Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा एनजिओ चलाउने नेपालीलाई बाल बलात्कारको अभियोग, मुद्दा अदालतमा दायर हुँदा आरोपी नेपाल टाप ठोके

Posted on February 16, 2014February 16, 2014 by Salokya

wppc
अमेरिकाको सियाटलमा त्यहीँ दर्ता भएको एउटा एनजिओ WPPC Nepal अर्थात् नारी संरक्षण तथा सुरक्षा केन्द्रका सहस‍ंस्थापक धन पुनलाई बाल बलात्कारका तीन आरोपमा स्थानीय अदालतमा मुद्दा दायर गरिएको छ। महिला यौन दुर्व्यवहार रोक्न विभिन्न गतिविधि नेपालमा गर्दै नारीको संरक्षण गर्ने उद्देश्य बोकेको एनजिओका संस्थापक भने अहिले अमेरिकामा छैनन्। उनी भागेर नेपाल पुगेको र अझै नेपालमै रहेको विश्वास किङ काउन्टीका प्रोसेक्युटरहरुलाई उद्‌धृत गर्दै सियाटलपाइले जनाएको छ।

प्रोसेक्युटरहरुले मंगलबार सेकेन्ड डिग्री चाइल्ड रेपका दुई वटा र थर्ड डिग्री चाइल्ड रेपको एउटा अभियोग अदालतमा दर्ता गरेका हुन्।

१२ वर्षभन्दा माथि र १४ वर्षभन्दा मुनिकालाई गरिने बलात्कारलाई सेकेन्ड डिग्री चाइल्ड रेप मानिन्छ भने १४ देखि १६ वर्षसम्मकोलाई गरिने बलात्कार थर्ड डिग्री चाइल्ड रेप मानिन्छ।

यसअघि गत वर्ष नै उनीविरुद्ध स्नोहोमिस काउन्टीमा थर्ड डिग्री चाइल्ड रेप र थर्ड डिग्री चाइल्ड मोलेस्टेसनका अभियोग लगाइए पनि त्यसको सुनुवाईमा नबसी नेपाल भागेका थिए। अब उनी अमेरिका फर्के भने दुवै काउन्टीमा मुद्दा खेप्नु पर्नेछ।

४१ वर्षीय धन पुनलाई लागेको आरोप चानचुने हैन, निकै गम्भीर प्रकृतिको छ। अनुसन्धानकर्ताहरुका अनुसार पुनले नाता पर्ने एक किशोरीसित तीन वर्षको अवधिमा ८० देखि १०० पटकसम्म यौन सम्पर्क राखेको आरोप छ। अमेरिकामा बाल यौन दुर्व्यवहारलाई निकै गम्भीर प्रकृतिको अपराध मानिन्छ। अभियोग प्रमाणित भएमा उनले त्यहाँको कानुन अनुसार निकै कडा सजाय भोग्नुपर्ने हुन्छ।

यौन शोषणको अवधिमा किशोरीको उमेर १३ देखि १५ वर्षको थियो। अदालती अभियोग पत्र अनुसार त्यतिबेला पुन पहिला सियाटल त्यसपछि लिनउड बस्थे।

१५ वर्षकी ति किशोरीले प्रहरीलाई बताए अनुसार पुनले सन् २००९ देखि उनलाई सेक्सुअल मेसेज मोबाइलमा पठाउने गरेका थिए। त्यतिबेला उनी ८ कक्षामा पढ्थिन्। सुरुमा सेक्सुअल मेसेज पठाउने पुनले त्यसपछि आफूसँगै राखेर किशोरीसँग ब्लु फिल्म देखाएछन्। त्यसपछि उनले किशोरीसित सेक्स गरेछन्। त्यतिबेला किशोरीको उमेर मात्र १३ वर्षको रहेछ।

सेक्सुअल कुरा कै लागि ती किशोरीसित सम्पर्क गर्न पुनले नक्कली फेसबुक प्रोफाइलसमेत खोलेको आरोप छ। किशोरीले लगाएको आरोप अनुसार सन् २०१२ को समरदेखि त पुनले हरेक रात जस्तो सेक्स गर्न थाले। दुई वर्षको अनलाइन सम्बन्धका क्रममा केटाको भेषमा पुनले आफूलाई बलात्कार गरिरहनेसित सेक्स गर्न उक्साएका थिए। दुई बीच एकअर्काका नाङ्गा फोटो पनि आदान प्रदान भएको थियो। त्यो फेक फेसबुक प्रोफाइलमा यौन अङ्गका मात्र फोटो छन्।

किङ काउन्टीका प्रोसेक्युटरहरुले पाँच लाख अमेरिकी डलर धरौटी माग गरेका छन्।

डिटेक्टिभहरुले तयार पारेको आरोप पत्रमा पुनले केही यौन दुर्व्यवहार गरेको स्वीकार गरिसकेको एक वर्षअघि बताइएको थियो। पुनले किशोरीसित अनलाइन सम्पर्क भएको र त्यसमा उनको नाङ्गो फोटो प्राप्त गरेको समेत स्वीकार गरेको भनिएको थियो।

को हुन् पुन ?
WPPC Nepal को आधिकारिक साइटमा राखिएको जानकारी अनुसार पुन ८ वर्षभन्दा बढी समयदेखि नेपाली समुदायमा सक्रिय छन्। सन् २००३ देखि २०११ सम्म उनी ग्रेटर सियाटल एरियामा स्वयंसेवक, महाचसचिव, अध्यक्ष र बोर्ड अफ डाइरेक्टरका रुपमा नेपाल सियाटल सोसाइटीमा आवद्ध थिए। बिजनेस म्यानेजमेन्टमा डिग्री भएका पुन इन्फरमेसन टेक्नोलोजी प्रोफेसनलका रुपमा थिए। स्थानीय र अन्तर्राष्ट्रिय नन प्रोफिट र च्यारिटीमा उनी संलग्न थिए। WPPC Nepal का केही फोटो यहाँ छन्।

सहनै नसक्ने दुर्व्यवहार भएपछि किशोरीले आफू यो उजुरी गर्न बाध्य भएको भनेका रहेछन्। सियाटलको किरो ७ टिभीले एक वर्षअघि यससम्बन्धी यस्तो समाचार प्रसारण गरेको थियो-

4 thoughts on “अमेरिकामा एनजिओ चलाउने नेपालीलाई बाल बलात्कारको अभियोग, मुद्दा अदालतमा दायर हुँदा आरोपी नेपाल टाप ठोके”

  1. suzee says:
    February 20, 2014 at 2:33 am

    ###नेपाल मा यो हिंश्रक जन्तुको खोजि भएको छ त ?### यो हिंश्रक जन्तु खै mysansar मा रातो तिको लगाउदै बस्दै जस्तो छ , नभए एस्तो संबेदनशील कुरो को कमेन्ट कुन चाही जन्तु ले रातो टिक मार्दैछ त ????

    Reply
  2. SARJAN says:
    February 18, 2014 at 2:25 pm

    यो बलात्कारी नेपालमा लुकेर बसेको छ रे ?
    अनि समाउन किन गारो भएको ?
    लौ नारी संरक्षण तथा सुरक्षा गर्छु भनेर विभिन्न नामले NGO खोलेका र सच्चिनै काम गर्नेलाई समेत यो पुन बलात्कारीले बदनाम गराउने भयो , त्यसैले अरुले होइन NGO का हस्ति भनौदाहरुले यो बलात्कारीलाई समातेर कडा भन्दा कडा कारवाई गराउनुपर्छ / यसलाई समाउने अर्को तरिका भनेको फेसबुक भरि यसको फोटो र कर्तुत फैलाउने / यसलाई त कुनै पनि हालतमा छोड्नु हुँदैन , मेरो सन्सारले पनि येसलि फलोअप गर्दै गर्नुहोला /

    Reply
  3. कृष्ण भारद्वाज, सिड्नी (अष्ट्रेलिया) says:
    February 17, 2014 at 11:51 am

    नेपालीको इज्जत फालेछ कपुतले !!

    Reply
  4. ekraj says:
    February 17, 2014 at 9:03 am

    ुन भन्ने बलात्कारी नेपाल मा कुन काप्चा मा लुकेर आफ्नो कर्तुत जारी राख्न पनि सक्तछ| नेपाल को सुरक्ष्या कर्मीले कित यसलाई समातेर अमेरिकाको प्रोसेकुटर लै जिम्मा लगाउनु पर्यो| होइन भने नेपालमै फाँसी चडाए पनि हुन्छा|
    तेसो हुँदा यस्ता अपराधी र इनिहरु बाट पिडित हुन सक्ने दुवै बर्गले न्याय पौने थियो|
    नेपाल मा यो हिंश्रक जन्तुको खोजि भएको छ त ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme