Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

त्यस्तो देश, जहाँका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको ‘भ्यालेन्टाइन’ छैन

Posted on February 14, 2014February 14, 2014 by Salokya

jodi
कसैकसैले आयातित पर्व भन्दै धारेहात लगाउने गरे पनि नेपालमा जोडीहरुले भ्यालेन्टाइन्स डे मनाउन थालेको धेरै भइसक्यो। प्रेम त्यसै पनि अन्धो हुन्छ भनिन्छ। प्रेम दिवस मनाउन पनि यताको र उताको के भनिरहनु भन्ने उनीहरुको तर्क हुन्छ। यस पटक भने नेपालमा दुर्लभ स‍ंयोग परेको छ। नेपाल एउटा त्यस्तो देश बनेको छ, जहाँ राज्यका प्रमुख अङ्गको नेतृत्व गर्नेको जोडी छैन।

राष्ट्रपति डा. रामवरण यादव जोडीविहीन छन्। उनकी पत्‍नीको मृत्यु धेरै अघि नै भएको हो। पत्‍नी नभएकोले शितल निवासमा फर्स्ट लेडीको सम्मान कसैले पाएका छैनन्। अर्थात् गणतन्त्र नेपालका प्रथम ‘फर्स्ट लेडी’ अझै नेपालीले पाएका छैनन्।

त्यसैगरी नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाको त झन् बिहे नै भएको छैन। गिरिजाप्रसाद कोइरालापछि पहिलो पटक बालुवाटार पनि फर्स्ट एक्जेक्युटिभ लेडीविहीन हुँदैछ। यसअघिका सबै प्रधानमन्त्रीको जोडी थियो। सबभन्दा सक्रिय र विवादमा आइन् बाबुरामपत्‍नी हिसिला। झलनाथ खनालपत्‍नी पनि सक्रियतामा कम थिइनन्।

ज्येष्ठ सदस्यको हिसाबले व्यवस्थापिकाको नेतृत्व गरिरहेका सभामुख सूर्यबहादुर थापा पनि पत्‍नीको निधनपछि जोडीविहीनै छन्।

यो हिसाबले देशको सर्वोच्च तीन वटै पद राष्ट्रपति, प्रधानमन्त्री र सभामुख जोडीविहीन छन्।

खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष भएपछि र अहिले राजीनामापछि राज्यको अर्को प्रमुख अङ्ग न्यायपालिकाको कार्यवाहक नेतृत्वमा आएका दामोदरप्रसाद शर्मा पनि सन्तका रुपमा चिनिन्छन्। उनको चाहिँ जोडी छ कि छैन ? उनकी पत्‍नीको खासै चर्चा मिडियामा नभएकोले थाहा पाउन सकिएन।

जोडीविहीनहरुको यो नेतृत्वले देशलाई राम्रो गर्ला कि नराम्रो ? जोडी भएकाहरु भन्दा नभएकाहरुको स्वभाव र उनीहरुको व्यवहार कतिको फरक तपाईँले महसूस गर्नुभएको छ ? आफ्नो अनुभव तल कमेन्टमा लेख्नुहोला।

19 thoughts on “त्यस्तो देश, जहाँका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको ‘भ्यालेन्टाइन’ छैन”

  1. Mohan says:
    February 15, 2014 at 4:31 am

    आजकल संसारमा सबै भन्दा बढी भ्यालेन्टाइन पर्व मनाउने मा नेपाली हरुले guinness book नाम लेखाऊछ . कहीं नभएको जात्रा हाडीगाउमा भनेको यही हो. पास्चात्य मुलुकहरु जहाँ बाट यो पर्व शुरु भयो , ति मुलुकहरुमा यो पर्वलाई त्यति साह्रो महत्व का साथ हेरिंदैन जति नेपालमा हेरिञ्छ. यहिँ सम्म कि राष्ट्रिय संचार का साधन, राष्ट्रिय नेता , बुद्धिजीवी देखि बाख्रा चराउन जाने गोठाला सम्मले भ्यालेन्टाइन कै बखान गर्न चुक्तैन्न, बैंश ने उन्मुक्त ठिटा ठिटी हरुको त् कुरै छोडौ. के भन्छ – खान नपाउने ले केरा खाएको झैं नेपाली हरु भ्यालेन्टाइनमा झुमी रहेका छन् . धिक्कार छ.

    Reply
  2. neerose says:
    February 14, 2014 at 7:01 pm

    यी पोथी बिहिन भाले हरुलाई नया संबिधान सभाले आजको लागि मात्र भयपनी एउटा एउटा पोथी प्रदान गरि यिनीहरुको भलेन्ताइन े सफल पारिदिनु पर्यो अनि संबिधान बनायर देश बनाउन जागर चलाउदथियो कि!

    Reply
  3. kedar says:
    February 14, 2014 at 6:29 pm

    रेकर्ड नै रेकर्डको रेकर्ड देश नै हुने भो हाम्रो देश नेपाल,
    जता हेरो तेही रेकर्ड,
    जे सुनो तेही रेकर्ड
    …सहमतीमा रेकर्ड
    …बन्द हड्तालको रेकर्ड
    …सिन्डिकेट रेकर्ड
    …अदालतबाट संजाय पाएकाहरु मज्जाले घुम्न पाउने रेकर्ड
    …६०१ को जम्बो संसद/संबिधानसभा रेकर्ड
    …महान सर्बहाराबादीहरू दिन दुगुना रात चौगुनाले मोटाउने रेकर्ड
    … अरु छन् भने थपौं है साथीहरु

    Reply
  4. ekraj says:
    February 14, 2014 at 6:08 pm

    यस्ता दिउशै निध लाग्ने अनुहार हेरेर, केहि गर्दिञ्छन र खाउला भन्ने आश गर्नु, उही स्याल को झर्ला र खाउला भन्ने उखान भन्दा फरक हुदैन| केहि भइ हालेछ भने अचम्ब मान्नु पर्ला | अथवा हुनै नसक्ने कुरा कसरि भयो बनाउला|
    यी सब चिनी र छामी सकेका गोठाला होइनन र?

    Reply
  5. लौटन अवधि says:
    February 14, 2014 at 4:01 pm

    हामि नेपाली को सिस्टम होइन एक जना मा भर् पर्ने बानि भए सी अबिबाहित ले देश चलाउदा राम्रो हुन्छ भन्ने सोचाइ भएको हो ! बाटो काट्दा बत्ति को ख्याल नगरी बाटो काट्छोउ ! प्याच्च प्याच्च जहानि थुक्छोउ ! लाइन मा बस्नु भन्दा ठेलम ठेल गर्न मन पराउछोउ ! नहुने काम लाइ पैसा दिएर हुने बनाउन तम्सिञ्छोउ ! अनि देश सिस्टम ले होइन व्यक्ति ले बनाउछ भन्ने सोच्न पुग्छोउ ! यहा नेता को होइन जनता को बुद्दि फिरोस यस पालि रित्तो भएनी सबै को आउदो भ्यालेन्टाइन मा गोजी भरियोस – साथ् पियारी को होस् – उधोग, ब्यापार र जागिर ले मालामाल होस् – आफ्नी पियारी गाउमै छाडेर खाडी को बालुवा बाट अनुहारे किताब को बिजुली पाना मा ह्याप्पी भ्यालेन्टाइन लेख्ने को सङ्ख्या सानो सानो हुदै जाओस र अन्त मा बन्धै होस् ! सबै लाइ “ह्याप्पी भ्यालेन्टाइन”

    Reply
  6. Nik says:
    February 14, 2014 at 2:48 pm

    अरु त त्यस्तै हो कसैको स्वास्नी मरेका त कसैले बिहे नगरेका, सबैको मुहारको तेज हराएका, नुन खा कुखुरा जस्ता|तर पनि लाज नभाका नकच्चरा|भाग खान पाउछु भन्ने भो भने बालुवा पनि खान तयार भाका|सुर्य बहादुर जस्तो परिचय बिहिन व्यक्तिको भासन सुन्दै सपथ ग्रहण कस्तो हतार गरेका|लाज सरम पचेका दरि झुस्स फुलेका तर कसैले चिल्लै परेका त कसैले जुँगा भए पनि मूल्य हीन नाक मुनि राखेका|जदौ|

    Reply
  7. bhakta says:
    February 14, 2014 at 2:35 pm

    का. मु. प्रधान न्याधिश को पनि रे !!!

    Reply
  8. स्वयम्भु सौरभ says:
    February 14, 2014 at 2:10 pm

    पक्का हो , जोडी भएकाले स्नेह र माया को प्रत्यक्ष अनुभूति गर्लान . तर केपी भट्टराई जस्तै अविवाहित तर न-कुमार हो भने सुशीलजी ले पनि प्रेम को स्वाद पाएकै होलान.
    अनुहार च्याँसे देखिए तापनि , दिल र दिमाग तगडा पारि नेपाल र नेपाली जनतालाई साँचो माया बाँड्ने अहिले चुनौती र अवसर आएको छ ..यसमा सबैले साथ दिनु देशभक्ति को नमुना हुनेछ…जय स्वदेश ; जय नेपाली !!

    Reply
  9. rajan says:
    February 14, 2014 at 2:05 pm

    कामु अब त कन्फर्म प्रधान न्यायाधीशको पनि जोडी छैन नि उहा त ब्रह्मचारी हो झन्

    Reply
  10. Sahabir Shahi Kalikot says:
    February 14, 2014 at 12:10 pm

    माथि तिनै जानाको अनुसार किन हो न्याश्रो लागेको जस्तो देखिन्छ !

    Reply
  11. सुमन says:
    February 14, 2014 at 11:21 am

    जनमत संग्रहलाई झेली गरेर राजाको पक्षमा जिताउने नेपालको बन संहार कर्ता विवादस्पद सुर्य बहादुर थापाको फोटो पनि रहेछ| बीपीलाई फाँसी दिने चर्चा चलेको बेला र दिनहु बीपीको भर्त्सना गरिएको ताका सुर्य बहादुर प्रधान मन्त्रि थिए| डा. के आई सिंहले सुर्यबहादुरले भुख हड्ताल गरेको समय लुकी लुकी मिठाई खाए भनेर पनि टुंडिखेलको खुला मंचबाट लान्छना लाएका थिए| यो पीढीले कसरि बन संहारकलाई माफ दिन सक्ने हुन् थाहा छैन| सुर्यबहादुर नै हुन् राष्ट्रिय बिकाश सेवा अन्तर्गत सामन्ती र धनाढ्यका छोरीहरु टाडाका गाउँमा गएर एक्ली भई दुख हुन्छ भनेर उपत्यका वरिपरि नै गर्न लगाए तर विदेश छात्रवृत्ति र प्लान अन्तर्गत एक्लै पठाउन चै हुने ‘रे| रातारात नेपाली रुपिया अवमुल्यन गराएर केहीलाई अघि बाटै सुचना दिएर सोझै फायदा लिने पनि उनी नै हुन्|
    अब त्यस्तालाई के को भ्यालेन टईंन? तैपनि बयोबृद्ध हुनाले प्रभु भक्त उनको सुस्वाथ्य्को कामना गर्दछु|
    नेपाली राजनितीमा रियल हिरो डा रामवरण हुन्| उनले महत्वाकांक्षी नभई लोकतन्त्र थामेर राखेका छन्| नेपाल सरकारका सचिव र राष्ट्रपतिका सचिव सल्लाहकारले आफ्नै विदेश घुम्ने रहर पुर्याउन उनलाई जापान स्वास्थ्य परिक्षणमा दौडाए र छँदाखद़ाको घस्रने देशको ध्वजा वाहक पर सारेर नेपाल वायुसेवा निगम त्यागे अनि थाई एयरवेजमा यात्रा गरेर कुनाउँ कमाए| यसको जिम्मा नेपाल सरकारका ब्युरोक्रेसीको हो|
    डा रामबरण धेरै बर्ष बाचूँन|
    सुशील कोईरालाले गिरिजाले छोरीको उपयोग गर्दा सारा देशमा दुर्गन्ध फैलिएको जस्तो हुन् दिने छैनन्|
    उनलाई नेपाली जनताको ह्याप्पी भ्यालेनटईंन|

    Reply
  12. कृष्ण भारद्वाज, सिड्नी (अष्ट्रेलिया) says:
    February 14, 2014 at 10:32 am

    जोडी अनि सन्तान पनि नभएका ले अलि कम हिनाबिना र कम भ्रस्टाचार गर्थेकि ?
    ………. हेर्दै जाऊ अहिलेकै प्रधान मन्त्रि शुशिल कोइराला लाई !!!

    Reply
  13. sandesh says:
    February 14, 2014 at 10:26 am

    प्रधान न्यायाधिस पनि अबिबाहित नै हुन् क्यारे | येस्पालीको भाले–अन्तन मा त नेपालको राष्ट्रिय बेइज्जत नै हुने भो जस्तो छ | शेरे ले गृह मन्त्रि भए पछि बुढेसकालमा बिहे गरे जस्तो सुशीलदा ले पनि तरुनी बुढी खोज्न के बेर |

    Reply
  14. ईन्द्र प्रसाद गेलाल says:
    February 14, 2014 at 10:23 am

    वास्तवमा राज्य संचालनमा सक्रिय काेहि कसैले पनि बिहे नै नगर्ने हाे भने बल्ल देशले असल शासक पाउन सक्थ्यो

    Reply
  15. Kumar says:
    February 14, 2014 at 10:22 am

    छैन भनेर ठोकुवा कसरि गर्न सकिञ्छ र ???????? बाहिर ल्याय बबाल हुन्छा त /

    Reply
  16. shantdil says:
    February 14, 2014 at 10:16 am

    प्रसङ्ग जता लागे पनि अहिले को नेपालको अवस्था मिहे बिनाको दाई* जस्तै भएको छ.

    हुनत अघिल्लो संबिधान सभाले नै संबिधान बनाउने थियो. काँग्रेस ले धोखा दिएर नबनेको हो. प्रचण्ड को सरकारमा काँग्रेस सामेल भएको भए संविधानको काम खलास हुने थियो. अहिले को अवस्था आउने थिएन. एमाले को बुद्धि काँग्रेस को पुछर समाएर हिंड्ने मात्र हो.

    ४८ साल को बहुमत को सरकार ५ वर्ष बचेको भए पनि नेपाल मा १५००० नेपाली मर्ने थिएनन्. माओबादी मुलुकमा जन्मने थिएन. माओबादी जन्माउने बाबु गिरिजा कोइराला नै थिए, यो कुरा को पुस्टि गर्न आजको कान्तिपुर हेरे हुन्छ.

    Reply
  17. neeraj says:
    February 14, 2014 at 10:02 am

    अब जुन जोगी आए नि कान नै चिरेको भन्छन् के रे तेस्तै त होला नि ………देशको हल्का निराश जनक स्तिथि भएको बेला केहि भन्न सकिएन……….

    Reply
  18. Bhadra says:
    February 14, 2014 at 8:25 am

    आफ्नो पत्नी हुनेले प्रेम दर्शाउनलाई येही दिन कुर्नु पर्दै न / माया गर्नेले साइत हेरेर माया प्रेम गर्दैनन् / जहिले पनि गरिन्छ , म त भन्छु येही उचित हो पनि र छ पनि !

    Reply
    1. Ranu says:
      February 15, 2014 at 6:18 am

      होइन मा लै एउटा सानी केटि ले as a teacher Valentine day उपहार दी, तर त्यो उस्को मा प्रति को माया हो, हामी नेपाली हरु किन तेसरी परिभासीट गर्न सकादिनौ है???,love yourself,(lot of people committing sue side),save your love,don’t steal others (boyfriends,girlfriends),don’t cheat your specially girlfriend( mixing drugs or alcohol in drinks)हामी राम्रो कुरा को नक्कल गरौ,सबय बनौ

      HAPPY VALENTINE DAY FOR ALL.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme