Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हराएको विमान बिहान भेटियो, सबै यात्रुको मृत्यु

Posted on February 17, 2014February 17, 2014 by Salokya

1 (30)हिजो दिउँसैदेखि हराइरहेको नेपाल एयरलाइन्सको विमान मौसमको प्रतिकूलताका कारण खोज्न सकिएको थिएन। आज बिहान विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। दुर्घटनास्थल अर्घाखाँची नै भए पनि हिजो अनुमान गरिएका ठाउँहरुभन्दा फरक ठाउँमा रहेछ। अर्घाखाँचीको नरपानी र खाँचिकोट गाविसको बीचमा पर्ने मसिने लेकको थाराभन्ने ठाउँमा। दुःखको कुरा, कोही पनि जीवित भेटिएनन्। शव क्षतविक्षत रहेछ। जिउका अङ्गहरु नै छुट्टिएका!

४३ वर्ष पुरानो यो विमानमा चालक दलका ३ सदस्यसहित १८ जना थिए।

विमान पुरानो भए पनि यसअघि दुई वटा घटनामात्रै भएका थिए। एउटा घटना २०३० सालमा कांग्रेस कार्यकर्ताले ३० लाख भारु लुट्न गरिएको अपहरण थियो भने अर्को २०४९ साल असार २१ गते जुम्लाको रनवेमा चिप्लिएर भएको सामान्य दुर्घटना। करोडौँ पर्ने इञ्जिन फेर्दै यो विमानबाट यति लामो समय काम लिइएको थियो।

अब सम्झना मात्र
१ मानव सेजुवाल (कांग्रेस जुम्लाका सभापति)
२ गौरी कठायत (पत्रकार)
३ टेकबहादुर महतरा
४ नन्दा महतरा
५ डी महतरा
६ वर्षा हमाल न्यौपाने
७ दीप हमाल (वर्षाका नाबालक छोरा)
८ उमा तामाङ (जिल्ला हुलाक कार्यालय जुम्लाका निमित्त प्रमुख)
९ डा. विकल्प पोखरेल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान)
१० डिपी उपाध्याय
११ राजेन्द्रप्रसाद देवकोटा (कृषि विकास बैंक जुम्लाका प्रमुख)
१२ दीपक श्रेष्ठ (नेपाली सेनाको २४ नं बाहिनीका मेजर)
१३ डि शाही
१४ आर चौलागाईं
१५ एम म्याथिसेन (डेनमार्क)
चालक दलका सदस्य
१ पाइलट शङ्कर श्रेष्ठ
२ को-पाइलट रवीन्द्र बन्जारा
३ विमान परिचारिक मुना महर्जन

विमानमा एक जना डेनिस यात्रु पनि रहेछन्। अब इयुलाई झन् बहाना भयो। नेपालको आकाश असुरक्षित भन्दै इयुले यहाँका सबै एयरलाइन्सलाई ब्ल्याकलिस्ट गरेको थियो। हाम्रा विमान इयुका देशहरुमा उड्न नपाउने र आफ्ना नागरिकहरुलाई नचढ्न पनि भनेका थिए। झन् इयुकै एउटा देश डेनमार्कका नागरिक यसमा परे। अब नेपालका अरु एयरलाइन्स ब्ल्याक लिस्टबाट हटिहाले पनि नेपाल एयरलाइन्सलाई निकै गाह्रो हुनेछ।

विमानमा रहेकी एयर होस्टेस मुना महर्जन
विमानमा रहेकी एयर होस्टेस मुना महर्जन
एयर होस्टेस मुना महर्जन
एयर होस्टेस मुना महर्जन
विमानका को पाइलट कोपाइलट रवीन्द्र बञ्जारा
विमानका को पाइलट कोपाइलट रवीन्द्र बञ्जारा

18 thoughts on “हराएको विमान बिहान भेटियो, सबै यात्रुको मृत्यु”

  1. Abhyankar says:
    February 19, 2014 at 3:00 am

    ््हर्दिक श्रधाञ्जलि
    कुनैपनि प्लेन जतिबेला पनि दुर्घटना हुनसक्ने स्थितिमा छन्, नचड्नु मात्र एउटा अन्तिम उपाए हो नेपालको डोमेस्टिक airliness , यदि परिवारको मायाछ भने
    RIP

    Reply
  2. Pingback: Nepal Airlines Plane Crashes Killing All 18 On Board · Global Voices
  3. dharmendra says:
    February 17, 2014 at 6:44 pm

    आज इथियोपियन एयर को बिमान सह चालक ले अपहरण गरि रोम जानुपर्ने बिमान स्विजर्लैंड अवतरण गरे ! कारण उसले तेहा शरण चाहेका थिए ! बिमान का सबै यात्रु तथा कर्मचारी सकुसल छन् तर पनि ति सहचालकलै मानब जिबन संग खेलबाड गरेको अभियोग मा २० वर्ष जेल सजाएको माग गरि मुद्दा चलाउने भएको छ ! यो भयो eu को कुरा ( स्विस eu को सदस्य नभएपनि धेरै eu को मापदण्ड लै स्वीकार छ )
    जब सम्म दोषीलाई कारबाही नगरी मृत्यु भएको व्यक्ति लै दोषी ठहर्यीन्छ तब सम्म हाम्रो काम दुर्घटना को संख्या गन्नु र श्रदान्जली दिनु बाहेक अरु केहि हुन्न !
    स्मरणीय छ ; एतिबेला eu का बिमान सम्बन्धि परबेक्श्यकहरु नेपाल मा अनुगमन गरिरहेका छन्

    Reply
  4. हरि हर शर्मा says:
    February 17, 2014 at 5:02 pm

    फेरी एउटा निर्दोस होइन भन्नलाई संसारबाट बिदा भैसकेका पाइलटलाई दोष पन्छाइएको प्रतिबेदन आउने भो /
    खेद /

    Reply
  5. gajendra moktan says:
    February 17, 2014 at 4:18 pm

    तेत्रो पढेर पनि थोत्रो प्लेन चलाएर बस्ने होत?

    Reply
    1. dharmendra says:
      February 17, 2014 at 6:46 pm

      पापी पेटका सवाल हे

      Reply
      1. Kumar Bhandari says:
        February 17, 2014 at 7:52 pm

        पापी पेट सबका है भाइ साप. सब लोक मर्न पडता है

        Reply
    2. bibek dhakal says:
      February 18, 2014 at 8:30 am

      तिम्रा ससुराले धेरै पढेकाहरुलाई रोजगारी को व्यवस्था गर्देका छन् भन्ने सबैलाई थाहा भएन होला नि त !

      Reply
  6. Ananta says:
    February 17, 2014 at 3:28 pm

    My heartfelt condolence to the families.

    Reply
  7. Pranish says:
    February 17, 2014 at 2:54 pm

    यस्तै पुराना र थोत्रा जहाज हरु चलाई राख्ने हो भने त अजै हजौरौ नेपाली मात्र नवयेर सैयौ जनाको ज्यान जानेछ एक त यो बायुसेवा कम्पनि को लापरबाही ले गर्दा पनि हो जो कि खराब मौसम मा उडानका लागि अनुमति दिने, ईञ्जिन को खराबी पत्ता लागे मर्मत गर्न नसक्नु ………

    Reply
  8. लौटन अवधि says:
    February 17, 2014 at 2:45 pm

    नेपाल वायु सेवा का थोत्रा बिमान हरु लाइ पूर्ण रुप मा प्रतिबन्ध लाउनु नै एक मात्र बिकल्प हो ! कारण जे देखाए नि बिमान थोत्रा हुनु र कुनै किसिम को आधुनिकीकरण नगरिनु हवाई दुर्घटना को कारण हो ! मृतक परिवार मात्रै होइन एस्तो घटना ले सम्पूर्ण देश लाइ नै सोकाकुल बनाउछ !!

    Reply
  9. डिल्ली says:
    February 17, 2014 at 2:41 pm

    सबै मृत आत्माको चीर शान्तिको कामना ! त्यसै त जोखिम पूर्ण पहाडी हवाई यात्रा त्यसमाथी थोत्रा विमान । मर्मतमा पनि चरम अनियमितता र चर्को कमिसन खोरी । प्रतिकूल मौसममा पनि उडाउनै पर्ने नेता तथा कर्मचारीको दवाव । सबैका कारण यात्री र चालक दलको ज्यान जोखिममा ।

    बाँकी रहेका थोत्रा विमानमा यी भ्रष्ट र कमिसन खोर नेता तथा उपल्ला द्रव्यपिसाच निर्णायक कर्मचारी सबैलाई भेडाबाख्रा जस्तो कोचेर राखी नेतालाई जहाज उडाउन लगाए टन्टै साफ हुने थियो । यसरी अनाहकमा ज्यान गुमाउनेको सूची लामो हुने थिएन ।

    Reply
  10. suzee says:
    February 17, 2014 at 1:40 pm

    हार्दिक श्रदान्जली !!!
    P :S : यी कहाली लाग्दा दुर्घटना हरु , कहिले सम्म नेपाली जनता हरुले ज्यान गुमाउनु पर्ने हो ????? एस्तो समाचार कहिल्यै सुन्न नपरोस, ४३ वर्ष पुरानो जहाज उडाउन बाध्य पार्ने , जुम्ला बासि हरु जहाज उड्न बाध्य छन् , अर्को विकल्प सायदै छ ……तर स्मरण रहोस ## दुर्घटना को प्रतिबेदन मा मानव त्रुटी अर्थात् विमानचालक लै नै दोष दिइनेछ….

    Reply
  11. rabin says:
    February 17, 2014 at 1:28 pm

    काठमाडौँ बिराटनगर फ्लाईट त मौसम को कारण ले रद्द भयको दिन मा जुम्ला जस्तो जोखिमपूर्ण ठाउँ मा उडान भर्न अनुमति दिने कुनचाही गधा हो तेस्लाई कारबाही गर्नु पर्छ एस्ता अनपढ राजनीतिको पाओर मा प्राधिकरण को पैसा स्वाहा पार्ने अनुभव नभयका कर्मचारी टावर मा बस्नु र रत्नपार्क को रुख मा बस्ने मुकुन्द बीच के फरक भयो?????????? हँ ????????? ….तिनी हरु लाई कारबाही गरि दक्ष्य कम्युनिकेटर मात्र राखियोस् …मृतात्मा प्रति हार्दिक समबेदना

    Reply
  12. ekraj says:
    February 17, 2014 at 1:14 pm

    पटक पटक का दुर्घटनाले बाट पनि केहि पनि सिक्न नसकिने हो भने … यसरी नै ज्यान गुम्ने सम्भावना बढ्दै जान्छन| नेपाल मा हवाई जहाज चड्ने नै अति जोखिम काम हुने देखिन थाल्यो |
    दिबंगत आत्माले चिरा सान्ति पयोस| कसैको करकाप नै यो दुर्घटनाको कारण मा फेला पर्यो भने त्यो उम्कन नापयोस |

    Reply
  13. Mohan Sanba says:
    February 17, 2014 at 12:50 pm

    दुखको कुरा नेपाली आकासमा यतिको हवाई दुर्घटना हुदा पनि नेपाल नागरिक उड्यान मन्त्रालय र नेपाल सरकार किन गम्भीर हुदैन?के दुर्घटनाको धन जन को छ्यति पूर्ति दिदा नै समस्याको समाधान हुने हो र?नेपाल जस्तो भौगोलिक अवस्था भएको देसमा झन नया हवाई प्रबिधिहरु लागु गरि हवाई बीकास गर्नु पर्ने होइन र ?दुर्घटनामा पर्नु भएका सबै आत्मा प्रति चिर शान्तिको कामना गर्दै मृतकहरुको परिवार प्रति भगवान्ले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन|

    Reply
    1. Kumar says:
      February 17, 2014 at 1:17 pm

      ोहन जी यसैको परिणति हो कि ेपाल को सबै बायुसेवा EU को BLACK लिस्तेद भयको /

      Reply
  14. roshani says:
    February 17, 2014 at 11:35 am

    पुराना नजीर अनुसार हवाई दुर्घटनामा पाइलट, मौसम वा मेशिनजन्य दोष देखाइञ्छ | इन्जिन वा मेशिन मा हुने/भएको गडबडी पत्ता लगाउन नसक्ने वा मर्मत नगर्ने, मौसम खराब हुन सक्ने अवस्था हुदा हुदै उडाउन अनुमति/दबाब दिनेहरु यसका दोषी हुन् | आफ्नो जिम्मेवारी पुरा नगर्ने यस्ता लाइ हत्याको अभियोग लगाएर मुद्धा चलाइनु पर्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme