारको शीर्षकलाई भने सच्याउन बाध्य भएको थियो। सच्याउने क्रममा उसले यस्तो सूचना राखेको छ-

• The headline, caption and introduction to this article were amended on 16 Feb 2014 to make it clear that 400 Nepalese workers have died on construction sites across Qatar, not just on World Cup sites

[तपाईँको विचारमा को फटाहा ? गार्डियन ? कतार ? कि नेपाली संस्था ??]

23 thoughts on “फटाहा को? गार्डियन ? कतार ? कि नेपाली संस्था ??”

  1. सार्थक says:
    February 23, 2014 at 9:30 pm

    नेपाली मात्रै हैन कतारमा काम गर्ने अधिकांस बिदेशी कामदारहरुको हालत एउटा दास वा बधुंवा मजदूरकोभन्दा माथि उक्सेको छैन | त्याँहा बिदेशीहरु त्यसमा पनि यसियनहरु (अरबीहरु आफूलाई मध्य पूर्वका र हामीहरुलाई यसियन भन्ने गर्छन) त्यसमा पनि शारीरिक मजदूरहरुलाई जनावारभन्दा तल्लो स्तरको ब्यबहार गर्छन | यो मैले आफ्नो लामो अरब बसाईमा नजिकबाट देखेको कुरा हो |

    Reply
  2. Upaman says:
    February 21, 2014 at 10:54 am

    माथि अनुराधजिले भनेको कुरा ठिक छ, धेरै खण्डन मण्डन गर्न जरुरि छैन | बेकारमा वाहियात तर्क गरिरहेछन |

    Reply
  3. Sabin says:
    February 20, 2014 at 3:45 pm

    न त कतार न गर्दियन यसमा ठुलो गल्ति नेपाल सरकार को छ.

    १. यसरि ४०० जना को मृतु हुदा हुदै थाहा पाको नपाए झैँ गरि चुप लगेर बस्नु, (र चुप लगेर बस्यो भने ४००० पुग्ने छ ). जसरि आम जनता ले राष्ट्र लै मातृभूमि भनेर माया गर्छन, त्यसै गरि राष्ट्र ले पनि जनता लै आफ्ना बाल बच्चा जसरि माया दिनु पर्छ, न कि पैसा को लागि कसाई को हात मा बेच्ने.

    २. यसबारे किन र कसरि यस्तो भइ राखेको हो अनुसन्धान नगरेको
    सायद – त्यहाँ गर्मि बढी छ, र त्यस्तो गर्मि मा काम गर्दा रगत नै थिग्रिन सक्छ, जसले सिधै मुटु मा असर परेर हृदयघात हुन सक्छ. त्यहाँ इंडिया क पनि ४७८ मानिस मरिसक्यो, त्यहाँ काम गर्न बाताबरण ले दिरखेको छैन कि

    अनुसन्धान बाट के थाहा हुन्छ अनि त्यै अनुरुप पहिले नै नेपाली कामदार लै के गर्नु पर्छ भनेर सिकौन सकिन्छ. औसधि खाएर हुन्छ कि, या अरु कुनै तरिका ले यसलाई कसरि कम गर्न सकिन्छ.

    Reply
  4. Sisir says:
    February 20, 2014 at 11:56 am

    सायद येही कुरालाई बिसयान्तर गर्न बिस्वकपको तयारीको लागि काम गर्न कतार जानेले अब देखि एक रुपिया पनि खर्च गर्न नपर्ने प्राबधान कतार सरकारले गरेको, सबै खर्च कतारी रोजगारदाताले नै गर्नु पर्ने रे .. आजको कान्तिपुरमा येस्तै समाचार छ .

    Reply
  5. jeet says:
    February 19, 2014 at 5:18 pm

    मिस्टर गोपाल, तपाई कै अगाडी मर्यो भन्दै मा त्यो सोसन नभएर पोषण हैन
    एस्तो हुतिहारा सोच भएको बाट त के अपेक्षा राख्न सकिन्छ र .
    तर सारा संसार को आखा कतार मा पुगेको बेला मा सत्य तथ्य बाहिर आउन
    बाट रॉक्नु कति सम्म फाइदा जनक हो हामी ले बुझ्न जरुरि छ.
    कम गर्दा मर्नु भन्दा पनि आधारभूत surashya का उपाय पनि नदिनु ले दिनहु नेपाली
    हरुको मृत्यु हुन्छ.र अर्को कुरा गोपाल जी हरुले आलु खाएर पेडा को धाक नलौनि हो भने
    कोहि पनि आकर्षित हुन्छन जस्तो लाग्दैन मलाई.तेसो भए त manpower हरुलाई झुटो बोल्नै पर्दैन थ्यो .

    Reply
  6. Kul Prasad Karki says:
    February 19, 2014 at 5:14 pm

    वैदेशिक रोजगारको क्रममा नेपाली कादारले बिभिन्न कारणबाट ज्यान गुमाउँनु परेको सत्य हो । गार्जियनमा प्रकासित पहिलो रिपोर्ट नेपाली दूतावासको अाधिकारिक तथ्याङ्क हो भने दोश्रो प्रकाशनमा प्रवासी नेपाली समन्वय समितिले दिएको तथ्याङ्क होइन । कुन देशमा कतिको ज्यान गयो तथ्याङ्क राख्ने र अाधिकारिक सुचना दिने निकाय दूतावासको हो । वैदेशिक राजगार प्रवर्धन बोर्डसँग क्षतिपूर्ति लिनेको तथ्यङ्क छ । प्रवासी नेपाली समन्वय समिति, दूतावासको पहुँचमा पुग्न नसकेका पिडित कामदारहरू र उनीहरूका परिवारलाइ सम्बन्धित निकायमा पुर्याइ बिभिन्न समस्यमा सहयोग वा सहजी करण गर्ने , नीति निर्माणमा नैतिक दवाब श्रृजना गर्ने काम गदर्छ । कतारमा पनि त्यही कार्य हुन्छ । हामी मिडियामा अाउँन गार्जियनसँग जुवारी खेल्न खोजेको हैन । गार्जियनले उठाएको बिषयले नेपाली कामदारको पक्षमा काम भएको छ। तर समितिको तथ्यङ्क भन्दै नेपाली कामदार, नेपाल सरकार र समितिलाइ असर पर्ने गरी गरेको प्रकाशनले दुइ देश बिचको श्रम संझाैता, अार्थिक तथा दुइ पक्षिय सम्बन्धमा दीर्घकालिन असर पर्न सक्छ । हाम्रो अाशय नेपाली कामदारले कतारमा ज्यन गुमाएका हैनन् भने हैन । केहि कम्पनीले नेपाली कामदारलाइ उचित समयमा तलव दिएका छैनन्। श्रम अनुसारको सेवा सुबिधा पाएका छैनन । दुर्घटनामा अङ्ग भङ्ग भएका, बिरामी परेका वा मृत्यू भएकाले क्षतिपुर्ति पाएका छैनन , चर्को भिषा शुल्क तिर्न बाध्य छन, नूनतम मापदण्ड बिपरित काम गरिरहेका छन । यि कुरामा हाम्रो चासो छ । कहि सुधारको कुरा उठेको छ त्यो स्वागत योग्य छ । कार्यन्वयन कसरी हुन्छ हेर्न बाँकी छ ।

    कुल प्रसाद कार्की
    प्रवासी नेपाली समन्वय समिति,

    Reply
    1. Sanji says:
      February 20, 2014 at 12:33 am

      कुल प्रसाद कार्की जी “मध्यपूर्वका अन्य देशहरु जस्तै साउदी अरेबिया र युएईमा पनि उत्तिकै संख्यामा मृत्यु भइरहेको छ। हामीलाई थाहा छैन गार्डियन किन कतारलाई मात्र फोकस गरिरहेको छ।” भनूको अर्थचै के नेपाली ले साउदी मा दुख पाएकाछन् कतार मा नि पाऊनु पर्छ भन्न खोजनु भाको हो

      Reply
    2. Bhumi says:
      February 20, 2014 at 9:51 pm

      तपाईहरुको दाता राष्ट र गार्डियन पत्रिका प्रकाशन हुने देश एकै भएकाले तपाईहरुलाई नेपालीको भलाईमा भन्दा दाताहरुको हितमा बोल्नु पर्ने बाध्यता आएको हो ?

      Reply
  7. Jeevan Thapa says:
    February 19, 2014 at 12:13 pm

    किन अरुलाई दोष दिनु , यसो हेर्दा कता कता प्रवासी नेपाली समन्वय समितिमा काम गर्ने हरु नै नेपाली नेता जस्तो बेला बेला जिब्रो चिप्ल्याएर जे पायो तेही बोलिदिञ्छन कि जस्तो हामीलाई लाग्न लागेको छ है !!

    Reply
  8. bibek dhakal says:
    February 19, 2014 at 9:45 am

    हाम्रो लागि न त लाखौँ लाइ रोजगारी दिएर अर्थतन्त्र धान्न थलो दिने कतार फटाहा हो, न त्याहाँ बिपतमा परेको दाजुभाइहरुको बारे लेख छाप्ने पत्रिका फटाहा हो !
    फटाहा त राम्रो आश्वासन दिएर , नक्कली करार देखाएर मोटो रकम असुली सोझा सिधा पाहाडी, हिमाली मदेशी दाजुभाइहरुलाई फसाउने याहाँका चोर दलालहरु (अधिकांस म्यानपावर ) र ति दलालहरुलाई कारवाही गर्नु को सट्टा तिनकै पैसा खाएर मोटाउने सरकारी कर्मचारी हरु हुन् !

    Reply
  9. लौटन अवधि says:
    February 19, 2014 at 8:45 am

    आफु कतार बासि परियेन तर कुरो सुन्दा र बुझ्दा नेपाली सस्था नै फटाहा लाग्यो !

    Reply
  10. ekraj says:
    February 19, 2014 at 5:27 am

    ाम्रो राजनीति संजाल राम्रो, हाम्रो आर्थिक नीति राम्रो, देशको आफ्नो जनता प्रतिको जिम्मेवारी राम्रो र देशमै टन्न रोजगार पाउने मौका, नाना थरिका फटाहा र ठग दलाल को संजाल नभएको भए बिदेशी भूमिमा यसरी नेपाली मर्ने थिएनन् होला?
    को फटाहा भन्ने भन्दा पनि को बडी फटाहा भन्नु पर्दा नेपाली दलाल र नेपाल को राजनीतिक संजाल ( किनकि इनिहरु एक अर्काका परि पुरक हुन्) चाँही बडी फटाहा भन्दा फरक नपर्ला|
    के तेसो भए खोजि नीति गरेर यी हराम हरुलाई सजाए होलात, ेपाल मा ?

    Reply
  11. nischal says:
    February 19, 2014 at 4:36 am

    कतारी पत्रिका र गार्डीयन दुबैले आफ्नो आफ्नो स्वार्थ रक्षा गरिरहेका छन्| आजको दुनियामा आफ्नो स्वार्थ रक्षा गर्नेलाइ फटाहा भन्ने हो भने गतिलो कोहि पनि भेटिदैन होला| उनीहरु फटाहा होइनन, हामि लाचार हौ, हाम्रो सरकार लाचार हो| बिदेशी भूमिमा हाम्रा दाजु भाइ दिदि बहिनि मरिरहदा हामि गर्न केहि सकेका छैनौ, उल्टै मन बुझाउन अरुलाई दोष थुपार्दै छौ|

    Reply
  12. Shankar says:
    February 19, 2014 at 1:22 am

    बेशक ! नेपालि संस्था |
    बिहारी पछि अब असल नाउ कमाउदैछन |

    Reply
  13. Mingma Subba says:
    February 19, 2014 at 1:09 am

    हैन गाठे ! गारडियन को पत्रकार ले कतार को बारेमा लेखे त क भयो त? जेसुकै स्वार्थ होश न, कम से कम, सत्य तथ्य त दुनिया सामु निस्किदैछ ! अब कोइ कोइ ले भन्लान, यो सत्य तथ्य त नेपाली र नेपाली सरकार लै पहिले नै थाहा थियो भनेर ! थाहा हुनु र त्येसको बारेमा केहि गर्नु मा ठुलो फरक छ ! हो साउदी र अरु खाडी मुलुक मा पनि सोषण हुन्छ, तर कतार मा कामदार हरु को पिडा विश्व कप नजिक पुग्दै जादा झनै बढेर आउने छ! गारडियन ले समाचार निकाले को पछाडी को स्वार्थ खोज्नु भन्दा समाचार ले देखेको उत्पीडन को बारे मा आफ्नो आफ्नो प्रतिनिधि पठाएको नेता हरु ले दबाब दिन उचित होला! दोषी त आखिर मा गरिबी नै हो, जसले सोषण हुन्छ भनेर थाहा हुदा हुदै पनि सोषित हुन मजबूर गर्छ!

    Reply
  14. अनुराधा पौडेल फ्रान्स says:
    February 19, 2014 at 12:52 am

    किन दश थरी कुरा गर्न पर्यो । यसको सम्पूर्ण दोष कतारको हो । कतारमा नेपाली मर्दैनथे भने समाचार बन्दैनथ्यो । दिनका दिन एयरपोर्टमा आउने लाशहरुले पनि सराप्छन् कतारको अत्याचार बारे बोलेन भने । हामी गरीव छौँ । हामीलाई खान र लाउनको रहर छ । हामी सँग सीप छैन । अनि हामीसँग समस्याको भकारी छ । यो हाम्रो बाध्यता हो । यो बाध्यतालाई बुझेर आउ मेरोमा काम गर पैसा दिन्छु भनेको छ । हामी गएका छौँ । तर २५ डिग्रीको गर्मी हुँदा एया र आत्थु गर्ने हामी त्यहाँ गएर ५० डिग्रीको भतभताउँदो घाममा काम गर्नु परेको छ । बेलुका घर फर्केर शितलमा बसौँ त नि भन्यो भने कोठामा २० ओँ मानिस छन् । त्यो पनि कोच्चेर । न हग्ने ठाम गतिलो । न सुत्ने ठाम गतिलो । न चिसो पानी । न नुहाउने ठाम गतिलो । न तिनले काम गर्ने ठाउँमा हुनुपर्ने सुबिधा उपलब्ध छन् त तिनलाई आवास गृह फर्केपछि पाउनु पर्ने शान्ति उपलब्ध छ । कोलाहल भय त्रासमा ति काम गर्छन् । भागुँ भने नेपालमा रिण छ । रिणै भएहोस भाग्छु भनुँ भने हातमा पासपोर्ट छैन खोसेर राखेको छ । हामी सँग जिवन छ तर जिउन पाएका छैन र बन्धन छ । हामीहरु आधुनिक दाश हौँ । यो दाशताका बिरु्द जुनसुकै एँगलले लेखोस गार्डियनको भनाइ सोह्ै आना सहि हो । म त भन्छु कतारको मात्र होइन गार्डियनले अरु खाडि मुलुकको अत्याचार पनि छरपष्ट पार्नुपर्छ । नहिच्किचाउँ र बिरोध गरौँ । हो हामी गरिव छौँ यसको मतलब यो होइन कि हामी आधुनिक दाश हौँ ।

    Reply
    1. gopal says:
      February 19, 2014 at 3:13 pm

      अनुराधा जी कतार ले नेपाल मा आएर मान्छे मारेको त होइन नि , अनि कतार मै भएका मदे पनि नेपाली लै छानी छानी मरेको त छैन नि ???? अनि कतार को दोष कसरि भयो ???
      हामी गरिब छौ , कसको दोष ? हाम्रो , हामी संग सिप छैन , कसको दोष ? हाम्रो, समस्या को vakari को संग ? हामी संग , कतार मा ५० डिग्री हुन्छ कसको दोष ? प्रकिर्ती को , ……………….. खै कातर को दोस ???????
      हावा कुरा गर्नी ??? जानु भएको छ कतार कैलेइ ????? जे मन लग्यो मनपरी बोल्ने ???
      जे भैरछ तेस मा मलाई लग्छ ५०% दोष कुरै नबुजि विदेश भनेपछि सुनकै डल्ला फ़ल्छ भनेर हाम्फाल्ने नेपाली कामदार को छ , २५% कमिसन को लोव मा झुटा अस्स्वसन मा कामदार लै फसाउने दलाल हरु को छ अनि , २५ % चै यो सबै cantrol गर्न नसक्ने भातमारा नेपाल सरकार को छ . …………..
      by द way मपनि २००४ देखि कतार मै छु , र सबै कुरा नजिकै बाट देखि राछु ……..

      Reply
      1. suzee says:
        February 19, 2014 at 4:11 pm

        यो कुरो मा म अनुराधा जी को १००% सहमत गर्दछु ,
        गोपाल जी कतार मा बसेर कतार को गुनगान गाउनु भाको छ , यो ठिकै हो तर , पत्रिका ले जे लेख्यो त्यो सत् प्रतिसत ठिक हो , येसरी अन्तरास्ट्रिय स्तर बाट PRESSURE नदिएसम्म कतार अनि middle east मा काम गरेर रगत पसिना अनि श्रम दान ( दान भनेर मा जोड दिन्छु किनकी श्रम को उचित मान्यता का सात परिश्रम दिएका छैनन ) गरिरहेका अनि गर्न बाध्य पारिएका नेपाली दाजु भाइ दिदि बहिनि हरु को हक हित मा कोहि नेपाली सरकारी अथवा गैरसरकारी संस्था ले केहि बोल्ने छैन!

        स्मरण रहोश , नेपाल मा काठमाडौँ मा नेपाली गलैचा मा बालबालिका को श्रम सोषण निर्मुल नगरे सम्म गलैचा आयात बन्द गरेको कारण २ बर्ष को अन्तरल मा बालश्रम गलैचा को क्षेत्र बाट हटेको छ ,

        येदि येही विश्व कप फुटबल को तयारी को बेलामा सबै विश्वस्तर बाट आवाज उठाउन सके , कतार अनि middle east मा काम गरेर नारकीय जिबन बितौन बाध्य पारिएका हाम्रा नेपाली दाजु भाइ दिदि बहिनि हरु को हक हित मा केहि न केहि अवस्य पनि हुनेछ !
        कतार को जिबन कति दयनीय छ भनेर बर्णन गरिरहनु पर्ने जरुरि छैन , १०० मा सायदै १० जना को राम्रो होला ,

        Reply
      2. suzee says:
        February 19, 2014 at 4:15 pm

        ####हामी गरिब छौ , कसको दोष ? हाम्रो , हामी संग सिप छैन , कसको दोष ?####

        कतार मा घास मा पनि हाल्ने , घर मा काम गर्ने अनि 3D-danger , dirty and dark भनेर कहलिएको काम को लागि कुन शिप को आवश्यकता पर्छ, एसको लागि नेपाल मा नै गरिखान सकिन्छ ,
        कृषि सम्बन्धि पेशा को लागि कुनै शिप चाहिन्न ,

        Reply
        1. अभिषेक लामा says:
          February 22, 2014 at 2:01 pm

          सुजी जी हजुरको कुरा १०० मा १००% सहि लग्यो ! अझै अगाडी बढ्नु होला, सोच्छ बिचारको फल मिठो हुनेछ तर हाम्रो नेपालमा एकता सरकार अनि अर्को तिर आदि KNOWLADGE भयको जनताको कारण हामि पिछडीयक छौ !सबै जनतालाइ भन्न खोजेको हैन जहाँ सम्म कमेन्ट हेर्दा भेटाया तर अलि नाम राख्दा अलि उचित नहोला !

          Reply
  15. Sanjaya says:
    February 18, 2014 at 11:45 pm

    नेपाली संस्था….हाल कतार मै रहेको बुजेको देखेको आधार ले…..

    Reply
  16. deepakl says:
    February 18, 2014 at 11:43 pm

    पक्कै पनि कतार

    Reply
  17. दुर्गा खनाल says:
    February 18, 2014 at 11:25 pm

    सबै आफ्नु अनुहार ढाकछोप गर्न तल्लीन छन ! सबैलाई एउटा तराजू मा राख्ने हो भने मात्र लाल लाल को फरक होला …..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme